बाढी पीडित

    असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै १०० घर-टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौं रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो। लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची, दोलालघाटसम्म जोखिम बढाएको छ।...