घुर्नुहुन्छ ? उच्च रक्तचाप पो छ कि !

धेरै मानिसको सुतेको समयमा घुर्ने र निद्रामा अचानक आत्तिँदै उठ्ने बानी हुन्छ । सधैँ घुरिरहने भएकाले हामी धेरैजसोले यसलाई समस्याका रूपमा लिइरहेका हुँदैनौँ । सुताइमा अप्ठ्यारोपनका कारण घुरेको भन्दै यसलाई सामान्य रूपमा हेर्ने गरिएकोमा पछिल्लो समय भने घुर्ने बानीलाई उच्च रक्तचापको लक्षणसमेत मान्ने गरिएको छ ।

चिकित्सकहरूका अनुसार घुर्दा श्वास रोकिन्छ भने त्यो अझै खतरनाक हुन्छ । धेरै घुर्ने, केहीबेरमा घुर्न रोकिएजस्तो हुने र केही समयपछि पुनः जोडका साथ घुर्ने प्रक्रिया चल्छ भने यो कडाखालको उच्च रक्तचापको लक्षण हो । चिकित्सकीय भाषामा यसलाई अटेप्टिभ शिल्प एप्निया भनिन्छ ।
सहरी जीवनशैलीमा अत्यधिक चिल्लोको सेवन र व्यायामको अभावले हुने मोटोपन र घाँटीको नसा सानो भएर पनि मानिसमा यस्ता समस्या देखिने चिकित्सक बताउँछन् । केही समयअघि अमेरिकी चिकित्सकका लागि निर्मित गाइडलाइनमा उच्च रक्तचाप भएकाहरूलाई घुर्ने बानी भए–नभएको सोध्न भनिएको थियो ।

राति घुर्न बन्द हुँदा छाती हल्लिन्छ, तर श्वास–प्रश्वास हुँदैन । नजिकै सुतेको मानिसले के भयो भनेर झक्झक्याएपछि मात्रै उसलाई सहज लाग्छ । कडाखालको उच्च रक्तचाप र विभिन्न चरणमा औषधि खुवाउँदा पनि नियन्त्रणमा नआएको रेजिस्टेन्ट हाइपरटेन्सन उच्च रक्तचापको कारण सिल्प एप्निया हो ।

संसारभरका धेरै मुटुरोग विशेषज्ञले उच्च रक्तचापका बिरामीको घुर्ने बानीबारे परिवारका सदस्य एवम् सँगै सुत्ने मानिससँग सोध्ने गरेका छन् ।
मोटो मान्छेमा बोसो बढी हुने भएकाले नसाहरू साँघुरो हुने र त्यसले श्वास–प्रश्वास सहज नहुने मुटुरोग विशेषज्ञहरू बताउँछन् । अक्सिजन नभएपछि शरीरमा विभिन्न रासायनिक क्रिया हुन्छन्, जसले नसालार्य थप साँघुरो बनाउँछन् । यसका कारण ब्रेनमा अप्ठ्यारो भएपछि एक्कासि निस्सासिएजस्तो गरी मान्छे उठ्छ । यसबाहेक घुराइसँगै मानिसमा खुट्टा सुन्निने, जिउ भारी हुने, थकाइ लाग्ने र बिहानै उठ्नेबित्तिकै टाउको दुःख्ने, फ्रेस नहुने र कहिलेकाहीँ मुख सुक्ने हुन्छन् ।

राति घुर्न बन्द हुँदा छाती हल्लिन्छ, तर श्वास–प्रश्वास हुँदैन । नजिकै सुतेको मानिसले के भयो भनेर झक्झक्याएपछि मात्रै उसलाई सहज लाग्छ । कडाखालको उच्च रक्तचाप र विभिन्न चरणमा औषधि खुवाउँदा पनि नियन्त्रणमा नआएको रेजिस्टेन्ट हाइपरटेन्सन उच्च रक्तचापको कारण सिल्प एप्निया हो ।मोटोपन घटाउने, निद्राको औषधि नखाने, रक्सी नखाने, कोल्टे परेर सुत्ने र बेडमा सिरानीतिर अग्लो बनाएर सुत्नाले असर कर्म गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

अन्य कारणले हुने उच्च रक्तचाप सुतेपछि कम हुने भए पनि यस्तो कारणबाट हुने रक्तचाप कम हुँदैन । यसको उपचारका लागि चिकित्सकले निद्राको अध्ययन गर्नुपर्छ । यसलाई कम गर्न भेन्टिलेटरजस्तो मेसिन मुखमा लगाएर सुत्नुपर्छ । यस्तो समस्याले हृदयाघातसमेत गराउन सक्छ ।
नेपालमा कति प्रतिशत मानिसमा यस्तो समस्या छ भन्ने यकिन तथ्यांक नभए पनि महिलाभन्दा पुरुषमा समस्या बढी पाइएको चिकित्सकको भनाइ छ । नुनको अधिक प्रयोग, परिवर्तित जीवनशैली, खानपान, वंशानुगत, मधुमेह र बुढ्यौलीका कारण व्यक्तिमा उच्च रक्तचाप हुन्छ । तीमध्ये वयष्क अवस्थामै उच्च रक्तचापले सताएका ९० प्रतिशत व्यक्तिमा प्रमुख कारण यकिन हुन सक्दैन ।

वेलैमा थाहा पाएर उपचार गरिएन भने उच्च रक्तचापले मुटु, मिर्गौला र आँखा बिगार्न सक्छ । घुर्ने मानिसमा मोटोपन भएका, धूमपान गर्ने वा अत्यधिक कोलेस्टेरोल भएका व्यक्तिको अपेक्षामा हृदयरोगको खतरा निकै हुने कुरा अध्ययनले देखाएका छन् ।

मुटुरोगको उपचार हुने विभिन्न अस्पतालका तथ्यांकअनुसार १८ वर्षमाथिका वयष्कहरूमा उच्च रक्तचाप २० प्रतिशतले बढेको छ । यो निकै डरलाग्दो अवस्थाको संकेत भएको चिकित्सकहरू बताउँछन् । विश्वमा करिब एक अर्ब ५० करोड मानिस उच्च रक्तचापबाट पीडित छन् । यीमध्ये १२ प्रतिशत मात्र उच्च रक्तचापका बिरामीले नियमित उपचार गराउँछन् । नेपालजस्ता विकासोन्मुख देशमा रक्तचापका बिरामीको उपचारदर निकै कम छ । अध्ययनअनुसार ६४ प्रतिशत पक्षाघात, ४९–५० प्रतिशत हृदयाघात ४० प्रतिशत मिर्गौलाफेलको मूल कारण उच्च रक्तचाप हो । उच्च रक्तचाप भएका मध्ये ६० प्रतिशतलाई थाहै हुँदैन ।

अन्य लक्षण देखिएको छैन भने पनि घुर्ने बानीको अध्ययन जरुरी हुन्छ । वेलैमा थाहा पाएर उपचार गरिएन भने उच्च रक्तचापले मुटु, मिर्गौला र आँखा बिगार्न सक्छ । घुर्ने मानिसमा मोटोपन भएका, धूमपान गर्ने वा अत्यधिक कोलेस्टेरोल भएका व्यक्तिको अपेक्षामा हृदयरोगको खतरा निकै हुने कुरा अध्ययनले देखाएका छन् ।मस्तिष्कमा आक्सिजनयुक्त रगत पुर्याउने दुई ठूला रक्तनली साँघुरो हुने कारणले मानिसलाई घुर्ने बानीले समाउँछ । यसले धमनी तथा हृदयसम्बन्धी विभिन्नप्रकारका रोग निम्त्याउन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुरोगीको संख्या यसरी नै बढ्दै जाने हो भने गंगालालजस्ता अस्पताल जति बनाए पनि अपुग हुन्छ

मुटुरोग अहिले भयावह अवस्थामा छ भनिन्छ, सत्य हो ?
मुटु तथा शरीरमा रगतको आपूर्ति गर्ने रक्तनली बन्द भएर रगत सञ्चालन कम भएका कारण मस्तिष्काघात र हृदयाघात हुने रोगहरूलाई मुटुरोग अथवा कार्डियोभास्कुलर डिजिज भन्ने गरिन्छ ।

पहिले–पहिले शरीरमा अलिअलि अल्कोहलको मात्रा आवश्यक पर्ने भएकाले थोरै मात्रामा अल्कोहल खानु शरीरका लागि राम्रो मानिन्थ्यो । तर, हालैको एक नयाँ अनुसन्धानले कुनै पनि मात्राको अल्कोहल शरीरका लागि आवश्यक छैन भन्ने तथ्य पत्ता लगाएको छ ।

मुटुका कारण हुने मृत्युमध्ये ६० देखि ७० प्रतिशत मृत्यु हृदयाघातका कारण हुने गर्छ भने बाँकी मस्तिष्कघात र अन्य कारण । उमेर बढेसँगै मानिसको रक्तनली पनि साँधुरिँदै जान्छ । मुटुरोगको भार बढिरहेको छ । अहिले यस्तो अवस्थामा जोखिमको पहिचान गरेर त्यसको रोकथाममा लाग्नु अत्यन्तै जरुरी छ । खानपान, तनाव, अस्वस्तकर जीवनशैली र कुनै मानिसले धूमपान गर्छ भने त्यसले मुटुरोगलाई थप गर्न सहयोग पु¥याउँछ । रक्तनली ब्लक हुनुको एक बलियो कारण धूमपान हो ।
धूमपान नगर्ने मानिसमा मुटुरोगको जोखिम आउन १५ वर्ष लाग्छ । प्रत्यक्ष रूपमा धूमपान गर्दा र अप्रत्यक्ष रूपमा धूमपान गरिरहेको मानिसको वरिपरि बस्दा उत्तिकै असर परिरहेको हुन्छ ।
पहिले–पहिले शरीरमा अलिअलि अल्कोहलको मात्रा आवश्यक पर्ने भएकाले थोरै मात्रामा अल्कोहल खानु शरीरका लागि राम्रो मानिन्थ्यो । तर, हालैको एक नयाँ अनुसन्धानले कुनै पनि मात्राको अल्कोहल शरीरका लागि आवश्यक छैन भन्ने तथ्य पत्ता लगाएको छ ।
डाइबिटिजका बिरामीमा मुटुरोग बढी हुने गरेको पाइएको छ । जीवनशैली एकदमै अल्छी भएका मानिसमा मुटुरोगको जोखिम बढी हुने गरेको पाइन्छ । जोखिमका तत्वहरू जति बढ्यो, मुटुको जोखिम त्यति नै बढ्दै जाने हो ।

सहरी क्षेत्रका करिब एकतिहाइ मानिसलाई मधुमेह तथा उच्च रक्तचापको समस्या छ । त्यसको कारण पनि अस्वस्थ जीवनशैली नै हो । यसलाई विश्लेषण गर्दा भन्न सकिन्छ कि– उनीहरूलाई अन्ततः मुटुसम्बन्धी समस्या हुन्छ ।

रोगको भार बढी हुँदा पनि मुटु किन विशेष प्राथमिकतामा नपरेको होला त ?
विश्वभरका मुटुरोगीको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष १ करोड ७० लाख मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । यसरी नै मुटुरोगीको संख्या बढ्दै जाने हो भने सन् २०३० सम्ममा २ करोड ३० लाख मानिसको मृत्युको कारण मुटुरोग बन्नेछ ।
नसर्ने रोगका कारण हुने मृत्युमध्ये सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गर्छ । नसर्ने अन्य रोगका कारण हुने मृत्युको संख्या जोड्ने हो भने मुटुरोगको आधा पनि हुँदैन । युवापुस्तामा मुटुरोग बढ्दै जानु अहिलेको विकराल समस्या हो । मुटुरोगका विभिन्न प्रकार छन्– बाथ मुटुरोग, जन्मजात मुटुरोग आदि । विकसित मुलुकमा भने बाथ मुटुरोग तथा जन्मजात मुटुरोगका समस्या ज्यादै न्यून मात्रामा देखिने गर्छन् । मुटुरोगको प्रमुख कारण अस्वस्थ जीवनशैली नै हो ।

अस्वस्थकर जीवनशैलीलाई पनि मान्छेले आ–आफ्नो सन्दर्भअनुसार व्याख्या गरेको पाइन्छ, खासमा कस्तो जीवनशैलीलाई अस्वस्थ मान्ने ?
मानिसले नजिकैको दूरी तय गर्न समेत सवारीसाधनको प्रयोग गर्ने परिपाटी बढ्दो छ । मानिसले दैनिक शारीरिक अभ्यास गर्नु आवश्यक छ । दैनिक गर्न नसकेको खण्डमा हप्ताको ५ दिन शारीरिक अभ्यास गरेमा पनि मानिसले मुटुलाई स्वस्थ राख्न सक्छ ।
लिफ्टको सट्टा भर्याङको प्रयोग गर्दा, दैनिक घरको काम गर्दासमेत मानिसलाई शारीरिक अभ्यास भइरहेको हुन्छ । मानिसले दैनिक आहारमा सन्तुलन नै मुटुरोग कम गराउनका लागि अपनाउन सकिने खानपानशैली हो । घरबाहिरको तयारी खानेकुरालाई प्राथमिकता दिनाले मुटुरोग बढ्न गएको हो । तयारी खानेकुरा खानु अस्वस्थ जीवनशैलीको एउटा भाग हो ।
सहरी क्षेत्रका करिब एकतिहाइ मानिसलाई मधुमेह तथा उच्च रक्तचापको समस्या छ । त्यसको कारण पनि अस्वस्थ जीवनशैली नै हो । यसलाई विश्लेषण गर्दा भन्न सकिन्छ कि– उनीहरूलाई अन्ततः मुटुसम्बन्धी समस्या हुन्छ ।
मुटुरोगीको संख्या यसरी नै बढ्दै जाने हो भने सहिद गंगालाल हृदयरोग केन्द्रजस्ता अस्पताल जति नै बनाए पनि अपुग हुन सक्छ । यसका लागि उपचारभन्दा पनि जनचेतना बढाउनु आवश्यक छ । अहिले मानिसले परिश्रम गर्नै छोडिसकेका छन् । यसले पनि मुटुरोगको भयावह अवस्था निम्त्याइरहेको छ ।
पहिले विकसित मुलुकको तुलनामा नेपालको खानपिन राम्रो थियो । साथै, नेपाली परिश्रमी थिए । अहिले बढ्दै गएको विलासिताका कारण मुटुरोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
अहिलेका मानिस काम गर्न रुचाउँदैनन् । व्यापक रूपमा बढ्दै गएको सहरीकरणका कारण बच्चालाई खेल्नका लागि कतै पनि खाली ठाउँसमेत पाउन मुस्किल छ ।
गत वर्ष विश्व मुटुदिवसका अवसरमा मुटुरोगीको संख्या कम गर्न बच्चालाई खेल्ने खुला ठाउँको समेत आवश्यकता रहेको भन्दै सरकारलाई दबाब दिन नारासमेत बनाइएको थियो ।

जन्मजात लाग्ने मुटुरोगको अवस्था कस्तो छ ? यसका प्रमुख कारण के हुन् ?
बच्चामा हुने मुटुरोग भने स्थिर नै देखिएको छ । अहिले गाउँ–गाउँमा पनि स्वास्थ्यसेवाको पहुँच भएका कारण हामीकहाँ रेफर भएका बिरामीको संख्या धेरै देखिएको हो । गर्भावस्थामा आमाले धूमपान तथा मद्यपान गर्नाले पनि बच्चामा जन्मजात रूपमा मुटुरोग देखिने गर्छ । कसैकसैमा उमेर छिप्पिएर बच्चा पाएमा पनि बच्चामा मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।

मुटुरोग कुन उमेर समूहका मानिसलाई बढी हुने गर्छ ?
मुटुरोग सामान्यतया मध्यम उमेर समूहका मानिसमा बढी हुने गर्छ । हाम्रो अस्पतालको पुरानो तथ्यांकलाई हेर्ने हो भने नेपालमा बाथ मुटुरोगीको संख्या अत्यधिक थियो । हाल अस्पतालमा मुटुमा रक्तनली बन्द भएर हृदयाघात भएर आउने बिरामीको संख्या बढ्दो छ । अस्पताल आउने बिरामीमा रक्तनली बन्द भएर आउने बिरामीको संख्या बढ्दो मात्रामा छ ।
विश्व मुटु संगठनका अनुसार विश्वमा यस्ता बिरामीको संख्या बढ्दो मात्रामा छ । विदेशमा धेरैजसो ६०–७० वर्षका मानिसलाई मुटुरोग लाग्ने गर्छ भने नेपालमा ४०–५० वर्षकै उमेरमा मुटुरोग लाग्ने गरेको छ । हामीकहाँ ३० वर्षकै उमेरमा पनि हृदयाघात भएर आउने बिरामीको संख्या पर्याप्त छ । यो समय भनेको एकदमै उत्पादनशील समय हो । परिवार, समाज तथा देशकै लागि पनि महत्वपूर्ण योगदान दिने यो ऊर्जाशील समयमा हृदयाघात भयो भने देशको समेत उत्पादन घट्न जान्छ । यस्तो अवस्था परिवार, समाज तथा राष्ट्रकै लागि पनि घातक हो ।

लैंगिक हिसाबले मुटुरोग अनुपात के छ ?
महिलामा महिनावारी भएसम्म मुटुरोगको जोखिम कमै हुने गर्छ । तर, महिनावारी रोकिएपछि भने महिला तथा पुरुष दुवैमा यसको जोखिम बराबर नै हुने गर्छ ।

मुटुरोगका प्रकार के–के हुन् ?
विशेषगरी, मुटुको रक्तनली ब्लक हुने, बाथ मुटुरोगलगायत प्रकार छन् । हामीकहाँ उपचारका क्रममा आउने बिरामीमध्ये ४० प्रतिशत बाथ मुटुरोगका बिरामी छन् । अन्य मूलुकमा भने बाथ मुटुरोगका बिरामीको संख्या घट्दै गएको छ । कतिपय ठाउँमा त निर्मूल नै भइसकेको छ । तर, नेपाल तथा अन्य अविकसित मुलुकमा भने कायम छ । अर्काे डिजेनेरेटिभ मुटुरोग छ, जुन उमेरसँगै बढ्दै जाने मुटुको समस्या हो । यो पूर्ण रूपमा उमेरसँग सम्बन्धित छ । उमेरसँगै छालामा चाउरीपन आएजस्तै मुटुका भल्भहरू पनि कमजोर हुँदै जान्छन् । त्यस्तै, मुटुका रक्तनलीहरू फुट्ने, फुल्नेलगायत मुटुरोग पनि छन् ।

मुटुरोगीको संख्या बढिरहँदा बिरामीको उपचारमा पहुँच कत्तिको पाउनुभएको छ ?
मेरो दृष्टिमा बिरामीको उपचारमा पहुँच जति हुनुपर्ने हो, त्यति छैन । त्यसका विविध कारणहरूमा एउटा मानवीय स्रोत–साधनको कमी हो । नेपालमा आवश्यक मात्रामा कार्डियोलोजिस्ट छैनन् । दोस्रो कुरा, नेपालमा भौतिक संरचना नै छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बजेट घट्दै गएको छ । मुटुरोगको उपचारमा पहुँच विस्तार गर्न नेपालगन्जमा गंगालालको शाखा विस्तारका लागि नेपाल सरकारले सहमति दिँदै सम्झौता गरेको अवस्था छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्कुले बालबालिकामा मुटुको बाथरोगको प्रभाव

रोगको परिचय
मुटुको बाथरोग भन्नाले मुटुको भल्भ तथा मांसपेशीमा क्रप अ बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकसको संक्रमणपश्चात् देखिने असरलाई बुझ्ने गरिन्छ । सामान्यतया घाँटी तथा छालाको ब्याक्टेरियल (ग्यास) संक्रमणपश्चात् २–३ हप्तामा मुटुको बाथज्वरो देखापर्छ । यदि बाथज्वरोको सही पहिचान तथा उपचार नभएमा करिब ६०–७० प्रतिशत व्यक्तिमा मुटुको बाथरोग देखापर्छ ।

मुटुको बाथरोगको प्रभाव
मुटुको बाथरोगको प्रभाव एसियाका प्रायः देशका स–साना बच्चा (५ देखि १५ वर्ष) तथा यौवनावस्थामा देखिएको छ । धेरैजसो खोज तथा अनुसन्धानले यस रोगको चाप प्रतिहजार विद्यार्थीमा करिब शून्य दशमलव ६८ देखि ५ जनामा पाइएको छ । त्यस्तै, नेपालमा पनि प्रतिहजार करिब १ देखि २ बच्चामा यो रोग देखापरेको छ । विश्वभरिको आँकडा हेर्ने हो भने अन्दाजी १५ दशमलव ६ मिलियन व्यक्ति यस रोगबाट प्रभावित भएको देखिन्छ । प्रत्येक वर्ष २८ लाख नयाँ रोगी फेला परिरहेका छन् भने २ दशमलव ३३ लाख व्यक्ति यस रोगका कारण ज्यान गुमाउन बाध्य छन् । हामीले पनि यो रोगको भयावह स्थिति तथा यसका दूरगामी असरहरू दिनहुँजसो देख्ने भएकाले विद्यालयमा अध्ययनरत बाबुनानीमा यसको प्रभाव कस्तो छ भनी सन् २०१३ बाट अध्ययन प्रारम्भ गरेका छौँ ।

प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् ।

चितवन तथा नवलपरासीका विभिन्न ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा अत्याधुनिक प्रविधिबाट मुटुको भिडियो एक्स–रे (इको) प्रयोग गरी यस रोगको स्थितिबारे अध्ययन गर्न थाल्यौँ । करिब २५ हजार विद्यार्थीमा गरिएको यो अध्ययनले प्रतिहजार १ देखि २ जनामा यस रोगको प्रभाव फेला परेको छ । कतिपय बालबालिकामा रोग अत्यन्तै बढिसकेको भेटियो भने कतिपयमा रोगको सुरुवाती तथा सामान्य अवस्था देखापर्यो ।

यो रोगबारे अभिभावक, शिक्षक, शिक्षिका तथा बालबालिका अनभिज्ञ पाइयो । हामीले यस रोगसम्बन्धी जानकारी दिएपछि भने उनीहरूमा रोगबाट बच्ने र बचाउने अभियानमा ज्यादै सकारात्मक सोच पाइयो ।

लक्षण
प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् । समयमै यस्ता बालबालिकामा हुने रोगको पहिचान तथा उपचार नभएमा कालान्तरमा गम्भीर समस्या देखापर्न सक्छन् । यसका असरका रूपमा मुटु फेलर, ढड्कनसम्बन्धी रोग, दिमाग तथा शरीरका अन्य रक्तनलीमा रगत (क्लट) उछिट्टिएर जानु, प्यारालाइसिससमेत हुन सक्ने सम्भावना हुन्छ । उपचारका क्रममा औषधि (पेनिसिलिन सुई)को प्रयोग तथा रोग बढिसकेको अवस्थामा मुटुको भल्भ नै फेर्नुपर्ने, जीवनभर रगत पातलो गर्ने (वारफरिन) औषधिको प्रयोग आवश्यक पर्छ ।

रोग पहिचान तथा उपचार
मुटुको बाथरोगको पहिचानका लागि मुटुरोग विशेषज्ञबाट स–साना बालबालिकामा मुटुको परीक्षण गरिन्छ र शतप्रतिशत भए–नभएको हेर्न इको (मुटुको भिडियो एक्स–रे) प्रविधिमार्फत चेकजाँच गरिन्छ ।
रोगको पहिचान गर्नु नै रोगबाट बच्ने उपायको थालनी गर्नु हो । बारम्बार आफ्ना स–साना बालबालिकालाई घाँटी तथा छातीको संक्रमण भएमा थ्रोट–स्वाबको परीक्षण गरी ग्यास संक्रमणको उपचार गर्नुपर्छ । साथै, मुटुको भिडियो एक्स–रे गरेर भल्भहरूमा असर परे–नपरेको किटान गर्नुपर्छ ।
मुटुको बाथज्वरो देखिएमा मुटुरोग विशेषज्ञबाट परामर्श लिएर सो रोगको पूर्णतः उपचार गर्नुपर्छ ।

सावधानी
यस रोगले भविष्यका कर्णाधार कलिला बालबालिका तथा वयष्कहरूलाई असर पर्ने हुनाले नेपाल सरकार तथा स्वास्थ्यसम्बन्धी संघसंस्था, अस्पतालहरूले यस रोगविरुद्ध लड्नका लागि पूर्वाधार तयार पार्नु आवश्यक देखिन्छ ।
जस्तै,
क) जनचेतना अभिवृद्धि कार्यक्रम पत्रपत्रिका, टेलिभिजन तथा विद्यालयहरूमा स्वास्थ्यकर्मीको परामर्श लिइ लागू गर्नुपर्छ । साथै, पाठ्यक्रममा मुटुको बाथज्वरो तथा रोगसम्बन्धी सामग्री समावेश गरिनुपर्छ ।
ख) प्रत्येक वर्ष बालबालिकाको स्वास्थ्य परीक्षण गराउनुपर्छ र शंकास्पद देखिएमा इको गराउनुपर्छ । यसका लागि नेपालमा स्वास्थ्य बिमा नीति लागू गरिनुपर्छ ।
ग) स्वास्थ्यको पहुँच नभएको क्षेत्रमा सरकार तथा निजी क्षेत्रको पहलमा स्वास्थ्यकर्मीको सहयोगले मुटुसम्बन्धी परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
घ) रोग देखिएका बालबालिकालाई सरकारले निःशुल्क पेनिसिलिन सुई वा चक्कीको व्यवस्था गर्नुपर्छ । त्यस्तै, सो सुविधा दिन सक्ने स्वास्थ्य एकाइ गठन गर्नुपर्छ ।
ङ) अप्रेसन (भल्भ फुकाउन वा भल्भ फेर्न) आवश्यक भएमा सुविधासम्पन्न मुटु अस्पताल रेफर गरिनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिहार तेल, रक्सी र मुटु

मलाई धेरै मुटुरोगीले एउटा साझा प्रश्न सोध्ने गर्छन्– कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?
धेरै मानिस खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थबारे भ्रममा देखिन्छन् । आजभन्दा केही वर्षअघिसम्म बजारमा मुख्य रुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिँदा र रोटी, पुरी पकाउँदा गाईभैँसीको घिउ प्रयोग हुन्थ्यो । आज बजारमा तोरीलगायत भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभ आदि, धेरैथरीका खानेतेल बिक्रीमा छन् ।
उद्योग–व्यापारको प्रोत्साहन गर्ने जमाना छ । तेल उद्योगहरुले नानाथरी आकर्षक विज्ञापन गरेर आ–आफ्ना उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो बनाउँछ, हर्टअट्याक हुनबाट बचाउँछ, शतप्रतिशत कोलेस्टेरोलविहीन छ आदि सन्देश जनमानसमा पु¥याउने प्रयास गरीराखेका देखिन्छन् । हाल एउटा तोरीको तेल उत्पादक कम्पनीले एकजना पाइलटलाई विज्ञापनमा प्रयोग गरेर ‘साहसी बन्न बलियो मुटु चाहिन्छ र यसका लागि म १५ वर्षदेखि तोरीको तेल खाने गर्छु’ जस्तो गलत र भ्रामक सन्देश प्रसारण गरिरहेको पाइन्छ । यसैगरी सूर्यमुखी तेलमा कत्ति पनि कोलेस्टेरोल हुँदैन, यसकारण यो मुटुका लागि फाइदाजनक छ भन्ने प्रचारबाजी पनि भ्रामक छ । यसकारण तेल र चिल्लोपदार्थको सबैलाई सत्य–तथ्य जानकारी हुनु जरुरी छ ।

छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यसकारण बोसो, छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो सागपात र सलादसँग खानुपर्छ ।

चिल्ला खाद्य पदार्थ भन्नेबित्तिकै घिउ र तेल बुझिन्छ ।
खाना पकाउन धेरैजसो वनस्पति तेलको प्रयोग गरिन्छ । तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । ३ अणु ‘फ्याटी एसिड’ र १ अणु ‘ग्लिसेरोल’ भएको रासायनिक वस्तु हो ‘ट्राइग्लिसेराइड’ । तेलमा ३ प्रकारका फ्याटी एसिड पाइन्छन्– स्याचुरेटेड, मोनो अनस्याचुरेटेड र पोली अनस्याचुरेटेड । स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानि गर्छ भने अनस्याचुरेटेडले केही मात्रामा फाइदा पनि गर्छ । लाभदायी मोनो र पोली अनस्याचुरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ । यस्ता लाभदायी तत्व कुनै तेलमा बढी र कुनैमा घटी हुन्छ । यसबाहेक तेलमा प्रशस्त मात्रमा ट्राइग्लिसेराइड हुन्छ जसले हृदयाघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर पार्ने गर्छ । आमजनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका हुन् ।
विदेशबाट आयात गरिएको सूर्यमुखी तेलको सिसीलाई हेरौँ । त्यसको बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ, ‘शतप्रतिशत कोलेस्टेरोल फ्री’ । कुरा एकदम ठिक हो । कुनै पनि वनस्पति तेलमा कोलेस्टेरोल पाइ्रँदैन । कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लोपदार्थ र घ्यु, मखन आदिमा मात्र पाइन्छ । सूर्यमुखी वा अन्य तेलमा कोलेस्टेरोल पाइँदैन, तर यिनमा ९५ प्रतिशत फ्याटी एसिड पाइन्छ । यो तथ्यलाई गोप्य राखेर कोलेस्टेरोल फ्री भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ ।

रक्सीमा ठूलो शक्ति छ, यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै, मान्छेको शरीरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधि हुन्छ, धेरै खाए विष हुन्छ, ठिक्क मात्रामा लिँदा फाइदा गर्छ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुँदैन । रक्सीले रक्तचाप बढाउँछ, मस्तिष्काघात गराउँछ, हार्टफेल गराउँछ ।

चिल्लोपदार्थ चाहे त्यो तेल होस् वा घिउ, शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टेरोल हुँदैन, तर अनस्याच्युरेटेड फ्याट बढी हुन्छ । यस्तै, घिउमा कोलेस्टेरोल र स्याच्युरेटेर फ्याट बढी हुन्छ । मुटुका लागि कोलेस्टेरोल र स्याच्युरेटेड फ्याट बढी हानिकारक छन् । यसकारण तेल, अण्डा, घिउ मुटुका लागि बढी हानिकारक छ भनिएको हो । मुटुका लागि तेल फाइदाजनक होइन, तर घिउको तुलनामा तेल कम हानिकारक छ भन्ने मात्र हो ।

चिल्लोपदार्थलाई धेरैपटक तताउँदा त्यसमा ट्रान्स फ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै नै हानिकारक छ । यसकारण डिप फ्राई गरेर पकाएका परिकारहरु स्वास्थ्यका लागि हानिकारक छन् । यसबाट मुटुरोग, क्यान्सर आदि उत्पन्न हुन सक्छन् ।
चिल्लो खाद्य पदार्थमध्ये घिउभन्दा तेल बेस र तेलहरुमा शुद्ध तोरीको तेल सबैभन्दा उत्तम मानिन्छ, किनकि तोरीको तेलमा गुणकारी तत्वहरु अरुमा भन्दा धेरै मात्रामा पाइन्छन् । यो तेल धेरैपटक तताउँदा पनि ट्रान्स फ्याटमा परिवर्तन हुँदैन ।
चाडपर्वका वेला चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटुरोगीले यस्तो परिकार खाँदा धेरै विचार पु-याउनुपर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यसकारण बोसो, छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो सागपात र सलादसँग खानुपर्छ ।

चाडपर्वका वेला रक्सी–मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो पनि रक्सी पनि एकसाथ मिसिँदा मुटुको गति एकदम छिटो–छिटो बेतालसँग चल्ने हुन सक्छ । यसलाई ‘होलिडे हर्ट सिन्ड्रोम’ भनिन्छ ।

तेलजस्तै रक्सीबारे पनि जनमानसमा एउटा भ्रम छ– अलिकति पिउने ग¥यो भने मुटु बलियो हुन्छ । रक्सी पिउने चलन परापूर्वकालदेखिको हो । रक्सी नपिउने मानिस एक्लोजस्तै हुन्छ अनि रक्सी नराखिएको भोज खल्लोजस्तो हुन्छ । रक्सीमा ठूलो शक्ति छ, यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै, मान्छेको शरीरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधि हुन्छ, धेरै खाए विष हुन्छ, ठिक्क मात्रामा लिँदा फाइदा गर्छ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुँदैन । रक्सीले रक्तचाप बढाउँछ, मस्तिष्काघात गराउँछ, हार्टफेल गराउँछ ।

चाडपर्वका वेला रक्सी–मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो पनि रक्सी पनि एकसाथ मिसिँदा मुटुको गति एकदम छिटो–छिटो बेतालसँग चल्ने हुन सक्छ । यसलाई ‘होलिडे हर्ट सिन्ड्रोम’ भनिन्छ । यो अवस्था धेरैजसो चाडपर्वमा हुने भए पनि दसैँमा सबैभन्दा धेरै हुन्छ, किनकि खसीको कवाफ र रक्सी खाँदा मीठो हुन्छ, तर मुटुलाई भने क्षति गर्छ ।

चिल्लोपदार्थ, तेल, घिउ, रक्सी, मासु आदिका सम्बन्धमा के, कसरी र कति खाने भन्नेबारे जानकारी राखी स्वास्थ्यमा हानि नपुग्ने गरी उपभोग गर्नु सधैँका लागि उत्तम हुन्छ ।

Email:prregmi@wlink.com.np

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मृत्युको पहिलो कारण मुटुरोग, नेपालका प्रमुख अस्पतालमा के छ उपचार अवस्था ?

विश्वमा नसर्ने रोगमध्ये मानव मृत्युको पहिलो कारणका रूपमा रहेको मुटुरोग दिन प्रतिदिन विकराल बन्दै गएको छ । प्रत्येक वर्ष विश्वमा १ करोड ७५ लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मुटुरोगबाट मृत्यु हुने मानिसको संख्या यसरी नै बढ्दै जाने हो भने सन् २०३० मा यो रोगबाट मृत्यु हुनेको संख्या २ करोड ३० लाख पुग्ने देखिन्छ ।

नेपालमा पनि जनसंख्याको १०–१५ प्रतिशतलाई मुटुरोग लाग्ने गरेको तथ्यांकमा उल्लेख छ । मुटु तथा रक्तनलीजन्य मुख्य रोगहरूमा कोरोनरी मुटुरोग, हृदयाघात, बाथ मुटुरोग, हृदयाघात, उच्च रक्तचाप, मस्तिष्काघातजस्ता रोग पर्छन् ।
विश्वमा ६०–७० वर्ष उमेर समूहका मानिसमा बढी मुटुरोग पाइएको छ । तर, नेपालमा भने ४०–५० वर्ष उमेर समूहका मानिसमा मुटुको समस्या धेरै पाइएको सहिद गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मा बताउँछन् ।
सहिद गंगालाल हृदयरोग केन्द्रले १५ पुस ०५५ मा बहिरंग सेवाको स्थापना गरेदेखि हालसम्म १४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिसकेको छ ।

डा. शर्माका अनुसार अस्पतालले हालसम्म करिब ५६ हजार बिरामीको विभिन्नखालको तथा २० हजार बिरामीको मुटुको शल्यक्रिया गरिसकेको छ । केन्द्रले सन् २०१७ मा १ लाख ५३ हजार ४ सय ६२ बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरेको छ भने १ हजार ७ सय ८२ वटा मुटुको विभिन्नखाले शल्यक्रिया सम्पन्न गरेको छ । केन्द्रले हालसम्म १४ हजारभन्दा बढी ओपन हार्ट सर्जरी सम्पन्न गरिसकेको छ । केन्द्रमा सन् २०१७ मा भर्ना भई उपचार गराउने बिरामीको संख्या १३ हजार ४ सय ५९ छ ।

सहिद गंगालाल हृदयरोग केन्द्रले १५ पुस ०५५ मा बहिरंग सेवाको स्थापना गरेदेखि हालसम्म १४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिसकेको छ ।

विकासोन्मुख देशका ३० प्रतिशत मानिसको मृत्युको कारण मुटुरोग बनेको मनमोहन कार्डियोथेरापिक एन्ड भास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई बताउँछन् । उनका अनुसार संसारमा नसर्ने रोगका कारण हुने मृत्युमध्ये मुटुरोग पहिलो कारण हो भने क्यान्सर दोस्रोमा पर्छ । कतिपय बच्चामा जन्मजात नै मुटुरोग लाग्ने भट्टराई बताउँछन् ।

मनमोहन कार्डियोथेरापिक एन्ड भास्कुलर सेन्टरमा ०७४ मा बहिरंग सेवामार्फत ५७ हजार ८ सय ९ बिरामीले उपचार गराएका थिए । त्यस्तै, सो वर्ष भर्ना भएर उपचार गराउनेमा ३ हजार ६ सय ८३ र आकस्मिक सेवा लिनेमा ६ हजार १ सय १० बिरामी थिए । यो संख्या ०७० मा बहिरंगतर्फ ४२ हजार ८ सय २८, भर्ना भएर उपचार गराउनेमा ३ हजार ७ सय २६ र आकस्मिकतर्फ ४ हजार ८ सय ६२ थियो । त्यसैगरी, ०७१ मा यो संख्या बहिरंगतर्फ ५१ हजार २ सय ३९, भर्ना हुनेमा ३ हजार ६ सय ४९ र आकस्मिकतर्फ ४ हजार ९ सय ९८ थियो ।

नेपालमा मुटुरोग बर्सेनि बढ्दै जानुमा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक परिश्रमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मानसिक तनावजस्ता कारकतत्व रहेको चिकित्सकहरू बताउँछन् ।

०७२ मा भने बहिरंगतर्फ ५० हजार ७ सय २९, भर्ना हुनेमा २ हजार ९ सय ६० र आकस्मिकतर्फ ४ हजार ५ सय ९६ ले सेवा लिएका थिए, जुन अघिल्ला वर्षहरूको तुलनामा घटेको देखिन्छ । तर, ०७३ मा भने पुनः उक्त संख्या बढेको देखिन्छ । ०७३ मा बहिरंगतर्फ ५४ हजार २६, भर्ना हुनेमा ३ हजार ४ सय १५ र आकस्मिकतर्फ ५ हजार ५ सय ६१ ले उपचार गराएका थिए ।
अस्पतालको यो तथ्यांकले बर्सेनि मुटुरोगी बढ्दै गएको देखाउँछ । नेपालमा मुटुरोग बर्सेनि बढ्दै जानुमा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक परिश्रमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मानसिक तनावजस्ता कारकतत्व रहेको चिकित्सकहरू बताउँछन् । उच्च रक्तचाप मुटु तथा रक्तनलीजन्य रोगको एउटा प्रमुख कारकतत्व मानिन्छ । यो रोगको कसै–कसैमा कुनै पनि लक्षण देखिँदैन । त्यसकारण उच्च रक्त रक्तचापलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले मुटु तथा मस्तिष्कमा क्षति पुग्न गई मानिसको अकस्मात् मृत्यु हुन सक्छ ।

मुटुरोगको उपचारलाई नेपाल सरकारले विशेष महत्व दिँदै आएको छ । नेपाल सरकारले १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मुटुरोगको निःशुल्क उपचारका लागि बजेट प्रदान गर्दै आएको छ ।
नेपाल सरकारले चालू आर्थिक वर्षमा उक्त प्रयोजनका लागि १३ करोड रकम विनियोजन गरेको छ । गत आर्थिक वर्षको फागुन महिनामा सरकारले बाथ मुटुरोगीको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने निर्णय गरेपश्चात् ५ सय ९६ बिरामीको निःशुल्क शल्यक्रिया भइसकेको छ । नेपाल सरकारले उक्त प्रयोजनका लागि १५ करोड ९० लाख विनियोजन गरेको थियो ।

मुटुरोग लागिसकेपछि यसको उपचारको बाटो खोज्नुभन्दा पनि मुटुरोग रोकथामको क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने सहिद गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक शर्मा बताउँछन् । रोकथामका कार्यक्रम सस्तो हुने र त्यसले मानिसलाई अकालमा मृत्यु हुनबाट जोगाउने भएकाले रोकथामका कार्यक्रम ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

८० प्रतिशत मुटुरोग खानपानको अधीनमा हुन्छ


मुटुरोगीसँगै अहिले हृदयाघातको संख्या पनि बढ्दै गएको छ । हृदयाघातका कारण बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ । हाम्रा दैनिक क्रियाकलापमा केही मात्रै सुधार गरेमा पनि मुटुरोगबाट बच्न सकिन्छ । तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुरोग अहिले नेपालमा मात्र नभई संसारभर चुनौतीका रूपमा देखापरेको छ । मानिसको खानपान तथा जीवनशैलीका कारण मानव स्वास्थ्य तथा मुटुमा के–कस्ता असर देखापर्छन् भन्ने विषयमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक ज्योतीन्द्र शर्मासँग लक्ष्मी चौलागाईंले गरेको कुराकानी:

आममानिसले बुझ्ने भाषामा मुटु के हो ?
मुटु मानव शरीरको एउटा महत्वपूर्ण अंग हो । यो छातीको दाहिनेतिर मासुको मांसपेशीले बनेको हुन्छ । यसका ४ वटा खण्ड हुन्छन् । मुटुले रगत प्राप्त गर्ने तथा शरीरभरि पु¥याउने काम गर्छ । अक्सिजनको मात्रा कम भएको रगत मुटुको दाहिने भागमा आउँछ । यसलाई मुटुले फोक्सोमा पठाउँछ । फोक्सोमा गएपछि उक्त रगतले अक्सिजन पाउँछ । अक्सिजन पाएपछि रगत मुटुको देब्रे भागमा आउँछ । देब्रे भागमा आएको अक्सिजन र अन्य तत्व भएको रगतलाई मुटुले पम्प गरेर शरीरको विभिन्न भागमा पु¥याउँछ । मुटुको दाहिनेतिरको भागले फोक्सोमा रगत पम्प गर्छ । औसतमा १ मिनेटमा एउटा ६०–७० किलोको मान्छेमा ५ लिटर रगत मुटुमा आउँछ र त्यसलाई मुटुले पम्प गर्छ ।

हृदयाघात मुटुरोगमध्ये प्रमुख हो । रगत पम्प गर्ने मात्र नभएर मुटुलाई काम गर्न पनि रगत चाहिन्छ । मुटुले विभिन्न धमनीहरूका माध्यमबाट रगत प्रदान गरिरहेको हुन्छ ।

मुटुमा के–कस्ता रोग लाग्छन् ? के मुटुरोग मानिसको नियन्त्रणमा छ ?
जन्मजात भएको मुटुरोगलाई मानिसले रोक्न सक्दैन । जन्मजात मुटुरोग लागेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गर्नुपर्ने हुन्छ । विभिन्न समयमा मुटुमा समस्या आएमा चिकित्सकको सल्लाहमा मुटु परीक्षण गराउनुपर्ने हुन्छ । यसो गर्दा मुटुको भल्भ बिग्रन पाउँदैन । मुटुरोगको प्रकृतिअनुसार यसका लक्षण देखापर्ने गर्छन् । बाथ मुटुरोगीमा शरीरका जोर्नीहरू दुख्ने समस्या देखापर्छ । त्यस्ता बिरामीहरू हिँड्दा बढी मात्रामा स्वाँ–स्वाँ गर्ने गर्छन् ।
जन्मजात मुटुरोगीले सामान्य मानिसजस्तै क्रियाकलाप देखाउन सक्दैनन् । त्यस्तै, उनीहरूको शरीरमा विभिन्न संक्रमण हुने गर्छ । उनीहरूको शारीरिक विकास राम्रोसँग हुन सक्दैन ।
हृदयाघात मुटुरोगमध्ये प्रमुख हो । रगत पम्प गर्ने मात्र नभएर मुटुलाई काम गर्न पनि रगत चाहिन्छ । मुटुले विभिन्न धमनीहरूका माध्यमबाट रगत प्रदान गरिरहेको हुन्छ । रगत प्रदान गर्ने मुटुको नली देब्रेतिर २ वटा र दाहिनेतिर एउटा हुन्छ । ती नलीमा कुनै अवरोध सिर्जना भएमा, नलीमा साँघुरोपन बढेमा रगत सञ्चालन कम हुन गई छाती दुख्छ । कुनै एक अवस्थामा रगतको नली पूरै ब्लक हुन्छ, जसले गर्दा रक्त सञ्चालन पूर्णतया बन्द हुन्छ । रगत सञ्चालन नभएपछि मुटुको मासु मर्छ, जसलाई हृदयाघात भनिन्छ ।

हृदयाघातमा के–कस्ता लक्षण देखिन्छन् ?
उकालो हिँड्दा गाह्रो हुन्छ । कसैलाई एक्कासि थिचेजस्तो महसुस हुन्छ । पेटको माथिल्लो भाग दुख्छ । कसैलाई चिउँडो दुख्छ । चिटचिट पसिना आउँछ । रिँगटा लाग्छ ।

हृदयाघातको उपचार विधि ?
हृदयाघातमा मुटुको नली ब्लक छ कि छैन भनी पत्ता लगाउन एनजियोग्राममार्फत मुटुको रक्तनलीको परीक्षण गरेर हेर्नुपर्छ । एनजियोग्रामपछि केही उपाय हुन्छन् । पहिलो उपाय औषधि खाएर निको गराउने हो । रगतको नली यदि धेरै ब्लक भएको छैन भने औषधि खाएर निको हुन सक्छ । धेरै ब्लक भएको छ भने एन्जियोप्लास्टी गर्न सकिन्छ । दोस्रो उपाय भनेको बाइपास सर्जरी हो । यदि मुटुको नली धेरै नै ब्लक छ, एकभन्दा बढी ठाउँमा ब्लक छ, अथवा पूरै ब्लक छ भने त्यस्तो अवस्थामा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । बाइपास सर्जरी भनेको जुन भागमा ब्लक भएको हो, त्यो भागलाई केही पनि नगरी ब्लक भएको रगतको नलीमुनि गएर रगत सञ्चालन गर्ने वैकल्पिक नली जोडिदिने हो ।

हृदयाघातमा बाँच्ने सम्भावना कति छ ?
हृदयाघातका बिरामी कति समय बाच्छन् भन्ने यकिन गर्न सकिँदैन । हृदयाघात भएको कति समय भयो, बिरामी कस्तो अवस्थामा छ भन्ने कुराहरूमा निर्भर हुन्छ । हृदयाघात हुनुअघि नै एन्जियोप्लास्टी अथवा बाइपास सर्जरी गरेमा बिरामी सामान्य अवस्थामा पनि आउन सक्छ । यदि ३० प्रतिशतभन्दा कम मात्रै बिरामीको मुटुले काम गरेको छ भने एनजियोप्लास्टी बाइपास गरेमा उक्त व्यक्तिले सामान्य रूपमा दिनचर्या सञ्चालन गर्न सक्दैन । बिरामी कुन अवस्थामा उपचारका लागि अस्पताल आइपुगेको छ भन्ने कुरा महत्वपूर्ण हो ।

मुटुलाई कसरी सुरक्षित राख्ने त ?
धूमपान तथा मद्यपान नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, तनावमुक्त रहने, सकभर बाहिरको खानेकुरा नखाने, फलफूल तथा तरकारीको मात्रा बढी खाने, नुन कम खाने, चिल्लो तथा बोसोयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा मुटुरोगबाट बच्न सकिन्छ । दैनिक खानेकुरामा ध्यान दिएमा ८० प्रतिशतसम्म मुटुरोगबाट बच्न गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुरोगसम्बन्धी केही उपयोगी सल्लाह

१. मानवका लागि आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य नभइनहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्छ ।
२. सानातिना रोगव्याधि तथा समस्यासँग जुध्न सक्ने स्वास्थ्यस्थिति बनाउनुपर्छ । अर्थात्, मान्छेको रोगप्रतिरोधात्मक क्षमता दह्रो हुनुपर्छ ।
३. धूमपान स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । तसर्थ धूमपान गर्नेले बिस्तारै–बिस्तारै घटाएर भए पनि यो छोड्नुपर्छ ।
४. दिनमा कम्तीमा ४ सय ग्रामका दरले हरियो तरकारी र फलफूलमा भएको फाइबर सेवन गर्ने मान्छेमा मुटुरोग लाग्ने सम्भावना ४० प्रतिशत कम हुन्छ ।
५. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर, पटक–पटक पकाएको घ्यु, तेल खानुहुन्न । भात, रोटीमा रहने कार्बाेहाइडे«ट मुटुका लागि शुद्ध घ्यु, तेलभन्दा बढि हानिकारक हुन्छ ।
६. मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउने र सागसब्जी, फलफूल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात, रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थाल भरी खानुपर्छ ।
७. जंक फुड पटक्कै खानुहुन्न ।
८. डार्क चक्लेट मुटुका लागि फाइदाजनक हुन्छ ।
९. शुद्ध कफी दुई–तीन कप मुटुका लागि राम्रो हुन्छ । तर, मुटुको धड्कन बढी भएकाका लागि कफी राम्रो हुन्न ।
१०. मांसाहारीका लागि खसी, कुखुराको मासुभन्दा हप्तामा दुईपटक माछा खानु धेरै राम्रो हुन्छ ।
११. शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ ।
१२. शारीरिक व्यायाम दैनिक आधा घण्टा गरे पुग्छ । आवश्यकताभन्दा ज्यादा गरिने शारीरिक व्यायाम मुटुका लागि पनि हानिकारक हुन सक्छ ।
१३. ६० वर्षभन्दा बढी उमेर भएकाहरुमा १४०÷९० सम्म रक्तचाप भए ठिकै हुन्छ । यो उमेरमा अलिकति बढी रक्तचाप भएमा अल्जाइमरजस्ता दिमागको रोग लाग्ने सम्भावना बढी हुन्छ ।
१४. वयष्कहरुमा पनि १३०÷८० सम्मको रक्तचाप सामान्य हो । तर, किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १२०÷८० भन्दा बढी रक्तचाप हानिकारक हुन सक्छ ।
१५. ब्लडप्रेसर बढेर औषधि सेवन गर्न थालेकाले औषधि छोड्नै हुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । रक्तचाप बढ्नुका कारण हटाउन वा घटाउन सकेमा नियमित खाइरहेको औषधि चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै, मध्यपान तथा धूमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वतः घटेर जान्छ ।

रगतमा हुने कोलेस्टेरोलको ८० प्रतिशत शरीरभित्रैबाट बन्छ, २० प्रतिशत मात्र हामीले खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनुपर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटुरोगीले खाए हुन्छ ।

१६. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधि सेवन छाड्न सक्ने हुन सक्छ ।
१७. कोलेस्टेरोलको परीक्षण खाना खाएपछि गर्नुहुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । खाना खाएर पनि परीक्षण गर्न सकिन्छ । खाना खानु र नखानुका बीचको फरक २ प्रतिशत मात्र हुन्छ ।
१८. रगतमा हुने कोलेस्टेरोलको ८० प्रतिशत शरीरभित्रैबाट बन्छ, २० प्रतिशत मात्र हामीले खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनुपर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटुरोगीले खाए हुन्छ ।
१९. मधुमेहका रोगीले कोलेस्टेरोल जति छ, सोको आधा घटाउनुपर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।
२०. बिहान आधा लिटर पानी पिउनुपर्छ । त्यसपछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनुपर्छ । एकैपटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनुहुन्न । मुटुरोगी र किड्नीका रोगीले पानी धेरै पिउनुहुन्न ।
२१. स्वस्थ व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक आफ्नो स्वास्थ्यपरीक्षण गराउनुपर्छ ।
२२. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुनबाट जोगिनुपर्छ ।
२३. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।
२४. दिनमा कम्तीमा ५ मिनेट हाँस्नु आवश्यक छ । तर, अत्यन्तै उत्तेजना पैदा हुने कृत्रिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।
२५. दान दिने बानी राम्रो हो । यसले मानसिक तनाव घटाउँछ र हृदयाघातबाट बचाउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के हृदयाघात पीडादायी हुन्छ ?

मैले मेरो बुबा गुमाएँ, कडा हृदयाघातका कारण । उनलाई मृत्युको समय कति दुख्यो होला भन्ने कुराले म अझै पनि झस्किन्छु । यो मेरो प्रश्न हो– के हृदयाघातमा पीडा हुन्छ ? १८ महिनाअघि मेरा अभिभावक होलिडे मनाउने क्रममा कम्ब्रियामा थिए । उहाँहरु भर्खरै मात्र डिनरको तयारी गर्दै हुनुहुन्थ्यो । मेरी आमाले ड्रिंक मात्र अर्डर गर्नुभएको थियो । बाबा टेबुलमा बस्नुभएको मात्र थियो । उहाँ टेबुलमा बस्नुभएको मात्र के थियो, भन्नुभयो, ‘ओ गड !’ र विलय हुनुभयो । उहाँले यो कुनै आश्चर्य, स्तब्ध, डर, दुःख या अप्रत्याशित मुडमा भन्नुभएको थिएन । त्यसैले त्यहाँ कुनै धार्मिक अन्धविश्वास पनि जोडिएको थिएन ।

यसले मलाई त्योभन्दा पनि बढी दुःखी बनायो जतिवेला उहाँ असाध्य दुःखमा दुख्ने गर्नुहुन्थ्यो । यसले मलाई अझै पनि मर्माहत बनाउँछ, बनाइरहेको छ ।

तर, उहाँले यो जीवनको इस्तिफा दिँदै भन्नुभएको थियो, पराजित हुनुहुन्थ्यो । यद्यपि उहाँमा पहिले कहिल्यै मुटुको समस्या पाइएको थिएन । जुन समय उहाँलाई यो कुरा अनुभूत भयो कि, यो हृदयाघात नै हो र त्यसले उहाँलाई लाँदै छ, भन्नुभयो, ‘ओ गड !’ ठ्याक्कै त्यस्तै तरिकाले जब उहाँलाई लाग्थ्यो कि म्यानचेस्टर युनाइटेडले गेम हार्दै छ, उहाँ सधैँ भन्ने गर्नुहुन्थ्यो– ओ गड ! निरुत्साहित र निरास ।

यसले मलाई नराम्रोसित दुखायो, मर्माहत बनायो । यसले मलाई त्योभन्दा पनि बढी दुःखी बनायो जतिवेला उहाँ असाध्य दुःखमा दुख्ने गर्नुहुन्थ्यो । यसले मलाई अझै पनि मर्माहत बनाउँछ, बनाइरहेको छ । इमानदारीका साथ भन्न चाहन्छु, यो मुख्य कुरा होइन कि कुन तरिकाले तिम्रा बाबु मरे वा मेरा बाबु मरे । या त तिनीहरु दुःखमा गुज्रिरहेका थिए, हरेस थिए, पराजित थिए अथवा तिनीहरुलाई त्यो अनुभूत गर्ने समय नै थिएन । त्यसले मलाई अधिकभन्दा अधिक पिरोल्ने गथ्र्यो, अहिले पनि त्यत्तिकै दुख्छ र वर्षौंसम्म मर्माहत बनाइरहनेछ ।

मैले वास्तवमै बुझेँ, तपाईं कहाँबाट आउनुभएको हो । तपाईंसँग संघर्ष गर्ने सम्पूर्ण अधिकार छ, संकटको अनुभूत गर्ने अधिकार छ । र, यो भयभीत दुनियाँको स्वस्थ पाटो पनि हो ।
यद्यपि, म यो तपाईंहरुमाथि नै छोड्दै छु ।

मैले यो मृत्युसँग पुरानो जागिर छोड्नुभन्दा पहिल्यै सामना गरेँ, अझै पनि गर्दै छु । तर, त्यो मृत्यु अवर्णनीय थियो । मैले गर्दै आएको काम वृद्धवृद्धाको स्याहार छोड्नुपरेको थियो र मेरो मानसिक समस्या टाउकोसम्म पुगिसकेको थियो ।
मैले वास्तवमै बुझेँ, तपाईं कहाँबाट आउनुभएको हो । तपाईंसँग संघर्ष गर्ने सम्पूर्ण अधिकार छ, संकटको अनुभूत गर्ने अधिकार छ । र, यो भयभीत दुनियाँको स्वस्थ पाटो पनि हो ।
यद्यपि, म यो तपाईंहरुमाथि नै छोड्दै छु ।

(एन्ड्रिव बेर्डले २०१५ मा आफ्नो बाबुको मृत्युपछि लेखेको लेख)अमेरिकाबाट सञ्चालित लोकप्रिय प्रश्नउत्तर वेभसाइट क्योराडटकममा प्रकाशित प्यालेटिभ केयरमा कार्यरत बेर्डको अनुभुति लेखमा थुप्रै सिनियर कार्डियोलोलिस्टहरुले हृदयाघातका कारण हुने मृत्यु कस्तो हुन्छ भन्ने बयानसहित उत्तर पठाएका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुरोगको उपचार विदेशमा भन्दा कैयौँ गुना कम खर्चमा नेपालमै उपलब्ध छ

नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?
नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मुटुको समस्या पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग लाग्ने गरेको हो । नेपालमा गरिएको विभिन्न अनुसन्धानबाट पनि यो तथ्य पुष्टि भएको छ । मुटुरोगीको संख्या जिल्ला विशेषमा फरक छन् ।

विदेशमा मुटुरोगको अवस्था कस्तो छ ?
संसारभरि वार्षिक २ करोड मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । विकासोन्मुख देशका ३० प्रतिशत मानिस मुटुरोगका कारण मर्ने गरेका छन् । संसारमा रोगका कारण हुने कुल मृत्युमध्ये मुटुरोगका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ भने दोस्रोमा क्यान्सर पर्छ ।

मुटुरोग कुन उमेर समूहका मानिसमा बढी लाग्ने गर्छ ?
करिब १ प्रतिशत मानिसमा जन्मजात नै मुटुरोग लाग्ने गर्छ । वयष्कहरूमा हुने मुटुरोगको भने विभिन्न भागमा विभाजन रहेको पाइन्छ । अहिलेको अवस्थामा मुटुरोगमा पनि बाथज्वरो पहिलो समस्याका रूपमा देखापरेको छ । दोस्रो समस्याका रूपमा जन्मजात देखापर्ने मुटुरोग छ । तेस्रो, क्रोनरी हार्ट डिजिज, जसमा मुटुको नली बन्द हुने र पछि गएर मुटुको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ । त्यसबाहेक पनि अन्य मुटुरोगहरूमा मुटुको मांसपेशीको रोग, उच्च रक्तचापलगायत मुटुका रोगहरू छन् । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप मुटुको रोग नभए पनि यसलाई क्यार्डियोभास्कुलर डिजिज नै भनिने भएकाले यसलाई मुटुरोग नै मान्ने गरिएको छ । रक्तनलीको भित्री भागमा एकप्रकारको बोसो जम्मा भएपछि रक्तनली साँगुरो हुन्छ, जसका कारण मानिसमा रक्तचाप बढ्ने समस्या देखापर्ने गर्छ । उच्च रक्तचापले मुटु तथा रक्तनली दुवैमा प्रभाव पार्ने भएकाले नै यसलाई कार्डियोभास्कुलर डिजिज भनिएको हो ।

नेपालमा कति मुटुरोगीको शल्यक्रिया गर्नुपर्ने हुन्छ ?
करिब १० प्रतिशत मुटुरोगीमध्ये रक्तचापका बिरामीलाई सामान्य रूपमा औषधिको प्रयोग गर्दा रोग निको हुन सक्छ । सामान्यखालका मुटुरोग पनि औषधिको सेवनपश्चात् नै निको हुने गर्छन् । जन्मजात मुटुरोग लागेका मध्ये करिब ९५ प्रतिशत रोगीको अप्रेसन नै गर्नुपर्ने हुन्छ । वयष्कहरूमा भने यकिन तथ्यांक उपलब्ध छैन ।

३५ वर्षभन्दा बढी उमेरका महिलाले बच्चा जन्माएमा पनि त्यस्ता आमाबाट जन्मिएका बच्चामा कतिपय अवस्थामा मुटुरोग लाग्ने गरेको छ । गर्भावस्थामा धूमपान, मद्यपान तथा सुर्तीजन्यपदार्थको सेवन गरेमा पनि मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन् ।

बच्चा जन्मँदै मुटुरोग के कारणले लाग्छ ?
यदि अघिल्लो पुस्तामा कसैलाई मुटुरोग लागेको छ भने पछिल्ला सन्ततीमा समेत (वंशानुगत कारणले) मुटुरोग लाग्ने गर्छ । यदि गर्भवती अवस्थामा पोषणयुक्त खानाको अभाव भएका पनि मुटुरोग लाग्ने गर्छ । कतिपय मुटुरोग रगतमा अक्सिजनको मात्रामा कमी भएका पनि लाग्ने गर्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाले बच्चा जन्माएमा पनि त्यस्ता आमाबाट जन्मिएका बच्चामा कतिपय अवस्थामा मुटुरोग लाग्ने गरेको छ । गर्भावस्थामा धूमपान, मद्यपान तथा सुर्तीजन्यपदार्थको सेवन गरेमा पनि मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन् । गर्भावस्थामा आमाले कडाखालका रोग लागेर विभिन्न प्रकारका औषधिको प्रयोग गरेमा पनि बच्चामा जन्मजात मुटुरोग लाग्ने गर्छ ।

मानिसको जीवनशैलीका कारण मुटुरोग लाग्ने सम्भावना कति हुन्छ ?
जीवनशैलीका कारण लाग्ने मुटुरोगमा उच्च रक्तचाप एक हो । बढी मात्रामा चिल्लो तथा बोसो भएको खानेकुरा खानाले उच्च रक्तचाप हुने गर्छ । बढी मात्रामा कार्बाेहाइड्रेटयुक्त खानेकुराहरू खानाले पनि मुटुरोगको जोखिम बढ्ने गरेको पाइन्छ । यदि मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा पनि मुटुरोग लाग्ने गर्छ । उच्च रक्तचाप तथा मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा मुटुरोगको जोखिम बढ्छ । शारीरिक व्यायामको कमी, धूमपान, मद्यपानलगायत कारण पनि मुटुरोग लाग्ने गर्छ । बढी तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने सम्भावना बढ्छ ।

पछिल्लो समय मुटुरोग बढ्नुका कारणहरू के–के होलान् ?
पछिल्लो १० वर्षमा मुटुरोगीको संख्या दोब्बर नै भएको छ । सहरी क्षेत्रका मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण वर्तमान समयमा ग्रामीणभन्दा सहरी क्षेत्रमा मुटुरोगीको संख्या बढी देखिएको छ । कतिपयमा जन्मजात नै मुटुरोग हुने भएकाले पनि पछिल्लो समय मुटुरोगीको संख्या बढेको हो । हाम्रो अस्पतालमा भने दैनिक रूपमा ओपिडीमा २ सयको संख्यामा मुटुरोगी उपचारका लागि आउने गरेका छन् भने वार्षिक रूपमा यो अस्पतालले करिब ७ सय मुटुरोगीको शल्यक्रिया गर्ने गरेको छ । हाम्रोमा दैनिक शल्यक्रिया हुँदैन । एक दिन ओपिडी जाँच हुन्छ भने एक दिन शल्यक्रिया हुन्छ ।

नेपालमा कस्ता प्रकृतिका मुटुरोगी बढी भेटिने गरेका छन् र तिनको उपचारको अवस्था कस्तो छ ?
नेपालमा कुल जनसंख्याको करिब १० देखि १५ प्रतिशत मुटुरोगी छन् । तीमध्ये सबैभन्दा बढी बाथ ज्वरोका कारण हुने मुटुरोगका बिरामी छन् । त्यसपछि जन्मजात मुटुरोगीको संख्या दोस्रो स्थानमा छ । हृदयाघात गराउने मुटुरोगीको संख्या तेस्रो स्थानमा छ भने मांसपेशीसम्बन्धी मुटुरोगी पनि नेपालमा उल्लेख्य छन् । विश्वमा जेजस्ता मुटुरोग पहिचान भएका छन्, ती सबै नेपालमा पनि देखापरेका छन् । सम्पूर्ण मुटुरोगको उपचार काठमाडौंमा मात्रै उपलब्ध हुने गरेको वर्तमान अवस्थामा ती सुविधाहरू उपत्यकाबाहिर पनि पु¥याउनु आवश्यक छ । काठमाडौंबाहेक धरानमा पनि मुटुरोगको उपचार भने हुने गरेको छ ।
मुटुको सबैभन्दा बढी शल्यक्रिया गंगालाल अस्पतालमा हुने गरेको छ । त्यसपछि शल्यक्रिया गर्नेमा हाम्रो संस्था दोस्रोमा पर्छ । हरेक प्रदेशमा एक मुटुरोग उपचार केन्द्र खोल्नु आवश्यक देखिन्छ । नेपालमा सबैखालका मुटुरोगको उपचार उपलब्ध छ ।

मुटुरोगमा नेपालका अस्पतालले प्रदान गर्ने उपचार सेवा कत्तिको गुणस्तरीय पाउनुहुन्छ ?
नेपालका अस्पतालहरूले मुटुरोगमा प्रदान गर्ने सुविधा निकै नै गुणस्तरीय छ । यहाँ मुटुरोगसम्बन्धी सम्पूर्ण उपचार उपलब्ध छन् । विदेश गएर प्रशस्त पैसा खर्चिएमा मात्रै उपचारमा गुणस्तरीयता पाइन्छ भन्ने सोचाइ एकदमै गलत हो । नेपालमै हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौँ । विदेशमा २०–२५ हजार डलर पर्ने सेवा नेपालमा ४–५ हजार डलरमै पाउन सकिन्छ । त्यसबाहेक मुटुको प्वाल टाल्ने प्रविधि, मुटुको भल्ब फेर्ने प्रविधि पनि नेपालमा विदेशमा जस्तै गुणस्तरीय छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै