महाबु गाउँपालिका

महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन्। कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन्। बालरोग विशेषज्ञ डा नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताए। गाउँपालिकामा १० शयया अस्पताल...