महिलामा स्वास्थ्यसमस्या परम्परागत खानेकुरा र ज्ञानलाई बिर्सिनुको परिणाम

आजभोलि हामी केवल आधुनिक औषधि, डाक्टर, अस्पताल र स्वास्थ्यचौकीको मात्र कुरा गरिरहेका छौँ । तर, महिलाको स्वास्थ्य यी कुरामा मात्र सीमित हुँदैन । महिलाको स्वास्थ्यमा समाज कस्तो छ, समाजमा कस्ता संस्कृति छन् जस्ता कुराले पनि प्रभाव पारिरहेका हुन्छन् । त्यसैगरी, महिलाले कस्तो खानेकुरा खाइरहेकी छिन्, अर्थात्, आहार–विहारको सन्तुलनको अवस्था कस्तो छ भन्ने कुराले पनि स्वास्थ्यमा ठूलो महत्व राखेको हुन्छ । अनावश्यक खानेकुराले स्वास्थ्यमा निकै असर पुर्याइरहेको हुन्छ ।

हामीलाई अत्याधुनिक औषधि पनि चाहिन्छ । आधुनिक औषधिको विवेकपूर्ण प्रयोगले महिलाको जीवनमा धेरै सकारात्मक सुधार पनि ल्याएको छ । तर, आधुनिक औषधिको प्रयोग गरिरहँदा मानव जीवनमा परम्परागत स्वास्थ्यको ज्ञान हराउँदै जानु राम्रो होइन । उदाहरणका लागि महिलालाई सुत्केरी भएको ५–६ महिनासम्म घाममा राखेर तेल लगाउने प्रचलन थियो र अझै पनि छ ।

हाम्रा हजुरआमाहरूले खाने गरेका रोटी, तरकरी, चिउरा–अण्डा, उसिनेको आलुजस्ता स्वस्थकर खाद्यवस्तु हामीले खानै छोडिसकेका छौँ । यसका कारण हाम्रो परम्परागत ज्ञान हराउँदै गएको छ र त्यससँगै स्वास्थ्य पनि क्रमिक रूपमा बिग्रिँदै गएको छ ।

यसले महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ, शरीरमा मसाज गरेपछि स्फूर्ति आउने गर्छ । यसखाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हाम्रा परम्परागत पद्धतिहरूलाई हामीले आजभोलि बिर्संदै गएका छौँ । स्वास्थ्यका लागि उपयोगी परम्परागत खानेकुरा, आचार–व्यवहार तथा उपचार पद्धतिको अध्ययन नै नगरी त्यसलाई बिर्सिंदै जानु कदापि राम्रो होइन ।

अहिले कतिपय ठाउँमा स्वास्थ्यकर्मीले बच्चालाई जन्मिनेबित्तिकै भिटामिन डी, क्याल्सियम दिने गरेका छन् । भर्खर जन्मिएको बच्चालाई भिटामिन डी र क्याल्सियम चाहिँदैन । यसले बच्चाको स्वास्थ्यमा पछि नराम्रो असर पार्छ । यो हामीले परम्परागत ज्ञान बिर्संदै गएको उदाहरण हो । क्याल्सियम हाम्रा खानेकुराहरूमै प्रर्याप्त मात्रामा पाइन्छ । ज्वानो, तिल, भटमास, राजमा, दही, दूध, चिज, हरियो सागपात क्याल्सियका राम्रा स्रोत हुन् । यस्ता प्राकृतिक वस्तुको सेवन नगरेर आजभोलि जेका लागि पनि औषधिकै सेवन गर्ने खराब बानी बसेको छ ।

त्यसैगरी, जंकफुडका कारण पनि महिला तथा बालबालिकाको स्वास्थ्यमा असर पर्दै गएको छ । आजभोलि खाजा भन्नेबित्तिकै जंकफुडलाई लिने गरिएको छ । हाम्रा हजुरआमाहरूले खाने गरेका रोटी, तरकरी, चिउरा–अण्डा, उसिनेको आलुजस्ता स्वस्थकर खाद्यवस्तु हामीले खानै छोडिसकेका छौँ । यसका कारण हाम्रो परम्परागत ज्ञान हराउँदै गएको छ र त्यससँगै स्वास्थ्य पनि क्रमिक रूपमा बिग्रिँदै गएको छ ।

त्यसैगरी, महिनावारीका समयमा किशोरीहरूमा रगतको कमी हुन्छ । तिलको लड्डु, मेथीको लड्डु खाँदा किशोरीहरू महिनावारी हुँदा रगतको कमी हुन पाउँदैन । तर, आजकल महिनावारीको समयमा किशोरीमा रगत कमी भयो भने तरुन्तै आइरनचक्की खुवाइन्छ । आइरनचक्कीले मात्र किशोरीको स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन भन्ने कुरा हामीले बिर्संदै गएका छौँ ।

हाम्रै वरिपरि त्यस्ता धेरै खानेकुरा छन्, आइरनको प्रर्याप्त स्रोत हुन् । पहिलेको समयमा फलामको भाँडामा पकाउने चलन थियो । खाना पकाउन वा चलाउन फलामको भाँडा प्रयोग गर्दा त्यसबाट आइरनतत्व खानेकुरामा आउने गर्छ र त्यसको सेवन गर्दा भिटामिन सीका कारण आइरन राम्रोसँग सोसिन्छ ।

पहिले–पहिले मकै, भटमास र मही खाने चलन थियो, जसमा ठूलो विज्ञान छ । मकै, भटमासमा भएको प्रोटिन राम्रोसँग सोस्न महीमा भएको अमिलोले मद्दत गर्छ ।  चाडपर्व मनाउँदा हाम्रो स्वास्थ्यमा धेरै प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि अक्षय तृतीयाका दिन हामी सातु र सर्वत खाने गर्छौं । सातुमा धेरै मात्रामा भिटामिन र क्याल्सियमहरू पाइन्छन् । कागती हालेको सर्वतसँग सातु खाँदा शरीरमा चाहिने सम्पूर्ण तत्वहरू प्राप्त हुन्छ भने गर्मीको समयमा शरीरमा पानी कम हुन पाउँदैन ।

हाम्रा वरिपरि पर्याप्त खानेकुरा छन् । पहिले–पहिले हामीसित ती खानेकुराको समुचित प्रयोगको ज्ञान पनि थियो । मकै, भटमास र मही एकसाथ खानुमा गहन अर्थ छ । मकै र भटमासमा भएको प्रोटिन राम्रोसँग सोस्न महीमा भएको अमिलोले मद्दत गर्छ । त्यस्तै, कागती हालेको सर्वतसँग पर्याप्त भिटामिन र क्याल्सियमले युक्त सातु खाँदा शरीरमा चाहिने सम्पूर्ण तत्वहरू प्राप्त हुन्छन् ।

त्यसैगरी, टुसा उमारेको क्वाँटी खाँदा पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम पाइन्छ । तर, हामीलाई क्वाँटीमा यी तत्वहरू पाइन्छन् भन्ने ज्ञान नै छैन र वर्षमा एकपटक चाडपर्वका दिन मात्र खाने गरेका छौँ । क्वाँटी खाँदा महिलाको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । रगतको कमी हुने महिलाले हेरक दिन क्वाँटी खानुपर्छ ।

हाम्रा वरिपरि पर्याप्त खानेकुरा छन् । पहिले–पहिले हामीसित ती खानेकुराको समुचित प्रयोगको ज्ञान पनि थियो । तर, अहिले हामीले त्यो ज्ञानलाई बिर्सिएका कारण नेपाली महिलाको स्वास्थ्यमा अलिकति तलमाथि भयो कि औषधिकै सेवन गर्ने चलन छ । स्वास्थ्यकर्मीले पनि महिलाको स्वास्थ्यमा केही खराबी भएर अस्पताल गएपछि क्याल्सियम र भिटामिन डी मात्र दिने गरिएको छ, जसले गर्दा महिलामा केही हुनेबित्तिकै औषधि खानुपर्छ भन्ने अवधारणा बढ्दै गएको छ ।

हाम्रा परम्परागत खानेकुरा खाँदा कुपोषण, रगतको कमी, भिटामिन तथा क्याल्सियमजस्ता तत्वको कमी हुँदैन । अहिले महिलाको स्वास्थ्यमा अतिचिकित्साकरण भएको छ । औषधि, चिकित्सक, स्वास्थ्यकर्मी चाहिन्छन्, तर हाम्रा परम्परागत खानेकुराको प्रयोग गरियो भने धेरै स्वास्थ्य समस्याबाट मुक्त रहन सकिन्छ ।
(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

किन विश्वभरि नै पुरुषभन्दा महिला धेरै बाँच्छन् ?

विश्वभरि नै पुरुषभन्दा महिला धेरै बाँच्छन् ।  तर, धनी राष्ट्रको इतिहास हेर्यो भने १९औँ शताब्दीमा यस्तो हुँदैनथ्यो । किन आजको युगमा महिलाभन्दा पुरुष बढी बाँच्छन् त ? र, किन यो समयक्रमसँगै बढिरहेको छ ? घटनाहरू असीमित छन्, तर हामीसँग यसको उत्तर भने सीमित छन् ।
हामीलाई थाहा छ, महिला र पुरुषको फरक जैविक आनिबानी र वातावरणीय प्रभावले केही भूमिका खेलेको छ, तर अहिलेसम्म यसको कंक्रिट कारण या उत्तर फेला पर्न सकेको छैन ।
विज्ञानले जैविक संरक्षण, महिलामा हुने राम्रो हर्मोन, शारीरिक परिवर्तन आदि कारणले पुरुषभन्दा महिला बढी बाँच्ने तर्क गर्छ । अर्कोतर्फ परम्परागत प्रवृत्ति हेर्यो भने महिलाभन्दा पुरुष जोखिमपूर्ण व्यवसायमा आबद्ध हुँदै आएका छन्, त्यसले पनि पुरुषको बाँच्ने उमेरमा फरक पारेको छ ।

अवसरसँगसँगै वर्षौं पहिलेदेखि पुरुषहरू धूमपान, मद्यपान गर्न थाले । वर्तमानलाई हेर्यो भने महिलाको तुलनामा मुटु, मिर्गौलासम्बन्धी असाध्य रोगबाट पुरुष नै बढी ग्रस्त छन् र मृत्यु हुने दर पनि पुरुषमा नै बढी छ ।

पुरुषलाई पर्ने पारिवारिक आर्थिक भार, सामाजिक र मानसिक उत्तरदायित्वले पनि केही हदसम्म फरक पारेको छ । सताब्दीयौँदेखि युद्ध, सुरक्षाबल, प्रहरीबल, खेलकुदजस्ता जोखिमपूर्ण पेसामा पुरुष नै हाबी हुने गर्थे । यद्यपि, अहिले यी सबै क्रियाकलापमा महिला सहभागिता बढ्दो छ ।
त्यसैगरी, सामाजिक र आर्थिक विकाससँगसँगै पुरुषले बढी अवसर पाउन थाले र यसको दुरूपयोगको सुरुवात पनि पुरुषबाटै हुन थाल्यो । खानपिनलगायत कुरामा पुरुषभन्दा महिला धेरै अनुशासित छन् । परिणामस्वरूप महिलाले आफ्नो उमेर बढाउँदै लगेका छन् ।

अवसरसँगसँगै वर्षौं पहिलेदेखि पुरुषहरू धूमपान, मद्यपान गर्न थाले । वर्तमानलाई हेर्यो भने महिलाको तुलनामा मुटु, मिर्गौलासम्बन्धी असाध्य रोगबाट पुरुष नै बढी ग्रस्त छन् र मृत्यु हुने दर पनि पुरुषमा नै बढी छ ।

विकसित मुलुकमा मातृमृत्युदर घटाउने उद्देश्यले सुरुवात गरिएका भ्याक्सिन, विभिन्न भिटामिन सप्लिमेन्ट, महिलामैत्री स्वास्थ्यसेवा आदिले पनि महिलाको आयु लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेको छ । मातृमृत्युदर न्यून भएका विकसित देशमा महिलाको औसत उमेर ७९ वर्ष छ भने पुरुषको औसत उमेर ७२ वर्ष छ । त्यसैगरी, अविकसित मुलुकमा महिलाको औसत आयु ६६ वर्ष छ भने पुरुषको ६३ वर्ष छ ।

नेपालको सन्दर्भमा महिला र पुरुषको औसत उमेरमा खासै अन्तर देखिँदैन । नेपालमा महिलाको औसत उमेर ७१ वर्ष छ भने पुरुषको ७० वर्ष । तुलनात्मक रूपले नेपालले मातृस्वास्थ्यमा उल्लेख्य सुधार गरेको र गाँउगाउँमा आधारभूत प्राथमिक स्वास्थ्यसेवा निःशुल्क गरेकाले महिलाहरू अन्य अविकसित मुलुकको तुलनामा बढी बाँच्न सफल छन् । पुरुषको तुलनामा अझै पनि आर्थिक, शैक्षिक, रोजगारी, स्वास्थ्यलगायत क्षेत्रमा असमान अवसरका कारण नेपाली महिलाको औसत आयु पुरुषको भन्दा खास अन्तर छैन ।

पपुलेसन रिफरेन्स ब्युरो (पिआरबी)ले जसरी समयसँगै मानिसको औसत उमेर बढेको छ, त्यसरी नै महिलाको औसत उमेर नाटकीय ढंगले बढेको उल्लेख गरेको छ । पिआरबीले एसियाका अफगानिस्तान, नेपाल, भुटान, पपुवा न्युगिनी र अफ्रिकाका नामिबिया र जिम्बावेमा भने महिला र पुरुषको उमेर अन्तर निकै कम भएको बताएको छ ।

लैंगिक हिसाबले औसत आयु सबैभन्दा धेरै अन्तर भएको देश रसिया हो, जहाँ महिला पुरुषभन्दा १३ वर्ष बढी बाँच्छन् । सबैभन्दा कम अन्तर भएको देश भुटान हो, जहाँ महिला र पुरुषको औसत आयुको अन्तर मात्र आधा वर्ष छ । रसियामा अत्यधिक मद्यपानका कारण पुरुषले आफ्नो उमेर घटाउँदै लगेको बताइएको छ ।
पपुलेसन रिफरेन्स ब्युरो (पिआरबी)ले जसरी समयसँगै मानिसको औसत उमेर बढेको छ, त्यसरी नै महिलाको औसत उमेर नाटकीय ढंगले बढेको उल्लेख गरेको छ । पिआरबीले एसियाका अफगानिस्तान, नेपाल, भुटान, पपुवा न्युगिनी र अफ्रिकाका नामिबिया र जिम्बावेमा भने महिला र पुरुषको उमेर अन्तर निकै कम भएको बताएको छ । नेपालमा पुरुषको औषत आयु ७० दशमल ४ छ भने, महिलाको ७१ वर्ष छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै