विशेषज्ञको सुझाब : हरेक जन्मदिन मिर्गौला परीक्षण गरेर मनाऔँ

रोग सानो होस् वा ठूलो, अधिकांशमा लाग्नेबित्तिकै शरीरमा रोगका प्रभाव र प्रस्ट चिनिने लक्षणसमेत देखापर्न थाल्छन् । रोगको सुरुवातमा देखिने प्रभाव र लक्षणका कारण समयमै उपचारमा जाँदा बिरामी निको हुने तथा पूर्वअवस्थामै फर्काउन सकिने हुन्छ । तर, मिर्गौलारोगमा त्यस्तो हुँदैन । मिर्गौलारोगमा रोगले धेरै असर पुर्याइसकेपछि मात्र लक्षण देखिन सुरु हुन्छ । मिर्गौलाले झन्डै ६० प्रतिशतभन्दा बढी काम गर्न छाडेपछि मात्र त्यसका लक्षण बिरामीले थाहा पाउने गरेको चिकित्सकहरू बताउँछन् ।

बिरामीले नियमित स्वास्थ्यपरीक्षण गराउँदा मात्र मिर्गौलामा रोग सुरु भएको थाहा हुने हुन्छ । तसर्थ, प्रायः रोगले नच्यापी स्वास्थ्यपरीक्षण नगराउने प्रचलन स्थापित भएको नेपाली समाजमा मिर्गौलामा ६०-७० प्रतिशत क्षति पुगिसकेर लक्षण देखिन थालेपछि मात्र चेकजाँचका अस्पताल पुग्ने गरिएका कारण मिर्गौलारोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । नियमित स्वास्थ्यपरीक्षण, आहार–विहारको सन्तुलनलगायतमा जनसाधारणलाई सचेत गराई मिर्गौला स्वस्थ राख्न सघाउ पुर्याउने उद्देश्यले नै प्रतिवर्ष १४ मार्चमा विश्व मिर्गौला दिवस मनाइँदै आएको छ । यसै अवसरमा बिहीबार काठमाडौं मेडिकल कलेजका मिर्गाैला विशेषज्ञ डा. अनिल पोखरेल नेपालको १० प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मिर्गौलासम्बन्धी रोग हुन सक्ने अनुमान रहेको बताउँछन् । मिर्गौलारोगीमध्ये १० प्रतिशतको अवस्था जटिल हुने गरेको उनको भनाइ छ । ‘अधिकांश व्यक्ति ६०–७० प्रतिशत मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन्,’ डा. पोखरलेले भने, ‘त्यसपछि पुनः सामान्य अवस्थामा मिर्गौलालाई फर्काउन सम्भव हुँदैन ।’

‘प्रारम्भिक चरणमा बिरामीले थाहा पाउँदैनन्, चिकित्सकले समेत पिसाब, रगत जाँच नगरी मिर्गौलारोग ठम्याउन सक्दैनन्,’ डा. पोखरेलले भने, ‘सुरुकै अवस्थामा मिर्गौला खराब हुन लागेको थाहा हुने हो भने त्यसलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ, त्यसैले हरेक वर्ष मिर्गौलाको परीक्षण आवश्यक छ ।’ उनी हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा शरीरको पूर्ण चेकजाँच गर्न उचित हुने सुझाब पनि दिन्छन् । ‘सामान्य परीक्षणबाट पनि मिर्गौला समस्या भए–नभएको थाहा हुन्छ,’ डा. पोखरेल भन्छन्, ‘डेढ–दुई सयको खर्चमै ९५ प्रतिशत रोग लागे वा नलागेको यकिन गर्न सकिन्छ ।’

स्वस्थ देखिने व्यक्तिमा पनि मिर्गौलासम्बन्धी समस्या हुन सक्ने डा. पोखरेल बताउँछन् । ‘बिरामीमा लक्षण देखिँदा ढिलो भइसकेको हुन्छ, रोगका कारण बिस्तारै खराब भएको मिर्गौलालाई थप खराब हुन नदिन रोक्न सकिन्छ,’ डा. पोखरेल भन्छन्, ‘तर, पहिलेकै अवस्थामा फर्काउन भने सम्भव हुँदैन ।’

यस वर्ष विश्व मिर्गौला दिवसको नारा ‘किड्नी हेल्थ फर एभ्रिवन एभ्रिहोयर’ अर्थात् ‘स्वस्थ मिर्गौला सबैका लागि, सबै ठाउँमा’ दिइएको छ । ‘प्रारम्भिक चरणमा बिरामीले थाहा पाउँदैनन्, चिकित्सकले समेत पिसाब, रगत जाँच नगरी मिर्गौलारोग ठम्याउन सक्दैनन्,’ डा. पोखरेलले भने, ‘सुरुकै अवस्थामा मिर्गौला खराब हुन लागेको थाहा हुने हो भने त्यसलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ, त्यसैले हरेक वर्ष मिर्गौलाको परीक्षण आवश्यक छ ।’ उनी हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा शरीरको पूर्ण चेकजाँच गर्न उचित हुने सुझाब पनि दिन्छन् । ‘सामान्य परीक्षणबाट पनि मिर्गौला समस्या भए–नभएको थाहा हुन्छ,’ डा. पोखरेल भन्छन्, ‘डेढ–दुई सयको खर्चमै ९५ प्रतिशत रोग लागे वा नलागेको यकिन गर्न सकिन्छ ।’

मुलुकमा करिब ३० लाख व्यक्ति मिर्गौलारोगको जोखिममा छन् । तीमध्ये ३० हजारको हाराहारीमा बिरामीको मिर्गौला नराम्ररी बिग्रने गरेको छ । बर्सेनि ३ हजार नयाँ बिरामी थपिने गरेका छन्, जो उपयुक्त डायलाइसिस वा प्रत्यारोपण सेवा पाए बाँच्छन्, अन्यथा तिनको मृत्युको विकल्प हुँदैन ।
मिर्गौला खराब हुने धेरै कारण रहेको चिकित्सक बताउँछन् । वंशानुगत, अस्वस्थकर खानपान, उच्च रक्तचाप, मधुमेह, जथाभावी औषधिको प्रयोगले मिर्गौला बिगारिरहेका हुन्छन् । ‘जथाभावी पेन किलर, एन्डिबायोटिकको सेवन गरेका व्यक्तिको मिर्गौला खराब भएको उपचारका क्रममा भेटिने गरेको छ,’ डा. पोखरेलले भने, ‘त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नुहुँदैन ।’

मिर्गौलाले काम गर्न छोड्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन् । ‘शरीर सुन्निने, वाकवाकी लाग्ने, भोक नलाग्ने, कमजोर महसुस हुने, रगतको कमी हुने, रक्तचाप अनियन्त्रित हुनेलगायत लक्षण देखिएमा मिर्गौलाले सही ढंगले काम नगरेको संकेत हुन्,’ डा. पोखरेलले भने ।

उच्च रक्तचाप, मधुमेह र अभिभावकमा मिर्गौलासम्बन्धी रोग भएका व्यक्तिमा मिर्गौलारोगको बढी जोखिम हुने डा. पोखरेल बताउँछन् । ‘जोखिममा रहेकाहरूले मिर्गौला बचाउनका लागि थप सजग हुनु आवश्यक छ,’ उनी भन्छन् । उच्च रक्तचाप र मधुमेहका रोगीले खानपानको सन्तुलनका साथै चिकित्सकीय सल्लाहबमोजिम औषधि सेवन गरेमा मिर्गौला बिग्रनबाट बचाउन सकिने उनी बताउँछन् ।

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हामीलाई चलायमान बनाइराख्न मिर्गौलाले विभिन्न काम गरिरहेको हुन्छ । मिर्गौैला सिमीका दाना आकारका हुन्छन् । मुठीजत्रो यो अंग हाम्रो करङको हाडको ठिक तल हुन्छ । मिर्गौला लाखौँ रगत सफा गर्ने एकाइ (नेफ्रोन्स)को सहयोगले बनेको हुन्छ । प्रत्येक नेफ्रोनले सानो परिणाममा रगतलाई सफा गर्छ ।

डा. पोखरेलका अनुसार मिर्गौलाले रगत शुद्ध पार्नेदेखि रक्तचाप नियन्त्रण तथा शरीरमा काम नलाग्ने पदार्थ पिसाबमार्फत बाहिर पठाउने काम गर्छ । मिर्गौलाले शरीरमा अतिरिक्त काम नलाग्ने पदार्थ र तरल पदार्थको निर्माण हुन दिँदैन । मिर्गौलाले सोडियम, पोटासियम, फोस्फेटजस्ता इलेक्टोलाइटको स्तर स्थिर राख्छ । मर्गौलाले रक्तचापलाई नियन्त्रण गर्न हर्मोन पनि उत्पादन गर्छ, रातो रक्तकोषको निर्माणका साथै हाडलाई बलियो बनाउनसमेत सघाउँछ । रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढी देखिनुले नै मिर्गौला फेल हुनुलाई दर्साउँछ ।

मिर्गौलाले काम गर्न छोड्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन् । ‘शरीर सुन्निने, वाकवाकी लाग्ने, भोक नलाग्ने, कमजोर महसुस हुने, रगतको कमी हुने, रक्तचाप अनियन्त्रित हुनेलगायत लक्षण देखिएमा मिर्गौलाले सही ढंगले काम नगरेको संकेत हुन्,’ डा. पोखरेलले भने ।

मिर्गौला खराब भएको पत्ता लागेपछि उपचार भनेको थप बिग्रन नदिनका लागि मात्रै भएको जानकारहरू बताउँछन् । रोग जटिल भएपछि डायलाइसिस र ट्रान्स्प्लान्ट नै गर्नुपर्ने हुन्छ । मिर्गौलारोगीहरूको संख्या बढेपछि नेपालगन्जका स्वास्थ्यसंस्थाहरूले काठमाडौंबाट समेत विशेषज्ञ चिकित्सक बोलाई चेकजाँच र उपचारको व्यवस्था मिलाउने गरेका छन् ।

मिर्गौला खराब भएको पत्ता लागेपछि उपचार भनेको थप बिग्रन नदिनका लागि मात्रै भएको जानकारहरू बताउँछन् । रोग जटिल भएपछि डायलाइसिस र ट्रान्स्प्लान्ट नै गर्नुपर्ने हुन्छ । मिर्गौलारोगीहरूको संख्या बढेपछि नेपालगन्जका स्वास्थ्यसंस्थाहरूले काठमाडौंबाट समेत विशेषज्ञ चिकित्सक बोलाई चेकजाँच र उपचारको व्यवस्था मिलाउने गरेका छन् ।

मिर्गाैला सुपरस्पेसलिष्ट डा. पोखरेल सचेतना फैलाउन सके मिर्गौला पूर्ण रूपमा खराब हुनबाट जोगाउन सकिने धारणा राख्छन् । ‘ढिलो गरी लक्षण देखिने मिर्गौलारोगको उपचारमा बिरामीले ठूलो रकम खर्च गुर्नका साथै धेरै औषधि सेवन गर्ने झन्झट जीवनभर भोग्नुपर्ने हुन सक्छ,’ डा. पोखरेल भन्छन् । मिर्गौला मात्र नभएर अन्य जटिल स्वास्थ्य समस्याको समयमै पहिचान गर्न कम्तीमा वर्षमा एकपटक स्वास्थ्यपरीक्षण गर्न उनको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

३ लाख नेपालीको मिर्गौला फेल, ३० लाखमा समस्या, बर्सेनि ३ हजार थपिँदै

विश्व स्वास्थ्य संगठनले १० मार्चलाई विश्व मिर्गौला दिवसका रूपमा मनाउने घोषणा गरेसँगै प्रत्येक वर्ष आजकै तिथिमा विश्व मिर्गौला दिवस मनाइँदै आएको छ । यस वर्षका लागि मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौला, जहाँ गए पनि मिर्गौला’ तय गरिएको छ । बिहीबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मिर्गौला दिवस मनाइँदै छ । नेपालमा मिर्गौलाबारेको न्यून चेतना तथा आर्थिक विपन्नताका कारणले मिर्गौलारोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ ।

३ लाख नेपालीको मिर्गौला फेल, करिब ३० लाखमा समस्या
केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात् झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

प्रतिवर्ष ३ हजार नयाँ बिरामी थपिँदै
नेपालमा प्रत्येक वर्ष मिर्गौलारोगको उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांकले पुष्टि गरेका छन् । यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्र हो । कतिपय बिरामी स्वास्थ्योपचारमा पहुँच अभाव र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य छन् ।

मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधिखर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

विश्वमा १५ लाख, नेपालमा साढे ४ हजार डायलाइसिसमा, न्यून प्रत्यारोपण
विश्वभर १५ लाख मानिस डायलाइसिसमा छन् । तर, तीमध्ये प्रत्यारोपण भने ज्यादै कम बिरामीले मात्र गरेको पाइएको छ । नेपालमा पछिल्लो तथ्यांकअनुसार ४ हजार ५ सयको हाराहरीमा मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालमा मात्र नभएर विश्वमै प्रत्यारोपणको संख्या न्यून छ ।

नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधिखर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

डायलाइसिस र प्रत्यारोपण निःशुल्क, तर प्रत्यारोपणपछि नियमित खानुपर्ने औषधि महँगो
मिर्गौला फेल भएपछि उपचारको दुईवटा मात्र विकल्प रहन्छन्– डायलाइसिस र प्रत्यारोपण । नेपाल सरकारले पछिल्लो समय यी दुवै सेवा निःशुल्क गरेको छ ।
नेपालमा मिर्गौला प्रत्यारोपणका लागि नातेदारले निःशुल्क मिर्गौला दान गर्दा सामान्यताया ५ लाख रूपैयाँसम्म खर्च हुन्छ, जुन नेपाल सरकारले नै बेहोर्ने गरेको छ । प्रत्यारोपणका लागि मिर्गौलादाता बिरामीको नजिकको नातेदार नै हुनुपर्ने कानुनी प्रावधान छ । यस प्रावधानका कारण पनि प्रत्यारोपण सहज हुन सकिरहेको छैन । तसर्थ, साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलाइसिसमा बिरामीको चाप बढ्दै गएको छ ।

प्रत्यारोपणपछि बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ, जुन सामान्य नेपालीको पहुँचमा छैन । यही समस्याका कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलाइसिसबाटै जीवन लम्ब्याइरहने अवस्था आएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । सरकारले प्रत्यारोपणपछि मासिक करिब १० हजारका दरले अवश्यक पर्ने औषधिसमेत निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सुरुमा ज्येष्ठ नागरिकका लागि मात्र निःशुल्क मिर्गौला उपचारको सुविधा दिँदै आएकोमा सरकारले अहिले विपन्न नागरिकका लागि समेत सेवा निःशुल्क दिइरहेको छ ।

डा. काफ्ले मिर्गौला जोगाउने अभियानमा छन् । राज्यले बर्सेनि अर्बौं रूपैयाँ मिर्गौलारोगीका लागि खर्च गर्दै आएकोमा अब त्यसको करिब १० प्रतिशत मिर्गौला जोगाउनमा खर्च गर्नुपर्ने उनको भनाइ छ । यसका लागि देशका प्रत्येक गाउँ, टोल र घर–घरमा मिर्गौलासम्बन्धी चेतना पुर्याउनुपर्ने उनको तर्क छ । ‘हजार जनाको मात्र मिर्गौला जोगाउन सकियो भने पनि अर्बौं रूपैयाँ जोगाउन सकिन्छ,’ डा. काफ्ले भन्छन्, ‘त्यसैले मानिसले समय–समयमा स्वास्थ्यजाँच गराउनु आवश्यक छ ।’ लक्षण देखापर्न थालिसकेपछि मिर्गौलाको उपचार गर्न कठिन हुने उनी बताउँछन् ।

नेपालमा सरकारीस्तरमा वीर, त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रले निःशुल्क मिर्गौला प्रत्यारोपण गराइरहेका छन् । प्रत्यारोपणले गति लिए पनि आवश्यकताअनुरूप तीव्रता लिन नसकेको डा. काफ्लेको ठम्याइ छ । प्रत्यारोपणपछि खानुपर्ने औषधि किन्ने क्षमता नहुनेले प्रत्यारोपण गर्नुको कुनै अर्थ नहुने भएकाले यसलाई गति दिन सरकारले उपचारपछिको औषधिसमेत निःशुल्क गर्नुपर्ने उनको तर्क छ । यसका साथै चेतनाविस्तार गरी अंगदानको डोनरकार्ड सिस्टमलाई बढावा दिँदै मस्तिष्कमृत्यु भएका बिरामीको अंगदान गराउनुपर्ने उनको भनाइ छ ।

विश्वमा धेरै अगाडिदेखि सुरु भएपनि नेपालमा सन् २००८ देखि  त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । एक दशकअघि त्रिवि अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा हाल सरकारी र निजी गरी आधा दर्जन अस्पतालमा विस्तार भएको छ । हालसम्म जम्मा ७ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् भने ६ वटाले सेवा दिइरहेका छन् ।

११ वर्षको अवधिमा करिब १३ सय प्रत्यारोपण
विश्वमा धेरै अगाडिदेखि सुरु भएपनि नेपालमा सन् २००८ देखि  त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । एक दशकअघि त्रिवि अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा हाल सरकारी र निजी गरी आधा दर्जन अस्पतालमा विस्तार भएको छ । हालसम्म जम्मा ७ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् भने ६ वटाले सेवा दिइरहेका छन् । सेवा सञ्चालनको ११ वर्षको अवधिमा करिब १ हजार ३ सयको हाराहरीमा प्रत्यारोपण गरिएको अस्पतालहरूको तथ्यांकले देखाएका छन् ।

मिर्गौलामा खराबी आउन नदिनु नै उत्तम उपाय 
डा. काफ्लेका अनुसार मिर्गौलारोगबाट बच्ने पहिलो उपाय भनेको यसबारे चेतना विस्तार गरी मिर्गौलामा खराबी हुन नदिनु नै प्रथम उपाय हो । यसका लागि स्वस्थ व्यवहारका अतिरिक्त वर्षको एकपटक अनिवार्य मिर्गौलाको अवस्थाबारे स्वास्थ्यजाँच गर्नुपर्ने उनी बताउँछन् । नियमित रूपमा पिसाबमा एल्बुमिन, प्रोटिन गएको छ कि छैन तथा सिमोकियाटिक लेबल जाँच गराएर मिर्गौलालाई बिग्रनबाट जोगाउन सकिने उनी बताउँछन् ।

विलासीपूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीका कारण मोटोपनसँगै मिर्गौलामा समस्या बढ्दै जाने भएकाले सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने डा. काफ्ले बताउँछन् । बिहान वा बेलुका दैनिक कम्तीमा ३० देखि ४५ मिनेट हिँडडुल गर्न डा. काफ्लेको सुझाब छ । यसका साथै, मिर्गौला स्वस्थ राख्न दैनिक २ लिटर पानी पिउने, व्यायामलाई दैनिकीको अभिन्न पाटो बनाउने, अस्वस्थकर खानेकुरा नखाने, चुरोट, सुर्ती तथा मासु धेरै नखानेजस्ता कुरामा सावधानी अपनाउन उनी सुझाउँछन् । त्यसैगरी, प्रेसर, डाइबिटिज सधैँ सन्तुलनमा राख्न डा. काफ्लेको सुझाब छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने पेन किलरको तथा कडाखालाका एन्टिबायोटिक सकेसम्म घटाउनुपर्ने उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौला बेच्नेको कि मिर्गौला जोगाउनेको देश भनेर चिनिने ?

आमनागरिकलाई मिर्गौला महत्वपूर्ण अंग हो भन्नेसमेत थाहा छैन । कान, आँखा, हात–खुट्टा नभए पनि मानिस बाँचिरहेको हुन्छ, तर मिर्गौला नभए बाँच्न सक्दैन । मिर्गौला फेल हुन लाग्दा देखिने सामान्य लक्षणहरू, जस्तै, पिसाब पोल्ने, इन्फेक्सन बढ्ने, पत्थर बढ्नेजस्ता कुराहरू थाहा पाएपछि मानिस अस्पताल आउने गर्छन् । तर, मिर्गौला क्रमशः बिग्रिँदै जाने एउटा क्रम हुन्छ । उहाहरणका लागि उच्च रक्तचाप, मधुमेध, पेनकिलरको प्रयोगलगायतले क्रमशः मिर्गौला बिग्रिरहेको हुन्छ, जुन मानिसलाई थाहा हुँदैन । यसैले अन्तिम अवस्थामा मानिसहरू अस्पताल आउने गर्छन् ।

जनमानसमा मिर्गौला महत्वपूर्ण अंग हो, थोरै सावधानी अपनाएर मिर्गौला बचाउन सकिन्छ भन्ने ज्ञानको अभाव छ । पर्याप्त पानी पिएर, व्यायाम गरेर, अस्वस्थ खानेकुरा नखाएर, घेरै चुरोट खैनी तथा मासु नखाएर केही सावधानी अपनाउने हो भने मिर्गौलाई बचाउन सकिन्छ । यदि परिवारको अन्य सदस्यमा मिर्गौलाको खराबी छ भने आफूले पनि अस्पताल पुगेर मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ । विशेषगरी ३० वर्ष भन्दा बढी उमेरका व्यक्तिले मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ ।

सबै मानिसको मिर्गौला स्वस्थ रहेको हुँदैन, । केही व्यक्तिको मिर्गौलामा खराबी रहेको हुन्छ । त्यस्ता व्यक्तिलाई सहायता गर्नुपर्छ । जो व्यक्ति निरोगी छन्, उनीहरूले ५ सय रूपैयाँ दान गरेमा अर्को कुनै व्यक्तिले पुनर्जन्म पाउँछ । त्यसका लागि हामीले मिर्गौला बचाउ अभियान भनेर नाफारहित संस्था खोलेका छौँ । यो संस्थाले मिर्गौलाबारे जनचेतना जगाउने, मिर्गौला महत्वपूर्ण अंग हो, कसरी जोगाउने भनेर देशका प्रत्येक घर–घरमा गएर चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ ।

हाम्रो देश मिर्गौला बेच्ने देशका रूपमा विश्वमा चिनिएको छ । १० वर्षअघिको कुरा गर्ने हो भने देशमा अधिकांश मानिस गरिब थिए । उपचार खर्च गर्न वा परिवार चलाउन अन्य केही उपाय नभएपछि एउटा मिर्गौला बेच्ने चलन धेरै थियो । त्यसवेला आफ्नो परिवारका सदस्यलाई मिर्गौलामा खराबी भयो भने प्रत्यारोपण तथा डायलाइसिस गरेर बचाउँछु भन्ने कुनै उपाय थिएन, न त नेपालमा उपचार नै सम्भव थियो । तर, आज नेपालमा सरकारले डायलाइसिस निःशुल्क गरेको छ भने प्रत्यारोपण सेवासमेत उपलब्ध गराएको छ ।

आफ्नो मिर्गौला, आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस् । यदि आज कसैलाई बेच्नुभयो भने भोलि तपाईंका श्रीमान्–श्रीमती वा बच्चाका लागि मिर्गौला कसले दिन्छ ? उनीहरू मृत्युको मुखमा पुगेको टुलुटुलु हेरर बस्नुपर्छ । त्यसैले, आफ्नो मिर्गौला आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस्, अर्थात् बेचबिखन नगर्नुहोस् भन्ने चेतना सबै मानिसमा पुर्याउनु आवश्यक छ ।

आफ्नो मिर्गौला, आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस् । यदि आज कसैलाई बेच्नुभयो भने भोलि तपाईंका श्रीमान्–श्रीमती वा बच्चाका लागि मिर्गौला कसले दिन्छ ? उनीहरू मृत्युको मुखमा पुगेको टुलुटुलु हेरर बस्नुपर्छ । त्यसैले, आफ्नो मिर्गौला आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस्, अर्थात् बेचबिखन नगर्नुहोस् भन्ने चेतना सबै मानिसमा पुर्याउनु आवश्यक छ ।

अचानक कुनै मानिसको दुर्घटना भयो, उपचारका लागि अस्पताल पुर्याइयो । चिकित्सकले उसको मस्तिष्कमुत्यु भएको पुष्टि गरे । तर, बाहिरबाट बिरामीलाई हेर्दा मुटु चलेको छ, प्रेसर सन्तुलनमा छ, मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । मस्तिष्कमुत्यु भएर मुटु रोकिएर मर्ने पिरियड ३ दिनसम्म हन्छ । यो अवधिभित्र मस्तिष्कमुत्यु भएको व्यक्तिको मुत्यु निश्चित हुन्छ । त्यस्तो अवस्थाको व्यक्तिको अंग झिकेर अरु व्यक्तिलाई दिने हो भने उसले पुनर्जीवन पाउँछ । मस्तिष्कमृत्यु भएको एक व्यक्तिले आफू संसार छोड्दै गर्दा ८ जनालाई जीवनदान दिएर जान सक्छ । तर, यसरी जीवनदान दिन सक्छ भनेर पढेर, बुझेर मात्र हुँदैन, व्यवहारमा पनि ल्याउनुपर्छ । उदाहरणका लागि कुनै व्यक्ति सडक दुर्घटनामा पर्यो र उसलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा उसको मस्तिष्कमुत्यु भएको पुष्टि भयो । यस्तो दुःखद घडीमा मिर्गौला तथा अन्य अंग दान गर्ने सोच आफन्तको दिमागमा आउँदैन । यदि चिकित्सकले उक्त बिरामीको डोनरकार्ड भेटेको खण्डमा, अर्थात् केही कारणवश मस्तिष्कमुत्यु भएको खण्डमा मेरा अंगहरूको दान गरे हुन्छ भनी मस्तिष्कमृत्यु हुने व्यक्तिले पहिले नै आफ्ना अंग दान गरेको प्रमाण भेटिएको अवस्था छ भने उसको परिवारलाई तपाईंको बिरामी मर्ने नै भयो भनेर अंगदान गराउन सक्ने अवस्थामा रहन्छ । तर, डोनरकार्ड छैन भने अंगदान गराउन सक्ने अवस्था हुँदैन ।

आज हामीले ज्ञानको बिउ रोप्यौँ भने, मस्तिष्कमुत्यु भएको एक व्यक्तिले ८ जनालाई बचाउन सक्छ । नेपालको अहिलेको अवस्थामा मुटु, फोक्सोको प्रत्यारोपण गर्न नसकिएला । तर, मिर्गौला र कलेजो त फेर्न सक्ने अवस्था छ नि ! त्यो फेर्न सक्ने स्थितिमा हामीले प्रत्येक व्यक्तिलाई बुझाएर निश्चित मृत्युको अवस्थामा पुगेमा डोनरकार्डको माध्यमबाट अंगदान गराउने हो भने मिर्गौला नपाएर मुत्यु हुनुपर्ने अवस्था आउँदैन ।

नेपालमा मिर्गौलारोग बढ्दो अवस्थामा छ । मिर्गौलारोगीको संख्या बढ्नुका दुई कारण छन् । पहिलो त बिग्रिँदो जीवनशैलीका कारण मिर्गौला बिग्रिनेक्रम बढेको छ भने अर्को स्वास्थ्यसेवामा पहुँज बढेका कारण पहिलेको तुलनामा मिर्गौलारोगी बढी सार्वजनिक हुँदै छन् ।

नेपालमा मिर्गौलारोग बढ्दो अवस्थामा छ । मिर्गौलारोगीको संख्या बढ्नुका दुई कारण छन् । पहिलो त बिग्रिँदो जीवनशैलीका कारण मिर्गौला बिग्रिनेक्रम बढेको छ भने अर्को स्वास्थ्यसेवामा पहुँज बढेका कारण पहिलेको तुलनामा मिर्गौलारोगी बढी सार्वजनिक हुँदै छन् । प्रेसर, डाइबिटिजका बिरामी बढ्दै गएका कारण पनि मिर्गौलारोग बढ्दै छ । त्यसैगरी, स्वास्थ्यमा प्रतिकूल असर गर्ने पेन किलरको प्रयोग तथा कडाखालाका एन्टिबायोटिकको प्रयोगले पनि मिर्गौला फेल हुँदै गएको पाइएको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने सम्रगमा रोग बढ्दो अवस्थामा पाइएको छ । तर, पछिल्लो समय मिर्गौलारोगीले केही सुविधा भने पाएका छन् ।

सरकारले सुरुमा ५० हजारमा डायलाइसिससेवा दिने गरेकोमा अहिले हप्तामा दुईपटक लगातार निःशुल्क सुविधा दिँदै आएको छ । त्यसैगरी प्रत्यारोपण गर्दा निःशुल्क गर्ने प्रावधान ल्याएको छ । यसले राजधानी तथा ठूला सहरमा मिर्गौलारोगीले सेवा पाएका छन् । दुर्गममा बस्ने मानिसको वरपर वा नजिकमा अस्पताल छैनन्, जसले गर्दा अधिकांश मानिसले केन्द्रमा आएर उपचार गराउनुपर्ने अवस्था छ । सरकारले सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ । तर, सुविधा दिन्छु भनेर दिने स्थिति छैन । विशेषज्ञको कमीले गर्दा पनि सेवाग्राहीले सेवा नपाएको अवस्था छ ।

डायलाइसिसमा भएको भिड हटाउन दुईवटा तरिका अपनाउन सकिन्छ, जनचेतना जगाएर । विश्व मिर्गौला दिवसले दिने सन्देश नै यही हो । विश्व मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौैला, जहाँ गए पनि मिर्गौला’ रहेको छ । तर, हाम्रो देशका लागि भने मिर्गौलाबारे चेतना रहेको छ ।

३० वर्षभन्दा बढी उमेर भएका, मधुमेह भएका, बढी तौल भएका, परिवारमा कुनै सदस्यमा मिर्गौलाको समस्या भएका व्यक्ति बढी संवेदनशील हुनुपर्छ । अर्कोतर्फ डायलाइसिसमा बसेका व्यक्तिलाई डायलाइसिस संख्या बढाउँदै लैजाने कि, प्रत्यारोपण गर्नेतर्फ लाने भन्ने चुनौती छ । नेपालको सन्दर्भमा अहिले बिरामीका नातेदारले प्रत्यारोपणका लागि मिर्गौला दिए भने राम्रो हुन्छ ।

मिर्गौलारोग जसलाई पनि लाग्न सक्छ । रोग लागिसकेपछि मात्रै अस्पताल जाने चलन छ । मानिसहरू ८०–९० प्रतिशत मिर्गौला खराब नहुँदासम्म अस्पताल आउने गरेका छैनन् । त्यसवेलामा डायलइसिस र प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । सुरुवातको समयमा अस्पताल आइपुगे सबै रोगलाई निमूल गर्न सकिन्छ । तर, समय घर्किएपछि केही गर्न सकिँदैनन् ।

३० वर्षभन्दा बढी उमेर भएका, मधुमेह भएका, बढी तौल भएका, परिवारमा कुनै सदस्यमा मिर्गौलाको समस्या भएका व्यक्ति बढी संवेदनशील हुनुपर्छ । अर्कोतर्फ डायलाइसिसमा बसेका व्यक्तिलाई डायलाइसिस संख्या बढाउँदै लैजाने कि, प्रत्यारोपण गर्नेतर्फ लाने भन्ने चुनौती छ । नेपालको सन्दर्भमा अहिले बिरामीका नातेदारले प्रत्यारोपणका लागि मिर्गौला दिए भने राम्रो हुन्छ । सरकारी अस्पतालमा प्रत्यारोपण निःशुल्क रूपमा गर्न सकिन्छ । तर, प्रत्यारोपणपछि कुनै व्यक्तिले महिनामा १० हजारको औषधि किन्न सक्दैन भने प्रत्यारोपण नगर्नु नै राम्रो हुन्छ । यसका लागि अन्य रोगको औषधि सरकारले दिन सक्छ भने प्रत्यारोपणपछि खाने औषधि पनि व्यवस्था गर्नु जरुरी छ । यसले धेरै व्यक्तिलाई प्रत्यारोपणतर्फ आकर्षित गर्छ ।

सरकारले अर्बौं रुपैयाँ प्रत्यारोपण र डायलाइसिसमा खर्च गरेको छ । कमसेकम त्यसको १० प्रतिशत मिर्गौलाका लागि खर्च गरौँ । यसबाट सातै प्रदेशका हरेक जिल्लामा, गाउँ–गाउँमा मिर्गौला बचाउने उपायबारे चेतना पुर्याउन सकियो भने ‘मिर्गौला बेच्ने देश’का रूपमा बनेको छविलाई ‘मिर्गौला जोगाउने देश’का रूपमा परिणत गर्न सकिन्छ, स्वस्थ नेपाल, स्वस्थ नेपालीको परिकल्पना गर्न सकिन्छ ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यसरी बिग्रन्छ ‘मास्टर कन्ट्रोल’ अंग मिर्गौला

मिर्गौला हाम्रो शरीर चलाउने महत्वपूर्ण अंग हो । दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, यी ५ अंगलाई शरीरका प्रमुख अंगका रूपमा लिने गरेको पाइन्छ । यीमध्ये कुनै पनि एउटा रहेन, चलेन वा काम गरेन भने हाम्रो शरीरले काम गर्दैन । यी सबैलाई सही तरिकाले चल्ने वातावरण बनाउने काम मिर्गौलाले गर्छ । मिर्गौला मानव शरीरका अनेक उतार–चढावसित जुध्नका लागि तयार बनाउने महत्वपूर्ण अंग हो ।
किन चाहिन्छ मिर्गौला तन्द्रुस्त जीवको उत्पत्ति समुद्रबाट भएको थियो । समुद्रमा भएको जीवलाई मिर्गौलाको काम थिएन । सामुद्रिक जीवको काम भनेको नुन–पानी लियो, त्यही पानीलाई फिल्टर गर्यो फाल्यो, त्यहीँ आएको न्युट्रिसनहरू, खाद्य पदार्थलाई चुस्यो । जब जमिनमा प्राणीको उदय हुन थाल्यो, त्यो समयमा शरीरमा मिर्गौला नभइनहुने भयो ।

जमिनमा खाना कतिवेला पाइने, के खान पाइने भन्ने टुंगो छैन । अन्न पाइने हो कि साग पाइने हो, भात पाइने हो कि मासु, काँचो पाइने हो कि पाकेको, पानी कतिखेर पाइने हो, मरुभूमिमा बस्नुपर्ने हो कि खोलाको किनारामा, सफा खानुपर्ने हो कि फोहर थाहा छैन । यी सबै स्थितिमा अब यी बाँकी ४ अंगहरू चल्ने बनाउने कामचाहिँ मिर्गौैलाले गर्छ । अहिलेसम्म हामीलाई मिर्गौलाको काम शरीरका दूषित तथा विकारयुक्त उत्पादनलाई फ्याल्ने भनेर बुझाइएको छ, जुन एकदमै गलत हो । मिर्गौलाले किन दूषित पदार्थ फाल्नुपरेको हो भने दूषित पदार्थ हामीले खाइरहेका छौँ, लिइरहेका छौँ ।

हाम्रो शरीरमा मेटाबोलिज्मबाट केही चिजहरू उत्पादन भएका छन्, यो शरीरमा जम्मा भइराख्यो भने हानि गर्छ । ती चिजहरूलाई सफा गरेर शरीरलाई चल्ने बनाउने काम मिर्गौलाको हो ।
अर्थात् शरीरलाई चलाउन चाहिने जुन आन्तरिक वातावरण छ, त्यो सबै चिज मिलाउने काम मिर्गौलाको हो । दिनमा आधा लिटर पानी पियो भने त्यो दिन पिसाब नै बन्दैन । हामीले न्यूनतम १० लिटर पानी खायौँ भने साढे ९ लिटर पिसाब बन्नुपर्यो । एकदिनमा ५ सय ग्राम वा १ ग्राम मात्र नुन खाएको खण्डमा पनि सबै नुनलाई छानेर चाहिएका वेला खिचेर लिने र नचाहिएका वेला फाल्न सक्ने काम मिर्गौलाले गर्छ । शरीरलाई नियन्त्रण गर्ने वा आवश्यकताअनुसार चलाउन दिने एउटा ‘मास्टर कन्ट्रोल’ अंग हो मिर्गौला, यो भनेको धेरै नयाँ अवधारणा हो ।

मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् ।

मिगौलामा समस्या
मिर्गौलामा समस्या धेरै कारणले हुन्छन् । मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् । यिनै भित्री भागहरूबाट समस्याहरू आउँछन् । फेरि सँगसँगै महत्वपूर्ण पाटो के छ भने शरीरका अरू भागमा देखापर्ने अन्य रोगहरूले पनि मिर्गौलामा असर पर्छ ।

मिर्गौैलाका प्राइमरी र सेकेन्डरी समस्या हुन्छन् । प्राइमरी भनेको मिर्गौलाभित्रैबाट उब्जने रोगहरू जस्तै : रगत फिल्टर गर्ने जाली, रगतका नसाहरूको ग्लोमोरोनेफ्राइटिस, पिसाब बनाउने नलीहरूका रोग, मिर्गौैलामा पानीका फोकाहरू बन्ने रोगहरू, पत्थरी आदि मिर्गौलाका आन्तरिक रोग हुन् । सबैभन्दा ठूलो मिर्गौलालाई असर गर्ने भनेको सिस्टमिक रोगहरू छन् । जस्तै, शारीरिक रोगहरू, शरीरमा सुगर छ भने त्यो मिर्गौलालाई हानि गर्ने कारण बन्छ । उच्च रक्तचाप पनि मिर्गौला हानि गर्ने एक कारण हो । त्यस्तै, विभिन्न बाथरोगले पनि मिर्गौलालाई असर गरिरहेका हुन्छन् । महिलाहरूमा बाथरोग धेरै देखिएका छन् । युरिक एसिडलगायत समस्याले पनि मिर्गौलामा असर गर्छ । मिर्गौलामा क्षति पुर्याउने अर्को कुरा इन्फेक्सन हो ।

शरीर, छाती, पिसाबको होस् या अरू ठाउँको, सङक्रमणले मिर्गौलामा असर पुग्छ । ड्रग्स, टक्सिन तथा अन्य औषधि, वातावरणमा हुने टक्सिन, खानेकुरामा हुने केमिकल वा अखाद्य वस्तु, तरकारीमा विषादीको प्रयोग, अन्डरग्राउन्ड खानेपानीमा आउने टक्सिनले पनि मिर्गौलामा असर गर्छ । यी सबै चिजले कुनै न कुनै रूपमा असर गरिरहेका हुन्छन् । अर्को कारण भनेको पिसाब प्रणालीको गडबडी हो ।

पिसाब खुलेर बग्नुपर्ने ठाउँमा कुनै रोकावट भयो भने पनि त्यसको ब्याक प्रेसरले मिर्गौलामा असर गर्छ र सुन्निने रोग हुन्छ र मिर्गौलालाई बिगार्छ । किड्नीपछाडिका कारणहरू (पोस्टरिनल)– पिसाबथैलीका समस्या, प्रोस्टेट ग्रन्थिका समस्या, पाठेघर अण्डदानीका समस्या, पिसाबका बाहिरी नलीहरूको समस्या, यी सबैले मिर्गौलारोग निम्त्याउँछन् ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ ।

मधुमेहलाई संसारभर नै मिर्गौलारोगको साझा कारणका रूपमा लिइन्छ । त्यस्तै, अर्को साझा कारण भनेको उच्च रक्तचाप हो । रक्तचाप निकाल्ने अंग नै मिर्गौला हो । मिर्गौलामा केही न केही गडबडी भएपछि त्यसले शृंखलाबद्ध रूपमा रक्तचाप बढाउँछ, पछि त्यही उच्च रक्तचापले हान्ने हो कि जस्तो लाग्छ । मिर्गौलाको आन्तरिक रोगको कारण र प्रमुख लक्षण नै उच्च रक्तचाप हो । त्यसकारण उच्च रक्तचाप मिर्गौलारोगको कारणले भएको हो या उच्च रक्तचापका कारणले मिर्गौला बिग्रेको हो भन्नेबारे अध्ययन हुनु जरुरी छ ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ । दोस्रो भनेको दीर्घकालीन रूपमा बिग्रनु हो । मिर्गौलामा भित्रबाट घाउ हुँदै–हुदैँ पूर्ण रूपमा खतम बनिसकेपछि भने शरीरलाई धान्नै नसक्ने अवस्थामा पुग्छ । त्यसवेला बल्ल हामीले मिर्गौला काम नलाग्ने गरी बिग्रेको वा दीर्घकालीन रूपमा बिग्रको भन्छौँ । त्यस समयमा बिरामीसँग विकल्प हुँदैन ।

त्यसका पनि विभिन्न चरण पार गर्दै अन्तिम अवस्थामा पुगेपछि रगत सफा गर्नुपर्ने हुन्छ, जसलाई डायलाइसिस भनिन्छ । मिर्गौला बिग्रन घाउबाट सुरु हुन्छ, घाउ हुँदै गएपछि त्यसलाई नियन्त्रण गर्न शरीरले आफ्नो बाटो खोज्न थाल्छ । खत बस्न थाल्छ, पूर्ण रूपले खतले भरिएपछि मिर्गौलामा स्कार्ड हुन्छ । मिर्गौला खुम्चिएर जान्छ, साइज सानो हुन्छ ।

सामान्यतया हामीले देख्दा दिनमा २ लिटर पिसाब हुन्छ । तर, हाम्रो मिर्गौलाले दिनमा १ सय ८० लिटर फिल्टर गर्छ । १ मिनेटमा १ सय २५ एमएल फिल्टर गर्छ । त्यस हिसाबले दिनमा १ सय ८० लिटर फिल्टर हुन्छ । त्यो १ सय ८० लिटर मध्ये १ सय ७८ लिटर मिर्गौलाले पुनः सोसेर लिएपछि बल्ल शरीरको वातावरण मिल्ने हो । मिर्गौलामा खराबीका कारण त्यो फिल्टर गर्ने क्षमता कम हुँदै–हुँदै गएपछि सफा गर्नेक्रम कम हुँदै जान्छ । शरीरमा मिर्गौलाले निश्चित लेबलमा पुर्याउनुपर्ने टक्सिनहरू शरीरमा जम्मा हुन थाल्छन् । त्यसका असर बाहिर देखिन थाल्छन् र शरीरमा हेमोग्लोबिनको कमी हुँदै जान्छ ।

हड्डीहरू कमजोर भएर जान्छन् । शरीरमा पानीको मात्रा बढ्न थाल्छ । गोडाहरू सुन्निन थाल्छन् । थकान महसुुुस हुने, छालाको रङ परिवर्तन हुने, खानामा रुचि नहुने, पिसाब कम हुँदै जाने, वाकवाक लाग्ने, उल्टी हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्छन् । कहिलेकाहीँ बेहोस हुने तथा छारेरोग पनि लाग्ने गर्छ । कहिलेकाहीँ मुटुमा असर परेर हृदयाघात पनि हुन्छ ।

मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

कुनै व्यक्तिको जन्मजात नै एउटा मात्र मिर्गौला रहेछ भने एउटा मिर्गौला बिग्रिएको भन्न सकिन्छ । त्यसबाहेक अन्य कारणले मिर्गौला बिग्रेको छ भने त्यो एउटाको मात्र समस्या नभएर दुवैको हो । सामान्यतया मिर्गौला बिग्रँदा २ वटैमा समस्या आउँछ । एउटा मात्र बिग्रनु भनेको चाहिँ दुर्लभ अवस्था हो । जस्तो कि, एउटा मिर्गौलामा पत्थरी हुन्छ, हुन त दुवैमा हुन्छ तर एउटामा बिगार्नेतहसम्मको हुन्छ । एउटा मात्र बिग्रने अर्को अवस्था ट्युमर तथा क्यान्सरहरू हुन्, जुन प्रायः एउटा मिर्गौलामा हुने गर्छ । जन्मजातै कसैको एउटा मिर्गौला सानो हुन्छ । त्यसबाहेक जति पनि अवस्थामा मिर्गौला बिग्रन्छन्, ती सब दुवैमा आउने समस्या हुन्, एउटा मात्र भन्ने हुँदैन । त्यसकारण मिर्गौला फेल छ वा कम काम गरेको छ भन्ने भयो भने दुवै मिर्गौला बिग्रेको भनेर बुझ्नुपर्छ ।

बच्ने उपाय
मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

नियमित सुगर हुनेले कन्ट्रोल गर्नुपर्ने हुन्छ । ब्लड प्रेसर कन्ट्रोल गरेर पनि मिर्गौला बचाउन सकिन्छ । सकेसम्म पेन किलर नखाने, एन्टिबायोटिक औषधिको प्रयोग कम गर्नुपर्छ । रोगबाट बचाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । पिसाब परीक्षणबाट प्रोटिनहरू फाले–नफालेको हेर्नुपर्छ । रगतको जाँच गर्नुपर्छ । मिर्गौलामा पानीको फोका, पत्थरी छ कि छैन भनी निरन्तर अल्ट्रासाउन्ड गरिरहनुपर्छ । गोडा सुन्नियो भने सचेत हुनुपर्छ । रोगसम्बन्धी सूचना तथा जानकारी लिने वा पढ्ने गर्नुपर्छ ।

(कुराकानीमा आधारि)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के तपाईंको मिर्गौला स्वस्थ छ ?

विश्वमा मिर्गौलासम्बन्धी समस्याको सामना गर्ने मनिसहरुको संख्या दिनहुँ बढ्दो छ । तर स्वस्थ जीवनशैली र खानपान अपनाउने हो भने यो रोगबाट सजिलै बच्न सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ र सक्रिय बनाउन मिर्गौलाले फिल्टरको काम गरेर रगतको काम गर्छ । मिर्गौलालाई स्वस्थ बनाउन के गर्न सकिन्छ, थाहा पाउनुस् :
पाचन क्रियाका दौरान खानाबाट निस्कने सुक्ष्म विषालु तत्व मिर्गौलामा जम्मा हुन्छ र पिसाबसँगै शरीरबाट बाहिर निस्कन्छ । मिर्गौलाले राता रक्त कोशिकाको निर्माण र रगत सफा गर्न मद्दत गर्छ । यस्तै मिर्गौलाको अर्को कार्य हो, भिटामिन डीको निर्माण गर्नु, जसले हड्डीलाई मजबूत बनाउँछ । आजकालको व्यस्त जीवनशैलीका कारण मानिसको खानपानको बानी बिग्रदैं गइरहेको छ । यहीकारण मिर्गौलाका बिरामीको संख्या पनि बढ्दो छ । यसको मुख्य उपाय भनेकै स्वस्थ जीवनशैली हो ।

प्रशस्त पानी पिउनुहोस्
यदि मिर्गौलालाई स्वस्थ राख्नु छ भने प्रशस्त पानी पिउनैपर्छ । हरेक सामान्य स्वस्थ मानिसले प्रतिदिन औसत ४ देखि ५ लिटरसम्म पानी पिउनुपर्छ । पानीले शरीरमा मौजूद कयौं प्रकारका विषालु तत्वलाई पिसाबका साथ सजिलै बाहिर निकाल्छ र पाचनप्रणालीलाई दुरुस्त राख्छ । पानी पिउनाले कब्जियत पनि हुँदैंन । यसका अलावा पानीले शरीरमा रक्त प्रवाहलाई पनि सही राख्छ र रगतलाई गाढा बन्नबाट पनि रोक्छ । बढी पानी पिउँदा रक्तचापको स्तर पनि सन्तुलित रहन्छ ।

सन्तुलित आहार अपनाउनुस्
दैनिक खानामा चिनी र नुनको मात्रा बढी प्रयोग मिर्गौलाको स्वास्थ्यका लागि हानिकारक हुन्छ । यी दुवै चिजको बढी प्रयोगले मिर्गौलाको काम गर्ने गति ढिला हुन्छ । यसैले मिठाइ, चकलेट, केक–पेष्ट्री, वेफर्स, प्रशोधित खाना, अचार, पापडजस्ता चिजको सेवन सीमित मात्रामा गर्नुपर्छ । किनकि, यी सबै खाद्यपदार्थमा नुन र चिनीको मात्रा बढी हुन्छ । यस्तै, खानामा शाकाहारी, च्याउ, दालको सेवन पनि सन्तुलित मात्रामा गर्नुपर्छ । अधिक प्रोटीन सेवन पनि मिर्गौलालाई फाइदाजनक हुँदैन । यी चिजहरु शरीरका लागि निकै जरुरी हुन् । तर यिनको बढी सेवनले युरिक एसिडको समस्या हुन सक्छ ।

यस्तै, दुग्धजन्य पदार्थको सेवनले हड्डी मजबूत बनाउन सहयोग गर्छ । तर यसको अधिक सेवनले स्टोनको समस्या हुन सक्छ । यस्तो समस्याबाट बच्न खानपानमा सन्तुलन जरुरी हुुन्छ । क्याल्सियम र प्रोटिनयुक्त चिजलाई भोजनमा सामेल गर्नुपर्छ तर मात्रा धेरै हुनुहुन्न । विभिन्न प्रकारका फल, तरकारीलाई खानाको अंग बनाउनु पर्छ । यिनमा पाइने एन्टीअक्सिडेन्ट तत्वले मिर्गौलालाई संक्रमणबाट बचाउछ । यसका अलावा चुरोट तथा मदिराबाट टाढै रहनुपर्छ । यिनले कलेजोको अलावा मिर्गौलालाई पनि नोक्सान पु¥याउँछ ।
यसैले खानपानको स्वस्थ बानी अपनाउन सकियो भने मिर्गौलासँग सम्बन्धित रोगबाट बच्न सकिन्छ ।
कुनै पनि व्यक्तिको मिर्गौलाले सही ढंगले काम गरिरहेको छ कि छैन भन्ने कुरा कतिपय कुरामा निर्भर गर्छ मिर्गौलाको स्वास्थ्यका बारेका केही

थप कुुरा थाहा पाऔं:
– यदि कुनै पनि प्रकारका औषधि सेवन गरिएको छैन भने स्वस्थ व्यक्तिको पिसाब रंगहीन हुनुपर्छ ।
– प्रतिदिन लगभग चार लिटर पानी पिउने स्वस्थ मानिसलाई हरेक तीन घण्टाको अन्तरालमा पिसाब लाग्नुपर्छ ।
– रोकिएर थोरै–थोरै पिसाब आउनु, पटक–पटक ट्वाइलेट जान मन लाग्नु, पिसाब गर्दा पीडा र जलन महसुस हुनु, खुट्टा सुन्निनुजस्ता लक्षण देखिन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । किनभने यो मिर्गौला गडबडीको संकेत हुन सक्छ ।
– यदि कुनै व्यक्तिलाई मधुमेह या उच्च रक्तचाप छ भने चिनी र नुनको सेवन सीमित मात्रामा गर्नुपर्छ र कम्तीमा पनि वर्षमा एकपटक किड्नी फङसन टेष्ट गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौला प्रत्यारोपणमा नेपाल पछाडि छैन

नेपालमा पिसाबसम्बन्धी कस्ता रोग बढी भेटिने गरेका छन् ?
मिर्गौलासम्बन्धी चिकित्सकहरू विशेषगरी दुई प्रकारका हुन्छन्– एउटा नेफ्रोलोजिस्ट, अर्काे युरोलोजिस्ट । उपचार प्रक्रियाका मूत्रनली, पिसाबथैलीलगायत एउटै अंगको भए पनि नेफ्रोलोजीले विशेषगरी मिर्गौला फेललगायत अन्य औषधिबाट उपचार हुने रोग हेर्ने गर्छ भने युरोलोजीले त्यससम्बन्धी शल्यक्रियाका उपचारहरू गर्ने गर्छ । युरोलोजी भनेको मूत्रनली तथा मिर्गौलासम्बन्धी शल्यचिकित्सा विधा हो ।
मिर्गौलारोग, पत्थरीसम्बन्धी क्यान्सरलगायत बिरामीसमेत युरोलोजीले हेर्ने गरेको छ । त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागमा दैनिक करिब २ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

हामीले अपनाएका सानातिना अस्वस्थकर जीवनशैलीका कारण पनि हामी यस्ता रोगको सिकार हुने गरेका हौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसले रोकथामको उपायमा भन्दा पनि उपचारमा बढी महत्व दिएजस्तो मलाई लाग्छ ।

हामीले सामान्य युरोलोजी सेवा नै प्रदान गरिरहेका छौँ । यसका लागि विशिष्टीकृत सेवा भने छैन । नेपालको तराई क्षेत्रमा पत्थरीसम्बन्धी रोगहरू बढी हुने गर्छन् । मौसमका कारणले पनि यस्तो भएको हो । हामीकहाँ आउने धेरै बिरामी मिर्गौला, पिसाबथैलीमा वा पिसाबनलीमा पत्थरी भएका हुन्छन् । त्यसपश्चात् पिसाबको संक्रमण भएर आउने बिरामीको संख्या अत्यधिक छ । पिसाब संक्रमणको समस्या भएका भर्खरै जन्मिएका बच्चादेखि, नवविवाहित तथा बूढाबूढी उपचारका लागि आउने गरेका छन् । तेस्रो भनेको पिसाबसम्बन्धी मिर्गौला, युरेटर, प्रोस्टेटलगायत क्यान्सर भएका बिरामीसमेत हामीकहाँ आउने गरेका छन् । वर्तमान समयमा यिनै तीन रोगका बिरामी यहाँ आउने गरेका छन् ।

उपचारका क्रममा सामान्य चेकजाँच र औषधिले निको हुने अवस्था र सर्जरीमा जानुपर्ने अवस्था कुन–कुन हुन् ?
बिरामीले चिकित्सकलाई भेटेर रोगबारे जानकारी दिनु आवश्यक हुन्छ । सबैभन्दा पहिले संक्रमण हुनुको कारण पत्ता लगाउनु अत्यावश्यक मानिन्छ । होइन भने केही समय औषधि खाएर निको भए पनि फेरि उक्त रोगले दुःख दिन सक्छ, जुन प्रायः बच्चामा हुने गर्छ । त्यसका लागि युरोलोजिस्टको सल्लाहमा काम गर्नुपर्ने हुन्छ ।

नेपालमा युरोलोजीमा देखिएका समस्याहरू के–के छन् ?
नेपालमा युरोलोजीमा देखिएका विभिन्न समस्यामध्ये पिसाबमा हुने संक्रमण एक हो । यसबारे सा–साना कुरामा समेत जनचेतनाको अभाव हुँदा मानिस रोगको सिकार हुने गरेका हुन् ।
हामीले अपनाएका सानातिना अस्वस्थकर जीवनशैलीका कारण पनि हामी यस्ता रोगको सिकार हुने गरेका हौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसले रोकथामको उपायमा भन्दा पनि उपचारमा बढी महत्व दिएजस्तो मलाई लाग्छ । नेपालका विभिन्न अस्पतालमा पछिल्लो समय युरोलोजीका बिरामीको संख्या धेरै नै बढेको छ ।

यहाँ आउने बिरामीले पाउने सेवा र विदेशमा गएर उपचार गराउनेले पाउने सेवामा कुनै पनि फरक छैन । आवश्यकताअनुसार सबै बिरामीलाई सेवा दिन नसके पनि प्रविधिको हिसाबमा हामीसँग सबैखाले प्रविधि उपलब्ध छन् ।

नेपालमा सर्जरीका लागि के–कस्ता प्रविधिको विकास भएका छन् ?
सबैभन्दा पहिलो जानुपर्ने कुरा नै यही हो । पछिल्ला १०–१५ वर्षमा नेपालमा सर्जरीको विकास द्रुत गतिमा भएको छ । ल्याब्रस्कोपिक सर्जरी, मिनिमल्ली इनभेजिब सर्जरी, जसमा पिसाबनलीको मुखबाट वा बाटोबाट गएर मिर्गौलाको पत्थरलाई धुलो बनाउने गरिन्छ । त्रिवि शिक्षण अस्पतालमा हामीले धेरै कोसिस गरेर एउटा ‘स्टेट अफ द आर्ट’को विकास गर्नुपर्छ भन्ने अवधारणामा अस्पताल र हाम्रो टिम रहेको छ । चाहे सिंगापुरमा भएका प्रविधि होऊन्, चाहे जर्मनीमा बनेका होऊन्, यस अस्पतालमा पछिल्ला २ वर्षमा सबैखाले प्रविधि उपलब्ध छन् ।
त्यसकारण अहिले पहिलेजस्तो सबै सर्जरी बिरामीलाई चिरेर नै गर्नुपर्छ भन्ने पनि अनिवार्य छैन । पहिले–पहिले म आफैँले पनि, सर्जरी अभ्यासका क्रममा प्रोस्टेटको सर्जरी, मिर्गौलाको पत्थरीको सर्जरीलगायत सबै सर्जरी चिरेर गर्ने गरिन्थ्यो । अहिले भएको प्राविधिक विकासले कतिपय सर्जरीका क्रममा चिर्नुनपर्ने बनाइदिएको छ । अहिले हामीसँग युरोलोजीका लागि सम्पूर्ण प्रविधि उपलब्ध छन् । जस्तै, पेटका लागि टिओआरपी प्रविधि, लेजर प्रविधि छन् ।

बिरामीको अत्यधिक चापका कारण सरकारी अस्पतालमा छिटो उपचार सेवा दिन सकिएको छैन । बिरामीले पाउने उपचार सेवाका हिसाबले सरकारी तथा निजी अस्पतालमा कुनै फरक छैन ।

यहाँ आउने बिरामीले पाउने सेवा र विदेशमा गएर उपचार गराउनेले पाउने सेवामा कुनै पनि फरक छैन । आवश्यकताअनुसार सबै बिरामीलाई सेवा दिन नसके पनि प्रविधिको हिसाबमा हामीसँग सबैखाले प्रविधि उपलब्ध छन् ।
हामीले यहाँ हप्तामा दुईवटा मिर्गौला प्रत्यारोपण पनि गर्ने गरेका छौँ । प्रत्यारोपणका जोखिमहरूलाई हामीले प्रभावकारी रूपमै व्यवस्थापन गरि नै रहेका छौँ । हामीकहाँ नेपालभरबाट नै युरोलोजीसम्बन्धी बिरामी रेफर भएर आएका हुन्छन् । मैलै दैनिक सयदेखि १ सय ५० को संख्यामा ओपिडी बिरामी हेर्ने गरेकोमा १५ देखि २० प्रतिशत बिरामीलाई शल्यक्रिया आवश्यक पर्छ । मेरो कुरा गर्नुपर्दा मैलै हप्तामा ६०–७० जनाको शल्यक्रिया गर्नुपर्ने मागमा १० जनाभन्दा बढीका लागि शल्यक्रिया कक्ष पाउँदिन । यही कारणले गर्दा नै सरकारी अस्पतालमा आवश्यकताअनुसारको उपचार सेवा प्रदान गर्न नसकिएको हो ।

हामीले युरोलोजीमा २ युनिट चलाएकोमा अस्पतालमा जम्मा ३५ बेड पाएका छौँ । यो एकदमै कम हो । जनशक्तिभन्दा पनि यस अस्पतालको आवश्यकता भौतिक पूर्वाधार नै हो ।

बिरामीको अत्यधिक चापका कारण सरकारी अस्पतालमा छिटो उपचार सेवा दिन सकिएको छैन । बिरामीले पाउने उपचार सेवाका हिसाबले सरकारी तथा निजी अस्पतालमा कुनै फरक छैन । अन्य सुविधामा सरकारी अस्पतालमा केही कमी होला, तर डाक्टरले गर्ने हेरचाहको कुरामा केही फरक छैन । सरकारी अस्पतालले मागअनुसारको उपचार सेवा उपलब्ध गराउन नसकेको भने म स्विकार्छु । बिरामी भर्ना गर्ने बेड अभावका कारण सरकारी अस्पतालले मागअनुसारको उपचार सुविधा प्रदान गर्न नसकेका हुन् ।
हामीले युरोलोजीमा २ युनिट चलाएकोमा अस्पतालमा जम्मा ३५ बेड पाएका छौँ । यो एकदमै कम हो । जनशक्तिभन्दा पनि यस अस्पतालको आवश्यकता भौतिक पूर्वाधार नै हो ।
हाम्रो आवश्यकता भनेको छुट्टै किड्नी सेन्टर हो, जसमा ३–४ वटा अप्रेसन थिएटर हुनुपर्छ । युरोलोजी, नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपणको एक विशिष्टीकृत केन्द्र स्थापना गर्न सकेमा युरोलोजी सेवामा प्रभावकारिता बढाउन सकिन्थ्यो । सीमित स्थानमा रहेको युरोलोजी सेवामा पनि कहिले मेरो एउटा मान्छेको उपचार गरिदिनुप¥यो भन्दै नेताले त कहिले निर्देशकले फोन गर्छन्, हामीले सर्वसाधारण जनतालाई हेर्नु कि कसलाई ? त्यसैले सेवाको प्रभावकारिता बढाउनका लागि सरकारले अस्पतालको भौतिक संरचना निर्माणमा ध्यान दिनु आवश्यक छ ।

नेपालमा प्रत्यारोपणको नेतृत्व सरकार आफैँले गरेको हुनाले यसमा पहुँचको कुरा नै आउँदैन । सरकारले प्रत्यारोपणका लागि दिने रकम नै पर्याप्त छ । पैसा नलाग्ने भएपछि त्यसमा सबैको पहुँच छ । प्रत्यारोपणका लागि सरकारले दिएको उपचार खर्च पर्याप्त छ । डायलाइसिस निःशुल्क छ ।

उपचारका लागि विदेश जानुपर्ने अवस्था छ कि छैन ?
जसरी छोरालाई राम्रो संस्कार दिनका लागि बाबुआमा संस्कारमा बस्नुपर्ने हुन्छ, त्यसरी नै जनतालाई संस्कार सिकाउनका लागि नेताहरू संस्कारमा बस्नुपर्ने हुन्छ । मैलै थुप्रै नेताहरूको विदेशमा उपचार गराएको फाइल पढेको छु । नेताहरूले नेपालमै उपचार गराएमा स्वदेशमै गुणस्तरीय सेवा पाउन सकिन्छ भन्ने विश्वास जनमानसमा पर्न जान्छ । निजी सम्पत्ति तथा पैसा खर्चिएर जहाँ पनि जान सकिन्छ, तर सार्वजनिक सम्पत्तिबाट उपचारका लागि बाहिर जानुचाहिँ राम्रो होइन । नेतृत्व तहका मानिसहरू उपचारका लागि विदेश जाँदा नेपालका अस्पतालहरूमा उपचारको गुणस्तर राम्रो छैन भन्ने भान जनमानसमा पर्न जान्छ । विदेशमा उपचार गर्नुलाई सक्षमतासँग जोड्ने गरिन्छ । नेपालमा हालसम्म १ हजार ५ सयदेखि २ हजारसम्म मिर्गौला प्रत्यारोपण भइसकेका छन् भने के नेपाल उपचारको क्षेत्रमा असक्षम होला र ? युरोलोजीलाई चाहिने सामानमध्ये हामीसँग एउटा रोबर्ट सेवा उपलब्ध छैन, तर त्यसले गर्ने काम ल्याक्स्कोपीले हुने गर्छ । भारत र नेपालको उपचारमा नभएको भनेको रोबर्ट सुविधा मात्रै हो । त्यसबाहेक नेपालको केन्द्रीयस्तरको अस्पतालमा उपचारका सबै प्रविधि उपलब्ध छन् । पछिल्ला वर्षहरूमा नेपालमा पनि थुप्रै प्राविधिक विकास भएका छन् र मानिसहरू त्यसबारे जान्ने पनि भएका छन् ।

मिर्गौला प्रत्यारोपणमा नेपालीको पहुँच कस्तो छ ?
नेपालमा प्रत्यारोपणको नेतृत्व सरकार आफैँले गरेको हुनाले यसमा पहुँचको कुरा नै आउँदैन । सरकारले प्रत्यारोपणका लागि दिने रकम नै पर्याप्त छ । पैसा नलाग्ने भएपछि त्यसमा सबैको पहुँच छ । प्रत्यारोपणका लागि सरकारले दिएको उपचार खर्च पर्याप्त छ । डायलाइसिस निःशुल्क छ । मिर्गौलारोगीका लागि सरकारले गरेका प्रयास प्रशंसायोग्य छन् । प्रत्यारोपणका लागि मान्छेको सक्षमता नै महत्वपूर्ण कुरा हो ।
नेपालमा कुल ६० जना विशिष्टीकृत युरोसर्जन उपलब्ध छन्, तर १ सय ३ जनाले युरोलोजी सेवा प्रदान गर्ने गरेका छन् । यसमा सामान्य युरोसर्जनलाई समेत समावेश गरिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौलारोगले १२ सदस्य गुमाएको परिवार, न आउँछ दसैँ, न तिहार

आमा नन्दकला उपाध्याय, छेउमा बसेका नारायण

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ दर्खासी गाउँकी ८४ बृद्धा नन्दकला उपाध्याय नियमित पुजाआजा गछिन् । पूजाआजा गर्नुको उनको उद्देश्य सन्तानको खुसी हो ।तर दर्भााग्य उनको परिवारमा बर्षेनीजसो पीडामाथि पिडा थपिँदै गएको छ । नन्दकलाको परिवारले परिवारका सदस्यमा मात्र गुमाएका छैनन्, सम्पत्तीको नाममा रहेको ९ कठ्ठा जमिन पनि घट्दै गएको छ । चाडपर्व र खुसीका दिन परिवारका लागि धेरै टाढा हुदै गएका छन् ।
छोराछोरी र नातिनाजति हेरेर खुसी हुने समयमा नन्दकलाका चिन्ताको गहिराईमा डुबेकी छिन् । आँखै अगाडि आफ्ना सन्तान एकपछि अर्कोगर्दै संसारबाट बिदा हुँदैछन् ।

अधिकांश नेपाली समुदायले दशैं मनाउनका लागि पैसा र सामानको जोहो गरिरहँदा नन्दकलाको घरमा दसैँको उत्साह छैन् । उपचारको लागि भौतारिरहेको परिवारले दशैंमा खर्च गर्ने रकम भए केही पटकको उपचारको लागि त टर्थ्यो भन्ने अवस्थामा छ । दसैँ तिहार, तिजको जस्ता चाडपर्वहरुमा छोरीहरुलाई समेत घरमा बोलाई रमाइलो गरी मनाएको दिन अहिले उनका लागि सपना जस्तै लाग्छन् । ‘आफन्त जन जम्मा हुन्थे, मिठो नमिठो बनाएर खाथ्यौ’ बृद्धा नन्दकलाले भनिन्, अहिले के दसैँ मनाउनु, पुराना रमाइला दसैँ फर्किफर्कि सम्झनामा आउँछ । परिवारमा रोग भित्रिएपछि हामीलाई न दसैँ, न तिहार भएको छ ।’ उपचारको खर्च चलाउन धौधौ छ बिगतलाई सम्झना गर्दै नन्दकला भक्कानिदै भनिन्, ‘छोराछोरी जन्माएर के गर्नु म दु:खीयालाई ‘सबै सन्तानलाई म भन्दा छिटै दैबले हरेर लगिसक्न थाले ।’

रिवारका १२ जनालाई मिर्गौला रोगले खोस्यो
नन्दकलाका ३ छोरा र १ छोरी मिर्गौलारोगका कारण मृत्यु भइसकेका छन् । नन्दकलाको श्रीमान पनि मिर्गौला रोगले मृत्यु भएका हुन् । कहालीलाग्दो घटना यस परिवारका धेरै सदस्यहरु मिर्गौला रोगबाट गए । ५ सन्तानलाई जन्मदिए पनि अहिले नन्दकलाको साथमा जिवित सन्तान भनेको कान्छो छोरा हुन् । मिर्गौला रोगी हुन् । काम गरेर घरखर्च जुटाउने बेला नारायण ओछ्यानमा थलिएका छन् । दश बर्षदेखिको मिर्गौला रोग पिडित रहेका नारायणले उपचारमै धेरै खर्चिसकेका छन् ।

उपाध्याय परीवारमा १२ जनाको ज्यान मिर्गौलारोगबाट गएको छ । त्यो परिवारमा औषधी खाईरहेका र डाईलोसिस गर्दै जीवनका लम्बाईरहेका पनि छन् । नारायण पनि हप्ताको दुई दिन डाइलासिस गर्नको लागि बुटवलको गौतमबुद्ध सामुदायिक अस्पतालमा आउँछन् । उनका दाइका छोरा बिष्णु उपाध्याय चासिलेले पनि मिर्गौलाको रोगको औषधी खाईरहेका छन् ।

३२ बर्षिय बिष्णुको कतारमा  परीक्षण गर्दा रोग देखियो । उनी अहिले पनि कतारमा औषधी सेवन गर्दे काम गरिरहेका छन् । नारायणका दाई चिन्तामणी उपाध्यायको २०६५ सालमा मिर्गौला रोगबाट मृत्यु भयो । ०६६ सालमा खिमानन्द र ०७२ सालमा हरीको मृत्यु भएको छ । उनले पनि ६४ सालदेखि मिर्गौलारोगबाट बच्नको लागि औषधी खाईरहेका छन् । ३ बर्षदेखि डाइलायसिस गरिरहेका छन् । उनका हजुरबुवा अग्नीधरका सन्तानहरुको यसैै रोगका कारण मृत्यु भएको हो । अग्नीधरका ४ छोरा हुन् । यसमा २ छोराको मिर्गौला रोगकै कारणले मृत्यु भएको हो ।

छ पुस्तासम्म मिर्गौला रोग
अग्नीधरका नातीनातीनामा अहिलेसम्म ९ जनाको मृत्यु भयो । यसमा नारायणकी फुपु दिदिको छोरीको पनि यसै रोगका कारण मृत्यु भएको हो । यही रोग लागेर मैले थाहा पाएका १२ जनाको मृत्यु भयो, नारायणले भने ‘यस्तै लक्षण देखिएका त कोको हुनुहुन्थ्यो थाहाभएन, पहिला अस्पताल थिएनन् जचाउन पाइएन । ‘
यो रोग अग्नीधरका नातीनातीनामा मात्र होइन पलातीमा पनि देखिन थालेको छ । रोजगारीको सिलसिलामा कतारमा रहेका अग्नीधरका पलाती बिष्णुले यस्तै लक्षण देखापरेको र चेकजाकको क्रममा डाक्टरले भनेअनुसार मिर्गौला रोगले बंशाणुगत रुपमा फैलिएको र ६ पुस्तासम्म यो रोग देखापर्ने बताएका छन् ।

जग्गा बेच्दै उपचार
गुल्मी जिल्लाको अर्खबाङ्गमा पर्ने नारायण उपाध्याय सानैमा बुवासँग यो ठाउँमा आएका हुन् । बुवाको मृगौला रोगले मृत्यु भयो । अनि दाईहरु पनि मृत्यु भएपछि नारायण पनि मृगौला रोग देखियो । ६४ सालदेखि यो रोगबाट पीडित नारायण रोग पीँडासगै आर्थिक समस्या पनि छन् ।रुपन्देहीको सैनामैना नगरपालिका बाड नम्बर ३ दर्खासीबाट बुटवलका मुटु अस्पतालसम्म डाईलोसीस गर्नको लागि हप्ताको दुई पटक आउने गर्दछन् । अस्पतालले मंगलबार दिउँसो १० देखी ४ बजेसम्म र शुक्रबार १२ देखी ४ बजेसम्म उपाध्ययलाई डाइलायसिसको पालो छ । मासिक २० देखी २५ हजार खर्च हुने गरेको श्रीमती ४२ बर्षिय बिष्णु देवीले बताईन् ।

आम्दानीको स्रोत केही नभएका उपाध्याय परिवारले प्रत्येक बर्ष जग्गा बेच्दै आएका छन् । सानो घरमा ८४ बर्षिय आमा र नारायण दम्पत्ती मात्रै छन् । जग्गा बेच्दै उपचार गर्दै गर्दा ९ कट्टा जमिन घटेर ३ कट्टा वाँकी छ । चाडपर्वलाई उल्लासमय रुपमा मनाइरहँदा दसैँबाट केही मात्रामा कम गरी उपचारका लागि छटपटाई रहेकाहरुसँग यो परिवारले सहयोगको आशा राख्नु अन्यथा नहोला ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौलारोगबाट बच्न दिनहुँ गर्नुस् यी काम

विश्वमा धेरै मानिस मिर्गौलासम्बन्धी समस्याको सामना गरिरहेका छन् । यदि जीवनशैली र खानपानमा सावधानी अपनाउने हो भने यसबाट सजिलै बच्न सकिन्छ । शरीरलाई स्वस्थ र सक्रिय बनाउन मिर्गौलाले फिल्टरको रुपमा रगत सफा राख्छ । थाहा पाउनुस् मिर्गौलालाई स्वस्थ राख्न अपनाइने तरिका बारे :

पाचन प्रक्रियाका दौरान खानाबाट निस्कने सबै सुक्ष्म विषालु तत्व मिर्गौलामा जम्मा हुन्छ र पिसाबका साथ बाहिर निस्कन्छ । मिर्गौलाले राता रक्तकोष निर्माण र रगतलाई सफा राख्न मद्धत गर्छ । मिर्गौलाको अर्को कार्य हो– भिटामिन डीको निर्माण गर्नु । यसले हड्डी मजबुत बनाउँछ । आजकालको व्यस्त जीवनमा खानपानको बानी बिग्रदै गइरहेको छ । यही कारण मिर्गौलाका बिरामी बढ्दो छ । स्वस्थ जीवनशैली अपनाएर यस्ता समस्याबाट बच्न सकिन्छ ।

दिनहुँको खानामा चिनी र नुन बढी प्रयोग गर्नाले मिर्गौलाको स्वास्थ्यमा हानिकारक हुन्छ । यी दुुई चिजबाट मिर्गौलाको गति सुस्त हुन्छ । यसैले मिठाई, केक–पेस्ट्री, प्रशोधित खाना, अचार, पापडजस्ता खाद्य पदार्थको सेवन सीमित रुपमा गर्नुपर्छ ।

बेस्सरी पानी पिउनुस्
यदि मिर्गौलालाई स्वस्थ राख्नुछ भने पानी नै उपयुक्त उपचार हो । यसका लागि हरेक सामान्य व्यक्तिले दैनिक औसन ४ देखि ५ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा रहेको कैयौं विषालुु तत्वलाई पिसाबका साथ बाहिर निकाल्छ र पाचन तन्त्रको कार्यप्रणालीलाई पनि दुरुस्त पार्छ । पानीले कब्जियतको समस्या पनि हुँदैंन । यसका अलावा पानीले शरीरमा रक्तप्रवाहलाई सही राख्छ र रगतलाई गाढा बनाउनबाट रोक्न सकिन्छ । पानी बढी पिउनाले रक्तचापको स्तर पनि सन्तुलित हुन्छ ।

सन्तुलित आहार अपनाउनुस्
दिनहुँको खानामा चिनी र नुन बढी प्रयोग गर्नाले मिर्गौलाको स्वास्थ्यमा हानिकारक हुन्छ । यी दुुई चिजबाट मिर्गौलाको गति सुस्त हुन्छ । यसैले मिठाई, केक–पेस्ट्री, प्रशोधित खाना, अचार, पापडजस्ता खाद्य पदार्थको सेवन सीमित रुपमा गर्नुपर्छ । यस्ता खानामा चिनी र नुनको मात्रा अत्यधिक हुन्छ । यसका अलावा प्रोटिन बढी पाइने हुनाले च्याउ र दलहनको सेवन सन्तुलित रुपमा गर्नुपर्छ । प्रोटिन शरीरका लागि अत्यन्त आवश्यक भएपनि बढी खानाले युरिक एसिडको समस्या हुन सक्छ ।
यसका साथै दुुग्धजन्य पदार्थको सेवन हड्डीको मजबुुतीका लागि जरुरी हुन्छ । तर यसको अधिकताका कारण स्टोनको समस्या पनि हुुन सक्छ । यस्तो समस्याबाट बच्नका लागि खानपान सन्तुलित हुनु जरुरी छ । क्याल्सियम र प्रोटीनयुक्त चिजलाई खानामा सामेल गरे पनि मात्रा धेरै हुनुहुन्न । फलफुल र सागसब्जीलाई पनि खानामा समावेश गर्नुपर्छ । यिनमा भएका एन्टी अक्सिडेन्टले मिर्गौलालाई इन्फेक्सनबाट बचाउँछ । यसका अलावा मदिरा तथा धुमपानबाट टाढै रहनुपर्छ, किनभने यिनले कलेजो र मिर्गौलालाई नोक्सान पुर्याउँछ । यदि खानपानको स्वस्थ बानी बसाल्ने हो भने मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना हुँदैंन ।

यी कुरा कहिल्यै नबिर्सनुस्
यदि कुनै औषधि सेवन गरेको छैन भने स्वस्थ व्यक्तिको पिसाब रंगहीन हुनुपर्छ ।
प्रतिदिन करिब ४ लिटर पानी पिउने व्यक्तिको हरेक ३ घण्टाको अन्तरालमा पिसाब लागेको हुनुपर्छ ।
रोकिई–रोकिई अलि–अलि पिसाब आउनु, बारम्बार ट्वाइलेट जानुपर्ने महसुस हुनु, पिसाब गर्दा पीडा हुनु, पोल्नुु र खुट्टा सुन्निनुजस्ता लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ, किनभने यस्ता लक्षण देखिए मिर्गौलामा समस्या आएको हुन सक्छ । यदि कुनै व्यक्तिलाई मधुुमेह या उच्च रक्तचापको समस्या छ भने चिनी र नुनको सेवन सीमित मात्रामा गर्नुपर्छ र हरेक वर्ष एकपटक किड्नी फङसन टेस्ट गराउनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२३ वर्षदेखि डायलाइसिसको भर

नेपालमै डायलाइसिस सेवा सुरु भएको तीन दशक भयो । असनका राजु तुलाधर वीर अस्पतालका सबैभन्दा पुराना डायलाइसिस ‘प्यासेन्ट’हुन्, जो २३ वर्षदेखि निरन्तर डायलाइसिस गराइरहेका छन् । यो नै उनको जीवन धान्ने एक मात्र विकल्प हो ।
शरीरको महत्वपूर्ण अंग मिर्गौलाले काम गर्न छाडेपछि दुई मात्रै विकल्प हुन्छन्– प्रत्यारोपण वा आजीवन डायलाइसिस । प्रत्यारोणपछिको जीवन जति सहज हुन्छ, डायलाइसिसको भरमा जीवन धान्न शारीरिक र स्वास्थ्यका दृष्टिले निकै कष्टप्रद मानिन्छ । तर, यी प्रतिकूलतासँग संघर्ष गरेरै जीवनरूपी रथ हाँकिरहेका छन् तुलाधर । त्यति मात्रै होइन, उनी अरूलाई डायलाइसिस उपचार सेवासँगै आफ्नै व्यवसायसमेत अगाडि बढाइरहेका छन् ।

सेवा सुरु गरेको ३० वर्ष पुगेको अवसर पारेर वीर अस्पतालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनी अतिथिका रूपमा बोलाइएका थिए । ५५ वर्षका भए तुलाधर । उनी वीर अस्पतालको नेफ्रोलोजी विभागले प्रदान गर्दै आएको हेमोडायलाइसिस सेवा २३ वर्षदेखि प्रयोग गर्दै आएका छन् । सम्भवतः उनी वीर अस्पतालमा सबैभन्दा लामो समय नियमित सेवा लिने बिरामी हुन् ।

२३ वर्षअघि एकदमै ज्वरो आउने तथा शरीरमा सन्चो नभएजस्तो अनुभव भएपछि स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुगेको हिजैजस्तो लाग्छ उनलाई । ‘स्वास्थ्य परीक्षणपश्चात् थाहा भयो, मेरा दुईवटै मिर्गौला फेल भएका रहेछन्,’ उनी सम्झन्छन् । त्यतिवेला नेपालमा मिर्गौला प्रत्यारोपण कल्पनाबाहिरको कुरा थियो । ‘ट्रन्सप्लान्ट गर्छु भनेर भारत पनि गएँ,’ उनी सम्झन्छन् ।

सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

त्यतिवेला उनका दिदीबहिनीले मिर्गौला दिने पनि भनेका थिए, तर पछि दिएनन् । अझै पनि उनलाई ट्रान्सप्लान्ट गराउने मन छ, तर अंग दिन चाहने र मिल्ने कुराको संयोग जुरेको छैन । मिर्गौला ट्रान्सप्लान्ट महँगो हुनाले पनि डायलाइसिस गरेर बस्नुपरेको उनको भनाइ छ ।सुरुमा वीर अस्पतालमै पनि डायलाइसिस सेवा महँगो थियो ।

वीरमा मासिक १५–२० हजारसम्म खर्च हुन्थ्यो भने अन्य निजी अस्पतालमा डायलाइसिस गर्नुपरेमा ५० हजार रूपैयाँ तिर्नुपथ्र्यो, जुन मध्यम वर्गीय परिवारका लागि पहुँचको विषय थिएन । डायलाइसिस हप्ताको दुईपटक गर्नुपर्ने हुन्छ ।
पछि मिर्गौलारोगी संगठित भएर डायलाइसिस निःशुल्क गर्न माग गर्न थाले । सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

तुलाधरका एउटा छोरा छन् । बिरामी हुनुपूर्व उनी आफैँले खोलेको गार्मेन्टमा काम गर्थे । दुवै मिर्गौला फेल भएको थाहा भएपछि उनले सम्पूर्ण व्यवसाय छाडे । व्यवसाय बेचेर आएको पैसासमेत डायलाइसिसमै खर्च भयो । ०५३ मा डायलाइसिस सुरु गरेपछि ०५८ सम्म त कुनै पनि काम गर्न सकेनन् उनले । ‘मानसिक रूपमा पनि तनाव मात्रै हुन्थ्यो,’ उनी सम्झन्छन् ।
यस्तो रोग लागेपछि आर्थिक संकटको स्थिति देखापर्ने भएकाले पनि होला, घरपरिवारबाट जति सहयोग पाउनुपथ्र्याे, त्यति नपाएको उनको गुनासो छ । ‘आर्थिक अभाव सिर्जना गर्ने भएकाले परिवारका सदस्यहरू पनि टाढा भएजस्तो अनुभव हुँदोरहेछ’ उनले भने । उपचारका लागि परिवार तथा नातेदारबाट कुनै पनि प्रकारको आर्थिक तथा अन्य सहयोग प्राप्त नभएको उनको दुखेसो छ । उनी भन्छन्, ‘सहयोगका लागि कसैसँग खासै अपेक्षा पनि गरिन ।’

अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

सरकारले डायलाइसिस सेवा निःशुल्क नगराउँदासम्म उनीजस्ता धेरै बिरामीलाई एउटा डायलाइसिस पूरा भएपश्चात् अर्काे डायलाइसिस कसरी गर्ने भन्ने चिन्ताको विषय बन्ने गरेको थियो । तर, अहिले निःशुल्क भएपछि त्यो चिन्ता हटेको छ । तर, अझै पनि सरकारले मिर्गौलापीडितले खाने औषधि भने निःशुल्क गराएको छैन, जुन अहिले समस्या बनेको तुलाधरको भनाइ छ ।
३ वर्षदेखि उनले आफूजस्तै मिर्गौलारोगीको समस्यालाई मध्यनजर गरी पार्टनरसिपमा काठमाडौंको गोंगबुमा डायलाइसिस सेन्टरसमेत खोलेका छन् । सो सेन्टरमा सयभन्दा बढी बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । ‘मेरो रोग नै त्यही भएकाले र मेरो योजनामा साथ दिने साथी भेटिएकाले पनि मलाई उक्त सेन्टर खोल्नका लागि थप प्रेरणा प्राप्त भयो,’ उनी भन्छन् ।
विगतभन्दा अहिले मिर्गौला फेल भएका बिरामीको संख्या बढी भएको उनको अनुभव छ । कतिपय बिरामीको डायलाइसिस गर्ने ठाउँ नपाएर अकालमै मृत्यु हुने गरेकाले उनमा सेन्टर खोल्ने सोच आएको थियो ।सबै मिलेर बैंकबाट ऋण लिएर उक्त सेन्टरको स्थापना गरेको उनी बताउँछन् । डायलाइसिसमा रहनेमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न प्रकारका रोगले छिटै आक्रमण गर्छ । सधैँ बिरामी भइरहने मान्छे भनेर पनि परिवारले खासै सहयोग नगरेको अनुभव उनको छ ।
अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

डायलाइसिस गराइरहेका बिरामीले सकेसम्म झोल भएको खानेकुरामा एकदमै सतर्क हुनुपर्ने उनी बताउँछन् । बढी झोल भएको खानेकुरा खाएमा मेसिनको सहायताले अतिरिक्त पानी निकाल्नुपर्ने हुनाले ठोस खानेकुरा बढी उपयुक्त हुन्छ ।
अहिले उनको उपचार र रेखदेख डाक्टर रजनी हाडाले गरिरहेकी छिन् । हाडाको व्यवहार र सहयोगप्रति पनि उनी अभारी छन् ।
आफू डायलाइसिसको भरमा बाँचे पनि उनी डायलाइसिस गराउन आउनेहरूलाई ट्रान्सप्लान्ट नै गराउनका लागि सल्लाह दिन्छन् ।‘डायलाइसिसले रोग निको हुने होइन,’ उनी भन्छन्, ‘कष्टकर जीवन जिउनुभन्दा यथासम्भव ट्रान्सप्लान्टकै बाटो रोज्न मेरो सल्लाह छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौलामा पत्थरीको उपचार

मिर्गौला मानव शरीरको विकारयुक्त वस्तुलाई पिसाबका रूपमा बाहिर पठाउने तथा रगत छान्ने अंग हो । यस प्रक्रियामा मेटाबोलिजममा समस्या आउँदा मिर्गौलामा पत्थरी हुन्छ ।

कसरी हुन्छ पत्थरी ?
मानिसले खाएको खानेकुराबाट निस्कने विकार वस्तुको मात्रा बढी हुन आएमा पत्थरी हुने गर्छ । कतिपय अवस्थामा पत्थरी जन्मजातसमेत हुने गरेको पाइन्छ । मानिसको दैनिक जीवनशैली तथा खानपानका कारण पनि मिर्गौलामा पत्थरी हुने गर्छ । क्याल्सियम, फस्फोरसजस्ता तत्वहरु अत्यधिक मात्रामा तथा सन्तुलन नमिलाईकन खानाले समेत मिर्गौलामा पत्थरी हुने गर्छ । मानिसको गलत आहारले पत्थरी पत्थरी निम्त्याउँछ ।

दैनिक रूपमा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा पु¥याएमा पत्थरीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

लक्षण
– छोटो समयको अन्तरालमा धेरैपटक पिसाब लाग्नु ।
– असामान्य तरिकाले कोखा दुख्नु ।
– पिसाबमा रगत देखिनु ।
– कोही–कोहीलाई ज्वरो आउनु ।
– बान्ता हुनु ।

कसरी थाहा पाउने ?
पिसाबको जाँच तथा अल्ट्रासाउन्ड गरेर मिर्गौलामा पत्थरी भएको थाहा पाउन सकिन्छ ।

उपचार
सामान्यतया ५ मिलिमिटरसम्मको पत्थरी भएको अवस्थामा नियमित खानपानमा ध्यान दिएर, आवश्यक मात्रामा पानी पिएर पनि हटाउन सकिन्छ । तर, यो मिर्गौलामा रहेको पत्थरी निस्कन सक्ने अवस्थामा छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ ।
पत्थरीले मिर्गौलालाई कति असर गरेको छ भनी पत्ता लगाइसकेपश्चात् यसको उपचारमा ध्यान दिनुपर्ने हुन्छ । पत्थरीले मिर्गौलालाई असर गरेको छ भने त्यसको आकस्मिक रूपमै उपचार गराउनुपर्छ ।
पत्थरीको प्रक्रिया हेरेर उपचारमा ध्यान दिनुपर्ने हुन्छ । यदि मिर्गौलाको तल्लो कोठामा पत्थरी भएको छ भने बिस्तारै उपचार गर्न सकिन्छ ।
२ सेन्टिमिटरसम्मको पत्थरी बिरामीलाई बेहोस नपारी निकाल्न सकिन्छ । यस्तो विधिलाई पिसिएनएल उपचार विधि भनिन्छ । यो विधिबाट करिब २ घण्टामै उपचार सम्भव छ ।
पत्थरीको उपचारपश्चात् बिरामीले ढुक्क भएर बस्नु हुन्न । उनीहरूले जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै