११ वर्षमा १४२७ मिर्गौला प्रत्यारोपण, ३ सरकारी अस्पतालको योगदान ९६%, निजीमा नामका लागि अनुमति !

नेपालमा मिर्गौला प्रत्यारोपणको ११ वर्षको इतिहासमा १ हजार ४ सय ३२ मिर्गौलाको सफल प्रत्यारोपण भएका छन् । त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण अहिले आधा दर्जनभन्दा बढी अस्पतालले गराउँदै आएका छन् । सरकारीस्तरका ३ र निजीस्तरका ५ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाए पनि प्रत्यारोपणको अधिकांश हिस्सा भने सरकारी अस्पतालले ओगटेको छ ।

नेपालमा पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह, युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दिएको थियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी हुन् । श्रेष्ठलाई उनकी श्रीमतीले मिर्गौला दान गरेर पुनर्जीवन दिएकी थिइन् । प्रत्यारोपणले एक दशक पार गर्दा प्रत्यारोपणले जुनकिसिमले गति लिनुपर्ने हो, त्यो भने लिन नसकेको देखिन्छ । सरकारीस्तरका अस्पतालहरूले सीमित संख्यामै भए पनि नियमित प्रत्यारोपण गराइरहेको पाइन्छ भने निजी अस्पतालले निरन्तरता दिन सकेको पाइँदैन ।

सरकारी अस्पतालमा १३७८ (९६.२१%) मिर्गौला प्रत्यारोपण, मानव अंग र टिचिङको मात्र हिस्सा ८६%

वि.सं. २०६८ फागुनमा स्थापित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले २७ कात्तिक ०६९ देखि हेमोडायलाइसिस सेवा सुरु गरेको थियो । केन्द्रले ६ माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्यो । अंग प्रत्यारोपणकै लागि स्थापित केन्द्रले ७ वर्षको अविधिमा ६ सय ५६ जनामा मिर्गौला प्रत्यारोपण गराएको तथ्यांक छ, जुन देशको कुल प्रत्यारोपणको झन्डै ४६ प्रतिशत हो । केन्द्र सबैभन्दा बढी प्रत्यारोपण गराउने अस्पतालको शीर्षस्थानमा छ ।

त्यसैगरी, मिर्गौला प्रत्यारोपणमा पहिलो सफलता हात पारेको त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ सय ७२ जनामा प्रत्यारोपण गराएको छ । कुल प्रत्यारोपणको करिब ४० प्रतिशत भार वहन गरेको त्रिवि अस्पताल बढी प्रत्यारोपण गराउनेमा दोस्रो स्थानमा छ । यसरी हेर्दा मिर्गौला प्रत्यारोपणको अनुमति ८ अस्पतालले लिए पनि कुल प्रत्यारोपणमा झन्डै ८६ प्रतिशत योगदान भने मानव अंग र टिचिङ अस्पतालको मात्र छ ।

केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलामा समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

देशकै पुरानो र ठूलो अस्पताल वीरले त्रिवि शिक्षणभन्दा केही महिनापछि मात्र मिर्गौला प्रत्यारोपणको अनुमति पाए पनि प्रत्यारोपणलाई भने गति दिन सकेको छैन । त्रिविको तुलनामा वीरको प्रत्यारोपणदर निकै सुस्त छ । पछिल्लो ६ महिनादेखि वीरमा प्रत्यारोपण सेवा ठप्प रहेको थियो, पुन निरन्तरता दिदैँ गएको छ । वीरले हालसम्म जम्मा १ सय ५० जनामा मिर्गौला प्रत्यारोपण गराएको छ, जुन कुल प्रत्यारोपणको करिब १०.४७ प्रतिशत हो । पहिले भएका विशेषज्ञले छोडेर जानु र हाल भएका विशेषज्ञले नेतृत्व लिन नसक्नु पनि प्रत्यारोपण कम संख्यमाम भएको अस्पतालका पदाधिकारी बताउँछन् ।

निजी ५ अस्पतालले ४% पनि योगदान दिन सकेनन्, जम्मा ५४ प्रत्यारोपणमा ग्रान्डीमा मात्र ४५

प्रत्यारोपण अनुमतिका हिसाबले संख्यात्मक रुपमा सरकारीलाई पछि पार्दै ५ वटा निजी अस्पतालले अनुमतिप्राप्त गरेकोमा योगदान भने नगण्य देखिएको छ । निजी अस्पतालले कुल प्रत्यारोपणको ४ प्रतिशत पनि योगदान पुर्याउन सकेको अवस्था छैन । त्यसमा पनि अधिकांश प्रत्यारोपण ग्रान्डी अस्पतालले गरेको छ । चितवन मेडिकल कलेजले अनुमति लिए पनि हालसम्म प्रत्यारोपणको खाता खोल्न सकेको छैन ।

निजी अस्पतालतर्फ १० असार ०७३ मा प्रत्यारोपण अनुमति पाएको ग्रान्डी इन्टरनेसनल हस्पिटलले हालसम्म ४५ जनाको प्रत्यारोपण गरेको छ । ग्रान्डीसँगै एउटै मितिमा प्रत्यारोपण अनुमति पाएको निदान अस्पतालले भने हालसम्म जम्मा ५ जनाको मात्र प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । त्यसैगरी, कलेज अफ मेडिकल साइन्सेस भरतपुरले २ जना बिरामीमा प्रत्यारोपण गरेको छ । त्यस्तै, सुमेरु सामुदायिक अस्पतालले ३० असार र २ साउनमा गरी निःशुल्क रूपमा २ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सरकारले प्रत्यारोपणका लागि दिने गरेको सहुलियत पाएको अवस्थामा मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिने अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजले भने गत वैशाखमा प्रत्यारोपण अनुमति पाए पनि हालसम्म प्रत्यारोपण गर्न सकेको छैन । यसरी हेर्दा निजी अस्पतालहरुलाई प्रत्यारोपणलाई निरन्तरता दिनभन्दा पनि विज्ञापन र नामका लागि अनुमति चाहिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ४ हजार ५ सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् ।

१ वैशाख ०७४ बाट सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेपछि प्रत्यारोपणको चाप बढ्दै गएको तथ्यांकले देखाएको छ । सरकारले डायलाइसिससेवा यसअघि ने निःशुल्क गरिसकेको छ । प्रत्यारोपणका बिरामीलाई सरकारले साढे ६ लाखसम्म सहयोग गर्ने भएपछि लामो समयदेखि डायलाइसिस गराइरहेका बिरामीको आकर्षण प्रत्यारोपणतर्फ बढेको छ । यद्यपि, प्रत्यारोपणले आवश्यक मात्रामा गति भने दिन सकेको छैन ।

३ लाख नेपालीको मिर्गौला फेल, करिब ३० लाखमा समस्या
केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलामा समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

प्रतिवर्ष ३ हजार नयाँ बिरामी थपिँदै
नेपालमा प्रत्येक वर्ष मिर्गौलारोगको उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांकले पुष्टि गरेको छ । यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्र हो । कतिपय बिरामी स्वास्थ्योपचारमा पहुँच अभाव र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य छन् ।

साढे ४ हजार डायलाइसिसमा
नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ४ हजार ५ सय मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् ।

निजी अस्पतालमा प्रत्यारोपणका लागि पूर्णकालीन डाक्टर अभाव
अंग प्रत्यारोपणका लागि अस्पतालमा शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुनुपर्छ । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका, २०७५ को दफा २८ को उपदफा २ (ग) मा अस्पतालमा अंग प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुर्नुपर्ने प्रावधान छ । तर, अंग प्रत्यारोपणको अनुमति पाएका अधिकांश निजी अस्पतालमा पूर्णकालीन अवस्थामा शल्यचिकित्सक छैनन् ।

अंग प्रत्यारोपण समन्वय समितिका सदस्य डा. ऋषिकुमार काफ्लेका अनुसार समितिले निजी अस्पताललाई ६ महिनाभित्र पूर्णकालीन शल्यचिकित्सक र फिजिसियनको व्यवस्था गर्न भनेको छ । तोकिएको समयसीमाभित्र चिकित्सकको व्यवस्था नगरे अस्पतालको लाइसेन्स रद्द हुने उनको भनाइ छ । उनी भन्छन्, ‘डाक्टरले एक अस्पतालमा काम गर्ने तथा अर्को अस्पतालमा गएर प्रत्यारोपण गर्ने गरेका छन् । सरकारले अंग प्रत्यारोपणका लागि निर्धारण गरेको न्यूनतम मापदण्ड सबैले पूरा गर्नुपर्छ ।’

प्रत्यारोपणका लागि अस्पतालमा दुईवटा अप्रेसन थिएटर, त्यसलाई चाहिने एनेस्थेसियाको इक्विपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्तपरीक्षण २४ घण्टै उपलब्ध हुनुपर्नेजस्ता विषय आवश्यक पर्छन् । त्यसैगरी, शल्यचिकित्सक र फिजिसियन, एनेस्थेसिओलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट आदि जनशक्ति आवश्यक हुन्छ । मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे चार लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, क्रसचेकबापत ५० हजार रूपैयाँ तथा औषधिबापत एक लाख रूपैयाँ गरी प्रत्यारोपणको केसमा अधिकतम साढे ६ लाख रुपैयाँ सरकारले लगानी गरिरहेको छ ।

अंग प्रत्यारोपण समन्वय समितिका पदाधिकारी
अध्यक्ष  :  डा. दिव्यासिंह शाह
सदस्य : डा. राकेशकुमार बर्मा
सदस्य : डा. ऋषिकुमार काफ्ले,
सदस्य :  डा. दिलीप शर्मा
सदस्य : डा. वीरेन्द्रप्रसाद यादव
सदस्य :  डा. दीपेन्द्ररमण सिंह,
सदस्य : डा. मुक्तिराम श्रेष्ठ,
सदस्य–सचिव :  डा. गुणराज लोहनी र श्री पुरुषोत्तम नेपाल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका ११ वर्ष, ५७२ सफल प्रत्यारोपण

नेपालमा मिर्गौला प्रत्यारोपणको ११ वर्ष पूरा भएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ११ वर्षअघि आजकै दिन (८ अगस्टमा) मिर्गौलाको पहिलो सफल प्रत्यारोपण गराएको थियो । मिर्गौला प्रत्यारोपणको इतिहासलाई केलाउँदा सन् २००७ मा सोल्टी होटेलमा नट्स अफ सार्कको सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोेखरेलले नेपालमा प्रत्यारोपणको आवश्यकता महसुस गरी अंग प्रत्यारोपण समन्वय समितिको गठन गरेका थिए । समितिले प्रत्यारोपण सम्भव छ वा छैन, कुन अस्पताललाई कसरी लाइसेन्स दिनेलगायत विषयमा अध्ययन गरी सिफरिस गर्ने जिम्मेवारी पाएको थियो ।

स्वदेशमा प्रत्यारोपण सेवा उपलब्ध नहुँदा अन्य देशमा गएर महँगो मूल्यमा प्रत्यारोपण गराएर आउनुपर्ने बाध्यता र त्यसपछि पनि आवश्यक नियमित चेकजाँच र उपचारसमेत स्वदेशमा उपलब्ध नहुँदा बिरामीले पटक–पटक विदेश धाइरहनुपर्ने असहज अवस्था थियो । यही झन्झटिलो उपचारसेवा पनि सम्भ्रान्त परिवारको मात्र पहुँचमा थियो, किनकि, निम्न र मध्यमवर्गीय परिवारका लागि विदेश गएर प्रत्यारोपण गराउनु र त्यसपछिको नियमित व्ययभारको वहन गर्नु कल्पनाबाहिरको कुरा थियो ।

अर्कोतर्फ मुलुकमा मिर्गौला फेलका बिरामीको संख्या बढ्दै थियो । मिर्गौलारोगीको यसकिसिमको उपचारमा पहुँचहीनताको अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालका केही चिकित्सकले आफ्नै अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्न सक्रियता देखाए । अस्पतालले प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्यका साथ तयारी बढाइरहेकै थियो, समितिले पनि पूर्वाधार, जनशक्तिलगायतको अध्ययन–अनुसन्धान गरी सक्षम पाइएका केही अस्पताललाई प्रत्यारोपण लाइसेन्स दिने प्रक्रिया बढायो ।

यसैबीच, त्रिवि अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति प्राप्त गर्यो । लाइन्सेस पाएसँगै अस्पताल मिर्गौला प्रत्यारोपणको तयारीमा जुट्यो । नेपालमै पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह र युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी बने । आफ्नी श्रीमतीले मिर्गौला दान गरेर श्रेष्ठलाई पुनर्जीवन दिइन् । प्रत्यारोपणले एक दशक पार गर्दा हाल सरकारी र निजी गरी ८ वटा अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाइसकेका छन् । हालसम्म १ हजार ३ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण भइसकेको सरकारी तथ्यांक छ ।

त्रिविमा ५ सय ७२ प्रत्यारोपण, ५ महिना पालो कुर्नुपर्ने बाध्यता
त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागले हालसम्म ५ सय ७२ वटा प्रत्यारोपण गरिसकेको छ । एउटा विभागका रूपमा एक दशकमा यत्रो संख्यामा प्रत्यारोपण गर्नु आफैँमा महत्वपूर्ण कुरा हो । त्रिविको यो प्रत्यारोपण संख्या मानव अंग प्रत्यारोपणकै लागि स्थापना भएको विशिष्टीकृत अस्पताल मानव अंग प्रत्यारोपण केन्द्रको भन्दा केही मात्र कम हो । यसबाट जनशक्ति र साधन–स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल बिस्तारै आत्मनिर्भरतातर्फ उन्मुख भएको देखिन्छ ।

‘मिर्गौला प्रत्यारोपणलाई अलि सहज, सरकारको सहयोग, ब्रेनडेथ भएकाबाट मिर्गौला लिई प्रत्यारोपण (क्याडामेरिक प्रोग्राम) सुरु गर्न सकेमा डायलाइसिसमा लामो समय बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सहज हुने थियो,’ डा. चालिसे भन्छन्, ‘यसका साथै छुट्टै मिर्गौला रोग केन्द्र स्थापना गर्न सकेमा अझ बढी बिरामीले सेवा पाउने कुरामा विश्वस्त छु ।’

सुरुवाती दिनहरूमा हप्ताको एउटा मात्र प्रत्यारोपण गर्दै आएको त्रिविले प्रत्यारोपण गर्ने बिरामीको चाप बढ्दै गएपछि प्रत्येक साताको बुधबार दुईवटा प्रत्यारोपण गर्न थालेको अस्पतालका मिर्गौला विशेषज्ञ उपप्रा. डा. पवनराज चालिसेले जानकारी दिए । पूर्वाधारको कमीका बाबजुद पनि अस्पतालले मिर्गौला प्रत्यारोपणका लागी हप्तामा एकदिन २ वटा अप्रेशन थिएटरको समय दिएको छ । तर, यसले प्रत्यारोपणको माग थेग्न सकिरहेको छैन । अस्पतालले एकदिनको मात्र समय उपलब्ध गराउन सक्दा प्रत्यारोपणका लागि बिरामीले ४–५ महिनासम्म कुनुपर्ने बाध्यता विद्यमान छ । सबै विभागहरूलाई अप्रेशन गर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले तत्काल भौतिक पूर्वधार नबढेसम्म हप्तामा २ जनाले मात्र सेवा पाउने छन् ।

धेरै विभाग हुँदा विशेषज्ञका हिसाबले प्रत्यारोपणमा फाइदा, साधन–स्रोतका हिसाबले घाटा
प्रत्यारोपणका लागि युरोलोजिस्ट, नेफ्रोलोजिस्ट, रेडियोलोजि, ल्याब, नसिंङ्ग सेवा लगाएतका अन्य विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ । ‘अस्पतालमा सबै विभाग मजबुत भएका कारण उपचारका क्रममा केही समस्या देखिएको खण्डमा त्यसको तत्काल समाधान गर्न सहज हुन्छ,’ डा. चालिसे भन्छन्, ‘तर, धेरै विभागबीच भएका पूर्वाधार र अप्रेसन थिएटरहरू बाँढ्नुपर्दा प्रत्यारोपणलाई मात्र समय दिन सकिराखिएको छैन । यसको विकल्प भनेको त्रिवि शिक्षण अस्पताल हातामा छुट्टै मिर्गौलारोगको सेन्टर स्थापना गर्नु नै हो ।’

मिर्गौला फेल हुने कारणमा पिसाबनलीमा ढुंगा
अस्पतालमा आएका बिरामीका आधारमा मिर्गौला फेल हुने प्रमुख कारण पिसाब बन्द हुने समस्या रहेको चिकित्सकहरूको अनुभव छ । बिरामीका दुवै पिसाबनलीमा ढुंगा आएर बसेको खण्डमा पिसाब रोकिन गई मिर्गौला फेल हुने उच्च सम्भावना हुने चिकित्सकको भनाइ छ । तर, तुरुन्तै अप्रेसन गरेर ढुंगा निकाल्न सकेको खण्डमा भोलिका दिनमा मिर्गौला फेल हुनबाट जोगिन सकिने डा. चालिसे बताउँछन् ।

‘रोग लागेको प्रथम चरणमै उपचार गराएको खण्डमा मिर्गौला बचाउन सकिन्छ,’ डा. चालिसे भन्छन्, ‘मधुमेह भएको खण्डमा सुगरलाई नियन्त्रणमा राख्न सकिएन भने यसको असर आँखा, मिर्गौला र मुटुमा पर्ने गर्छ । मिर्गौलामा असर गरेमा जीवनभर डायलाइसिस गर्नुपर्ने अवस्था आउँछ । पहिले नै नियन्त्रणमा राख्न सकेको खण्डमा मिर्गौला फेल हुनबाट जोगाउन सकिन्छ ।’ मिर्गौला फेल हुनुमा अस्वस्थकर खानपिन, पानी कम खानु, रक्तचाप र मधुमेहमा नियन्त्रण नहुनुजस्ता कारण प्रमुख रूपमा रहेको उनको भनाइ छ ।

मिर्गौला फेल गराउने अर्को रोग ‘गोल्मेरुलो नेप्राइटिस’
चिकित्सा विज्ञानले मिर्गौला उपचारको क्षेत्रमा धेरै ठूलो उपलब्धि हासिल गरिसकेको छ । प्रविधि र चिकित्साज्ञानको विकाससँगै मिर्गौलाको प्रत्यारोपणमा समेत अभूतपूर्व सफलता हासिल भइरहेकै छ । समयमै उपचार गराउने हो भने अधिकतर मिर्गौलारोगमा डायलाइसिस वा प्रत्यारोपणमा पुग्नुपर्ने अवस्थै नआउने र सामान्य उपचारबाटै रोग निको हुने चिकित्सकहरू बताउँछन् ।

सामान्यतया सबैखाले मिर्गौलारोगको उपचारमा सफलता मिलेको छ । तर, मिर्गौलाको यस्तो रोग पनि छ, जुन पत्थरी, मधुमेह, प्रेसर केही नभएको व्यक्तिलाई पनि हुने गर्दछ । ‘गोमेरुन नेफ्रोनाइटिज’ नाम दिइएको मिर्गौलारोग मानव शरीरभित्रैबाट आउने रोग हो, जसको उपचार नगराएमा मिर्गौला फेल हुने सम्भावना हुन्छ ।
‘गोमेरुन नेफ्रोनाइटिज रोग भने शरीरभित्रबाटै आउने रोग हो, जसले जिउमा नै अटो एन्टिबडी बनेर मिर्गौलालाई बिगार्ने काम गर्छ,’ डा. चालिसे भन्छन्, ‘यो बच्चा तथा युवामा देखिने गर्छ, जसको उपचारका लागि चाँडै डाक्टरको सल्लाहमा बस्नुपर्छ र फेल नै भएको अवस्थामा प्रत्यारोपणमा जानुपर्ने हुन्छ ।’

पछिल्लो वर्ष २२ हजार युरोका बिरामीले ओपिडीसेवा लिए, ४०% मा अप्रेसन आवश्यक
पछिल्लो एक वर्षमा त्रिवि शिक्षण अस्पतालमा युरोका २२ हजार बिरामीले ओपिडीसेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ । एकदिनमा सयदेखि १ सय ५० को हाराहारीमा बिरामी आउने गरेको चालिसे बताउँछन् । देशकै उपचारको केन्द्र मानिने त्रिवि अस्पतालमा धेरैजसो बिरामी मुलुकभरका अस्पतालबाट रेफर भएर आउने गरेका छन् । त्यसरी रेफर भएर आएका अधिकांश युरोका बिरामीको अवस्था जटिल हुने हुँदा अप्रेसन आवश्यक हुने गरेको डा. चालिसेको अनुभव छ । सयजना बिरामीको ओपिडी चेकजाँचका क्रममा ४० जनालाई अप्रेसन गर्नुपर्ने केस आउने गरेको डा. चालिसेको भनाइ छ ।

प्रत्यारोपणमा ९३ प्रतिशत सफलता (११ वर्षमा)
मिर्गौला प्रत्यारोपणमा शतप्रतिशत सफलता हासिल हुन्छ भन्ने होइन । शिक्षण अस्पतालको ११ वर्षको अवधिलाई हेर्ने हो भने पेसेन्ट सभाइबल दर ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत बिरामीको सर्जरी कम्पिकेसन्स (शल्यक्रियामा जटिलता), इन्फेक्सन (संक्रमण), एमआई भएर हर्टयाट्याकलगायत कारणले मुत्यु भएको तथ्यांक छ । त्यसैगरी, ग्राफ सर्भाइबल प्रत्यारोपण गरेको मिर्गौलाले कति वर्षसम्म काम गर्यो त भन्ने विषय महत्त्वपूर्ण हुन्छ । टिचिङको ग्राफ सर्भाइबरको ११ वर्षसम्मको आँकडा हेर्ने हो भने ८८ प्रतिशतभन्दा बढी छ । यस्ता बिरामीको पुनः मिर्गौलामा समस्या देखापर्छ । ‘बिरामी बाँच्छ, तर फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ या डायलाइसिसमा जानुपर्छ,’ डा. चालिसे बताउँछन् ।

ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकाल्न सुरु

मिर्गौला प्रत्यारोपणमा स्वस्थ मानिसबाट एउटा मिर्गौला निकालेर जोड्नयोग्य बनाएर अर्को मानिसमा जोडिदिने काम गरिन्छ । दाता (डोनर)को जीवित मिर्गौला निकाल्दा दुईवटा विधिको प्रयोग गरिन्छ । यसअघि सामान्यतया चिरफार विधिबाट मिर्गौला निकाल्ने गरिन्थ्यो । तर, हाल आधुनिक प्रविधि ल्याप्रोस्कोपीबाट सानो प्वाल पारेर मिर्गौला निकाल्ने गरेको डा. चालिसे बताउँछन् । यसको फाइदा बिरामीलाई नदुख्ने, शरीरमा ठूलो चिरफारको दाग नदेखिने हुन्छ । नेपालमा पनि ल्याप्रोस्कोपीमार्फत ६–७ जनाको मिर्गौला निकालिएको छ भने टिचिङ अस्पतालमा पनि ल्याप्रोस्कोपिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण चाँडै सुरु हुने विश्वास डा. चालिसेको छ ।

‘विश्वको ट्रेन्ड हर्ने हो भने रोबटिक प्रविधिबाट मिर्गौला जोड्ने काम भइरहेका छन्, जुन हाम्रो छिमेकी देश भारतमा समेत सञ्चालन भइसकेको छ,’ डा. चलिसे भन्छन्, ‘तर, नेपालमा भने यसस्तरको प्रविधि उपलब्ध नभएको र रोबटिक प्रविधिबाट प्रत्यारोपण गर्दाको जोखिम तथा मूल्य पनि बढी हुने भएकाले यो सेवा दिन सकिने अवस्था छैन ।’

मिर्गौलाका बिरामीको संख्या बढ्दोक्रममा भए पनि नेपालभर क्रसम्याच र एचएलए ट्रेस गराउन समस्या छ । नेपालमा यो सेवा आरोग्य केन्द्रमा मात्र उपलब्ध छ । पहिलेका दिनमा भारतको दिल्लीमा गएर गर्नुपर्ने बाध्यता थियो, जुन केही हदसम्म घटेको छ । तर, बिरामीको चापलाई हेर्दा प्रत्यारोपण गर्ने अस्पतालमा क्रसम्याच र एचएलए ट्रेसको सेवा उपलब्ध हुनुपर्ने देखिन्छ ।

प्रत्यारोपणलाई सजिलो बनाउन ल्याबमा प्रविधिको विकास गर्नुपर्ने देखिन्छ । यो सबै गर्नका लागि एउटा शिक्षण अस्पतालको हाताभित्र मिर्गौला प्रत्यारोपणको छुट्टै केन्द्र आवश्यक भएको डा. चालिसेको भनाइ छ ।

नेपालका मिर्गौला प्रत्यारोपणको अनुमति पाएका अस्पतालमध्ये एक विभागका रूपमा रहेर मिर्गौला प्रत्यारोपणलाई उच्च सफलतापूर्वक निरन्तरता दिँदै आएको शिक्षण अस्पतालले कसरी अझ बढी प्रभावकारी ढंगबाट यस प्रोग्रामलाई अगाडि बढाउँछ भन्ने प्रश्न गहन छ । डा. चालिसे भन्छन्, ‘अस्पतालमा आएका सबै बिरामीलाई डायलाइसिस गराउन सकिरहेको अवस्था छैन । ‘मिर्गौला प्रत्यारोपणलाई अलि सहज, सरकारको सहयोग, ब्रेनडेथ भएकाबाट मिर्गौला लिई प्रत्यारोपण (क्याडामेरिक प्रोग्राम) सुरु गर्न सकेमा डायलाइसिसमा लामो समय बस्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सहज हुने थियो,’ डा. चालिसे भन्छन्, ‘यसका साथै छुट्टै मिर्गौला रोग केन्द्र स्थापना गर्न सकेमा अझ बढी बिरामीले सेवा पाउने कुरामा विश्वस्त छु ।’

प्रत्यारोपणका लागि अधिकतम ५ लाख ५० हजारबराबरको सरकारी सुविधा, तर प्रत्यारोपणपछिको महँगो औषधिले समस्या
सरकारले मिर्गौलाका बिरामीलाई डायलाइसिसदेखि लिएर प्रत्यारोपण गर्दा लाग्ने उपचारसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर, धेरै नेपालीको जीवनस्तर आर्थिक हिसाबले कमजोर भएका कारण प्रत्यारोपण गरेपश्चात् नियमित खानुपर्ने औषिधिले समस्या पार्ने गरेको छ । प्रत्यारोपणपछि बाँचुन्जेल खानुपर्ने औषधि महँगो भएका कारण पनि प्रत्यारोपण गर्न नसक्ने अवस्थामा सिर्जना भइरहेको छ ।

नेपालमै पहिलोपटक ८ अगस्ट २००८ मा त्रिवि अस्पतालमा नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाह र युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टिमले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपणलाई मूर्तरूप दियो । हेमराज श्रेष्ठ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने पहिलो बिरामी बने । आफ्नी श्रीमतीले मिर्गौला दान गरेर श्रेष्ठलाई पुनर्जीवन दिइन् ।

मिर्गौलारोगीले प्रत्यारोपण गरेको खण्डमा ४ लाख, डायलाइसिस पूर्णतया निःशुल्क, औषधोपचारका लागि १ लाख, प्रत्यारोपण गरेपश्चात् औषधि सेवनका लागि १ लाख, मिर्गौला दिने र लिनेको क्रसजाँचका लागि ५० हजारसम्मको उपचारसेवा सरकारले उपलब्ध गराउने व्यवस्था छ । समग्रमा प्रत्यारोपण गर्ने मिर्गौलारोगीको हकमा अधिकतम ५ लाख ५० हजारसम्मको उपचारखर्च सरकारले बेहोर्दै आएको छ ।

प्रत्यारोपणपछि बिरामीलाई प्रत्येक महिना करिब १५ हजारको औषधि खानुपर्ने हुन्छ । प्रत्यारोपणका बिरामीले एक–दुई दिन मात्र पनि औषधि खान छोडेको खण्डमा रिजेक्सनमा जाने सम्भावना हुने डा. चालिसे बताउँछन् । उनी भन्छन्, ‘सरकारले औषधिमा केही सहुलियत प्रदान गर्ने वा औषधिमा करछुटको व्यवस्था गरेको खण्डमा धेरै मिर्गौलारोगीलाई सहयोग पुग्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अस्पतालले पाउने भए ९ महिनादेखि रोकिएको विपन्न नागरिक उपचार भुक्तानी, सेवा नदिने अस्पताललाई सूचीकरणबाट हटाइने

८ प्रकारका जटिल तथा असाध्य रोग लागेका नागरिकलाई निःशुल्क उपचारसेवा दिएबापत सरकारले दिनुपर्ने ९ महिनाको भुक्तानी रकम अस्पतालहरूले पाउने भएका छन् । विपन्न नागरिक औषधोपचार कोष निर्देशका २०७५ बमोजिम अस्पतालबाट शोधभर्ना माग रकम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा शाखाबाट विश्लेषण एवम् रुजु गरेको आधारमा २७ जेठ ०७६ को ‘विपन्न नागरिक औषधोपचार व्यवस्थापन समिति’को अध्यक्षको रोहबरमा बसेको बैठकले भुक्तानी दिने निर्णय गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म भुक्तानी रकम लिन बाँकी अस्पतालले १ अर्ब १ करोड ५ लाख ९७ हजार ९ सय २ रुपयाँ भुक्तानी रकम पाउने भएका हुन् ।

साउन र भदौमा ६ वटा अस्पताललाई ८४ लाख ३७ हजार ६ सय ४६ रुपयाँ

६ वटा अस्पतालले साउन र भदौ महिनाको ८४ लाख ३७ हजार ६ सय ४६ भुक्तानी रकम लिन बाँकी थियो, जसमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, आरोग्य स्वास्थ्य प्रतिष्ठान, भेरी अञ्चल अस्पताल र गजेन्द्रनारायण अस्पताल छन् । उल्लेखित अस्पतालमा ५ सय ८८ बिरामीले उपचार गराएका थिए ।

२२ वटा अस्पताललाई असोज र कात्तिक महिनाको ४ करोड, ९३ लाख, ३६ हजार ७ सय ५९ भुक्तानी

उपचारसेवा दिने २२ वटा अस्पतालले असोज र कात्तिक महिनाको ४ करोड, ९३ लाख, ३६ हजार ७ सय ५९ रूपैयाँ भुक्तानी पाएका छन्, जसमा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, गण्डकी मेडिकल कलेज, भरतपुर अस्पतालसहित अन्य १८ वटा अस्पताल छन् । उल्लेखित २२ अस्पतालमा २ हजार ९ सय १५ बिरामीले उपचार गराएका थिए ।

यसैगरी, ६८ वटा अस्पतालले मंसिर र पुस महिनाको ३६ करोड, ३३ लाख, ८० हजार ४ सय ५१ रूपैयाँ भुक्तानी पाएका छन् । आर्थिक वर्ष ०७५÷७६ को दोस्रो चौमासिकको उल्लेखित महिना ६८ अस्पतालले उपचारसेवा दिई शोधभर्ना माग गरेका थिए, जसमा राष्ट्रि«य ट्र«मा सेन्टर, ग्रान्डी इन्टरनेसनल हस्पिटल, नेसनल डायलाइसिस सेन्टर, चितवन मेडिकल कलेज, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानलगायत छन् ।

त्यसैगरी, माघ र फागुन महिनामा ६९ वटा अस्पतालले सेवा दिई ३७ करोड, ७७ लाख, ११ हजार ५ सय ८१ रूपैयाँ भुक्तानी दाबी गरेका थिए । प्रतिवेदनसहित भुक्तानी मागदाबी गर्ने अस्पताललाई भुक्तानी दिइएको छ । यसमा कान्ति बाल अस्पताल, जनकपुर अञ्चल अस्पताल, सहिद गंगालाल राष्ट्रि«य हृदय केन्द्र, भेरी अञ्चल अस्पताललगायत छन् । विपन्न नागरिक उपचारका लागि तोकिएका ६९ वटा अस्पतालमार्फत माघ र फागुन महिनामा १५ हजार ८ सय ७३ बिरामीले सेवा लिएका थिए ।

त्यस्तै, चैत महिनामा ६६ वटा अस्पताललाई १९ करोड, २० लाख, ५३ हजार ३ सय ४५ रूपैयाँ भुक्तानी  दिइएको छ । चैत महिनामा ६६ वटा अस्पतालबाट ८ हजार ३ सय ७३ जनाले उपचार सेवा लिएका छन्, जसमा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, नारायणी उपश्रेत्रीय अस्पताल, काठमाडौं क्यान्सर सेन्टरलगायत ६३ वटा अस्पताल छन् ।

मिर्गौला प्रत्यारोपणपश्चात् औषधि सेवनका लागि १३ जनालाई एक–एक लाख

‘विपन्न नागरिक औषधोपचार व्यवस्थापन समिति’को बैठकले मिर्गौला प्रत्यारापेणपश्चात् १३ बिरामीलाई औषधि सेवनका लागि प्रतिबिरामी १ लाखका दरले उपचार खर्च दिने निर्णय गरेको छ, जसमा अरुणकुमार देवजू, मोहनकुमार सिंह माथेमा, जयप्रकाश जाकिबन्जार, तीर्थमाया डंगोल, रूपनारायण भुजेल, धिर्जमान श्रेष्ठ, सन्तोष कार्की, रामप्रसाद भुसाल, दुर्गाबहादुर खत्री, पूर्णकुमारी मल्ल, गंगाधर ढुंगाना र भीमबहादुर कुँवर छन् ।

१२३ मिर्गौलारोगीलाई एचएलए टेस्ट र औषधि सेवनका लागि १ करोड ८३ लाख, ७८ हजार १ सय ३० रूपँयाको भुक्तानी दिइएको छ । विपन्न नागरिक औषधोपचार कोष निर्देशका २०७५ को दफा ४ को उपदफा ६ बमोजिम मिर्गौला प्रत्यारोपणपूर्व गरिनेअंगदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण (एचएलए टेस्ट)का लागि ५० हजार र प्रत्यारोपणपश्चात् औषधिमा सहुयितका लागि १ लाख दिने व्यवस्था १६ जेठसम्म आएको निवेदनका आधारमा १ सय २३ जनालाई भुक्तानी दिइने भएको छ, जसमा १ करोड ८३ लाख, ७८ हजार १ सय ३० रूपैयाँ रकम विनियोजन भएको छ ।

हालसम्म विपन्न नागरिक औषधोपचार नदिएका अस्पताललाई सूचीकरणबाटै हटाउने तयारी

विपन्न नागरिक औषधोपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भई हालसम्म सेवा प्रदान नगर्ने अस्पतालहरूका सम्बन्धमा बैठकले कार्यविधिकै व्यवस्थाअनुसार स्वास्थ्यसेवा विभागको सिफारिसमा सूचीकरणबाट हटाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

विपन्न नागरिक उपचारसेवा प्रदान गर्न अस्पतालहरूले तोकिएको ढाँचामा निवेदन दिई सूचीकृत हुनुपर्ने कार्यविधिको प्रावधान छ । यसअन्तर्गत देशभरका ८० अस्पताल सूचीकृत भएका थिए । सूचीकृतमध्ये हालसम्म ७१ अस्पतालले मात्र सेवा प्रदान गर्दै आएका छन् । सूचीकृत भएर पनि सेवा प्रदान नगर्ने बाँकी ९ अस्पताललाई सूचीकरणबाट हटाउन प्रक्रिया थालिएको हो । नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी, जिल्ला अस्पताल बर्दिया, जिल्ला अस्पताल नवलपरासी, जिल्ला अस्पताल कपिलवस्तु, विराटनगर अस्पताल प्रालि, बी एन्ड सी मेडिकल कलेज, भरतपुर सेन्ट्रल हस्पिटल, चुरेहिल हस्पिटल र कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले उपचारका लागि स्वीकृति लिए पनि हालसम्म सेवा प्रदान नदिएका हुन् ।

सरकारले मुटु, क्यान्सर, इस्पाइनल इन्जुरी, पार्किन्सन्स, सिकेलसेल, अल्जाइमर र हेड इन्जुरीको उपचारमा १ लाखसम्मको निःशुल्क उपचारसेवा दिँदै आएको छ । मिर्गौलारोगीले प्रत्यारोपण गरेको खण्डमा भने ४ लाख, डायलाइसिस पूर्णतया निःशुल्क, औषधोपचारका लागि १ लाख, प्रत्यारोपण गरेपश्चात् औषधि सेवनका लागि १ लाख, मिर्गौला दिने र लिनेको क्रसजाँचका लागि ५० हजारसम्मको उपचारसेवा पाउने व्यवस्था छ । समग्रमा प्रत्यारोपण गर्ने मिर्गौलारोगीको हकमा अधिकतम ६ लाख ५० हजारसम्मको उपचार सुविधा सरकारले निःशुल्क गराउँदै आएको छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपण अनुमति, कलेजो प्रत्यारोपणको समेत तयारी

चितवन मेडिकल कलेजले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ । अंग प्रत्यारोपण समन्वय समितिको सोमबारको बैठकले अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको अनुमति दिएको हो ।

उपत्यकाबाहिर रहेका मेडिकल कलेज शिक्षण अस्पतालमध्ये राम्रो बिरामीको चाप रहेको अस्पताललाई समितिले अनुमिति दिएको हो । अस्पतालले छिट्टै कलेजो प्रत्यारोपणसमेत सुरु गर्ने जनाएको छ । अस्पतालमा प्रत्यारोपणका लागि कलेज प्रत्यारोपण सर्जन डा. छेतेन योञ्जन तामाङ, डा. बरुण श्रेष्ठ, एनेस्थेसियामा डा. गोपेन्द्र देव छन् ।

मिर्गौला विशेषज्ञमा डा. राजिव शाह र डा. अरुण सेढाईँ छन् । रेडियोलोजी तर्फ डा. दिपक अधिकारी छन् । यससँगै चितवन मेडिकल कलेज मिर्गौला प्रत्यारोपण अनुमति पाउने निजीक्षेत्रको पाँचौ र समग्रमा आठौँ अस्पताल बनेको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालले भौतिक पूर्वाधार, प्राविधिक उपकरण, जनशक्तिलगायत सबै तयारी पूरा भएपछि अंग प्रत्यारोपण समन्वय समितिले अस्पतालको तयारीबारे स्थलगत अध्ययन गरी योग्य ठहर गरेको हो ।

सन् २००७ मा सेवा सुरु गरेको अस्पताल सघन उपचारमा सबैभन्दा बढी पूर्वाधार र प्रविधियुक्त अस्पतालमा गनिन्छ । यतिधेरै क्रिटिकल केयरका पूर्वाधार कमै अस्पतालमा छ । अस्पतालका अनुसार सिएमसीमा २५ बेडको एनआइसियू, १७ बेडको पिआइसियू, ३७ बेडको मेडिकल आइसियु,  २२ बेडको सर्जिकल छन् । अस्पतालमा नेपालमै विशेष हेपाटोविलियारी पेनक्रियाटिक सर्जरी आइसियु ६ बेड छ । तीबाहेक ११ बेडको न्यूरो आइसियु र ६ बेडकै इर्मजेन्सी आइसियुसमेत सञ्चालनमा छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुमेरु अस्पताललाई मिर्गौला प्रत्यारोपण अनुमति, निजीमा चौथो, समग्रमा सातौँ

धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ । अंग प्रत्यारोपण समन्वय समितिको ७ फागुनको निर्णयबाट अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको अनुमति पाएको हो । यससँगै सुमेरु मिर्गौला प्रत्यारोपण अनुमति पाउने निजीक्षेत्रको चौथो र समग्रमा सातौँ अस्पताल बनेको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालले भौतिक पूर्वाधार, प्राविधिक उपकरण, जनशक्तिलगायत सबै तयारी पूरा भएपछि अंग प्रत्यारोपण समन्वय समितिले अस्पतालको तयारीबारे स्थलगत अध्ययन गरी योग्य ठहर गरेको हो । भर्खरै अनुमति पाएकाले केही समय लागे पनि यथाशक्य छिटो सेवा सुरु गर्ने अस्पतालले बताएको छ ।

सुमेरु सामुदायिक अस्पतालमा ट्रान्सप्लाल्ट सर्जनमा डा. वीरेन्द्र यादव, डा. करण श्रेष्ठ र डा. डिबी कार्की उपलब्ध छन् । त्यसैगरी, नेफ्रोलोजिस्टमा डा. राजेन्द्र अग्रवाल (लाइसेन्सप्राप्त), डा. ऋषिकुमार काफ्ले, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ र डा. सर्जीव आचार्य रहेको अस्पताले जनाएको छ । मिर्गौला प्रत्यारोपणको विगतलाई हेर्ने हो भने सन् २००८ को अगस्त ८ मा त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक प्रत्यारोपण भएको थियो । सोही वर्ष १२ डिसेम्बरमा वीर अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो ।

प्रत्यारोपणका लागि जनशक्ति र उपकरण जडानको काम सकिएको तर केही कागजी काम बाँकी रहेको डा. काफ्लेको भनाइ छ । ‘बिरामीलाई दिनुपर्ने लिगल डकुमेन्टका लागि टिचिङ कमिटी बनाउनुपर्ने हुन्छ । यसका लागि सिडिओ कार्यालयबाट प्रतिनिधि बोलाएर कमिटी बनाउने चरणमा छौँ,’ डा. काफ्लेले भने ।

सरकारले मिर्गौला प्रत्यारोणका लागि दिने ४ लाख रूपैयाँले बिरामीको उपचार गराउने अस्पतालका मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । ‘नेपाल सरकारले सरकारी अस्पताललाई दिने गरेको ४ लाख रूपैयाँ हामीलाई पनि देओस्,’ डा. काफ्ले भन्छन्, ‘त्यसका लागि हामीले सरकारसमक्ष निवेदन पेस गरेका छौँ ।’

सरकारसँग ४ लाख लिएर बिरामीलाई उपचार दिने तर अप्रेसन गर्नुपूर्वदेखि नै खानुपर्ने औषधि (एपेजी) बिरामी आफैँले किन्नुपर्ने उनले बताए । उक्त औषधिको मूल्य १ लाखभन्दा बढी पर्छ । सरकारले दिने ४ लाख रूपैयाँ दिने हो भने दिगो रूपले बिरामीलाई सेवा–सुविधा दिन सकिन्छ । धेरै महँगो पैसा तिरेर सर्वसाधारणले गर्न सक्ने अवस्था छैन ।

निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा ८ देखि १० लाखसम्म लाग्ने गरेको छ । निजीक्षेत्रमा ग्रान्डी, निदान, चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका छन् । कानुनतः अंग प्रत्यारोपणका लागि चिकित्सक र संस्था दुवै सूचीकृत भएर अनुमति लिनुपर्छ ।

 

‘भर्खरै अनुमति पाएका छौँ, कति पैसामा कसरी कहिलेदेखि प्रत्यारोपण सुरु गर्ने भन्ने विषय निर्धारण भएको छैन,’ अस्पतालका प्रबन्धनिर्देशक डा. हेमराज दाहालले भने, ‘हामीले बिरामीलाई स्तरीय तर सस्तोमा उपचारसेवा दिन लागेका छौँ ।’ प्रत्यारोपणका लागि जनशक्ति र उपकरण जडानको काम सकिएको तर केही कागजी काम बाँकी रहेको डा. काफ्लेको भनाइ छ । ‘बिरामीलाई दिनुपर्ने लिगल डकुमेन्टका लागि टिचिङ कमिटी बनाउनुपर्ने हुन्छ । यसका लागि सिडिओ कार्यालयबाट प्रतिनिधि बोलाएर कमिटी बनाउने चरणमा छौँ,’ डा. काफ्लेले भने ।

अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अप्रसेन थिएटर, बिरामीको अप्रेसनपछि इन्टेन्सिभ केयरिङमा राख्ने व्यवस्था, डायलाइसिस मेसिन, प्रत्यारोपणका लागि आवश्यक अन्य उपकरण र जनशक्तिको व्यवस्था गर्नुपर्ने हुन्छ ।

नेफ्रोलोजिस्ट डा. दीव्यासिंह शाह र अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रेन्सिसको टोलीले शिक्षण अस्पतालमा र डा. पुकारचन्द्र श्रेष्ठ र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका डा. सन्दीप गुलरियाले वीरमा मिर्गौला प्रत्यारोपणमा सफलता हासिल गरेका थिए । हालसम्म सरकारी र निजी अस्पतालमा गरेर १३ सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण गरिएको तथ्यांक छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै