भारतमा रहेका नेपालीको चित्कार : गोजीमा पैसा रित्तियो, घरमा मिसकलसम्म जान्न

दार्चुलाका दिनेश सिंह रोजगारीका लागि भारत गएको दुई वर्ष बितिसक्यो। उनी कर्नाटकस्थित राजाराजेश्वरीको एक होटलमा काम गर्छन्।

परिवारको खुसीका लागि भन्दै घर नफर्केर भारतीय भूमिमा पसिना चुहाउन थालेको दुई वर्ष बितेको पत्तै भएन। तर, तीन महिनापछि घर फर्किने सोच्दै थिए उनी।

लामो समयसम्म कमाई गरेर स्वदेशमै फर्केर गाईपालन गर्ने र बाँकी जिन्दगी परिवारसँगै बिताउने उनको ठूलो सपना थियो। तर, कोरोना भाइरसको विश्वव्यापी महामारीले भारत बसाइमात्र लम्ब्याएन दिनेशको सपनामा समेत तुषारापात गराइदियो।

अहिले घर फर्किने कुरा त परै जाओस् उनले फोनमा छोरासँग कुरासमेत गर्न पाएका छैनन्। दार्चुलामा रहेको उनको घरमा इन्टरनेट, वाइफाईको सुविधा छैन। उता दिनेशको गोजी पनि रित्तिसकेको छ। त्यसैले उनले परिवारसँग कुरा गर्न नपाएको लामो समय भइसक्यो।

सुदूरको दुर्गम हिमाली जिल्ला दार्चुलामा नेपालमा जारी लकडाउनले मोबाइलको रिचार्ज कार्ड पाउन छाडेको छ। त्यसैले उनीसँग न यताबाट परिवारका सदस्यले सम्पर्क गर्न सकेको छ। न उताबाट दिनेशले नै फोन गर्न सक्छन्।

‘जतिबेला पनि परिवारको मात्रै याद आउँछ। छोरासँग कुरा गर्ने निकै मन छ,’ उनले हेल्थपोस्ट नेपालसँग अनलाइनमा भने, ‘तर मेरो मोबाइलमा घरमा मिसकल जाने पैसासमेत छैन। कोठाभित्र थुनिएर बसेको छु। घरको यादले निकै पिरोलेको छ।’

अहिले घर फर्किने कुरा त परै जाओस् उनले फोनमा छोरासँग कुरासमेत गर्न पाएका छैनन्। दार्चुलामा रहेको उनको घरमा इन्टरनेट, वाइफाईको सुविधा छैन। उता दिनेशको गोजी पनि रित्तिसकेको छ। त्यसैले उनले परिवारसँग कुरा गर्न नपाएको लामो समय भइसक्यो।

भारतमा कोरोनाको प्रकोप बढ्दो छ। लकडाउन कहिलेसम्म लम्बिने हो, पत्तो छैन। उनी घरभित्र बस्न थालेको महिनौं भइसक्योे। भएको जागिरसमेत गुमिसकेको छ। अब कसरी दिन बिताउने, के खाएर बाँच्ने भन्ने कुराले आफूलाई पिरोल्न थालेको उनले सुनाए।

उनले आफूमात्र नभएर थुप्रै नेपालीले यस्तै नियति भोग्नुपरिरहेको बताए। नजिकको तीर्थ हेलाँ भनेझैं भारतमा लाखौं नेपाली अलपत्र परे पनि सरकारले आफूहरूको बेवास्ता गरेको उनको गुनासो थियो।

अहिले जेनतेन बाँचिरहेको भए पनि कुन दिन चामल सकिएर भोकै बस्नुपर्ने हो भन्दै उनल पीडा पोखे। उनले खल्तीमा दाम र काम नहुँदा आफू डिप्रेसनतिर धकेलिइरहेको बताए। ‘दिनरात यस्तै कुराले मन पिरोलिरहन्छ। अब त सोच्दासोच्दै डिप्रेसनमा पो जान्छु कि भन्ने लागिसकेको छ,’ उनले मलिन स्वरमा भने।

भारतमा एक्काकि लकडाउन भयो। लकडाउन यति लामो जाला भन्ने पनि कसैलाई थाहा थिएन। कोही नेपाली भारतबाट फर्किंदा महिनौंदेखि बीच बाटोमा अलपत्र छन्। कोही कोठामै छट्पटाइरहेका छन्। ‘उता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। यस्तो बेला परिवारसँगको साथमा भएहुन्थ्यो भन्ने लाग्छ,’ उनले सुनाए, ‘अब सोचेर पनि केही हुने होइन। सरकार भारतमा रहेका नेपालीका बारेका कत्ति पनि गम्भीर छैन।’

उनले श्रीमती, आमाबुवा र साथीसंगीको यादले निकै सताइरहेको सुनाए। आफू समस्यामा भए पनि उनलाई घरमा कसरी खर्च चलाएका होलान् भन्ने पीरले पनि थिच्न थालेको छ। ‘घरखर्च नपठाएको महिनौं भइसक्यो। कसरी खर्च धानेका होलान्। यहाँ मेरो आफ्नै अवस्था यस्तो छ,’ घर सम्झेर भावुक भए।

‘चिनेको पसलबाट हात जोडेर ल्याएको चामल सकियो। ग्यास भर्न पैसा छैन, केही मुठी दाल भए पनि पकाउन ग्यास छैन केमा पकाएर खाने हो? कसरी बाँचिन्छ? केही थाहा छैन?,’ उनी चरम निरासा व्यक्त गर्छन्।

दुई दिनसम्म पानी खाएर बसेको छु। ‘कोठामा चामल छैन। मालिकले वास्ता गर्दैनन्। कति पटक झगडा गरिसकें तर उनीहरू जहिल्यै नेपाली भनेर हेप्छन्। नेपाल सरकारले पनि हामीलाई नागरिक नै ठान्दैनन्,’ उनले गुनासो गरे।

‘हामी नेपाली नै होइनौं कि जस्तो लाग्छ। आफ्ना नागरिकको समस्या बुझिदिने सरकार भएन। हामी घरको न घाटको भएका छौं,’ उनी भन्छन्।

‘लकडाउनका कारण साहुले तलब नदिने भनेको छ। भारत सरकार घर जाऊ भन्छ। नेपाल सरकार भारतमा रहेका नेपाली श्रमिक, कामदार तथा विद्यार्र्थीलाई स्वदेश फर्काउन मान्दैन,’ उनले भने, ‘अब हामी कसरी बाच्ने? कस्को कुरा सुन्ने?’

उनलाई यस्तो हालत देख्दा कतै परिवारसँग भेटै नहुने होकि भन्ने चिन्ताले गाँजेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

१० जनामा कोरोना संक्रमण देखिएपछि झापाको कचनकवल सिल, ६५ को स्वाब विराटनगर पठाइयाे

सोमबार र मंगलबार गरिएको परीक्षण १० जनाको रिपोर्ट पोजेटिभ आएपछि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका पूरै सिल गरिएको छ।

कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाको आपतकालीन बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। कम्तीमा ५ दिनका लागि गाउँपालिका सिल गरिएको हो।

संक्रमित ९ जनालाई रेडक्रसको एम्बुलेन्समा कोरोना अस्पताल विराटनगर पठाइएको छ। थप ६५ जनाको पिसिआर परीक्षण गर्न स्वाब विराटनगर लगिएको हाे।

थप क्वारेन्टाइनका रूपमा महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी मावि बनियानीलाई तयार गर्ने निर्णय भएको छ। पथरिया माविको क्वारेन्टाइनको क्षमता पनि बढाइने भएको छ।

भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण धमाधम देखा पर्न थालेपछि गाउँपालिका सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

गाउँपालिकाभित्र सात वडा छन्। त्यसमध्ये ५ वडाको सीमा भारतसँग जोडिएको छ। ‘गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा भारतसँग जोडिएका छन्,’ अध्यक्ष आलमले भने, ‘ भारतसँग सीमा जोडिएका स्थानबाट लुकिछिपी नेपाली नागरिक भित्रिन सक्ने भएकाले सिल गरिएको हो।’

झापाका प्रमुख जिल्ला अधिकारी, सांसद, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यस्तो निर्णय गरिएको आलमको भनाइ छ।

प्रदेश सांसद वसन्त बानियाँले कचनकवलवासीलाई सुरक्षित गर्न गाउँपालिका सिल गर्नुपरेको बताए। ‘भारतबाट आउनेलाई राख्न थप क्वारेन्टाइन बनाउने बारेमा गाउँपालिकासँग समन्वय गरिरहेका छौ‌ँ,’ उनले भने।

शनिबार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपालीलाई पथरिया माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरू सबैको स्वाब पिसिआर परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

अरूको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।

पथरिया माविमा राखिएका व्यक्तिमा कोरोना देखा परेपछि सो क्वारेनटाइन सिल गरिएको छ। भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ।

स्थानीय महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेनटाइन बनाउने काम सुरू भएको छ। पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनमा एक महिलासहित ६४ जना रहेका छन्।

सो गाउँपालिकामा ९७ जनालाई क्वारेनटाइनमा राखिएको छ। उनीहरू सबै भारतबाट आएका हुन्। लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा बसेकाहरूको पनि स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेका छन्।

यो गाउँपालिकाको पाँच वटा वडा भारतको विहार राज्यस्थित किसनगञ्ज जिल्लासँग जोडिएको छ। खुल्ला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ।

बोर्डरसम्म आइपुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल प्रवेश गर्न दिइरहेको गाउँपालिका अध्यक्ष आलमले बताए। ‘यसले सीमामा थप चुनौती देखिएको छ,’ आलमले भने।

चारदिनको अवधिमा ९६ जना नेपाल प्रवेश गरेका छन्। मंगलबार मात्रै केचना र पाठामारी सीमामा ५० जना नेपाली आएर बसेको अध्यक्ष आलमले बताए।

उनीहरूलाई अहिले नेपाली सुरक्षाकर्मीले सीमामै रोकेर राखेका छन्। क्वारेनटाइनको व्यवस्थापन भएपछि मात्र स्वास्थ्य जाँच गराएर ल्याउने अध्यक्ष आलमले बताए।

१० जनामा कोरोना संक्रमण फेला परेपछि प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वको टोली कचनकवल गएको थियो। सो टोलीले त्यहाँको क्वारेन्टाइन, सुरक्षा अवस्था र सीमाका बारेमा गाउँपालिका अध्यक्ष आलमसँग जानकारी लिएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा लकडाउन दुई साता थपियो

भारतको केन्द्र सरकारले लकडाउन दुई साता थप गरेको छ। चौथो चरणको लकडाउनको अन्तिम दिन आइतबार भारतको केन्द्र सरकारले थप दुई साता लकडाउन लम्बिने घोषणा गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिको सम्बोधनमा १८ मेभन्दा पहिल्यै अवस्था हेरेर चौथो चरणको लकडाउन घोषणा गरेका थिए।

मोदीले मार्च २४ तारिखका दिन पहिलोपटक लकडाउनको घोषणा गरेका थिए। त्यति बेला भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ सय थियो।

तर, ५३ दिनपछि भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजारभन्दा बढी छ। जसमा कोरोना भाइरसको एक्टिभ केस ५३ हजार ९ सय ४६ लाई छ।

संक्रमितमध्ये ३४ हजार एक सय ८ जनाको उपचार भइसकेको छ। भारतमा २ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ।

पहिलो चरणमा लकडाउन २१ दिनका लागि तोकिएको थियो। त्यसपछि मोदीले लकडाउन २ को घोषणा गरे। मे ३ सम्म लकडाउनको घोषणा गरेको भारत सरकारले पुनः दुइ साताका लागि लकडाउन बढाएको थियो।

यसबीच प्रधानमन्त्री मोदीले कोरोना प्रकोपलाई दृष्टिगत गरी २० लाख करोडको राहत प्याकेज घोषणा गरिसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा कोरोना संक्रमित र मृत्यु हुने बढेको बढ्यै

जारी लकडाउनका बीच भारतमा दिनदिनै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। बितेको २४ घण्टामा ३ हजार ९ सय ७० नयाँ संक्रमित थपिएका छन् भने १ सय ३ जना संक्रमितको मृत्यु भएको छ।

सबैभन्दा बढी महाराष्ट्र, गुजरात तथा राजधानी दिल्लीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ।

योसँगै भारतमा कूल संक्रमित ८५ हजार ९ सय ४० पुगेका छन् भने २ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। यसबीचमा ३० हजार १ सय ५३ जना संक्रमित उपचारपछि निको भएका छन्।

यो संख्या कोरोना भाइरसको उत्पत्ति भएको चीनभन्दा धेरै बढी हो। चीनमा पछिल्ला दिनहरुमा संक्रमितको मृत्यु रोकिएको छ। बितेका केही दिनमा चीनमा ८ जना मात्रै नयाँ संक्रमित थपिएका छन्। चीनमा जम्मा ८२ हजार ९सय ४१ जना संक्रमित थिए। तीमध्ये ७८ हजार २ सय १९ जना निको भइसकेका छन्। चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको थियो।

सबैभन्दा बढी महाराष्ट्रमा २९ हजार १ सय संक्रमित छन्। त्यहाँ १ हजार ६८ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ५ सय ६४ जना निको भएका छन्। त्यस्तै तामिलनाडुमा १० हजार १ सय ८ जना संक्रमित छन्। तीमध्ये २ हजार ५ सय ९९ जन निको भएका छन् भने ७१ जनाको मृत्यु भएको छ। गुजरातमा ९ हजार ९ सय ३१ जना संक्रमित छन् त्यहाँ ४ हजार ३५ जना निको भएका छन् भने ६ सय ६ जनाको मृत्यु भएको छ। त्यस्तै दिल्लीमा ८ हजार ८ सय ९५ जना संक्रमित छन्। यहाँ ३ हजार ५ सय १८ जना निको भएका छन् भने १ सय २३ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वमा ४५ लाख ४२ हजार ७ सय ५२ जना संक्रमित भइसकेका छन् भने ३ लाख ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ। तीमध्ये अमेरिकामा ८७ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ भने १४ लाख ४३ हजार १ सय ८८ जना संक्रमित छन्। त्यस्तै ब्रिटेनमा ३४ हजार ७८ जनाको मृत्यु भएको छ। यहाँ २ लाख ३८ हजार ४ जना संक्रमित छन्। इटालीमा ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ भने २ लाख २३ हजार ८ सय ८५ जना मानिस संक्रमित छन्। त्यस्तै स्पेनमा २७ हजार ४ सय ५९ जना मानिसको मृत्यु भएको छ। यहाँ २ लाख ३० हजार १ सय ८३ जना संक्रमित छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना प्रकोपसँग लड्न भारतीय प्रधानमन्त्रीले गरे २० लाख करोडको प्याकेज घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना भाइरसबाट उत्पन्न प्रकोपविरुद्ध लड्नका लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा गरेका छन्।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले उक्त राहत प्याकेज घोषणा गरेका हुन्।

मोदीले यसबाट देशका सबै क्षेत्रलाई सहयोग प्राप्त हुने आश्वासन दिलाए। २०२० मा भारतको विकास यात्राका लागि ‘आत्मनिर्भर भारत अभियान’ले नयाँ गति प्रदान गर्ने उद्घोष मोदीले गरे।

मोदीले आत्मनिर्भर भारतको संकल्पलाई सिद्ध गर्नका लागि यो प्याकेजमा जमीन, श्रम, तरलता र कानून सबैलाई सही ढंगले उपयोग गर्ने बताए।

आर्थिक प्याकेजले कुटिर उद्योग, घरेलु उद्योग, लघु र मझौला आदिको समस्या सम्बोधन गरिने उनले बताए। ज्यालादारी श्रमिक र निम्नआय भएका नागरिकका समस्या पनि आर्थिक प्याकेजमार्फत सम्बोधन गरिने घोषणा मोदीले गरेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा लकडाउन बढाउन मुख्यमन्त्रीहरूको माग, मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनदिनै बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।

भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा भए पनि संक्रमित तथा मृतकको संख्यामा कमी नआएको भन्दै सोमबार मोदीले मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समा ६ घण्टा छलफल गरेका हुन्।

कोरोना भाइरससँग लड्न तथा आर्थिक गतिविधिलाई नियमित रूपले सञ्चालन गरी अर्थतन्त्र बचाउन मोदीले गरेको यो छलफल महत्वपूर्ण हुने बताइएको छ।

बैठकमा कोरोना महामारीसँग लड्ने रणनीति तथा लकडाउनबारे वृहत छलफल भएको छ। प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँगको सहकार्यको आधारमा आगामी रणनीति तयार गरिने बताएका छन्।

भारतसामु ठूलो जोखिम आएको भन्दै मोदीले लकडाउनपछि ग्रामीण इलाकामा कोरोना फैलिन नदिनु नै सबैभन्दा चुनौती भएको बताएका छन्।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नीति र प्रदेश सरकारको सरसल्लाह र सुझावका आधारमा भावी योजना तयार गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले छलफल चलाएका हुन् ।
भिडियो कन्फ्रेन्समा अधिकांस मुख्यमन्त्रीले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लकडाउनको समय लम्ब्याउनुका साथै हवाई तथा रेलसेवा पनि बन्द गरिनुपर्ने सुझाव दिएका छन्।

बैठकमा राजस्थानमा मुख्यमन्त्री अशोकनाथ गहलोतले कोरोना भाइरसको महामारीले पैदा गरेको संकटमा मानिसहरूको जीविकोपार्जन पनि सहज हुनुपर्ने बताए।

गहलोतले सहरमा भएका गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि रोजगारका योजना ल्याउनुपर्ने तथा गाउँमा सञ्चालित रोजगार कार्यक्रमलाई २ सय दिन बढाउन केन्द्र सरकारलाई सुझाए । लकडाउनका कारण प्रदेशको अर्थतन्त्र कमजोर भएको र केन्द्र सरकारको सहयोगबिना महामारीसँग लड्न नसकिने भन्दै केन्द्र सरकारले छिट्टै आर्थिक प्रोत्साहन प्याकेज ल्याउनुपर्ने माग राखे।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनबिना कोरोना नियन्त्रण गर्न नसकिने भन्दै लकडाउन बढाउनुपर्ने बताए । यद्यपि ग्रिन जोनमा भएका उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्ने बताउँदै उनले अत्यावश्यक सेवाबाहेक हवाई तथा रेलसेवा तत्काल सञ्चालन गर्न नहुने बताए। महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो।

अधिकांस प्रदेशका मुख्यमन्त्रीले कोरोनाको जोखिम न्युनिकरणका लागि लकडाउन बढाउनुपर्ने माग राखे पनि गुजरातका मुख्यमन्त्री विजय रुपाणीले भने लकडाउन खोल्नुपर्ने बताएका थिए। बैठकमा तमिलनाडुका मुख्यमन्त्री के प्लानिस्वामीले पनि ३१ मे सम्म रेल तथा हवाईसेवा सञ्चालन नगर्न सुझाए। उनले स्वास्थ्य सामग्रीको अभावले सर्वसाधारणको चेकजाँच गर्न समस्या भएको भन्दै केन्द्र सरकारसँग पिसिआर किट माग गर्नुका साथै आर्थिक सहायतालाई अनुरोध गरेका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जोखिमका क्षेत्रबाहेक अन्य स्थानमा आर्थिक गतिविधि सञ्चालन गरिनुपर्ने माग राखे । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले कोरोनाको रोकथामका लागि वर्गीकरण गरिएको रेड, ग्रिन तथा अरेन्ज जोनको जिम्मा तथा आर्थिक गतिविधि सञ्चालनको सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग राखे।

‘रेलसेवा सुरु भएपछि वर्तमान स्थिति बदलिने भन्दै हवाई तथा अन्तरराज्य बससेवा सञ्चालनबारे प्रदेश सरकारले निर्णय गर्न पाउनुपर्ने उनको दाबी थियो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकारले कोरोना संक्रमणलाई लिएर बंगालसँग राजनीतिक निसाना साँध्न खोजेको आरोप लगाइन् । उनले संकटको समयमा सबै एकजुट भई लाग्नुपर्ने भए पनि राजनीति गर्न खोजिएको गुनासो गरिन्।

बिहारका मुख्यमन्त्री नितिश कुमारले आफू पनि लकडाउन बढाउन पक्षमा रहेको बताए। लकडाउन हटे कोरोना संक्रमणको महामारी भयावह बन्दै जान भएकाले लकडाउन लम्ब्याउनुको विकल्प नभएको दाबी गरे । अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले आफ्नो राज्यमा बाहिरबाट सर्वसाधारण भित्रिन थालेपछि समस्या भएको भन्दै स्वास्थ्य सामग्रीका लागि केन्द्र सरकारसँग आग्रह गरेका थिए । उनले कोरोना भाइरसको जोखिम बढ्न नदिन नाकाका साथै लकडाउनमा कडाइ गर्नुपर्ने बताए।

तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले पनि लकडाउनको समय बढाउनुपर्ने माग राखेका थिए। उनले रेलसेवा सञ्चालनले कोरोना संक्रमण झन फैलिने भन्दै त्यसलाई बन्द गर्न आग्रह गरे।

बैठकमा पन्जाबका मुख्यमन्त्री कैप्टर अमिरन्दर सिंहले कोरोनाविरुद्ध जित हासिल गर्न लकडाउन आवश्यक रहेको बताए। सार्वजनिक स्वास्थ्य र मावव जीवन महत्वपूर्ण भएको भन्दै सिंहले लकडाउनको समय थप गर्नलाई सुझाए। उनले राज्यमा भएका गरिब, विपन्न तथा श्रमिकलाई तीन महिनाको राहत प्याकेज व्यवस्था गरेको जानकारी गराउँदै केन्द्र सरकारले महामारीमा उनीहरूको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्नुपर्ने बताए।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार मात्रै भारतमा ८७ जनाको मृत्यु भएको छ भने ३ हजार बढी संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय १० जना पुगेको छ भने ७१ हजारभन्दा बढीमा संक्रमण भेटिएको छ ।

भारतमा तेस्रो पटक थपिएको लकडाउनको समय मे १७ मा सकिदैछ। पहिलो चरणको लकडाउन मार्च २५ देखि अप्रिल १४ सम्म २१ दिन र दोस्रो चरणमा अप्रिल १५ देखि मे ३ सम्म १९ दिन लकडाउन गरिएको थियो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा कोरोना संक्रमण : २४ घन्टामै ८७ को मृत्यु, ३६ सयभन्दा बढी संक्रमित

भारतमा बितेको चौबिस घण्टामा ३ हजार ६ सय ४ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ८७ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ७० हजार ८ सय २७ जनमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। संक्रमितमध्ये २ हजार २ सय ९४ जनाको ज्यान गएको छ भने २२ हजार ४ सय ४९ जना उपचारपछि निको भएका छन्।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा अहिलेसम्म ८ सय ६८ जनाको मृत्यु भएको छ भने २३ हजार ४ सय १ जना संक्रमित छन्।

त्यस्तै, दिल्लीमा ७ हजार २ सय ३घ जनामा संक्रमण देखिएको छ भने ७३ जनाको मृत्यु भएको छ। मध्यप्रदेशमा रहेका ३ हजार ७ सय ८५ जनामध्ये २ सय २१, गुजरातका ८ हजार ५ सय ४१ मा ५ सय १३, तामिलनाडुका ८ हजार २ सय्मा ५३, आन्ध्र प्रदेशमा रहेका २ हजार १८ मा ४५, बिहारका ७सय ४७ मा ६,उत्तर प्रदेशका ३ हजार ५ सय ७३मा ८०,राजस्थानका ३ हजार ९ सय ८८ मा १ सय १३ र पश्चिम बंगालमा रहेका २ हजार ६३ जना संक्रमितमध्ये ४ सय ९९ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको महामारकिा कारण विश्वभर २ लाख ८७ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ भने ४२ लाख ५६ हजार २द्द जनामा संक्रमण रहेको पुष्टि भएको छ भने संक्रमितमध्ये १५ लाख २७ हजार ५ सय १७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारत–चौबिस घण्टामा ९७ जनाको मृत्यु, ४२ सयबढीमा संक्रमण

भारतमा कोरोना भाइरसका कारण चौबिस घण्टामै ९७ जनाको मृत्यु भएको छ भने ४ हजार २ सयबढी नयाँ संक्रमित थपिएका छन्।

भारतमा बितेको चौबिस घण्टामा ४ हजार २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ९७ जनाले ज्यान गुमाएका छन् जुन भारतमा अहिलेसम्मको सबैभन्दा बढी हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भार।तमा ६७ हजार २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने २ हजार २ सय १२ जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये २० हजार ९ सय १७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। ४४ हजार २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कोरोना भाइरसको महामारीबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा अहिलेसम्म २२ हजार १ सय ७१ जनामा भाइरसको संक्रमण देखिएको छ भने ८ सय ३२ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ४ हजार १ सय ९९ जना निको भइसकेका छन्।

महाराष्ट्र पछि गुजरातमा भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। गुजरातमा अहिलेसम्म ८ हजार १ सय ९४ जनामा भाइरसको संक्रमण देखिएको छ भने ४ सय ९३ जननाको ज्यान गएको छ।

त्यस्तै मध्यप्रदेशमा ३ हजार ६ सय १४ जना कोरोना भाइरसका संक्रमितमध्ये १ सय २५ जनाको मृत्यु भएको छ भने,उत्तर प्रदेशमा रहेका ३ हजार ४ सय ६७ जना संक्रमितमध्ये ७४ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै भारतका अन्य राज्यहरुमा संक्रमित तथा मृतकको संख्यामा,आन्ध्र प्रदेशका १ हजार ९ सय ८० जनामा ४५,अंडमान निकोबारमा ३३, अरणाञ्चलमा १, असमका ६३ जनामा २ जना बिहारका ६ सय ९६ जनामा ६, चंडिगढका १ सय ६९,छत्तीशगढमा ५९ गोवामा ७, हरियाणका ७ सयस ३ जनामा १० जना हिमाञ्चल प्रदेशमा रहेका ५५ जना संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ।

जम्भुकश्मिरका ८ सय ८६ जनामा ९, झारखण्ड १ सय ५७ जनामा ३,कर्नाटकका ८ सय ४८ मा ३१, केरलाका ५ सय १२ जनामा ४, लद्दाखमा ४२ जना, मणिपुरमा २, मेघालयका १३ जनामा १,मिजोरममा एक, उडिसाका ३ सय ७७ जनामा ३,पन्जाबका १ हजार ८ सय २३ जनामा ३१, तेलंगानाका १ हजार १ सय ९६ जनामा ३०,पश्चिम बंगालका १ हजार ९ सय ३९ जनामा १ सय ८५ जनाको मृत्यु भएको छ। तयस्तै पुदुचेरीमा ९ जना र उत्तराखण्डमा ६८ जनामा कोरोना भाइरसको संक्रमण रहेकामे पुष्टि भएको छ।

हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ लाख ८३ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ भने ४१ लाख ८१ हजार २ सय २ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १४ लाख ९३ हजार ४ सय ७३ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छभने संक्रमितमध्ये ३१ जना उपचारपछि निको भइसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनाले कठिनाइ छ, तर सबै नेपाली निराश छैनन्

कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन लागू भएको बन्दाबन्दीका कारण मध्यपूर्व तथा भारतमा कार्यरत् नेपाली कामदारहरूले आफूमाथि परेको प्रभावबारे भिन्दा–भिन्दै कथाहरू बताएका छन्।

कुराकानी समेटिएका आप्रवासी मजदुरहरूको कथाले पूर्ण यथार्थ परिस्थितिको चित्रण भने गर्दैन।

दशाैं लाख नेपाली नागरिक विभिन्न खाडी मुलुक, एसियाली उपद्वीप, मलेसिया, इन्डोनेसिया तथा दक्षिण कोरियालगायतका ठाउँमा कार्यरत छन्। जसमध्ये कयाैं कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सिकार बनेका छन्। यस्ता संक्रमितमध्ये कति विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा त कति स्थानीय सरकारद्वारा स्थापित क्वारेन्टाइन सिविरमा छन्। विभिन्न सञ्चारमाध्यममा आएका समाचारअनुसार भारतमा कार्यरत् ठूलो संख्याका नेपाली नागरिकहरू रक्सौलको बाटो हुँदै वीरगन्जलगायत दुई देशबीचका अन्य प्रवेशमार्गबाट नेपालतर्फ प्रवेश गरिरहेका छन्।

तेजी लाल

माथि उल्लेखित राष्ट्रका सरकारले आप्रवासी नेपाली कामदारको हकमा जनाउने प्रतिक्रियाले उनीहरूको भाग्य वा दुर्भाग्यको निर्धारण गर्नेछ। सरकारका निर्णय तथा उचित स्वास्थ्यसेवाले उनीहरूको रोजगारी सुनिश्चित हुने गुन्जाइस रहन्छ । तर प्रतिकूल निर्णयका कारण थप आप्रवासी नेपाली कामदार संक्रमणको जोखिममा पर्ने, रोजगारी गुमाउने तथा नेपाल फर्कन बाध्य हुनुपर्नेसम्मको परिस्थिति निम्तिन सक्छ।

हाल दुबईमा कार्यरत् जनकपुरका ३७ वर्षे तेजी लाल त्यहाँको सरकारले आप्रवासी कामदारको खाद्यान्न तथा अत्यावश्यक सामग्रीको सहज खरिद सुनिश्चित गरेको जानकारी दिन्छन्। उनी विगत १२ वर्षदेखि दुबईमा कार्यरत् छन्। सवारीसाधनमा रंग लगाउने काम गरिरहेका उनी आफ्नो रोजगारदाता २४ अल अरेयिबा अटो सर्भिससँग खुसी र सन्तुष्ट छन्।

‘कम्पनीले महामारीका कारण कर्मचारीहरूको काम गर्ने समय हेरफेर गरेको छ। हामी आजकल एकदिन काम गर्ने र अर्को दिन बिदामा बस्ने तालिका पछ्याइरहेका छाैं,’ उनले जानकारी दिए, ‘हामीले कम्पनीबाट मास्क, पन्जा र सुरक्षावस्त्रलगायतका सुरक्षा सामग्री पाएका छाैं भने ग्राहकसँग व्यवहार गर्दा दुई मिटरको दूरी कायम गर्छौं।’

रवि दानवाडे

यूएईमै दुई दशकदेखि कार्यरत् भारत महाराष्ट्रका रवि दानवाडेले कोरोना भाइरसको संक्रमण रोक्न दुबईको सरकारले कडा सावर्जनिक आदेश जारी गरेको बताए।

उनका अनुसार उक्त आदेशको अवज्ञा गर्ने जो कसैलाई पनि एक हजारदेखि ५० हजार यूएई दिरामसम्म जरिवाना घोषणा गरिएको छ भने क्वारेन्टाइन उल्लंघन गर्ने, अस्पताल भर्ना नहुने वा औषधी सेवन नगर्ने तथा सपिङ मल, बजार, सिनेमा हल, क्लब तथा रेष्टुराँजस्ता सार्वजनिक स्थलमाथिको बन्देज पालना नगर्नेले ५० हजार यूएई दिरामसम्म जरिवाना तिनुपर्छ।

दुबई सरकारले कोभिड–१९ विरुद्ध अवलम्बन गरेको कडा सुरक्षा प्रावधानले त्यहाँका स्थानीय नागरिकका साथै असंख्य आप्रवासी कामदारलाई पनि लाभ पुर्‌याइरहेको छ। नेपाली कामदारको हकमा पनि समान अवस्था छ।

शंकर बोहोरा

उता भारतको टेक्सटाइल तथा हीराको ‘हब’ मानिने गुजरातमा रेष्टुराँमा ‘सेफ’ को रूपमा कार्यरत् शंकर बोहोरा लकडाउनको कारण दु:खी छन्। बन्दाबन्दीका कारण आम्दानीविहीन बन्नुपरेकाले उनलाई आफ्नो जीवन नै रोकिएजस्तो महसुस भइरहेको छ।

‘कोभिड–१९ ले नेपालीमात्र हैन सबैका लागि अदृश्य सुनामी निम्त्याएको छ,’ उनी भन्छन्, ‘दुई महिना अघिसम्म म जस्तो सामान्य कामदार त के कसैले पनि यस्तो प्रकोप सामना गर्नुपर्छ होला भनेर सोचेका थिएनन्। यो प्रकोपले सबैलाई कष्ट दिएको छ। तर, गरिब नागरिक झन् बढी प्रताडित बनेका छन्।’

फेबु्रअरीसम्म उनीलगायत केही नेपाली आप्रवासी कामदारहरू सुरतको भाथा गाउँबाट ४०० मिटर पर रहेको मध्यमस्तरको ब्ल्याक चिल्ली रेष्टुराँमा रोजगारी गर्दथे। अझ सन् २०१९ सम्म त उनीलगायत अन्य कर्मचारीको जीवन सुन्दर र आशावादी देखिन्थ्यो।

३१ वर्षे शंकरका अभिभावक, तीनजना दाजुभाइ र एक बहिनीसहितको परिवार नेपालको सुदूरपश्चिमस्थित धनगढीमा बसोबास गर्छन्।

आश्रित परिवारजनलाई यथासम्भव पालनपोषणनिम्ति शंकरजस्ता लाखाैं नेपाली भारतको विभिन्न सहरमा कठिन श्रम गर्दछन्। तर २०१९ को अन्त्यतिर ब्ल्याक चिल्ली रेष्टुरेन्टको मालिक निहाल बाबरियाले गिर्दो व्यवसायका कारण आफ्नो रेष्टुराँ बेच्ने निर्णय गरेपछि उनीलगायत सहकर्मीको आयमा अनिश्चितता छाउन थाल्यो।

बाबरियाको रेष्टुराँ बेच्ने ५ महिनादेखिको चाहना अन्ततः गत फेव्रुअरीमा पूरा भयो । यतिबेलासम्म भारतमा कोरोना भाइरसले ठूलो विपत्तिको सिर्जना गरिसकेको थिएन। उनले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई कामबाट बिदा दिए। तर कर्मचारीहरूलाई कामविहीन हुन नदिने आफ्नो वाचा पूरा गर्दै उनले शंकरसहित अन्य सम्पूर्ण कामदार सदस्यलाई सुरतस्थित आफ्नो एउटा साथीको रेष्टुराँमा रोजगारी दिलाइदिएका थिए।

‘मैले पूर्व कर्मचारीहरूलाई अन्य रेष्टुरेन्टमा काम दिलाइदिनुपर्ने कर्तव्यबोध गरें। भारतको उत्तराखण्ड तथा नेपालबाट आएका कर्मचारीमध्ये केही घर फर्के भने बाँकीले नयाँ रोजगारी पाए,’ बाबरिया भन्छन्, ‘कामविहीन हुँदा उनीहरूको हालत यति दयनीय थियो कि आफ्नो परिवारसँग कुरा गर्न समेत उनीहरूको फोनमा ब्यालेन्स थिएन। मैले नै उनीहरूको मोबाइलमा रिचार्ज गरिदिने गरेको थिएँ ।’

तर शंकरको पीडाको अध्याय पूरा भइसकेको छैन।

नयाँ जागिर पाएता पनि हालसम्म पारिश्रमिक भने नपाएको उनको दुखेसो छ। ‘रोजगारदाताप्रति मेरो कुनै गुनासो छैन। हालको बन्दाबन्दीको कारण रेष्टुराँको व्यवसाय नै शून्य छ। उनीहरूले कम्तीमा हामीलाई हरेक दिन खाना उपलब्ध गराइरहेका छन्,’ उनी थप्छन्।

सुरेश पोखरेल

सबै आप्रवासी कामदारको कथा शंकरको जस्तो निराशाजनक भने छैन । सुरेश पोखरेलजस्ता भाग्यमानी कामदार पनि भारतमा काम गरिरहेका छन् । करिब एक वर्षअघि यहाँ आएका ललितपुर पुल्चोकका सुरेश केरलाको कोचीस्थित एक निजी कम्पनीमा काम गर्छन्।

हाल लकडाउनको कारण आफू थोरै प्रभावित भएको उनी बताउँछन्। अन्य साथीहरूसँगै मिलेर कार्यालयको कम्पाउन्डभित्र काम गर्ने तथा खाना खाने गरेका उनलाई हालको परिस्थितिप्रति धेरै गुनासो छैन। ‘बाहिरको सपिङ मल तथा अन्य सार्वजनिकस्थलतिर जान नपाए पनि हालको समयलाई मैले आफ्नो अध्ययनमा उपयोग गरिरहेको छु,’ उनी सुनाउँछन्।

स्थानीय निकायले पर्याप्त स्वास्थ्यसुरक्षा उपायहरू अपनाएकोप्रति उनी आभारी छन् ।

भारत सरकार, गैरसरकारी संस्था तथा धार्मिक संगठनहरूले सञ्चालन गरेको स्थानीय सामुदायिक सेवाका कारण सुरेशजस्ता अन्य धेरै नेपाली कामदारले ढुक्कका साथ आफ्नो दैनिक जीवनलाई अगाडि बढाइरहेका छन्।

उदाहरणकै लागि, सुरत म्युनिसिपल कर्पोरेसनले आप्रवासी कामदार सहित साँढे ५ लाख असहाय मानिसका लागि हरेक दिन खाना उपलब्ध गराइरहेको छ। यसैगरी बीएपीएस स्वामी नारायण संस्थाले आप्रवासी कामदारबाहेक अन्य युवा, अविवाहित मानिस तथा वृद्धवृद्धालाई दिनको करिब एक लाख पाकेट खाना वितरण गरिरहेको छ।

अस्थायी समयका लागि विभिन्न संस्थाहरूले आप्रवासी कामदार तथा अन्य असहाय व्यक्तिहरूका लागि राहत सामग्री तथा खाद्यान्न वितरण गरिरहे पनि दुई महिनादेखि ‘कोमा’ मा रहेको अर्थतन्त्रलाई कसरी पुनर्जीवन दिने र यस कोरोना भाइरसलाई कसरी निर्मुल गर्ने भन्ने प्रश्नको जवाफ भने कसैसँग पनि छैन।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमणबाट भारतको हरियाणामा एक नेपालीको मृत्यु

कोरोना भाइरसका कारण भारतको हरियाणामा एक नेपालीको मृत्यु भएको छ। केही संक्रमित रहेको जानकारी नयाँ दिल्लीस्थित नेपाली दूताबासले जानकारी दिएको छ।

भारतको राजधानी दिल्लीसँग जोडिएको हरियाणास्थित गुरूग्राममा कोरोनाको संक्रमणबाट नेपालीको मृत्यु भएको हो।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले गुरूग्राममा एक जना नेपालीको मृत्यु भएको जानकारी आएको र उनको विषयमा विस्तृत विवरण खोजी भइरहेको बताए।

पाण्डेका अनुसार आइतबार प्रशासनको सहयोगमा ती नेपालीको अत्येष्टि गरिएको छ। ‘त्यहाँ रहेका नेपालीसँग समन्वय गरी मृतकको विवरण र अरू संक्रमित नेपालीका विषयमा जानकारी लिइरहेका छौँ,’ उनले भने।

भारतमा बस्ने नेपालीहरू कति संक्रमित छन् र अवस्था के छ भन्ने विषयमा तथ्याङ्क संकलनको प्रयासमा आफूहरू रहेको जानकारी पाण्डेले दिएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा ७ लाख नेपाली संकटमा, भोकभोकै छन् ५० हजार श्रमिक र विद्यार्थी

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का आर्थिक विपन्न नागरिकको पहिलो रोजगारीको गन्तव्य भारत नै हो।

हिमाली क्षेत्रमा संकलित जडिबुटीको व्यापार गर्नेदेखि भारतीय सहरमा प्रसिद्ध चिनियाँ फास्टफुडको व्यवसाय चलाएर दैनिकी धान्नेको संख्या लाखौँमा छ।

र, ती श्रमिकमा आश्रित परिवारको संख्या झण्डै तीन गुणा बढी छ। कोरोना महामारीबाट उत्पन्न परिस्थिति र लकडाउनपछि उनीहरूको रोजगारी गुमेको छ। भोकमरी सिर्जना भएपछि ज्यान गुमाउन नै समस्या भएको उनीहरूले बताएका छन्।

‘काम गर्न नपाएको डेढ महिना भयो, अहिले चुल्हो बाल्ने कुरा नगर्नुस्, आफ्नै ज्यान जोगाएर फर्किन पायौँ भने भाग्य,’ दिल्लीमा फास्टफुडको व्यापार गर्ने अर्घाखाँचीका गुमानसिंह मगरले एक शब्दमा भने।

दिल्लीको सिर्जनानगरमा मगर फास्टफुड चलाउँछन्। उनले परिवारको ५ जना सदस्यसहित १४ जनालाई रोजगारी दिएका छन्। तर, लकडाउनले व्यापार बन्द भएपछि उनको आम्दानी शून्य छ।

‘त्यतिबै जाओ भन्न पनि मिलेन, १४ जनालाई डेढ महिना खाने व्यवस्था गर्न निकै गाह्रो छ, अब चै सरकारले राहत दिएन भने ज्यान जोगाउन मुश्किल छ,’ मगरले भने।

भारतमा ७ लाख नेपाली बेरोजगार

रोजगारीको राम्रै गन्तव्य भारतमा रहेका नेपालको रोजगारी गुमेको छ। सुरक्षागार्डमा काम गर्ने केही बाहेक अरू पेसा व्यवसायमा संलग्न सबैको काम बन्द छ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भारतमा झण्डै ७ लाख नेपाली बेरोजगारी र भोकमरीको संकटमा छन्।

‘हामीले गरिएको अध्ययनमा ५० हजार नेपालीको अवस्था संकटपूर्ण छ, त्यसमा धेरैजसो विद्यार्थी र श्रमिक–मजदुर छन्,’ पाण्डेले भने, ‘कतिपयले अहिलेसम्म ऋण गरेर जीवन चलाइरहेका छन्, अब त त्यो पनि नहुने अवस्था भइसकेको छ।’

दिल्लीमा मात्रै १५ हजार विद्यार्थी अध्ययन गर्छन्। त्यसमध्ये झण्डै १० हजार विद्यार्थी संकटको सामना गर्न बाध्य भएको उनले बताए।

श्रम गरिखाने, होटल, रेस्टुराँ तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरू धेरै रहेकाले पनि भारतमा काम गर्ने नेपाली समुदायमा समस्या जटिल रहेको पाण्डेको भनाइ छ।

‘थोरै तलबमा काम गर्नुपर्ने, अरू सेवासुविधा पनि केही नपाउने भएकाले पनि नेपाली कामदार समस्यामा छन्, मौसमी व्यापार गर्न आउनेको अवस्था पनि उस्तै नै छ,’ पाण्डेले भने।

जसरी हुन्छ नेपाल फर्किने मनस्थितिमा नेपालीहरू रहेको बताउँदै पाण्डेले सरकारले आवश्यक पहल गरेमा क्वारेन्टाइन पूरा गरेर घर जान सबै तयार रहेको जानकारी दिए।

‘राजदूत स्वामीका दास मात्रै भए’

जनसम्पर्क समितिका अध्यक्ष पाण्डेले नेपाल फर्किन नसके पनि भारतका विभिन्न सहरमा अलपत्र नेपालीलाई तत् तत् ठाउँमै खाने बस्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको बताए।

नेपाली दूताबास र राजदूत निलाम्बर आचार्यले पनि नेपाली समुदायमा उत्पन्न समस्या समाधानमा ध्यान नदिएको गुनासो पाण्डेले गरेका छन्।

‘राजदूत स्वामीका दास मात्रै भए, नेपालीको पीडा बुझेनन्, उद्दार र राहत त सम्झिने मात्रै भयो, अलपत्र परेका नेपालीहरूलाई सामाजिक संस्था खोजेर जिम्मा लगाउने र दायित्वबाट पन्छिने काम दूताबासले गर्न सुहाएन,’ उनले भने।

अलपत्र नेपालीलाई कूटनीतिक पहलमार्फत खाने र बस्ने व्यवस्था गर्न माग गरेका पाण्डेले तीर्थयात्राका क्रममा अलपत्र परेका र विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर राहत दिन सरकारसँग आग्रह गरेका छन्।

२० हजार नेपालीलाई राहत

सरकारले पहल नगरे पनि भारतमा सक्रिय सामाजिक संघसंस्थाले राहत वितरण गरिरहेका छन्। दिल्ली, गाजियावाद, पञ्जावको लुधियाना, गुजरात, बैङ्लोरदेखि कलकत्तासम्म राहत वितरण गरिँदैछ।

लकडाउन सुरू भएपछि शनिबारसम्ममा २० हजार नेपालीलाई राहत वितरण गरिसकेको जानकारी पाण्डेले दिएका छन्।

‘नेपाली जनसम्पर्क समितिसहित विभिन्न सामाजिक संघसंस्थाहरू अहिले पनि राहत कार्यमा लागेका छन्,’ पाण्डेले भने, ‘विभिन्न क्षेत्रका अगुवासँगको समन्वयमा राहत वितरण गरेर नेपालीहरूको दैनिकी सहज बनाउने प्रयत्नमा हामी छौँ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारत नेपाली पठाउन खोजिरहेछ, नेपाल ल्याउन ‘तयार’ छैन

भारतकाे गुजरात राज्यमा त्यहाँकाे नेपाली स‍ंस्कृति परिषद्ले नेपालीका लागि व्यवस्था गरेकाे राहत। तस्विर : परिषदका सचिब डा. खेमचन्द्र भुर्तेल।

दुई दिनअघि भारतको गुजरात प्रदेश संसदले त्यहाँको सरकारलाई एउटा आदेश जारी गर्‌यो ‘२० हजार नेपालीलाई नेपाल फर्किने अनुमतिका लागि व्यवस्था मिलाउनु।’

गुजरातस्थित नेपाली संस्कृति परिषदले त्यहाँको संसदमार्फत प्रधानमन्त्री मोदीलाई समेत एउटा पत्र पठाएको थियो।

त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले गुजरात सरकारलाई फेरि भन्यो ‘नेपालको दूतावाससँग समन्वय गरेर नेपालीलाई नेपाल पठाउने व्यवस्था मिलाउनु।’

नेपालीका समस्या

परिषदका अनुसार गुजरात राज्यमा मात्रै करिब नौ लाख नेपाली छन्। तिमध्ये आधाभन्दा धेरै होटेल, रेस्टुरेन्ट तथा निर्माणको क्षेत्रमा मजदूरी गर्छन्।

अहिले सबैभन्दा धेरै समस्या त्यहाँ भएका दैनिक मजदूरी गर्दै आएका नेपालीलाई छ।

‘उनीहरुलाई खान बस्नै समस्या छ। काम रोकिएको छ। खानका लागि केही छैन। घर फर्किने न साधन छ, न पैसा छ’ नेपाली संस्कृति परिषद गुजरातका अध्यक्ष हरिप्रसाद पाण्डेले भने ‘केही समय त हामील आफ्नै खर्चमा धेरै नेपालीलाई खाना खुवायौं, यहाँका सांसदहरुले पनि सहयोग गरे। तर, आफ्नै दूतावासले हाम्रो कुरा सुनेन।’

उनका अनुसार दूतावासको हटलाइन नम्बरमा फोन गर्दा पहिला त उठ्दै उठ्दैन, उठे पनि सहयोगको बारेमा दूतावासले केही पनि भन्दैन।

‘हामीले धेरै पटक दूतावासमा फोन गर्‌यौं। राजदूत निलाम्बर आचार्य ज्यूसँग कुराकानी पनि भयो’ उनले भने ‘हामी पहल गर्दैछौं, अहिले त्यहीँ बस्नुस् भन्नुहुन्छ। अरु केही भन्नुहुन्न।’

उनका अनुसार गुजरात राज्यभर छरिएर रहेका करिब नौ लाख नेपालीमध्ये अहिले मुख्य सहरमा रहेका दैनिक मजदूरी गर्दै आएकाहरु करिब २० हजारलाई नेपाल फर्काउन पहल भइरहेको बताए।

‘यहाँको संसदले पनि हाम्रो कुरा सुनेको छ। भारतको केन्द्र सरकार(विदेश मन्त्रालयल)ले पनि यहाँको राज्य सरकारका नाममा नेपालीलाई घर जाने अनुमति दिनु भन्ने पत्र पठाएको छ’ उनले भने ‘तर, हाम्रो सरकारले केही भन्दैन। दूतावासले जहाँ हुनुहुन्छ त्यहीँ बस्न भन्छ। अब नेपाली कसरी फर्किने?’

भारतको केन्द्र र राज्य सरकारबीच नेपालीलाई फर्काउने विषयमा पत्रहरु आदान प्रदान भइरहेका बेला, दिल्लीस्थित नेपाली दूतावासले भने एउटा सूचना निकालेर भारतका नेपालीलाई ‘सूचित’ गर्‌यो, ‘सिमा नाका बन्द रहेकाले कोही पनि नेपाल जाने प्रयास नगर्नुहोला।’

दूतावासको त्यो पत्रमा भनिएको थियो, ‘जो जहाँ हुनुहुन्छ, सुरक्षित तथा धैर्यसाथ त्यहीँ रहनुहोला।’

भारत सरकार तथा त्यहाँका राज्य सरकारहरुले मजदूरहरुका लागि राहत प्याकेज घोषणा गरेका छन्। कैयौं राज्य सरकारहरुले त्यहाँका मजदूरहरुको खातामा पैसा पनि राखिदिएका छन्। कम्तीमा तीन महिनाका लागि खान पुग्ने खाद्यान्न पनि दिएका छन्।

तर, भारतमै बस्दै आएका नेपालीलाई पनि त्यो राहत प्याकेजका लागि प्रक्रिया पुर्‌याउन निकै गाह्रो छ। किनकि धेरै नेपालीसँग भारतका लागि निकै महत्वपूर्ण मानिने ‘राशन कार्ड’ छैन। जसको आधारमा त्यहाँ सरकारी सुविधा पाइन्छ।

घर फर्किन फाराम भर्दै नेपाली

टाइम्स अफ इन्डियाका अनुसार गोवामा करिब ८० प्रवासी घर फर्किन भन्दै त्यहाँको सरकारमा नाम दर्ता गराएका छन्। यीमध्ये धेरै नेपाली पनि छन्। जाे समुद्री किनाराका हाेटेल तथा रेष्टुरेन्ट र फस्टफूड सेन्टरका लागि काम गर्दै आएका थिए।

गोवा सरकारले घर फर्किन चाहने नेपालीलाई पनि घर फर्किनका लागि सरकारकाे मापदण्डअनुसार फाराम भर्न अनुराेध गरेका छन् । त्यहाँकाे सरकारले रेल्वे स्टेशनसम्म पुर्‌याइदिने व्यवस्था गरिएको जनाएको थियो।

पछिल्लो चरणको लकडाउनका क्रममा घर फर्किने मजदूरहरुका लागि भारत सरकारले रेल सेवा सुरु गरेको छ।

तर, उनीहरुलाई कसरी नेपालसम्म पुर्‌याउने भन्नेबारेमा दिल्लीस्थित नेपाली दूतावासले भने केही पहल गरेको छैन।

त्यहाँको सरकारले पनि नेपाल पक्षसँग केही समन्वय गरेको छैन।

‘करिब ८० हजार प्रवासी घर फर्किनका लागि हामीले लागु गरेको प्रक्रियामा आइसकेका छन्’ गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले भनेका छन् ‘गोवा सरकारले उनीहरुलाई रेलवे स्टेशनसम्म छोड्नेछ।’

सरकारले गाेवा छाेड्न चाहने सबै नेपालीलाई नजिकको प्रहरी चौकी वा सम्बन्धित अधिकारीकहाँ पुगेर ‘स्ट्यान्डर्ड अपरेशन प्रोस्यूडयूअर’(एओएस) भर्नका लागि आग्रह गरेका छन्।

यी दुई राज्यमा मात्रै होइन, भारतभरि लाखौंको संख्यामा नेपाली छन्। तर, दुबै सरकारसँग ठ्याक्कै कति नेपाली छन् भन्ने कुनै एकीन तथ्याङ्क छैन।

लकडाउनपछि पनि कैयौं समयसम्म हिँडेरै भएपनि नेपाली सिमानासम्म आइपुगेका छन्। कैयौं फर्किने पर्खाइमा छन्।

सुरु सुरुमा हिँडेरै आएका कतिपय नेपालीलाई सिमानाका सुरक्षाकर्मीले भारततिरै फर्काइदिएका थिए। कतिपयलाई क्वारेन्टाइनमा राखिएको छ।
अहिले पनि भारतका विभिन्न सहरमा लाखौं नेपाली फर्किन आतुर छन्।

दूतवासकाे समन्व न, पहल

तर, भारतबाट नेपाली फर्काउने सम्बन्धमा न नेपाल सरकारले कुनै तयारी गरेको छ न, भारतमा रहेको नेपाली दूतावासको कुनै समन्वय र पहल छ।

हेल्थ पोस्ट नेपालसँग कुरा गर्दै भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले अहिले नेपालीलाई देश फर्काउने बारे कुनै ‘कुराकानी’ नभएको बताए।

‘अहिले त सीमा बन्द छ नि। कसरी पठाउनु’ बिहीबार टेलिफोन कुराकानीमा राजदूत आचार्यले भने ‘अहिलेलाई कुरा यत्ति हो।’
त्यसपछि उनले केही पनि भनेनन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा एक दिनमा हालसम्मकै उच्च संक्रमण

भारतमा कोभिड–१९ को दैनिक घटनाहरूमा तीव्र बृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा थप ३ हजार ९ सया नयाँ संक्रमणका घटनाहरू दर्ता भएसँगै भारतमा संक्रमित हुनेको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ। परीक्षणको संख्यामा उल्लेख्य बृद्धि गर्दै सोमबार ८० हजार पुर्‍याएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो।

देशका केही भागमा दैनिक जीवन सहज पार्न मार्च २४ देखि भाइरसको फैलावट रोक्न लगाइएको लकडाउन खोल्ने निर्णय दिएसँगै संक्रमितको संख्या बृद्धि भएको छ।

यसलगत्तै स्थानीय किराना पसल, कम कर्मचारी भएका कार्यस्थलहरूको पुनः सञ्चालनमा आउनुका साथै केही क्षेत्रहरूमा निजी गाडीहरू गुड्न थालेका छन्। यद्यपि, सार्वजनिक यातायात भने बन्द रहेको छ।

तर, संक्रमणको उच्च जोखिममा रहेका ‘कन्टेनमेन्ट जोन’ तोकिएका क्षेत्रहरूमा लकडाउन सहज गर्ने कुनै पनि नयाँ निर्देशनहरू लागू गरिएका छैनन्।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा अझै पनि तुलनात्मक रुपमा थोरै मात्र संक्रमणका घटना दर्ता भएका कारण सरकारको लकडाउन रणनीति सफल भएको बुझिन्छ।

यद्यपि, विज्ञहरूले धेरै छिटो लकडाउन सहज बनाउँदा भारतले भाइरस नियन्त्रणमा हालसम्म प्राप्त गरेको सफलता गुमाउन सक्ने चेतावनी दिएका छन्।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआइआइएमएस) का निर्देशक डा. रणद्वीप गुलरियाले इन्डियन एक्सप्रेस दैनिकसँगको एक अन्तर्वातामा ‘यो कर्भमा हालसम्म गिरावट नआएकाले’ चिन्ता व्यक्त गरेका छन्।

‘लकडाउनले कर्भलाई सहयोग गरेतापनि यसले तलतिर झरेको प्रवृत्ति देखाएको छैन। यो चिन्ताको विषय हो। त्यसकारण अर्को चारदेखि छ हप्ता अत्यन्तै महत्वपूर्ण हुनेछन् किनकि सधैंभरि लकडाउन लागू गर्न सकिँदैन,’ उनले भने ।

यद्यपि, अर्थ व्यवस्थामा परेको नकारात्मक प्रभाव र लाखौं बेराजगारीको कहरमा परेकाले धेरैले सरकारसँग लकडाउन खोल्नुको विकल्प नभएको महसुस गरेका छन्।

जापानी सेक्युरिटी संस्था नोमुराले एक प्रतिवेदनमा ‘नीतिहरू चुस्त रुपमा लागू गर्नपर्ने हुन्छ अन्यथा लकडाउन हटेपछि संक्रमण दर फेरि बढ्न सक्ने’ बताएको छ।

अन्य देशहरूमा जस्तै भाइरस रोकथाममा परीक्षणको महत्वपूर्ण भूमिका हुनेछ। परीक्षण दर विश्वका सबैभन्दा कम रहेको भारतले आफ्नो परीक्षण क्षमता बृद्धि गर्न प्रयत्न गरिसकेको छ। स्वास्थ्य अधिकारीहरू छिट्टै दिनको लगभग एक लाख नमूना परीक्षण सुरू गर्नेमा आशावादी छन्।

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा विद्यार्थी, मजदुर र तीर्थयात्री अलपत्र, जनसम्पर्क समितिले राहत वितरण गर्दै

भारतमा अलपत्र परेका नेपाली नागरिकलाई यहाँ सक्रिय सामाजिक संघसंस्थाले राहत वितरण गरिरहेका छन्।

नेपाली जनसम्पर्क समिति भारत तथा विभिन्न संघसंस्थाले दिल्ली, पञ्जाव लगायतका सहरमा अलपत्र नेपालीलाई खाद्य सामग्री वितरण गरेका हुन्।

नेपाली जनसम्पर्क समिति भारतका महामन्त्री नारायणप्रसाद भुसालका अनुसार विद्यार्थी, मजदुर र विभिन्न व्यवसायिक कामका लागि आएर अलपत्र परेका नेपालीहरूको पहिचान गरी राहत वितरणलाई तीव्र पारिएको हो।

तीर्थयात्री, विद्यार्थी, उपचारका लागि आएका बिरामी, बेरोजगार मजदुर, असहाय, नेपाल जाने क्रममा बाटोमै फसेका नेपालीलाई राहत वितरण गरिएको जानकारी भुसालले दिएका हुन्।

जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले भारतको गृहमन्त्रालय र विदेश मन्त्रालयले सहमति दिए पनि नेपाल सरकारले प्रवेश नदिएपछि नेपाली नागरिक अलपत्र परेकै स्थानमा पुगेर राहत वितरण गरिएको बताए।

उत्तर प्रदेशको गाजियावादस्थित मोहननगर, कविनगर, नोएडाका ८६ परिवारलाई राहत सामग्री वितरण गरेका छन्।

नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य नुरदेव कुवरका अनुसार दिल्लीको मंगोलपुरी बादलगढ र मुड्कामा रहेका ५० जना नेपालीलाई राहत वितरण गरिएको छ।

लाजपतनगर शाखा सचिव टिआर शर्माले भारतीय नागरिकको सहयोगमा त्यस आसपासका क्षेत्रमा रहेका नेपालीलाई एक महिनादेखि खाना खुवाउने व्यवस्था गरिरहेका छन्।

दिल्लीसहित नोएडा, गुरूग्राम लगायत स्थानमा ६ सय जना नेपालीलाई खानाको प्रबन्ध गरेका छन्। नेपाली दूताबासले पठाएका ३५ जनालाई पनि खाद्यान्न सहयोग गरिएको उनले बताए।

त्यसैगरी, समाजसेवी सुनिता कुँवरको पहलमा छतरपुरमा १५ जनालाई खाद्य सामग्री उपलब्ध गराइएको अध्यक्ष पाण्डेले बताए।

त्यसैगरी, पञ्जाव लुधियानाका विभिन्न ठाउँमा सामाजिक अगुवा तारा बेलबासेका पहलमा १ सय ४६ जनालाई खाद्यान्न सहयोग गरिएको छ।

सोही ठाउँमा सुनिल पोखरेलको अगुवाइमा ३० जनालाई खाद्यान्न वितरण गरिएको छ। राजु चन्द ठकुरीको पहलमा ४६ जनालाई खाद्य सामग्री प्रदान गरिएको छ।

पुनामा पनि राहत वितरण गरिएको छ। पुने पिम्प्रीमा ३ सय जनालाई राहत वितरण गरिएको महामन्त्री भुसालले बताए।

कर्नाटकामा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका माहासचिव विमलराज बिष्टको पहल राहत वितरण भइरहेको छ। दिवश शाही को सहयोगमा बेङ्लोरमा १५ परिवारलाई, भोपालमा ३६ परिवारलाई र मद्रासमा १४ जना तीर्थयात्री र ३६ जना मजदुरलाई खाद्यान्न वितरण गरिएको छ।

हरियाणामा ४५ जना मजदुरसहित मुम्बईमा अलपत्र नेपालीलाई राहत वितरण गरिएको पाण्डेले बताए। कलकत्तामा रामबहादुर बस्नेतको अगुवाइमा २३ जना मजदुरलाई राहत वितरण भुसालले बताएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्वारेन्टाइनमा राखिएका १८ भारतीय कामदार भागे, प्रजिअ भन्छन्– खोजी हुँदैछ

कोरोना संक्रमण आशंकामा झापाको भद्रपुर नगरपालिका–२ को किच्चकवध क्वारेन्टाइनमा राखिएका १८ जना भागेका छन्। उनीहरू शनिबार राति पानी परेको मौका छोपेर भागेका हुन्।

उनीहरू सबै भारतीय नागरिक हुन्। प्रहरी, जिल्ला प्रशासन र नगरपालिकाको मिलेमतोमा छाडिएको हुन सक्ने स्थानीयले बताएका छन्।

उनीहरूका बारेमा प्रहरीले घुमाउरो भाषामा प्रतिक्रिया दिनु, प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखले खोजी भइरहेको बताए पनि चार दिन बितिसक्दा पनि नभेटिनुले छाडिएको पुष्टि भएको स्थानीय एक जनप्रतिनिधिले बताए।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भागेका उनीहरुको खोजी भइरहेको बताए। भागेका कोही पनि भारत नगएको उनको दावी छ। भागेकामध्ये केही भद्रपुर क्षेत्रमा भेटिएको उनले बताए।

कति जना, कहाँ भेटिएका हुन् भन्ने विषयमा प्रजिअले खुलाउन चाहेनन्। ‘हामी उनीहरूको पहिचान गरिरहेका छौँ, भेटिएका त्यहाँबाट भागेका व्यक्ति हुन् कि होइनन् यकिन भएको छैन,’ उनले भने, ‘उनीहरूको यकिन र अरूको खोजी गर्ने काम भइरहेको छ।’

भागेका भनिएका १८ जना नै चैत १९ गतेदेखि क्वारेन्टाइनमा बसेको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए।

बिर्तामोडमा तिरका प्लाइउड उद्योगका कामदार भएकाले उनीहरू त्यतै फर्किएको हुन सक्ने उनले बताए। क्वारेन्टाइनमा बसेका भारतीय मजदुरहरूले घरमा फोन सम्पर्क गर्ने गरेको खुले पनि सीमा सिल भएकाले उनीहरू भारत फर्कन सक्ने सम्भावना नरहेको उनले बताए।

नगर प्रमुख श्रेष्ठले पनि उनीहरूको खोजी भइरहेको बताए। परीक्षणमा आरडिटी नेगेटिभ आएका उनीहरूलाई नगरपालिकाले खाने प्रबन्ध मिलाएको थियो।

भारतीय कामदारहरुका लागि लगाउने र भाडावर्तनको व्यवस्था नेपाल रेडक्रस सोसाइटी झापाले गरेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले उनीहरू क्वारेन्टाइन अवधि पूरा गरिसकेका र नाका सिल भएकाले काम गर्न फर्किएको हुनसक्ने जानकारी दिएको छ।

प्रहरीले त्यसको आधिकारिक पुष्टि नगरे पनि उनीहरू क्वारेन्टाइन आसपासमा दैनिक ज्यालादारीमा काम गरिरहेको बताइएको छ।

झापाका प्रहरी अधिकृतले आरडिटी परीक्षण नेगेटिभ आएको र क्वारेन्टाइनमा एक महिनासम्म बस्दा कुनै स्वास्थ्य नआएकाले काममा फर्किएको हुनसक्ने बताए।

झापाका सीमा क्षेत्रमा सयौँ भारतीय कामदार अलपत्र छन्। क्वारेन्टाइन अवधि पूरा गरे पनि नेपाल भारत अन्तर्राष्ट्रिय सीमा बन्द भएकाले उनीहरू घर फर्किन पाएका छैनन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा २४ घण्टामा ७१ जनाको मृत्यु, यी हुन् उच्च जोखिम भएका १० राज्य

भारतमा कोरोना भाइरस संक्रमणबाट बितेको २४ घण्टामा ७१ जनाको मृत्यु भएको छ। भारतभरि थप २ हजार २ सय ९३ जनामा संक्रमण फेला परेको पुष्टि भएको छ।

कोरोना भाइरसका कारण भारतमा १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ। शनिबारसम्ममा ३७ हजार ३ सय ३७ जनामा भाइरसको संक्रमण देखिएको छ।

संक्रमितमध्ये २६ हजार १ सय ६७ जनाको उपचार भइरहेको छ। अरू ९ हजार ९ सय ५१ जन उपचारपछि निको भएर घर फर्किसकेका छन्।

कोरोेना भाइरसको महामारीबाट सबैभन्दा प्रभावित महाराष्ट्र भएको छ। महाराष्ट्रमा हालसम्म ४ सय ८५ जनाको मृत्यु भएको छ। १३ हजार ८ सय ७० जनामा संक्रमण देखिएको छ।

यी कोरोनाको जोखिम बढी भएका १० राज्य

महाराष्ट्र

महाराष्ट्रमा अहिलेसम्म १३ हजार ८ सय ७० जनाकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। ४ सय ८५ जनाको ज्यान गएको छ। संक्रमितमध्ये १ हजार ८ सय ७९ निको भएका छन्।

दिल्ली

दिल्लीमा भाइरसको संक्रमणबाट ६१ जनाले ज्यान गुमाएका छन्। ४ हजार ९ सय ६६ जना संक्रमितमा १ हजार १ सय ६७ जना घर फर्किसकेका छन्।

मध्यप्रदेश

मध्यप्रदेशमा ३ हजार ३ सय ८८ जना संक्रमितमध्ये १ सय ४५ जनाको मृत्यु भएको छ। १ सय २४ जना निको भएका छन्।

गुजरात

गुजरातमा ५ हजार ६ सय ९२ जनामा कोरोना भाएरसको संक्रमण देखिएको छ। २ सय ३६ जनाको ज्यान गएको छ। संक्रमितमध्ये ७ सय ३५ जना निको भएका छन्।

तमिलनाडु

तमिलनाडुमा ३ हजार ८ सय ६६ जनामा भाइरसको संक्रमण रहेको छ भने २८ जननाको मृत्यु भएको छ।

आन्ध्र प्रदेश

आन्ध्र प्रदेशमा १ हजार ८ सय ९९ जना भाइरसका संक्रमित रहेका छन् भने ३३ जनाले ज्यान गुमाएका छन्।

विहार

विहारमा ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेश

उत्तर प्रदेशमा ३ हजार २४ जना संक्रमितमध्ये ४२ जनाको भाइरसका कारण मृत्यु भएको छ।

राजस्थान

राजस्थानमा ३ हजार ८ सय ४४ जना कोरोना भाइरसका संक्रमितमध्ये ६२ जनाको ज्यान गएको छ।

पश्चिम बंगाल

पश्चिम बंगालमा हालसम्म ९ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। जसमध्ये ३३ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएपछि भारतले तेस्रो चरण अन्तर्गत लकडाउनको समय दुई साता थपेर १७ मेसम्म बढाएको छ। भारतमा पहिलोपटक मार्च २४ बाट अप्रिल १३ सम्म, अप्रिल १४ बाट मे ३ सम्म र मे ३ बाट थपेर मे १७ तारिखसम्म पुर्याएको छ।

प्रभाव, संक्रमितको संख्या र जोखिमका आधारमा भारतमा ७४ जिल्लालाई रेड जोन, ओरेन्ज जोन र ग्रीन जोन गरी तीन समूहमा विभाजन गरेको छ।
भारत सरकारले उत्तर प्रदेशका १९ जिल्ला रेड जोनमा, ३५ जिल्ला ओरेन्ज र २० जिल्लालाई ग्रीन जोनमा राखेको छ।

यस्ता छन् जोेखिम अनुसार छुट्याइएका जिल्लाहरू

रेड जोन

आगरा, लखनउँ, सहारनपुर, कानपुरनगर, मुरादावाद, फिरोजावाद, गौतमबुद्धनगर, बुलंदशहर, मेरठ, रायबरेली, वाराणसी, बिजनौर, अमरोहा, सन्तबवीरनगर, अलीगढ, मुजफ्फरनगर, रामपुर मथुरा बरेली।

ओरेन्ज जोन

गाजियाबाद, हापुड, बदायु, बागपत, बस्ती, शामली औरैया, सीतापुर, बहराइच, कन्नौज, आजमगढ, मैनपुरी, श्रावस्ती, बांदा, जौनपुर, एटा, कासगञ्ज, सुुल्तानपुर, प्रयागराज, जालौन, मिर्जापुर, इटावा, प्रतापगढ, गाजीपुर, गोंडा, मउ, भदोही, उन्नाव, पीलीभित, बलरामपुर, अयोध्या, गोरखपुर, झांसी, हरदोइ, कौशांबी।

ग्रीन जोन

बाराबंकी, लखीमपुर, खिरी, हाथरस,महाराजगञ्ज, शाहजहांपुर, अम्बेडकर नगर, बलिया, चन्दैली, चित्रकुट, देवरीया, फरुखाबाद, फतेहपुुर, हमीरपुर, कानपुर, देहात, कुहीनगर, ललितपुर, महोबा, सिद्धार्थनगर, सोनभद्र, अमेठी।

तेस्रो चरणको लकडाउनमा पनि रेलसेवा र हवाइसेवा र मेट्रो पहिलेको जस्तै बन्द रहने निर्णय भारत सरकारले गरेको छ। अर्को राज्यमा फसेका श्रमिकलाई घर पठाउन रेलसेवा सञ्चालन गरिएको छ, जसका लागि राज्य सरकारको अनुमति आवश्यक गरेको छ।

लकडाउनको समयमा स्कुल कलेज लगायतका सबै शैक्षिक संस्था होटल, रेस्टुरेन्ट सिनेमा हल, सपिङ सेन्टर, खेल संस्थान, फिटनेस सेन्टर बन्द रहने छन्। तर, जोखिम कम भएका क्षेत्रमा साना पसलहरु खोल्न दिइने छ।

सार्वजनिक कार्यक्रम गर्न नपाइने तथा भेला हुन नपाउने निर्णय भारत सरकारले गरेको छ।

सबै धार्मिक संस्थाहरु बन्द रहने छन्। तर, विशेष परिस्थितिमा गृह मन्त्रालयको अनुमतिमा सडक, हवाइ तथा रेलसेवा प्रयोग गर्न दिइने छ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाई लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय भारत सरकारले गरेको छ।

६५ वर्षमाथिका सर्वसाधारण, दीर्घरोगी तथा १० वर्षभन्दा मुनिका बालबालिकालाई बाहिर आउन प्रतिबन्ध लगाइएको छ।

मदिरा पसलहरु खुला रहने भएपनि सार्वजनिक स्थाहरुमा धुमपान गर्न नपाइने र एक जिल्लाबाट अकोर्् जिल्ला जाने सबै सवारीसाधान तथा सर्वसाधारणमा रोक लगाएको छ।

ग्रीन जोनमा केही सीमित गतिविधि बाहेक सार्वजनिक सवारीसाधान सञ्चालन गर्न पाइने र मालबाहक सवारीलाई पास बिना पनि प्रवेश गर्न दिने व्यवस्था गरिएकाे भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

ओरेन्ज जोनमा एक ट्याक्सी बराबर १ जना सवारीलाई आवतजावत गर्न दिइने र चार पाङग्रे साना सवारीले दुई जना बोक्न सक्ने छन्।

रेड जोनमा खाद्यान्न लगायतका अति आवश्यक वस्तुहरुको अभाव हुन नदिन अनलाइन सेवा सुरू गरिनुका साथै सरकारी कर्मचारीले घरबाटै काम गर्न सक्ने र निजी संस्थानका ३३ प्रतिशत कर्मचारीले अफिसबाट काम गर्न सक्ने छन्।

यसका साथै रेडजोनमा इलेक्ट्रोनिक मिडिया, सूचना प्रविधिसम्बन्धी काम गर्ने संस्था, कल सेन्टर तथा कोल्डस्टोर लगायतका पसलहरु खोल्न सकिने छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ३९ हजार ६ सय १५ जनाको मृत्यु भएको छ। ३४ लाख १ हजार ३ सय ३५ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १० लाख ८३ हजार ८ सय १६ जना निको भइ घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जोखिम क्षेत्र छुट्याएर भारतमा तेस्रो चरणको लकडाउन

कोरोना भाइरसबाट निरन्तर संक्रमित र मृत्यु हुने क्रम बढेसँगै भारतले अरु दुई साता लकडाउन बढाएको छ।

तर, यसपालिको लकडाउन भने अलि फरक छ। संक्रमणको आधारमा विभिन्न ठाउँहरुलाई विभाजन गरेर लकडाउनको प्रकृति फरक बनाइएको छ।

भारत सरकारले धेरै नै संक्रमण र जोखिम क्षेत्रलाई ‘रेड जोन’, कम जोखिमलाई ‘अरेन्ज जोन’ र संक्रमण नदेखिएका स्थानलाई ‘ग्रीन जोन’मा विभाजन गरेको छ।

यी फरक फरक जोनहरुमा लकडाउनको प्रकृति फरक हुनेछ।

भारतमा कोरोना भाइरस संक्रमणबाट बितेको २४ घण्टामा ७१ जनाको मृत्यु भएको छ भने थप २ हजार २ सय ९३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

कोरोना भाइरसका कारण भारतमा १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ भने ३७ हजार ३ सय ३७ जनामा भाइरसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको अति जोखिम भएका भारतका १० राज्यहरु

१. महाराष्ट्र– महाराष्ट्रमा अहिलेसम्म १३ हजार ८ सय ७० जनाकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ४ सय ८५ जनाको ज्यानगएको छ। संक्रमितमध्ये१ हजार ८ सय ७९ निको भएका छन्।

२. दिल्ली– दिल्लीमा भाइरसको संक्रमणबाट ६१ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ९ सय ६६ जना संक्रमितमा १ हजार १ सय ६७ जना घर फर्किसकेका छन्।

३. मध्यप्रदेश– मध्यप्रदेशमा ३ हजार ३ सय ८८ जना संक्रमितमध्ये १ सय ४५ जनाको मृत्यु भएको छ भने १ सय २४ जना निको भएका छन्।

४.गुजरात– गुजरातमा ५ हजार ६ सय ९२ जनामा कोरोना भाएरसको संक्रमण देखिएको छ भने २ सय ३६ जनाको ज्यान गएका्े छ। संक्रमितमध्ये ७ सय ३५ जना निको भएका छन्।

५.तमिलनाडु– तमिलनाडुमा ३ हजार ८ सय ६६ जनामा भाइरसको संक्रमण रहेको छ भने २८ जननाको मृत्यु भएको छ।

६. आन्ध्र प्रदेश– आन्ध्र प्रदेशमा १ हजार ८ सय ९९ जना भाइरसका संक्रमित रहेका छन् भने ३३ जनाले ज्यान गुमाएका छन्।

७.बिहार– बिहारमा ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ।

८.उत्तर प्रदेश– उत्तर प्रदेशमा ३ हजार २४ जना संक्रमितमध्ये ४२ जनाको भाइरसका कारण मृत्यु भएको छ।

९.राजस्थान– राजस्थानमा ३ हजार ८ सय ४४ जना कोरोना भाइरसका संक्रमितमध्ये ६२ जनाको ज्यान गएको छ।

१०.पश्चिम बंगाल–पश्चिम बंगालमा हालसम्म ९ सय ६७ जनामा कोरोना भाइरसको स्ंक्रमण रहेको पुष्टि भएको छ जसमध्ये ३३ जनाको मृत्यु भइसकेको छ।

प्रभाव,संक्रमितको संख्या र जोखिमका आधारमा भारतमा ७४ जिल्लालाई रेड जोन, अरेन्ज जोन र ग्रीन जोन गरी तीन समुहमा विभाजन गरेको छ।

भारत सरकारले उत्तर प्रदेशका १९ जिल्ला रेड जोनमा, ३५ जिल्ला अरेन्ज र २० जिल्लालाई ग्रीन जोनमा राखेको छ।

तेस्रो चरणको लकडाउनमा पनि रेलसेवा र हवाई सेवा र मेट्रो पहिलेको जस्तै बन्द रहने निर्णय भारत सरकारले गरेको छ।

तर, अर्को राज्यमा फसेका श्रमिकलाई घर पठाउनका लागि भने रेलसेवा सञ्चालन हुनेछन्। तर, सम्बन्धित राज्यबीच समन्वयको आवश्यक हुनेछ। एउटा राज्यले अर्काे राज्यलाई अनुमति दिनुपर्नेछ।

लकडाउनको समयमा स्कुल कलेज लगायतका सबै शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट सिनेमा हल, सपिङ सेन्टर, रंगशाला, फिटनेस सेन्टर बन्द हुनेछन्।

तर जोखिम कम भएका क्षेत्रमा साना पसलहरु खोल्न दिइनेछ। सार्वजनिक कार्यक्रम गर्न, तथा भेला हुनसमेत रोक लगाइएको छ।

सबै धार्मिक संस्थाहरु बन्द रहने तर, विशेष परिस्थितिमा भने गृह मन्त्रालयको अनुमतिमा सडक, हवाइ तथा रेलसेवा प्रयोग गर्न दिइनेछ।

त्यस्तै ६५ वर्ष माथिका सर्वसाधारण, दीर्घरोगी तथा १० वर्षभन्दा मुनिका बालबालिकालाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

ग्रीन जोनमा केही सिमित गतिविधि बाहेक सार्वजनिक सवारीसाधान सञ्चालन गर्न पाइने र मालबाहक सवारीलाई पास विना पनि प्रवेश गर्न दिइने भएको छ।
अरेन्ज जोनमा एउटा ट्याक्सीमा १ जना सवारीलाई आवतजावत गर्न दिइने र चार पाङग्रे साना सवारीले दुई जना बोक्न सक्ने नियम बनाइएको छ। त्यस्तै सार्वजनिक सवारीले भने क्षमताभन्दा आधामात्रै यात्रु बोक्न पाउनेछन्।

रेड जोनमा खाद्यान्न लगायतका अति आवश्यक वस्तुहरुको अभाव हुन नदिन अनलाइन सेवालाई अझैं विस्तार गरिएको छ।

त्यस्तै सरकारी कर्मचारीले घरबाटै काम गर्न सक्ने र नीजि संस्थानका ३३ प्रतिशत कर्मचारीले अफिसबाट काम गर्न सक्ने नियम बनाइएको छ।
यसका साथै रेड जोनमा इलेक्ट्रोनिक मिडिया, सूचना प्रविधि सम्बन्धि काम गर्ने संस्था, कल सेन्टर तथा कोल्ड स्टोर लगायतका पसलहरु खोल्न सकिने बताइएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना भाइरस कसरी नियन्त्रण गरिरहेछ भारत?

भारत गुवाहटीकाे एक बसपार्कमा भाैतिक दूरी कायम गर्दै बस कुरिरहेका यात्रु। तस्विर : पिटीआई

करिब एक महिना अघिसम्म भारतको भविष्य निराशाजनक देखिएको थियो।

विज्ञले यहाँका दशाैं लाख मानिस भाइरस संक्रमित हुने आँकलन गरेका थिए भने चिकित्सकले संक्रमणको बढ्दो संख्यालाई थेग्न नसक्दा देशको कमजोर स्रोत–साधनयुक्त स्वास्थ्य प्रणालीमा अत्यधिक दबाब आउने अनुमान लगाएका थिए।

मानिसले खचाखच भरिएको र आधारभूत सरसफाइ तथा स्वच्छताको सुविधाविहीन सुकुम्बासी बस्तीमा कोरोना भाइरस आगो झैं आक्रमक रूपले फैलने भन्दै मानिस चिन्तित थिए।

तर, हालसम्म विश्वको दोस्रो ठूलो जनसंख्यासहितको यो राष्ट्रले अतिदुर्भाग्यपूर्ण घटना पाखा लगाउन सफल भएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार भारतमा ३१ हजार ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको र संक्रमितमध्ये १ हजार ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जुन प्रति १ लाख जनामा ०.७६ जनाको मृत्यु हो। उता अमेरिकामा भने प्रति १ लाखमा १ सय ७५ जनाले ज्यान गुमाइरहेका छन्।

केही बिज्ञहरुले संक्रमणलाई नियन्त्रणमा लिन भारत सरकारले लागु गरेको लकडाउन हालको लागि प्रभावकारी भएको टिप्पणी गरेका छन्।

‘समस्याले बिकराल रुप लेओस् भनेर भारत पर्खने पक्षमा छैन,’ मे ३ सम्म राष्ट्रब्यापी लकडाउन थप गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल १४ मा भनेका थिए, ‘त्यसको बिपरीत समस्या देखिने बित्तिकै सोलाई रोक्न हामीले तत्कालै निर्णय लियौं। यस्तो आकष्मिक निर्णय नलिएको भए कस्तो परिस्थिती श्रृजना हुन्थ्यो भनेर म कल्पनासम्म पनि गर्न सक्दिनँ।’

तर बिज्ञहरुले अहिले नै भारतले आफैलाई बधाई दिन निकै चाँडो हुने चेतावनी दिएका छन्।

‘हामी जति मात्रामा त्रसित थियाैं त्यति मात्रामा भाइरसले अहिलेसम्म क्षति नगरेको देखिन्छ । तर यसको मतलब हामीले जोखिमको अध्याय सम्पन्न गरिसक्याैं भन्ने चाहीँ कदापि होइन,’ पब्लिक हेल्थ फाउण्डेशन नामक गैर–नाफामुलक संस्थाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्।

मोदीले कत्तिको द्रुत निर्णय लिएका थिए ?

जनसंख्याको आधारमा भारतभन्दा ठूलो चीनले विभिन्न शहरहरुमा मात्र लकडाउन कायम गरेको अवस्थामा मार्च २४ का दिन मोदीले भारतमा तीन हप्ते राष्ट्रब्यापी लकडाउनको घोषणा गरे जसको असर अकल्पनीय हुन पुग्यो।

उक्त निर्णय उच्चरुपले संवेदशील थियो । लकडाउनमा जाँदा दशाै‌ं लाख दैनिक मजदुरी गरी जीवनयापन गर्ने भारतीय नागरिकहरु कमाइविहिन हुन्थे।

तर लकडाउन नगर्दा भारतको कमजोर स्वास्थ्य प्रणालीमाथि थप जोखिम र भार बढ्ने सम्भावना पनि उत्तिकै थियो। सामाजिक दूरीको उपाय अवलम्बन नगरे जुन महिनासम्म करिब १५ करोड मानिस संक्रमित हुनसक्ने एक अध्ययनले देखाएको थियो। भारतको एक महामारी बिशेषज्ञले गत साता लकडाउन कायम नगरेको भए हालसम्म दैनिक एक लाख जनामा संक्रमण देखिन सक्ने बताएका छन्।

पाँच सय १९ जनामा संक्रमण पुष्टि हुँदा लकडाउन गरेको भारतले सो निर्णय चाँडै लिएको हो। तुलनात्मकरुपमा नौ हजार २ सय जनामा संक्रमण पुष्टि भएपश्चात मात्रै इटाली लकडाउनमा गएको थियो भने छ हजार ७०० जनामा संक्रमण नहुँदासम्म पनि बेलायतले यस्तो घोषणा गरेको थिएन।

हामी जति मात्रामा त्रसित थियाैं त्यति मात्रामा भाइरसले अहिलेसम्म क्षति नगरेको देखिन्छ। तर यसको मतलब हामीले जोखिमको अध्याय सम्पन्न गरिसक्याैं भन्ने चाहीँ कदापि होइन

सेन्टर फर डिजिज् डाइनामिक्स एण्ड इकोनोमिक पोलिसीका निर्देशक रामानन लक्ष्मी नारायणले चाँडै लकडाउन गर्ने निर्णयले सम्पर्कको दरलाई ब्यापकरुपमा घटाएको हुनसक्ने प्रतिक्रिया दिएका छन्।

उक्त निर्णयपछि रोजगारीमा कटौती आउँदा ठुलो संख्याका भारतीय मजदुरहरु प्रमुख शहर छोडी आ–आफ्नो गाउँघर जाने प्रयास गरे। यात्राको क्रममा अरुलाई संक्रमण सार्ने सम्भावनालाई ध्यान दिइ कैयाैं राज्यका अधिकारीहरुले उनीहरुलाई ‘डिस्इन्फेक्टान्ट’ छर्ने काम गरे जुन कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम बन्न पुग्यो।

लकडाउनको हप्ता दिनपछि मुम्बाइस्थित मानिसको घुइँचोयुक्त सुकुम्बासी बस्तीका दुई जनाको मृत्यु भयो जसपश्चात अधिकारीहरुले मृतकका परिवारका कैयाैं सदस्यहरुको स्वास्थ्य परिक्षण गरी उनीहरुलाई घरभित्र एकान्तबासमा रहन लगाउँदै ३०० वटा झुपडपट्टि तथा ९० वटा पसलहरु रहेको सम्पूर्ण आवादी क्षेत्रलाई नै बन्द गरेको थियो।

त्यसो त लकडाउनको घोषणा गर्नुपूर्व नै भारतले सुरक्षाका विविध उपायहरु अपनाइसकेको थियो।

मार्च ११ को दिन भारतले जारी गर्दै आएको सम्पूर्ण पर्यटक भिसामा प्रतिबन्द लगाउँदै पछिल्लो केहि हप्ताभित्र विश्वको अति प्रभावित देशहरुमा यात्रा गरेका पर्यटकहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राख्यो। यसैगरी मार्च २२ मा सबै अन्तराष्ट्रिय हवाइ सेवाका साथसाथै यात्रुरेलको सेवा बन्द गरेको थियो।

कतै तथ्यांक नै पो गलत हो कि ?

कुनै पनि राष्ट्रमा कोरोना भाइरसको प्रभाव कस्तो छ भनेर थाहा पाउने एकमात्रै साधन भनेको उपलब्ध तथ्यांक नै हो। यो तथ्यांक राष्ट्रहरुले गरेको स्वास्थ्य परीक्षणमा निर्भर रहन्छ।

यसै साताको आइतबारसम्म भारतको स्वास्थ्य मन्त्रालयले करिब छ लाख २५ हजार जनाभन्दा बढीको स्वास्थ्य परिक्षण गरिसकेको जनकारी दिएको छ। दक्षिण कोरियाको भन्दा बढी यस स्वास्थ्य परिक्षणको संख्याको कारण भारत सरकारको प्रशंसा गरिएको छ।

सरकारले कति तीव्र गतिमा परिक्षण गरिरहेको छ भनेर स्वास्थ्य बिज्ञहरुले अध्ययन गरिरहेता पनि उनीहरुले जम्मा परिक्षणको संख्यालाई मात्र अन्तिम मान्दैनन्। बरु सो परिक्षणको सकारात्मक दरमाथि उनीहरु चनाखो रहन्छन्। यदि परिक्षणको ठूलो अनुपातको परिणाम सकाराकात्मक आएमा गम्भीररुपमा थलिएर अस्पताल भर्ना भएका बिरामीहरुको मात्र परिक्षण गरिएको छ भन्ने बुझिन्छ।

विश्व स्वास्थ्य संगठनको हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रायनका अनुसार प्रति एक सकारात्मक परिणाम बराबर १० वटा नकारात्मक परिणाम आएको खण्डमा उपयुक्त मापदण्ड कायम भएको मानिन्छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा गरिएको कुल परिक्षणको करिब चार प्रतिशत सकारात्मक परिणाम आएको छ जुन अमेरिकाको १७ प्रतिशत र बेलायतको २१ प्रतिशतको मापदण्डभन्दा अधिक राम्रो परिणाम हो।

यदि कोरोना भाइरस संक्रमितहरुको संख्या उल्लेख्यरुपले बढेता पनि बिरामीहरु परिक्षणबाट छुटेका भए यहाँका स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको भिड जम्मा भैसकेको हुन्थ्यो

अर्को उपयोगी विधी भनेको गम्भीररुपमा बिरामी परेका मानिसहरुको अनुपात हो जुन इटाली, बेलायत र फ्रान्सको १३ प्रतिशतभन्दा बढी रहेको छ भने भारतमा तीन प्रतिशतमात्र रहेको छ। यसले भारतले अति गम्भीर बिरामीबाहेकका मानिसको स्वास्थ्य परिक्षण गरेको देखाउँछ।
तर भारतको प्रति ब्यक्ति परिक्षणको दर अन्य राष्ट्रको तुलनामा अति न्यून रहेको छ। प्रति एक लाख मानिसमा जम्मा ४८ जनामा मात्र परिक्षण भएको छ तर यो दर दक्षिण कोरियामा एक हजार १७५ र अमेरिकामा एक हजार ७४० रहेको छ।

अब्जर्भर रिसर्च फाउण्डेसनका अध्यक्ष समिर शरणले भारतले आफ्नो परिक्षण क्षमतामा नाटकिय सुधार गरेता पनि हालको संख्याबाट आफू खुसी नभएको बताएका छन् ।

विभिन्न विज्ञहरुले भारतको समुदायहरुमा संचालन गरिएको बृहतस्तरको परिक्षण अब्यवहारीक तथा श्रोतको नाशमात्र भएको जनाइरहँदा शरण भने कामका लागि अधिक संख्याका भारतीय नागरिकहरु विभिन्न क्षेत्र वा राज्यहरुमा यात्रा गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

रेड्डीले यदि भारतले पर्याप्त मात्रामा परिक्षण नगरेको भए अस्पतालहरुमा संक्रमितहरुको घुइँचो लागिसक्ने दाबी गरेका छन् । ‘यदि कोरोना भाइरस संक्रमितहरुको संख्या उल्लेख्यरुपले बढेता पनि बिरामीहरु परिक्षणबाट छुटेका भए यहाँका स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको भिड जम्मा भैसकेको हुन्थ्यो,’ उनी भन्छन्।

तर हालका लागि उनले भनेको जस्तो दुबै खाले संकेत देखिँदैन।

कोरोना भाइरसले किन भारतमा प्रभाव जमाउन सकेन ?

भारतको सुरक्षाको द्रुत नीतिले अधुरोमात्र कथा भन्छ। लकडाउन गर्नुअघि नै यहाँ कोरोना भाइरसले प्रवेश गरिसकेको थियो। त्यसैले भारत सरकारले कोरोना भाइरसको केहि ‘केस’हरुबारे जानकारी दिएको थियो ।

जनवरी ३० मा चीनको वुहानको यूनिभर्सिटीमा अध्ययनरत एकजना विद्यार्थीमा भएको संक्रमणलाई भारतले पहिलो ‘केस’को रुपमा चिनाएको थियो। बेलायत, फ्रान्स र इटालीले पनि करिब सोहि समयमा पहिलो ‘केस’को जनाउ दिएतापनि यि राष्ट्रहरुले नाटकियरुपमा गम्भीर अवस्थाको सामना गरे। हाल यि तीन देशमा संक्रमितहरुको संख्या एक लाख नाघिसकेको छ।

 बैज्ञानिक तथ्यले यस सम्भावनालाई नकारेको छ भने विश्व स्वास्थ्य संगठनले हालसम्म हात लागेको प्रमाणले कोरोना भाइरस तातो वा चिसो सबै खाले वातावरणमा सर्ने देखाएको बताएको छ।

तर भारतमा भने कोरोना भाइरसले कसरी फरक स्वरुप देखायो भन्ने विषयमा यहाँका बिज्ञहरु अचम्ममा परेका छन्। ‘एउटा सम्भावित कारण भनेको चिसो वातावरणमा फस्टाउने कोरोना भाइरस प्राय सँधै ३० डिग्रीभन्दा बढी रहने भारतको तापक्रममा राम्रोसँग बिस्तार नभएको हुनसक्छ,’ रेड्डी अनुमान लगाउँछन्।

तर बैज्ञानिक तथ्यले यस सम्भावनालाई नकारेको छ भने विश्व स्वास्थ्य संगठनले हालसम्म हात लागेको प्रमाणले कोरोना भाइरस तातो वा चिसो सबै खाले वातावरणमा सर्ने देखाएको बताएको छ ।

यसैगरी अन्य बिज्ञले क्षय रोगको निवारणको लागि लगाइने भ्याक्सिनले पनि भारतीय नागरिकलाई कोरोना भाइरसप्रतिरोधी बनाएको हुनसक्नेतर्फ औंल्याएका छन्। बासिलस क्याल्मेट गेरिन नामक यस भ्याक्सिनलाई कोरोना भाइरसको उपचारका लागि प्रयोग गर्ने उदेश्यका साथ विश्वभरि विभिन्न अध्ययन तथा परिक्षणहरु चलिरहेता पनि संगठनले भने यस भ्याक्सिनले मानिसलाई कोभिड–१९ बाट बचाउने कुनै पनि प्रमाण फेला नपरेको स्पष्ट गराइसकेको छ।

‘हामीलाई के ले यस खतरनाक भाइरसबाट बचायो भन्ने विषयमा केही थाहा छैन,’ रेड्डी अगाडी थप्छन्।

(विभिन्न समाचार एजेन्सीहरुबाट अनुदित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतीय सीमा क्षेत्रमा अलपत्र ७८ नेपालीलाई ‘मेची अभियान’ ले दियो राहत

पूर्वीनाका काँकरभिट्टाको सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा केही दिनदेखि अलपत्र ७८ नेपालीलाई तत्काल खाना खाने प्रबन्ध मिलाइएको छ।

‘मेची अभियान’ ले खानाको प्रबन्ध मिलाएको हो। अभियानका संयोजक विजय डालमिया र अभियानमा आबद्धको सक्रियतामा अलपत्र नेपालीलाई आइतबार साँझ १० बोरा चामल, ३० किलो दाल, १० किलो नुन, १२ लिटर तेल, १० किलो चिनी र दुई प्याकेट मसला उपलब्ध गराइएको छ।

पानीट्याङ्कीका स्थानीय व्यापारी गणेश पाण्डेलाई आग्रह गरेर सो खाद्यान्न उनीहरूलाई उपलब्ध गराइएको संयोजक डालमियाले बताए। सो खाद्यान्नको रकम व्यापारी पाण्डेलाई उपलब्ध गराइ सकिएको छ।

सीमाशील रहेको विषम परिस्थितिमा सुरक्षाकर्मीसँग समन्वय गरेर खाद्यान्न उपलब्ध गराइएको हो। अलपत्र नेपालीलाई सुत्न बस्नका लागि पानीट्याङ्कीको एक होटलमा व्यवस्था गरिएको छ। अलपत्र परेका नेपालीले होटलसँग समन्वय गरेर अहिले खानेबस्ने गरिरहेका छन्।

उनीहरूलाई नेपाल ल्याउने वातावरण नबनेसम्म भोकै बस्नु पर्ने अवस्थाको निराकरण गर्न अभियान जुटेको छ। राष्ट्रिय संकट, महामारी र आपद विपदका बेला मानवीय सहयोग गर्ने उद्देश्यले पाँच वर्ष अघि जनस्तरमा गठित अभियानले कोरोना संक्रमणको अहिलेको सन्त्रासमसमा मास्क, पिपिई उत्पादन र वितरणमा आफूलाई सक्रिय बनाएको छ।

अभियानले डिसइन्फेक्सन टनेल (सेनिटाइजर स्टल) निर्माण गरेर झापाको मेची अञ्चल अस्पताल भद्रपुर, जिल्ला प्रहरी कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगायतका ठाउँमा राखेको छ।

सीमावर्ती भारतीय क्षेत्रहरु लुवागड, खोरीबारी, पानीट्याङ्की, ठाकुरगञ्ज, धिघलबैंक लगायतका क्षेत्रहरुमा २ सयभन्दा बढी नेपाली अलपत्र परेको सार्वजनिक भएको छ।

तर, जिल्लाका सामाजिक संघसंस्था र झापा प्रशासन उनीहरुको उद्दारको तयारीमा जुटे पनि त्यो सम्भव भएको छैन। सरकारको निर्णय बिना उनीहरूलाई नेपाल ल्याउन नसकिने बताइएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतबाट प्रवेश गरेका २० लाई क्वारेन्टाइनमा, हिँडडुल गर्नेलाई दिनभर उभ्याएर छाड्दै प्रहरी

सहरीसँगै झापाका ग्रामीण क्षेत्रमा निर्वाद हिँडडुलमा प्रहरीले कडाइ गर्दै लगेको छ। लकडाउन उल्लंघन गर्नेलाई भौतिक दुरी कायम गरी बनाइको सेतो गोलो घेरामा निश्चिति समय उभ्याउने र जताबाट आयो त्यतै फर्काउने लगायतका काम गरेर प्रहरीले हिँडडुलमा पनि कडाइ गरेको हो।

झापाको मध्य दक्षिणी क्षेत्रमा त्यस्तो कार्यका लागि ईलाका प्रहरी कार्यालय झिलझिले लगायतको प्रहरी परिचालित भएको छ। लकडाउन सुरू भएको २६औं दिनमा पहिलो पटक गौरादह नगरपालिका–९ को बैगुनधुरा बजार क्षेत्रमा समेत लकडाउन उल्लंघन गर्नेहरुलाई गोलो घेराभित्र उभ्याएर सचेत गराइएको प्रहरीले बताएको छ।

इप्रका झिलझिलेका प्रहरी निरीक्षक कोमक ठाकुरका अनुसार शिवसताक्षी नगरपालिकाको दुधे बजार, विभिन्न चोक तथा पूर्वपश्चिम राजमार्गमा पर्ने बजार क्षेत्रमा त्यस्तो कार्यलाई निरन्तरता दिइएको हो।

झिलझिले प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका स्थानीय युनिट, सताक्षीधाम सामुदायिक केन्द्र लगायत संघसंस्थाको संयुक्त प्रयासमा लकडाउन उल्लंघन गर्ने ३५ जनालाई २ घण्टा उभ्याएर कारबाही गरिएको हो।

प्रहरीले ५ फिट अन्तर कायम गरी बनाएको सामाजिक दुरीको गोलो घेरामा उभ्याएर कोरोना भाइरसको कारण विश्वमा भएको क्षतिको बारेमा जानकारी गराउने गरेको छ।

झिलझिले प्रहरीले हालसम्म १३ महिलासहित १४६ जनालाई त्यस्तो कारबाही गरिसकेको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए।

बैगुनधुरामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले ग्वालमुनी, तुलाचन लगायत आफ्नो कार्यक्षेत्रमा कडाइ गरेको छ। सशस्त्र प्रहरीले निगरानी बढाएपछि एक गाउँबाट अर्को गाउँ जाने र बिना काममा घुम्नेको संख्यामा कमीआएको स्थानीय किरण बाह्रकोटीले बताए।

बिना काम हिँड्ने, बाहिरबाट आएका व्यक्ति र लकडाउन उल्लंघन गर्नेको सम्झाउने र अटेरी गरे कारबाही गर्ने गरिएको कुञ्जीबारी प्रहरी चौकीका असइ दीपक कँडेलले बताए।

उनले हालसम्म लकडाउन उल्लङ्घन गर्नेलाई सयौँ जनालाई गोलोघेरामा उभ्याएर कारबाही गरिसकेको बताए।

तल्लो दर्जाका प्रहरीले अपशब्द बोल्ने, गाली गर्ने र बल प्रयोगमा उत्रने गरेको स्थानीय युवा कालू मुर्मुले दुखेसो गरे। ‘राई थरका एक प्रहरी दाइले हेप्ने गरेका छन्, उनले सबैलाई तँ भनेर हप्काउँछन्,’ उनले भने।

बोर्डर अप्रेसन पोस्ट कुञ्जीबारीका सशस्त्र प्रहरी निरीक्षक अगम राईले सीमा जोडिएका डाकुपाडा, पाल्सा,गौरीगञ्ज गाउँपालिका–२ को वीरपुर, टटुवामारी, बघाहचौधरी लगायतका क्षेत्रमा नियमित गस्ती गरिएको र जबर्जस्ती गर्नेलाई भारततर्फ फर्काइएको र २० जनाभन्दा बढी नेपालीलाई गौरीगञ्जमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको बताए।

गौरीगञ्ज, खजुरगाछी लगायतका क्षेत्रमा अझै पनि सुरक्षा अवस्था खकुलो रहेको भीम राजवंशी बताए। स्थानीय फत्तेपुर क्षेत्रबाट अहिले पनि मानिस नेपाल छिर्ने गरेको जानकारी दिए।

तर, गौरीगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ। ग्रामीण क्षेत्रका दर्जनौं चोक तथा सडकमा स्थानीयले लगाए ढाट अत्यावश्यक सवारीका साधन आवागमनमा असहज भएपछि प्रहरीले हटाइ दिएको छ।

शिवसताक्षी नगरपालिका–६ को हल्दारचोकमा लगाइएको ढाट नहटाइएको श्याम ताजपुरियाले बताए। उनले भने, ‘त्यहाँ स्थानीय युवा बसेर विशेष कामले हिडेकालाई समेत थर्काएर फर्काउने गरेका छन्।’

त्यहाँ ढाट लगाउदा शिवगञ्ज, झिलझिले, माइधार, दुधे र राजमार्गसम्म आउन र ती क्षेत्रबाट दक्षिणी भेग जान असहज भएको स्थानीयको गुनासो छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा ‘छूत’ र ‘अछूत’ बीचको ‘दरार’लाई अझ बढाउँदै कोरोना भाइरस

डाँडाको टुप्पोमा दयनीय अवस्थामा रहेको सुकुम्बासी बस्तीबाट आवश्यक सामग्री किन्नका लागि अर्को एक किलोमिटर परको किराना पसलमा पुग्न नौ महिने गर्भावस्थाकी जयन्ती माया (नाम परिवर्तन) ध्यानपूर्वक ओरालो झरिरहेकी छिन्।

सन्तानको रुपमा पहिल्यै जन्मिसकेका चार जना बच्चालाई खुवाउनका लागि खाद्यान्न सामग्रीको जोहो गनुपर्ने विवशता रहे तापनि ओरालोको पिँधमा अवस्थित बस्तीको ‘उच्च’ जातिका सामाजिक अगुवाहरूले उनलाई सामान खरिद नगरी रित्तो हात फर्कन बाध्य बनाए।

यो उनी एक्लैले भोगेकी र कुनै नौलो व्यवधान भने हैन। मार्च २५ को दिनदेखि कोरोना भाइरसको विस्तारलाई रोक्न भारतीय सरकारले बन्दाबन्दी लागू गरेयता आन्द्र प्रदेशस्थित विजयवाडाको सानो डाडाँको थुम्कोमा रहेको जयन्ती मायाको ‘झुपडपट्टी’ बस्तीका बासिन्दाहरूलाई ओरालो झरी खाद्यान्न तथा औषधीजस्ता सामग्री किन्नबाट बञ्चित गराइएको छ।

उक्त ‘झुपडपट्टी’का बासिन्दाहरू यानाडी समुदाय अन्तर्गत पर्दछन्, जसको प्रमुख पेशा भनेको फोहोर संकलन र ढलनालीको सफाइ हो। यही पेशा र जातका कारण ‘उपल्लो’ जातिको बहुसंख्याद्वारा समाजबाट अलग्याइएका उनीहरूलाई अहिलेको कोरोना भाइरस प्रकोपले थप सीमान्तकृत गराएको छ।

‘हामीलाई जेलभित्रका कैदीहरू जस्तो बन्दी बनाइएको छ। हाम्रो बस्तीनजिकै दुध कारखना सञ्चालनमा रहे पनि हाम्रो बच्चालाई खुवाउनका लागि एक थोपा पाइँदैन,’ जयन्ती मायाले आफ्नो पीडा पोखिन्, ‘हामीलाई सबैले फोहोरी भन्छन् र हामी अरुलाई रोग सार्छौ भनेर लाञ्छना लगाउँछन्।’

जन्म र वंशजको आधारमा मानिसबीच जातीयताको नाममा करिब दुई हजार वर्षपूर्व सिर्जित ‘छूत’ र ‘अछूत’को सामाजिक वर्गीकरणलाई भारतले १९५० मै खारेज गरे पनि यस प्रणाली आजसम्म पनि भारतीय जनजीवन र संस्कृतिको मेरुदण्डको रुपमा रहेको छ। यस जातीय प्रणालीले हिन्दु धर्मावलम्बीलाई जन्मपूर्व नै उनीहरू समाजमा कहाँ बस्ने, कस्तो काम गर्ने र कुन जातिसँग विवाह सम्बन्ध गाँस्ने भनेर निर्कौल गरेको छ।

यसै सांस्कृतिक वर्गीकरणको आधारमा आज पनि करिब एक अर्ब तीन करोड जनसंख्या रहेको भारतमा लगभग २५ प्रतिशत नागरिक दलित तथा आदिवासी नामको जातीय एवम् समाजिक हैसियतमा जीवन बाँच्न बाध्य छन्।

शताब्दीऔंदेखि सीमान्तकृत जीवन निर्वाह गरिरहेका यस जातमा मानिसहरूले कोराना भाइरस र सोको नियन्त्रणको लागि चालिएको कदमको कारण थप बञ्चितीरकणको सामना गर्नुपर्ने सम्भावना देखिएको छ।

पुर्खौंदेखि दलित तथा आदिवासीहरूले गर्दै आएको काम जस्तै सरसफाइ, फोहोरमैलाको संकलन र व्यवस्थापनले हालको अवस्थामा उनीहरूलाई थप जोखिमतर्फ उजागर गर्ने देखिएको छ भने आजको दिनमा उनीहरूले गर्ने कामलाई भारतीय सरकारले अति आवश्यकताको ‘संज्ञा’ दिए पनि कोभिड–१९ बाट आफूलाई जोगाउनको लागि सरकारबाट पर्याप्त मात्रामा आवश्यक कवच तथा सामग्री नपाएको उनीहरूको गुनासो छ।

अझ दुर्भाग्य त, काम गर्ने क्रममा यदि उनीहरू भाइरस संक्रमित भइहालको अवस्थामा यी वर्गका मानिसको जीवन र भविष्यको आर्थिक उपार्जनको संरक्षण हुने किसिमको सामाजिक सुरक्षाको दायरामा भारतीय सरकारले उनीहरूलाई अझैसम्म समावेश गर्न सकेको छ।

सेवामाथिको कम पहुँच र उच्च मृत्युदर

सन् १९१८ मा एक करोड ७० लाख मानिसको ज्यान लिएको स्पेनिस फ्लूको समयमा भारतमा कसले स्वास्थ्य सेवा पाउने र कसले अकालमा ज्यान गुमाउने भन्ने विषय उनीहरूको जातमाथि निर्भर रहेको थियो।

त्यो बेला अव्यवस्थित एवम् अत्यधिक आवादी रहेको ‘झुपरपट्टी’ बस्तीका मानिसहरू सबैभन्दा बढी भाइरसको जोखिमका रहेको र प्रकोप विस्तारसँगै खाद्यान्न तथा औषधी-उपचार हासिल गर्नबाट पनि सबैभन्दा बढी बञ्चित भएको भारतमा स्पेनिस फ्लूको प्रकोपबारे विस्तृत अनुसन्धान गरेका इतिहासविद् डेभिड आर्नल्डले बताए।

अर्का भारतीय इतिहासविद् अमित कपुरका अनुसार सो फ्लूको कारण प्रत्येक हजार जनामा ‘तल्लो’ जातिको ६१ जनाको मृत्यु हुँदा ‘उपल्लो’ जातको १९ जनाले मात्र ज्यान गुमाए।

तर, उक्त समयको फ्लू र हालको कोरोना भाइरसको समयबीच धेरै नै परिवर्तन आइसकेको उनी बताउँछन्। ‘त्यतिबेला जात नै मानिसको सबैभन्दा बलियो स्टेटस सिम्बल (प्रतिष्ठाको द्योतक) थियो जुन हाल आएर उसको सामाजिक हैसियत र आर्थिक उन्नति भएको छ,’ परिवर्तित परिवेशलाई उनले यसरी औंल्याए।

तथापि, संसारकै सबैभन्दा दोस्रो ठूलो जनसंख्या रहेको यस राष्ट्रका ‘उच्च’ जातका मानिसहरू भन्दा ‘तल्लो’ जातका मानिस बढी गरिब छन् भन्ने तथ्य लगभग छर्लङ्ग भइसकेको छ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डिभेलपमेन्ट इनिसियटीभले सार्वजनिक गरेको एक तथ्यांकअनुसार ‘उच्च’ जातका १५ प्रतिशत जनसंख्याको तुलनामा भारतमा ‘तल्लो’ जातको कूल जनसंख्यामध्ये आधाजसो गरिब छन्।

‘गरिबीले मानिसहरुलाई संकटको समयमा थप जोखिमतर्फ धकेल्छ,’ सन् २०१३ मा इन्टरनेशनल दलित सोलिडारिटी नेटवर्कको एक अध्ययनले भनेको छ।

उदाहरणको लागि, अध्ययन प्रतिवेदनले अगाडि भनेको छ, ‘सन् २००४ को सुनामीको समयमा दलितहरूलाई लाश पन्छाउने र भग्नावशेष सफा गर्ने काममा खटाइएको थियो। जसबापत उनीहरूलाई निकै कम ज्याला दिइयो भने उनीहरूका लागि अत्यावश्यक मनोवैज्ञानिक परामर्श प्रदान गरिएको थिएन।’

सो क्रममा उनीहरूको स्वामित्वको साधन जस्तै: साइकल तथा माछा मार्ने जाली वा यन्त्रमा लगायतमा भएको क्षतिबापत कुनै पनि प्रकारको क्षतिपूर्ति दिइएन।

भारतमा कोरोना भाइरसको प्रकोप बढिरहँदा सो राष्ट्रमा असमानताको खाडल अझ बढेर जानेबारे त्यहाँका दलित अधिकारकर्मीहरू चिन्तित छन्।

‘भारतको प्राय: सबै छ लाख गाउँको बाहिरी परिधिमा दलितको बस्ती छ,’ दलित मावन अधिकारको लागि राष्ट्रय अभियानका एक दलित अधिकारकर्मी भन्छन्, ‘यी दलित बस्तीमा स्वास्थ्य सेवा केन्द्र, बैंक, विद्यालय तथा अन्य अत्यावश्यक सेवा केन्द्रको उपस्थिति शून्यप्राय: छ। कोभिड–१९ जस्तो प्रकोपको समयमा यी बस्तीहरूसम्म राहत सामग्री पनि पुग्दैन।’

अत्यावश्यक कामका मजदुर

अधिकांश दलितहरू रोजीरोटीका लागि गैरगलित जातका मानिसले फोहोरी र घृणित मान्ने सरसफाइ, फोहोरमैला संकलन, इँटाभट्टी र छाला प्रशोधन लगायत काम गर्न बाध्य छन्।

एक अध्ययनले देखाएअनुसार सरसफाइ तथा स्वच्छतासम्बन्धी काममा औपचारिक वा अनौपचारिक रुपमा आबद्ध करिब ५० लाख मानिसमध्ये लगभग ९० प्रतिशत दलित छन्।

भारत सरकारले सरसफाइ तथा स्वच्छतासम्बन्धी कामलाई अत्यावश्यक काम भन्दै लकडाउनको समयमा पनि सोलाई निरन्तरता दिइनुपर्ने बताएको छ। यही क्रममा भारतको स्वास्थ्य मन्त्रालयले अस्पताल तथा अन्य जतासुकै पनि यस्ता सरसफाइको कार्यमा संलग्न मजदुरलाई अनिवार्य रुपमा एन-९५ मास्क र पञ्जासहितको व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइनुपर्ने निर्देशन दिएको छ।

दलित मजदुर युनियनका एक नेता सूर्यप्रकाश सालंकेले अस्पतालमा दिनको सातदेखि आठ घण्टासम्म सरसफाइको काममा खटिने मजदुरहरूले पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गर्ने गरेको बताए।

‘वर्षौंदेखि अस्पताल, आवासीय भवन, सडक तथा रेल स्टेशनलाई घोटिरहेका र सफा बनाइरहेका यी मिहेनती मजदुरलाई सुरक्षाकवच प्रदान गर्नु वा इनाम दिनु त कता हो कता मानिसहरूले यिनीहरूलाई उल्टै निन्दा गर्दै समाजबाट अलग गराइरहेका छन्,’ उनले भने।

‘हामी आधाउधीमात्रै मानिस हौं। महिनाको आठ हजार पाँच सय भारतीय रुपैयाँ पारिश्रमीमा हामीले सिंगै अस्पतालको सफाइ गरिरहेका छौं। तर, अहिले सुरक्षा यन्त्रको अभावमा हामीले छुने र सफा गर्ने फोहोरद्वारा आफैं संक्रमणको जोखिममा काम गरिरहेका छौं,’ मुम्बइको एक अस्पतालमा सरसफाइ मजदुरको रुपमा कार्यरत् बनिता भाष्कर साल्भी भन्छिन्।

उनका अनुसार अन्य सरसफाइ मजदुरले रोजगारदाता अस्पतालबाट सुरक्षा सामग्रीको नाममा भाइरसबाट सुरक्षित रहन एकपत्रको पातलो मास्कमात्रै पाएका छन्।

त्यसो त भाइरस संक्रमण हुने डरले साल्भीले जागिरबाट बिदा लिनेबारे विचार नगरेकी हैनन् तर परिवारमा आफू एक जनाले मात्र आय गर्ने भएकाले सो विकल्प रोज्न उनलाई छुट छैन।

दलितहरूले अहिले भोगिरहेको अर्को संकट हो, सामाजिक विभेद।

भारतमा लकडाउनको घोषण हुनुपूर्व तमिल नाडुको इँटाभट्टामा काम गर्ने सनोज कुमारले जागिर त्यागेर बिहारस्थित आफ्नो घर फर्कने क्रममा रेलबाट झर्नेवित्तिकै विभेदको सामना गर्नुपर्‍यो।

‘देशभित्र तथा बाहिरबाट फर्केका मानिसलाई प्रहरीले रेलस्टेशनमा रोकेर स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिरहेको थियो। सो क्रममा महंगो पहिरनमा सजिएका र हेर्दै ‘उपल्लो’ जातका लाग्ने मानिसहरूलाई छोडियो भने म जस्ता अन्य झुत्रेझाम्रेलाई अस्पताल पुर्‍याइयो,’ उनी सम्झन्छन्।

त्यसो त अस्पतालमा भएको परीक्षणप्रति उनी आभारी भए। सो क्रममा भएको समग्र व्यवहारप्रति भने उनी दु:खी छन्।

‘प्रहरी तथा स्वास्थ्यकर्मीहरू अलि संवेदशील भएर सबैमाथि सम्मानजनक व्यवहार गरिदिएको भए अझ राम्रो हुन्थ्यो,’ उनले सुझाव दिए।

परिचय पत्रविहीन अनौपचारिक मजदुरहरू

‘तल्लो’ जातिका भारतीयहरू कोरोना भाइरसको बढी जोखिममा हुनुका साथसाथै उनीहरूले सामाजिक कलंकको पनि सामना गरिरहेका छन्। यसभन्दा दुखद् त उनीहरू सहायता प्रदान गर्ने क्रममा सरकारद्वारा पनि उपेक्षित छन्।

गत मार्च २६ का दिन भारतीय अर्थमन्त्री निर्मला सिथारमनले सबै स्वास्थ्यकर्मचारीका लागि तीन महिने स्वास्थ्य बिमा तथा सरसफाइ मजदुरको लागि विशेष बिमा सहायताको उद्घोष गरिन्।

तर, यस्तो सुविधा हासिल गर्नका लागि आफू सरसफाइ मजदुर भएको साबित गर्ने खालको परिचय पत्रको खाँचो पर्दछ, जुन अधिकांश दलित मजदुरहरूसँग छैन।

दलित बहुजन श्रोत केन्द्रका अनुसार करिब २२ प्रतिशत सरसफाइ मजदुर तथा फोहोर महिला संकलन गर्ने दलितहहरूसँग १२ अंकको बायोमेट्रिक राष्ट्रिय परिचय पत्र छैन भने अन्य ३३ प्रतिशतले राशन कार्ड पाएका छैनन्।

सरकारले लागू गरेको अनुदान सहायता, प्रत्यक्ष रकम हस्तान्तरण र स्वास्थ्य बिमाको योजनामा संलग्न हुनका साथसाथै बैंकमा खाता खोल्नका लागि बायोमेट्रिक राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको छ।

‘सरकारी परिचय पत्र वा राशन कार्ड हासिल गर्नका लागि अधिकांश दलित तथा आदिवासीहरूले निकै अफ्ठेरो स्थितिको सामना गर्नुपरिरहेको छ,’ केन्द्रका कार्यकारी सचिव अल्लादी देवकुमार भन्छन्, ‘यात उनीहरूसँग सोबारेको सूचनाको पहुँच हुँदैन या यस्तो परिचय पत्र वा राशन कार्ड वितरण गर्न खटिएको टोली दलित बस्तीसम्म नै पुग्दैन। यदि यो अवस्था हासिल भए तापनि परिचय पत्र वा राशन कार्ड प्राप्त गर्नका लागि उनीहरूसँग मोटो रकम मागिन्छ, जुन उनीहरू बुझाउन सक्दैनन्।’

अझ जटिल त के भने अनौपचारिक रुपमा काम गर्ने सरसफाइ मजदुरहरूले त आफ्ना रोजगारदाताहरूबाट नै रोजगारीको परिचय पत्र पाएका छैनन्।

सरकारद्वारा घोषणा गरिएको स्वास्थ्य बिमाको लाभ उठाउन र अत्यावश्यक सेवाका कर्मचारीहरूका लागि सञ्चालन गरिएको थोरै संख्याको बसको प्रयोग गरी काममा जान-आउनका लागि आवश्यक रहेको रोजगारी परिचय पत्र लिनका लागि साल्भीले आफू कार्यरत् अस्पतालको प्रमुखसमक्ष आग्रह गर्दा उल्टै बेइज्जती भोग्नुपरेको बताइन्।

‘उनी (प्रमुख) ले मलाई फेरि सोही माग लिएर नआउनु भन्दै हकारिन् र मलाई उनको कक्षबाट बाहिर्‍याउनका लागि सुरक्षा गार्डलाई अह्राइन्,’ साल्भीले दुखेसो पोखिन्, ‘उनी हामीलाई फोहोरको थुप्रोजति पनि गन्दिनन्।’ यसबारेमा सिएनएनले उनको प्रतिक्रिया माग्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरिन्।

(अनुवादित सामग्री)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा लकडाउन बढाइयाे, वैशाख २१ सम्म

भारतमा थप १९ दिन लकडाउन बढाइएको छ। अब मे ३सम्म(बैशाख २१) का लागि भारत पूरै लकडाउन हुनेछ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज गरेको सम्बोधनमा यस्तो घोषणा गरेका हुन्। यसपटकको लकडाउन थप कडा हुने पनि उनले घोषणा गरेका छन्।

यो दोस्रो चरणको लकडाउनलाई थप कडा बनाउनका लागि सरकारले भोलि एक निर्देशिका जारी गर्नेछ।

२० अप्रिलदेखि संक्रमणको अवस्था हेरेर केही जिल्ला तथा राज्यहरुमा केही छुट दिइने पनि उनले घोषणा गरे। तर, यस्तो छुट पनि शसर्त हुनेछन्।

सम्बोधनका क्रममा उनले भारतले बेलैमा लकडाउन गरेका कारण संक्रमणको अवस्था भयावह नभएको दाबी गरे।

करिब २४ मिनेटको सम्बोधनमा उनले जनताले भाइरसविरुद्धको यो लडाईमा देखाएको अनुशासनप्रति कृतज्ञता व्यक्त गरे।

त्यस्तै उनले स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिएका छन्। उनले सबैलाई आआफ्नो घरमा रहेका वृद्धवृद्धाहरुलाई राम्रो ख्याल गर्न र सरकारले जारी गरेको स्वास्थ्य निर्देशनको पालना गर्न पनि अपिल गरे।

भारतमा अहिलेसम्म १० हजार ३ सय ६३ जनामा संक्रमण पुष्टि भइसकेकाे छ भने ३ सय ३९ जनाकाे मृत्यु भइसकेकाे छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा कोरोना कहर : रेलका डिब्बामा क्वारेन्टाइन र आइसोलेसन

कोरोना भाइरस (कोभिड १९) संक्रमणको उपचारका लागि भारत सरकारले रेलका डिब्बालाई आइसोलेशन तथा क्वारेन्टाइन बनाउने भएको छ।

पछिल्लो समय भारतभर कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ जनसंख्याको तुलनामा भारतमा अस्पताल तथा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको भन्दै भारत सरकारले रेलका डिब्बामा ८० हजार आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने भएको हो।

भारतमा दिनदिनै भाइरस संक्रमितको संख्या बढिरहेको छ।

भाइरसको नियन्त्र तथा रोकथामका लागि सहज हुने भन्दै भारत सरकारले रेलका डिब्बाहरुलाई आइशोलेसन र क्वारेन्टाइनमा परिणत गर्ने बताएको छ।

रेलका डिब्बामा निर्माण हुने क्वारेन्टाइन तथा आइसोलेशनमा कोरोना भाइरस सन्क्रमितको उपचार हुनुका साथै चेकजाँच समेत गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘रेलका २० हजार डिब्बालाई गुणस्तरीय आइसोलेशन कक्षमा परिणत गर्ने काम सुरु गरिसकेका छौं। ५ हजार डिब्बाको आइसोलेशन बनाउने काम सप्पन्न भैसकेको छ। महामारीसंग लड्न सहज होस भनेर ८० हजार आइसोलेशन बेड तयार गर्ने योजना बनाएका हौं’ भारतका स्वास्थ्य मन्त्रालयाका सचिव लव अग्रवालले भनेका छन्।

भारतका रेलमन्त्री पीयूष गोयलले महामारीसँग जुध्न छिट्टै आइसोलेशन तथा बेड निर्माण गरिसक्ने बताएका छन्।

महामारीको सन्क्रमणसंग लड्नका लागि ५ हजार आइसोलेशन निर्माण गरिसकेका छौ छिट्टै अरुकोकाम समेत सम्पन्न गर्ने छौ उनले भनेका छन्। भारत सरकारको लाइफलाइन इनिसियटिभ नागरिक उड्डयन प्राधिकरणले आइसोलेशन निर्माणका लागि सम्बन्धि त ठाउँमा ३७.६३ टन मेडिकल सामग्री पठाइसकेको र बाकी सामग्री पठाउने काम भैरहेको बताएको छ।

आइसोलेशनमा प्रयोग हुने पर्सनल प्रोटेक्सन एक्युप्मेन्ट (पिपिइ)मास्क र औषधि आदि पठाउने काम भैरहेको सचिव अग्रवालले जानकारी दिएका छन्। हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गएको छ भने करिब २ हजार जनामा भाइरसको संक्रमण देखिएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमण : भारतको केरलामा एकजनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको केरलामा एक जनाको मृत्यु भएको छ।

शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएपछि भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

भारतीय अधिकारीहरूका अनुसार उनी दुबईबाट फर्किएका हुन्। उनमा निमोनिया देखिएपछि गत २२ मार्चमा अस्पताल भर्ना गरिएको थियो भने पछि मात्रै कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो।

उनी मुटु रोगका बिरामी र यसअघि शल्यक्रिया समेत गरिसकेको थियो। उनको शव आफन्तहरूलाई बुझाइसकेको अधिकारीले बताएका छन्। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ।

तमिल नाडू, राजस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक-एक जनाको मृत्यु भएको छ। केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्। गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या ८ सय ७३ पुगिसकेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतमा पनि कोरोनाले मृत्यु, दिल्ली र हरियाणामा महामारी घोषणा

नेपालसित खुला सिमाना भएको छिमेकी देश भारतमा पनि कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कर्नाटक प्रान्तको कलबुर्गीमा उपचारका क्रममा बुधबार ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तेलांगाना राज्यका नागरिक ती व्यक्ति केही दिनअघि साउदी अरेबियाबाट भारत आएका थिए । कर्णाटक सरकारले तेलांगाना सरकारलाई उनको मृत्युको जानकारी दिएको छ । उनी तेलंगानाको एक अस्पतालमा पनि उपचारका लागि गएकाले भाइरस संक्रमण गराएको हुन सक्ने आशंका गरिएको छ ।

यसैबीच, दिल्ली र हरियाणा सरकारले बिहीबार प्रदेशमा कोरोना महामारी घोषणा गरेका छन् । सन्निकट बहुप्रसिद्ध क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएस)को टिकट विक्रीमा समेत रोक लगाइएको छ । भारतमा अहिलेसम्म ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरुमा केरला प्रान्तमा ३ जनामा संक्रमण पाइएकोमा उनीहरु संक्रमणमुक्त भइसकेका छन् । तर, पछि इटलीबाट आएको भ्रमण टोलीका १६ सदस्यमा एकैपटक संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

भारतसित नेपालको तीनतिर खुला सिमाना छ र सबैभन्दा बढी आवत–जावत हुन्छ । त्यसैले भारतमा महामारी फैलिँदा नेपालसामु भाइरस भित्रिन नदिनमा चुनौती थपिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दिल्ली र केरलामा कोरोना संक्रमित

भारतको नयाँ दिल्ली र केरलामा एक एक जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतीय सञ्चार माध्यमले कोरोना भाइरसको संक्रमण देखिएकाहरुकोे उपचार भइरहेको बताएको छ।

दिल्लीमा देखिएको भाइरसका संक्रमित इटालीको भ्रमण गरेर आएका र केरलाका संक्रमित दुबइबाट फर्केको भारतीय सञ्चारमाध्यमले बताएको छ।

यसअघि पनि भारतको केरला राज्यमा तीन जनामा कोरोना भाइरसको पोजेटिभ संक्रमण देखिएको थियो। तिनै जनालाई क्वारेन्टाइनमा राखेर उपचार गरिएपछि उनीहरु निको भएर घर गइसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उहानबाट लगिएका ४०६ भारतीयमा देखिएन कोरोना संक्रमण, सोमबारदेखि क्वारेन्टाइन छोड्ने अनुमति

कोरोना भाइरस (कोभिड–१९) प्रभावित चीनको उहानबाट उद्धार गरिएका ४०६ जना भारतीयमा संक्रमण नभएको पाइएको छ । नयाँदिल्लीको छावलास्थित आइटिबिपीको सेन्टरमा दुई साताको क्वारेन्टाइनका क्रममा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको भारतीय अधिकारीले बताएका छन् ।

दुई साताको क्वारेन्टाइनमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको भारत–तिब्बत सीमा प्रहरी (आइटिबिपी)का प्रवक्ताले जानकारी दिएका छन् । उनका अनुसार क्वारेन्टाइनमा रहेका सबैलाई सोमबारदेखि चरणबद्ध रूपमा घर जाने अनुमति दिइनेछ ।
‘सबै बिरामीको रगतको ताजा नमुना परीक्षणपश्चात् कसैमा पनि संक्रमण नभएको पुष्टि भएको छ,’ उनले भनेका छन्, ‘स्वास्थ्य मन्त्रालयको निर्देशनका आधारमा मेडिकल प्रोटोकल र प्रक्रियाअनुसार बिरामीलाई क्रमबद्ध रूपमा डिस्चार्ज गरिनेछ ।’
आइटिबिपीका अनुसार पछिल्लोपटक १४ फेब्रुअरीमा क्वारेन्टाइनमा रहेकाहरूको रगतको नमुना लिइएको थियो ।

चीनको हुबेई प्रान्तमा कोभिड–१९ को संक्रमण महामारीको रूपमा फैलिएपछि भारत सरकारले आफ्ना नागरिकलाई दुई चरणमा एयरलिफ्ट गरेको थियो । भारत लगेपछि उनीहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दुई साताको क्वारेन्टाइनमा राखिएको थियो ।

चीनमा कोरोना भाइरस डिजिजको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १६६७ पुगिसकेको छ, जसमा हुबेई प्रान्तका मात्र १५९६ जना छन् । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एकजना संक्रमितको मृत्यु भएको छ । फ्रान्सले उहान घुमेर आएका ८० वर्षीय आफ्ना नागरिकको शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अब भारतमा डाक्टरको पाठ्यक्रममा सञ्चारसीप

भारतले लामो समय (२१ वर्ष) पछि एमबिबिएसको पाठ्यक्रम संशोधन गरेको छ । एउटा मेडिकल विद्यार्थी भविष्यमा राम्रो चिकित्सक मात्र भएर हुँदैन, राम्रो सञ्चारक पनि हुनुपर्छ भन्ने अनुभूत गरेर भारतीय मेडिकल काउन्सिलले, गत शुक्रबार ‘युजी’को नयाँ पाठ्यक्रम पारित गरेको छ, जुन अगस्ट, २०१९ बाट लागू हुनेछ ।

मेडिकल विद्यार्थी अब राम्रो चिकित्सकीय सीपले मात्रै प्रशिक्षित भएर पुग्दैन, कम्युनिकेसनको राम्रो सीप पनि जानेको हुनुपर्छ भन्ने दृष्टान्तबाट प्रभावित भएर नयाँ पाठ्यक्रम आएको छ ।

उदीयमान रोगहरू र पछिल्ला वैज्ञानिक विकासका सन्दर्भमा गभर्नरको बोर्डले सन् १९९७ को सेलेबस संशोधन गरेको डकुमेन्ट पारित गरेको छ ।

मेडिकल विद्यार्थी अब राम्रो चिकित्सकीय सीपले मात्रै प्रशिक्षित भएर पुग्दैन, कम्युनिकेसनको राम्रो सीप पनि जानेको हुनुपर्छ भन्ने दृष्टान्तबाट प्रभावित भएर नयाँ पाठ्यक्रम आएको छ । पाठ्यक्रमले समेटेका विषयवस्तुले पहिलो वर्षबाटै विद्यार्थीलाई प्रयोगात्मक अभ्यास सुरु गर्ने र समस्याको राम्रो अनुभूत गर्न प्रशिक्षित गर्नेछन् । यस पाठ्यक्रमको नाम ‘भारतीय मेडिकल स्नातक विद्यार्थीका लागि कम्पिटेन्सीमा आधारित युजी पाठ्यक्रम’ रहेको छ ।

नयाँ पाठ्यक्रमले चिकित्सकलाई रोगसम्बन्धी मात्रै केन्द्रित गराउने पुरानो पाठ्यक्रमलाई प्रतिस्थापन गरेको छ । परिमार्जित पाठ्यक्रममा डाक्टरले रोग मात्र बुझेर हुँदैन, बिरामीसँगको सम्बन्ध पनि सुदृढ गराउनुपर्छ, चिकित्सक आचारसंहितालाई पनि मनन गर्नुपर्ने उल्लेख छ । पाठ्यक्रमले पहिलोपटक आचारसंहिताको महत्व, बिरामीको परिवारको आवश्यकताप्रति चिकित्सकको उत्तरदायित्व र राम्रो कम्युनिकेसन सीपले रोग निको हुनमा महत्वपूर्ण भूमिका खेल्ने कुरा समेटेको छ ।

नयाँ पाठ्यक्रममा एटिच्युड, एथिक्स र कम्युनिकेसन (एइटिसिओएम) शीर्षकको पाठ छ, जुन वर्षैभरि पढाइ हुनेछ । चिकित्सक विद्यार्थीलाई कसरी बिरामीसँग कम्युनिकेसन गर्ने, मानिसलाई अंगदान गर्न कसरी परामर्श गर्ने, साथै अन्य चुनौतीपूर्ण प्रक्रियाहरू, जस्तै ः गम्भीर रोगको उपचार तथा शल्यक्रियापूर्व लिइने सहमतिलाई कसरी बिरामीसँग प्रस्तुत गर्नेजस्ता विषयको प्रशिक्षण दिइनेछ । पाठ्यक्रमले नतिजामा आधारित सिकाइलाई समेटेको छ ।

(एजेन्सीबाट)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै