मात्र सेवाभावले १८ वर्ष विदेश बसेकी म ४४ वर्षको उमेरमा नर्सिङ पेसामा फर्किएँ

भाइकुमारी गुरुङ उमेरले ५ दशक नाघिसकिन् । उनलाई पैसा कमाउने कुनै लालसा छैन, बिरामीको सेवा गरेबापत धर्म कमाइन्छ भन्ने हेतुले उनी रातदिन खटिरहेकी छिन् । बिरामीको सेवा गर्दा उनीहरुको हाँसोले गुरुङलाई सन्तुष्टि दिने गरेको छ । एक दशकभन्दा बढी समय विदेशमा बिताएर पनि बुढेसकालमा आफ्नै चाहनाले पुनः स्वदेशमै नर्सिङ पेसा अँगालेर बिरामीको सेवामा खटिरहेकी छिन् उनी । नर्सिङ पेसा अँगालिरहँदा आफ्नो जीवनकालमा भोगेका घटना र अनुभूति गुरुङ यसरी सुनाउँछिन् ।

मेरो जन्म वि.सं. २०२० सालमा पोखरामा भएको हो । हाम्रो परिवार मधेस जाँदा २ वर्षको थिएँ । शिवनगरबाट मैले ०३८ मा एसएलसी गरेँ । त्यसपछि अध्ययनका लागि काठमाडौं प्रवेश गरेँ । आफन्तको सल्लाह–सुझाबमा मैले नर्सिङ क्षेत्रमा प्रवेश गर्ने निधो गरेँ । वीर अस्पतालमा ०३८ मा स्टाफ नर्सको अध्ययन सुरु गरेँ । त्यतिवेला अस्पतालमा खाना निःशुल्क थियो भने मासिक २ सय ५० रुपैयाँ पनि आउँथ्यो । अस्पतालबाट आएको पैसा पनि बचाउने गर्थें । त्यो पैसाले ममीका लागि पूजाकोठमा चाहिने सामान किनेर लगिदिन्थेँ ।

हामी सबै नेपाली निरोगी होऔँ । अस्पतालमा धेरै बिरामी आऊन् भन्ने चाहना मेरो कहिल्यै हुँदैन । मैले जानेको कुरा उहाँहरुसँग समय बिताइरहँदा भन्ने गरेकी छु, नर्स पेसा भनेको धर्म गर्ने मौका हो । म किन अस्पताल छोड्न चाहन्न भने यदि छोडेँ भने धर्म गर्ने ठाउँ गुमाउँछु । सेवा र परोपकारका लागि यो उत्तम अवसर हो ।

स्टाफ नर्स पास भएपछि बिहेको कुरा आयो । घरपरिवारले मेरो विवाह गराइदिनुभयो । त्यसपछि श्रीमान् सिंगापुरमा काम गर्ने भएका कारण म पनि उहाँकै साथमा गएँ । त्यहाँ मैले मदरटंग पढाउने मौका पाएँ । जो अंग्रेजी पढेको हुन्छ, उनीहरुलाई नेपाली पढाउने गर्थें । मेरो लगनशीलता देखेर त्यहाँका प्रधानाध्यापकले मलाई इन्चार्जको भूमिका दिनुभएको थियो । काममा लगनशीलता, इमानदारी, अनुशासन कायम गरेमा हामीले जहाँ गए पनि सफलता हासिल गर्छौं । आफूभन्दा सिनियरलाई मान्नुपर्छ, यो मेरो अनुसन्धान हो । तर, सिनियरले नराम्रो काम गरेको अवस्थामा त्यसको प्रतिवाद पनि गर्न सक्नुपर्छ ।

सिंगापुरमा मेरो बसाइ झन्डै १८ वर्ष रह्यो । मेरा दुई छोरी र एक छोराको जन्म सिंगापुरमै भयो । श्रीमान् सन् २००४ मा रिटायर्ड भएर नेपाल आएपछि दुई वर्ष धुमफिरमै बिताएँ । आफ्नो रुचिको क्षेत्रमा काम गर्ने जागरुकता बढ्यो र बिपी स्मृति अस्पतालमा ०६४ मा जोडिन पुगेँ । त्यसपछिका दिन बिरामीका लागि नै दिइरहेकी छु । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म अस्पतालमा बिरामीसितै हुन्छु ।

हामी सबै नेपाली निरोगी होऔँ । अस्पतालमा धेरै बिरामी आऊन् भन्ने चाहना मेरो कहिल्यै हुँदैन । मैले जानेको कुरा उहाँहरुसँग समय बिताइरहँदा भन्ने गरेकी छु, नर्स पेसा भनेको धर्म गर्ने मौका हो । म किन अस्पताल छोड्न चाहन्न भने यदि छोडेँ भने धर्म गर्ने ठाउँ गुमाउँछु । सेवा र परोपकारका लागि यो उत्तम अवसर हो ।

नर्सिङ पेसामा आबद्ध युवावर्गको काम राम्रो छ । तर, अझै धेरै कुरा बुझ्न बाँकी छ । नर्सहरु छिटो रिसाउने गरेको पाउँछु । मैले आफूभन्दा जुनियर बहिनीहरुलाई यस्तो नगर्न आग्रह गर्दै आएकी पनि छु । बिरामी अस्पतालबाट घर फर्किएपछि मेरो बारेमा सोध्ने गरेको अन्य डाक्टरबाट थाहा पाउने गरेको छु, जुन कुराले मलाई सन्तुष्टि दिने गरेको छ ।

श्रीमान् सिंगापुरमा काम गर्ने भएका कारण म पनि उहाँकै साथमा गएँ । त्यहाँ मैले मदरटंग पढाउने मौका पाएँ । जो अंग्रेजी पढेको हुन्छ, उनीहरुलाई नेपाली पढाउने गर्थें । मेरो लगनशीलता देखेर त्यहाँका प्रधानाध्यापकले मलाई इन्चार्जको भूमिका दिनुभएको थियो । काममा लगनशीलता, इमानदारी, अनुशासन कायम गरेमा हामीले जहाँ गए पनि सफलता हासिल गर्छौं ।

नयाँ पुस्ताका नर्समा लगनशीलता पर्याप्त छ । तर, दुःख गरेअनुसारको सेवा–सुविधा पाइरहेका छैनन् । अहिलेको जमानामा एक छाक मिठो खानेकुरा खानका लागि पनि ५ सय पर्ने गरेको छ । तर, नर्सलाई दैनिक ५ सय कमाउन पनि धौ–धौ छ । समग्रमा नर्सको राम्रो तलब होस् र उनीहरुबाट पनि गुणस्तरीय सेवा पाइयोस् भन्ने नै हो । गुणस्तरीय सेवा दिनका लागि पहिले त सिनियर नर्स नै असल बन्नुपर्छ । अनि जुनियरलाई राम्रोसँग सिकाउनुपर्छ । जुनियर नर्स सिनिएरबाट सिक्न चाहिरहेका हुन्छन् । राम्रो व्यवहार, समुचित तलबको व्यवस्था र सिनियरबाट माया पाउने हो भने पक्कै पनि नर्सिङ क्षेत्रको नयाँ पुस्ता बाहिरिनुपर्दैनथ्यो । धेरै दुःख गरेर पढेका छन्, तर नेपालमा राम्रो अवसर नदेखेका कारण नयाँ पुस्ता बिदेसिन बाध्य भइरहेको छ ।

(बिपी स्मृति अस्पताल बसुन्धारा)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै