महेन्द्रप्रसाद श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले आइतबारदेखि सरकारी सेवाबाट अवकास पाएका छन्। श्रेष्ठ आजदेखि ६० टेके। उमेरका आधारमा सरकारी सेवाबाट उनले अनिवार्य अवकास  पाएका छन्। १२औं तहबाट आजबाट अनिवार्य अवकास पाएका श्रेष्ठलाई मन्त्रालयले सम्मान गर्दै बिदाइ गरेको छ। श्रेष्ठ २०३७ सालमा अस्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका...