बाँके

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन्।...