डेंगु उपचारमा सहयोगार्थ बिपी स्मृति अस्पतालमा रक्तदान, १०० पाउन्ड रगत संकलन

हामीले सुन्ने गरेका छौँ, रक्तदान जीवनदान । रक्तदान गर्नु पुण्यको काम हो । बिहीबार बिपी स्मृति सामुदायिक सहकारी अस्पताल र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

१०६औँ बिपी जयन्ती, गणेशमान सिंहको २२औँ स्मृति दिवस तथा संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । त्यसैगरी, देशभर महामारीको रुप लिइरहेको डेंगुरोग लागेका बिरामीका लागि रक्तपदार्थको आपूर्तिमा सहयोग गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम अस्पताल तथा ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले रक्तदानजस्तो पुण्यको काममा सबैको साथ र सहयोग आवश्यक हुने बताए । हाम्रो शरीरमा दिनहुँ पुरानो रगतको क्षय हुनुका साथै नयाँ रगतको निर्माण भइरहने हुँदा खेर जाने रगतलाई सही सदुपयोग गरेर अन्य कसैको ज्यान बचाउन सकिने उल्लेख गर्दै केसीले यस्तो पुण्यको काममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

देशमा आइपर्ने आपत्–विपत्को समयमा अस्पतालले आफूले सकेको साथ र सहयोग गर्दै आएको अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए । भूकम्पका वेला होस् या हावाहुरीका वेला, विपत् आइपरेका वेला अस्पतालले जुनसुकै वेला हातेमालो गरेर सहयोग गर्दै आएको केसीले स्मरण गराए ।

डेंगुबारे अनावश्यक प्रचार–प्रसार नगर्न डा. केसीले आग्रह गरे । ‘वार्षिक रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट १०–१२ हजार मानिसको मृत्यु हुने गरेको छ,’ डा. केसीले भने, ‘तर, डेंगुको प्रकोपले ६ जनाको मृत्यु हुँदा अनावश्यक प्रचार बढी भएको छ, जसले आमजनतामा नराम्रो छाप परिरहेको छ ।’ यद्यपि, कुनै पनि कारणले मृत्यु हुनु दुःखद भएको र त्यसमा पनि चेतना अभावका कारण तथा उचित उपचार नपाएका कारणले मानिसको मृत्यु हुनु ज्यादै दुःखद भएको उनको भनाइ थियो ।

बिपी सामुदायिक अस्पतालका निर्देशक डा. धनबहादुर राणाले रक्तदान गर्नाले अन्य व्यक्तिका लागि जीवनदान हुने मात्र नभई रक्तदाताको शरीरसमेत स्वस्थ रहने बताए । ‘सामान्यतया एउटा व्यक्तिको शरीरमा ५ लिटर रगत उत्पादन हुने गर्छ, जब कि रक्तदानको समयमा एक युनिट अर्थात् ३ सय मिलिमिटर रगत मात्र निकाल्ने गरिन्छ,’ डा. राणाले भने, ‘त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदान गर्दा व्यक्तिलाई कुनै हानि गर्दैन ।’

एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १२० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने र सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो–छिटो रगतको उत्पादन हुने हुनाले रक्तदान गर्नु दाताका लागि पनि फाइदाजनक भएको उनले बताए ।

रक्तदान कार्यक्रममार्फत १०० पाउन्ड रगत संकलन गरिएको अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मात्र सेवाभावले १८ वर्ष विदेश बसेकी म ४४ वर्षको उमेरमा नर्सिङ पेसामा फर्किएँ

भाइकुमारी गुरुङ उमेरले ५ दशक नाघिसकिन् । उनलाई पैसा कमाउने कुनै लालसा छैन, बिरामीको सेवा गरेबापत धर्म कमाइन्छ भन्ने हेतुले उनी रातदिन खटिरहेकी छिन् । बिरामीको सेवा गर्दा उनीहरुको हाँसोले गुरुङलाई सन्तुष्टि दिने गरेको छ । एक दशकभन्दा बढी समय विदेशमा बिताएर पनि बुढेसकालमा आफ्नै चाहनाले पुनः स्वदेशमै नर्सिङ पेसा अँगालेर बिरामीको सेवामा खटिरहेकी छिन् उनी । नर्सिङ पेसा अँगालिरहँदा आफ्नो जीवनकालमा भोगेका घटना र अनुभूति गुरुङ यसरी सुनाउँछिन् ।

मेरो जन्म वि.सं. २०२० सालमा पोखरामा भएको हो । हाम्रो परिवार मधेस जाँदा २ वर्षको थिएँ । शिवनगरबाट मैले ०३८ मा एसएलसी गरेँ । त्यसपछि अध्ययनका लागि काठमाडौं प्रवेश गरेँ । आफन्तको सल्लाह–सुझाबमा मैले नर्सिङ क्षेत्रमा प्रवेश गर्ने निधो गरेँ । वीर अस्पतालमा ०३८ मा स्टाफ नर्सको अध्ययन सुरु गरेँ । त्यतिवेला अस्पतालमा खाना निःशुल्क थियो भने मासिक २ सय ५० रुपैयाँ पनि आउँथ्यो । अस्पतालबाट आएको पैसा पनि बचाउने गर्थें । त्यो पैसाले ममीका लागि पूजाकोठमा चाहिने सामान किनेर लगिदिन्थेँ ।

हामी सबै नेपाली निरोगी होऔँ । अस्पतालमा धेरै बिरामी आऊन् भन्ने चाहना मेरो कहिल्यै हुँदैन । मैले जानेको कुरा उहाँहरुसँग समय बिताइरहँदा भन्ने गरेकी छु, नर्स पेसा भनेको धर्म गर्ने मौका हो । म किन अस्पताल छोड्न चाहन्न भने यदि छोडेँ भने धर्म गर्ने ठाउँ गुमाउँछु । सेवा र परोपकारका लागि यो उत्तम अवसर हो ।

स्टाफ नर्स पास भएपछि बिहेको कुरा आयो । घरपरिवारले मेरो विवाह गराइदिनुभयो । त्यसपछि श्रीमान् सिंगापुरमा काम गर्ने भएका कारण म पनि उहाँकै साथमा गएँ । त्यहाँ मैले मदरटंग पढाउने मौका पाएँ । जो अंग्रेजी पढेको हुन्छ, उनीहरुलाई नेपाली पढाउने गर्थें । मेरो लगनशीलता देखेर त्यहाँका प्रधानाध्यापकले मलाई इन्चार्जको भूमिका दिनुभएको थियो । काममा लगनशीलता, इमानदारी, अनुशासन कायम गरेमा हामीले जहाँ गए पनि सफलता हासिल गर्छौं । आफूभन्दा सिनियरलाई मान्नुपर्छ, यो मेरो अनुसन्धान हो । तर, सिनियरले नराम्रो काम गरेको अवस्थामा त्यसको प्रतिवाद पनि गर्न सक्नुपर्छ ।

सिंगापुरमा मेरो बसाइ झन्डै १८ वर्ष रह्यो । मेरा दुई छोरी र एक छोराको जन्म सिंगापुरमै भयो । श्रीमान् सन् २००४ मा रिटायर्ड भएर नेपाल आएपछि दुई वर्ष धुमफिरमै बिताएँ । आफ्नो रुचिको क्षेत्रमा काम गर्ने जागरुकता बढ्यो र बिपी स्मृति अस्पतालमा ०६४ मा जोडिन पुगेँ । त्यसपछिका दिन बिरामीका लागि नै दिइरहेकी छु । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म अस्पतालमा बिरामीसितै हुन्छु ।

हामी सबै नेपाली निरोगी होऔँ । अस्पतालमा धेरै बिरामी आऊन् भन्ने चाहना मेरो कहिल्यै हुँदैन । मैले जानेको कुरा उहाँहरुसँग समय बिताइरहँदा भन्ने गरेकी छु, नर्स पेसा भनेको धर्म गर्ने मौका हो । म किन अस्पताल छोड्न चाहन्न भने यदि छोडेँ भने धर्म गर्ने ठाउँ गुमाउँछु । सेवा र परोपकारका लागि यो उत्तम अवसर हो ।

नर्सिङ पेसामा आबद्ध युवावर्गको काम राम्रो छ । तर, अझै धेरै कुरा बुझ्न बाँकी छ । नर्सहरु छिटो रिसाउने गरेको पाउँछु । मैले आफूभन्दा जुनियर बहिनीहरुलाई यस्तो नगर्न आग्रह गर्दै आएकी पनि छु । बिरामी अस्पतालबाट घर फर्किएपछि मेरो बारेमा सोध्ने गरेको अन्य डाक्टरबाट थाहा पाउने गरेको छु, जुन कुराले मलाई सन्तुष्टि दिने गरेको छ ।

श्रीमान् सिंगापुरमा काम गर्ने भएका कारण म पनि उहाँकै साथमा गएँ । त्यहाँ मैले मदरटंग पढाउने मौका पाएँ । जो अंग्रेजी पढेको हुन्छ, उनीहरुलाई नेपाली पढाउने गर्थें । मेरो लगनशीलता देखेर त्यहाँका प्रधानाध्यापकले मलाई इन्चार्जको भूमिका दिनुभएको थियो । काममा लगनशीलता, इमानदारी, अनुशासन कायम गरेमा हामीले जहाँ गए पनि सफलता हासिल गर्छौं ।

नयाँ पुस्ताका नर्समा लगनशीलता पर्याप्त छ । तर, दुःख गरेअनुसारको सेवा–सुविधा पाइरहेका छैनन् । अहिलेको जमानामा एक छाक मिठो खानेकुरा खानका लागि पनि ५ सय पर्ने गरेको छ । तर, नर्सलाई दैनिक ५ सय कमाउन पनि धौ–धौ छ । समग्रमा नर्सको राम्रो तलब होस् र उनीहरुबाट पनि गुणस्तरीय सेवा पाइयोस् भन्ने नै हो । गुणस्तरीय सेवा दिनका लागि पहिले त सिनियर नर्स नै असल बन्नुपर्छ । अनि जुनियरलाई राम्रोसँग सिकाउनुपर्छ । जुनियर नर्स सिनिएरबाट सिक्न चाहिरहेका हुन्छन् । राम्रो व्यवहार, समुचित तलबको व्यवस्था र सिनियरबाट माया पाउने हो भने पक्कै पनि नर्सिङ क्षेत्रको नयाँ पुस्ता बाहिरिनुपर्दैनथ्यो । धेरै दुःख गरेर पढेका छन्, तर नेपालमा राम्रो अवसर नदेखेका कारण नयाँ पुस्ता बिदेसिन बाध्य भइरहेको छ ।

(बिपी स्मृति अस्पताल बसुन्धारा)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मैले गैरसरकारी अस्पतालबाट सेवा दिन मिल्दैन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफूले कुनै नीजि वा सामुदायिक अस्पतालमा गएर सेवा दिन नमिल्ने बताएका छन् ।

बिपी सामुदायिक अस्पतालको ११औँ वार्षिक साधारण सभालाई संवोधन गर्ने क्रममा उनले आफू गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएकोले धेरै कुराको परम्परा, पद्धति बसाल्ने दायित्व पनि आफ्नै भएको भन्दै आफूले जथाभावी गएर काम गर्न नमिल्ने बताए ।
‘म पहिलो राष्ट्रपति हुँ, परम्परा बनाउँने दायित्व पनि हो, भावनाले तानिएर आएँ, तर काम गर्न मिल्दैन्’ उनले भने ।

कार्यक्रममा विभिन्न वक्तहरुलाई कम्तिमा एक घण्टा चिकित्सक पूर्व राष्ट्रपतिलाई अस्पताल आएर सेवा दिन आग्रह गरेका थिए । कतिपयले यादवलाई चिकित्सा पेशामा फर्किन सल्लाह दिइरहेको सन्दर्भमा डा. यादवको यस्तो भनाई आएको हो । यसको जवाफमा उनले आफूले चिकित्सा पेशा अभ्यास नगरेको तीन दशकभन्दा बढी समय भइसकेको भन्दै अहिले प्रविधिमा पनि धेरै परिवर्तन आएको सुनाए ।

‘म राष्ट्रपति हुँदा पनि सरकारी अस्पतालमा जाँच गराउँथे, यहाँ आएर सेवा दिए आफ्नै नेताको अस्पतालमा गएर बस्यो भन्छन् मेरो बाध्यता बुभिदिनुस् ।’ पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका डा. यादवले आफनै समयमा उपस्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल स्थापनाको काम सुरु भएको समेत सुनाए । उनले पहिलोपटक ठूलो आन्द्राको क्यान्सर आशंका हुँदा चिकित्सककै सल्लाहमा जापान जानुपरेको र दोस्रोपटक प्रोष्टेट क्यान्सर हुँदा रोवटिक सर्जरीका लागि अमेरिका जान परेको बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेताका नामका अस्पतालले राम्रो सेवा नदिए नेताकै बदनाम  : पूर्वराष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामबरण यादवले नेताका नाममा खुलेका सहकारी अस्पताल कम शुल्कमा गुणस्तरीय सेवा दिनुपर्ने चुनौती रहेको बताएका छन् ।
बिपी स्मृति अस्पतालको ११ औ साधारण सभालाई संवोधन गर्दै यादवले नेताका नाममा खुलेका अस्पतालले एकातिर ठूला लगानी खुलेका अस्पतालसँग प्रतिस्पर्धा गर्नुपर्ने र अर्कोतिर विपन्न र मध्याम वर्गलाई सुलभ स्वास्थ्य सेवा दिनुपर्ने दोहोरो दायित्व रहेको बताए । उनले यस्ता अस्पताल विशुद्ध सेवामुखी हुनुपर्नेमा जोड दिए ।

पछिल्ला दिनमा स्वास्थ्य सेवामा प्रयोगशाला, रेडियोलोजीजस्ता क्षेत्रमा विकास भएको प्रविधिले क्युरेटिभ हेल्थलाई निकै महंगो बनाएको डा. यादवको भनाई थियो । ‘स्वास्थ्यमा विजिनेशको उभार आइरहेको छ, यस्तो समयमा सहकारी अस्पताल खोल्नु ठूलो साहस हो’ उनले भने, ‘सम्मनीत नेताका नाममा खुलेका अस्पतालले राम्रो सेवा दिन नसके नेताकै वदनाम हुन्छ’

उनले काँगेसका तीन नेता बी.पी, गणेशान र महेन्द्रनारायण निधिलाई हिरा, मोती र जहारतको संज्ञ दिँदै सबै नेताका नाममा खुलेका अस्पताललाई उस्तै खालको चुनौती रहेको बताए । अस्पतालहरुले राम्रो सेवा नसके नेताकै बदनाम हुने र यो सेवा सुलभ पनि हुनुपर्ने बाध्यता समेत रहेको उनको भनाई थियो ।

सुरुवातमै अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली काँग्रेस निकटका तीन नेताका नाममा खुलेका अस्पतालबीच सेवा प्रविधिलगायतका कुरामा सहकार्यको प्रस्ताव गरेका थिए । त्यसपछि अधिकांश वक्ताले त्यसमा जोड दिएपछि डा. यादवले यस्तो टिप्पणी गरेका थिए ।

उनले सरकारले प्रविधि थप्न धेरै काम गर्न वाँकी रहेको भन्दै आफ्ने पहलमा पेट स्क्यान किन्नका लागि बजेट छुट्याएको यतिका वर्ष हुँदा पनि उपकरण खरिद गर्न नसकिएको सुनाए ।

कार्यक्रममा सुरुवातमै अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली काँग्रेस निकटका तीन नेताका नाममा खुलेका अस्पतालबीच सेवा प्रविधिलगायतका कुरामा सहकार्यको प्रस्ताव गरेका थिए । त्यसपछि अधिकांश वक्ताले त्यसमा जोड दिएपछि डा. यादवले यस्तो टिप्पणी गरेका थिए ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले तीन नेताका नाममा खुलेका अस्पतालहरुको सहकार्य गरेर आम सेवाग्राहीमा गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने जोड दिए । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तत्काल संभव नभएपनि १० वर्षपछि मेडिकल कलेजसमेत खोल्नेगरी अगाडि बढन सुझाब दिए ।
डा. केसीले अस्पतालले आफ्नो भवनबाट सेवा सुचारु गरिसकेको भन्दै पछिल्ला दिनमा आईसियू, एनआइसियू, पीआइसियू, आधुनिक प्रयोगशाला, आकस्मिक कक्ष प्रभावकारी रुपमा संचालन भइरहेको बताए ।

अस्पतालले एक वर्षको अवधिमा १२ हजार ८ सय २६ ओपिडी, १ हजार ५०० अन्तरंग २ हजार १३ आकस्मिक, ८ सय ८१ मेजर शल्यक्रिया, २ सय ८० लाई आइसियू, ३६ हजारले प्रयोगशाला सेवा लिएका छन् ।
करिव साडे ५ सय सेयर सदस्य रहेको अस्पतालले शेयर सदस्यलाई वर्षमा १ पटक निशुल्क परीक्षण, उपचारमा २५ प्रतिशत छुट, १ लाखको दुर्घटना विमा र ५० हजारको स्वास्थ्य विमा व्यवस्था गरेको जनाएको छ ।

डा. केसीका अनुसार आगामी दिनमा न्यूरो सर्जिकल विभागलाई व्यवस्थितगरी सिटी स्क्यान र एमआरआइ सेवा थप्ने, विशेषज्ञ डाक्टरको संख्या बढाउँनेलगायतका कार्यक्रमको समेत घोषणा गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिपी स्मृति अस्पतालमा १० केजीको ट्युमरको सफल शल्यक्रिया

वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा पाठेघरबाट पेटभरि फैलिएको १० केजी तौलको ट्युमरको सफल शल्यक्रिया भएको छ । वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. धनबहादुर रानामगरको नेतृत्वको विशेषज्ञ समूहले आइतबार अस्पतालमा फर्पिङकी २८ वर्षीया महिलाको ट्युमरको शल्यक्रिया करिब ४ घण्टा लगाएर सम्पन्न गरेको हो ।

१ वर्षअघि अस्वाभाविक मोटाएपछि उनी विभिन्न व्यायाममार्फत तौल घटाउन लागेकी थिइन् । तर, शरीरका अन्य भागको तौल घटे पनि पेट बढ्दै गएपछि उनीहरू आयुर्वेदिक उपचारमा लागेका थिए ।

डा. रानामगरको टिममा डा. विभूषण न्यौपाने, डा. विष्णु पौडेल र एनेस्थेसियामा डा. कृष्ण भट्टराई संलग्न थिए । चिकित्सकहरूका अनुसार पाठेघरको सपोर्ट गर्ने बायाँ लिगामेन्टबाट सुरु भएको ट्युमर सानोपेट (पेल्भिस)देखि माथिल्लो पेट पूरै ढाक्ने गरी पेटकै आकारमा फैलिएको थियो । ट्युमरसँगै पेटका धेरै अंग टाँसिएर बसेका थिए ।  ‘हामीले ट्युमरसँग अंग छुट्याउँदै फिट गर्दै गयौँ र पाठेघरबाट ट्युमर अगल गर्यौँ,’ रानामगरले भने ।

उनका अनुसार ट्युमरको पकेट–पकेटमा पानी भरिएको थियो । १ वर्षअघि अस्वाभाविक मोटाएपछि उनी विभिन्न व्यायाममार्फत तौल घटाउन लागेकी थिइन् । तर, शरीरका अन्य भागको तौल घटे पनि पेट बढ्दै गएपछि उनीहरू आयुर्वेदिक उपचारमा लागेका थिए ।

आयुर्वेदिक अस्पतालले उनीहरूलाई भिडियो एक्स रे गर्न सुझाब दिएपछि परीक्षण सुरु गरे । अस्पतालमा सिटी स्क्यान, रगतको जाँच गर्दा रोग यकिन भएको थियो । डा. रानामगरले ट्युमरको शल्यक्रिया गर्दाका जोखिम र प्रक्रियाबारे विस्तृत बताएपछि परिवार शल्यक्रियाका लागि राजी भएको थियो । शल्यक्रिया सफल भएसँगै ती महिलाको स्वास्थ्यमा सुधार भइरहेको डा. रानामगरले बताए । ‘हामी सोमबारतिर डिस्चार्ज गर्न सक्छौँ,’ उनले भने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै