नेतृत्वको मनोमानीले थलियो मानव अंग प्रत्यारोपण केन्द्र, महँगा उपकरण प्रयोगविहीन, सेवामा दिनप्रतिदिन ह्रास

मानव अंग प्रत्यारोपण केन्द्रमा मुटुको शल्यक्रिया तथा कलेजो प्रत्यारोपण सेवा लथालिंग अवस्थामा पुगेका छन् । करिब १ वर्षदेखि केन्द्रले कलेजो प्रत्यारोपण गर्न सकेको छैन भने ६ महिनादेखि मुटुको शल्यक्रिया ठप्प छ । त्यसैगरी, केन्द्रमा ८० लाख पर्ने (एम्मो) मेसिन हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । यी त उदाहरण मात्र हुन् । स्थापनाको ६ वर्षमा मिर्गौला प्रत्यारोपणमा केही सफलता पाए पनि वेथिति व्याप्त हुँदा केन्द्र थलिँदै गएको छ । केन्द्रमा भएका महँगा उपकरण सञ्चालनमा आउन सकेका छैनन् । संस्थामा नेतृत्वको एकल मनोमानी हाबी हुँदै आएको छ ।

कलेजो प्रत्यारोपण १ वर्षदेखि हुन सकेन
मंसिर ०७३ मा पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकसहित नेपाली चिकित्सकको टोलीले पहिलोपटक केन्द्रमा कलेजो प्रत्यारोपण गरेको थियो । त्यसपछि केन्द्रले ३ वटा कलेजो प्रत्यारोपणमा सफलता हात पारे पनि करिब १ वर्षदेखि निरन्तरता दिन सकेको छैन । केन्द्रमा पहिला भएका २ लिभर ट्रान्सप्लान्ट सर्जन तथा हेपोलाइटिस केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको व्यवहारबाट असन्तुष्ट भएर बाहिरिएको केन्द्रमा कार्यरत डाक्टर बताउँछन् ।

मुटुको शल्यक्रिया ६ महिनादेखि हुन सकेन
केन्द्रमा ६ महिनादेखि मुटुको शल्यक्रिया ठप्प छ । यसका कारण केन्द्रमा भएका ३ जना सर्जन कामविहीन अवस्थामा छन् । मुटुको शल्यक्रिया गर्दा बेहोस बनाउने एनेस्थेसिया डाक्टर अभावले पनि शल्यक्रिया हुन नसकेको केन्द्रका शाखाअधिकृत हरिहर पोखरेल बताउँछन् । कसरी डाक्टर ल्याउने र सेवाविस्तारतर्फ कसरी अघि बढ्ने भन्नेतर्फ डा. श्रेष्ठको कत्ति पनि चासो नभएको केन्द्रमा कार्यरत डाक्टरको भनाइ छ । पछिल्ला २ वर्षमा केन्द्रले १६ वटा मुटुको शल्यक्रिया गरेको छ ।

केन्द्रका निर्देशक डा. पुकारमाथि कुनै सभा–सम्मेलन हुँदा मिर्गौला प्रत्यारोपणको काम नै ठप्प पारेर जाने गरेको आरोप छ । डा. पुकारले केन्द्र स्थापना भएको ६ वर्ष बित्तिसक्दा पनि आफ्नो मनोमानी चलाउँदै आएको केन्द्रमा रहेका एक डाक्टर बताउँछन् । ‘मनपरी गरेको भनेर कसैले आवाज उठायो भने डा. पुकारले हरकिसिमबाट दुःख दिने गर्छन्,’ उनी भन्छन्, ‘प्राइभेट अस्पतालजस्तो आफ्नो मनोमानीले केन्द्र सञ्चालन गरेका छन् ।’

८० लाख पर्ने एक्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मेसिन सञ्चालनमा आउन सकेन
केन्द्रले ११ महिनाअघि खरिद गरेको करिब ८० लाख लागतको एक्मो मेसिन एकपटक पनि सञ्चालनमा ल्याउन सकेको छैन । मानव शरीरका अंग प्रत्यारोपण गर्नेक्रममा मुटु, फोक्सो वा दुवैलाई चाहिने अक्सिजनयुक्त रक्तसञ्चारमा एक्मोले अस्थायी सहयोग प्रदान गर्छ । यो मेसिन नेपालमा मनमोहन, मेडिसिटी अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र उपलब्ध छन् ।

६ करोडको क्याथल्याब मेसिनबाट सातामा जम्मा ४ वटा एन्जिओग्राम
क्याथल्याब मेसिन सञ्चालनमा भए पनि केन्द्रले प्रतिसाता २ देखि ४ जनाको मात्र एन्जिओग्राम गर्दै आएको छ, जब कि सहिद गंगालाल हृदयरोग अस्पतालले दैनिक १५ देखि ३० वटा गर्दै आएको छ । केन्द्रमा एन्जिओग्रामसेवा निःशुल्क उपलब्ध छ । कार्डियोलोजिस्ट तथा इन्टरभेन्टर कार्डियोलोजिस्ट नरहेका कारण तथा सेवाग्राही नै कम भएका कारण पनि कम मात्रामा एन्जिओग्राम भएको अस्पताल प्रशासन बताउँछ ।

बाहिर सम्मेलनमा जाँदा प्रत्यारोपण ठप्प पारेर जान्छन् निर्देशक डा. पुकार
केन्द्रका निर्देशक डा. पुकारमाथि कुनै सभा–सम्मेलन हुँदा मिर्गौला प्रत्यारोपणको काम नै ठप्प पारेर जाने गरेको आरोप छ । डा. पुकारले केन्द्र स्थापना भएको ६ वर्ष बित्तिसक्दा पनि आफ्नो मनोमानी चलाउँदै आएको केन्द्रमा रहेका एक डाक्टर बताउँछन् । ‘मनपरी गरेको भनेर कसैले आवाज उठायो भने डा. पुकारले हरकिसिमबाट दुःख दिने गर्छन्,’ उनी भन्छन्, ‘प्राइभेट अस्पतालजस्तो आफ्नो मनोमानीले केन्द्र सञ्चालन गरेका छन् ।’

डा. श्रेष्ठले केन्द्रमा सेवाविस्तार गर्नेमा छलफल गर्ने नगरेको केन्द्रका चिकित्सकको आरोप छ । ‘केन्द्रमा मुटुको शल्यक्रिया तथा कलेजो प्रत्यारोपण बन्द अवस्थामा छ, अब मिर्गौला प्रत्यारोपणले गति लिने अवस्था छैन,’ एक चिकित्सकले भने ।

निदान अस्पतालको मिर्गौला तस्करी अभियोगमा कानुन अधिकृत कुदुमकुमार भट्टराई परेका छन् । भट्टराई केन्द्रमा पनि कानुन अधिकृतका रूपमा कार्यरत थिए । हाल केन्द्रको इथिकल कमिटी काम गर्न सक्ने अवस्थामा नरहेका कारण मिर्गौला प्रत्यारोपणले गति लिने अवस्था देखिँदैन । इथिकल कमिटीका अर्का सदस्यले पनि राजीनामा दिइसकेका छन् । इथिकल कमिटीको मनोबल खस्किँदै गएको छ ।

इथिकल कमिटी खारेज हुने अवस्था आएपछि मिर्गौला प्रत्यारोपण रोकिने अवस्थामा
निदान अस्पतालको मिर्गौला तस्करी अभियोगमा कानुन अधिकृत कुदुमकुमार भट्टराई परेका छन् । भट्टराई केन्द्रमा पनि कानुन अधिकृतका रूपमा कार्यरत थिए । हाल केन्द्रको इथिकल कमिटी काम गर्न सक्ने अवस्थामा नरहेका कारण मिर्गौला प्रत्यारोपणले गति लिने अवस्था देखिँदैन । इथिकल कमिटीका अर्का सदस्यले पनि राजीनामा दिइसकेका छन् । इथिकल कमिटीको मनोबल खस्किँदै गएको छ । ‘कोही मानिसले गल्ती गरेको छ भने उसले सजायँ पाउनुपर्छ,’ अस्पताल प्रशासन भन्छ, ‘तर, निर्दोष हुँदा पनि आफू कहीँ फसिन्छ कि भन्ने त्रास व्याप्त छ ।’

अस्पताल प्रशासन भन्छ– मिर्गौला प्रत्यारोपणमा फोकस हुँदा अन्य सेवा विस्तार गर्न सकिएन
केन्द्र विशेषगरी मिर्गौला प्रत्यारोपणमा फोकस भएको हुँदा मुटु तथा कलेजो सेवालाई विस्तार गर्न नसकिएको अस्पताल प्रशासन बताउँछ । ‘हामीसँग मुटुको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने एनेस्थेसिया डाक्टर नभएको र भएकाले पनि छोडेर गएका छन्,’ अस्पताल प्रशासन भन्छ, ‘डाक्टरहरू ल्याउने प्रयत्न भइरहेको छ, छिट्टै नै मुटु र कलेजो प्रत्यारोपण सुरु हुन्छ ।’
बिरामीमा केन्द्रमा मुटु तथा कलेजोका सेवा पनि उपलब्ध छन् भन्ने ज्ञानको कमीका कारण पनि सेवाविस्तार गर्न नसकिएको अस्पातल प्रशासन बताउँछ । केन्द्रीय अस्पतालमा भएका मेसिन प्रयोगमा नआउँदा हजारौँ बिरामी मर्कामा पर्दै आएका छन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सम्झौताको केही घण्टामै प्रत्यारोपण केन्द्रका नर्सबीचमै मतभेद, अनशन नतोडेको शेर्पाको जिकिरको आफैँभित्रबाट खण्डन

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आमरण अनशनमा बसेकी डिकी शेर्पाले अस्पताल प्रशासनसित १० बुँदे सम्झौता गरी अनशन तोडेको केही घण्टापछि आफूले अनशन नतोडेको जिकिर गरेकी छिन् । केन्द्रका नर्स तथा कर्मचारीआबद्ध ‘नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन’का तर्फबाट आन्दोलनरत तीनजना नर्सको हस्ताक्षरसहित भक्तपुरका सिडिओ, नेपाल नर्सिङ संघ र नेपाल शेर्पा महिला संघसमेतको रोहबरमा अस्पताल प्रशासनसित लिखित सम्झौता गरी आफन्तसमेतको उपस्थितिमा जुस पिएर अनशन तोडेको मिडियाबाजी गरेको केही घण्टामै शेर्पाको यस्तो अभिव्यक्ति आएको हो ।

आफू अर्धचेत अवस्थामा भएका वेला चालबाजी गरी आफ्ना मागको पूर्ण सम्बोधन नै नभई अनशन तोडाइएकाले आफूलाई मान्य नहुने र अनशन जारी रहने शेर्पाले हेल्थपोस्टसित बताइन् । ‘आइतबार मेरो मुटुको चाल बढेपछि निद्रा लाग्ने औषधि खाएर बसेकाले म अर्धचेत अवस्थामा थिएँ,’ उनले भनिन्, ‘मलाई सुनाइएको अस्पताल प्रशासनसितको सम्झौता र पिलाइएको जुसबारे मलाई केही पनि थाहा छैन ।’

उनले आइतबार राति केन्द्रमा नर्सिङ संघका केही पदाधिकारी आएर पत्र पढ्दा आफूलाई केही थाहा नभएको तर सबैले ताली पेटर जबर्जस्ती जुस पिलाएको बताइन् । शर्पाले भनिन्, ‘राति अचेत अवस्थामा भएकाले केही थाहा भएन, बिहान उठेर पत्र पढ्दा थाहा पाएँ कि सम्झौता हाम्रो माग सम्बोधन गर्नेकिसमको रहेनछ, जुन मलाई मान्य छैन ।’

आन्दोलन नर्स र केन्द्र प्रशासनबीच वार्ता र सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेकी तथा सम्झौताको रोहबरमा हस्ताक्षरसमेत गरेकी नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल भने आन्दोलनरत नर्सहरूका सबै माग पूरा भएको र पूर्ण होस–हवासमै अनशन तोडाइएको बताउँछिन् । उनका अनुसार अनशनकारी शेर्पाका आमा, मामालगायत आफन्त तथा नातेदारसमेतको उपस्थिति र सहमतिमा पूर्ण होस–हवासमै सम्झौताका बुँदा पढेर शेर्पाले अनशन तोडेकी हुन् ।

‘कर्मचारी युनियनको प्रतिनिधित्व गर्दै नर्सले हस्ताक्षर गरेर अनशनमा बस्नुभएकी डिकी शर्पालाई पत्र पढेर सुनाएर मात्र अनशन तोडाएका हौँ,’ पोखरेलले भनिन्, ‘अहिले आएर सम्झौता मान्य हुँदैन भन्नु ठिक होइन ।’

सम्झौताबारे आन्दोलनकारी नर्सहरूबीच नै मतभेद छताछुल्ल
आइतबार अबेर साँझ कर्मचारी युनियनका तर्फबाट आन्दोलनरत तीन नर्स रविता सितिखू, प्रविना कार्की र सजना देउलाले हस्ताक्षर गरी अस्पताल प्रशासनसित १० बुँदे सम्झौता गरेका थिए । सम्झौतालगत्तै अनशनकारी शेर्पालाई अनशन तोड्न आग्रह गर्ने सम्झौताबमोजिम नर्सिङ संघ, अस्पताल प्रशासन र सम्झौताका हस्ताक्षरकार्ता तथा अफन्तको समेत रोहबरमा शेर्पाले जुस पिएर अनशन तोडेकी थिइन्, जसको सामाजिक सञ्जालहरूमा लाइभसमेत गरिएको केन्द्र प्रशासन बताउँछ । तर, एकाएक सोमबार अनशनकारी शेर्पाले आफूलाई अर्धचेत अवस्थामा झुक्याएर अनशन तोडाइएको मिडियाबाजी गरेसँगै आन्दोलनकारी नर्सहरूबीचमै मतभेद देखिएको छ । सम्झौताका हस्ताक्षरकर्ता नर्सहरू आफ्ना माग पूरा भएकाले आफ्नो राजीखुसीमै सम्झौता भएको बताइरहेका छन् ।

हस्ताक्षरकर्ता नर्सका अनुसार अनशनकारी शेर्पा पनि आइतबार राति सम्झौतालाई स्वीकार गरेरै अनशन तोडेकी थिइन् । ‘हामीले वार्तामा बसेर हाम्रा मागको अधिकतम सम्बोधन हुने गरी नै सम्झौता गरेका हौँ र त्यसलाई हिजो दिदी (अनशनकारी शेर्पा)ले पनि मान्नुभएको थियो, तर आज मानिरहनुभएको छैन,’ सम्झौताकी हस्ताक्षरकर्ता नर्समध्येकी एक सजना देउलाले हेल्थपोस्टसित भनिन्, ‘दिदीसित हाम्रो कुराकानी भइरहेको छ, छलफलपछि के गर्ने तय हुन्छ ।’

‘सम्झौतापछि केन्द्रका सबै सेवा सुचारु, आन्दोलनकारी केही काममा फर्किए, केही रेस्टमा’
आइतबार भएको आन्दोलनकारी र प्रशासनबीचको सम्झौतापछि सोमबार केन्द्रका सबै सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार केही नर्स तथा कर्मचारी काममा फर्किसकेका छन् भने केहीले एक–दुई दिनको आरामको माग गरेका छन् ।
अनशनकारी शेर्पाको पछिल्लो बयानबारे अस्पताल स्रोतले भन्यो, ‘हिजो नर्सिङ संघ, सिडिओ, शेर्पा महिला संघसमेतको रोहबरमा कर्मचारी युनियनका तर्फबाट नर्सहरूसित सम्झौता भई राजीखुसीमै अनशन तोडिएको हो,’ अस्पताल स्रोतले भन्यो, ‘आज उहाँ (शेर्पा)ले सामाजिक सञ्जालमा फरक र अप्रत्याशित बयान दिएको पाइएको छ, किन हो उहाँलाई नै थाहा होला ।’

अस्पताल स्रोतका अनुसार शेर्पाको असन्तुष्टि स्वतः स्थायी गर्ने गरी सम्झौता नभएकोमा हुन सक्छ । ‘उहाँहरूको माग भनेकै ५–६ वार्ष काम गरिसकेकाले स्वतः स्थायी हुन पाउनुपर्छ भन्ने नै हो, जुन कानुनले दिँदैन र मन्त्रालयदेखि कुनै पनि निकाय यसमा सकारात्मक छैनन्,’ अस्पताल स्रोत भन्छ, ‘हामीले यदि लोकसेवाको प्रक्रियामा सफल हुन नसकेमा करारमा सेवालाई निरन्तरता दिनेसमेत प्रतिबद्धता जनाइसकेका छौँ, योभन्दा बढी अस्पतालले पूरा गर्न सक्ने केही छैन ।’

आइतबार दिउँसो आन्दोलनरत नर्सको मागलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो वार्ता चलेको थियो । नर्सिङ संघकी अध्यक्ष पोखरेल, भक्तपुरका सहायक प्रमुखजिल्ला अधिकारी दिलीप लामिछाने र नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पासमेतको रोहबरमा केन्द्र प्रशासनले करिब महिनादिनदेखि आन्दोलन नर्सहरूसित लोकसेवाको प्रक्रियालाई तिहारपछाडि मात्र सुरु गर्न पहल गर्ने, लोकसेवाको प्रक्रिया सुरु हुनुअघि नै केन्द्रमा विभिन्न सेवा विस्तार गर्ने र स्थायी प्रक्रियामा सफल हुन नसकेमा कार्यरत नर्सहरूलाई विस्तारित सेवामा करारमा व्यवस्थापन गर्ने, नर्सिङ निर्देशकको व्यवस्था गर्ने र बोर्ड बैठकमा प्रतिनिधित्व सुनिश्चित गर्नेलगायत १० बुँदे सम्झौता गरेको थियो ।

नर्सिङ क्षेत्रकै आमूल सुधारका लागि अनशनरत नर्स बरालको भने अनशन जारी
उता, समग्र नर्सिङ क्षेत्रको सुधारका लागि ११ दिनदेखि नै अनशनरत पोखराकी नर्स जिता बरालले भने केन्द्रको सम्झौतामा आफ्नो माग सीमित नभएको जनाउँदै अनशनलाई निरन्तरता दिएकी छिन् । केन्द्रमा कार्यरत नर्सको मात्र नभई समग्र नर्सको न्याय र नर्सिङ क्षेत्रको सुधारको मागसहित पछिल्लो समय वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा अनशनरत बरालको समेत अनशन तोडाउन आइतबार केन्द्रका नर्ससितको सम्झौतापत्र लिएर नर्सिङ संघका पदाधिकारी उनीसमक्ष पुगेका थिए । तर, उनले अनशन तोड्न मानिन् ।

बरालले आइतबार हेल्थपोस्टसित भनिन्, ‘आइतबार बेलुका नर्सिङ संघका पदाधिकारीहरू अनशन तोड्न भन्दै आउनुभएको थियो, तर मैले उठाएका माग सम्झौतापत्रमा नसमेटिएका कारण उहाँहरूलाई फिर्ता पठाइदिएँ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच सहमति, अनशन तोडियो, आन्दोलन स्थगित

स्वतः स्थायीलगायतका माग राखेर १० दिनदेखि अनशनरतलगायतका आन्दोलन गरिहेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच सहमति भएको छ । नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेलगायतको रोहभरमा साँझ सहमति भएको हो । सहमति पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाले सहमति गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा १० बुँदे सहमतिपछि अस्पतालमा अनशनरत नर्स दिक्की शेर्पाले अनशन समेत तोडेकी छिन् । बिपी स्मृति अस्पतालमा अनशन र उपचाररत अर्की नर्स गीता बराल भने अनशन तोड्न वाँकी छ । बरालले आफ्ना सबै माग नसमेटिएको भन्दै अनशन तोड्न मानिरहेकी छैनन् ।

सहमति लगतै अस्पताल प्रशासनले विज्ञाप्ति जारीगरी शेर्पाले अनशन तोडेको भन्दै अन्य सम्पूर्ण आन्दोलनरत पक्षलाई काममा फर्किन आग्रह गरेको छ ।
दुई पक्षबीच केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्ने सहमित भएको छ । त्यसका लागि अस्पताल प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने सहमति भएको छ ।

केन्द्रमा नर्सको दरबन्दी बढाउँन केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्न दुबै पक्ष सहमत भएका छन् ।

प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका सहमति भएको छ।

 

 

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका युगल दृश्य : न्यायका लागि नर्सको संघर्ष, ज्यानका लागि बिरामीको

आधा दशकभन्दा लामो समयदेखि दिन–रात नभनी बिरामीको सेवामा खटिएका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरू न्यायका लागि संघर्ष गरिरहेका छन् । आमरण अनशन, धर्नादेखि पटक–पटकको गिरफ्तारीको हैरानीले पनि उनीहरूको पाइला डगमगाएको छैन ।
भक्तपुरस्थित केन्द्रको प्रांगणमा नर्सहरूको न्यायका लागि संघर्ष जारी रहँदा अर्कोतिर कहालीलाग्दो रोगबाट उन्मुक्तिको सपना बोकेर अस्पताल धाइरहेका कैयौँ बिरामी आन्दोलनका कारण आफू पीडित बनेको महसुस गरिरहेका छन् । उनीहरूलाई नर्सका लागि न्यायभन्दा आफ्नो ज्यान महत्वपूर्ण छ । तर, आफ्ना स्टाफ र बिरामी दुवैलाई न्यय दिन पहलकदमी चाल्नुपर्ने प्रमुख निकाय अस्पताल प्रशासन भने तीन साताभन्दा बढी समयदेखि यो टुलुटुलु हेरि मात्र रहेको छ । राज्यका सम्बन्धित नियामक निकायको चासो त झन् नदेखिएकै बराबर छ ।

‘निमुखा जनताको कोही हुँदो रहेनछ’
सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको प्रांगणमा एक वयोवृद्ध बालकलाई काखमा लिएर बसेका छन, रूपन्देही घर भएका तुलसीराम भण्डारी नातिको उपचारका लागि गत शुक्रबारदेखि निरन्तर अस्पताल चहारिरहेका छन् ।
११ वैशाखदेखिको नर्सको आन्दोलनले अस्पताल आएका सयौँ बिरामी अलपत्र परेका छन् । रूपन्देहीबाट ठूलो आशा लिएर नातिको उपचारका लागि तुलसीराम एकछाक खाएर अस्पतालको बेन्चमा रात कटाइरहेका छन् ।

तीन सातादेखि मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित हुँदा भण्डारीजस्ता हजारौँ बिरामीले दुःख–कष्ट मात्र भोगिरहेका छैनन्, संविधानप्रदत्त स्वास्थ्यको हक उनीहरूका लागि मौलिक हक नभएर कागजी घोषणा साबित भएको छ ।

कक्षा ९ मा अध्ययनरत १४ वर्षीय खेमराज बसौला बाहिरबाट हेर्दा फुर्तिला देखिन्छन् । तर, उनको शारीरिक अवस्था भने निकै नाजुक छ । २ वर्षमै उनमा दिशामा गोटा पर्ने, पिसाब चुहिने, खान मन नलाग्ने, बान्ता हुने, पेट फुल्ने तथा हात तथा खुट्टा सुक्ने समस्या देखिएका थिए । परिवारले उनलाई कान्ति बाल अस्पतालमा ल्याए । उपचारका क्रममा थाहा भयो, बालकको एउटा मिर्गौला फेल भएको रहेछ । कान्तिमा ३ वर्षसम्म लगातार उपचार गराए, तर उल्टै बालकको अर्को मिर्गौलामा समेत समस्या बढ्दै गयो ।

पिसाबको नली सानो भएका कारण बालकले २ वर्षसम्म पेट चिरेरै पिसाब गरेको भण्डारी बताउँछन् । केही समयपछि पेटको प्वाल टालेर मूत्रनलीबाटै पिसाब आउने बनाइयो । तर, बालकको समस्या बढ्दै गयो । हाल बालकलाई निद्रा लागिरहने, खान मन नलाग्ने हुनुका साथै इन्फेक्सनका कारण मिर्गौला सुन्निँदै गएको छ । ‘नातिको उपचारका लागि ७ दिनदेखि अस्पतालको सिँढीमा रात कटाइरहेको छु,’ भण्डारी दुखेसो पोख्छन्, ‘निमुखाको कोही हुँदो रहेनछ ।’

भक्तपुरस्थित केन्द्रको प्रांगणमा नर्सहरूको न्यायका लागि संघर्ष जारी रहँदा अर्कोतिर कहालीलाग्दो रोगबाट उन्मुक्तिको सपना बोकेर अस्पताल धाइरहेका कैयौँ बिरामी आन्दोलनका कारण आफू पीडित बनेको महसुस गरिरहेका छन् । उनीहरूलाई नर्सका लागि न्यायभन्दा आफ्नो ज्यान महत्वपूर्ण छ ।

खेमराजको पारिवारमा २ दिदी र आमा छन् । सानै उमेरमा बाबु घर छोडेर गएको बताउँछन् बसौला । ‘बाबुको अनुहार पनि देख्न पाइनँ, बाबाको माया र अभिभावकत्व कस्तो हुन्छ भनेर महसुस गर्न पाएको छैन,’ मलीन अनुहारले खेमराज भन्छन्, ‘मेरो सहारा भनेकै यिनै हजुरबुबा हुनुहुन्छ ।’
बाबुले घर छोडेर हिँडेपछि बसौलाको परिवार मामाघरमा गएर बसिरहेका छन् । ‘जग्गा बेचेर नातिका लागि ३० लाखभन्दा बढी खर्च गरिसकिएको छ,’ भण्डारी भन्छन्, ‘अझ कति पो खर्चिनुपर्ने हो !’

तीन सातादेखि मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित हुँदा भण्डारीजस्ता हजारौँ बिरामीले दुःख–कष्ट मात्र भोगिरहेका छैनन्, संविधानप्रदत्त स्वास्थ्यको हक उनीहरूका लागि मौलिक हक नभएर कागजी घोषणा साबित भएको छ । आफ्ना व्यक्तिगत मागका लागि कसैले पनि नागरिकको स्वास्थ्यसँग खेलबाड गर्न नहुने भन्दै बिरामीले आक्रोश पोखिरहेका छन् । ८ दिनदेखि प्रत्यारोपण केन्द्रका २ नर्स स्थायी गर्नुपर्नेलगायत मागसहित आमरण अनशनमा छन् । उता अस्पताल प्रशासन भने नर्ससित वार्ता गरी समस्याको गाँठो फुकाउने पहल गर्नुको साटो उल्टै शान्तिपूर्ण धर्नामा बसेका नर्सलाई प्रहरी प्रशासन लगाई गिरफ्तार गराएर समस्या बल्झाउनमा लागेको देखिन्छ । शुक्रबार मात्र पनि केन्द्रमा शान्तिपूर्ण धर्नाको तयारी गरिरहेका १० नर्स पक्राउ परेका छन् ।

‘बाबुको अनुहार पनि देख्न पाइनँ, बाबाको माया र अभिभावकत्व कस्तो हुन्छ भनेर महसुस गर्न पाएको छैन,’ मलीन अनुहारले खेमराज भन्छन्, ‘मेरो सहारा भनेकै यिनै हजुरबुबा हुनुहुन्छ ।’ बाबुले घर छोडेर हिँडेपछि बसौलाको परिवार मामाघरमा गएर बसिरहेका छन् । ‘जग्गा बेचेर नातिका लागि ३० लाखभन्दा बढी खर्च गरिसकिएको छ,’ भण्डारी भन्छन्, ‘अझ कति पो खर्चिनुपर्ने हो !’

अस्पतालमा करारमा कार्यरत नर्स तथा कर्मचारी स्वतः स्थायी गनुपर्ने, सेवा–सुविधा अन्य अस्पतालको सरह पाउनेपर्नेलगायत माग राखेर आन्दोलनमा छन्, जसका कारण अस्पतालको सेवा अवरुद्ध बन्दै गएको छ । आमरण अनशनमा रहेकी डिकी शेर्पा नर्सका माग पूरा नहुँदा एक मुठी श्वास रहेसम्म न्यायका लागि लडिरहने बताउँछिन् । यद्यपि, लामो समयदेखि करारमा कार्यरत नर्सले पेसाको स्थायित्वको माग उठाउनुलाई नाजायज भन्न सकिँदैन । तर, आफ्ना स्टाफको माग पूरा गरेर वा अन्य जुनसुकै दीर्घकालीन वा तत्कालीन समाधान निकालेर भए पनि अस्पतालको सेवालाई विच्छिन्न राख्नु अस्पताल प्रशासनको दायित्व हो । यस्तो हुन नसक्दा सरकारका नियामक निकायहरूले समेत आफ्नो जिम्मेवारी वहन गर्न नसकेको स्पष्ट देखिन्छ ।

नर्सको समस्या समधानका लागि हरपल लागिपरेको प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठ बताउँछन् । ‘समस्या समाधानका लागि लोकसेवा आयोगको परीक्षा स्थगित गर्न पत्राचार गरेको छु,’ हेल्थपोस्टसित श्रेष्ठले भने, ‘नर्सको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै लोकसेवाको परीक्षा स्थगन गर्न माग गरेको हुँ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बुधबारको वार्ता निष्कर्षविहीन, अनशनकारीको स्वास्थ्य खस्किँदै जाँदा संघकी अध्यक्षको प्रस्ताव– २०% आन्तरिक

तीन सातादेखि विभिन्न स्वरूपमा आन्दोलनरत सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सको आमरण अनशनको छौटौँ दिन बुधबार अनशनकारीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । अनशनका कारण स्वास्थ्यस्थिति जटिल बन्दै जाँदा पनि सम्बन्धित पक्षको धानाकर्षण हुन नसकेको प्रति आन्दोलनकारीको गुनासो छ ।

आन्दोलनरत नर्सको समस्याको निकास खोज्न बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यासचिव डा. रामप्रसाद थपलिया, डा. दीपेन्द्ररमण सिंह र नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलबीच छलछफल भएको छ । ‘आन्दोलनरत नर्सको समस्याको समाधान निकाल्न स्वास्थ्य मन्त्रालयमा वार्ता बसेका थियौँ,’ नर्सिङ संघकी अध्यक्ष पोखरेलले भनिन्, ‘नर्सका धेरै माग सम्बोधन गरिसकेको अवस्था छ ।’ आफ्नै पेसागत संगठन नेपाल नर्सिङ संघ नै आफ््ना मागप्रति उदासीन बनेको आरोप आन्दोलनकारी नर्सले लगाउँदै आएका छन् । कार्यरत नर्सलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग प्रमुख रूपमा उठाएका नर्सहरू नर्सिङ संघले लोकसेवाको प्रक्रियामा सहभागी हुन आग्रह गरेसँगै रुष्ट बनेका थिए ।

‘लोकसेवा आयोगमा नर्सलाई आन्तरिक प्रतिस्पर्धाका लागि २० प्रतिशत सिट छुट्याई खुला प्रतिस्पर्धामा ८० प्रतिशत राख्न मन्त्रालयसँग मौखिक माग गरेकी छु, मन्त्रालयबाट पनि सकारात्मक रूपका कुरा आएको छ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘बिहीबार स्वास्थ्य मन्त्रालयमा पुनः वार्ताका लागि बोलाइएको छ, आशा छ, भोलि नै नर्सको समस्या समधान हुनेछ ।’

उता अन्दोलनरत नर्सको भने संघकी अध्यक्षले वार्ताका लागि बोलए पनि मन्त्रालयका जिम्मेवार व्यक्तिसँग भेट नगराएको भनाइ छ । ‘उहाँले हामीलाई स्वास्थ्य मन्त्रालयका जिम्मेवार व्यक्तिहरूसँग भेट गराउनुभएन,’ प्रत्यारोपण केन्द्रकी आन्दोलनरत नर्स सविता श्रेष्ठले भनिन्, ‘मन्त्रालयमा भएको वार्ताको निष्कर्षसमेत हामीलाई सुनाउनुभएन ।’

६ दिनदेखिको आमरण अनशनले नर्सको स्वास्थ्य खस्कँदै
आफ्ना मागलाई बेवास्ता गरेको भन्दै दुईजना नर्स शुक्रबारदेखि आमरण अनशनमा छन् । लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालयमा जिता बराल र आफ्नै कार्यालय मानव अंग प्रत्यारोपण केन्द्रमा डिकी शेर्पा अनशनमा बसेको भोलि सातादिन हुँदै छ । दुवैको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको बताइएको छ ।

अनशनरत शेर्पाको स्वास्थ्यअवस्था बिग्रिएपछि उनलाई उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्रकै आकस्मिककक्षमा राखिएको छ । बराललाई भने अनशनस्थल लाजिम्पाटबाट वसुन्धरास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएकोे नर्स सविता श्रेष्ठले बताइन् । बरालको हात–खुट्टाका नसा नभेटिएका कारण उपचारमा थप समस्या भएको श्रेष्ठले जानकारी दिइन् ।

नर्सको २१ दिनदेखिको आन्दोलनले अस्पतालको सेवा प्रभावित
तीन सातादेखि प्रत्यारोपण केन्द्रमा करारमा कार्यरत नर्सहरू आन्दोलित हुँदा अस्पतालको सेवा अस्तव्यस्त बनेको छ । केन्द्रमा वर्षौंदेखि कार्यरत कर्मचारीलाई विस्थापित गर्ने गरी नयाँ पदपूर्ति गर्न लागिएको भन्दै नर्स, प्राविधिक कर्मचारी र चिकित्सकहरू चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण केन्द्रले प्रवाह गर्ने दैनिक उपचारसेवा प्रभावित बनेको छ । जनरल वार्डका ४५ बेड खाली छन् । करिब ३० जना नर्सले नियमित काम छाडेर धर्ना दिइरहेका छन् ।

केन्द्रका नर्स र कर्मचारीले ०७० देखि कार्यरत कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । केन्द्रका नर्स र कर्मचारीले अस्पतालको सेवा–सुविधा, उपकरणको व्यवस्थापन, नयाँ कर्मचारीकोे नियुक्तिमा प्रशासन र कार्यकारी निर्देशकले मनपरी गरेको आरोप लगाएका छन् ।
केन्द्रका आधाभन्दा बढी नर्स र कर्मचारी आन्दोलित छन् भने केही कर्मचारी मौन बसेका छन् । कार्यरत नर्स र कर्मचारीले आफूहरूको सेवा र दक्षताका आधारमा स्वतः वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिनुपर्ने माग गर्दै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रहरी हस्तक्षेपमा धर्नामा बसेका नर्सको चिच्याहट, ६ पक्राउ

चार दिनदेखि आफ्नै पेसागत संगठन नेपाल नर्सिङ संघमा धर्ना दिइरहेका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नर्सिङ संघले आफ्नै सदस्यहरूको पेसागत हितको माग नसुनेको भन्दै संघको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा ताला लगाएर धर्ना जारी राखेका नर्सहरूमाथि बुधबार दिउँसो प्रहरी हस्तक्षेप हुँदा आन्दोलनकारी नर्सहरूमा कोलाहल मच्चिएको थियो ।
आन्दोलनकारीले अध्यक्ष तारा पोखरेललाई कार्यकक्षमा छिर्न नदिएपछि संघको अनुरोधमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको हो । पक्राउका क्रममा आन्दोलनकारी नर्सको लामो चिच्याहट सुनियो । प्रहरीले एकाएक शान्तिपूर्ण धर्नामा बसिरहेका नर्सहरूलाई लछार–पछार पारेर बलपूर्वक पक्राउ गरेको आन्दोलनकारीको भनाइ छ ।

कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत सेवा–सुविधासम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका नर्सहरू र प्रशासनबीच नर्सिङ संघकी अध्यक्ष पोखरेलसमेतको उपस्थितिमा स्वास्थ्य मन्त्रालयमा गत साता भएको वार्ता असफल भएपछि नर्सिङ संघ नै आफूहरू विरुद्ध उत्रिएको आरोप लगाउँदै आन्दोलनकारीले संघको कार्यालयमा धर्ना दिइरहेका छन् । ‘हामीले संघको अध्यक्षलाई माग पूरा गर्न आग्रह गर्दा सकारात्मक रूपमा पहल नगरेपछि संघमा धर्ना दिइरहेका छौँ । तर, उहाँले प्रहरी बोलाएर शान्तिपूर्ण धर्नामा बल प्रयोग गर्न लगाउनुभयो,’ आन्दोलनकारी एक नर्सले भनिन्, ‘हामीलाई जबर्जस्ती लछार–पछार गर्ने काम भयो ।’

धर्नास्थलबाट प्रहरीले ६ जना नर्सलाई पक्राउ गरेको छ । पक्राउ परेका नर्सहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयमा वार्ता विफल भएसँगै प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई घेर्न पुगेका नर्सहरूलाई प्रहरीले हिरासतमा लिई सिंहदरबार वृत्तमा सात घण्टा राखेको थियो ।

प्रत्यारोपण केन्द्रका नर्सहरूको पछिल्लोपटकको आन्दोलन दुई हप्ता किटसकेको छ । उनीहरूले अस्पतालको सेवा अवरुद्ध नगरी शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । यसअघि नर्सिङ संघले उनीहरूको मागको औचित्य नरहेको भन्दै लोकसेवाको प्रक्रियामा सहभागी हुन विज्ञप्तिमार्फत आग्रह गरेको थियो ।

नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनसँग पुरानो कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधरमा ग्रेडिङ गरिनुपर्ने, पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्नेलगायत माग राखेका छन् । यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्ने, कर्मचारीको मासिक तलब समयमै दिनुपर्नेलगायत माग नर्सहरूको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरु न्यायको लडाईँमा, नर्सिङ संघले गरेन वास्ता

मध्यान्ह १२ बजेको तालु पोल्ने रापिलो घाम । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनको कोपभाजनमा परेका नर्सहरू पेशागत संस्थाको सहारा खोज्दै नर्सिङ संघ केन्द्रीय कार्यालयमा जम्मा भए ।

तर, नर्सहरुको साझा संस्था भनिएको नर्सिङ संघ तिनै नर्समाथि शोषण गर्ने अस्पताल व्यवस्थापनको बचाऊको साधन बनेको छ । लाजिम्पाटस्थित संघ कार्यालयको परिसरमा धर्नामा रहेका भक्तपुरका नर्सहरुमाथि अस्पताल प्रशासनले प्रहरी, सरकार सबै लगाएपनि आफ्नै संघसमेत पीडक प्रशासनको पक्षमा उभिएको उनीहरुको मन निकै दुखेको छ ।

लामो समयदेखि भिन्न रुपका संघर्ष जारी राखेर र संघर्षकै कारण विभिन्न दुःख भोगिरहेका अस्पतालका नर्सहरुलाई केही दिनअघि मन्त्रालयमा वार्ताका लागि बोलाएर पक्राउ गराइएको थियो । एक रात प्रहरी हिरासतमा समेत काटेका नर्सहरुका प्रमुख माग विल्कुल पेशागत हितसँग सम्बन्धित छ ।

उनीहरुले नर्सको वाक स्वतन्त्रता माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, जोखिम भत्ता लागू गर्नुपर्ने माग गरेका छन् । शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनप्रति उनीहरु आक्रोशित छन् ।

संघका पदाधिकारी राजनीतिक विचारधारा र मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशकको प्रलोभनमा संघको आन्दोलन दमनमा लागेको भनाइ उनीहरुको छ ।

केही दिनअघि मे १ विश्व श्रमिक दिवस थियो । केही दिनपछि मे १२ मा नर्सिङ दिवस आउँदैछ । यसपटकको नर्सिङ दिवसको नारा ‘नर्सेस अ भ्वाइस टु लिड हेल्थ फर अल’ छ । ‘हामी श्रमजीवि नर्सको नाममा राजनीति गर्नेहरु, हामीमाथि अन्याय गर्ने अस्पतालका निर्देशकको इशारामा हाम्रो पेटमा लात हान्दैछन्’ सोमबारको धर्नामा भेटिएकी एक नर्सले भनिन् ।

प्रत्यारोपण केन्द्रका नर्सहरुले आन्दोलन सुरु गरेको मंगलबार १५ दिन भएको छ । उनीहरुले अस्पतालको सेवा अवरुद्द नगरी आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म पछाडी नहट्ने उनीहरुको भनाई छ ।

४ महिनासम्म भेट दिएनन् निर्देशकले, धम्क्याइरहे, तर्साइरहे

सबै कर्मचारीलाई समयमै तलब प्रदान गर्नुपर्ने, केन्द्रमा कार्यरत सबै कर्मचारीले सरकारी सेवा सुविधा पाउनु पर्ने, पुराना कर्मचारीलाई कार्यसम्पादनका आधारमा पद ग्रेडिङ गर्नुपर्ने जस्ता माग नर्सहरुले अगाडि सार्दै आएका छन् ।

सरकार अन्तर्गतको यो अस्पतालमा काम गर्ने नर्सहरुले असन्तुष्टि जनाएको यो पहिलोपटक होइन् । ‘नर्सहरुले त आवाजको प्रतिनिधित्व मात्रै गरेका हुन्, धेरै डाक्टर र कर्मचारी सहन नसकेर छोडेर हिँडिसके ।’ अर्की एक नर्सले दुःखेसो पोखिन् ।

आन्दोलनरत नर्सका अनुसार उनीहरुले यी सामान्य समस्यालाई लिएर ४ महिनादेखि प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसँग भेट्ने प्रयास गरे पनि उनीले भेटको सट्टा व्यक्तिगत रुपमा धम्की दिएर आन्दोलन दबाउन लागेको आरोप उनीहरुको छ ।
नर्सहरुले पछिल्लो समयमा आन्दोलनलाई चकाउँदै लगेर ३ दिन अस्पतालको आकस्मिक र आइसिइयुबाहेको सेवा बन्द गरेर धर्ना दिएका थिए।

तर अस्पतालका निर्देशकले थर्काउने, तसाउने गरेको उनीहरुको सामूहिक गुनासो छ । नर्सले आन्दोलन गरिरहँदा अस्पताल प्रशासनले अर्को अस्पतलाका नर्सहरु लिएर आएर सेवा सुचारु ग¥यो । ‘विरामीलाई सेवा दिँदासमेत विभेद गरियो जसको पहुँच छ, अस्पतालमा डायलसिस सेवा पाए,’ एक नर्सले भनिन् ।

करार नर्सलाई बेवास्ता गर्दै लोक सेवा आयोग

बैशाख ११ गते नर्सहरुले धर्ना सुरु गरे । त्यसको दोस्रो दिनमै लोकसेवा आयोग खुलाइयो । ९६ नर्सका लागि लोकसेवा खुलाइएको छ, निर्देशकको चाहना खुल्ला प्रतिस्पर्धाको नाममा आफू अनुकुलका मान्छे भर्ना गर्न यो चाल चलिएको आरोप नर्सको छ ।
अस्पताल प्रशासनले खुल्लामा पास नभएका नर्सलाई आवश्यकताका आधारमा राख्दै जाने आश्वासन दिएको छ । बिरामीको लागि रात–दिन खटेकाहरुलाई स्वार्थ नमिलेकै आधारमा निस्कासन गर्न खोजिएको आरोप नर्सहरुको छ । करार नर्सको लागि अस्पतालमा काम गरेको अनुभवको समेत कदर हुनेगरी लोकसेवा खुलाउनुपर्ने उनीहरुको माग छ ।

वार्ता भन्दा दमनको पक्षमा प्रशासन

२० गते मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भयो । उनीहरुले आफ्ना मागमा लिखित जवाफ दिनभन्दै अस्पताल निर्देशकलाई घेरा हालेका थिए । सो क्रममा प्रहरी लगाएर गिरफ्तार गरियो । शुक्रबार अपरान्ह ४ बजेतिर गिरफ्तार भएका नर्सहरुलाई राति ११ बजेसम्म प्रहरी प्रभागमा राखियो ।

संघ नै निरीह, नर्सहरु रातभरि चिसो सिढींमा

संघ नर्सहरुको हकहितको रक्षाभन्दा संघ प्रशासनको पक्षमा उभिएको आरोप पीडित नर्सहरुको छ । आइतबार विज्ञप्ती निकाल्दै नर्सिङ संघले नर्सका समस्या समधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकमा छलफल गराएको दावी ग¥यो ।

विज्ञप्ती भनिएको छ,‘छलफलको क्रममा स्थायी प्रकियाको विज्ञापनमा देखिएको त्रुटिपुर्ण बुँदाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जिम्मेवार पदाधिकारी, प्रत्यारोपण केन्द्रका पदाधिकारी र नर्सिङ संघ अध्यक्षको सहभागितामा त्रुटिपूर्ण केही बुँदा सच्याएको र केही सञ्चाएर सुचना प्रकाशन गरिने छ ।’

नर्समाथि भएको प्रहरी दमनबारे भने संघले हालसम्म पनि कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन् । यतिसम्मकी पक्राउ परेका नर्सहरुले नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई गुनासो गरेका थिए ।

तर पोखरेलले उनीहरुलाई छुटाउनसमेत पहल गरिनन् । यतिका दिन आन्दोलन गर्दा पनि संघबाट सकारात्मक नपाएपछि संघकै कार्यालयमा आएको धर्ना दिनुपरेको पीडित नर्सहरुको भनाई छ । उनीहरु संघ नर्सका मागप्रति वेवास्ता गर्ने संघ नेतृत्वप्रति आक्रोशित बनेका छन् । र, रातभरी चिसो सिढींमा धर्ना दिइरहेका छन् ।

मागहरुलाई गम्भीरता पूर्वक नलिएको भन्दै पीडित नर्सहरुले सोमबार विहान ६ बजे संघमा ताला लगाएका थिए । तर, संघले प्रहरी लगाएर १० बजे ताला खोलेको थियो ।

यस्ता छन् नर्सका माग

१.सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने ।
२.ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ।
३.सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
४.पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने
५.पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

संसार छोडि नै सकेपछि अरू ८ जनालाई बचाएर किन नजाने ?

नेपालमा रक्तदान कार्यक्रम धेरै प्रभावकारी छ । त्यसैगरी आँखाको नानी दान गर्ने कार्य स्थापित हुँदै गएको छ । मुत्युपश्चात् जेलेर खरानी भएर वा गाडेर कुहिएर जाने अंगहरू अरू कसैका लागि पुनर्जन्मको ठूलो स्रोत वा साधन हुन सक्छन् । कुनै परिवारको सदस्यमा कुनै अंग फेल भएको छ, त्यो परिवारको मर्म, दुःख, पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ ।

एक परिवारमा एकजना व्यक्तिको मिर्गौला फेल भयो भने पूरै परिवारको मिर्गौला फेल भएबराबर नै पीडा हुन्छ । त्यो परिवारले उपचारमा यति धेरै लगानी तथा समय खर्चनुपर्छ कि परिवारका पूरै सदस्य त्यही एकजना बिरामीको पछि लाग्दालाग्दै आर्थिक रूपले क्षतविक्षत हुने हुन्छ । समय त खेर गयो–गयो, अन्तिममा गएर परिवारको सदस्य गुमाउनेबाहेक अन्य विकल्प रहँदैन ।

त्यसैले यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ? अंग प्रत्यारोपणमा नेपालमा संसारभरको उत्कृष्ट कानुन बनेको छ, कानुनमा सबै विधा समावेश गरिएको छ । यसलाई अब कार्यान्वयन गर्ने जिम्मेवारी छ । सरकारले नियम–कानुन बनाएको छ, अबको जिम्मेवारी तपाईं–हाम्रो काँधमा छ, जसबाट हामी पछाडि हट्नुहुँदैन । यसको कार्यान्वयनका लागि प्रत्येक परिवार, सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीले अंग फेल भएको अवस्थामा खेर जाने अंग दिन कुनै हिचकिचाहट गर्नुहुँदैन । नेपालमा मात्र होइन, संसारका सबै देशमा मुत्युपश्चात् अंगदान दिने कार्य धेरै पछाडि सुरु भएको छ ।

यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ?

अमेरिकाको कुरा गर्ने हो भने नियम–कानुन बन्यो, तर तत्काल काम भएन, किनभने परिवारलाई सचेत गराउने तथा बुझाउने कार्य, मुत्युपछि खेर जाने अंग कसैको पुनर्जन्मका लागि काम आउँछ भन्ने कुरा एक महिना, एक वर्षमा पनि सम्पन्न भएको छैन ।

दक्षिण कोरियाकै उदाहरण लिने हो भने त्यहाँ ३० वर्षअघि नेपालमा जस्तै मृत्युपश्चात् अंगदानको कानुन लागू हुँदा कसैले पनि अंगदान गर्न मान्दैनथे । अंगदान गर्नुको सट्टा अन्त्येष्टि नै गरौँ भन्नेखालको मानसिकता थियो । यस्तो मानसिकतालाई परिवर्तन गरेर मुत्यु हुुनै लाग्दालाग्दै कसैलाई बचाएर किन नजाने भन्ने मनसाय बुझाउनका लागि धेरै मिहिनेत गर्न बाँकी छ ।

अंग प्रत्यारोपणबारे सरकारबाट नीति–नियम बनाउने कार्य सम्पन्न भइसकेको छ । अब जिम्मेवारी नेपाली जनताकै काँधमा आएको छ । हामी मरेर जाँदा हामीले आफ्नो अंगदान गरेर जान्छौँ र कोही पनि नेपाली दाजुभाइ–दिदीबहिनीको अंग फेल भएका कारण मुत्यु हुन दिँदैनौँ भन्ने प्रतिज्ञा सबैले गर्नुपर्छ ।

अंगदान र अंग प्रत्यारोपणको सम्बन्ध नङ र मासुको जस्तै छ । अंगदान नगरी अंग प्रत्यारोपण नै हुँदैन । अंग फेल भएका व्यक्तिहरू प्रत्यारोपण नभई बाँच्नै सक्दैनन् । यति साधारण कुरालाई सबैले मनन गर्न सक्यौैँ भने अंग प्रत्यारोपणको विषयलाई अझ सहज रूपले अगाडि बढाउन सकिन्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

नेपालको लगभग ३ करोड जनसंख्यामा बर्सेनि ३ हजार जनाको मिर्गौला फेल हुने गर्छ । त्यसैगरी १ हजारको कलेजो फेल हुन्छ । त्यस्तै, ३० लाखको हाराहरीमा मधुमेहका बिरामी रहेको अनुसन्धानले देखाएको छ । मुटु र फोक्सोका बिरामीको यकिन तथ्यांक नै छैन । विशेषगरी मिर्गौला फेल भएका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । यसमा हुने लगानीले स्वास्थ्यको अधिकांश बजेट अंग फेल भएका व्यक्तिमा नै गइरहेको छ ।

आज यो विषयलाई अझ उपयोगी बनाउने हो भने सरकारले दिएको पैसाले मात्र पुग्ने स्थिति छैन । यदि ३ हजार मिर्गौलाका बिरामीलाई पुनर्जन्म दिने हो भने, देशका लागि उपयोगी नागरिक बनाउने हो भने डायलाइसिसमा मृत्युतुल्य अवस्थामा राख्नुको सट्टा प्रत्यारोपण गरेर स्वस्थ, परिपक्व र सक्षम नागरिक बनाउनुपर्छ, त्यसका लागि अंगदान गर्नैपर्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

आफ्नो मुत्युपछि मात्रै अंगदान गर्छु भनेर प्रतिबद्धता गर्ने हो भने नेपाल अंग प्रत्यारोपणको क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।
मरणोप्रान्त मात्र नभई आफू स्वस्थ्य भएको अवस्थामा पनि अंगदान गरेर आफ्नो परिवारमा अंग फेल भएका सदस्यलाई बचाउन सकिन्छ । कुनै पनि नाता पर्ने नेपाली दाजु–भाइ, दिदी–बहिनीले आफ्नो परिवारको सदस्यलाई अंगदान गर्न सक्छन् । संसारमा यस्तो व्यवस्था कुनै पनि देशमा छैन ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ । उदाहरणका लागि मस्तिष्कमुत्यु भएको मानिसको कलाप खोलेर हेर्दा दिमाखको भागमा पानीबाहेक केही हुँदैन ।

मस्तिष्कमुत्यु भएको मानिसको मुटु, फोक्सो चलिरहेको हुन्छ र मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । आमनागरिकलाई मेरो मान्छेलाई केही भएकै छैन, अझ उपचार गर्छु भन्ने लागिरहेको हुन्छ । तर, यसले खर्च हुनेदेखि लिएर अनावश्यक रूपमा परिवारलाई तनाव हुने गर्छ । त्यसैले मस्तिष्कमुत्यु भएको अवस्थामा हामी सहज रूपले मुत्यु स्वीकार गर्नुपर्छ । तर, कोमामा गएको मानिस पछि निको हुने सम्भावना हुन्छ ।

जबसम्म हामीले मस्तिष्कमुत्यु भएको मानिसको शतप्रतिशत मुत्यु हो भन्ने बुझाउन सक्दैनौँ, तबसम्म उसको परिवारले अंगदान गर्न मान्दैन ।
पश्चिमा मुलुकहरूमा ८० प्रतिशत मस्तिष्क भएको मानिसबाट अंग प्रत्यारोपण हुने गरेको छ । मस्तिष्कमुत्यु भएको अंग खेर जानुभन्दा किन दान नगर्ने भन्ने कुरा उनीहरूले बुझिसकेका छन् ।

वीर अस्पतालमा सयवटा अंग प्रत्यारोपण गर्दा लिनेमा ९० जना पुरुष र दिनेमा ८० जना महिला पाइएको थियो । आमाले छोरालाई, छोरीले बुबालाई र सबैभन्दा बढी श्रीमतीले श्रीमान्लाई दिएको पाइएको थियो । पुरुषले दिनुपरेमा म आफैँ कमजोर छु, कमाइ गरेर घर चलाउनुपर्ने भन्ने कुरा आउने गर्छ । श्रीमतीमा आफ्नो श्रीमान् बाँच्यो भने आफ्नो अस्तित्व रहन्छ भन्ने मनोभावना आउने तर पुरुषमा चाहिँ नआउने, यस्तो किसिमको लैंगिक भेदभाव अहिलेसम्म पनि कायम छ ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ ।

ट्रमा सेन्टरमा संलग्न चिकित्सकले दुर्घटनामा परी चोटपटक लागेका बिरामीको शतप्रतिशत उपचारको सफलताका लागि कोसिस गर्नुपर्छ । तर, सधैँ व्यक्ति बाँचेर जान्छ भन्ने छैन, यस्तो भएको खण्डमा निराश नभईकन उनीहरूसँग अरु मानिसको जीवन बचाउने क्षमता छ भनेर बुझाउनुपर्छ ।

हालसम्म मस्तिष्कमुत्यु भएका ३ जनाको अंगबाट ६ जनाको मिर्गौला प्रत्यारोपण र एकजनाको कलेजो प्रत्यारोपण गरेका छौँ । नेपाल सरकारले सहिद धर्म प्रत्यारोपण केन्द्रलाई कानुनमै मस्तिष्कमृत्युबाट आएको अंग समन्वयको जिम्मासमेत दिएको छ ।

नेपालको कुनै पनि अस्पतालको कुनै पनि क्षेत्रको बिरामीले स्पष्ट मापदण्डअनुसार अंग पाउने व्यवस्था गरिएको छ । जस्तो कि, मिर्गौला प्रत्यारोपण गर्नका लागि कति समय वेटिङमा बसेको हो, प्रत्यारोपण गर्न कत्तिको योग्य अवस्था छ त्यसलाई हेरेर प्राथमिकता निर्धारण गरिएको छ । लैंगिक हिसाबले महिलालाई प्राथमिकतामा राखिएको छ ।

(सातौँ फर्मा एन्ड हेल्थ एक्स्पो’मा व्यक्त विचारको सम्पादित अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै