भिटामिन बी१२ को कमीले शरीरमा दिन्छ यस्ता संकेत, शाकाहारीले कसरी पूरा गर्ने कमी ?

शरीरमा भिटामिन बी१२ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ, किनकि, निकै कम शाकाहारी आहारमा मात्र यो भिटामिन पाइन्छ । शरीरका लागि भिटामिन बी१२ अत्यन्त जरुरी हुन्छ । यसले सेता रक्तकोषिकाहरूको निर्माणमा मद्दत पुर्याउँछ र स्नायुप्रणाली (नर्भ्स)लाई स्वस्थ राख्छ । यही कारण शरीरमा भिटामिन बी१२ को कमी कतिपय अवस्थामा खतरनाक बन्न सक्छ । यसको कमीका कारण व्यक्तिले गम्भीर स्वास्थ्यसमस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । यदि शरीरमा पर्याप्त भिटामिन बी१२ नभएमा केही समयमै शरीरमा रातो रक्तकोषिकाको मात्रा कम हुन थाल्छ र स्नायुप्रणाली ड्यामेज हुन सक्छ ।

भिटामिन बी१२ को कमीका जोखिम
भिटामिन बी१२ को कमी हुँदा अनेक किसिमका समस्या आइपर्न सक्छन्, जसमा मुटु फेल प्रमुख हो । भिटामिन बी१२ मांसाहारी आहारमा बढी पाइने भएकाले शाकाहारी मानिसमा यसको कमीको सम्भावना बढी हुन्छ । तर, केही शाकाहारी आहारमा पनि भिटामिन बी१२ केही मात्रामा पाइन्छ । वास्तवमा भिटामिन बी१२ को निर्माण वनस्पतिको तुलनामा पशु तथा जनावरमा बढी हुन्छ । कतिपय अवस्थामा कुनै खास रोगका कारण पनि शरीरमा भिटामिन बी१२ को कमी हुन सक्छ, जस्तो कि, परनिसियस एनिमिया रोग भएका व्यक्तिमा भिटामिन बी१२ को कमी हुन्छ ।

भिटामिन बी१२ को कमीका अनेक असर हुन्छन्, जसका कारण व्यक्तिमा अनेकतरहका मानसिक समस्या हुन सक्छन् । जस्तै, हरसमय कन्फ्युजनमा रहनु, डिप्रेसनको सिकार हुनु, एकाग्रता बिलकुलै खराब हुनु, कुनै पनि काममा ध्यान नहुनु भिटामिन बी१२ को कमीका असर हुन् । यसका अलावा भिटामिन बी१२ को कमीले कैयौँपटक सम्झने शक्ति गुम्न पनि सक्छ । लामो समयसम्म भिटामिन बी१२ को कमी हुन गएमा व्यक्तिको स्नायुमा दुखाइको समस्या पनि हुन सक्छ । यो दुखाइ धेरैजसो हत्केला र पैतालामा हुने गर्छ ।

हरसमय कन्फ्युजनमा रहनु, डिप्रेसनको सिकार हुनु, एकाग्रता बिलकुलै खराब हुनु, कुनै पनि काममा ध्यान नहुनु भिटामिन बी१२ को कमीका असर हुन् । यसका अलावा भिटामिन बी१२ को कमीले कैयौँपटक सम्झने शक्ति गुम्न पनि सक्छ । लामो समयसम्म भिटामिन बी१२ को कमी हुन गएमा व्यक्तिको स्नायुमा दुखाइको समस्या पनि हुन सक्छ । यो दुखाइ धेरैजसो हत्केला र पैतालामा हुने गर्छ ।

भिटामिन बी१२ का लक्षण
यदि शरीरमा भिटामिन बी१२ को कमी भएको समयमै थाहा भएमा यसबाट निम्तिने खतराबाट बच्न सकिन्छ । भिटामिन बी१२ को कमीको एउटा प्रमुख लक्षण हातगोडा लाटो हुनु तथा कमिलाले टोकेजस्तो महसुस हुनु हो । यसका कारण शरीरको गति र संवेदनशीलता प्रभावित हुन सक्छ । यसको असर विशेषगरी खुट्टामा देखिने गर्छ । आमरूपमा भिटामिन बी१२ को कमी हुँदा व्यक्तिलाई यस्तो महसुस हुन्छ कि, मानौँ, उसका हात–खुट्टामा कुनै काँडा वा यिन बिझिरहेको छ वा यी अंगहरु लाटा भएका छन् । यस्तोमा छुँदा वा चलाउँदा अंगहरु असंवेदनशीलझैँ लाग्छन् ।

अन्य लक्षण
– हरसमय थाकेको महसुस हुनु
– सामान्य व्यायाम वा काम गर्नेबित्तिकै श्वास लामो हुनु
– मुटुको घडकन तीव्र बढ्नु वा घट्नु
– टाउको दुख्नु
– भोक कम लाग्नु
– मुखको स्वाद परिवर्तन हुनु ।
कतिपय अवस्थामा भिटामिन बी१२ को कमीका कारण शरीरमा रगतको कमी भएर व्यक्तिलाई जन्डिस हुन सक्छ वा उसको छालामा पहेँलोपन देखिन सक्छ । यसका अलावा आँखामा सेतो चिह्न पनि भिटामिन बी१२ को संकेत हुन सक्छ ।

कतिपय अवस्थामा भिटामिन बी१२ को कमीका कारण शरीरमा रगतको कमी भएर व्यक्तिलाई जन्डिस हुन सक्छ वा उसको छालामा पहेँलोपन देखिन सक्छ । यसका अलावा आँखामा सेतो चिह्न पनि भिटामिन बी१२ को संकेत हुन सक्छ ।

भिटामिन बी१२ को कमी कसरी पूरा गर्ने ?
भिटामिन बी१२ को कमी पूरा गर्न यो भिटामिनयुक्त आहारको सेवन गर्न सकिन्छ । यसका अलावा अधिक मात्रामा जरुरी भएमा चिकित्सकले भिटामिन बी१२ सप्लिमेन्ट पनि दिन सक्छन् । कतिपय गम्भीर स्थितिमा यो भिटामिनको इन्जेक्सन पनि दिने गरिन्छ । सामान्यतया १९ देखि ६४ वर्षका वयस्कका लागि दैनिक १.५ माइक्रोग्राम भिटामिन बी१२ आवश्यक हुन्छ ।

शाकाहारीका लागि भिटामिन बी१२ का स्रोत
भिटामिन बी१२ मुख्यतः जनावरमा पाइने भएकाले शाकाहारी व्यक्तिले यसलाई प्राप्त गर्ने उत्तम तरिका जनावरबाट प्राप्त हुने दुग्धजन्य पदार्थको सेवन नै हो । दुध, दही, चिजलगायत जनावरबाट प्राप्त हुने पदार्थको नियमित सेवन गरेर शाकाहारी व्यक्तिले भिटामिन बी१२ को कमी पूरा गर्न सक्छन् । यसका अलावा अण्डामा पनि भिटामिन बी१२ पाइन्छ । मासु नखाने तर अण्डा खाने व्यक्तिले नियमित अण्डाको सेवनबाट पनि भिटामिन बी१२ प्राप्त गर्न सक्छन्, यद्यपि धेरैजसो शाकाहारीले मानिस अण्डाको पनि सेवन नगर्ने गरेको पाइन्छ । बजारमा केही यस्ता खाद्यपदार्थ पनि पाइन्छन्, जसमा अतिरिक्त भिटामिन बी१२ मिलाइएको हुन्छ, जसको सेवनबाट पनि भिटामिन बी१२ को कमी पूरा गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै