क्यान्सर अस्पतालमा सर्वोच्चको आदेश कार्यान्वयन भएन, मेयर प्रजापति भन्छन्– मुख देखाउनै नसक्ने अवस्थाका कारण पुरानो समिति नफर्किएको हो


सर्वोच्च अदालतको अन्तरिम आदेशका बाबजुद पनि भक्तपुर क्यान्सर अस्पतालमा दुई व्यवस्थापन समिति विवाद चुलिँदै गएको छ । सर्वोच्चले पुरानो समितिलाई काम गर्नमा कुनै बाधा नपुर््याउन अन्तरिम आदेश दिए पनि हालसम्म पुरानो समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न दिइएको छैन । कर्मचारी तथा स्थानीयको अवरोधका कारण सर्वोच्चको निर्णय कार्यान्वयन हुन नसक्दा विवाद थप चुलिएको हो ।

अस्पतालमा कार्यरत कर्मचारीले अदालतको आदेश कार्यान्वयन हुन नदिन हस्ताक्षर अभियान नै चलाएर पुरानो समितिका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् । संस्थामा लामो समयदेखि रहेर बिरामी तथा भौतिक संरचना निर्माणका लागि आएकोे बजेट दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिने भन्दै कर्मचारीले चर्को आवाज उठाइरहेका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित अस्पतालको समग्र प्रशासनिक नेतृत्व गरिरहेका कार्यकारी निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले पुरानो समितिलाई काममा फर्किन नदिन हरसम्भव कोसिस गरिरहेको पुरानो समितिका पदाधिकारीको भनाइ छ । व्यवस्थापन समितिका सदस्य–सचिवसमेत रहेका डा. श्रेष्ठले अदालतबाट आदेश भएको एक साता बितिसक्दा पनि पुरानो समितिलाई काममा फर्काउन भूमिका खेल्नुको साटो सम्पर्कमै आउन नचाहेको समितिका सदस्य तथा नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमलकुमार होडा बताउँछन् । उनका अनुसार डा. श्रेष्ठलाई पुरानो समितिले निलम्बनमा राख्ने निर्णय यसअघि नै गरिसकेको थियो ।

घटनाक्रमलाई नियाल्दा अस्पतालमा विवाद उत्पन्न हुनुको बीज कारण नै व्यवस्थापन समिति र कार्यकारी निर्देशकबीचको असमझदारी भएको स्पष्ट अनुमान लगाउन सकिन्छ । निर्देशक श्रेष्ठको व्यवस्थापन समितिसँग कुरो नमिलेपछि उनले नगरपालिकालाई गुहारेर समिति नै भंग गर्न लगाएको आरोप पुरानो समितिका पदाधिकारीहरूको छ ।

घटनाक्रमलाई नियाल्दा अस्पतालमा विवाद उत्पन्न हुनुको बीज कारण नै व्यवस्थापन समिति र कार्यकारी निर्देशकबीचको असमझदारी भएको स्पष्ट अनुमान लगाउन सकिन्छ । निर्देशक श्रेष्ठको व्यवस्थापन समितिसँग कुरो नमिलेपछि उनले नगरपालिकालाई गुहारेर समिति नै भंग गर्न लगाएको आरोप पुरानो समितिका पदाधिकारीहरूको छ । ‘उहाँ (निर्देशक श्रेष्ठ) निष्पक्ष भएर अस्पतालको विकासमा लाग्नुको साटो अघिदेखि नै राजनीति गरिरहनुभएको छ,’ महासचिव होडा भन्छन्, ‘उहाँले पार्टीकै सदस्यको स्तरमा ओर्लिएर नगरपालिका र मेयरलाई अधिकार क्षेत्रबाहिरको अस्पतालको आन्तरिक विवादमा तान्नुभएको हो ।’

निर्देशक श्रेष्ठ भने नगरपालिकाले समिति भंग गर्दा लगाएका आरोपसित मिल्दोजुल्दो प्रतिक्रिया दिँदै आएका छन् । समितिको अनियमितताका कारण नै समस्या निम्तिएको आशय व्यक्त गर्दै आएका डा. श्रेष्ठको झुकाव पूर्णतः नयाँ समितितर्फ देखिएको छ ।

पुरानो समितिलाई भंग गरी आफ्नै नेतृत्वमा नयाँ समिति गठन गरेका भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति भने अदालतको निर्णय कार्यान्वयनमा नगरपालिकाले कुनै बाधा नपुर्याएको बताउँछन् । पुरानो समिति काममा फर्किन नसक्नुमा पदाधिकारीले विगतमा अस्पतालमा गरेको अनियमितताका कारण कमाएको बदनामी नै कारण रहेको उनको भनाइ छ ।

पुरानो समिति काममा फर्किन नसक्नुको कारण उनीहरूले नै कमाएको बदनामी हो : मेयर प्रजापति
अदालतको आदेशपछि पनि किन पुरानो समितिले अस्पतालमा प्रवेश पाएको छैन ? यस्तो विवादले अस्पताल झन् बेथितितर्फ जाँदैन ? यसले अस्पतालका सेवा प्रभावित बनिरहँदा निकासका लागि के–कस्तो पहल भइरहेको छ ? यिनै विषयमा हेल्थपोस्टले भक्तपुर नगरपालिकाका मेयर तथा नगरपालिकाले गठन गरेको नयाँ समितिका अध्यक्ष सुनील प्रजापतिसँग गरेको कुराकानीको सारसंक्षेप :

अदालतले पुरानै समितिलाई काम गर्न देऊ भनेर आदेश दिएको अवस्थामा पुरानो समितिलाई अस्पताल जान किन रोकियो ?
नगरपालिकाले जान रोक्न लगाएको छैन । अस्पतालकै कर्मचारी तथा स्थानीयको विरोधमा उहाँहरू काममा फर्किन सक्नुभएको छैन । अस्पतालमा गरेको आर्थिक अनियमितताकै कारण उहाँहरूले मुख देखाउन सक्ने अवस्था छैन । त्यसैले उहाँहरू काममा फर्कन नसक्नुमा नगरपालिकाले प्रतिबन्ध लगाएको नभई उहाँहरू स्वयम् नै कारण हुनुहुन्छ ।

के उसो भए अदालतको आदेश अस्पतालका लागि मान्य हुँदैन ?
सम्मानित अदालतले गरेको निर्णय नगरपालिकाका लागि मान्य हुन्छ । कर्मचारी तथा स्थानीयले पटक– पटक आग्रहकै कारण हामीले पुरानो समितिलाई हटाउने निर्णय गरेर नयाँ समितिको चयन गरेका थियौँ ।

पुरानो समितिलाई किन हटाउने निर्णय गर्नुभयो ?
पुरानो समितिबाट भएका आर्थिक अनियमियताका थुप्रै प्रमाण नगरपालिकालाई प्राप्त भएका छन् । कर्मचारीलाई १३ हजार दिएर २६ हजार ५ सय बुझेको झुटो विवरण तयार गरेको होस् वा सिटी स्क्यान खरिद प्रक्रियामा गरेको चलखेल, अस्पतालको आम्दानीको विषयमा गरेको अनियमितताबारे कर्मचारीबाटै आएको उजुरी होस्, यी सबैको अध्ययन गरेर नै हामीले पुरानो समितिलाई हटाउने निर्णय गरेका हौँ ।

अस्पताललाई सरकारले करोडौँ सहयोग गरिरहेको छ । नगरपालिकाले आर्थिक सहयोगदेखि अस्पतालका लागि जग्गा पनि दिएको छ । तर, अस्पतालको पुरानो समिति जनतालाई राम्रो सेवा दिनुको साटो पदाधिकारीहरू आफ्नो खल्ती भर्नमा मात्र तल्लीन देखिए । सरकारबाट वार्षिक रूपमा सहयोग हुँदै आएको संस्थालाई निजीकरणतर्फ लैजान मिल्छ ?

क्यान्सर अस्पताल पूर्णतः सामुदायिक संस्था हो र बेडसंख्यालगायतको हिसाबले पनि नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने दाबी गरिँदै आएको छ नि ?
अस्पताललाई सरकारले करोडौँ सहयोग गरिरहेको छ । नगरपालिकाले आर्थिक सहयोगदेखि अस्पतालका लागि जग्गा पनि दिएको छ । तर, अस्पतालको पुरानो समिति जनतालाई राम्रो सेवा दिनुको साटो पदाधिकारीहरू आफ्नो खल्ती भर्नमा मात्र तल्लीन देखिए । सरकारबाट वार्षिक रूपमा सहयोग हुँदै आएको संस्थालाई निजीकरणतर्फ लैजान मिल्छ ?

दुई समितिको विवादले सेवाग्राही मारमा परेका छन्, समस्या कसरी सुल्झाउन सकिन्छ ?
हामीले सम्मानित अदालतको आदेश नमान्ने कुरा हुँदैन । तर, पहिलेको समितिबाट अस्पतालमा कार्यरत कर्मचारी असन्तुष्ट देखिनुभएको छ । उहाँहरूले गरेको कामप्रति सबै स्थानीय रुष्ट देखिनुभएको छ । उहाँहरूकै गलत कामले चौतर्फी विरोध भएको हो, यसमा नगरपालिकाको कुनै हात छैन । समितिबीच विवाद भए पनि अस्पतालको सेवाप्रवाहमा कुनै असर परेको छैन ।

अबको निकास के हो ?
अदालतले यस विषयमा छलफलका लागि २२ भदौमा बोलाएको छ । अदालतमा हाम्रो तर्फबाट अस्पतालमा भएका विसंगतिका विषयमा कुरा राख्छौँ । त्यसपछि अदालतले एउटा निर्णय दिएपछि निकास निस्कन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेप गैरकानुनी : पूर्वस्वास्थ्यमन्त्री थापा

पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भक्तपुर क्यान्सर अस्पतालमाथि नगरपालिकाले गरेको हस्तक्षेपलाई गैरकानुनी संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले नगरपालिकाले अस्पतालको व्यवस्थापन समितिलाई विघटन गरी नगरप्रमुखको नेतृत्वमा आफैँ नयाँ समिति गठन गर्नु गैरकानुनी भएको बताए । भक्तपुर नगरपालिकाले समितिका पदाधिकारीले भष्टाचार गरेको आरोप लगाउँदै गत साता अस्पताल व्यवस्थापन समिति भंग गर्दै नगरप्रमुख सुनील प्रजापतिको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो ।

सामुदायिक अस्पतालका रूपमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा केही अनियमितता भएको भए त्यसको छानबिन, दण्ड–सजाय गर्ने स्पष्ट कानुनी प्रबन्ध हुँदाहुँदै त्यसलाई कुल्चिएर भक्तपुर नगरपालिकाले गैरकानुनी रूपमा वैधानिक समिति भंग गरी नयाँ समिति गठन गरेको प्रति थापाले कांग्रेसका तर्फबाट घोर निन्दा गरे ।

नगरपालिकाले चालेको गैरकानुनी कदमले अस्पतालमा थप अस्तव्यस्तता र अराजकता सिर्जना गरेको सांसद थापाको भनाइ छ । अस्पतालबाट सेवा लिने हजारौँ बिरामीसित प्रत्यक्ष जोडिएको अस्पतालको विषय अविलम्ब आवश्यक पहलकदमी लिन उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले समस्या निम्त्याउने सबै पक्षलाई कानुनअनुसार चल्न लगाई अविलम्ब अस्पताललाई अस्तव्यस्तताबाट मुक्त गराउनुपर्ने माग थापाको छ ।

नेपाल अर्बुदरोग निवारण संस्थाद्वारा सञ्चालनतर भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेपसँगै दुई व्यवस्थापन समितिबीचको विवाद न्यायालयसम्म पुगेको छ । अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र पदेन सदस्य विमलकुमार होडाले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै नगरपालिकाले श्रेष्ठ नेतृत्वको समिति भंग गरेको हो । श्रेष्ठ नेतृत्वको समितिले स्वीकृत १०० बेडमा सञ्चालनरत अस्पताल स्थानीय सरकारको अधिकारक्षेत्रमै नगर्ने भन्दै नगरको गैरकानुनी हस्तक्षेपविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दायर गरिसकेको छ ।

थापाले बिहीबार प्रतिनिधिसभामा अस्पतालबारे दिएको मन्तव्य :
सभामुख महोदय,
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालका रूपमा रहेको छ । यो अस्पतालमा केही अनियमितता भएको भए यसको छानबिन, दण्ड, सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ । तर, यी सबैलाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगरप्रमुखको अध्यक्षतामा आफैँ व्यवस्थापन समिति गठन गर्ने कुरा गैरकानुनी छ । यसले अस्पतालमा थप अस्तव्यस्तता र अराजकताको सिर्जना गरेको छ । हामी यसको घोर निन्दा गर्दछौँ ।

यो अस्पतालसँग सम्बन्धित विषय मात्र होइन, यो अस्पतालबाट सेवा लिने हजारौँ बिरामीसँग सम्बन्धित विषय हो । त्यसैले यो विषयका सन्दर्भमा सरकारले अविलम्ब आवश्यक पहल गरी सम्बन्धित सबै पक्षलाई कानुनबमोजिम गर्न लगाई अस्पताललाई अस्तव्यस्तताबाट मुक्त बनाउनका निमित्त सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद !

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भक्तपुर क्यान्सर अस्पतालमा दुई व्यवस्थापन समिति विवाद चुलिँदै, सर्वोच्च पुग्यो पुरानो समिति

निर्देशक डा. श्रेष्ठलाई नियुक्ति दिँदै नगरप्रमुख प्रजापति

भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा स्थानीय सरकारले पुरानो व्यवस्थापन समितिलाई भंग गरी नयाँ व्यवस्थापन समिति गठन गरेसँगै दुई समितिबीचको विवाद चुलिँदै गएको छ । नेपाल सरकार र दातृ निकायको सहयोगमा सञ्चालनरत सामुदायिक अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले आर्थिक अनियमिता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले एक साताअघि श्रेष्ठ नेतृत्वको समिति भंग गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले समिति खारेजीको निर्णय गर्दै नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । नगरपालिकाको निर्णय र आफूमाथिको आरोप पचाउन नसकेको पुरानो समितिले आफूहरूले कुनै पनि आर्थिक अनियमितता नगरेको जिकिर गर्दै तत्कालै नगरपालिकाले गठन गरेको समितिको खारेजी र आफ्नो निरन्तरताको मागदाबीसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । बुधबार दायर गरिएको मुद्दाको प्रारम्भिक सुनुवाइ बिहीबार हुन सक्ने सम्भावना छ ।

प्रारम्भिक सुनुवाइका क्रममा आफ्नो मागदाबीअनुसार सर्वोच्चबाट अन्तरिम आदेश जारी भएमा मुद्दाको अन्तिम फैसला नहोउन्जेलसम्म पुरानै समितिले निरन्तरता पाउनेछ । अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दाबी रिटनिवेदनमा गरिएको नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव तथा समितिका पदेन सदस्य विमलकुमार होडाले जानकारी दिए ।

पुरानो व्यवस्थापन समितिलाई अन्याय नै भएको भए अदालतबाट निर्णय हुने डा. श्रेष्ठको भनाइ छ । भक्तपुर क्यान्सर हस्पिटलमा केमोथेरापी, रेडियोथेरापी र सर्जरीका सेवाहरू उपलब्ध छन् ।

अस्पताल नगरपालिकाको क्षेत्राधिकारमै पर्दैन : पुरानो समिति
नगरद्वारा भंग गरिएको समितिले अस्पताल नगरपालिकाको क्षेत्राधिकारभित्रै नपर्ने दाबी गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्राधिकार नाघेर नाजायज आरोप लगाउँदै वैधानिक समिति भंग गर्ने निर्णय गरेको होडा बताउँछन् । ५० बेडसम्मको अस्पताल मात्र नगरपालिकामातहत आउनेमा १०० बेड स्वीकृत गराएर सञ्चालनरत अस्पतालमा नगरले हस्तक्षेप गर्ने कुनै आधार नरहेको उनको दाबी छ ।

‘अस्पतालको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरेको भए सुहाउँथ्यो, तर नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रै नपर्ने अस्पताल सञ्चालन गर्न मिल्दैन,’ हाडाले भने, ‘हामीले मन्त्रालयबाट सयभन्दा बढी बेड स्वीकृत गराएर अस्पताल सञ्चालन गरेका छौँ ।’

सञ्चारमाध्यममा भ्रष्टाचारका समाचार बाहिरिएको र स्थानीय बासिन्दाले लिखित ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले यसबारे जानकारी लिन नगरप्रमुख प्रजापतिको नेतृत्वमा लगातार दुई दिन अस्पताल पुग्दा पनि अध्यक्ष श्रेष्ठ र सदस्य होडा सम्पर्कमै नआएपछि नगरपालिकाले बैठक बोलाएर उक्त समिति खारेजीको निर्णय गरेको नगरपालिकाको भनाइ छ ।

अस्पतालका लागि नयाँ समिति नै उपयुक्त : डाइरेक्टर श्रेष्ठ
यता, अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठ नयाँ व्यवस्थापन समिति आएपछि अस्पतालका काम–कारबाही झनै राम्रो हुँदै गएको बताउँछन् । ‘सम्पूर्ण कर्मचारीले नगरप्रमुख प्रजापति नेतृत्वको नयाँ समितिलाई स्वागत गरेर अस्पतालमा राम्रो व्यवस्थापन गरिरहेको अवस्थामा नगरपालिकाले नेतृत्व लिँदा अस्पतालको संरक्षण हुन्छ,’ श्रेष्ठले भने, ‘नयाँ समिति आएपछि अस्पतालमा नयाँपन देखिएको छ ।’ समितिबीचको विवाद पर्दा पनि अस्पतालका सेवा विस्तारमा कुनै असर नपरेको र नियमित हुँदै आएका काम भइरहेको श्रेष्ठले दाबी गरे ।

पुरानो व्यवस्थापन समितिलाई अन्याय नै भएको भए अदालतबाट निर्णय हुने डा. श्रेष्ठको भनाइ छ । भक्तपुर क्यान्सर हस्पिटलमा केमोथेरापी, रेडियोथेरापी र सर्जरीका सेवाहरू उपलब्ध छन् । दैनिक औसत ९ जना क्यान्सरका नयाँ बिरामी भर्ना हुने र ५ सयभन्दा बढीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सरमा केमोथेरापीबारे जान्नैपर्ने कुरा

डा. कमलराज सोती

मानिसको शरीरमा अनियन्त्रित हिसाबले कोष तथा कोषिकाकोे संख्या बढ्नु क्यान्सर हो । यसरी अनियन्त्रित रूपमा बढेका कोषिकालाई नष्ट गर्न औषधि दिनुलाई केमोथेरापी भनिन्छ । केमोथेरापी विभिन्न तरिकाले दिने गरिन्छ । इन्जेक्सन तथा ट्याब्लेटको प्रयोग गरेर पनि दिन सकिन्छ । केमोथेरापी औषधिको प्रयोगबाट गरिने उपचार प्रविधि हो । वैज्ञानिक आधारमा पहिलेदेखि चलिआएको भनेको इन्जेक्सनबाट दिने केमोथेरापी हो ।

अहिले ट्याब्लेटबाट दिइने ‘टार्गेटेड एजेन्ट्स’ नामक नयाँ प्रविधि आएको छ । हर्माेन परिवर्तनका लागि दिइने केमोथेरापीलाई हर्माेनल एजेन्ट्स भनिन्छ । केमोथेरापीको क्षेत्रमा विकास भएका पछिल्ला प्रविधि ट्याब्लेटबाट दिइने टार्गेटेड एजेन्ट्स र इमिनोथेरापी हुन् ।

क्यान्सरको प्रकृति र केमोथेरापी
क्यान्सरको प्रकार तथा प्रकृति हेरेर केमोथेरापी दिने गरिन्छ । कुनै प्रकृतिको क्यान्सरलाई केमोथेरापीले एकदमै राम्रो प्रभाव पारी सुक्ने गर्छ । कुनै केमोथेरापीले सेकाउँदा राम्रो हुने प्रकृतिका क्यान्सर छन् भने कुनै–कुनैमा शल्यक्रिया नै पनि गराउनुपर्ने हुन्छ । क्यान्सरको प्रकृतिअनुसार केमोथेरापी दिने गरिन्छ । जस्तै, गिर्खाको क्यान्सर छ भने त्यसलाई केमोथेरापीले बढी काम गर्ने गर्छ । त्यस्तै, अण्डकोषको क्यान्सरमा केमोथेरापीले बढी नै काम गर्छ । त्यसैले क्यान्सररोग विशेषज्ञले यी क्यान्सरहरूमा सुरुको अवस्थादेखि नै केमोथेरापी दिने गर्छन् ।

स्टेजको हिसाबले पनि केमोथेरापी चाहिने या नचाहिने भनी छुट्याउने गरिन्छ । पहिलो स्टेजभन्दा पनि स्टेज बढ्दै जाँदा केमोथेरापीको आवश्यकता बढी पर्दै जान्छ । क्यान्सरको चौथो स्टेजमा केमोथेरापीको नै बढी प्रभाव हुन्छ ।
नेपालमा अन्यभन्दा फोक्सोका रोगीको संख्या बढ्दो छ । त्यसपश्चात् महिलामा हुने पाठेघरको क्यान्सर बढी मात्रामा छ । त्यसपश्चात् स्तनक्यान्सर, ठूलो आन्द्राको क्यान्सर रहेको छ भने अन्य विभिन्न अंगहरूको क्यान्सर पनि पाइएका छन् ।
फोक्सोको क्यान्सर भएमा इन्जेक्सनबाट पनि केमोथेरापी दिन सकिन्छ । यसका साथै ट्याब्लेटबाट तथा इमिनोथेरापीको माध्यमबाट पनि केमोथेरापी गराउन सकिन्छ । फोक्सोको क्यान्सर भएको चौथों अवस्थामा यस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।

दोस्रोमा महिलालाई देखिने गरेको पाठेघरको मुखको क्यान्सरमा बढी मात्रामा सेकाइको भूमिका रहन्छ । तर, चौथो स्टेजमा गइसकेपश्चात् भने पाठेघरको मुखको क्यान्सरमा पनि केमोथेरापीको भूमिका धेरै हुने गर्छ । यस अवस्थामा इन्जेक्सनको सहायताले औषधि दिने गरिन्छ । त्यसैगरी स्तनक्यान्सरमा पनि स्टेज हेरेर उपचार हुने गर्छ । स्तन क्यान्सरमा सबैभन्दा पहिले शल्यक्रिया गरिन्छ । शल्यक्रियापश्चात् इन्जेक्सनबाट बिरामीलाई केमोथेरापी दिने गरिन्छ । यदि इन्जेक्सनबाट केमोथेरापी दिइसकेपश्चात् पनि सेकाइको जरुरत छ भने त्यो पनि गरिन्छ । यसको अन्तिम उपचारका रूपमा हर्माेनल औषधि दिने गरिन्छ । तसर्थ, स्तनक्यान्सरको उपचारमा इन्जेक्सनका साथसाथै हर्माेनल औषधिको समेत आवश्यकता पर्ने गर्छ ।

यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।

प्रविधि तथा उपकरण
केमोथेरापीका लागि खासै जटिल प्रविधिको प्रयोगचाहिँ गरिँदैन । यसमा कस्तो बिरामीलाई कस्तो प्रकारको केमोथेरापी दिने भन्ने निर्णय महत्वपूर्ण रहन्छ । कुन प्रकारको केमोथेरापीको असर तथा डोज के हुन्छ भन्ने कुराले यसमा अर्थ राख्छ । कति अवधिमा केमोथेरापी दिने, त्यसको फाइदा तथा बेफाइदा के हुन् भन्ने कुरा महत्वपूर्ण हुन्छन् ।

यसका लागि मेसिनको खासै आवश्यकता नपरे पनि मेसिन मिक्स गर्नका लागि एक प्रकारको ‘केमो क्याबिनेट’ नामक मेसिनको भने प्रयोग गरिन्छ, जसमा केमोथेरापीहरू मिक्स गर्ने गरिन्छ । त्यसको तयारीका क्रममा धुलोहरू आउने गर्छ, त्यसले केमोथेरापी बनाउने मान्छेको स्वास्थ्यमा केही असर भने गर्छ । क्यान्सरसम्बन्धी तालिमप्राप्त नर्सले यसरी तयार गरिएको केमोथेरापी दिने गर्छन् ।

एन्टिबायोटिकले जसरी कीटाणुलाई मार्ने गर्छ, त्यसरी नै केमोथेरापीले कोषिकाहरूलाई नष्ट गर्ने हो । तर, डोज बढी दिनुपर्ने, असरहरू बढी हुने, बारम्बार दिनुपर्ने भएको हुनाले यसमा डाक्टर तथा नर्सले बढी ध्यान दिनुपर्ने हुन्छ । यसमा बिरामीले डाक्टरको सल्लाहबमोजिम काम गर्नु एकदमै जरुरी छ ।

केमोथेरापी र समयको अन्तराल
यो क्यान्सरको प्रकृतिमा निर्भर हुन्छ । कतिपयलाई एक साताको फरकमा केमोथेरापी दिनुपर्ने हुन्छ । त्यसैले केमोथेरापी ठ्याक्कै यति नै समयमा दिने भन्ने हुँदैन । क्यान्सरको प्रकृतिअनुसार यसको आवश्यकता निर्धारण हुन्छ । यो इन्जेक्सनको हकमा भयो ।
त्यस्तै, ट्याब्लेटको कुरा गर्नुपर्दा कुनै–कुनै ट्याब्लेट दिनहुँ दिने गरिन्छ । त्यसले बिरामीमा पार्ने असरको अवस्था हेरी दिनहुँ दिने गरिन्छ । कतिपय अवस्थामा मासिक रूपमा ट्याब्लेट फरक पारेर पनि प्रयोग गर्ने गरिन्छ ।

केमोथेरापीको प्रयोग र प्रभावकारिता
यसको प्रयोग नितान्त डाक्टरको सीप तथा ज्ञानसँग जोडिएर आउने विषय हो । हालको सूचना–प्रविधिको जमानामा सबै प्रविधिको ज्ञान इन्टरनेटबाट पनि पाउन सकिन्छ । विशेषखालको दक्षता भएको डाक्टरले प्रविधिको बदलिँदो परिवेशसँग आफूलाई जोड्न सक्नुपर्छ । विश्वमा उपलब्ध केमोथेरापीका विकसित प्रविधिबारे अध्ययन गरेर त्यहीअनुरूप नेपालका बिरामीमा प्रयोग गर्न सकिन्छ ।

प्रविधिकै कुरा गर्नुपर्दा केमोथेरापीमा नेपालमा सबै प्रकारका प्रविधि उपलब्ध छन् । यदि कुनै चिजको अभाव भएमा हामीले विदेशबाट पनि त्यस्ता प्रविधि मगाउन सक्ने अवस्था छ । त्यसैले विश्वस्तरमा प्रयोग भइरहेको केमोथेरापी र नेपालमा उपलब्ध केमोथेरापीमा खासै अन्तर छैन । तर, त्यस्तो प्रविधिबारे डाक्टर जानकार भने हुनुपर्छ ।

पहुँच
नेपाल सरकारले विपन्न नागरिकका लागि भनेर केमोथेरापीका १ लाखको सहयोग गर्ने गरेको छ । त्यसबाहेक बिमाबाट पनि ५० हजार पाउने व्यवस्था छ । त्यसका साथै अन्य संघ–संस्थाहरूबाट पनि सहयोग मिलाउन सक्ने अवस्था छ ।
उपचारका क्रममा आउने बिरामीको आर्थिक अवस्था बुझेर पनि डाक्टरले विभिन्न प्रकारका उपचारका विकल्पहरू दिने गर्छन् । औषधिका प्रकार तथा त्यसका फाइदा–बेफाइदाबारे बिरामीलाई हामीले जानकारी दिने गर्छाैं ।
एकदमै विपन्न बिरामीको हकमा भने नेपाल सरकारले दिने गरेको १ लाख रुपैयाँ पर्याप्त छैन । त्यसका लागि हामी डाक्टरहरूले पनि आवाज उठाइरहेका छौँ ।

सस्तो प्रकारको इन्जेक्सन दिने हो भने क्यान्सरको प्रकृति हेरेर डेढ–दुई लाखमा पनि उपचार गराउन सकिन्छ । नयाँ–नयाँ ट्याब्लेट तथा प्रविधिको प्रयोग गर्ने हो भने कुनै ट्याब्लेटमा मासिक रूपमै ८० हजार खर्च हुने गर्छ । फोक्सोको क्यान्सरको कुरा गर्ने हो भने मासिक १० हजार पर्नेदेखि लिएर ८० हजार पर्ने नयाँ प्रविधिको ट्याब्लेट उपलब्ध छन् । तर, एक महिनामै बिरामी पूर्ण रूपमा निको त हुँदैन । जबसम्म रोग फैलिँरहन्छ, तबसम्म ट्याब्लेट दिइरहनुपर्ने हुन्छ ।

क्यान्सररोगीको हकमा अन्य रोगको जस्तो हुँदैन । यसमा हुने परीक्षणहरू महँगा हुन्छन् । भक्तपुर क्यान्सर अस्पतालले सेकाइको प्रविधि भर्खरै ल्याउन लागेको छ, जुन अस्पतालले १५ हजारमा दिने तयारी गरेको छ । तर, अन्य निजी अस्पतालको कुरा गर्नुपर्दा यस प्रविधिको प्रयोगमा २ लाख रुपैयाँसम्म लाग्न सक्छ । त्यसैले, यस्ता जटिल रोगका सम्बन्धमा सरकारी अस्पतालहरूमा सरकारको ध्यान जानु आवश्यक छ । सरकारी अस्पतालहरूमा सरकारको लगानी बढ्नु अत्यावश्यक छ ।
दोस्रो कुरा, बिरामीको अवस्था हेरेर सरकारले सम्बन्धित विशेषज्ञ टोलीको सल्लाहअनुसार बिरामीलाई गर्ने आर्थिक सहयोगको निर्णय गर्नुपर्ने हुन्छ । विदेशमा बिरामीको उपचारका लागि कस्तो औषधिको आवश्यकता छ भनी सरकारलाई डाक्टरहरूको समूहले सल्लाह दिने गर्छ । त्यसैअनुसार बिरामीले आर्थिक सहायता पाउने गर्छन् । नेपालमा पनि त्यस्तै व्यवस्था ल्याउनु आवश्यक छ ।

साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

प्रभावकारीता
यो क्यान्सरको प्रकृति तथा स्टेजमा निर्भर रहन्छ । जस्तै, पहिलो स्टेजको अण्डकोषको क्यान्सर छ भने करिब ९८ प्रतिशत उपचार सफल हुन सक्छ । त्यस्तै, गिर्खाहरूको क्यान्सर भएको छ भने करिब ८५ प्रतिशत उपचार सफल हुन्छ ।
त्यस्तै, पहिलो स्टेजका सबै प्रकारका क्यान्सरका बिरामी केमोथेरापीको माध्यमबाट पहिलेकै अवस्थामा आउन सक्ने सम्भावना अधिक हुन्छ । स्टेज बढ्दै जाँदा क्यान्सर फर्किने अवस्था पनि बढ्दै जान्छ । त्यसैले पहिलो स्टेजको क्यान्सरलाई क्युरेटिभ भन्ने गरिन्छ भने तेस्रो, चौथो स्टेजको क्यान्सरलाई हामी प्यालोटी भन्छौँ । प्यालोटी भनेको पूरा निको हुन नसक्ने अवस्था हो । यस्तो अवस्थामा बिरामीको अवस्था बिग्रन नदिनका लागि उपचार गरिन्छ । यस अवस्थामा क्यान्सर निको पार्नतिर भने कम ध्यान दिने गरिन्छ ।

‘कन्ड्रोसारकोमा’ नामक क्यान्सर, जुन हड्डीमा हुने क्यान्सर हो, यसमा केमोथेरापीको प्रभाव ज्यादै नै न्यून हुन्छ । यसमा सेकाइले पनि काम गर्दैन । यस्तो प्रकारको क्यान्सरमा सर्जरीकै आवश्यकता पर्छ । कुनै वेला यस्तो क्यान्सरमा सर्जरी गर्न नमिल्ने अवस्था आयो भने बिरामीलाई डाक्टरले उपचारमा अन्य सहयोग गर्न सक्दैनन् । यस्तोमा दुखाइ कम गर्ने औषधिको प्रयोगबाहेक विकल्प रहँदैन ।

उपचारपछिको अवस्था
यो भनेको कस्तो प्रकारको उपचार गरिएको छ भन्ने कुरामा निर्भर रहन्छ । यदि घाँटीको सर्जरी गरिएको हो भने बिरामी पहिलेकै अवस्थामा नआउन पनि सक्छ । उसको बोली बन्द हुन सक्ने अवस्था पनि आउन सक्छ । तर, सामान्य काम भने उसले गर्न सक्छ । त्यस्तै, अन्य क्यान्सर, जस्तै, फोक्सोको क्यान्सर पहिलो वा दोस्रो स्टेजमा छ भने औषधिको प्रयोगले निश्चित समयपश्चात् बिरामी पहिलेकै अवस्थामा आउन सक्छ । तर, अधिकांश क्यान्सरको उपचारपश्चात् पनि बिरामीले डाक्टरको निगरानीमा बस्न जरुरी हुन्छ । किनभने क्यान्सर लागिसकेपछि दीर्घकालीन रूपमा विभिन्न स्वास्थ्य समस्या देखापर्न सक्छन् । जस्तै, साना बच्चाहरूमा क्यान्सरको उपचार भएको छ भने ९० देखि ९५ प्रतिशतमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ । तर, केमोथेरापी तथा उपचारपश्चात् दीर्घकालीन रूपमा बच्चाको स्वास्थ्यमा विभिन्न समस्या भने देखापर्न सक्छन् ।

केमोथेरापीको असर
अधिकांश केमोथेरापीका असर भनेका रगत कम गर्नु, सामान्य कोषहरू मार्नु, कोषिकाहरू मार्नु, रगत कम गर्नुको अर्थ रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनु हुन् । यसका कारण निमोनियादेखि लिएर पिसाबका संक्रमणहरू हुने गर्छन् । क्यान्सरको प्रकृति हेरेर कुनै–कुनै क्यान्सरका कारण मुटुमा समेत प्रभाव पर्न सक्छ । रगत कम भएका कारण कुनै केमोथेरापीपश्चात् नाक तथा गिजाबाट रगत बग्नेजस्ता समस्याहरू देखापर्ने गर्छन् । कसै–कसैमा कपाल झर्ने समस्या पनि आउन सक्छ ।
केमोथेरापीका क्रममा बिरामीले सफा तथा स्वच्छकर खानेकुरा खानुपर्ने हुन्छ । फलफूल खाँदा बाहिरको बोक्रा राम्रोसँग फालेर खानुपर्ने हुन्छ । राम्रोसँग पाकेको खानेकुरा मात्र खानुपर्ने हुन्छ । खानेकुरा तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । भर्ना गरेर राखेको बिरामी छ भने त्यस्ता बिरामीलाई बढी मान्छेसँग भेटघाट गर्न दिनुभएन । भेट्न आएका मानिसमा भएका रुघाखोकीजस्ता भाइरसहरू बिरामीमा सर्ने हुन्छ । भिडभाडमा यात्रा नगर्नु राम्रो हुन्छ । पोसिलो खानेकुरा धेरै खानुपर्ने हुन्छ । बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ ।

(भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. सोतीसँग हेल्थपोस्टका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै