भैरहवा

भैरहवाको प्रमुख सहर सिद्धार्थनगर प्रदूषणको चपेटामा पर्दै गएको छ । भैरहवा स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा पछिल्लो समय बढ्दो सहरीकरणसँगै, धुलो, धुवाँले प्रदूषणको उच्च जोखिममा परेको छ । युनिभर्सिटी अफ न्यु मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थिति निमा–प्रतिमान...