३५ वर्ष कटेका पुरुषले यी ५ स्वास्थ्यजाँच अवश्य गराउनुहोस्

३५–४० वर्षको उमेरपश्चात् व्यक्तिको शरीरमा अनेकतरहका बदलाव आउने गर्छन् । आजकल युवावस्थामै मानिसहरू मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगको सिकार हुन्छन् । यही कारणले नै उमेर बढेसँगै कतिपय घातक (असाध्य) रोगहरूको खतरा बढ्दै जान्छ । स्वास्थ्यमा ध्यान नदिनाले आजकल कम उमेरमै हृदयाघात, क्यान्सरलगायत समस्या निकै बढिरहेका छन् । केही यस्ता स्वास्थ्यपरीक्षण छन्, जुन हरेक पुरुषले ३५ वर्ष उमेर पार गरेपश्चात् कम्तीमा वर्षको एकपटक अनिवार्य गराउनुपर्ने हुन्छ । ती स्वास्थ्यपरीक्षणबारे जानौँ :

१. बिएमआई परीक्षण गराउनुहोस्
बिएमआई अर्थात् बडी–मास इन्डेक्स एउटा साधारण स्वास्थ्यपरीक्षण हो । बिएमआईमा व्यक्तिको उचाइ र वजनको अनुपात निकाल्ने गरिन्छ, ताकि ऊ कति स्वस्थ छ भन्ने पत्ता लगाउन सकियोस् । आजकल मोटोपन एउटा ठूलो समस्या हो । मोटोपन स्वयम्मा कुनै रोग होइन, तर यो अनगिन्ती रोगको कारण बन्न सक्छ । १८.५ देखि २४.९ सम्मको बिएमआई राम्रो मानिन्छ । यदि तपाईंको बिएमआई योभन्दा बढी छ भने तपाईंले आफ्नो खानपान र जीवनशैलीमा आजैदेखि परिवर्तन गर्नु आवश्यक छ ।

२. दाँतको परीक्षण गराउनुहोस्
तपाईंलाई यो सुनेर आश्चर्य लाग्न सक्छ कि, तपाईंको दाँत र मुटुका बीच आपसमा गहिरो सम्बन्ध हुन्छ । दाँतमा हुने कतिपय सामान्य मानिने रोग हृदयाघातको कारण बन्न सक्छन् । यसैले प्रतिवर्ष आफ्नो दाँतको परीक्षण गराउनुहोस् । गिजामा हुने कुनै पनि प्रकारका समस्यालाई सामान्य नसम्झनुहोस् ।

३५ वर्षको उमेर पार गरेपछि मोटोपन, हृदयाघात, उच्च रक्तचापलगायत रोगको खतरा बढी हुन्छ । विशेषगरी पुरुषहरूले यस उमेरमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । तसर्थ, ३५ वर्ष उमेर पार गरेका पुरुषले यी पाँच स्वास्थ्यपरीक्षण प्रतिवर्ष अनिवार्य गराउनुपर्छ ।

३. ब्लड सुगर (मधुमेह)को परीक्षण गराउनुहोस्
रगतमा चिनीको मात्रा बढेमा डायबिटिज (मधुमेह) हुन्छ । सुरुवाती चरणमा यसका धेरै लक्षणहरू देखिँदैनन् । यसकारण ३५ वर्ष उमेरपश्चात् प्रतिवर्ष एक–दुईपटक आफ्नो रगतमा सुगर लेबल (चिनीको मात्रा) अवश्य पनि परीक्षण गराउनुपर्ने हुन्छ । यदि सही समयमा डायबिटिज पत्ता लाग्यो भने औषधि र जीवनशैलीमा बदलावबाट यसलाई निको पार्न सकिन्छ । तर, समस्या बढ्दै जाँदा डायबिटिजको कुनै उपचार उपलब्ध छैन ।

४. कोलेस्टेरोलको परीक्षण गराउनुहोस्
उच्च केलेस्टेरोलका कारण मुटुसम्बन्धी विभिन्न रोगहरू (हृदयाघात, कार्डियक अरेस्ट, हार्ट ब्लक आदि)को खतार बढ्छ । वास्तवमा कोलेस्टेरोल बढ्नाले धमनीहरूमा कल्मस जम्न सुरु हुन्छ, जसले रक्तप्रवाह (ब्लड सर्कुलेसन)लाई अवरुद्ध गर्छन् । त्यसैले वर्षमा कम्तीमा एकपटक आफ्नो रगतमा कोलेस्टेरोलको लेबल अवश्य परीक्षण गराउनुहोस् । यसबाट तपाईं हृदयाघातको खतराबाट बच्न सक्नुहुन्छ ।

५. मेटाबोलिजमको परीक्षण गराउनुहोस्
तपाईंको शररको मेटाबोलिजममा नै तपाईंको स्वास्थ्य निर्भर रहन्छ । यदि तपाईंको मेटाबोलिजम कमजोर छ भने तपाईंमा अनेक रोेगहरू, जस्तै, डायबिटिज, मोटोपन, कमजोरी आदिको खतरा बढ्छ । मेटाबोलिक सिन्ड्रोम लक्षणहरूको यस्तो समूह हुन्छ, जसका कारण डायबिटिज र हृदयाघातको खतरा बढ्न जान्छ । यी लक्षणहरू देखिनासाथ मेटाबोलिक सिन्ड्रोमको परीक्षण गराउनुपर्ने हुन्छ :
– कम्मरको आकार ४० वा त्यसभन्दा बढी भएमा ।
– गुड कोलेस्टेरोलको मात्रा ४० मि.ग्रा./डे.लि.भन्दा कम भएमा ।
– ट्रिग्लाइकेरिडसको स्तर १५० मि.ग्रा./डे.लि.भन्दा अधिक भएमा ।
– रक्तचाप १३०/८५ भन्दा अधिक भएमा ।
– फस्टिङ ग्लुकोजको स्तर १०० भन्दा अधिक भएमा ।

यदि तपाईंमा उल्लेखितमध्ये कुनै पनि ३ लक्षण देखापरेमा चिकित्सकले सि–रियाक्टिभ प्रोटिन (सिआरपी)को परीक्षणसमेत गराउन सक्छन् । यसलाई मुटुको स्वस्थतामा निगरानी राख्ने सबैभन्दा राम्रो तरिका मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अनेक प्रकारका मधुमेहका कारकतत्त्व, जोखिम र समाधान

मधुमेह भनेको रगतमा चिनीको मात्रा अत्यधिक बढ्ने समस्या हो । प्याङ्क्रियाजले इन्सुलिन राम्रोसँगै उत्पादन गर्न नसक्दा, नगर्दा वा उत्पादित इन्सुलिन राम्रोसँग उपयोग गर्न नसक्दा मधुमेह हुने गर्छ ।

इन्सुलिन के हो ?
इन्सुलिन प्याङ्क्रियाजले उत्पादन गर्ने एककिसिमको हर्मोन हो । इन्सुलिनले शरीरका कोषिकाहरूमा ग्लुकोज प्रवेश गराउने साँचोका रूपमा काम गर्छ ।

ग्लुकोजचाहिँ कहाँबाट आउँछ ?
ग्लुकोज सामान्यतया हामीले खाएको कार्बोहाइड्रेट तत्वलाई पाचन प्रणालीले पचाउने काम गर्दा तयार हुन्छ र हाम्रो कलेजोले पनि यसलाई उत्पादन गर्छ । कार्बोहाइडे«ट हामीले खाने विविध खान, जस्तै, रोटी, आलु, मकै, फलफूल तथा दुग्धजन्य पदार्थ र गुलिया खानेकुराबाट प्राप्त हुन्छ । प्रोटिन पनि ग्लुकोजमा परिणत हुन सक्छ ।

मधुमेह कति प्रकारका हुन्छन् ?
टाइप १ : प्याङ्क्रियाजमा रहेका इन्सुलिन उत्पादन गर्ने कोषिकाहरू पूर्ण रूपमा नष्ट हुँदा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन । त्यसपछि टाइप १ मधुमेह हुने गर्छ । यसको मुख्य कारणमा शरीरको रोगप्रतिरोधात्मक शक्तिमा गडबडी आउनु हो । यो रोग सामान्यतया बालबालिकामा धेरै पाइन्छ । यसप्रकारको मधुमेहबाट बच्ने उपाय छैन । यसलाई इन्सुलिनको सुई दिएर मात्रै उपचार गर्न सकिन्छ ।

टाइप २ : यसप्रकारको मधुमेह या त प्याङ्क्रियाजले शरीरलाई आवश्यक मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेर या उत्पादित इन्सुलिनले काम गर्न नसकेर हुने गर्छ । यो सबैभन्दा बढी प्रचलित प्रकारको मधुमेह हो । मधुमेहका ९० प्रतिशत बिरामी टाइप २ महुमेहबाटा पीडित भएको पाइन्छ । यसप्रकारको मधुमेह नियन्त्रणमा औषधिका साथसाथै इन्सुलिनको प्रयोग, जीवनशैलीमा परिवर्तन, स्वस्थकर र सन्तुलित भोजन, शारीरिक क्रियाकलापमा वृद्धि गर्दै शारीरिक तौल कम गर्नेजस्ता कार्य गर्दा नियन्त्रणमा लिन सकिन्छ ।

गर्भावस्थामा हुने मधुमेह : त्यस्ता महिला, जसमा पहिले कहिल्यै मधुमेह देखापरेको थिएन, तर गर्भावस्थामा देखापर्यो भने त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । यसप्रकारको मधुमेह सामान्यतया गर्भावस्थाको पछिल्लो समयमा देखापर्छ । यसलाई इन्सुलिनको प्रयोगबाट उपचार गरिन्छ र महिला सुत्केरी भइसकेपछि त्यो आफैँ ठिक भएर जान पनि सक्छ । तर, गर्भावस्थाको मधुमेह भएका महिलामा समान्य महिलाको दाँजोमा ३५ देखि ६० प्रतिशतसम्म टाइप २ मधुमेह हुने खतरा बढी रहन्छ ।

अन्य सहायक मधुमेह : यसखाले मधुमेह अन्य कारणहरू, जस्तै, शरीरमा हर्मोनको मात्रामा गडबडी आएर, वंशानुगत कारणले, केही रसायन तथा औषधिका कारणसमेत हुन सक्छ । शरीरमा प्रभाव पार्ने जटिल वा कडाखालका रोग, प्याङ्क्रियाजसम्बन्धी रोग, मद्यपान र कुपोषणका कारणसमेत यसखाले मधुमेह हुन सक्छ । यदि मुख्य रोगको सफतापूर्वक उपचार गर्ने हो भने यसखाले मधुमेह आफैँ कम भएर जान्छ ।

जोखिमका कारकतत्वहरू
-परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा दोस्रो प्रकारको मधुमेह भएमा,
– शारीरिक तौल ज्यादा वा कम्मरको परिधि (पुरुष ३५.५ इन्ज, महिला ३१.५ इन्चभन्दा बढी भएमा,
– उच्च रक्तचाप भएको वा पहिले हृदयाघात वा मस्तिष्काघात भइसकेको भएमा,
– महिलाको पाठेघरमा धेरै सिस्टहरू भएको खण्डमा,
– गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा र कडाखाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा ।

मधुमेहका मुख्य लक्षण
– बढी तर्खा लाग्ने,
– राति बढी मात्रामा पिसाब लाग्ने,
– ज्यादै थाकेको महसुस हुने,
– अचानक शारीरिक तौल घट्ने,
– गुप्तांग चिलाउने वा बारम्बार कीटाणुको संक्रमण भइरहने,
– घाउ–खटिराहरू चाँडै निको नहुने,
– दृष्टि धमिलो हुने, आदि ।

मधुमेहका मुख्य खतरा वा भावी जोखिम
मधुमेह भएमा बिरामीमा पछि गएर निम्नबमोजिमका जटिलता देखापर्न सक्छन् ः
-मुटुरोग
– मस्तिष्काघात
– स्नायुप्रणालीमा क्षति
– मिर्गौलामा क्षति
– आँखाको विशेषतः रेटिनामा क्षति

मधुमेहका लागि गर्नुपर्ने परीक्षण
रगतको जाँच : यस जाँचमा रगतमा, चिनीको मात्रा (खालीपेटमा र खाना खाएको २ घण्टापछि) हेर्नुपर्छ । बिरामी यदि गर्भवती भएमा खाना खाएको १ घण्टापछि हेर्न सकिन्छ । त्यसरी नै कम्तीमा वर्षको एकपटक कोलेस्टेरोल, किड्नी, लिभर र थाइराइडका जाँच गराउनुपर्छ ।

पिसाबको जाँच: पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए–नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ ।

अन्य जाँचहरू : मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसिजी र इको जाँचका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ ।

 डायबेटिज र थाइराइड विशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट) डा. श्रेष्ठ नर्भिक अस्पतालमा कार्यरत छिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मधुमेहले अन्धोपन : अन्धोपनको ५ प्रतिशत कारक डायबेटिक रेटिनोप्याथी

मधुमेह अर्थात् चिनीरोगलाई चिकित्सकीय भाषामा ‘डायबेटिज मेलाइटस’ भनिन्छ । शरीरमा कार्बाेहाइड्रेटको पाचनका लागि आवश्यक ‘इन्सुलिन’ नामक हर्माेनको पर्याप्त उत्पादन प्याङक्रियाज ग्रन्थिबाट नहुँदा वा उत्पादित इन्सुलिनको उपयोग हुन नसक्दा यो रोग लाग्ने गर्छ ।

डायबेटिज हुँदा प्रायः रगत र पिसाबमा चिनी अर्थात् ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने गर्छ । छिन–छिनमा पिसाब लाग्ने, प्यास बढी लाग्ने, धमिलो देखिने, चाँडै थाकान महसुस हुने, दुब्लाउँदै जानेलगायत लक्षण देखापरेमा चिनीरोग लागेको शंका गर्नुपर्ने हुन्छ । यस्ता लक्षण देखिएमा पिसाब तथा रगतको जाँच गराउनुपर्ने हुन्छ । जाँचका क्रममा पिसाब तथा रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक पाइएमा चिनीरोग लागेको थाहा हुन्छ । तर, कहिलेकाहीँ उल्लिखित कुनै पनि लक्षणविना नै चिनीरोग लागेका उदाहरणहरू पनि पाइन्छन् । यस्तो अवस्थामा रगत वा पिसाबको जाँच गरेपछि मात्र रोग पत्ता लाग्छ ।

खासगरी शारीरिक तौल बढी भएका तथा शारीरिक परिश्रम तथा कसरत कम गर्ने व्यक्तिहरू र एक्कासि चर्काे मानसिक तनावमा परेका व्यक्तिहरूलाई मधुमेहरोग बढी मात्रामा लाग्ने गरेको पाइन्छ । यो रोग वंशानुगत तथा केही संक्रमणका कारणले पनि लाग्ने गर्छ । कतिपय अवस्थामा जन्मँदै मधुमेह लाग्ने गरेको पाइए पनि उमेर बढ्दै जाँदा रोगको जोखिम बढ्दै जाने चिकित्सकहरूको भनाइ छ ।
मधुमेहरोगले रक्तसञ्चालन प्रणालीमा रक्तनलीहरूलाई प्रभावित गर्ने हुनाले प्रायः यसबाट शरीरका विभिन्न तन्तु वा भागहरू, खासगरी आँखा, मुटु, मिर्गौला र स्नायुप्रणालीमा समेत क्षति पुग्ने गर्छ ।

दृष्टिपर्दाको अति संवेदनशील भाग, जहाँ प्रकाश केन्द्रीकृत हुन्छ, यसलाई अंग्रेजीमा म्याकुला भनिन्छ, त्यो भाग र दृष्टिस्नायुको शिर सुन्निन गई बिग्रन पुग्छ र समयमा उचित उपचार नगराएमा दृष्टि नै गुम्न सक्ने खतरा हुन्छ ।

आँखामा मधुमेहको असर
मधुमेहका बिरामीलाई मोतियाविन्दु र जलविन्दु हुने सम्भावना बढी हुन्छ । मधुमेहरोगका कारण आँखाको प्राकृतिक लेन्सको पावरमा परिवर्तन आई धमिलो देखिने, चस्माको पावर छिटो–छिटो बदल्नुपर्ने, आँखाको भित्री नानी अर्थात् प्युपिलले प्रकाशसँग देखाउने प्रतिक्रियामा ह्रास आउने, आँखा अलि सुक्खा हुने, युभेआइटिस नामक जटिल प्रकृतिको रोग लाग्ने, आँखाको गेडीलाई चलाउने र नियन्त्रणमा राख्ने बाह्य मांसपेशीहरूमा पक्षाघात भई आँखा डेढो हुने तथा एउटै वस्तुलाई दुईवटा देखिने र आँखाको दृष्टिपर्दा र दृष्टिस्नायुलाई क्षति पु-याई दृष्टि गुम्नेसम्मका खतरा हुन सक्छन् । मधुमेहका कारण आँखामा उत्पन्न हुने थुप्रै समस्यामध्ये सबैभन्दा ठूलो समस्या आँखाको दृष्टिपर्दा अर्थात् रेटिनामा पर्ने नकारात्मक प्रभाव हो ।

मधुमेहरोगले पहिले शरीरका विभिन्न भागमा भएका मसिना रक्तनलीहरूलाई र पछि गएर ठूला रक्तनलीहरूलाई समेत क्षति पु-याउन सक्छ । यसैगरी, डायबेटिक रेटिनोप्याथी भएमा रेटिनामा भएका मसिना रक्तनलीहरू ठाउँ–ठाउँमा फुक्ने र फुट्ने भई रक्तस्राव हुने, दृष्टिपर्दामा रक्तप्रवाहमा कमी आउने भई अवाञ्छित नयाँ मसिना तर कमजोर रक्तनलीहरू उत्पन्न हुने र फुटेर रक्तस्राव हुने, पछि गएर दृष्टिपर्दा उप्किन सक्ने हुन्छ । दृष्टिपर्दाको अति संवेदनशील भाग, जहाँ प्रकाश केन्द्रीकृत हुन्छ, यसलाई अंग्रेजीमा म्याकुला भनिन्छ, त्यो भाग र दृष्टिस्नायुको शिर सुन्निन गई बिग्रन पुग्छ र समयमा उचित उपचार नगराएमा दृष्टि नै गुम्न सक्ने खतरा हुन्छ ।

प्रायः मधुमेह लागेका व्यक्तिलाई मधुमेह सुरु भएको ५ देखि १५ वर्षपछि आँखाको दृष्टिपर्दा प्रभावित हुन पुग्दछ । मधुमेहरोग लागेको व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नाले आँखामा चर्काे असर परी बढी नोक्सान हुने सम्भावनालाई भने कम गर्न सकिन्छ ।

विकसित मुलुकहरूमा डायबेटिक रेटिनोप्याथी अन्धोपनको एक प्रमुख कारणका रूपमा रहेको छ र हालका दिनहरूमा नेपाललगायत विकासशील देशहरूमा पनि यस रोगका कारण दृष्टिविहीन हुनेको संख्या निरन्तर बढ्दै गइरहेको छ । वर्तमान विश्वमा कुल अन्धोपनको झन्डै ५ प्रतिशत डायबेटिक रेटिनोप्याथीका कारण हुने गरेको छ ।

प्रायः मधुमेह लागेका व्यक्तिलाई मधुमेह सुरु भएको ५ देखि १५ वर्षपछि आँखाको दृष्टिपर्दा प्रभावित हुन पुग्दछ । मधुमेहरोग लागेको व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नाले आँखामा चर्काे असर परी बढी नोक्सान हुने सम्भावनालाई भने कम गर्न सकिन्छ ।

उमेर ढल्केपछि सुरु हुने मधुमेहले भन्दा बच्चैमा सुरु हुने मधुमेहले आँखालाई बढी नोक्सान पु-याउने गर्छ । यदि मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप पनि छ भने त्यस्ता व्यक्तिमा मधुमेहले पुर्याउने क्षतिको मात्रा बढी हुन्छ । त्यसैले यस्ता व्यक्तिले रक्तचापलाई पनि नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मधुमेह छ ? मिलाउनुस् खानाको सन्तुलन

रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा सामान्यभन्दा बढी भएको अवस्थालाई मधुमेह वा चिनीरोग भनिन्छ । विशेषगरी शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नभएमा, इन्सुलिनको कार्यक्षमतामा ह्रास आउनाले वा इन्सुलिनको उचित उपयोग नभएमा मधुमेह हुन सक्छ । यस प्रकारको मधुमेहलाई वंशानुगत कारण, उमेरबाहेक परिवर्तित जीवनशैलीले ठूलो प्रभाव पारेको हुन्छ । करिब ९० प्रतिशतमा दोस्रो प्रकारको मधुमेह भएको पाइन्छ ।

सक्रिय जीवन, तौल सन्तुलन, खानपिनमा नियन्त्रण गर्न सकेमा यस प्रकारको मधुमेहको समस्यालाई न्यूनीकरण गर्नुका साथै यसबाट हुने अन्य जटिल स्वास्थ्य समस्यालाई समेत नियन्त्रण गरी स्वस्थ र आनन्दित जीवनयापन गर्न सकिन्छ । मुख्य रूपले क्यालोरी दिने पौष्टिक तत्वहरू, जस्तै : कार्बोहाइड्रेट, प्रोटिन तथा चिल्लोपदार्थको राम्ररी मेटाबेलिजम क्रिया नभएमा शरीरले आवश्यक शक्ति प्राप्त गर्न नसक्दा रगतमा सामान्यभन्दा बढी चिनीको मात्रा हुन सक्छ । यसप्रकार क्यालोरी प्राप्त हुने पौष्टिक तत्वले रगतमा चिनीको मात्रालाई प्रभाव पार्ने हुनाले यस्तो स्थितिमा विशेषगरी दैनिक भोजनको व्यवस्था गर्दा क्यालोरीको सन्तुलनमा ध्यान दिनुपर्छ ।

मधुमेह भएका व्यक्तिलाई एकै प्रकारका भोजन र सबै प्रकारका पौष्टिक तत्व एउटै परिमाणमा उपयुक्त हुँदैन । व्यक्तिको शारीरिक अवस्था, तौल, उमेरअनुसार पौष्टिक तत्वको मात्रा पनि फरक–फरक हुन्छ । तौल ठिक भएका सामान्य काम गर्ने मधुमेहीलाई बढी मात्रामा आवश्यक पर्ने पौष्टिक तत्वबाट प्राप्त हुने क्यालोरीको अनुपात निम्नानुसार हुनुपर्दछ :

कुल क्यालोरीमध्ये–

कार्बोहाइड्रेटबाट – ५०
प्रोटिनबाट – २० प्रतिशत
चिल्लोपदार्थबाट – ३० प्रतिशत

(३० प्रतिशतमध्ये १० प्रतिशत तृप्त फ्याटी एसिडबाट र बाँकी २० प्रतिशत अतृप्त फ्याटी एसिडबाट)

उल्लिखित पौष्टिक तत्वले मधुमेह भएका व्यक्तिको रगतमा चिनीको मात्रा घटबढ गर्नमा प्रमुख भूमिका खेल्ने भए पनि दैनिक थोरै मात्र आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व अर्थात् भिटामिन तथा खनिजपदार्थको आवश्यकतालाई पनि विचार पु¥याउनु जरुरी हुन्छ ।
यी सूक्ष्म पौष्टिक तत्वले कार्बोहाइड्रेट, प्रोटिन तथा चिल्लोपदार्थको मेटाबोलिजममा प्रभाव पार्नुका साथै शरीरमा हर्मोन, इन्जाइम बनाउने, अम्ल तथा क्षारको सन्तुलन राख्ने (रगतलाई न्युट्रल राख्ने) स्नायु तन्तु सक्रिय राख्नेजस्ता कार्यमा सहयोग पु-याउँछ ।

स्वस्थ व्यक्तिका लागि भिटामिन तथा खनिजपदार्थको दैनिक आवश्यकता निर्धारण गरिएको छ । तर, मधुमेह भएको अवस्थामा यी तत्वको आवश्यकता कति छ भन्ने कुरा व्यक्तिको अवस्था हेरी केही परिमाण तय गर्नुपर्ने हुन्छ ।
मधुमेह भएका व्यक्तिको तौलका आधारमा क्यालोरीको परिमाण थपघट गर्नुपर्ने हुन्छ । क्यालोरीको परिमाण कम गर्दा (दैनिक भोजनमा) सोही अनुपातमा थायमिन, राइबोफ्लेबिन र नायसिनको मात्रा घटाउनुपर्ने हुन्छ ।

प्रायः मधुमेहमा छिटो–छिटो पिसाब हुने समस्याले गर्दा खनिजपदार्थ खेर जाने हुन्छ । केही सूक्ष्म पौष्टिक तत्व, जस्तै : पोटासियम, सोडियम, म्याग्नेसियमलगायतको अवस्था शरीरमा कस्तो छ भन्ने कुरा रगतको सेरमको जाँचबाट थाहा पाइने भए पनि कतिपय अन्य तत्वको स्थिति थाहा पाउन गाह्रो हुन्छ । एकातिर विभिन्न कारणले गर्दा शरीरमा यी अभाव हुन सक्छन् भने अर्कोतिर क्रोमियम, पोटासियम, म्याग्नेसियम, जिंकजस्ता तत्वको अभावमा भोजनबाट प्राप्त कार्बाेहाइड्रेटको शोषण तथा मेटाबोलिजम राम्ररी हुन नसकी पर्याप्त क्यालोरी प्राप्त गर्न नसक्ने हुन्छ ।

प्रायः मधुमेहमा छिटो–छिटो पिसाब हुने समस्याले गर्दा खनिजपदार्थ खेर जाने हुन्छ । केही सूक्ष्म पौष्टिक तत्व, जस्तै : पोटासियम, सोडियम, म्याग्नेसियमलगायतको अवस्था शरीरमा कस्तो छ भन्ने कुरा रगतको सेरमको जाँचबाट थाहा पाइने भए पनि कतिपय अन्य तत्वको स्थिति थाहा पाउन गाह्रो हुन्छ ।

भिटामिन ए, सी, ई तथा खनिजपदार्थ कपर, सेलिनियम, जिंक र वनस्पति स्रोतबाट मात्र प्राप्त हुने फाइटोकेमिकल अर्थात् फाइटोन्युट्रिस, जस्तै : बायोफ्लेभोनोइड, क्यारोटिनोइड, फ्लेभोनोइड, फाइटोस्टेरोजिन आदि एन्टिअक्सिडेन्ट प्रकृतिको हुने भएकाले, यी तत्वले फ्री -याडिकललाई न्युट्रल गर्ने हुनाले मधुमेहको समस्यालाई नियन्त्रण गर्नुका साथै मधुमेहबाट हुन सक्ने अन्य जटिल स्वास्थ्य समस्या जस्तै : मुटुसम्बन्धी, उच्च रक्तचाप, उच्च कोलेस्टोरेल आदिसमेत कम गर्न सहयोग       पु-याउँछ ।

फाइटोकेमिकलका खाद्यस्रोत :

पूरै अन्न ब्रोकाउली
काउली अमिला फलफूल
हरियो सागसब्जी लसुन
प्याज ग्रिनटी
गोलभेँडा भटमास

यसैगरी, मधुमेह भएका व्यक्तिले दैनिक प्राप्त गर्ने सोडियम तत्वको मात्राप्रति पनि ध्यान दिनु आवश्यक हुन्छ । प्रायः मधुमेह भएका व्यक्तिमा उच्च रक्तचापको प्रबल सम्भावना हुने भएकाले सोडियमको मात्रा कम गर्नुपर्दछ । दैनिक ५०० मिलिग्राम वा सोभन्दा कम भए पुग्दछ । यसका लागि खाने नुन तथा सोडियमयुक्त खाद्य पदार्थको प्रयोग कम गर्नुपर्छ ।
यस प्रकार मधुमेह भएका व्यक्ति तथा उनको परिवार (विशेषतः भोजनको व्यवस्था गर्ने व्यक्ति)ले दैनिक कार्बोहाइर्डेट, प्रोटिन तथा चिल्लोपदार्थबाट प्राप्त हुने क्यालोरीको परिमाणलाई ध्यानमा राखी सकेसम्म भिटामिन तथा खनिजपदार्थयुक्त प्राकृतिक खाद्य स्रोतलाई प्राथमिकता दिई सन्तुलित भोजनको व्यवस्था गर्न सकेमा रगतमा चिनीको मात्रा नियन्त्रण हुने तथा औषधिको सेवन कम गर्नमा सहयोग पुग्नुका साथै यसबाट हुने अन्य स्वास्थ्य समस्याबाट पनि बचाउँछ ।

खानामा दैनिक समावेश गर्नुपर्ने खाद्य पदार्थ र परिमाण

खाद्य समूह परिमाण एकपटक
अन्न समूह ६ देखि ११ पटक एउटा ठिक्कको पाउरोटी
३/४ कप सिरियल
१–३ कप भात, पास्ता
२ वटा रोटी

सागसब्जी ३–५ पटक काँचो १ कप
पकाएको १/२ कप
फलफूल २–४ पटक ताजा फलफूल
ठिक्कको सानो
दूध, दही २–३ पटक १ गिलास
(चिल्लोरहित)
माछा, मासु, अण्डा २ पटक ५०–७० ग्राम
गोलभेँडा, दाल (अण्डा हप्ताको
२ बटा ३ पटक)
चिनी, चिल्लोपदार्थ थोरै

मधुमेह भएका व्यक्तिले दैनिक क्यालोरीबाहेक भिटामिन तथा खनिजपदार्थजस्ता सूक्ष्म पौष्टिक तत्वको आवश्यकता पूर्ति गर्नका लागि खानाको छनोट गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ :
– पाँचै खाद्य समूह अन्न समूह, दाल, गेडागुडी तथा माछा, मासु, अण्डा समूह, दूध समूह, सागसब्जी समूह, फलफूल समूहबाट पर्ने गरी दैनिक भोजनको व्यवस्था गर्नुपर्छ । चिनी, चिल्लोपदार्थको ज्यादै कम गर्नुपर्छ ।
– प्राकृतिक पदार्थ जस्तै : सबै अन्न, ताजा फलफूल, हरियो सागपात भोजनमा प्रशस्त समावेश गर्नुपर्छ ।
– कतिपय भिटामिन तथा खनिजपदार्थ पकाउँदा नष्ट हुने भएकाले उपयुक्त पकाउने विधि जस्तै ः उमाल्ने (थोरै पानीमा), बफ्याउने, बेक गर्ने, सेक्ने आदिको छनोट गर्नुपर्छ ।
– दैनिक भोजनमा सोडियमको मात्रा कम गर्न खाने नुन तथा सोडियमयुक्त खाद्य पदार्थ विशेषतः तयारी र प्रशोधित खाद्य पदार्थ कम समावेश गर्नुपर्छ ।
– पोटासियम, म्याग्नेसियम, सेलिनियमजस्ता खनिजपदार्थ प्रशस्त प्राप्त हुने खाद्य पदार्थ जस्तै ः सबै अन्न, कुरिलो, पालुंगो, गोलभेँडा, सुन्तला, स्याउ, केरा (ठिक परिमाणमा मात्र) हरियो गेडागुडी, माछा, तोफु आदि भोजनमा समावेश गर्नुपर्छ ।
– फाइबरयुक्त खाद्य पदार्थ भोजनमा समावेश गर्दा एकातिर क्यालोरी नियन्त्रण हुन्छ भने अर्कोतिर आवश्यक तत्वहरू सहज रूपमा प्राप्त हुन सक्छ ।
– चिल्लोरहित दूध, दही, दूधका परिकार दिनको २ देखि ३ पटक भोजनमा समावेश गर्नुपर्छ ।
– दैनिक कम्तीमा पनि ८ गिलास सफा शुद्ध पानी पिउनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मधुमेहले कुन अंगमा के असर गर्छ ?

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । करिब ९० प्रतिशतमा खराब आचारका कारण मधुमेह लाग्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकका अनुसार मधुमेहले असर नगर्ने शरीरको कुनै पनि अंग छैन । यस सन्दर्भमा मधुमेहका प्रमुख असरबारे विभिन्न रोगका विशेषज्ञले व्यक्त गरेका धारणा यसप्रकार छ :

बढीभन्दा कम सुगर जोखिम

बुद्धिबहादुर थापा, हर्मनरोग विशेषज्ञ,पोखरा

सामान्य रूपमा रगतमा चिनीको मात्रा बढेको अवस्थालाई मधुमेह (सुगर) भनिन्छ । मधुमेह अहिले विश्वकै लागि प्रमुख जनस्वस्थ्य समस्याको हो । विश्वभर ४ सय मिलियन मानिस यो रोगबाट पीडित छन् । नेपालमा पनि प्रिभ्यालेन्स दरका आधारमा हेर्दा २० वर्षमाथिका ५ लाख ५२ हजार मानिस यो समस्याबाट ग्रस्त छन् । केही वर्षअघिसम्म नेपालमा मधुमेहको प्रिभ्यालेन्स दर ३.८ प्रतिशत थियो, अहिले ८.४ छ ।

रगतमा सुगरको मात्रा सामान्यतः ८० देखि १०० हुनुपर्छ । सुगर खाएको अवस्थामा २०० भन्दा माथि जानुहुन्न । नखाएको अवस्थामा १४० देखि १९९ सम्म भएमा प्रिडाइबेटिज अवस्था हो । खालीपेटको नमुना परीक्षणमा ११० र १२५ भए पनि मधुमेह भएको मानिन्छ । मधुमेह यस्तो समस्या हो, जसले धेरै जटिलता लिएर आउँछ । अहिले विभिन्न कारणले कम उमेरमै पनि मधुमेह देखिन थालेको छ । सुगर भएका मान्छेलाई बढी सुगरभन्दा कम सुगर बढी जोखिम हुन्छ । ४० भन्दा कम सुगर भएको अवस्थामा बेहोस नै हुने खतरा हुन्छ ।

मधुमेहले कुनै पनि अंगलाई असर गर्न छाड्दैन । तसर्थ, समयमै यसको पहिचान हुनुपर्छ । पहिचान भएपछि खाना, योग, व्यायामबाट यसलाई नियन्त्रण राख्नुपर्छ । मधुमेह भएकाले खानेकुरा सामान्य नै खाने हो । तर, बढी सुगर भएका खानेकुरा भने खान भएन । मिठाइ, चिनी खानुहुँदैन । फलफूलमा केरा, आँप खानुहुँदैन । तरकारी प्रशस्त खाँदा हुन्छ ।

७५ प्रतिशत मधुमेहीको मृत्यु मुटुरोगबाट

डा. श्यामराज रेग्मी, मुटुरोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मधुमेहले सबैभन्दा जटिल असर मुटुमा गर्छ । मधुमेहका कारण हुने मृत्युको ७५ प्रतिशत मुटुसम्बन्धी रोगबाटै हुन्छ । मधुमेहले सबैभन्दा बढी असर मुटुका धमनीमा गर्छ । धमनीहरूमा बोसो जमाउँछ र जसले हृदयाघातको जोखिम बढाउँछ । मधुमेहसँगै उच्च रक्तचाप, कोलेस्टेरोलको समस्या पनि थपिने सम्भावना बढी हुँदा जोखिम पनि गुणात्मक रूपमा बढ्छ ।

मैले आफ्नो चिकित्सा जीवनमा २६ वर्षको युवामा समेत स्टेन्ट प्रत्यारोपण गरेको छु । महिलामा पनि कम उमेरमै मुटुरोगका जटिलता देखिन थालेका छन् । मधुमेही पुरुषलाई अन्य पुरुषको तुलनामा हृदयाघातको सम्भावना ५० प्रतिशत र महिलामा ३०० प्रतिशत बढी हुन्छ ।
मैले आफूले एन्जियोप्लास्टी गरेका बिरामी संख्याको विश्लेषण गरेर हेर्दा पनि ६० प्रतिशतभन्दा बढी मधुमेहीको एकभन्दा बढी धमनीमा समस्या छ । मुटुमा मुख्यगरी तीनवटा नसा हुन्छन् । ती नसा थुनिएको अवस्थामा स्टेन्ट (जाली) हाल्नुपर्छ । मधुमेहले नसालाई यति असर गरेको हुन्छ कि, मधुमेहीमा जाली हाल्न पनि निकै जटिल हुन्छ । हालिसके पनि परिणाम राम्रो निस्किँदैन । कम्तीमा रोग नै नलागोस् भन्नेतिर लाग्ने र लागिसकेको छ भने मुटु, मिर्गौलाको नियमित परीक्षण गर्नुपर्छ । कम्तीमा डेढ–दुई वर्षमा मुटुको परीक्षण गरिरहनुपर्छ । यति गरे मात्रै बिरामीको जीवन जीवनको गुणस्तर पनि लम्ब्याउन सकिन्छ ।

गर्भावस्थामा मधुमेह भए पछिसमेत हुन सक्छ

डा. सुनीलमणि पोखरेल, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, भरतपुर अस्पताल

गर्भावस्था र मधुमेह निकै अन्तरसम्बन्धित छन् । मधुमेह ३ प्रकारका हुन्छन् । टाइप–१, टाइप–२ र तेस्रो टाइप भनेको गर्भवती अवस्थामा हुने मधुमेह जेस्टेसनल डाइबेटिज हो । पहिले नै सुगर भएकी महिलाको सुरुमा मधुमेह व्यवस्थापन नगरी गर्भवती भएमा त्यसको व्यवस्थापन जटिल हुन्छ ।
गर्भवती हुनुभन्दाअघि नै मधुमेहको जाँच गरेर यदि मधुमेह देखिएमा बहुविशेषज्ञ जाँच गरेर गर्भ रहन दिएमा राम्रो नतिजा दिन सकिन्छ । मधुमेह छ भने उच्च रक्तचाप हुने, बच्चाको पेटमै मृत्यु हुने, गर्भपतन हुने जोखिम पनि रहन्छ । परिवारमा पहिल्यै सुगर भएका, पहिलो बच्चा ठूलो भएर डेलिभरी गरेका महिलामा दोस्रो गर्भावस्थामा मधुमेह हुने जोखिम बढी हुन्छ ।

सबै महिलामा जुनसुकै महिना मधुमेह देखिन सक्ने भएकाले महिलालाई प्रत्येक महिना ५० ग्राम सुगर दिएर जाँच गरिन्छ । मधुमेह भइहालेमा यसले जोखिम लिएर आउँछ । गर्भवती अवस्थामा मात्रै देखिने मधुमेह धेरैमा पछि नियन्त्रण भएर जाने भए पनि जीवनकालमा मधुमेह हुने जोखिम भने यस्ता महिलामा अरूमा भन्दा ५० प्रतिशत बढी हुन्छ । खानामा सन्तुलन, व्यायाम र तनाव नियन्त्रण गरे सुगर घटाउन सकिन्छ ।

नसा प्रणालीको दुस्मन

डा. जगदीशप्रसाद अग्रवाल, नसारोग विशेषज्ञ

मनिसका शरीमा दुईखाले नसा हुन्छन्– रक्तसञ्चार गर्ने नसा र चेतना सञ्चार गर्ने नसा ।
दुवै नसाका आ–आफ्नै प्रणाली हुन्छन् । चेतना सञ्चार गर्ने प्रणालीमा ब्रेन, मेरुदण्डदेखि खुट्टासम्म जोडिएको हुन्छ । सुँघ्ने, नानी चलाउने यस प्रणालीका उदाहरण हुन् । मधुमेह नसा प्रणालीको दुस्मन हो । यसले धमिराले काठ भित्रभित्रै सिध्याएजसरी नै सबै अंगलाई सिध्याउँछ ।

यो एकप्रकारको दुस्मन हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । खासै ठूलो लक्षण देखिन्न, तर पनि डाइबेजिट हुँदा हातखुट्टा झम्झमाउनु कमन लक्षण हो । मधुमेहले मस्तिष्काघात, पक्षाघात, अपांगतासमेत गराउँछ । मधुमेह छ भने, शल्यक्रिया गर्दा संक्रमणको जोखिम हुन्छ । यसले ब्रेनमा पानी जम्मा गराएर बेहोस बनाउँछ । विस्मृति पनि ल्याउँछ । मधुमेह रोगभन्दा पनि लक्षण हो, जसलाई सन्तुलिन राख्न सक्यो, नियन्त्रणमा राख्न सक्यो भने स्वस्थ जीवनशैली अपनाउन सकिन्छ, अन्यथा मृत्युको कारक बन्छ ।

बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम

डा.मदन पिया क्यान्सर रोग विशेषज्ञ

डाइबेटिजले क्यान्सर गर्छ भन्ने प्रमाणित भइसकेको छैन, तर पनि यसको क्यान्सरसँग सम्बन्ध छ । स्वास्थ्यसम्बन्धी सूचना प्रणाली राम्रो भएका देशहरूको तथ्यांक हेर्दा मधुमेह भएकामध्ये २७ प्रतिशत महिलालाई क्यान्सर भएको छ । त्यस्तै, मधुमेह भएका पुरुषमा १९ प्रतिशतलाई क्यान्सर भएको छ ।

मानिसका विभिन्न अंगमा क्यान्सर हुन्छ । उमेर ढल्किँदै जाँदा क्यान्सरको जोखिम बढी हुन्छ । मधुमेहमा पनि बारम्बार संक्रमण हुँदा क्यान्सरको जोखिम हुन सक्छ । मधुमेहले डिएनए चाँडै ड्यामेज गर्ने हुनाले पनि क्यान्सरको जोखिम बढी हुन्छ ।

नियमित परीक्षण गरेर मिर्गौला फेल हुने जोखिम घटाउन सकिन्छ

डा. अरुण सेढाईं, मिर्गौलारोग विशेषज्ञ, चितवन मेडिकल कलेज

मिर्गौला शरीरमा उत्सर्जन हुने विकारजन्य पदार्थलाई छानेर फाल्ने अंग हो । शरीरमा यसको ठूलो भूमिका छ । जनसंख्याको ८.४ प्रतिशतलाई मधुमेह छ भन्ने तथ्यांक छ । दीर्घ रुपमा मिर्गौला रोग लागेका ४२-४३ लाखमध्ये ६ लाखलाई मधुमेहका कारण मिर्गौलारोग लागेको अनुमान छ । मधुमेहजस्तै मिर्गौला रोगको पनि सुरुमा लक्षण हुन्न । बढी पिसाब लाग्ने, निद्रा नलाग्ने, जिउ सुन्निँदै आउने समस्या हुन्छन् । पहिला मिर्गौलाले पिसाबमा प्रोटिन फाल्छ । पहिलो उपाय पिसाब जाँच नै हो । मधुमेहीले त तीन–चार महिनामा एकपटक पिसाब जाँच्नैपर्छ । वर्षको एकपटक क्रिएटिन जाँच्नुपर्छ ।

समयमै बिग्रन लागेको पत्ता लाग्यो भने मिर्गौलाले कामै नगर्ने अवस्था छिट्टै आउनबाट रोकेर केही वर्ष लम्ब्याउन सक्छौँ । ३ वर्षमा फेल हुनेलाई १५ वर्ष लम्ब्याउन सकिन्छ । अहिले पनि हामी धेरैमा मधुमेहको औषधि खान नपरे हुन्थ्यो भन्ने सोच देखिन्छ । औषधि खाए पनि इन्सुलिन लिन नपरे हुन्थ्यो भन्ने धारणा पाउँछु । सुरुमा औषधि दिनुपर्छ । औषधिले प्याङक्रियाजलाई निचोरेर इन्सुलिन निकाल्छ । कुनै वेला यस्तो आउँछ, प्याङक्रियाजबाट इन्सुलिन निकाल्न छाड्छ, त्यसपछि इन्सुलिन नै दिनुपर्छ ।

(कात्तिक १७ गते चितवनमा आयोजित लायन्स स्वास्थ्य दर्पण मधुमेह विशेष टेलिभिजन कार्यक्रमका अवसरमा व्यक्त विचारको सम्पादिन अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आचरण सुधारे ९० % लाई लाग्ने टाइप २ मधुमेहबाट बच्न सकिन्छ


परिचय
रगतमा चिनीको मात्रा सामान्यभन्दा बढ्नुलाई मधुमेह अथवा चिनीरोग भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढ्ने भएकाले यसलाई चिनीरोग भनिएको हो ।
मधुमेह सामान्य रूपमा ३ प्रकारका हुने भए पनि यसलाई ४ प्रकारमा विभाजन गर्ने गरिन्छ । तर, सामान्य रूपमा हामी यसलाई टाइप १ र टाइप २ भन्ने गर्छाैं ।

टाइप २ मधुमेह भने प्रायः उमेर ढल्केका मानिसलाई हुने गर्छ । विदेशमा उमेर ढल्केको भन्नाले ४०–४५ वर्ष कटेका मानिसलाई बुझिन्छ भने नेपालमा भने ३५ वर्ष उमेर पुगेकालाई नै टाइप २ मधुमेह लाग्ने गरेको पाइएको छ । तर, टाइप २ मा भने इन्सुलिन बने पनि दुईवटा अवस्था आउने गर्छन्– कि इन्सुलिन पर्याप्त मात्रामा बन्दैन, कि त भएको इन्सुलिनलाई प्रयोगमा ल्याउन सकिँदैन । उदाहरणका लागि साँचो त छ, तर ढोकामा लाग्दैन अथवा ताला खोल्न सक्दैन ।

टाइप १ मधुमेह सामान्यतया ४–५ वर्षको उमेरदेखि नै सुरु हुने गर्छ । रगतमा चिनीको मात्रा निर्माण गर्नका लागि प्याङक्रियाज ग्रन्थिले इन्सुलिन नामक एक प्रकारको हर्माेन उत्पादन गर्छ । इन्सुलिन एकप्रकारको साँचोजस्तो हो । मानिसले खाएको खानेकुराको मात्रालाई यसले साँचोजसरी नै ढोका खोलिदिने काम गर्छ । यसले चिनीको मात्रा शरीरका कोषभित्र जानका लागि सहयोग गर्छ । टाइप १ मा इन्सुलिन बन्ने प्रक्रिया नै बिग्रन्छ । मानिसको शरीरले आफैँ त्यो बिगार्ने गर्छ । टाइप १ बच्चालाई हुने मधुमेहको प्रकार हो ।

त्यसैगरी, टाइप २ मधुमेह भने प्रायः उमेर ढल्केका मानिसलाई हुने गर्छ । विदेशमा उमेर ढल्केको भन्नाले ४०–४५ वर्ष कटेका मानिसलाई बुझिन्छ भने नेपालमा भने ३५ वर्ष उमेर पुगेकालाई नै टाइप २ मधुमेह लाग्ने गरेको पाइएको छ ।
टाइप १ मधुमेहमा शरीरमा इन्सुलिन निर्माण प्रक्रिया नै रोकिने भएकाले इन्सुलिन निर्माण नै हुँदैन । तर, टाइप २ मा भने इन्सुलिन बने पनि दुईवटा अवस्था आउने गर्छन्– कि इन्सुलिन पर्याप्त मात्रामा बन्दैन, कि त भएको इन्सुलिनलाई प्रयोगमा ल्याउन सकिँदैन । उदाहरणका लागि साँचो त छ, तर ढोकामा लाग्दैन अथवा ताला खोल्न सक्दैन ।

९० प्रतिशत मानिसमा देखिने मधुमेहको रोकथामका लागि जीवनशैली परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका लागि विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । पोषिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा चिल्लो र मैदाको प्रयोग गरेका खानेकुरा खानुहुँदैन । नियमित रूपमा शारीरिक अभ्यास गरेर तौललाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । यी भनेका मानिस स्वयम्ले गर्ने कुरा हुन् ।

यसबाहेक आजकल जिडिएम नामक मधुमेहको प्रकार दक्षिण एसियामा धेरैभन्दा धेरै मात्रामा देखिएको छ । यो महिलामा गर्भवती अवस्थामा मात्र देखिने मधुमेह हो । पाकिस्तान, बंगलादेश, भारतलगायत मुलुकका महिलामा यस्तो प्रकारको मधुमेह देखिने गरेको छ । ती महिला, जसमा पहिले कहिल्यै मधुमेह देखापरेको थिएन, तर गर्भावस्थामा तिनलाई मधुमेह भएको पाइयो भने त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । यसप्रकारको मधुमेह प्रायः गर्भावस्थाको पछिल्लो समयमा देखापर्ने गर्छ । यसलाई इन्सुलिनको प्रयोगबाट उपचार गरिन्छ र महिला सुत्केरी भइसकेपछि त्यो आफैँ ठिक भएर पनि जान सक्छ । तर, गर्भावस्थामा मधुमेह भएका महिलालाई सामान्य महिलाको दाँजोमा टाइप २ मधुमेह हुने खतरा ३५ देखि ६० प्रतिशत बढी हुन्छ । ९० प्रतिशत मानिसमा हुने मधुमेह टाइप २ मधुमेह हो । दक्षिण एसियाको तथ्यांकलाई हेर्ने हो भने महिलामा भन्दा पुरुषमा बढी मधुमेहरोग पाइएको छ ।

मधुमेहका अन्य सहायक प्रकार
मधुमेह केही विशेष कारणहरू, जस्तो कि– शरीरमा हर्माेनको गडबडी भएर, वंशानुगत कारण वा केही रसायन तथा औषधिका कारणसमेत हुन सक्छ । शरीरमा प्रभाव पार्ने जटिल वा कडाखालका रोग, प्याङक्रियाजको रोग, मद्यपान र कुपोषणका कारणसमेत यसप्रकारको मधुमेह लाग्ने गर्छ ।

मुख्य लक्षण
– भोक बढी लाग्ने ।
– तिर्खा बढी लाग्ने ।
– रातिमा धेरै पिसाब लाग्ने ।
– ज्यादै थकान महसुस हुने ।
– शरीरको तौल घट्दै जाने ।
– गुप्तांङ चिलाउने तथा संक्रमण बढ्दै जाने ।
– सानोतिनो घाउखटिरासमेत छिटो निको नहुने ।
– दृष्टि धमिलो हुने ।

मधुमेहका कारण लाग्ने अन्य रोग
– मुटु रोग ।
– मस्तिष्काघात ।
– स्नायु प्रणालीमा क्षति ।
– मर्गौलामा क्षति ।
– आँखाको रेटिनामा विभिन्न प्रकारको क्षति।

उपचार
९० प्रतिशत मानिसमा देखिने मधुमेहको रोकथामका लागि जीवनशैली परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका लागि विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । पोषिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा चिल्लो र मैदाको प्रयोग गरेका खानेकुरा खानुहुँदैन । नियमित रूपमा शारीरिक अभ्यास गरेर तौललाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । यी भनेका मानिस स्वयम्ले गर्ने कुरा हुन् । यदि मधुमेहरोग लागिहाल्यो भने उपचारका क्रममा बिरामीलाई ट्याब्लेट दिनुपर्ने हुन्छ । टाइप १ मधुमेहमा भने इन्सुलिन मात्रै दिनुपर्ने हुन्छ । जिडिएममा औषधि दिए पनि धेरै डोजको दिन मिल्दैन । यसप्रकारको मधुमेहमा सामान्य एकप्रकारको औषधि खान मिल्छ, त्यसमा पनि इन्सुलिनको मात्रा हुन्छ । मधुमेहमा शल्यक्रिया भने हुँदैन ।

रोकथाम
– बच्चालाई ६ महिनाको उमेरसम्म गाईभैँसीको दूध खुवाउनुहुँदैन ।
– टाइप २ मधुमेहलाई भने नियन्त्रण गर्न सकिन्छ । यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– खानपिनमा ध्यान दिनुपर्छ ।
– तौल सन्तुलनमा राख्नुपर्छ ।
– तनाव कम गर्नुपर्छ ।
– महिलाले स्तनपान गराएमा पनि मधुमेहबाट बच्न सकिन्छ ।
– नियमित रूपमा शारीरिक अभ्यास गर्नुपर्छ ।

प्रस्तुति : लक्ष्मी चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के हो डाइबेटिज, किन हुन्छ ?


डाइबेटिज भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक बढी हुने अवस्था हो । यो दुई प्रकारको हुन्छ : टाइप १ र टाइप २ ।
टाइप १ : यसमा शरीरको प्रतिरोधी प्रणालीमै आक्रमण हुन्छ र शरीरलाई चाहिने इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति हुन्छ ।
टाइप २ : यसमा शरीरले आवश्यकमात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन या शरीरका कोषले इन्सुलिनप्रति प्रतिक्रिया नै जनाउँन सक्दैनन् ।
टाइप टु डाइबेटिज टाइप वानभन्दा धेरै पाइन्छ । बेलायतमा ९० प्रतिशत डाइबेटिजका बिरामी टाइप टुका रोगी हुन्छन् ।
केही गर्भवती महिलामा ब्लड ग्लुकोजको तह उच्च हुन्छ । यस्तो अवस्थामा उनीहरुको शरीरले ग्लुकोज पचाउने इन्सुलिन आवश्यकमात्रामा उत्पादन गर्न सक्दैनन् । यस्तो अवस्थालाई ‘जेस्टेसनल डाइबेजिट’ भनिन्छ ।

प्रि–डाइबेटिज
अधिकांश मानिसको ब्लड सुगर सामान्यभन्दा अलि बढी नै हुन्छ तर डाइबेटिज नै भनेर पहिचानचाहि भइसकेको हुँदैंन । यस्तो अवस्थालाई प्रि डाइबेटिज भनिन्छ । त्यसैले ब्लड सुगरकोमात्रा नर्मलभन्दा बढी छ भने पूर्ण रुपमा डाइबेटिज हुने खतरा अत्यधिक हुन्छ । यस्तो अवस्थामा तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । तत्काल रोग नियन्त्रण गर्नेतफ नलागे अवस्था खतरापूर्ण हुनसक्नेतर्फ सचेत रहनुपर्छ ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
– धेरै तिर्खा लाग्छ भने
– सामान्यभन्दा बढी तारन्तार पिसाब लाग्छ भने (यस्तो अवस्थाचाहिँ रातमा बढी हुन्छ)
– बढी थकान महसुस हुन्छ भने
– तौल घट्दै गएको छ भने
– यौनांग वरिपरि चिलाउन भने
– काटेको ठाउँमा या घाउ निको हुन समय लाग्छ भने
– आँखा धमिलो हुँदै गएको छ भने
टाइप वान डाइबेटिज तत्कालै विकास हुन सक्छ, कहिलेकाहीँ केही हप्ता लाग्न सक्छ । तर अधिकांश मानिसलाई महसुस नै नभई टाइप टु डाइबेजिट भएको हुन सक्छ । किनभने प्रारम्भिक लक्षण सामान्यत हुन्छ, जसलाई मानिसले मलाई डाइबेटिज भएको हो भन्ने महसुस नै गर्दैन ।

किन हुन्छ डाइबेटिज
हाम्रो शरीरमा चिनीको मात्रा इन्सुलिन नामको हर्मोनले नियन्त्रण गर्छ, जुन प्याङक्रियाज (पेटको पछाडि रहने ग्रन्थी) बाट निस्कन्छ । जब खाना पचेर रक्तप्रवाह प्रणालीमा प्रवेश गर्छ, इन्सुलिनले ग्लुकोजलाई निकालेर कोषतिर पठाउँछ,जहाँ शक्ति उत्पादनका लागि टुक्रने प्रक्रियाहुन्छ । तर डाइबेटिज भएको मानिसमा शरीर ग्लुकोजलाई शक्तिमा परिणत गर्न असमर्थ हुन्छ । यो किनहुन्छ भने, कि त आवश्यकमात्रामा इन्सुलिन उत्पादन भएको छैन या त उत्पादन भएको इन्सुलिनले राम्ररी काम गरेको छैन ।

के गर्ने त ?
यदि डाइबेटिज भएको छ भने खानपानमा नियन्त्रण र नियमित शारीरिक अभ्यास नै एकमात्र उपाय हो । यसका साथै नियमित रगत जाँच गरेर ब्लड ग्लुकोजकोमात्रा कति छ हेर्ने गर्नुपर्छ । यस्तै, तौल पनि नियन्त्रण गर्नुपर्छ । टाइप वान डाइबेटिज भएकाहरुले पनि नियमित मात्रामा जीवनभर नै इन्सुलिन इन्जेक्सन लिनुपर्छ । टाइप टु डाइबेटिज बढ्दै गएको छ भने खानपान नियन्त्रण र शारीरिक अभ्यासका अतिरिक्त औषधिको पनि आवश्यकता पर्न सक्छ । डाइबेटिज भएकाहरुलाई डाइबेटिक रेटिनोप्याथी हुन सक्छ, जसलाई समयमै उपचार गरिएन भने दृष्टि गुमाउने खतरा पनि हुन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कर्मचारीमा उच्च रक्तचाप र मधुमेह बढी

सिंहदरबारमा कार्यरत कर्मचारीमध्ये धेरैमा उच्चरक्तचाप र मधुमेहका समस्या देखिएका छन् । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हेल्थ डेस्कले निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा नयाँ ३० कर्मचारीमा उच्चरक्तचाप र २० जनामा मधुमेहको समस्या देखिएको आयोजकहरुले जनाएका छन् ।

अधिकांशमा उच्चरक्तचापको प्रारम्भिक अवस्था (प्रिहाइपरटेन्टस)को समस्या देखिएको छ । कामको तनाव र अस्वस्थकर जीवनशैलीका कारण कर्मचारीमा उच्चरक्तचाप र मधुमेहको समस्या बढी देखिएको चिकित्सकले बताएका छन् ।

बुधबार र बिहीबार सञ्चालित स्वास्थ्य शिविरका क्रममा परीक्षण गर्दा अधिकांशमा उच्चरक्तचाप, मधुमेह, ग्यास्ट्रिक, ढाड दुख्ने, टाउको दुख्ने समस्या देखिएको हेल्थ डेस्कका स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए । विशेषज्ञ शिविरका क्रममा २ सय ६० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविर अवधिभर वीर अस्पताल, गंगालाल अस्पताल र टिचिङ मनमोहन मुटु सेन्टरका वरिष्ठ चिकित्सकले सेवा दिएका थिए ।

शिविरमा १ सय २० जनाको इको र १ सय ६२ को इसिजी गरिएको थियो । शिविरमा सिंहदरबारभित्रै कर्मचारीको रक्तचाप, मुटुको इको, इसिजी, ब्लड सुगरलगायत जाँच गरिएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मधुमेहमा खुट्टाको स्याहार

मधुमेह रोगबाट हुने खुट्टाको समस्या मधुमेहबाट हुने प्रमुख जटिलतामध्ये एक हो । दिन प्रतिदिन मधुमेहका रोगी बढ्दै जानु र आयु पनि बढ्नाले मधुमेहमा हुने खुट्टाको समस्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । मधुमेह भएका व्यक्तिमा खुट्टा गुमाउनुपर्ने जोखिम मधुमेह नभएका व्यक्तिमा भन्दा १० देखि २० गुणा बढी हुन्छ । संसारभरमा हरेक ३० सेकेन्डमा मधुमेहका कारण एकजनाले खुट्टा गुमाउनुपरिरहेको हुन्छ ।
मधुमेहसम्बन्धी खुट्टाको समस्या प्रायः बढी उमेरका, लामो समय मधुमेह भएका, उच्च रक्तचाप भएका, मधुमेहका कारणले आँखाको समस्या भएका, धूमपान गर्ने व्यक्तिमा बढी देखापर्ने गर्छ । मधुमेह भएका व्यक्तिको खुट्टामा घाउ, अल्सर भएमा मधुमेह भएको तर त्यस्तो समस्या नभएको व्यक्तिभन्दा ५ गुणा बढी स्वास्थ्योपचार खर्च लाग्न सक्छ ।

संसारभरिमा मधुमेहको कारणबाट खुट्टाको समस्या भएका मध्ये ७० प्रतिशत खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि अस्पताल आउँछन् । खुट्टा गुमाइसकेपछि मधुमेह भएका व्यक्तिहरू अत्यधिक आर्थिक, शारीरिक र मानसिक भार खप्दै परनिर्भर बन्न पुग्छन्

मुख्यतया मधुमेहको वेलैमा पहिचान, मधुमेह भएका व्यक्तिमा पनि विशेषगरी जोखिममा भएको खुट्टाको पहिचान,

मधुमेह भएका व्यक्तिले गर्ने खुट्टाको नियमित निरीक्षण एवं स्याहार, स्वास्थ्यकर्मीसँग मिलेर गर्ने नियमित जाँच तथा परीक्षण, खुट्टाको स्वास्थ्यबारे जनचेतनाले धेरै हदसम्म खुट्टामा आउन सक्ने समस्याबाट बच्न सकिन्छ ।
संसारभरिमा मधुमेहको कारणबाट खुट्टाको समस्या भएका मध्ये ७० प्रतिशत खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि अस्पताल आउँछन् । खुट्टा गुमाइसकेपछि मधुमेह भएका व्यक्तिहरू अत्यधिक आर्थिक, शारीरिक र मानसिक भार खप्दै परनिर्भर बन्न पुग्छन् । आफैँ हिँडडुल गर्न नसक्ने भएपछि सामाजिक रूपले पनि एक्लै पर्न जान्छ ।
खुट्टा लाटोजस्तो भएको, छोएको चाल नपाउने खुट्टामा घाउ हुने तथा समयमै थाहा पाउन नसक्ने सम्भावना बढी हुन्छ । प्रायः खुट्टा काट्नुपर्ने अवस्थाको सुरुवात एउटा सानो घाउ अल्सरबाट सुरु हुने गर्दछ ।
खुट्टाको स्याहारसँगै मधुमेह भएका व्यक्तिले आफ्नो रगतमा सुगर र रगतमा बोसोको मात्रा र रक्तचापलाई पनि नियन्त्रणमा राख्नुपर्ने हुन्छ । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्ने व्यक्तिले ती कुराहरू त्याग्नुपर्छ । खुट्टामा एकप्रकारको छालाको समस्या आएका व्यक्तिमा पनि खुट्टाको घाउ हुने सम्भावना बढी हुने भएकाले यसको पनि उपचार गर्नुपर्छ ।
खुट्टाको समस्या भएमा आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग तुरुन्तै सल्लाह गर्नुपर्छ । कुनै कुरा नबुझेमा वा अन्योल भएमा सल्लाह लिनुपर्छ ।

मधुमेह रोगबाट हुने खुट्टाको समस्याका कारण
मधुमेह भएका व्यक्तिमा खुट्टाको स्नायु प्रणालीमा समस्या देखिएपछि पोलेको, घोचेको, घाउ, अल्सर भएको चाँडै थाहा नपाउन सकिन्छ । खुट्टा सुक्खा हुने, छालामा साना–साना छिया पर्ने समस्याहरू पनि आउँछन् । त्यस्तै, स्नायु समस्याको अर्काे प्रकारका कारण खुट्टाको आकार बिग्रन सक्छ र यस्तो आकार बिग्रेका खुट्टाहरूमा घाउ अल्सर बन्न सजिलो हुन्छ ।
मधुमेह भएका व्यक्तिमा रक्तनलीसम्बन्धी पनि समस्या आउन सक्छ । रक्तनलीको समस्याले गर्दा घाउहरू निको हुन झन् गाह्रो हुन्छ । त्यस्ता व्यक्तिमा हिँड्दा तल्लो खुट्टाको पछाडिको भाग दुख्नेजस्ता लक्षणहरू आउन सक्छन् ।
मधुमेह भएका व्यक्तिमा खुट्टाका घाउ हुने जोखिम र संक्रमण हुने सम्भावना पनि बढी नै हुन्छ र त्यस्तोे संक्रमण निको हुन पनि गाह्रो हुन्छ र शरीरभरि नै फैलिएर गएर खतरामा पार्न सक्दछ । आँखाको समस्याले राम्ररी नदेख्ने भएका व्यक्तिले खुट्टामा घाउ भएको थाहा नपाउन पनि सक्छन् ।

जुत्ता किन्दा साँझपखतिर किनेको मात्रै राम्रो हुन्छ, किनभने त्यतिवेला खुट्टा फुलेको हुन्छ । नयाँ जुता लगाउँदा बिस्तारै लगाउँदै बानी बसाल्दै जानुपर्छ, घाउ हुन दिनुहुँदैन । कहिलेकाहीँ अवस्था हेरेर मधुमेह रोगीले विशेषप्रकारका जुतासमेत प्रयोग गर्नुपर्ने हुन सक्छ ।

खुट्टाको स्याहार
मधुमेह भएका व्यक्तिले खुट्टालाई तातोपानी, तातो ब्याग, हिटर, आदिबाट टाढा राख्नुपर्दछ । चिसो लागेको खण्डमा मोजा लगाएर न्यानो बनाउनुपर्दछ । धेरै तातो भुइँबाट पनि जोगिनुपर्दछ । खुट्टामा फोका उठेको, रातो भएको, सुन्नेको छ÷छैन, रङ परिवर्तन भएको छ÷छैन, घाउ छ÷छैन, तापक्रम परिवर्तन भएको छ÷छैन भनेर दैनिक रूपमै चेकजाँच गर्नुपर्ने हुन्छ । खुट्टाको सजिलै नदेखिने भागहरूमा ऐनाको सहयोगले हेर्नुपर्छ ।

शारीरिक अवस्थाअनुसारको नियमित व्यायाम र वेलावेलामा खुट्टाका औँलाहरू चलाइराख्नाले रक्तसञ्चालनमा सहयोग पुग्छ । खुट्टालाई पानीले पखालेपछि सफा र सुक्खा राख्नुपर्छ । अनि खुट्टाको तल्लो र माथिल्लो भागमा हल्का मलम लगाउनुपर्छ, तर औँलाको बीचमा लगाउनुहुँदैन । भिजेको खुट्टामा संक्रमण हुने सम्भावना बढी हुन्छ । बढी भएको मलम पुछ्नुपर्छ ।

जुत्ताको छनोट
मधुमेह भएका व्यक्तिले खाली खुट्टा हिँड्नुहुँदैन । घरभित्र बस्दा पनि आफूले घरभित्र लगाउने मिल्ने जुत्ता लगाएर हिँड्नुपर्छ । जुत्ता छान्दा सुरक्षित र आरामदायी छान्नुपर्ने हुन्छ । शारीरिक व्यायामअनुसारको सुहाउँदो जुत्ता लगाउनुपर्छ । धेरै उचाइ भएको, खुट्टाका औँलाहरू कसिनेखालको जुत्ता लगाउनुहुँदैन । जुत्ता लगाउँदा जुत्ताभित्र केही छ÷छैन भनेर हेरेर मात्र लगाउनुपर्छ । जुत्ता किन्दा साँझपखतिर किनेको मात्रै राम्रो हुन्छ, किनभने त्यतिवेला खुट्टा फुलेको हुन्छ । नयाँ जुता लगाउँदा बिस्तारै लगाउँदै बानी बसाल्दै जानुपर्छ, घाउ हुन दिनुहुँदैन । कहिलेकाहीँ अवस्था हेरेर मधुमेह रोगीले विशेषप्रकारका जुतासमेत प्रयोग गर्नुपर्ने हुन सक्छ ।

नङको स्याहार
नङ मिलाएर काट्नुपर्छ । काटेको नमिलेमा पनि नङले घोचेर घाउ हुन सक्छ जसको उपचार गर्न गाह्रो हुन सक्छ । नङले दुखेको वा नङको रङ, आकार परिवर्तन भए–नभएको पनि जाँच गर्नुपर्छ ।  खुट्टाको समस्या आउनेबित्तिकै उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगको परामर्शमा उपचार गरेमा समस्या समाधान भएर खुट्टा जोगाउन सहयोग पुग्छ ।

 

डा.वज्राचार्यके टिममा डा. बुद्ध कार्की, डा. अर्लक रजौरिया, डा. दीपक मल्ल डा. प्रजय श्रेष्ठ, डा. चन्द्रमा श्रेष्ठ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै