मलेरिया लामखुट्टेका ४ प्रकार, कुन कति घातक ?

बदलिँदो परिवेशमा नयाँ–नयाँ रोगले जन्म लिइरहेका छन् । केही रोग यस्ता हुन्छन्, जसका अलग–अलग रूप हुन्छन् । यस्तोमा तिनको पहिचान गर्न निकै मुस्किल हुन्छ । मलेरिया ज्वरो एक यस्तो भाइरस हो, जसका अनेक रूप हुन्छन् । मलेरिया परजीवीले विभिन्न रूपमा शरीरमा अलग–अलग प्रभाव पार्छन्, जसको पहिचान अनेक परीक्षणपछि मात्र हुन सक्छ । लामखुट्टेको टोकाइबाट शरीरमा फैलिने मलेरिया परजीवी कुन प्रकारको हो भन्ने पहिचान गर्नु अति आवश्यक छ । वास्तवमा मलेरिया कुन–कुन रूपमा फैलिन्छ त ? यसबारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ ।

मलेरिया परजीवीका मुख्य ४ प्रजाति
– प्लाज्मोडियम विवक्स
– प्लाज्मोडियम ओवेल
– प्लाज्मोडियम फाल्सिपेरम
– प्लाज्मोडियम मलेरिया

मलेरिया परजीवीलाई केवल माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिन्छ । यदि तपाईंलाई मलेरियाको संक्रमण भएको छ भने तपाईंको रगतको एक थोपामै सयौँ परजीवी देख्न सकिन्छ । मलेरिया पूरै दुनियाँमा फैलिएको छ । मानिस प्रतिवर्ष भारी संख्यामा मलिरियाबाट ग्रस्त हुन्छन् । तथ्यांकअनुसार विश्वमा करिब १२ लाख मानिस मलेरियाका कारण मर्ने गर्छन् । यद्यपि, पछिल्लो समय यो पनि आशा गरिएको छ कि, आगामी वर्षहरूमा मलेरियालाई जरैदेखि उन्मूलन गर्न सकिनेछ ।

प्लाज्मोडियम विवक्स
मलेरिया परजीवीको यो प्रजाति सामान्यतया अधिक हुन्छ । यो लामखुट्टेको टोकाइबाट शरीरमा प्रवेश गर्दछ । लामखुट्टेको यो प्रजातिले भिडभाड हुने इलाका, प्रदूषित नाली तथा अँध्यारो ठाउँमा बढी आश्रय लिने गर्छ । मादा एनाफिलिज लामखुट्टेले अँध्यारो भएपछि टोक्ने गर्छ । शरीरमा यो प्रजातिले २ प्रकारले मलेरिया फैलाउने गर्छ । पहिलो यसले कलेजोमा र दोस्रो रगतको कणका माध्यमले मलेरिया फैलाउँछ । दुवै अवस्थामा कलेजो र रगतका कण प्रभावित हुन्छन्, जसका कारण मलेरिया लगातार बढ्दै जान्छ ।

प्लाज्मोडियम विवक्स – कलेजो र रगतका कणमा संक्रमण ।
प्लाज्मोडियम ओवेल – संक्रमित कोमामा जान्छ वा केही घण्टा/दिनमा मृत्यु हुन्छ ।
प्लाज्मोडियम फाल्सिपेरम – संक्रमणले मृत्युको खतरा हुँदैन ।
प्लाज्मोडियम मलेरिया – मलेरिया फैलाउनमा भूमिका निभाउँछ ।

प्लाज्मोडियम फाल्सिपेरम
गम्भीर मलेरिया विशेषतः पी फल्सिपेरमका कारण हुन्छ र सामान्यतया संक्रमणको ६ देखि १४ दिनसम्म रहन्छ । यो प्रजातिले मलेरिया फैलिएपछि या त संक्रमित व्यक्ति कोमामा जान्छ, या त केही घण्टा वा दिनभित्र उसको मृत्यु हुन्छ । सबैभन्दा बढी मलेरिया यही परजीवीको माध्यमले फैलिन्छ ।

प्लाज्मोडियम ओवेल
यो मलेरियाको पुरानो परजीवी हो । तर, यो मानिसका लागि त्यति धेरै घातक हुँदैन । यो प्रजातिले मात्र सामान्य मलेरिया फैलाउँछ । यसको संक्रमणले मृत्युको खतरा रहँदैन ।

प्लाज्मोडियम मलेरिया
यो मलेरियाको यस्तो प्रजाति हो, जसले मलेरिया फैलाउनमा आफ्नो भूमिका निभाउँछ । प्लाज्मोडियम मलेरिया मलेरिया फैलाउनमा सहयोगी बन्छ । मलेरियाका यी सबै रूप ‘प्लाज्मोडियम’ प्रजातिको यो समूहमा सामान्यतया मलेरिया परजीवीका नामले चिनिन्छन्, जसले मानिसमा मलेरिया फैलाउनमा अहम् भूमिका निर्वाह गर्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

४ हजार २ सय गर्भवतीलाई निःशुल्क झुल

स्वास्थ्य कार्यालय चितवनले गर्भमा रहेको बच्चा र आमालाई मलेरियाबाट सुरक्षित राख्न झुल वितरण कार्यलाई निरन्तरता दिएको छ । सन् २०२५ सम्ममा मलेरिया उन्मूलन जिल्ला घोषणा गर्ने गरी नेपाल सरकारले झुल वितरण गरेको हो । गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले ४ हजार २ सय ७५ वटा झुल वितरण गरेको स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीले जानकारी दिए ।

सरकारी स्वास्थ्यसंस्थामा परीक्षण गराएर गर्भको यकिन भएपछि गर्भवतीलाई स्वास्थ्य कार्यालयले झुल दिने गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिस र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाएपछि गर्भवती महिलाले झुल पाउने कीट नियन्त्रक केसीले जानकारी दिए । तर, भाडामा बस्नेको हकमा घरबेटीको सिफारिस पनि आवश्यक पर्ने उनले जानकारी दिए ।

सन् २०१२ देखि झुल विरतण गरिरहेको कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ४ हजार ५ सय ९१ वटा झुल वितरण गरेको थियो । चितवनका ३४ वटा स्वास्थ्यसंस्थामार्फत झुल विरतण हुँदै आएको छ । ७ वटा नगर स्वास्थ्यकेन्द्र, एउटा सहरी स्वास्थ्यकेन्द्र, २५ वटा स्वास्थ्य प्रवर्धन केन्द्रले झुल वितरणको जिम्मा पाएका हुन् । यी संस्थामा गर्भपरीक्षण गर्न आएसँगै महिलाले झुल प्राप्त गर्ने केसीले जानकारी दिए ।

‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’

नेपाल सरकारले सन् २०२५ सम्ममा मलेरिया उन्मूलन गर्ने लक्ष्य लिएको छ । जिल्लामा पछिल्ला वर्षमा मेलेरियाका बिरामी घट्दै गएका छन् । हाल चितवनमा १० जनामा मलेरिया रोग देखापरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ जनामा मलेरिया देखापरेको केसीले जानकारी दिए । रोजगारीका लागि विदेश गएका व्यक्तिमा मलेरिया रोग देखापरेको उनले बताए ।

एनोफिलिस जातको औलो परजीवीबाट संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यसबाट बच्न कीटनाशक औषधियुक्त झुल, पूरा बाहुला भएको लुगा र शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्नुपर्ने उनले बताए । ‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’ घर–गोठमा कीटनाशक औषधि छर्कनुपर्ने र छर्केको कम्तीमा ३ महिनासम्म लिपपोत गर्न नहुने उनले जानकारी दिए ।

समयमा उपचार नपाएमा औलो रोगबाट मुत्युसमेत हुने गर्दछ । मस्तिष्कज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर पुगी टाउको दुख्ने, बान्ता आउने, बेहोस हुने समस्या आएमा औलो रोग लाग्न सक्ने केसीले बताए । ‘जाडोमा पसिना आउनु, ज्वरो केही समय बिराएर वा नियमित आउनु र रक्तअल्पता देखिनु पनि औलोका लक्षण हुन्’ उनले भने, ‘रोगले लामो समयसम्म ग्रस्त पारेमा फियो बढ्छ र उपचार नगरेमा फियोको आकार निकै वृद्धि हुन्छ ।’

ज्वरो आएमा रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्ने उनले बताए । औलो रोगको उपचार सरकारले निःशुल्क गर्दै आएको छ । स्वास्थ्य कार्यालयले औलो रोग देखापरेमा एसएमएस प्रक्रियाबाट रिपोर्ट गर्ने गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नवलपरासीमा १२ जनामा भेटियो मलेरिया

नवलपरासीमा लामखुट्टेको टोकाइबाट सर्ने मलेरियाका १२ जना बिरामी भेटिएका छन् । नवलपरासी पश्चिम र पूर्वमा गरी पछिल्लो ३ महिनामा १२ जना नयाँ बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय, नवलपरासीले जनाएको छ ।
तीमध्ये १० जनाले भारतबाट रोग लिएर आएको जनस्वास्थ्य कार्यालयका अधिकारीहरु बताउँछन् ।

जनस्वास्थ्य कार्यालयका अनुसार पश्चिम नवलपरासीमा भेटिएका ४ मध्ये ३ जना र पूर्वी नवलपरासीमा भेटिएका ८ मध्ये ७ जना भारतबाट प्रभावित भई आएको भेटिएको छ । एकजना बिरामीमा बुधबार मात्र मलेरिया देखिएको हुँदा त्यसको अनुसन्धान भइरहेको अधिकारीहरुको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया प्रभावित ८ मध्ये ७ जना भारतबाट संक्रमित भएर आएको पाइएको बताए । एकजना बिरामी आजै (बुधबार) मात्र भेटिएको हुँदा थाहा हुन नसकेको भण्डारीको भनाइ छ । उनका अनुसार गैँडाकोट नगरपालिकामा ४, मध्यविन्दु नगरपालिकामा १, बुलिङटार गाउँपालिकामा १, हुप्सेकोट गाउँपालिकामा १ र देवचुली गाउँपालिकामा १ जना मलेरियाका बिरामी भेटिएका हुन् । बिरामी भेटिएका स्थानीय तहका गाउँहरुमा जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी पुगेर वरिपरिका शंकास्पद व्यक्तिको रक्त नमुना संकलन गर्ने काम गरिसकेको भण्डारीले बताए ।

नवलपरासी पश्चिममा भेटिएका ४ बिरामीमध्ये २ जना महिला, एकजना ३ वर्षीय बालक र एक उद्योगमा काम गर्ने भारतीय नागरिक छन् । जनस्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशंकर प्रसादका अनुसार सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा बिरामी भेटिएका हुन् । बिरामीमध्ये एक बालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जनस्वास्थ्य कार्यालयले मलेरियाको बिरामी भेटिएका क्षेत्रमा रगत संकलन गरी परीक्षण गर्ने, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकी व्यवस्थापन समितिको बैठक राखी जानकारी दिने गरेको मलेरिया इन्स्पेक्टर प्रसादले बताए ।

बर्दघाट नगरपालिका–१८ मा भने एकजना गर्भवती महिलामा संक्रमण भेटिएको र उनले नियमति औषधि लिइरहेको नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्णहरि पौडेलले जानकारी दिए । आर्थिक वर्ष ०७४÷७५ मा नवलपरासी पश्चिममा ७ र नवलपरासी पूर्वमा २१ गरी २८ जनामा मलेरियाको संक्रमण भेटिएको थियो ।

मलेरियाको रोकथाम र त्यसबाट बच्नका लागि ओषधि तथा रसायन प्रयोग गरिएको झुल प्रयोग गरेर सुत्ने, घरवरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने र समय–समयमा लामखुट्टे भगाउने कीटनाशक रसायन छर्कनुपर्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार भावी पुस्तालाई मलेरियाबाट जोगाउन खोप लगाउनु जरुरी छ ।
मलेरियाका कीटाणु शरीरमा प्रवेश गरेपछि क्रमशः कलेजोमा जान्छन् । बिस्तारै मूल रक्तप्रवाहमा छिरेर ती कीटाणुले रातो रक्तकोषिकामा हमला गर्छन् । वेलैमा उपचार नभएमा यस संक्रमणले सजिलै ज्यान लिने हुँदा सतर्क हुनु जरुरी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै