महालेखापरीक्षकको प्रतिवेदन

मुलुकले नयाँ शासन व्यवस्थाका रुपमा संघीय शासन प्रणालीलाई अंगीकार गरेदेखि नै चर्चा सुरु भएको स्वास्थ्यका कर्मचारीको समायोजनको विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन। समायोजनले पूर्णता नपाउँदा एकातिर स्वास्थ्यका रिक्त दरबन्दीमा पदपूर्ति तथा स्तरवृद्धिका काम हुन सकेका छैनन् भने अर्कोतर्फ आवश्यक ठाउँमा कर्मचारी खटिन नपुग्दा सेवाप्रवाहमा समस्या भइरहेको छ।...