मानसिक रूपमा कसरी स्वस्थ बन्ने ?

१. अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइमा नपर्नुहोस् ।
कहिलेकाहीँ कुनै घटना, परिस्थिति तथा बाध्यतापछि हाम्रो मन भौँतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाइरहनुहुँदैन, बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा त्यसले हाम्रो मस्तिष्कमा समेत असर पुर्याउँछ, शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटी हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइ राख्नुहुँदैन ।

२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्नुहोस् र खुसी हुनुहोस् ।
हामी हाम्रो प्रगति चाहन्छौँ, यो राम्रो पक्ष हो । तर, हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मूल्यांकन गर्ने’, यो असाध्यै नराम्रो बानी हो र संकीर्ण साचाइ हो । त्यसैले मनलाई ठूलो पार्नुपर्छ, संकीर्ण पार्नुहुँदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हन सक्छन्, जसले मनमा अशान्ति फैलन्छ र हामीलाई मनोरोग लाग्न सक्छ । प्रगतिशील सच्चा सोचाइ ‘बाँचौँ र बचाऔँको भावना मनमा जागेको हुनुपर्छ । आफूभन्दा सानालाई कसरी सहयोग गर्ने भन्ने सोच हामीमा हुनुपर्छ र आफूसरहका मानिसको प्रगतिमा साथ दिनुपर्छ, आफूलाई अवमूल्यन गर्ने होइन ।

३. पुराना रुढिवादी कुरामा विश्वास नगर्नुहोस् ।
हाम्रो समाजमा बाटो हिँड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्नेजस्ता पूर्णतः अवैज्ञानिक गलत विश्वास छ । यस्ता वस्तु वा घटनामा मन बेचैन बनाउनुहँुदैन । यी रुढिवादी कुरामा कत्ति पनि सत्यता छैन भन्ने सोचेर मन ढुक्क बनानुपर्छ । राशिफल हेराउने, भूत, प्रेत बोक्सीको युगको अन्त्य भइसक्यो, त्यसैले यस्ता कुरामा चिन्ता लिएर समय बर्बाद गर्नुहुँदैन । बरु सफा पानी पिउने, ताजा खानेकुरा खाने गर्नुपर्छ ।

राति बाटोमा हिँड्दा भूत लाग्छ भन्दै मन डराएर ढुंगोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छ, मनोरोग लाग्न पुग्छ । त्यसैले पुराना गलत चलनचल्ती र मान्यतालाई हटाउनुपर्छ । कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ, जुन शतप्रतिशत झुटो कुरा हो । त्यसैले हाम्रो गाउँघरमा पनि आधुनिक चेतना जगाउनु आवश्यक छ । मरेको मानिसको आत्मा मनमा आउँछ भन्ने वा मरेको मनिसले दुःख दिएको भन्नेजस्ता गलत विश्वास छ, जुन सरासर झुटो साबित भएका छन् । यसमा विश्वास गर्नुहुँदैन । यस्ता कुरामा मन लगाउँदा अशान्ति हुन्छ र मनोरोग लाग्छ ।

४. हरेक काममा खुसी, सुखी तथा सन्टुष्ट बन्नुहोस् ।
दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ त कहिले असफल । असफल भएका कारण हतास हुनुहुँदैन, बरु असफलताका कारण पत्ता लगाएर फेरि सफलताको बाटोमा अगाडि बढ्नुपर्छ । कदापि निराश हुनुहुँदैन । अरूसँग पनि सरसल्लाह लिनुपर्छ ।  कहिलेकाहीँ हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैन ।

कतिपय समस्या आफैँ पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समास्यालाई लिएर अहिलेदेखि नै चिन्तित हुनुहुँदैन । बरु आइपरेका वा सम्भावित समस्या समाधानको योजना बनाएर योपछि यो गर्छु भनी अघि बढ्नुपर्छ । कतिपय मिडियाले राम्रा कुरालाई पर्दापछाडि राखेर नराम्रा कुरालाई प्रचार गर्छन्, जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर, वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै रेडियो, टिभी, समाचार तथा डरलाग्दा दृश्य हेर्नुहुँदैन ।

५. जे छ त्यसमा सन्तुष्ट बन्नुहोस्, तर मिहिनेत गर्न नछोड्नुहोस् ।
धेरै मानिस आफू कहाँबाट आएको हुँ भन्ने पनि बिर्सन्छन् । विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन् । उनीहरू समय पार गर्दै जाँदा ठूलो उन्नति भएको पनि बिर्सन्छन् र सधैँ असन्तोष राख्छन्, परिणामस्वरूप सधैँ दुःखी भइरहन्छन् ।
विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगेँ भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसैले मनमा सन्तोष भएको हुँदैन । त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ । मैले यो अवधिमा यति गरेँ, भगवान्ले मलाई यसरी पुर्याएका छन् भनेर सन्तुष्ट हुनुपर्छ, तर मिहिनेत गर्न भने छाड्नुहुँदैन । पुराना असफलतालाई केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।

६. लागुपदार्थ तथा दुव्र्यसनबाट टाढा रहनुहोस् ।
कतिपय मानिसको रक्सी पिउने बानी हुन्छ । बिस्तारै यी मानिस बिहानैदेखि रक्सी लिने र दिनदिनै मात्रा बढाउँदै जान थाल्छन् । अनि, रक्सीको मातमा झगडा गर्ने, श्रीमतीमाथि शंका गर्ने, कहिलेकाहीँ डराउने, घरबाट भाग्ने, छारेरोगजस्तै गरी ढल्ने गर्छन् । त्यस्तै, कतिपय मानिस लागुऔषध दुव्र्यसनीमा फस्छन्, जसले गर्दा दैनिक २–४ हजार रकम यसमा खर्च गर्न पुग्छन्, साथै अनैतिक काम गर्न बाध्य हुन्छन् । यस्ता मानिस एड्स तथा हेपाटाइटिस बीजस्ता रोगबाट पनि ग्रस्त हुन पुग्छन् । सुई साटासाट गर्ने, छाडा यौनसम्पर्क गर्ने ड्रग्सका लागि रकम जुटाउन चोरी गर्ने पनि गर्छन् । त्यसैले यस्ता वस्तुबाट सधैँ टाढा रहनुपर्छ । लागुपदार्थको सेवन तथा दुव्र्यसनीका कारण अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यी वस्तुबाट सधैँ टाढै रहनुहोस् ।

७. दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।
समाजमा ठूलाले सानालाई हेप्ने आफू मात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई हेप्ने, अर्कालाई उचित व्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ, जुन आपराधिक मानिन्छ । यस्तो वातावरणको सधैँ अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसलाई उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ, कसैलाई डर हुँदैन, सबैको कल्याण हुन्छ । यस्तो वातावरण बनाउनु समाज तथा राष्ट्रको कर्तव्य हो ।

८. अति नैतिकवान् नबन्नुहोस् र अरूबाट पनि त्यस्तो आशा नगर्नुहोस् ।
नैतिकवान् बन्नु राम्रो कुरा हो र बन्नु पनि पर्छ । तर, राम्रै कुरामा पनि जब अति गरिन्छ, त्यो प्रत्युत्पादक बन्न जान्छ ।  समाजमा कोही मानिस अति नै नैतिकवान् हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन्, अरूलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षण ध्यान पुर्याउँछन् । तर, समाज त्यस्तो छैन, जसका कारण यस्ता मानिसले समाजबाट धोका पाउँछन् र मन दुखाउन पुग्छन् । उनीहरूलाई मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनुपर्ने हुन्छ, न कि हरेक कुरामा अत्यन्तै ठिकसँग चल्नुपर्छ, अर्थात्, मानिस र परिवेशअनुसार नै आफूलाई ढाल्नुपर्ने हुन्छ ।

केही मानिसलाई आफूले गरेकोबाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन्, जस्तै, कोठा सफा गरेको मन नपर्ने, आफैँले सफा गर्नुपर्ने । यस्तो हुँदा दैनिक जीवनमा अप्ठ्यारो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिकवान् भई बाँच्न गाह्रो छ । त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।

९. मनका कुरा अरूलाई भन्ने बानी गर्नुहोस् ।
हामीमा ठूलो समस्या आउँदा पनि अरूलाई नभन्ने बानी हुन्छ, जसले मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसरकुकरझैँ विस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल भएजस्तै हामीमा पनि हलचल हुन सक्छ । काम नबन्दा हातखुट्टा नचल्ने भई हामी बिरामी पर्छौं । त्यसैले मन गुम्सिएर रहेको कुराले पनि आफूलाई तनाव बढाउँछ । त्यस्ता कुरा आफ्नो मनखाने मानिससित भन्नुपर्छ, आफ्नो मनको वेदना अरूलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

१०. रोगसित आत्तिने र अनावश्यक चिन्ता लिने नगर्नुहोस् ।
पहिले–पहिले मानसिकरोग भनिन्थ्यो, तर अहिले मनोरोग भन्ने गरिन्छ । मनोरोग भनेको अति सामान्य टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । त्यसैले अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि, मेरो दिमाग नै आउट हुन्छ, तर त्यस्तो हुँदैन । त्यसैले आत्तिनुहुँदैन । सामान्य मनोरोग लोगेका बिरामीले अनावश्यक चिन्ता लिनुहुँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानसिक स्वास्थ्य : कहाँ छ विश्व, कहाँ छौँ हामी ?

वि.सं. १९९० मा हामीले त्रासदीपूर्ण भुइँचालो भोग्नुपरेको थियो । ठिक त्यसको ८२ वर्षपछि त्यही लेबलको भुइँचालो १२ वैशाख ०७२ मा पुनः भोग्नुपर्यो, जुन घाउको खाटो अझै बसिसकेको छैन, जसले निम्त्याएको भौतिक तथा मानवीय क्षतिको असर आज पनि भोगिराखिएको अवस्था छ । यसबारे अध्ययन गर्नु अत्यन्त आवश्यक छ ।

भौतिक नोक्सानीको असर व्यक्तिको दैनिक दिनचर्यामा पर्छ नै र ऊ नजानिँदो गरी बिस्तारै मानसिक चिन्ताको सिकार बन्दै कालान्तरमा दीर्घ मानसिकरोगीसमेत बन्न जान्छ । भुइँचालोजस्ता प्राकृतिक प्रकोपको परिणामले मात्र होइन, आज २१औँ शताब्दीमा हाम्रो दिनचर्या, प्रगति उत्थान र रहरिया दिनचर्यामा दिनानुदिन परिवर्तन आइरहेको छ । विकाससँगै आफूलाई अपडेट गर्न नसक्दा मानिस मानसिक चिन्ताले ग्रस्त हुन पुग्छ । अहिले नेपालका सहरिया चरित्र पनि अन्य विश्वका झैँ बदलिरहेको छ ।

विश्व एउटा ग्राम भएको परिप्रेक्ष्यमा आवश्यकता झनै जटिल बन्दै गएका छन् । आवश्यकताको दौडमा पछाडि पर्नेहरूमा विशेषगरी मानसिकरोग बिस्तारै सल्किँदै गएको छ, जसको अध्ययन एवम् निदानका उपाय अवलम्बन नगर्ने हो भने भयावह स्थिति उत्पन्न हुन सक्छ । १२ वैशाख ०७२ को भुइँचालोले सहरिया मात्र होइन, हिमाल, पहाड, तराई, मधेसलगायत पूरा देशको कुनै पनि क्षेत्रलाई अछुतो छाडेन ।

२०औँ शताब्दीको पूर्वार्धसम्ममा मानसिक अस्पतालले मात्र मानसिकरोगीको उपचार गर्ने गर्थे । तर, पछि बिस्तारै मानसिक अस्पतालहरूको कालो कर्तुत मानिससामु आउन थाल्यो र त्यसप्रति आममानिसको मनोवृत्ति परिवर्तित हुँदै गयो ।

२०औँ शताब्दीको पूर्वार्धसम्ममा मानसिक अस्पतालले मात्र मानसिकरोगीको उपचार गर्ने गर्थे । तर, पछि बिस्तारै मानसिक अस्पतालहरूको कालो कर्तुत मानिससामु आउन थाल्यो र त्यसप्रति आममानिसको मनोवृत्ति परिवर्तित हुँदै गयो । अमेरिकामा थुप्रै मानसिक अस्पतालमा मानसिकरोगीहरू भर्ना हुन्थे, तिनीहरूलाई अमानवीय व्यवहार र क्रूरताका साथ इलाज हुन थाल्यो र मानसिकरोग घट्नुको साटो बढ्दै गयो । कतिको त उपचारकै क्रममा मृत्यु पनि भयो । किस्कर (१९८५) यस्तै मानसिक अस्पतालहरूको अवस्थाबारे वर्णन गर्दै भन्छन्, मानसिकरोगीलाई यी अस्पतालमा एउटा सानो कोठामा झुन्ड बनाएर राखिन्थ्यो, त्यस्ता कोठामा शौचालय नहुनु, घाम र हावा पनि बराबर हुनु, आधा पेट खान पाउनु, कलिला युवतीलाई अस्पतालबाट बाहिर लगी शारीरिक व्यापार गराउनु, अस्पताल अधिकारीबाट गालीगलौज हुनु इत्यादि कुरा सामान्य नै थिए ।

फलस्वरूप, मानसिक अस्पतालमा बिरामी राख्नेहरूप्रति मानिसको मनोवृत्ति खराब हुन पुग्यो । आजभोलि अमेरिकामा यी मानसिक अस्पतालको स्थान सामुदायिक मानसिक स्वास्थ्यकेन्द्र (कम्युनिटी मेन्टल हेल्थ सेन्टर) ले लिन पुगे । यी केन्द्रहरूको प्रमुख उद्देश्य भनेको मानसिकरोगीलाई मानवीय प्रविधिबाट असल उपचार गर्नु हो । यी केन्द्रबाट मूलतः पाँच प्रकारका सेवा प्रदान गरिन्छन् । २४सै घण्टा आपत्कालीन हेरचाह, अल्पकालीन अस्पतालीय सेवा, आंशिक अस्पताल सेवा, बाह्यरोगीको हेरचाह एवम् प्रशिक्षण तथा परामर्श सेवा यस्ता केन्द्रहरूमा उपलब्ध गराइन्छन् । अमेरिका र क्यानडामा यस्ता केन्द्रहरूको संख्या निकै नै बढी छ, जसलाई आफ्नो कार्य गर्न पर्याप्त सरकारी सहायता उपलब्ध हुन्छ ।

मनोवैज्ञानिक एवम् अन्य विशेषज्ञका बीचमा आज पनि यस कुरामा असहमति छ कि, ‘सामान्य’को अर्थ के हुन्छ ? केही मानिस एउटा व्यवहारलाई सामान्य मान्छन् भने त्यही व्यवहारलाई अर्को समाज वा संस्कृतिमा असामान्य मानिन्छ ।

अमेरिका र क्यानडामा आजभोलि सामुदायिक मानसिक स्वास्थ्यकेन्द्रको एउटा नवीनतम रूप विकसित भएको छ, जसलाई संकटकाल हस्तक्षेप केन्द्र (क्राइसिस इन्टरभेन्सन सेन्टर) भनिन्छ । यी केन्द्रको प्रमुख उद्देश्य भनेको मानसिकरोगीलाई तुरुन्त सहयोग पुर्याउनु हो । यी केन्द्रमा उपचारभन्दाअघि निश्चित समय पारी भेट्नुपर्ने हुन्छ र सबै वर्ग र आयका मानिसलाई सहयोग गर्न तुरुन्त पाइला चालिन्छ ।

आजभोलि एउटा नयाँ प्रकारको संकटकाल हस्तक्षेप केन्द्र पनि मानसिकरोगीको उपचारमा कार्यरत रहेको देखिन्छ । ‘हटलाइन दूरभाष केन्द्र’ सबभन्दा पहिला लस एन्जलसको बाल अस्पतालमा प्रारम्भ गरिएको थियो । यस्ता दूरभाष केन्द्रको सफलताबाट प्रभावित भएर अमेरिकाका ठूला सहर र विश्वविद्यालयहरूमा यस्ता प्रकारका आपत्कालीन सेवा प्रदान गर्ने केन्द्र आधिकारिक रूपमा खोलिँदै छन् ।

यसबाट थाहा हुन्छ कि, असामान्य मनोविज्ञानको इतिहास जुन मुख्य कालमा बाँडिएको छ, त्यसमा निकै उतारचडाव रहेको छ । प्रारम्भिक कालमा अर्थात् पूर्ववैज्ञानिक काल (१८०९–१९५० ई.सं.)मा यस विचारले मान्यता पाएको थियो र मानसिक असामान्यतालाई एक प्रकारको मानसिक रोग ठानेर त्यसमा मानवीय उपचारद्वारा बल पुर्याइएको थियो ।

ती कालमा असामान्यताको कारणका रूपमासामाजिक वातावरणलाई लिइन्थ्यो । सन् १९५० पछिको असामान्य मनोविज्ञानअन्तर्गत पहिलादेखि चलिआएको मानसिक अस्पतालमा भइरहेको उपचारलाई अमानवीय घोषित गरियो र त्यसको आलोचना भयो । मानिसको मनमा यस्तो विचार उत्पन्न भयो कि मानसिक अस्पतालमाभर्ना गर्नाले मानसिकरोगको तीव्रता घट्नुको सट्टा बढ्न थाल्छ । अब यी मानसिक अस्पतालको स्थान भिन्न–भिन्न प्रकारका सामुदायिक मानसिक स्वास्थ्यकेन्द्रहरूले लिए । संकटकाल हस्तक्षेप केन्द्र भनेकै यस्ता केन्द्रको नवीनतम नमुना हो, जसको प्रारम्भ अमेरिकामा भयो । यसको सफलताको उचाइका कारण अन्य देशलाई समेत यस्ता केन्द्रहरू प्रारम्भ गर्न विवश गरायो ।

यस्ता असामान्य व्यवहारको अस्वाभाविक आचरण (नेचर एन्ड क्राइटेरिया अफ एब्नर्मल बिहेभियर) लाई सामान्य र असामान्य गरी दुई भागमा बाँडिएको छ । यसमा ‘नर्मल’ शब्द ल्याटिनको ‘नारमा’ शब्दबाट बनेको हो, जसले अर्थ सिकर्मीको नापमान (कार्पेन्टर्स रुल्स) लाई दर्साउँछ । जसरी सिकर्मी आफ्नो नापमानलाई प्रयोग गरेर, एउटा मानकलाई प्रयोग गरेर यो निश्चित गर्छ कि कुन परिस्थितिमा कुन सामान्य मापन हुन्छ, ठिक त्यही अर्थमा ‘नर्मल’ शब्दको प्रयोग अंग्रेजी भाषामा एउटा मान्यता वा प्याटर्न अर्थात् नम्र्सलाई दर्साउन प्रयोग गरिन्छ ।

मनोवैज्ञानिक एवम् अन्य विशेषज्ञका बीचमा आज पनि यस कुरामा असहमति छ कि, ‘सामान्य’को अर्थ के हुन्छ ? केही मानिस एउटा व्यवहारलाई सामान्य मान्छन् भने त्यही व्यवहारलाई अर्को समाज वा संस्कृतिमा असामान्य मानिन्छ । सामान्य भनेको के हो र जब यसलाई सर्वमान्य ढंगबाट परिभाषित गर्ने हो भने असामान्य व्यवहारलाई परिभाषित गर्नु स्वभावतः एउटा गाह्रो कुरा हुन जान्छ ।

‘नर्मल’ पदमा उपसर्ग ‘एब (एबी)’ जोडेर एब्नर्मल अर्थात ‘असामान्य’ पदको निर्माण भएको छ । यस तथ्यलाई मध्यनजर गरी यो भन्न सकिन्छ कि, असामान्य त्यो हो, जुन सामान्य छैन वा सामान्यभन्दा बेग्लै छ । तर, यति मात्र भनिदिनाले असामान्य व्यवहार स्पष्ट हुँदैन । प्रसिद्ध विद्वान् बार्लो र डुरड (१९९९) ले भनेका छन्, ‘असामान्य व्यवहार व्यक्तिभित्र मनोवैज्ञानिक दुष्क्रियाको स्थितिमा रहन्छ, जुन क्रिया व्यथा वा नोक्सानीबाट प्रभावित हुन्छ तथा एउटा यस्तो अनुक्रिया हुन्छ, जुन प्रतिनिधिक वा सांस्कृतिक रूपबाट प्रत्याशित हुँदैन ।’

उपरोक्त असामान्य व्यवहारका शोध–विधिहरू धेरै प्रकारका छन् । उपरोक्त सम्पूर्ण विषयगत अध्ययनमध्ये हामी अहिले देश र जनताको मानसिक समस्यामा केन्द्रित रहँदा मानसिक स्वास्थ्य पेसाबारे छलफल गर्नु आवश्यक देखिन्छ । र, यस पेसाअन्तर्गत विभिन्न तह र तप्काबाट जनताले जुन सेवा प्राप्त गरिरहेका छन्, के त्यो पर्याप्त छ ? यस मानसिक स्वास्थ्य पेसाअन्तर्गत के–के आउँछन् भन्नेबारे संक्षिप्तमा अध्ययन गर्दा यसलाई बिभिन्न भागमा बाँड्न सकिन्छ– मानसिक रोग बिशेषग्य , चिकित्सा मनोबिद , मनोबिद , मनश्चिकित्सीय नर्सिङ, मनश्चिकित्सीय सामाजिक कार्यकर्ता आदी

मानसिक स्वास्थ्य सेवामा यी पेसेवरबाहेक अतिरिक्त केही नन–पेसेवर मानिसहरूको पनि सेवा लिने गरिन्छ । यस्ता मानिस स्वास्थ्यसेवाका क्षेत्रमा औपचारिक रूपबाट प्रशिक्षित हुँदैनन् ।

हामीले थाहा पायौँ कि, मानसिक स्वास्थ्य पेसेवरका थुप्रै प्रकार हुन्छन्, जसको माध्यमबाट यस्ता सेवा दिइने गरिन्छ । मानसिक स्वास्थ्य सेवामा यी पेसेवरबाहेक अतिरिक्त केही नन–पेसेवर मानिसहरूको पनि सेवा लिने गरिन्छ । यस्ता मानिस स्वास्थ्यसेवाका क्षेत्रमा औपचारिक रूपबाट प्रशिक्षित हुँदैनन् । यस्ता नन–पेसेवर प्रायः स्कुल वा कलेजका विद्यार्थीहरू स्कुल छाडेका छात्रहरू, किशोर, परिपक्व महिला तथा अन्य वयस्क मानिस, जसले मानसिक स्वास्थ्यका क्षेत्रमा कुनै डिग्री, डिप्लोमा, प्रशिक्षण प्रमाणपत्र इत्यादि प्राप्त गरेका हुँदैनन्, उनीहरूलाई सम्मिलित गराइन्छ । यस्ता सेवाका लागि उनीहरूलाई पारिश्रमिक वा कहिलेकाहीँ आंशिक पारिश्रमिक प्रदान गर्ने गरिन्छ ।

उल्लेखित विषयहरूको विश्लेषण गर्दा प्रारम्भकालमा आजका विकसित मुलुकहरूमा मानसिकरोगीको उपचार तथा निदान जुन स्टेजमा थियो, त्यही हाराहारीमा विगतमा हामीकहाँ पनि थियो । तर, हाल आएर जनतामा यसबारे सूचना र जानकारी प्रवाह भएका कारण जागरुकतास्वरूप यस विषयका विभिन्न मानसिक स्वास्थ्यकेन्द्र एवम् अस्पतालहरू देशभरि खोलिनेक्रम छ ।

यद्यपि, यो पर्याप्त छैन र रोगीलाई सम्पूर्ण सेवा प्रदान गर्न सकिएको छैन । हालको दशकमा दक्ष जनशक्ति, दक्ष चिकित्सकको संख्यामा उल्लेखनीय प्रगति भएसँगै अस्पतालहरू खोलिँदै छन् । आज वेबसाइटमा हेर्दा जनतालाई सुसूचित गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने उपायबारे पर्याप्त जानकारी हासिल गर्न सकिन्छ । यो लोखको उद्देश्य पनि जनतालाई सुसूचित गर्नु नै हो र यसले निरन्तरता पाउनेछ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बारम्बार घरायसी झगडा हुन्छ ? ‘हाइपोमेनिया’ पो हो कि !

हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिसलाई बढी बोलिरहनुपर्ने हुन्छ । आफ्ना कुरामा जिद्दी गर्ने, भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैँ चञ्चल रहने लक्षण देखापर्छ । यो रोग लागेको ठम्याउन निकै गाह्रो हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीमा चर्को विवाद भएको पाइन्छ, यतिसम्म कि, छुट्टाछुट्टै बसेको र बारम्बार कुटपिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहै हुँदैन । बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुँदै जाएपछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिँदैन ।

कल्पना २५ वर्षीया महिला हुन्, उनको अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनी श्रीमान् तथा परिवारसँगै छिन् । उनी अहिले छिट्टै रिसाउने, जिद्दी तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिनन् । श्रीमान् तथा परिवारका अन्य सदस्यसँग उनको भनाभन भइरहन्छ । उनी कहिले रिस खप्न नसकेर रुन्छिन्, कहिले अरूलाई अपशब्द बोल्छिन् । परिवारका सदस्यहरूसँग उनको सम्बन्ध टाढिँदै गएको छ । कहिलेकाहीँ उनि ठूला–ठूला कुरा गर्छिन् । उनलार्य राति निद्रा राम्रो पर्दैन । श्रीमान्सँग दिनहुँ कलह भइरहन्छ । उनी बढी फुर्तिली देखिन्छिन् । उनलाई यो रोग लागेको हो भनेर चिन्न कठिन छ । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो, उनलाई हाइपोमेनिया रोग लागेको छ ।

राति २–३ घण्टा सुतेपछि उठ्छिन्, रेडियो, टि.भी. हेर्छिन् र अरूलाई डिस्टर्ब गर्छिन् । उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन्, अनि आफू धनी भएको फुर्ती लगाउँछिन् । उनका यी लक्षणहरूबारे समयमा थाहा भएन । लक्षण बढ्दै गएपछि उनलाई अस्पताल पुर्याइयो र अहिले उनको उपचार भइरहेको छ र क्रमिक रूपमा निको पनि हुँदै छ ।

त्यस्तै, रमा १६ वर्षीया किशोरी हुन् । उनी कक्षा ९ मा पढ्छिन् । १० दिनदेखि उनी फरक देखिएकी छिन् । आजकल उनी बढी बोलिरहन्छिन् । उनी छिट्टै रिसाउँछिन् । उनी निकै सिँगार–पटार गर्छिन् । उनी भन्छिन्, ‘म ३ दिनभित्र प्रधानमन्त्री बन्नेछु ।’ उनी आफूलाई फुर्तिलो, सिपालु, जोसिलो, राम्री ठान्छिन् । उनमा तडक–भडक निकै छ । विवाह गर्ने कुरा पटक–पटक गर्छिन् । एउटा काम नसक्दै अर्को काम सुरु गर्छिन् । उनी आफूले भनेको नमानेलाई पिट्छिन् । राति २–३ घण्टा सुतेपछि उठ्छिन्, रेडियो, टि.भी. हेर्छिन् र अरूलाई डिस्टर्ब गर्छिन् । उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन्, अनि आफू धनी भएको फुर्ती लगाउँछिन् । उनका यी लक्षणहरूबारे समयमा थाहा भएन । लक्षण बढ्दै गएपछि उनलाई अस्पताल पुर्याइयो र अहिले उनको उपचार भइरहेको छ र क्रमिक रूपमा निको पनि हुँदै छ ।

यो रोगको बिरामी एउटै कुरामा स्थिर रहँदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ । बिरामीले आनन्द लाग्ने कुरामा दिन बिताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु, म नेता बन्छु भन्छ । पैसा बाँड्ने, कुरा बढाइ–चढाइ बोल्ने, राति २–३ घण्टा मात्र सुत्ने, गीत गाउने, रातो, पहँेलोलगायत रंगीन लुगा लगाउन रुचाउने हुन्छ । यो रोग पटक–पटक दोहोरिने भएकाले राम्रो विचार पुर्याउनु जरुरी छ । यस्ता घटना समाजमा पटक–पटक देखिरहेका हुन्छन् । तर, रोग लागेर यस्तो भएको कुरा सुरुमा थाहा पाइँदैन, जसबाट बिरामी वा बिरामीको परिवारमा अनेकौँ घटना घट्न सक्छन् । मेनिया भनेको हाइपोमेनियाभन्दा कडा अवस्थाको रोग हो ।

हाइपोमेनिया रोगका लक्षण
– घमण्डी बन्ने, बढी फुर्ती लगाएर कुरा गर्ने ।
– धेरै खुसी हुने तर भनेको नमान्ने, झनक्क रिसाउने ।
– बढी आशावादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
– मीठो खानेकुराको माग गर्ने, राम्रा–राम्रा रंगीन लुगा लगाउने ।
– बढी पैसा माग्ने वा खर्च गर्ने ।
– पटक–पटक ऐना हेरिरहने ।
– २–३ घण्टा सुते पनि निद्रा पुग्ने ।
– यौनमा बढी रुचि हुने ।
– एउटा काम सुरु गर्न नपाउँदै अर्को थाल्ने तथा छटपटाउने ।

उपचार
– रोगको शंका लागेपछि बिरामीलाई रिस उठ्नेकिसिमको व्यवहार नगरिदिने, अस्पताल लगेर सम्बन्धित विशेषज्ञको सरसल्लाह लिई उपचार गराउने ।
– यो रोग एकपटक सुरु भएपछि अर्कोपटक दोहोरिने समस्या ७० देखि ८० प्रतिशतसम्म रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्कोपटक दोहोरिँदा कहिले पहिलेकै लक्षण दोहोरिन्छन् त कहिले उल्टोखालका (डिप्रेसनजस्तै दिक्क हुने, रुने, मर्छु भन्ने, राति निदाउन गाह्रो हुने) लक्षण देखिन्छन् ।
– यो रोग पटक–पटक दोहोरिने भएकाले यसबारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।

हाइपोमेनिया रोगबारे जान्नैपर्ने कुरा

– हाइपोमेनिया रोगका बिरामी घमण्डी हुन्छन् । उनीहरू आफूलाई बिरामी भन्न रुचाउँदैनन् र आफूले भनेको नभए झगडा गर्ने अरूलाई पिट्ने गर्छन् । त्यसैले यस्ता बिरामीसँग अनावश्यक बादविवाद गर्नुहुँदैन, नम्र भएर कुरा गर्नुपर्छ ।
– हाइपोमेनिया रोग बढ्दा बिरामीले औषधि लिन मान्दैनन् । त्यस्तो वेलामा तुरुन्त अस्पताल लैजानुपर्छ । हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक–पटक बल्झिन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लगातारको मानसिक तनावबाट मुक्ति

सामान्यखालको मानसिक तनाव प्रायः सबै मानिसले झेल्नुपरेको हुन्छ । नेपालकै कुरा गर्ने हो भने बत्ती छैन, पानी छैन, काठमाडौंमा ट्राफिक जामको समस्या छ, वेलावेलामा तेल पाइँदैन, जस्ता विषय पनि तनावका कारण बनिरहेका हुन्छन्, जुन नियमित नभएर सामान्यखाले तनावका विषय हुन् ।

लगातारको मानसिक तनावमा भने तनाव थपिँदै जान्छ, जम्मा हुँदै जान्छ र मनोभावनामा नराम्रो प्रभाव पारिरहेको हुन्छ । यस्ता लगातारका तनावले काम गर्ने क्षमता, निर्णय लिने क्षमता, नयाँ कुराहरू गर्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । स–साना कुरामा झिँझिने, रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने र विभिन्न अन्य लक्षण पनि देखिन सक्छन् ।

मानसिक तनाव (Mental Stress) लाई तीन भागमा बाँड्न सकिन्छ । 

१) Basic Stress (सामान्य तनाव)

२)  Cumulative Stress (लगातारको तनाव)

३) Traumatic Stress (घातक तनाव)

लगातारको तनाव आफ्नै व्यक्तिगत वा पारीवारिक समस्याहरूका कारण, आफ्नो कार्यबोझ वा कार्यालयमा हुने गरेका अन्य समस्याका कारण र आफूवरिपरिको वातावरणका कारण हुन सक्छ । धेरै मानिस आफूलाई बलियो छु, मलाई यस्ता समस्याले धेरै तनाव दिन सक्दैनन् भन्ने विश्वासमा त हुन्छन्, तर लगातारको तनावले भित्र–भित्र असर पारिरहेको हुन्छ र शरीर र मन दुवैले हार मानिसकेका हुन्छन् । कुनै गाडी वा मेसिन चल्दाचल्दै धेरै तातेर बन्द भएजस्तै शरीर र मनले पनि अति भइसकेपछि जवाफ दिन्छन्, जसका कारण विभिन्न लक्षण देखिन सुरु हुन्छ ।

लगातारको तनावका कारण विभिन्न शारीरिक लक्षण देखिन सक्छन्, जस्तै, टाउको दुख्ने, शरीरका विभिन्न भाग दुख्ने, खाना मिठो नहुने, निद्रा राम्रो नपर्ने, पेटसम्बन्धी विभिन्न समस्या देखिने, ज्यादै थकाइ लाग्ने, छटपटी हुने हुन सक्छ । सबै परीक्षण गर्दा पनि त्यस्तो कुनै रोग प्रायः भेटिँदैन ।

लगातारको तनावका कारण विभिन्न शारीरिक लक्षण देखिन सक्छन्, जस्तै, टाउको दुख्ने, शरीरका विभिन्न भाग दुख्ने, खाना मिठो नहुने, निद्रा राम्रो नपर्ने, पेटसम्बन्धी विभिन्न समस्या देखिने, ज्यादै थकाइ लाग्ने, छटपटी हुने हुन सक्छ । सबै परीक्षण गर्दा पनि त्यस्तो कुनै रोग प्रायः भेटिँदैन । यसप्रकारको मानसिक तनावले विभिन्न अन्य लक्षण पनि दिन सक्छन्, जस्तै, आफ्नो काममा राम्रो ध्यान दिन कठिन हुने, स्मरणशक्ति कम हुने, गलत निर्णय लिइने, मानसिक थकान बढी हुने आदि । यस्ता लक्षणहरूलाई Cognitive signs भन्ने गरिन्छ ।

त्यसैगरी, केही भावनात्मक लक्षणहरू वा मनोरोगसमेत देखिन सक्छन् । उदाहरणका लागि रिस बढी उठ्ने, एक्लै बस्न मन लाग्ने, चिन्ता वा डिप्रेसनका लक्षण पनि देखिन सक्छन् ।

लगातारको मानसिक तनावले व्यक्तिको आनी–बानी वा व्यवहारमा पनि परिवर्तन प्रायः आउँछ, जस्तै, पहिलेभन्दा अझ बढी काम गर्छु भनेर अफिसमा धेरै समय बिताउने, दुर्घटना भए हुन्छ भनेर गाडी वा मोटरसाइकल तेज गतिमा चलाउने, चुरोट तथा रक्सी पिउन सुरु गर्ने वा पहिले पिउने भए बढी पिउन थाल्ने, आदि ।

उल्लेखित कारणहरूले गर्दा परिवारमा समस्या देखिन थाल्छ, झगडा हुन थाल्छ र एक–आपसको सम्बन्ध झन्–झन् बिग्रँदै जान थाल्छ ।

उल्लेखित लक्षणहरू देखिएमा लगातारको तनावका कारण यस्ता लक्षण देखिएका हुन् कि कुनै रोग नै लागेर हो, पहिलो चरणमा छुट्याउनु जरुरी छ । यदि रोग नै लागेर यस्तो भएको रहेछ भने उपचारले राम्रो गर्छ, तर रोगका कारण होइन, सबै परीक्षण ठिक छन् र स्ट्रेसले हो भने यहाँ दिइएका तरिकाहरू अपनाउँदा लगातारको तनाव पीडित धेरैजनालाई राम्रो भएको छ ।

केही मानिसको नकारात्मक कुराहरू गर्ने बानी हुन्छ, अरूलाई दोष लगाउने बानी हुन्छ । यस्ता कुराहरूबाट टाढै बस्नुहोस् । नकारात्मक कुराहरूले नकारात्मक भावना बढाउन सहयोग गर्छन्, जसले तपाईंको समस्या झन् बढाउन सक्छ ।

(क) केही दिन छुट्टी लिएर आराम गर्ने

केही दिन तपाईंले छुट्टी लिएर रिल्याक्स गर्नुभयो भने राम्रो हुन्छ । केही दिन काम नगर्दा पैसा कमाउन सकिँदैन वा काम थुप्रिन्छ वा व्यापारमा घाटा पर्छ भन्ने कुरा आउँछ होला, तर तपाईंको स्वास्थ्य ठिक राख्नु बढी महत्वपूर्ण छ । आफ्नो काम–व्यवसाय त आफ्नो ठाउँमा छँदै छ नि !

(ख) नियमित शारीरिक व्यायाम गर्ने

नियमित शारीरिक व्यायामले तपाईंको मानसिक तनाव कम गर्न र शरीरमा स्फूर्ति दिन सहयोग गर्नेछ ।

(ग) मदिरा, लागुपदार्थ वा अत्यधिक कफी पिउने बानी छैन भने त धेरै राम्रो, यदि पिउनुहुन्छ भने सकभर कम गरेर यसलाई छोड्दा राम्रो हुन्छ ।

(घ) पोसिलो खानाको महत्व त सबैलाई थाहै छ, त्यस्तै ७–८ घण्टा सुत्नु पनि स्वास्थ्यका लागि धेरै आवश्यक छ ।

(ङ) आफ्ना दुःख, पीडा र भावनाबारे आफ्नो मिल्ने साथी वा परिवारको विश्वासिलो सदस्यसँग भन्न सक्नुहुन्छ । आफ्ना पीडाहरू यसरी ओकल्दा र अरूले सुनिदिँदा तपाईंले हलुका महसुुस गर्नुहुनेछ ।

(च) तपाईंभित्र कुनै डरको अनुभव भएको छ भने त्यसलाई च्यालेन्ज गर्नुहोस्, म यस्तो कुरामा डराउँदिनँ भन्नुहोस् ।

(छ) केही मानिसको नकारात्मक कुराहरू गर्ने बानी हुन्छ, अरूलाई दोष लगाउने बानी हुन्छ । यस्ता कुराहरूबाट टाढै बस्नुहोस् । नकारात्मक कुराहरूले नकारात्मक भावना बढाउन सहयोग गर्छन्, जसले तपाईंको समस्या झन् बढाउन सक्छ ।

(ज) आफूलाई मनपर्ने कुनै सामाजिक संस्थामा संलग्न भएर केही सामाजिक सेवा गर्नु पनि मानसिक तनाव घटाउने राम्रो तरिका हो ।

उल्लेखित तरिकाहरू अपनाउँदा पनि मानसिक तनाव कम भएन भने मनोविमर्शकर्तासँग भेट्न सक्नुहुन्छ । विभिन्न काउन्सेलिङ र साइकोथेरापीका तरिकाहरू छन्, मनोविमर्शकर्ताले तपाईंका लागि के उपयुक्त छ, त्यो गराउनेछन् र गर्ने सल्लाह दिनेछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नसर्ने रोगकाे १८ प्रतिशत कारण मानसिक समस्या, रोगीको घाउमा राज्यको समेत नुन–चुक

नेपालमा कुल नसर्ने रोगमध्ये १८ प्रतिशत समस्या मानसिकरोगका कारण आउने गरेको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिको विद्यमान अवस्थाको अध्ययन गर्दा मानसिकरोगले ठूलो संख्यामा नसर्ने रोग निम्त्याउन भूमिका खेल्ने तथ्य पत्ता लागेको हो ।
नेपालमा कति जनसंख्यामा मानसिक स्वास्थ्य समस्या छ भन्ने देशव्यापी अध्ययन–अनुसन्धान नभए पनि सीमित भौगोलिक क्षेत्रमा सञ्चालित कार्यक्रम र अध्ययनका आधारमा करिब २७ दशमलव ५ देखि ३३ दशमलव ५ प्रतिशतमा डिप्रेसन र २२ दशमलव ९ देखि २७ दशमलव ७ प्रतिशतमा चिन्ताजन्य समस्या रहेको पाइएको छ ।

दिगो विकास लक्ष्यमा कोही नछुटून् भन्ने अभिप्रायले अपांगता भएका व्यक्तिलाई पनि राज्य संरचनाका सबै तहमा सहज र सरल पहुँचका लागि विश्वव्यापी रूपमा विविध कार्यक्रम तय गरिएको छ । तर, नेपालको सन्दर्भमा मानसिक अपांगता भएकालाई भने दिवसले नारा मात्र दिएझैँ प्रतीत हुन्छ ।

२० लाख बालबालिका तथा किशोर–किशोरीमा मानसिक समस्या
विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर–किशोरीमा भावनात्मक, व्यावहारिक तथा अन्यखालका मानसिक समस्या भएको आकलनका आधारमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०७३ ले गरेको एक अध्ययनअनुसार नेपालमा पनि लगभग २० लाख बालबालिका तथा किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । नेपालको कुल जनसंख्याको १ दशमलव ९ प्रतिशतमा विभिन्नप्रकारको अपांगता भएको विगतको एक तथ्यांकले देखाएको थियो । उक्त तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमध्ये ६ दशमलव ०४ प्रतिशतमा मानसिक अपांगताको समस्या रहेको पाइएको थियो ।
नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या बनेको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो ४ वर्षमा नेपालमा आत्महत्याको दर १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मात्रै ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका थिए ।

विश्व अपांगता दिवस
सन् १९९२ देखि प्रत्येक वर्ष ३ डिसेम्बरमा मनाउँदै आइएको अन्तर्राष्ट्रिय अपांगता दिवसको यसवर्षको नारा ‘अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ रहेको छ । नेपालमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गठन गरेको मूल आयोजक समितिले तय गरेको ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नारासहित २७औँ अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्यमा कोही नछुटून् भन्ने अभिप्रायले अपांगता भएका व्यक्तिलाई पनि राज्य संरचनाका सबै तहमा सहज र सरल पहुँचका लागि विश्वव्यापी रूपमा विविध कार्यक्रम तय गरिएको छ । तर, नेपालको सन्दर्भमा मानसिक अपांगता भएकालाई भने दिवसले नारा मात्र दिएझैँ प्रतीत हुन्छ ।

अपांगता भएका व्यक्तिमध्ये मानसिक तथा मनोसामाजिक समस्या रहेका व्यक्ति धेरैजसो सीमान्तकृत वर्गका छन् भने त्यस्ता बिरामीप्रतिको समाजको साँघुरो दृष्टिकोणका कारण उनीहरू कलंकित जीवन बाँच्न बाध्य छन् ।

नेपालमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा २ ‘ख’ले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भनी परिभाषित गर्दै नेपालमा पहिलोपटक मानसिक वा मनोसामाजिक अपांगता भएका व्यक्तिलाई अपांगताको वर्गीकरणभित्र समावेश गरिसकेको छ ।
अपांगता गराउने प्रमुख १० कारणमा ४ वटा मानसिक स्वास्थ्य समस्या पर्छन् । ०७२ को महाभूकम्पपछि आफ्नो परिवारका सदस्य र धनसम्पत्ति गुमाउँदाको पीडाका साथै भूकम्पको प्रत्यक्ष अनुभव गरेकामध्ये ३४ दशमलव २ प्रतिशत डिप्रेसन र ३३ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्याका लक्षण पाइएको थियो भने २० दशमलव ४ प्रतिशतमा मादक पदार्थ दुव्र्यसन र ५ दशमलव २ प्रतिशतमा आघातजन्य समस्या पाइएको थियो ।
नेपालमा मानसिक तथा मनोसामाजिक अपांगता बढ्दै गएको राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०७३ ले पनि स्विकारेको छ । अपांगता भएका व्यक्तिमध्ये मानसिक तथा मनोसामाजिक समस्या रहेका व्यक्ति धेरैजसो सीमान्तकृत वर्गका छन् भने त्यस्ता बिरामीप्रतिको समाजको साँघुरो दृष्टिकोणका कारण उनीहरू कलंकित जीवन बाँच्न बाध्य छन् ।

परिवार र समाजको नीचतम व्यवहार, त्यसमाथि हिंसाको सिकार
नेपालमा पछिल्लो समय मनोसामाजिक अपांगता भएका व्यक्तिहरू घरेलु, लैंगिक र यौनजन्य हिंसामा पर्ने खतरा बढ्दै गएको छ । यस्ता अपांगता भएका व्यक्तिले आफूमाथि भएको दुव्र्यवहारबारे समाजमा भन्न नसक्ने र सकिहाले पनि समाजले उनीहरूको कुरा नपत्याउने भएकाले उनीहरू विभिन्नखाले हिंसामा पर्ने गरेका छन् । उनीहरूको सुनुवाइ विरलै हुने गरेको छ । मानसिक अपांगता भएका व्यक्तिका लागि रोगभन्दा पनि आफूलाई मानवको दर्जासमेत दिन नरुचाउने समाज प्रमुख समस्या बन्ने गरेको छ ।
मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार गर्ने–गराउने दायित्व परिवार र राज्यको हो । तर, परिवारका सदस्यले उनीहरूलाई घरमा थुनिदिने, सिक्रीले बाँधिदिने, समुदायबाट लखेट्नेजस्ता पाशविक व्यवहार गर्छन्, बिरामीलाई आवश्यक माया, हेरचार र उपचारको साटो उपेक्षा, तिस्कार र घृणा दिन्छन्, समाजले उपहास गर्छ, उनीहरू पारिवारिक बोझ र सामाजिक विकृतिका रूपमा लिइन्छन् ।

न्यायदाता राज्य नै थप्दै छ नुनचुक
पशुको समेत अधिकारको ग्यारेन्टी गरिएको वर्तमान समाजमा बिरामी मानवप्रतिको नीचतम व्यवहार अकल्पनीय र अक्षम्य भएर पनि राज्यले पीडकमाथि कारबाही र पीडितलाई न्याय दिन सकेको छैन नै, उल्टै राज्य स्वयम्ले पनि कानुनको तर्जुमा गर्दा बौलाहा, पागल, अक्षम, होस ठेगानमा नभएको, मानसिक सन्तुलन ठिक नभएको जस्ता विभिन्न अपहेलनाजनक र निकृष्ट शब्दहरू प्रयोग गरी उनीहरूलाई विभिन्न अधिकारको उपभोगबाट बन्देज लगाउनु विडम्बनापूर्ण छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२० लाख बालबालिका तथा किशोरकिशोरीमा मानसिक समस्या

नेपालको कुल जनसंख्याको करिब २० प्रतिशत र प्राथमिक स्वास्थ्य सेवा लिन आउनेको २० देखि ३० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ । नेपालमा ‘बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन’ मनाइँदै गर्दा विश्व स्वास्थ्य संगठन र यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गरेको अध्ययनबाट लगभग २० लाख नेपाली बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको तथ्य फेला परेको छ । उनीहरूमा भावनात्मक, व्यावहारिक तथा अन्य मानसिक स्वास्थ्य समस्या पाइएका छन् ।

स्वास्थ्य सेवाका आधारभूत आयामहरू, जस्तै: प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनःस्थापनात्मक तथा अध्ययन–अनुसन्धान सबैमा सन्तुलित विकास गर्न सकेमा मात्र गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको व्यावहारिक प्रत्याभूति गराउन सकिने महाशाखाका निर्देशक डा. विवेककुमार लालको भनाइ छ ।

मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्याका रूपमा प्राथमिकता दिई समुदायसम्म एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सबैको पहुँचलाई सुनिश्चित गराउने प्रयास गरेको निर्देशक लाल बताउँछन् ।

मानसिक स्वास्थ्य सेवा बजेट तथा कार्यक्रमको दृष्टिकोणबाट खासै प्राथमिकतामा नपरेको र त्यसमा पनि बालबालिका तथा किशोरीकिशोरीको मानसिक स्वास्थ्यबारे पर्याप्त ध्यान दिन नसकिएको उनी स्विकार्छन् । नेपालमा पहिलोपटक गर्न लागिएको बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट हुने खोज–अनुसन्धानमा आधारित शोधपत्र प्रस्तुति तथा अनुभव आदान–प्रदानले आगामी दिनमा यो क्षेत्रमा मानसिक स्वास्थ्यका सवाललाई सम्बोधन गर्न मार्ग प्रशस्त गर्ने महाशााखाको अपेक्षा रहेको डा. लाल बताउँछन् ।

महाशाखाले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्याका रूपमा प्राथमिकता दिई समुदायसम्म एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सबैको पहुँचलाई सुनिश्चित गराउने प्रयास गरेको निर्देशक लाल बताउँछन् । राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ ले मानसिक स्वास्थ्य समस्यालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गरी समुदायसम्म पहुँच पु-याउने उद्देश्य राखेको थियो ।

महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा दैनिक २० देखि २५ को संख्यामा मानसिक रोगी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये युवाको संख्या १० देखि १५ भएको अस्पतालको मानसिक विभागको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्यका समस्या १४ वर्षको उमेरअगाडि नै सुरु हुन्छ । काठमाडौंका विभिन्न अस्पतालको तथ्यांकले युवा मानसिक रोगीको संख्या बढ्दै गएको देखाएको छ । महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा दैनिक २० देखि २५ को संख्यामा मानसिक रोगी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये युवाको संख्या १० देखि १५ भएको अस्पतालको मानसिक विभागको तथ्यांक छ ।

बेरोजगारी, युद्ध, घरायसी तनावलगायत कारणले युवापुस्तामा मानसिक समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा. सरोज वझा बताउँछन् । यसका अतिरिक्त जाँडरक्सी तथा चुरोटखैनीलगायतको सेवनले समेत मानसिक रोगीको संख्या बढेको ओझाको बुझाइ छ । मानसिक अस्पताल पाटनका निर्देशक डा. मोहनराज श्रेष्ठका अनुसार जीवनमा अभाव बढी हुनु, कुलत, बेरोजगारी, देखासिकी, निद्रा नलाग्ने समस्या हुनुलगायत कारणले किशोरावस्थामै मानसिक रोगले सिकार बनाउने गरेको छ ।

बालबालिकामा भने वंशानुगत कारणले नै मानसिक रोग लाग्ने श्रेष्ठ बताउँछन् । पारिवारिक पालनपोषणको जिम्मेवारी बढ्नु तथा आर्थिक बोझका कारण पनि युवापुस्तामा मानसिक रोग बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ वझा बताउँछन् । उनका अनुसार जनचेतना तथा सेवासुविधाको स्तर बढ्दै गए पनि मानसिक रोगी बालबालिका तथा किशोरकिशोरीमा मानसिक रोग बढ्दै गएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मध्यरातमा चिच्याउँदै उठ्छन्, आफन्तलाई पनि नजिक पर्न दिन्नन्

कपिलवस्तु–५ बहादुरगन्जकी १२ वर्षीया बालिका १९ वर्षीय किशोरबाट बलात्कृत भइन् । घटनापछि उनमा एकोहोरो हुने, बोल्न डराउने, नजिकै कोही मान्छे आउँदासमेत तर्सिने समस्या देखापर्न थाले । परिवारले प्रसूतिगृह ल्यायो । दुई साता राखेर उनलाई घर फर्काइयो । तर समस्या उस्तै रह्याे । उनलाई पुनः अस्पताल भर्ना गरियो ।

लामो उपचार र परामर्शपछि उनमा केही मानसिक सबलता देखिँदै थियाे । तर परिवारले हेर्ने नजर पहिलाजस्तो रहेन । ती नाबालिकालाइ परिवारको व्यवहारले सामान्य जीवनमा फर्किन दिएन । जतिवेला उनलाई घरपरिवार, आफन्त र समाजको सहयोगको सबैभन्दा जरुरी थियो, त्यतिवेला उनले आफ्नै परिवारबाट समेत तिरस्कार पाइन् । जसले उनलाई मानसिक रुपमा स्वस्थ बन्न बाधा पुर्याइरहेको छ ।

पहिलो चरणमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विभिन्न मानवअधिकारकर्मी तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधि अस्पतालमै आए । त्यो कुराले पनि उनलाई राहतभन्दा आहत नै दियो । परिवारबाट बहिष्करणमा परेकी उनलाई माइती नेपालले विशेष क्षमता वृद्धि तालिम दिई आत्मनिर्भर बनाउन सहयोग गर्यो । हाल उनी त्यहीँ बसेर आर्थिक रूपमा सबलता र मानसिक रुपमा पुरानै अवस्थामा फर्किने प्रयत्नमा छिन् ।

सामूहित बलात्कारको सिकार बनेकी सप्तरीकी अर्की एक बालिका पनि प्रसूतिगृहमा लामो उपचारपछि शारीरिक रुपमा त ठिक भइन् तर, घटनाको आठ महिना बितिसक्दा पनि उनको जीवन सामान्य बन्नै सकेको छैन । विद्यालय नजाने, घरमा पनि एक्लै र टोलाएर बस्ने, निद्रामा झस्किदै ब्युँझने समस्या देखापरिरहेको छ । अधिकांश बलात्कृत महिलामा यस्ता मानसिक समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

उनीहरूमा डरत्रास बढ्ने, निद्रा नलाग्ने, कुनै पनि काममा ध्यान नजाने, बढी डराउने, आतिने, राति चिच्याउनेलगायत समस्या देखा पर्छन् । यस्तो अवस्थामा पीडितलाई सामान्य अवस्थामा आउन घरपरिवारको सहयोग र केयर, आफन्तको सद्भाव र समाजको उनीहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकताको अत्यधिक जरुरत हुन्छ ।

बलत्कार, घरेलु हिंसा वा अन्य खालका शारीरिक तथा यौनहिंसाका सिकार बनेका महिलाका संवेदनशीलतालाई मध्यनगर गरेर खोलिएको वान स्टेप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसिएमसी)मा यस्ता कहालीलाग्दा कहानीले सामान्य जीवनमा फर्किन नसकेकाहरूका थुपै कथा भेटिन्छन्, जो मानसिक रुपमा त्यस्ता घटनाका कारण बारबार प्रताडित बनिरहेका छन् ।यस्ता समस्या पीडित अधिकांश बालिका र किशोरीमा मानसिक समस्या देखिने गरेको चिकित्सक तथा परामर्शकर्ताको भनाइ छ । बलत्कार तथा महिला हिंसाका घटनाका पीडितका उपचारका लागि प्रसूतिगृहमा रहेको सेन्टरले पाटन मानसिक अस्पतालबाट विशेषज्ञ बोलाएर सेवा दिने गरेको छ ।

बलात्कार तथा घरेलु हिंसामा परेका महिलालाई प्रसूतिगृहमा चेकजाँचका लागि ल्याउने गरिन्छ । कतिपय बिरामी आफैँ पनि उपचारका लागि आउँछन् भने कतिपयलाई पुलिसले ल्याउने गर्छ । अधिकांशलाई महिला प्रहरीले उपचारका लागि ल्याउने गर्छन् । बलात्कारका क्रममा अंगभंग भएका, घाउ र मानसिक समस्याकोसमेत उपचार प्रसूतिगृहले गर्दै आएको छ । प्रसूतिगृहले बलात्कार र घरेलु हिंसाका कारण उपचारका क्रममा आएका २ सय ९५ बिरामीको आर्थिक वर्ष ०७४÷७५ मा उपचार गराएको परोपकार प्रसूतिगृहका निर्देशक जागेश्वर गौतमले बताए ।
त्यस्ता घटनालाई उमेरअनुसार वर्गीकरण गर्दा १४ वर्षसम्म उमेरका १ सय ९ बलात्कृत बालिका उपचारका लागि अस्पताल आएका छन् । त्यस्तै, १५ देखि ४९ वर्षका १ सय ८७ तथा ५० देखि ६५ वर्षको जना बलात्कारपछि उपचारका लागि अस्पताल आएको अस्पतालले जनाएको छ । गत साउन महिनामा मात्रै ४२ वटा बलात्कारका केस आएको प्रसूतिगृह ओसिएमसी विभागकी इन्चार्ज सुकु लामा बताउँछिन् ।

मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार बलात्कारपश्चात् पीडितमा लामोे समयसम्म मनोवैज्ञानिक त्रास उत्पन्न भइरहन्छ ।
उनीहरूमा डरत्रास बढ्ने, निद्रा नलाग्ने, कुनै पनि काममा ध्यान नजाने, बढी डराउने, आतिने, राति चिच्याउनेलगायत समस्या देखा पर्छन् ।
यस्तो अवस्थामा पीडितलाई सामान्य अवस्थामा आउन घरपरिवारको सहयोग र केयर, आफन्तको सद्भाव र समाजको उनीहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकताको अत्यधिक जरुरत हुन्छ । तर, त्यसको ठिक विपरीत हुँदा पीडितमा मानसिक समस्या थप बढ्ने गरेको छ ।
नेपालभर आर्थिक वर्ष ०७४/७५ मा १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये परोपकार प्रसूतिगृह थापाथलीले आर्थिक वर्ष ०७४/७५ बलात्कारको सिकार भएका १ सय ९ बालिकाको ओसिएमसी अर्थात् ओन स्टेप क्राइसिस म्यानेज्मेन्ट सेन्टरमा राखी उपचार गराएको छ ।

नेपाल सरकारले तोकेका विभिन्न ओसिएमसी केन्द्रमध्ये प्रसूतिगृह नेपालको सबैभन्दा पहिलो र ठूलो ओसिएमसी केन्द्र हो । काठमाडौं उपत्यकाबाहिर नेपाल सरकारले विभिन्न ठाउँमा यस्ता ओसिएमसी केन्द्र स्थापना गरेको छ । नेपाल सरकारले विगत ७ वर्षदेखि मात्रै ओसिएमसीका लागि बजेट विनियोजन गर्न थालेको भए पनि प्रसूतिगृहले भने करिब ३ दशकदेखि ओसिएमसी केन्द्रमार्फत बलात्कृत बालिका तथा महिलालाई सेवा दिँदै आएको छ ।

उपचारका क्रममा बलात्कार भएको स्थानको समेत अवलोकन हुन्छ । प्रहरीसहितको टोलीले गरेको अवलोकनमा उक्त घटना बलात्कार हो कि होइन भनी पत्ता लगाउन समेत केन्द्रले प्रहरीलाई सघाउने गरेको छ ।  कतिपय अवस्थामा सहमतिमै शारीरिक सम्बन्ध भएको हुन्छ तर त्यसलाई बलात्कारको रूप दिएर उपचारका लागि ल्याइएको हो हैन यकिन गर्न समेत विज्ञहरूलाई सघाउँछन् । जस्ताको तस्तै अवस्थामा पीडितहरू आएमा घटनाबारे अध्ययनमा समेत सहयोग पुग्न सक्छ । उपचारपश्चात् उनीहरूलाई विभिन्न आवासगृहमा राख्ने गरिएको हो । कतिपय बलात्कार केसहरू हाडनाताभित्रै हुने भएकाले घर फर्काउनसमेत समस्या आइपर्ने भएकाले उनीहरूलाई आवासगृहमा लाने गरिएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै