भगवानले बनाएका र मेसिनले बचाइरहेका मिर्गौलाका नाममा ….

संसारमा १० प्रतिशत जनसंख्यामा कुनै न कुनै रूपमा मिर्गौैलासम्बन्धी समस्या भएको अनुमान डब्लुएचओको छ । वयष्क जनसंख्याको करिब २० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या छ । नेपालको हकमा भने त्यस्तो व्यवस्थित तथ्यांक छैन । यो भन्न सकिन्छ कि मिर्गौला रोगीको संख्या बढेको छ । जनसंख्यासँगै मिर्गौलाको रोरोग बढ्नु स्वाभाविक हो । जनसंख्यामात्रै होइन् सूचनाको स्रोत र स्वास्थ्यप्रतिको सजगता बढेकाले पहिले लुकेर रहने रोग अहिले बाहिर आउँनुले पनि उपचारको दायरामा आउने दर बढिरहेको छ ।

अर्कोतिर, पछिल्ला दिनमा मानिसको जीवनशैलीसँगै खानपान फेरिएको छ । अहिलेको जीवन फास्टफुडजस्तो भएको छ । प्रशोधित खाना छन्, प्रदूषण बढेको छ । सवारीसाधनको मात्रा बढेको छ । शुद्ध वा अग्र्यानिक खाना लोप हुँदै छ । अस्वस्थकर आधुनिक जीवनशैलीले गर्दा मानिस दीर्घरोगको सिकार बन्दै छन् । रक्तचाप, मधुमेह, युरिक एसिड, कोलेस्टेरोलजस्ता रोगहरू यही समाजको देन हुन् । यिनैका कारण पनि मिर्गौलामा असर परेको छ ।

वैदेशिक रोजगारीमा जानेहरूको छुट्टै वातावरण छ । उनीहरूको खाना र पानीको ठेगान छैन । दुखाइ कम गर्ने औषधिको प्रयोग ज्यादा हुन्छ । बाहिरी घाममा काम गर्दा पनि असर पर्छ । यस्ता विषयमा अध्ययन हुन जरुरी छ । देशभित्र पनि हामीले खाने पानी कति दूषित छ । हावामा कति प्रदूषण छ । यिनीहरूको प्रभाव अकल्पनीय छ । त्यसैले रोग बढ्नु खासै अस्वाभाविक हैन् । फेरि पनि मेडिसिनले केही न केही प्रगति गरेकै छ ।

माया गर्ने मान्छे कोही छ भने उसलाई भगवान्ले २ वटा दिएर पठाएको छ । २ वटा दिनु भनेको एउटा बाँडेर लिनुपर्छ भन्ने हो । मिर्गौलालाई यस्तो महत्वपूर्ण बनाएर पठाएको छ, तर मानिसले सधैँ पिसाब, फोहोरसँग जोडेर मात्र बुझ्ने गरेका छन् । भगवान्ले त्यतिकै २ वटा मिर्गौला पठाएका होइनन् ।

मिर्गौलाको विशिष्ठता र बिगर्ने अवस्था

सुगर, प्रेसर, कोलेस्टेरोल, रक्तचापले गर्ने असर उमेर ढल्केका मानिसमा धेरै देखिन्छन् । यिनीहरूले मानिसलाई असर गर्न २०–२५ वर्ष लाग्छ । तर, मिर्गौलाका प्राथमिक रोगहरू भने धेरैजसो वयष्कमा नै छन् । जन्मजात हुने विकृति र आमाबुबाबाट आउने समस्या (वंशानुगत) भने बच्चाहरूमा देखिने नै भयो । मिर्गौलाका जटिल रोगहरू भने ३५ देखि ४० वर्षको बीचमै बढी देखिन्छन् । यतिवेला सुगर, ब्लड प्रेसर र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

वंशानुगतमा पनि पानीको फोकाहरू भरिने, पत्थरी बन्ने रोगहरू छन्, जुन आमाबुबाबाट आउँछन् । क्षार र अम्ल पनि आउँछन्, यसलाई मिर्र्गाैलाले मिलाउने गर्छ । लवणको मात्रा पनि मिर्गौलाले नै मिलाउने हो । यी समस्या वंशानुगत हुन् । जन्मजातै हुने मिर्गौलारोगमा २ वटा हुनुपर्नेमा एउटा मात्र हुने, २ वटा एकै ठाउँमा रहने पनि हुन्छन् । त्यस्तै, नसाहरूको विकास स्वाभाविक रूपमा नहुने, पिसाबथैलीको विकास नहुने, पिसाब तल आउनुपर्नेमा माथि जाने रोगहरू जन्मजात हुन्छन् । यी पनि वंशानुगत नै हुन् ।

डायलाइसिसका पनि कठिनाइ छन् । सबै चिज छन्, तर रोग कसैले लागो हालिदिएर निम्त्याएको होइन । रोग आयो, तर विकल्प पनि त आएको छ नि । माया गर्ने मान्छे कोही छ भने उसलाई भगवान्ले २ वटा दिएर पठाएको छ । २ वटा दिनु भनेको एउटा बाँडेर लिनुपर्छ भन्ने हो । मिर्गौलालाई यस्तो महत्वपूर्ण बनाएर पठाएको छ, तर मानिसले सधैँ पिसाब, फोहोरसँग जोडेर मात्र बुझ्ने गरेका छन् । भगवान्ले त्यतिकै २ वटा मिर्गौला पठाएका होइनन् ।

मुटु एउटा भए हुने, तर मिर्गौला किन २ वटा त ? दिमाग आफैँमा एउटा मात्र हो, तर मिर्गौला किन २ वटा चाहियो त ? मानिसले मिर्गौला विशेषज्ञभन्दा अरू रोगका विशेषज्ञलाई बढी चिन्छन् । डक्टरहरूमा पनि नेफ्रोलोजिस्ट हुनेक्रम कम छ । सबैले पीडा देखेका छन्, फ्याटफ्याटी मर्नेहरूको त पीडै हुँदोरहेनछ । मिर्गौलारोगी बढी पीडा लिएर बाँचेका छन् । सडकमा मादल वा गीत बजाएर बस्नेमा अधिकांश मिर्गौलारोगी नै छन् । अरू रोगी त्यहाँ बसेका खासै देखिँदैनन् । अरू जटिल रोगका बिरामी त मरिसक्छन् ।

मिर्गौलाका लागि अहिले सबैभन्दा राम्रो नेपाल भएको छ । म त अहिले ‘बेस्ट टाइम टु दि नेफ्रोलोजिस्ट, बेस्ट टाइम टु दि किड्नी फर नेपाल’ भनिरहेको छु । मान्छेहरू भन्छन्– मिर्गौलारोग नलागोस् । तर म मिर्गौलाको डाक्टरका रूपमा भन्छु– रोगै नलागोस्, यदि लाग्नु नै छ भने दिमागमा, मुटुमा, फोक्सोमा, कलेजोभन्दा बरु मिर्गौलामा रोग लागोस् ।

उपचारको पाटो
उपचार तर्फ नेपालले एक आधारमा भन्दा फड्को नै मारेको छ । आज नेपालमा डायलाइसिस गरेर २७ वर्षसम्म बाँचेका पनि छन् । गुणस्तरमा बहस हुन सक्ला, कमसे कम मानिस बाचेका त छन्, परिवारसँग हाँसेर बसेका छन् । बाथरोगले महिलाहरू १८–२० वर्षमा मर्ने गर्थे । अहिले उपचारबाट गर्भाधान हुनसक्ने समेत बनाइसकेका छौँ । नयाँ बिरामी बढ्नेक्रम चलिरहेको छ । उपचारको माहोल पनि बनेको छ ।

अर्कोतिर हामीले बुझ्नुपर्ने तथ्य भनेको अहिले बढेको मिर्गौला मात्र समस्या होइन । अहिले मुटु, नसालगायतका दीर्घरोगी बढेका छन् । नेपालमा स्वास्थ्य क्षेत्रमा प्रगति भएको छैन भन्न मिल्दैन, पहिलेको तुलनामा आकाश–पातालको फरक आइसकेको छ । अहिले देशमा सयभन्दा बढी अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छ । सरकारले निःशुल्क सेवा दिइरहेको छ । मिर्गौला प्रत्यापरोण देशभित्रै हुन्छ । १२ सयको प्रत्यापरोण भइसकेको छ । प्रत्यारोपण सेवा नियमित छ । यस्तै अरू क्षेत्रमा पनि धेरै प्रगति भएका छन् । निजी अस्पतालको आफ्नो योगदान छ । वीर अस्पतालमा मात्रै १० वटा मेसिनले डायलाइसिस हुन्छ ।

मिर्गौलाका लागि अहिले सबैभन्दा राम्रो नेपाल भएको छ । म त अहिले ‘बेस्ट टाइम टु दि नेफ्रोलोजिस्ट, बेस्ट टाइम टु दि किड्नी फर नेपाल’ भनिरहेको छु । मान्छेहरू भन्छन्– मिर्गौलारोग नलागोस् । तर म मिर्गौलाको डाक्टरका रूपमा भन्छु– रोगै नलागोस्, यदि लाग्नु नै छ भने दिमागमा, मुटुमा, फोक्सोमा, कलेजोभन्दा बरु मिर्गौलामा रोग लागोस् । किनभने, कमसेकम उपचार त छ । भगवान्ले बनाएको मिर्गौला आज मान्छेले बनाएको मेसिनले डायलाइसिस गरेर बचाएको छ ।

अब मिर्गौलारोगको उपचारका लागि विदेश धाउनुपर्ने छैन । देशभित्रै ४–५ वटा अस्पतालमा नियमित प्रत्यारोपण भइरहेका छन् । माया गर्ने मान्छे मात्र हुनुपर्छ अब त, साटासाट गर्न मिल्छ । मरेर जाने मान्छेको मिर्गौला नेपालमा प्रत्यारोपण हुन थालेको छ । औषधिले पनि थुप्रै रोग निको भएका छन् । निको नहुने मिर्गौलारोगमा अब स्वदेशमै प्रत्यारोपण पनि हुन थालेको छ । नेपाल सरकारले निःशुल्क पनि गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

३ लाख नेपालीको मिर्गौला फेल, ३० लाखमा समस्या, बर्सेनि ३ हजार थपिँदै

विश्व स्वास्थ्य संगठनले १० मार्चलाई विश्व मिर्गौला दिवसका रूपमा मनाउने घोषणा गरेसँगै प्रत्येक वर्ष आजकै तिथिमा विश्व मिर्गौला दिवस मनाइँदै आएको छ । यस वर्षका लागि मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौला, जहाँ गए पनि मिर्गौला’ तय गरिएको छ । बिहीबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मिर्गौला दिवस मनाइँदै छ । नेपालमा मिर्गौलाबारेको न्यून चेतना तथा आर्थिक विपन्नताका कारणले मिर्गौलारोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ ।

३ लाख नेपालीको मिर्गौला फेल, करिब ३० लाखमा समस्या
केही वर्षयता संसारभर नै मिर्गौलारोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा यो संख्या झन् बढ्दो छ । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात् झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।

प्रतिवर्ष ३ हजार नयाँ बिरामी थपिँदै
नेपालमा प्रत्येक वर्ष मिर्गौलारोगको उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांकले पुष्टि गरेका छन् । यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्र हो । कतिपय बिरामी स्वास्थ्योपचारमा पहुँच अभाव र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य छन् ।

मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधिखर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

विश्वमा १५ लाख, नेपालमा साढे ४ हजार डायलाइसिसमा, न्यून प्रत्यारोपण
विश्वभर १५ लाख मानिस डायलाइसिसमा छन् । तर, तीमध्ये प्रत्यारोपण भने ज्यादै कम बिरामीले मात्र गरेको पाइएको छ । नेपालमा पछिल्लो तथ्यांकअनुसार ४ हजार ५ सयको हाराहरीमा मिर्गौलारोगीले नियमित डायलाइसिस गराइरहेका छन् । नेपालमा मात्र नभएर विश्वमै प्रत्यारोपणको संख्या न्यून छ ।

नेपालले पछिल्लो समय अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी कानुनी व्यवस्थासँगै निःशुल्क सेवा दिँदै आए पनि प्रत्यारोपणले तीव्रता भने लिन सकेको छैन । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधिखर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

डायलाइसिस र प्रत्यारोपण निःशुल्क, तर प्रत्यारोपणपछि नियमित खानुपर्ने औषधि महँगो
मिर्गौला फेल भएपछि उपचारको दुईवटा मात्र विकल्प रहन्छन्– डायलाइसिस र प्रत्यारोपण । नेपाल सरकारले पछिल्लो समय यी दुवै सेवा निःशुल्क गरेको छ ।
नेपालमा मिर्गौला प्रत्यारोपणका लागि नातेदारले निःशुल्क मिर्गौला दान गर्दा सामान्यताया ५ लाख रूपैयाँसम्म खर्च हुन्छ, जुन नेपाल सरकारले नै बेहोर्ने गरेको छ । प्रत्यारोपणका लागि मिर्गौलादाता बिरामीको नजिकको नातेदार नै हुनुपर्ने कानुनी प्रावधान छ । यस प्रावधानका कारण पनि प्रत्यारोपण सहज हुन सकिरहेको छैन । तसर्थ, साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलाइसिसमा बिरामीको चाप बढ्दै गएको छ ।

प्रत्यारोपणपछि बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ, जुन सामान्य नेपालीको पहुँचमा छैन । यही समस्याका कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलाइसिसबाटै जीवन लम्ब्याइरहने अवस्था आएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । सरकारले प्रत्यारोपणपछि मासिक करिब १० हजारका दरले अवश्यक पर्ने औषधिसमेत निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सुरुमा ज्येष्ठ नागरिकका लागि मात्र निःशुल्क मिर्गौला उपचारको सुविधा दिँदै आएकोमा सरकारले अहिले विपन्न नागरिकका लागि समेत सेवा निःशुल्क दिइरहेको छ ।

डा. काफ्ले मिर्गौला जोगाउने अभियानमा छन् । राज्यले बर्सेनि अर्बौं रूपैयाँ मिर्गौलारोगीका लागि खर्च गर्दै आएकोमा अब त्यसको करिब १० प्रतिशत मिर्गौला जोगाउनमा खर्च गर्नुपर्ने उनको भनाइ छ । यसका लागि देशका प्रत्येक गाउँ, टोल र घर–घरमा मिर्गौलासम्बन्धी चेतना पुर्याउनुपर्ने उनको तर्क छ । ‘हजार जनाको मात्र मिर्गौला जोगाउन सकियो भने पनि अर्बौं रूपैयाँ जोगाउन सकिन्छ,’ डा. काफ्ले भन्छन्, ‘त्यसैले मानिसले समय–समयमा स्वास्थ्यजाँच गराउनु आवश्यक छ ।’ लक्षण देखापर्न थालिसकेपछि मिर्गौलाको उपचार गर्न कठिन हुने उनी बताउँछन् ।

नेपालमा सरकारीस्तरमा वीर, त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रले निःशुल्क मिर्गौला प्रत्यारोपण गराइरहेका छन् । प्रत्यारोपणले गति लिए पनि आवश्यकताअनुरूप तीव्रता लिन नसकेको डा. काफ्लेको ठम्याइ छ । प्रत्यारोपणपछि खानुपर्ने औषधि किन्ने क्षमता नहुनेले प्रत्यारोपण गर्नुको कुनै अर्थ नहुने भएकाले यसलाई गति दिन सरकारले उपचारपछिको औषधिसमेत निःशुल्क गर्नुपर्ने उनको तर्क छ । यसका साथै चेतनाविस्तार गरी अंगदानको डोनरकार्ड सिस्टमलाई बढावा दिँदै मस्तिष्कमृत्यु भएका बिरामीको अंगदान गराउनुपर्ने उनको भनाइ छ ।

विश्वमा धेरै अगाडिदेखि सुरु भएपनि नेपालमा सन् २००८ देखि  त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । एक दशकअघि त्रिवि अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा हाल सरकारी र निजी गरी आधा दर्जन अस्पतालमा विस्तार भएको छ । हालसम्म जम्मा ७ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् भने ६ वटाले सेवा दिइरहेका छन् ।

११ वर्षको अवधिमा करिब १३ सय प्रत्यारोपण
विश्वमा धेरै अगाडिदेखि सुरु भएपनि नेपालमा सन् २००८ देखि  त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । एक दशकअघि त्रिवि अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा हाल सरकारी र निजी गरी आधा दर्जन अस्पतालमा विस्तार भएको छ । हालसम्म जम्मा ७ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् भने ६ वटाले सेवा दिइरहेका छन् । सेवा सञ्चालनको ११ वर्षको अवधिमा करिब १ हजार ३ सयको हाराहरीमा प्रत्यारोपण गरिएको अस्पतालहरूको तथ्यांकले देखाएका छन् ।

मिर्गौलामा खराबी आउन नदिनु नै उत्तम उपाय 
डा. काफ्लेका अनुसार मिर्गौलारोगबाट बच्ने पहिलो उपाय भनेको यसबारे चेतना विस्तार गरी मिर्गौलामा खराबी हुन नदिनु नै प्रथम उपाय हो । यसका लागि स्वस्थ व्यवहारका अतिरिक्त वर्षको एकपटक अनिवार्य मिर्गौलाको अवस्थाबारे स्वास्थ्यजाँच गर्नुपर्ने उनी बताउँछन् । नियमित रूपमा पिसाबमा एल्बुमिन, प्रोटिन गएको छ कि छैन तथा सिमोकियाटिक लेबल जाँच गराएर मिर्गौलालाई बिग्रनबाट जोगाउन सकिने उनी बताउँछन् ।

विलासीपूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीका कारण मोटोपनसँगै मिर्गौलामा समस्या बढ्दै जाने भएकाले सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने डा. काफ्ले बताउँछन् । बिहान वा बेलुका दैनिक कम्तीमा ३० देखि ४५ मिनेट हिँडडुल गर्न डा. काफ्लेको सुझाब छ । यसका साथै, मिर्गौला स्वस्थ राख्न दैनिक २ लिटर पानी पिउने, व्यायामलाई दैनिकीको अभिन्न पाटो बनाउने, अस्वस्थकर खानेकुरा नखाने, चुरोट, सुर्ती तथा मासु धेरै नखानेजस्ता कुरामा सावधानी अपनाउन उनी सुझाउँछन् । त्यसैगरी, प्रेसर, डाइबिटिज सधैँ सन्तुलनमा राख्न डा. काफ्लेको सुझाब छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने पेन किलरको तथा कडाखालाका एन्टिबायोटिक सकेसम्म घटाउनुपर्ने उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिर्गौला बेच्नेको कि मिर्गौला जोगाउनेको देश भनेर चिनिने ?

आमनागरिकलाई मिर्गौला महत्वपूर्ण अंग हो भन्नेसमेत थाहा छैन । कान, आँखा, हात–खुट्टा नभए पनि मानिस बाँचिरहेको हुन्छ, तर मिर्गौला नभए बाँच्न सक्दैन । मिर्गौला फेल हुन लाग्दा देखिने सामान्य लक्षणहरू, जस्तै, पिसाब पोल्ने, इन्फेक्सन बढ्ने, पत्थर बढ्नेजस्ता कुराहरू थाहा पाएपछि मानिस अस्पताल आउने गर्छन् । तर, मिर्गौला क्रमशः बिग्रिँदै जाने एउटा क्रम हुन्छ । उहाहरणका लागि उच्च रक्तचाप, मधुमेध, पेनकिलरको प्रयोगलगायतले क्रमशः मिर्गौला बिग्रिरहेको हुन्छ, जुन मानिसलाई थाहा हुँदैन । यसैले अन्तिम अवस्थामा मानिसहरू अस्पताल आउने गर्छन् ।

जनमानसमा मिर्गौला महत्वपूर्ण अंग हो, थोरै सावधानी अपनाएर मिर्गौला बचाउन सकिन्छ भन्ने ज्ञानको अभाव छ । पर्याप्त पानी पिएर, व्यायाम गरेर, अस्वस्थ खानेकुरा नखाएर, घेरै चुरोट खैनी तथा मासु नखाएर केही सावधानी अपनाउने हो भने मिर्गौलाई बचाउन सकिन्छ । यदि परिवारको अन्य सदस्यमा मिर्गौलाको खराबी छ भने आफूले पनि अस्पताल पुगेर मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ । विशेषगरी ३० वर्ष भन्दा बढी उमेरका व्यक्तिले मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ ।

सबै मानिसको मिर्गौला स्वस्थ रहेको हुँदैन, । केही व्यक्तिको मिर्गौलामा खराबी रहेको हुन्छ । त्यस्ता व्यक्तिलाई सहायता गर्नुपर्छ । जो व्यक्ति निरोगी छन्, उनीहरूले ५ सय रूपैयाँ दान गरेमा अर्को कुनै व्यक्तिले पुनर्जन्म पाउँछ । त्यसका लागि हामीले मिर्गौला बचाउ अभियान भनेर नाफारहित संस्था खोलेका छौँ । यो संस्थाले मिर्गौलाबारे जनचेतना जगाउने, मिर्गौला महत्वपूर्ण अंग हो, कसरी जोगाउने भनेर देशका प्रत्येक घर–घरमा गएर चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ ।

हाम्रो देश मिर्गौला बेच्ने देशका रूपमा विश्वमा चिनिएको छ । १० वर्षअघिको कुरा गर्ने हो भने देशमा अधिकांश मानिस गरिब थिए । उपचार खर्च गर्न वा परिवार चलाउन अन्य केही उपाय नभएपछि एउटा मिर्गौला बेच्ने चलन धेरै थियो । त्यसवेला आफ्नो परिवारका सदस्यलाई मिर्गौलामा खराबी भयो भने प्रत्यारोपण तथा डायलाइसिस गरेर बचाउँछु भन्ने कुनै उपाय थिएन, न त नेपालमा उपचार नै सम्भव थियो । तर, आज नेपालमा सरकारले डायलाइसिस निःशुल्क गरेको छ भने प्रत्यारोपण सेवासमेत उपलब्ध गराएको छ ।

आफ्नो मिर्गौला, आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस् । यदि आज कसैलाई बेच्नुभयो भने भोलि तपाईंका श्रीमान्–श्रीमती वा बच्चाका लागि मिर्गौला कसले दिन्छ ? उनीहरू मृत्युको मुखमा पुगेको टुलुटुलु हेरर बस्नुपर्छ । त्यसैले, आफ्नो मिर्गौला आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस्, अर्थात् बेचबिखन नगर्नुहोस् भन्ने चेतना सबै मानिसमा पुर्याउनु आवश्यक छ ।

आफ्नो मिर्गौला, आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस् । यदि आज कसैलाई बेच्नुभयो भने भोलि तपाईंका श्रीमान्–श्रीमती वा बच्चाका लागि मिर्गौला कसले दिन्छ ? उनीहरू मृत्युको मुखमा पुगेको टुलुटुलु हेरर बस्नुपर्छ । त्यसैले, आफ्नो मिर्गौला आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस्, अर्थात् बेचबिखन नगर्नुहोस् भन्ने चेतना सबै मानिसमा पुर्याउनु आवश्यक छ ।

अचानक कुनै मानिसको दुर्घटना भयो, उपचारका लागि अस्पताल पुर्याइयो । चिकित्सकले उसको मस्तिष्कमुत्यु भएको पुष्टि गरे । तर, बाहिरबाट बिरामीलाई हेर्दा मुटु चलेको छ, प्रेसर सन्तुलनमा छ, मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । मस्तिष्कमुत्यु भएर मुटु रोकिएर मर्ने पिरियड ३ दिनसम्म हन्छ । यो अवधिभित्र मस्तिष्कमुत्यु भएको व्यक्तिको मुत्यु निश्चित हुन्छ । त्यस्तो अवस्थाको व्यक्तिको अंग झिकेर अरु व्यक्तिलाई दिने हो भने उसले पुनर्जीवन पाउँछ । मस्तिष्कमृत्यु भएको एक व्यक्तिले आफू संसार छोड्दै गर्दा ८ जनालाई जीवनदान दिएर जान सक्छ । तर, यसरी जीवनदान दिन सक्छ भनेर पढेर, बुझेर मात्र हुँदैन, व्यवहारमा पनि ल्याउनुपर्छ । उदाहरणका लागि कुनै व्यक्ति सडक दुर्घटनामा पर्यो र उसलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा उसको मस्तिष्कमुत्यु भएको पुष्टि भयो । यस्तो दुःखद घडीमा मिर्गौला तथा अन्य अंग दान गर्ने सोच आफन्तको दिमागमा आउँदैन । यदि चिकित्सकले उक्त बिरामीको डोनरकार्ड भेटेको खण्डमा, अर्थात् केही कारणवश मस्तिष्कमुत्यु भएको खण्डमा मेरा अंगहरूको दान गरे हुन्छ भनी मस्तिष्कमृत्यु हुने व्यक्तिले पहिले नै आफ्ना अंग दान गरेको प्रमाण भेटिएको अवस्था छ भने उसको परिवारलाई तपाईंको बिरामी मर्ने नै भयो भनेर अंगदान गराउन सक्ने अवस्थामा रहन्छ । तर, डोनरकार्ड छैन भने अंगदान गराउन सक्ने अवस्था हुँदैन ।

आज हामीले ज्ञानको बिउ रोप्यौँ भने, मस्तिष्कमुत्यु भएको एक व्यक्तिले ८ जनालाई बचाउन सक्छ । नेपालको अहिलेको अवस्थामा मुटु, फोक्सोको प्रत्यारोपण गर्न नसकिएला । तर, मिर्गौला र कलेजो त फेर्न सक्ने अवस्था छ नि ! त्यो फेर्न सक्ने स्थितिमा हामीले प्रत्येक व्यक्तिलाई बुझाएर निश्चित मृत्युको अवस्थामा पुगेमा डोनरकार्डको माध्यमबाट अंगदान गराउने हो भने मिर्गौला नपाएर मुत्यु हुनुपर्ने अवस्था आउँदैन ।

नेपालमा मिर्गौलारोग बढ्दो अवस्थामा छ । मिर्गौलारोगीको संख्या बढ्नुका दुई कारण छन् । पहिलो त बिग्रिँदो जीवनशैलीका कारण मिर्गौला बिग्रिनेक्रम बढेको छ भने अर्को स्वास्थ्यसेवामा पहुँज बढेका कारण पहिलेको तुलनामा मिर्गौलारोगी बढी सार्वजनिक हुँदै छन् ।

नेपालमा मिर्गौलारोग बढ्दो अवस्थामा छ । मिर्गौलारोगीको संख्या बढ्नुका दुई कारण छन् । पहिलो त बिग्रिँदो जीवनशैलीका कारण मिर्गौला बिग्रिनेक्रम बढेको छ भने अर्को स्वास्थ्यसेवामा पहुँज बढेका कारण पहिलेको तुलनामा मिर्गौलारोगी बढी सार्वजनिक हुँदै छन् । प्रेसर, डाइबिटिजका बिरामी बढ्दै गएका कारण पनि मिर्गौलारोग बढ्दै छ । त्यसैगरी, स्वास्थ्यमा प्रतिकूल असर गर्ने पेन किलरको प्रयोग तथा कडाखालाका एन्टिबायोटिकको प्रयोगले पनि मिर्गौला फेल हुँदै गएको पाइएको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने सम्रगमा रोग बढ्दो अवस्थामा पाइएको छ । तर, पछिल्लो समय मिर्गौलारोगीले केही सुविधा भने पाएका छन् ।

सरकारले सुरुमा ५० हजारमा डायलाइसिससेवा दिने गरेकोमा अहिले हप्तामा दुईपटक लगातार निःशुल्क सुविधा दिँदै आएको छ । त्यसैगरी प्रत्यारोपण गर्दा निःशुल्क गर्ने प्रावधान ल्याएको छ । यसले राजधानी तथा ठूला सहरमा मिर्गौलारोगीले सेवा पाएका छन् । दुर्गममा बस्ने मानिसको वरपर वा नजिकमा अस्पताल छैनन्, जसले गर्दा अधिकांश मानिसले केन्द्रमा आएर उपचार गराउनुपर्ने अवस्था छ । सरकारले सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ । तर, सुविधा दिन्छु भनेर दिने स्थिति छैन । विशेषज्ञको कमीले गर्दा पनि सेवाग्राहीले सेवा नपाएको अवस्था छ ।

डायलाइसिसमा भएको भिड हटाउन दुईवटा तरिका अपनाउन सकिन्छ, जनचेतना जगाएर । विश्व मिर्गौला दिवसले दिने सन्देश नै यही हो । विश्व मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौैला, जहाँ गए पनि मिर्गौला’ रहेको छ । तर, हाम्रो देशका लागि भने मिर्गौलाबारे चेतना रहेको छ ।

३० वर्षभन्दा बढी उमेर भएका, मधुमेह भएका, बढी तौल भएका, परिवारमा कुनै सदस्यमा मिर्गौलाको समस्या भएका व्यक्ति बढी संवेदनशील हुनुपर्छ । अर्कोतर्फ डायलाइसिसमा बसेका व्यक्तिलाई डायलाइसिस संख्या बढाउँदै लैजाने कि, प्रत्यारोपण गर्नेतर्फ लाने भन्ने चुनौती छ । नेपालको सन्दर्भमा अहिले बिरामीका नातेदारले प्रत्यारोपणका लागि मिर्गौला दिए भने राम्रो हुन्छ ।

मिर्गौलारोग जसलाई पनि लाग्न सक्छ । रोग लागिसकेपछि मात्रै अस्पताल जाने चलन छ । मानिसहरू ८०–९० प्रतिशत मिर्गौला खराब नहुँदासम्म अस्पताल आउने गरेका छैनन् । त्यसवेलामा डायलइसिस र प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । सुरुवातको समयमा अस्पताल आइपुगे सबै रोगलाई निमूल गर्न सकिन्छ । तर, समय घर्किएपछि केही गर्न सकिँदैनन् ।

३० वर्षभन्दा बढी उमेर भएका, मधुमेह भएका, बढी तौल भएका, परिवारमा कुनै सदस्यमा मिर्गौलाको समस्या भएका व्यक्ति बढी संवेदनशील हुनुपर्छ । अर्कोतर्फ डायलाइसिसमा बसेका व्यक्तिलाई डायलाइसिस संख्या बढाउँदै लैजाने कि, प्रत्यारोपण गर्नेतर्फ लाने भन्ने चुनौती छ । नेपालको सन्दर्भमा अहिले बिरामीका नातेदारले प्रत्यारोपणका लागि मिर्गौला दिए भने राम्रो हुन्छ । सरकारी अस्पतालमा प्रत्यारोपण निःशुल्क रूपमा गर्न सकिन्छ । तर, प्रत्यारोपणपछि कुनै व्यक्तिले महिनामा १० हजारको औषधि किन्न सक्दैन भने प्रत्यारोपण नगर्नु नै राम्रो हुन्छ । यसका लागि अन्य रोगको औषधि सरकारले दिन सक्छ भने प्रत्यारोपणपछि खाने औषधि पनि व्यवस्था गर्नु जरुरी छ । यसले धेरै व्यक्तिलाई प्रत्यारोपणतर्फ आकर्षित गर्छ ।

सरकारले अर्बौं रुपैयाँ प्रत्यारोपण र डायलाइसिसमा खर्च गरेको छ । कमसेकम त्यसको १० प्रतिशत मिर्गौलाका लागि खर्च गरौँ । यसबाट सातै प्रदेशका हरेक जिल्लामा, गाउँ–गाउँमा मिर्गौला बचाउने उपायबारे चेतना पुर्याउन सकियो भने ‘मिर्गौला बेच्ने देश’का रूपमा बनेको छविलाई ‘मिर्गौला जोगाउने देश’का रूपमा परिणत गर्न सकिन्छ, स्वस्थ नेपाल, स्वस्थ नेपालीको परिकल्पना गर्न सकिन्छ ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यसरी बिग्रन्छ ‘मास्टर कन्ट्रोल’ अंग मिर्गौला

मिर्गौला हाम्रो शरीर चलाउने महत्वपूर्ण अंग हो । दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, यी ५ अंगलाई शरीरका प्रमुख अंगका रूपमा लिने गरेको पाइन्छ । यीमध्ये कुनै पनि एउटा रहेन, चलेन वा काम गरेन भने हाम्रो शरीरले काम गर्दैन । यी सबैलाई सही तरिकाले चल्ने वातावरण बनाउने काम मिर्गौलाले गर्छ । मिर्गौला मानव शरीरका अनेक उतार–चढावसित जुध्नका लागि तयार बनाउने महत्वपूर्ण अंग हो ।
किन चाहिन्छ मिर्गौला तन्द्रुस्त जीवको उत्पत्ति समुद्रबाट भएको थियो । समुद्रमा भएको जीवलाई मिर्गौलाको काम थिएन । सामुद्रिक जीवको काम भनेको नुन–पानी लियो, त्यही पानीलाई फिल्टर गर्यो फाल्यो, त्यहीँ आएको न्युट्रिसनहरू, खाद्य पदार्थलाई चुस्यो । जब जमिनमा प्राणीको उदय हुन थाल्यो, त्यो समयमा शरीरमा मिर्गौला नभइनहुने भयो ।

जमिनमा खाना कतिवेला पाइने, के खान पाइने भन्ने टुंगो छैन । अन्न पाइने हो कि साग पाइने हो, भात पाइने हो कि मासु, काँचो पाइने हो कि पाकेको, पानी कतिखेर पाइने हो, मरुभूमिमा बस्नुपर्ने हो कि खोलाको किनारामा, सफा खानुपर्ने हो कि फोहर थाहा छैन । यी सबै स्थितिमा अब यी बाँकी ४ अंगहरू चल्ने बनाउने कामचाहिँ मिर्गौैलाले गर्छ । अहिलेसम्म हामीलाई मिर्गौलाको काम शरीरका दूषित तथा विकारयुक्त उत्पादनलाई फ्याल्ने भनेर बुझाइएको छ, जुन एकदमै गलत हो । मिर्गौलाले किन दूषित पदार्थ फाल्नुपरेको हो भने दूषित पदार्थ हामीले खाइरहेका छौँ, लिइरहेका छौँ ।

हाम्रो शरीरमा मेटाबोलिज्मबाट केही चिजहरू उत्पादन भएका छन्, यो शरीरमा जम्मा भइराख्यो भने हानि गर्छ । ती चिजहरूलाई सफा गरेर शरीरलाई चल्ने बनाउने काम मिर्गौलाको हो ।
अर्थात् शरीरलाई चलाउन चाहिने जुन आन्तरिक वातावरण छ, त्यो सबै चिज मिलाउने काम मिर्गौलाको हो । दिनमा आधा लिटर पानी पियो भने त्यो दिन पिसाब नै बन्दैन । हामीले न्यूनतम १० लिटर पानी खायौँ भने साढे ९ लिटर पिसाब बन्नुपर्यो । एकदिनमा ५ सय ग्राम वा १ ग्राम मात्र नुन खाएको खण्डमा पनि सबै नुनलाई छानेर चाहिएका वेला खिचेर लिने र नचाहिएका वेला फाल्न सक्ने काम मिर्गौलाले गर्छ । शरीरलाई नियन्त्रण गर्ने वा आवश्यकताअनुसार चलाउन दिने एउटा ‘मास्टर कन्ट्रोल’ अंग हो मिर्गौला, यो भनेको धेरै नयाँ अवधारणा हो ।

मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् ।

मिगौलामा समस्या
मिर्गौलामा समस्या धेरै कारणले हुन्छन् । मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् । यिनै भित्री भागहरूबाट समस्याहरू आउँछन् । फेरि सँगसँगै महत्वपूर्ण पाटो के छ भने शरीरका अरू भागमा देखापर्ने अन्य रोगहरूले पनि मिर्गौलामा असर पर्छ ।

मिर्गौैलाका प्राइमरी र सेकेन्डरी समस्या हुन्छन् । प्राइमरी भनेको मिर्गौलाभित्रैबाट उब्जने रोगहरू जस्तै : रगत फिल्टर गर्ने जाली, रगतका नसाहरूको ग्लोमोरोनेफ्राइटिस, पिसाब बनाउने नलीहरूका रोग, मिर्गौैलामा पानीका फोकाहरू बन्ने रोगहरू, पत्थरी आदि मिर्गौलाका आन्तरिक रोग हुन् । सबैभन्दा ठूलो मिर्गौलालाई असर गर्ने भनेको सिस्टमिक रोगहरू छन् । जस्तै, शारीरिक रोगहरू, शरीरमा सुगर छ भने त्यो मिर्गौलालाई हानि गर्ने कारण बन्छ । उच्च रक्तचाप पनि मिर्गौला हानि गर्ने एक कारण हो । त्यस्तै, विभिन्न बाथरोगले पनि मिर्गौलालाई असर गरिरहेका हुन्छन् । महिलाहरूमा बाथरोग धेरै देखिएका छन् । युरिक एसिडलगायत समस्याले पनि मिर्गौलामा असर गर्छ । मिर्गौलामा क्षति पुर्याउने अर्को कुरा इन्फेक्सन हो ।

शरीर, छाती, पिसाबको होस् या अरू ठाउँको, सङक्रमणले मिर्गौलामा असर पुग्छ । ड्रग्स, टक्सिन तथा अन्य औषधि, वातावरणमा हुने टक्सिन, खानेकुरामा हुने केमिकल वा अखाद्य वस्तु, तरकारीमा विषादीको प्रयोग, अन्डरग्राउन्ड खानेपानीमा आउने टक्सिनले पनि मिर्गौलामा असर गर्छ । यी सबै चिजले कुनै न कुनै रूपमा असर गरिरहेका हुन्छन् । अर्को कारण भनेको पिसाब प्रणालीको गडबडी हो ।

पिसाब खुलेर बग्नुपर्ने ठाउँमा कुनै रोकावट भयो भने पनि त्यसको ब्याक प्रेसरले मिर्गौलामा असर गर्छ र सुन्निने रोग हुन्छ र मिर्गौलालाई बिगार्छ । किड्नीपछाडिका कारणहरू (पोस्टरिनल)– पिसाबथैलीका समस्या, प्रोस्टेट ग्रन्थिका समस्या, पाठेघर अण्डदानीका समस्या, पिसाबका बाहिरी नलीहरूको समस्या, यी सबैले मिर्गौलारोग निम्त्याउँछन् ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ ।

मधुमेहलाई संसारभर नै मिर्गौलारोगको साझा कारणका रूपमा लिइन्छ । त्यस्तै, अर्को साझा कारण भनेको उच्च रक्तचाप हो । रक्तचाप निकाल्ने अंग नै मिर्गौला हो । मिर्गौलामा केही न केही गडबडी भएपछि त्यसले शृंखलाबद्ध रूपमा रक्तचाप बढाउँछ, पछि त्यही उच्च रक्तचापले हान्ने हो कि जस्तो लाग्छ । मिर्गौलाको आन्तरिक रोगको कारण र प्रमुख लक्षण नै उच्च रक्तचाप हो । त्यसकारण उच्च रक्तचाप मिर्गौलारोगको कारणले भएको हो या उच्च रक्तचापका कारणले मिर्गौला बिग्रेको हो भन्नेबारे अध्ययन हुनु जरुरी छ ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ । दोस्रो भनेको दीर्घकालीन रूपमा बिग्रनु हो । मिर्गौलामा भित्रबाट घाउ हुँदै–हुदैँ पूर्ण रूपमा खतम बनिसकेपछि भने शरीरलाई धान्नै नसक्ने अवस्थामा पुग्छ । त्यसवेला बल्ल हामीले मिर्गौला काम नलाग्ने गरी बिग्रेको वा दीर्घकालीन रूपमा बिग्रको भन्छौँ । त्यस समयमा बिरामीसँग विकल्प हुँदैन ।

त्यसका पनि विभिन्न चरण पार गर्दै अन्तिम अवस्थामा पुगेपछि रगत सफा गर्नुपर्ने हुन्छ, जसलाई डायलाइसिस भनिन्छ । मिर्गौला बिग्रन घाउबाट सुरु हुन्छ, घाउ हुँदै गएपछि त्यसलाई नियन्त्रण गर्न शरीरले आफ्नो बाटो खोज्न थाल्छ । खत बस्न थाल्छ, पूर्ण रूपले खतले भरिएपछि मिर्गौलामा स्कार्ड हुन्छ । मिर्गौला खुम्चिएर जान्छ, साइज सानो हुन्छ ।

सामान्यतया हामीले देख्दा दिनमा २ लिटर पिसाब हुन्छ । तर, हाम्रो मिर्गौलाले दिनमा १ सय ८० लिटर फिल्टर गर्छ । १ मिनेटमा १ सय २५ एमएल फिल्टर गर्छ । त्यस हिसाबले दिनमा १ सय ८० लिटर फिल्टर हुन्छ । त्यो १ सय ८० लिटर मध्ये १ सय ७८ लिटर मिर्गौलाले पुनः सोसेर लिएपछि बल्ल शरीरको वातावरण मिल्ने हो । मिर्गौलामा खराबीका कारण त्यो फिल्टर गर्ने क्षमता कम हुँदै–हुँदै गएपछि सफा गर्नेक्रम कम हुँदै जान्छ । शरीरमा मिर्गौलाले निश्चित लेबलमा पुर्याउनुपर्ने टक्सिनहरू शरीरमा जम्मा हुन थाल्छन् । त्यसका असर बाहिर देखिन थाल्छन् र शरीरमा हेमोग्लोबिनको कमी हुँदै जान्छ ।

हड्डीहरू कमजोर भएर जान्छन् । शरीरमा पानीको मात्रा बढ्न थाल्छ । गोडाहरू सुन्निन थाल्छन् । थकान महसुुुस हुने, छालाको रङ परिवर्तन हुने, खानामा रुचि नहुने, पिसाब कम हुँदै जाने, वाकवाक लाग्ने, उल्टी हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्छन् । कहिलेकाहीँ बेहोस हुने तथा छारेरोग पनि लाग्ने गर्छ । कहिलेकाहीँ मुटुमा असर परेर हृदयाघात पनि हुन्छ ।

मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

कुनै व्यक्तिको जन्मजात नै एउटा मात्र मिर्गौला रहेछ भने एउटा मिर्गौला बिग्रिएको भन्न सकिन्छ । त्यसबाहेक अन्य कारणले मिर्गौला बिग्रेको छ भने त्यो एउटाको मात्र समस्या नभएर दुवैको हो । सामान्यतया मिर्गौला बिग्रँदा २ वटैमा समस्या आउँछ । एउटा मात्र बिग्रनु भनेको चाहिँ दुर्लभ अवस्था हो । जस्तो कि, एउटा मिर्गौलामा पत्थरी हुन्छ, हुन त दुवैमा हुन्छ तर एउटामा बिगार्नेतहसम्मको हुन्छ । एउटा मात्र बिग्रने अर्को अवस्था ट्युमर तथा क्यान्सरहरू हुन्, जुन प्रायः एउटा मिर्गौलामा हुने गर्छ । जन्मजातै कसैको एउटा मिर्गौला सानो हुन्छ । त्यसबाहेक जति पनि अवस्थामा मिर्गौला बिग्रन्छन्, ती सब दुवैमा आउने समस्या हुन्, एउटा मात्र भन्ने हुँदैन । त्यसकारण मिर्गौला फेल छ वा कम काम गरेको छ भन्ने भयो भने दुवै मिर्गौला बिग्रेको भनेर बुझ्नुपर्छ ।

बच्ने उपाय
मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

नियमित सुगर हुनेले कन्ट्रोल गर्नुपर्ने हुन्छ । ब्लड प्रेसर कन्ट्रोल गरेर पनि मिर्गौला बचाउन सकिन्छ । सकेसम्म पेन किलर नखाने, एन्टिबायोटिक औषधिको प्रयोग कम गर्नुपर्छ । रोगबाट बचाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । पिसाब परीक्षणबाट प्रोटिनहरू फाले–नफालेको हेर्नुपर्छ । रगतको जाँच गर्नुपर्छ । मिर्गौलामा पानीको फोका, पत्थरी छ कि छैन भनी निरन्तर अल्ट्रासाउन्ड गरिरहनुपर्छ । गोडा सुन्नियो भने सचेत हुनुपर्छ । रोगसम्बन्धी सूचना तथा जानकारी लिने वा पढ्ने गर्नुपर्छ ।

(कुराकानीमा आधारि)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै