प्रधानमन्त्री ओलीको उपचारमा ३ विकल्प : प्लाज्मा फेरेसिस, पुनः प्रत्यारोपण, डायलाइसिस

शरीरमा कुनै पनि अंग प्रत्यारोपण गरेपछि शरीरको रोगप्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडीलाई कमजोर बनाउने काम गरिन्छ । प्रत्यारोपण गरिएको अंगलाई शरीरले अरूको हो भनेर नचिनोस् र अस्वीकार नगरोस् भन्नका लागि औषधि दिइएको हुन्छ, जसले शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र तिनलाई अस्वीकार गर्ने प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाइरहेको हुन्छ ।

प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएमा वा त्यसले राम्ररी काम गर्न नसकेमा रगतमा एन्टिबडी बढ्ने गर्छ । किनकि, यतिवेला शरीरले प्रत्यारोपित मिर्गौला आफ्नो शरीरको नभई अरूको हो भनेर चिन्न थालेको हुन्छ र त्यसलाई अस्वीकार गर्न शरीरले एन्टिबडी उत्पादन सुरु गर्छ । जबसम्म शरीरले प्रत्यारोपित मिर्गौला अरूको हो भनेर चिन्दैन, तबसम्म राम्ररी काम गर्छ, तर चिन्न थालेसँगै अस्वीकारको उपाय अपनाउन थाल्छ । यसक्रममा शरीरमा एन्टिबडी बढ्न जान्छ, जसलाई बाहिर निकाल्नु जरुरी हुन्छ । प्रधानमन्त्री केपी ओलीले अहिलेको झेलिरहेको स्वास्थ्य समस्या ठिक यही नै हो । उहाँको १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अरूको अंग भएको चिन्न थालेपछि शरीरमा एन्टिबडी बढ्न थालेको छ, जसलाई बाहिर निकाल्ने प्रयासस्वरूप उपचार गरिँदै छ ।

एन्टिबडी निकाल्न प्लाज्मा फेरेसिस, तर सबैमा उपयोगी हुन्छ भन्ने छैन
प्रत्यारोपण गरिएका व्यक्तिमा एन्टिबडी बन्ने प्रक्रियालाई सीमित राख्न नियमित रूपमा दिइएको औषधिका बाबजुद पनि शरीरले एन्टिबडी बढाउन थालेपछि त्यसलाई बाहिर निकाल्नु जरुरी हुन्छ । शरीरबाट एन्टिबडी निकाल्नका लागि प्लाज्मा फेरेसिस गर्नुपर्ने हुन्छ । प्लाज्मा फेरेसिस रगतमा प्लाज्मा फेर्ने प्रक्रिया हो । रगतमा एउटा भाग रातो रगत हुन्छ भने अर्को सेतो झोल हुन्छ, जसलाई प्लाज्मा भनिन्छ । एन्टिबडी रगतको त्यही झोल अर्थात् प्लाज्मामा हुन्छ । प्लाज्मा फेरेसिस गर्दा रगतमा भएको प्लाज्मालाई फेर्ने काम गरिन्छ, जसका कारण प्लाज्मामा भएको एन्टिबडी बाहिर निस्कन्छ । तर, यो उपायले सबैलाई फाइदा हुन्छ भन्ने छैन ।

प्लाज्मा फेरेसिस विधिको उपचारले कसै–कसैलाई फाइदा गर्छ भने कसैलाई नगर्न पनि सक्छ । एक–दुईपटक प्लाज्मा फेरेसिस गर्दा सुधार आएमा थप केहीपटक गर्नुपर्ने हुन्छ । तर, दुईपटकसम्म गर्दा पनि सुधार नदेखिएमा सामान्यतया थप प्रयास गरिँदैन ।

प्रधानमन्त्रीमा तत्कालका लागि एन्टिबडी बढेका कारण त्यसैप्रति लक्षित भएर चिकित्सकले उपचार गर्न लागिरहनुभएको हो । प्लाज्मा फेरेसिसले राम्रो नतिजा दियो भने मिर्गौला ठिक हुन सक्ने सम्भावना बढी रहन्छ । प्लाज्मा फेरेसिस क्रिएटिन वा एन्टिबडी तल झरेको अवस्थामा मिर्गौला प्रत्यारोपणको आवश्यकता पर्दैन ।

प्लाज्मा फेरेसिस फेल भएको अवस्थामा कि डायलाइसिस, कि त प्रत्यारोपण
प्लाज्मा फेरेसिसपछि बिरामीको मिर्गौलाले नर्मल काम गरेका धेरै उदाहरण छन् । यो उपचार लागेको खण्डमा मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन, तर यदि फेल भएको खण्डमा कि डायलाइसिस कि पुनः प्रत्यारोपणमै जानुपर्ने हुन्छ । त्यो भने प्रधानमन्त्रीमा एक–दुईपटक प्लाज्मा फेरेसिस गरेर हेरेपछि मात्र थाहा हुन्छ ।

समग्र स्वास्थ्यअवस्था हेर्दा प्रधानमन्त्रीमा पुनः प्रत्यारोपण गर्न मिल्छ
प्रधानमन्त्रीको समग्र स्वास्थ्यअवस्थालाई हेर्दा पुनः प्रत्यारोपण पनि गर्न सकिन्छ । ६८ वर्षको उमेरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न असम्भव छ भन्ने कुरा साँचो होइन । प्रधानमन्त्रीको मुटु बलियो देखिन्छ, कलेजो, बे्रन, फोक्सो पनि ठिकै अवस्थामा छन् । उहाँको समग्र स्वास्थ्य राम्रो भएका कारण पुनः प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको खण्डमा सफल प्रत्यारोपणको सम्भावना बढी छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको टेलिफोन वार्तामा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विशेषज्ञको सुझाब : हरेक जन्मदिन मिर्गौला परीक्षण गरेर मनाऔँ

रोग सानो होस् वा ठूलो, अधिकांशमा लाग्नेबित्तिकै शरीरमा रोगका प्रभाव र प्रस्ट चिनिने लक्षणसमेत देखापर्न थाल्छन् । रोगको सुरुवातमा देखिने प्रभाव र लक्षणका कारण समयमै उपचारमा जाँदा बिरामी निको हुने तथा पूर्वअवस्थामै फर्काउन सकिने हुन्छ । तर, मिर्गौलारोगमा त्यस्तो हुँदैन । मिर्गौलारोगमा रोगले धेरै असर पुर्याइसकेपछि मात्र लक्षण देखिन सुरु हुन्छ । मिर्गौलाले झन्डै ६० प्रतिशतभन्दा बढी काम गर्न छाडेपछि मात्र त्यसका लक्षण बिरामीले थाहा पाउने गरेको चिकित्सकहरू बताउँछन् ।

बिरामीले नियमित स्वास्थ्यपरीक्षण गराउँदा मात्र मिर्गौलामा रोग सुरु भएको थाहा हुने हुन्छ । तसर्थ, प्रायः रोगले नच्यापी स्वास्थ्यपरीक्षण नगराउने प्रचलन स्थापित भएको नेपाली समाजमा मिर्गौलामा ६०-७० प्रतिशत क्षति पुगिसकेर लक्षण देखिन थालेपछि मात्र चेकजाँचका अस्पताल पुग्ने गरिएका कारण मिर्गौलारोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । नियमित स्वास्थ्यपरीक्षण, आहार–विहारको सन्तुलनलगायतमा जनसाधारणलाई सचेत गराई मिर्गौला स्वस्थ राख्न सघाउ पुर्याउने उद्देश्यले नै प्रतिवर्ष १४ मार्चमा विश्व मिर्गौला दिवस मनाइँदै आएको छ । यसै अवसरमा बिहीबार काठमाडौं मेडिकल कलेजका मिर्गाैला विशेषज्ञ डा. अनिल पोखरेल नेपालको १० प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मिर्गौलासम्बन्धी रोग हुन सक्ने अनुमान रहेको बताउँछन् । मिर्गौलारोगीमध्ये १० प्रतिशतको अवस्था जटिल हुने गरेको उनको भनाइ छ । ‘अधिकांश व्यक्ति ६०–७० प्रतिशत मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन्,’ डा. पोखरलेले भने, ‘त्यसपछि पुनः सामान्य अवस्थामा मिर्गौलालाई फर्काउन सम्भव हुँदैन ।’

‘प्रारम्भिक चरणमा बिरामीले थाहा पाउँदैनन्, चिकित्सकले समेत पिसाब, रगत जाँच नगरी मिर्गौलारोग ठम्याउन सक्दैनन्,’ डा. पोखरेलले भने, ‘सुरुकै अवस्थामा मिर्गौला खराब हुन लागेको थाहा हुने हो भने त्यसलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ, त्यसैले हरेक वर्ष मिर्गौलाको परीक्षण आवश्यक छ ।’ उनी हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा शरीरको पूर्ण चेकजाँच गर्न उचित हुने सुझाब पनि दिन्छन् । ‘सामान्य परीक्षणबाट पनि मिर्गौला समस्या भए–नभएको थाहा हुन्छ,’ डा. पोखरेल भन्छन्, ‘डेढ–दुई सयको खर्चमै ९५ प्रतिशत रोग लागे वा नलागेको यकिन गर्न सकिन्छ ।’

स्वस्थ देखिने व्यक्तिमा पनि मिर्गौलासम्बन्धी समस्या हुन सक्ने डा. पोखरेल बताउँछन् । ‘बिरामीमा लक्षण देखिँदा ढिलो भइसकेको हुन्छ, रोगका कारण बिस्तारै खराब भएको मिर्गौलालाई थप खराब हुन नदिन रोक्न सकिन्छ,’ डा. पोखरेल भन्छन्, ‘तर, पहिलेकै अवस्थामा फर्काउन भने सम्भव हुँदैन ।’

यस वर्ष विश्व मिर्गौला दिवसको नारा ‘किड्नी हेल्थ फर एभ्रिवन एभ्रिहोयर’ अर्थात् ‘स्वस्थ मिर्गौला सबैका लागि, सबै ठाउँमा’ दिइएको छ । ‘प्रारम्भिक चरणमा बिरामीले थाहा पाउँदैनन्, चिकित्सकले समेत पिसाब, रगत जाँच नगरी मिर्गौलारोग ठम्याउन सक्दैनन्,’ डा. पोखरेलले भने, ‘सुरुकै अवस्थामा मिर्गौला खराब हुन लागेको थाहा हुने हो भने त्यसलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ, त्यसैले हरेक वर्ष मिर्गौलाको परीक्षण आवश्यक छ ।’ उनी हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा शरीरको पूर्ण चेकजाँच गर्न उचित हुने सुझाब पनि दिन्छन् । ‘सामान्य परीक्षणबाट पनि मिर्गौला समस्या भए–नभएको थाहा हुन्छ,’ डा. पोखरेल भन्छन्, ‘डेढ–दुई सयको खर्चमै ९५ प्रतिशत रोग लागे वा नलागेको यकिन गर्न सकिन्छ ।’

मुलुकमा करिब ३० लाख व्यक्ति मिर्गौलारोगको जोखिममा छन् । तीमध्ये ३० हजारको हाराहारीमा बिरामीको मिर्गौला नराम्ररी बिग्रने गरेको छ । बर्सेनि ३ हजार नयाँ बिरामी थपिने गरेका छन्, जो उपयुक्त डायलाइसिस वा प्रत्यारोपण सेवा पाए बाँच्छन्, अन्यथा तिनको मृत्युको विकल्प हुँदैन ।
मिर्गौला खराब हुने धेरै कारण रहेको चिकित्सक बताउँछन् । वंशानुगत, अस्वस्थकर खानपान, उच्च रक्तचाप, मधुमेह, जथाभावी औषधिको प्रयोगले मिर्गौला बिगारिरहेका हुन्छन् । ‘जथाभावी पेन किलर, एन्डिबायोटिकको सेवन गरेका व्यक्तिको मिर्गौला खराब भएको उपचारका क्रममा भेटिने गरेको छ,’ डा. पोखरेलले भने, ‘त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नुहुँदैन ।’

मिर्गौलाले काम गर्न छोड्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन् । ‘शरीर सुन्निने, वाकवाकी लाग्ने, भोक नलाग्ने, कमजोर महसुस हुने, रगतको कमी हुने, रक्तचाप अनियन्त्रित हुनेलगायत लक्षण देखिएमा मिर्गौलाले सही ढंगले काम नगरेको संकेत हुन्,’ डा. पोखरेलले भने ।

उच्च रक्तचाप, मधुमेह र अभिभावकमा मिर्गौलासम्बन्धी रोग भएका व्यक्तिमा मिर्गौलारोगको बढी जोखिम हुने डा. पोखरेल बताउँछन् । ‘जोखिममा रहेकाहरूले मिर्गौला बचाउनका लागि थप सजग हुनु आवश्यक छ,’ उनी भन्छन् । उच्च रक्तचाप र मधुमेहका रोगीले खानपानको सन्तुलनका साथै चिकित्सकीय सल्लाहबमोजिम औषधि सेवन गरेमा मिर्गौला बिग्रनबाट बचाउन सकिने उनी बताउँछन् ।

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हामीलाई चलायमान बनाइराख्न मिर्गौलाले विभिन्न काम गरिरहेको हुन्छ । मिर्गौैला सिमीका दाना आकारका हुन्छन् । मुठीजत्रो यो अंग हाम्रो करङको हाडको ठिक तल हुन्छ । मिर्गौला लाखौँ रगत सफा गर्ने एकाइ (नेफ्रोन्स)को सहयोगले बनेको हुन्छ । प्रत्येक नेफ्रोनले सानो परिणाममा रगतलाई सफा गर्छ ।

डा. पोखरेलका अनुसार मिर्गौलाले रगत शुद्ध पार्नेदेखि रक्तचाप नियन्त्रण तथा शरीरमा काम नलाग्ने पदार्थ पिसाबमार्फत बाहिर पठाउने काम गर्छ । मिर्गौलाले शरीरमा अतिरिक्त काम नलाग्ने पदार्थ र तरल पदार्थको निर्माण हुन दिँदैन । मिर्गौलाले सोडियम, पोटासियम, फोस्फेटजस्ता इलेक्टोलाइटको स्तर स्थिर राख्छ । मर्गौलाले रक्तचापलाई नियन्त्रण गर्न हर्मोन पनि उत्पादन गर्छ, रातो रक्तकोषको निर्माणका साथै हाडलाई बलियो बनाउनसमेत सघाउँछ । रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढी देखिनुले नै मिर्गौला फेल हुनुलाई दर्साउँछ ।

मिर्गौलाले काम गर्न छोड्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन् । ‘शरीर सुन्निने, वाकवाकी लाग्ने, भोक नलाग्ने, कमजोर महसुस हुने, रगतको कमी हुने, रक्तचाप अनियन्त्रित हुनेलगायत लक्षण देखिएमा मिर्गौलाले सही ढंगले काम नगरेको संकेत हुन्,’ डा. पोखरेलले भने ।

मिर्गौला खराब भएको पत्ता लागेपछि उपचार भनेको थप बिग्रन नदिनका लागि मात्रै भएको जानकारहरू बताउँछन् । रोग जटिल भएपछि डायलाइसिस र ट्रान्स्प्लान्ट नै गर्नुपर्ने हुन्छ । मिर्गौलारोगीहरूको संख्या बढेपछि नेपालगन्जका स्वास्थ्यसंस्थाहरूले काठमाडौंबाट समेत विशेषज्ञ चिकित्सक बोलाई चेकजाँच र उपचारको व्यवस्था मिलाउने गरेका छन् ।

मिर्गौला खराब भएको पत्ता लागेपछि उपचार भनेको थप बिग्रन नदिनका लागि मात्रै भएको जानकारहरू बताउँछन् । रोग जटिल भएपछि डायलाइसिस र ट्रान्स्प्लान्ट नै गर्नुपर्ने हुन्छ । मिर्गौलारोगीहरूको संख्या बढेपछि नेपालगन्जका स्वास्थ्यसंस्थाहरूले काठमाडौंबाट समेत विशेषज्ञ चिकित्सक बोलाई चेकजाँच र उपचारको व्यवस्था मिलाउने गरेका छन् ।

मिर्गाैला सुपरस्पेसलिष्ट डा. पोखरेल सचेतना फैलाउन सके मिर्गौला पूर्ण रूपमा खराब हुनबाट जोगाउन सकिने धारणा राख्छन् । ‘ढिलो गरी लक्षण देखिने मिर्गौलारोगको उपचारमा बिरामीले ठूलो रकम खर्च गुर्नका साथै धेरै औषधि सेवन गर्ने झन्झट जीवनभर भोग्नुपर्ने हुन सक्छ,’ डा. पोखरेल भन्छन् । मिर्गौला मात्र नभएर अन्य जटिल स्वास्थ्य समस्याको समयमै पहिचान गर्न कम्तीमा वर्षमा एकपटक स्वास्थ्यपरीक्षण गर्न उनको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै