केसिसीले भित्र्यायो क्यान्सर उपचारमा अत्याधुनिक प्रविधि ब्य्राकिथेरापी मेसिन, यसअघि भरतपुरमा मात्रै सेवा

ताथली, नालारोडस्थित काठमाडौं क्यान्सर सेन्टरले हाई डोज रेट ब्य्राकिथेरापी सेवा सुरु गरेको छ । ३ वर्षदेखि सञ्चालनमा रहेको अस्पतालले विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्वपूर्ण हुने उपचार प्रविधि भित्र्याएको हो ।

ब्य्राकिथेरापीको सहायताले स्वस्थ तन्तुलाई कम हानि हुने गरी क्यान्सरयुक्त तन्तुमा प्रर्याप्त मात्रामा रेडियोथेरापी दिन सकिन्छ । अस्पतालकी रेडियसन अंकोलोजिस्ट डा. दीपा गौतमका अनुसार अस्पतालमा क्यान्सर उपचारका सबैभन्दा अत्याधुनिक उपचार प्रविधि उपलब्ध गराउने सोचको पछिल्लो कडीका रूपमा ब्य्राकिथेरापी सेवा सुरु गरिएको हो ।

अस्पतालप्रमुख तथा क्यान्सररोग विशेषज्ञ डा. सीमित सापकोटाका अनुसार यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन, खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिन्छ । आधुनिक थ्रिडी प्लानिङसहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा निकै सुरक्षित र प्रभावकारी विधि मानिन्छ ।

डा. गौतमका अनुसार नेपालमा हालसम्म उपलब्ध ब्य्राकिथेरापी मेसिनको दाँजोमा अस्पतालले भित्र्याएको नयाँ प्रविधिमा अत्याधुनिक ब्य्राकिथेरापी थ्रिडी पिक्चर र २४ वटा च्यानल छन् । बजारमा टुडी र तीनवटा मात्रै च्यानल भएका मेसिनसमेत पाइन्छन् । विज्ञहरूका अनुसार जति धेरै च्यानलको मेसिन भयो भित्री सेकाइका लागि उति नै प्रभावकारी हुन्छ ।शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्य्राकिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने अस्पताल प्रशासक सुदर्शन पौडेलले बताए ।

चिकित्सकहरूका अनुसार पाठेघरको क्यान्सरको उपचारमा पाठेघरको अगाडि पिसाबथैली र पाठेघरको पछाडि ठूलो आन्द्राको तलको भाग रेक्टम हुन्छ । एक्ट्रनलविन रेडियोथेरापी दिँदा पाठेघरवरपर हुने यी अंगहरूले पनि रेडियसन पाउने र यिनीहरूको पनि निश्चित सहन सक्ने क्षमता हुन्छ । त्यस्तो अवस्थामा ब्य्राकिथेरापी दिँदा क्यान्सर भएको तन्तुलाई पनि चाहिने मात्रामा मात्र दिन सकिने र वरपरका नर्मल तन्तुलाई बचाउन सकिने हुन्छ ।

चिकित्सकहरूका अनुसार पाठेघरको क्यान्सरको उपचारमा पाठेघरको अगाडि पिसाबथैली र पाठेघरको पछाडि ठूलो आन्द्राको तलको भाग रेक्टम हुन्छ । एक्ट्रनलविन रेडियोथेरापी दिँदा पाठेघरवरपर हुने यी अंगहरूले पनि रेडियसन पाउने र यिनीहरूको पनि निश्चित सहन सक्ने क्षमता हुन्छ । त्यस्तो अवस्थामा ब्य्राकिथेरापी दिँदा क्यान्सर भएको तन्तुलाई पनि चाहिने मात्रामा मात्र दिन सकिने र वरपरका नर्मल तन्तुलाई बचाउन सकिने हुन्छ ।
नेपालमा ब्य्राकिथेरापी मेसिन विभिन्न समयमा विभिन्न अस्पतालमा ल्याइए पनि अहिले काठमाडौंबाहिर भरतपुरमा मात्रै उपलब्ध छ । सीमित मेसिन हुँदा ती संस्थाहरूमा सेवाका लागि लामो समय कुर्नुपर्ने वा बिदेसिनुपर्ने बाध्यता छ ।

क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर ३ वर्षअघि भक्तपुरको नालारोड, ताथलीमा काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा आएको हो । क्यान्सरका सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ ।

अस्पतालमा यसअघि उपलब्ध अत्याधुनिक लिन्याकबाट थ्रिडी रेडियोथेरापी, आइयमआरटी तथा भिम्याट रेडियोथेरापीमार्फत नियमित रूपमा दैनिक ६० बिरामीले उपचार पाइरहेका छन् । भारतमा समेत निकै कम अस्पतालमा उपलब्ध रक्तक्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इर्याडिकेसन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापी काठमाडौं क्यान्सर सेन्टरमा मात्रै उपलब्ध छ ।

अस्पतालमा रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी र फार्मेसी सेवा छन् र छिट्टै क्यान्सर शल्यक्रिया पनि सुरु हुने भएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै