बर्डफ्लुबाट मृत्यु घटनामा संक्रमणको कारण नखुल्ने निश्चित, देशी–विदेशी विशेषज्ञ टोलीको महिनादिनसम्मको अनुसन्धान कारण पत्ता लगाउन नसकी टुंगियो

ठिक दुई महिनाअघि नेपालमै पहिलोपटक बर्डफ्लु (इन्फ्लुएन्जा एच५एन१)को संक्रमणबाट एक युवकको ज्यान गएको घटनाको राज सधैँका लागि राजमै सीमित हुने भएको छ । इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले संयुक्त राष्ट्रसंघका विश्व स्वास्थ्य हेर्ने विशिष्टीकृत संस्थाहरूसमेतको सहयोग र देशी–विदेशी विशेषज्ञको संलग्नतामा गरेको रोगको संक्रमणको कारणबारेको एक महिना लामो अनुसन्धान कारण पत्ता लगाउन नसकेको अवस्थामै टुंगिएसँगै यस घटनाको गाँठो सम्भवतः कहिल्यै नफुक्ने गरी कसिएको छ ।

१० चैत ०७५ मा ज्वरो तथा खोकीको लक्षणसहित अस्पताल भर्ना भएका काभ्रेका २१ वर्षीय युवकमा इन्फ्लुएन्जा संक्रमणको शंका लागि चिकित्सकले बिरामीको र्याल प्रयोगशाला परीक्षणमा पठाउँदा नेपालको प्रयोगशालाबाट कुन भाइरस हो भन्ने यकिन हुन सकेन । इन्फ्लुएन्जाकै संक्रमणको अनुमानमा बिरामीमा अपनाइएका सबै विधि निष्प्रभावी बन्न पुगी १५ चैतमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण बिरामीको मृत्यु भएपछि रोगको यकिन गर्न बिरामीको र्याल परीक्षणका लागि जापान पठाइयो । बिरामीको मृत्यु भएको ३२ दिनपछि प्राप्त रिपोर्टमा बिरामीमा इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) पुष्टि भएपछि सरकारी संयन्त्रहरूबीच खैलाबैला मच्चियो । रोगबारेको विवरण कसरी सार्वजनिक गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा भएको लामो छलफलपछि १९ वैशाखमा मन्त्रालयले संक्रमणबाट मृत्यु भएका युवकको नाम, वतन, उपचार भएको स्वास्थ्यसंस्था, उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायतको विवरण गोप्य राखी घटनाको आंशिक विवरण सार्वजनिक गरेको थियो ।

संक्रमितसित जोडिएका कसैमा पनि छैन भाइरसको कत्ति पनि संक्रमण
घटनालगत्तै प्राणघातक इन्फ्लुएन्जा एच१एन१ भाइरसको संक्रमणको त्रासका बीच देशी–विदेशी विशेषज्ञ तथा संघ–संस्थाको संलग्नतामा करिब ३ दर्जन विशेषज्ञले घटनाबारेको अनुसन्धान सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघअन्तर्गतका विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम, खाद्य तथा कृषि संगठनसमेतको संलग्नतामा देशी तथा विदेशी विशेषज्ञहरूले आफ्ना हरेक संयन्त्र र विशेषज्ञताको प्रयोग गरी सार्वत्रिक अनुसान्धान गर्दा पनि मृतकमा भाइरस संक्रमणको कारणबारे पत्ता लगाउन सम्भव भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार विशेषज्ञ टोलीले मृतक बिरामीसँग जोडिएका हरेक पाटोको अध्ययन–अनुसन्धान गर्यो । बिरामीका परिवारका तथा नजिक रहेका हरेक सदस्य, बिरामीले काम गरेका स्थानका मानिसहरू, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलगायत सम्भावित सबैको परीक्षण गर्दा कसैमा पनि भाइरसको गुन्जायस नभेटिएपछि अनुसन्धान टोलीको प्रयास निरर्थक टुंगिएको हो ।
‘एक महिनासम्म देशी–विदेशी विशेषज्ञले गरेको अनुसन्धानले रोगको कारण पत्ता लगाउन सकेन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘त्यसलै घटनाबारेको अनुसन्धान पत्ता लगाउन नसकेको अवस्थामै अनुसन्धान टुंगिएको छ ।’ बिरामीको मृत्यु एच१एन१ भाइरसकै कारण भएको यकिन भए पनि उसमा रोग कहाँबाट आयो भन्ने कुरा कसैगरी पनि पत्ता लगाउन नसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कुखुराको मासु काट्ने साथीसित नजिकिन्थे संक्रमित, तर मासु काट्नमै संलग्नमा संक्रमण शून्य
स्वास्थ्य मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा संक्रमितले १०–१५ दिनजति कुखुराको गाडी चलाएको खुलेको छ । तर, स्वयम् कुखुरासँग निकट हुने अन्य गतिविधिमा भने उनको संलग्नता नरहेको अनुसन्धान टोलीको भनाइ छ । यद्यपि, एकजना कुखुराको मासु काट्ने साथीसित संक्रमितको निकटता रहेको र सँगै बस्ने गरेको भने खुलेको छ । तर, सम्बन्धित साथी र सँगै काम गर्ने व्यक्तिहरूको समेत परीक्षण गर्दा उनीहरूको शरीरमा भाइरसको संक्रमण वा अलिकति मात्र पनि सम्भावना नदेखिएपछि मृतकमा भाइरसको संक्रमण कहाँबाट भयो भन्ने विषय नसुल्झिएको पहेलीजस्तै बन्न पुगेको छ ।

संक्रमितको परिवारका कुनै पनि सदस्य, नजिकमा रहेका व्यक्तिहरू, उपचारका क्रममा नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत जाँच गर्दा संक्रमणको कुनै पनि खाले लक्षण नपाइएपछि अनुसन्धान टोली खाली हातमा सीमित हुन पुग्यो । अनुसन्धानका सम्भावित सबै उपाय अपनाउँदा पनि संक्रमणको कारण पत्ता नलागेपछि र थप अनुसन्धानले पनि अपेक्षित नतिजा नदिने देखिएपछि टोलीले अनुसन्धान बन्द गरेको हो ।

नमुना परीक्षणका लागि ४२ जनाको रगत जापान पठाइँदै, तर संक्रमणको सम्भावना शून्यप्रायः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार बर्डफ्लु संक्रमणबाट मृत्यु भएका युवकसित नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, परिवारजन तथा आफन्तको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि जापान पठाउने तयारी गरिएको छ । सम्भावित ठानिएका ४२ जनाको रगतको नमुना संकलन भइसकेको प्रयोगशालाले जनाएको छ । यद्यपि, रगतको परीक्षणमा एच५एन१को संक्रमण देखिने सम्भावना भने नगण्य रहेको प्रयोगशालाकी कार्यकारी निर्देशक डा. रुना झाले जानकारी दिइन् । डा. झाका अनुसार छातीमा इन्फेन्सन भई रोगका लक्षणहरू देखिएका बिरामीको हकमा र्यालको र लक्षण नदेखिएका बिरामीको हकमा भाइरसका कारण एन्टिबडी विकास भए–नभएको पत्ता लगाउन रगतको परीक्षण गर्ने गरिन्छ ।
‘हामी संक्रमितसित एकदमै नजिकका ४२ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाउने तयारीमा छौँ,’ डा. झले भनिन्, ‘यद्यपि, प्रारम्भिक अनुसन्धानअनुसार इन्फ्लुएन्जा पोजेटिभ रिपोर्ट आउने सम्भावना भने शून्यप्रायः छ ।’

खकार परीक्षणका लागि नमुना पठाइएको समाचार गलत : राष्ट्रिय प्रयोगशाला
प्रयोगशालाका अनुसार बर्डफ्लुको संक्रमणबाट मृत्यु भएको रिपोर्टले पुष्टि गरेपश्चात् हालसम्म कसैको पनि खकार वा रगतको नमुना परीक्षणका लागि विदेश पठाइएको छैन । उनका अनुसार प्रयोगशालाले हाल पठाउन लागेको नमुना खकारको नभई रगतको हो । ‘१७९ जनाको घाँटीको र्याल परीक्षणका लागि जापान पठाइएको भन्ने समाचार झुटो हो,’ राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. झाले भनिन्, ‘खकार नभई ४२ जनाको रगतको नमुना जापानको पुरानै प्रयोगशालामा पठाउनेक्रममा छौँ ।’

केही दिनअघि बर्डफ्लु संक्रमितको उपचार गराउने २ अस्पतालका १ सय ७२ स्वास्थ्यकर्मी र ७ जना परिवारका सदस्य गरी १ सया ७९ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाइएको समाचार एक अनलाइन मिडियामा प्रकाशन भएको थियो । उक्त समाचारमा कुनै सत्यता नभएको र हचुवाका भरमा लेखिएको राष्ट्रिय प्रयोगशालाले पुष्टि गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बर्डफ्लुको जोखिम : के गर्न हुन्छ, के हुँदैन ?

नेपालमा पहिलोपटक बर्डफ्लुको मानवमा संक्रमणबाट संक्रमितको ज्यानै गएको घटना सार्वजनिक भएसँगै यस रोगबारेको साचो र बच्ने उपायहरूबारेको खलदुली सर्वत्र बढेको छ । उपचार पाउँदा पनि ६० देखि ८० प्रतिशतसम्म मृत्युदर भएको यो घातक रोगबाट बच्न यसबारे पर्याप्त जानकारी हासिल गरी समयमै रोकथाम र बच्ने उपायको सबैले अवलम्बन गर्नुको विकल्प छैन ।
कुखुरालगायत संक्रमित पक्षीको सम्पर्कबाट सर्ने इन्फ्लुएन्जा ए (एच५ एन१) (बर्डफ्लु)बाट जोगिन मुख्यतः व्यक्तिगत तथा आफ्नो वासस्थानवरपरको सरसफाइमा विशेष ध्यान पुर्याउनु र संक्रमणको शंका लागेका पक्षीको सम्पर्कमा सुरक्षाका पर्याप्त विधि तथा प्रक्रियाको अवलम्बनविना नआउनु नै प्रमुख उपाय भएको विशेषज्ञहरूको भनाइ छ । यहाँ बर्डफ्लुबाट जोगिन हामीले गर्न हुने र नहुने केही काम तथा व्यवहारबारे बुँदागत रूपमा जानकारी दिने प्रयास गरिएको छ ।

– नियमित रूपमा साबुनपानीले हात राम्रोसँग धुने ।
– आफ्नो वरिपरिको वातावरण सफा राख्ने ।
– बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट टाढा रहने ।
– प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू नजिक देखिए वा आफूलाई बिसन्चो महसुस भएमा छिटो उपचारका लागि स्वास्थ्यसंस्थामा सम्पर्क गर्ने ।
– बच्चाहरूलाई मृत वा बिरामी पक्षीबाट टाढा राख्ने ।
– कुखुराको काँचो मासु काटकुट गर्ने वा पकाउने मानिसले नांगो हात, नाक–मुख खुला राखी मासु चलाउनुहुँदैन । कम्तीमा पनि हातमा पन्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ । यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुनपानीले सफा गर्नु, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निःसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो ।
– कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ) ।
– जंगली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखेमा नजिकको पशुस्वास्थ्यकर्मी÷पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने ।
– इन्फ्लुएन्जाको कुनै पनि शंका लाग्नेबित्तिकै स्वास्थ्यसंस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाहअनुसार गर्ने । चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने ।
– मृत पक्षी र तिनीहरूका सुलीबाट टाढा रहने र सुरक्षित रूपमा गाड्ने प्रबन्ध मिलाउने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आइसोलेसन वार्ड नचलेको अवस्थामा बर्डफ्लुको उपचार चुनौतीपूर्ण छ

करिव एक दशकदेखि पक्षीमा मात्रै देखिएको एभियान इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) मानिसमा देखिएसँगै नेपालमा रोगबारे नयाँ बहस र जनचेतनाको अभियान प्ररम्भ भएको छ । एक जनाले ज्यान गुमाएको ३२ दिनपछि रोग यकीन भयो । यो सन्दर्भमा रोग धेरै जनामा देखिएको अवस्थामा हामीसँग उपचारको संयन्त्र बलियो छ त ? रोग नै के हो र कसरी सर्छ लगायतका विषयमा भाइरसजन्य रोगको विशेषज्ञ एवं टेकू अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेसँग हेल्थपोस्ट नेपालका लागि पुष्पराज चौलागाईँले गरेको कुराकानी ।

बर्डफ्लु भनेको के हो ?
इन्फ्लुएन्जा भाइरस ३ किसिमका हुन्छन्, इन्फ्लुएन्जा ए, बी र सी । इन्फ्लुएन्जा भाइरसभित्र पनि धेरै प्रकारका हुन्छन् । यसलाई २ वटा प्रोटिन हेमाग्लुटिन र न्युरावानेज भन्ने हुन्छ, त्यसलाई हेरेर यसको नामकरण गरिएको हुन्छ । हाल जुन भाइरस देखिएको छ नि, इन्फ्लुएन्जा एभित्रको प्रजाति हो । एच फाइभ एन वान भन्ने भाइरस नेपालमा एकजनालाई देखियो । र्याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन नभएका कारण उक्त नमुना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा, जापानमा पठाइएको थियो, जुन नमुनाको परीक्षणका क्रममा बिरामीमा पोजिटिभ नतिजा देखिएर आयो । यो भाइरस पहिलोपटक नेपालमा मानिसमा देखियो । यो भाइरस नेपालमा पहिलोपटक चरामा २००९ मा झापामा देखिएको थियो । त्यसपछि देशका विभिन्न ठाउँमा देखिएका थिए । तर, हाल आएर समस्या के भयो भने मानिसमा पनि देखियो ।

साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

के बर्डफ्लु मानिसबाट मानिसमा सर्छ ?
पहिलो कुरा त संक्रमित पक्षीबाट मानिसमा सर्ने रोग हो । कुखुराको फर्ममा बस्दा, सँगै काम गर्दा खास गरेर श्वास–प्रश्वासबाट यो भाइरस मानिसमा सर्ने गर्छ ।
साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

हालसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको उदाहरण नभए पनि नेपालमा सिस्टम के छ भने एक महिनाअघि नै मानिसमा भाइरसको संक्रमण भएको थाहा पाइसकेर पनि त्यसको वरपरि गएर खोज्ने काम भएको हुन सकेको छैन । त्यसबाट अरू कसैमा संक्रमण भएको छ कि छैन भनेर निगरानी गर्नुपर्ने हो । संक्रमितको घर–परिवारको निगरानी गर्नु जरुरी हुन्छ । संक्रमित मानिससँग को बस्ने गथ्र्यो, कहाँ गएको थियो, कहाँको कुखुरा फर्मबाट आएको हो, यी सबै कुराको गहिराइमा पुगेर अध्ययन गर्नुपर्छ । संक्रमित व्यक्तिको खोजी गरी तुरुन्त उपचार गर्नुपर्छ ।

भाइरसको संक्रमणका कारण मानिसको ज्यानै गएको घटना सार्वजनिक भइरहँदा कुखुराको मासु खानु उपयुक्त छ कि छैन ?
सामान्यतः यो भाइरस आरएनए भाइरस हो । यो भाइरस ७० डिग्रीभन्दा बढी तापक्रममा मर्ने गर्छ । तसर्थ, कुखुराको मासु राम्रोसँग पकाएर खान हुन्छ । तर, कुखुरा काट्दा वा पकाउँदा हावाको माध्यमबाट मानिसमा कण सर्न सक्ने हुँदा सतर्कता भने अपनाउनुपर्ने हुन्छ ।

यसको उपचारपद्धति भनेको साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ । भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

यो रोगमा मौसम परिवर्तनले फरक पार्छ कि पार्दैन ?
मौसम परिवर्तनका वेला शरीरले रोगसँग लड्न सक्ने क्षमता कम भएको खण्डमा यो रोग सर्न सक्ने सम्भावना बढी हुन्छ । फोहोर पानी जम्मा हुने, वातावरण प्रदूषणजस्ता विभिन्न कारणले रोगहरू सर्न सक्ने सम्भावना हुन्छ ।

नेपालका अस्पतालहरूको इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामीको उचित उपचार गर्ने क्षमता छ कि छैन ?
यो रोगको उपचारका लागि नेपालका अस्पतालमा पर्याप्त दक्ष जनशक्ति उपलब्ध छ । तर, अस्पतालहरू व्यवस्थित छैनन् । जस्तो कि आइसोलेसन वार्र्ड सुचारु गर्न १० वर्षदेखि पहल भए पनि हालसम्म आइसोलेसनकक्ष सञ्चालनमा ल्याउन सकिएको छैन । यस्तो वार्ड स्थापना र सञ्चालनका लागि उपकरणहरू उपलब्ध छैनन् । स्वास्थ्य मन्त्रालयले झारा टार्ने काम मात्र गरिरहेको छ । टेकु अस्पतालमा आइसोलेसनकक्षमा ८ वटा बेड भए पनि उपकरण तथा जनशक्ति अभावले बन्द नै छन् । त्यसकारण इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामी उपचारका लागि अस्पताल आएको खण्डमा उपचार दिन धेरै गाह्रो हुन्छ । यसको मुत्युदर ६० देखि ८० प्रतिशतसम्म हुन्छ । यस्तो वेलामा सुरक्षित प्रविधि अभावमा नर्स तथा डाक्टरलाई कसरी काम गर भन्न सकिन्छ ?

इन्फ्लुएन्जा भाइरसको उपचार कसरी गरिन्छ ?
यसको उपचारपद्धति भनेको इन्फ्लुएन्जा भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

एच फाइभ एन वान भाइरस परिवर्तन हुन्छ कि हुँदैन ?
आरएनए भाइरस छिटै परिवर्तन हुने भएका कारण औषधिले काम गर्न नसक्ने अवस्था पनि आउँछ । इन्फ्लुएन्जा भाइरसले नियमित आफ्ना वंशानुगत गुणहरूमा परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या निम्तिन सक्छ । यसबारे अध्ययन जरुरी छ ।

संक्रमितको मुत्युदर ६० देखि ८०% सम्म भएको उच्च संक्रामक रोगको उपचारमा सुरक्षित प्रविधिविना स्वास्थ्यकर्मीलाई कसरी खट भन्न सकिन्छ ?

यो भाइरसबाट जोगिन के–कस्ता उपाय अपनाउन सकिन्छ ?
रुघाखोकी लागेको व्यक्ति अरूभन्दा छुट्टै बस्नुपर्छ र यस्तो अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । श्वास–प्रश्वासको माध्यमबाट सर्ने भए पनि छोएर सर्ने सम्भावना बढी हुन्छ । यसबाट जोगिने सबैभन्दा ठूलो उपाय नै व्यक्तिगत तथा वासस्थानवरिपरिको सरसफाइमा ध्यान दिनु हो । आफ्नो वरिपरिको वातावरण सफा राख्नुपर्छ । यसका साथै, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट सधैँ टाढा रहनुपर्छ ।
प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरूमा रोग देखिएमा तथा पक्षीहरू नजिक देखिए र आफूलाई बिसन्चो महसुस भएमा जतिसक्दो छिटो उपचारका लागि नजिकको स्वास्थ्यसंस्थामा सम्पर्क गर्नुपर्छ । इन्फ्लुएन्जाको कुनै पनि शंका लाग्नेबित्तिकै स्वास्थ्यसंस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार चल्नुपर्छ । चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कुखुरा खान सुरक्षित छ ?

बर्डफ्लुका नामले चिनिने एभियान इन्फ्लुएन्जा एच५एन१को नेपालमा पहिलोपटक मानवमा संक्रमण प्रमाणित भएसँगै यो रोग के हो, कसरी सर्छ लगायत चासो सर्वत्र पाइएको छ । रोगबारे सही जानकारीले यसबाट जोखिन मद्दत गर्छ । त्यसका लागि आमजनमानसमा हुन सक्ने बर्डफ्लुसम्बन्धी जिज्ञासा र तीनको समाधान हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

एच५एन१ के हो ?
एच५एन१ एकप्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वास–प्रवासको समस्या गराउँछ । एच५एन१को मानिसमा संक्रमण कहिलेकाहीँ मात्र हुन्छ । तर, यो मानिसबाट मानिसमा सितिमिती सर्दैन । जब यसले मानिसमा संक्रमण गर्छ, तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ ।

एच५एन१ इन्फ्लुएन्जा मानिसमा कसरी फैलिन्छ ?
एच५एन१को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरू वा एच५एन१ प्रदूषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमित गर्दैन र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन । राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण छैन ।

एच५एन१ले किन धेरै चिन्तित बनाएको छ ?
चराचुरुंगीमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा यसले गम्भीर समस्याहरू हुने र अंग–प्रत्यंगले काम गर्न नसक्ने बनाउँछ र मृत्युको मुखमा पुर्याउँछ । मानिसमा यसको संक्रमण भएमा यसको मृत्युदर उच्च छ । त्यस्तै, कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ, त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो ।

किन एच५एन१ इन्फ्लुएन्जा भाइरस परिवर्तन हुन सक्छ ?
इन्फ्लुएन्जा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरू परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या हुन्छ ।

मानिसमा यस इन्फ्लुएन्जा के–के लक्षण हुन्छन् ?
– उच्च ज्वरो आउनु
– खोकी लाग्नु
– घाँटी दुख्नु
– मांसपेसीहरू दुख्नु
– सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ,
– संक्रमण छिटै फैलिएर सास फेर्न गाह्रो हुनु, तीव्र रूपमा श्वास–प्रश्वासमा कठिनाइ देखापर्नु, निमोनिया हुनु, दम हुनु आदि ।

कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी खान सुरक्षित हुन्छन् ?
अवश्य पनि हुन्छन् । तर, यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ । अन्य भाइरसझैँ यो भाइरसका लागि पनि तातो धेरै नै संवेदनशील हुन्छ । सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्दछ । तर, पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ । अर्थात्, राम्ररी सबैतिर तापक्रम पुगेर सबै भागमा पाकेको हुनुपर्दछ । यसले सबै भाइरस मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ ।

सावधानीका रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाब छ ।
आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रूपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरूलाई चलाउने, प्रयोग गर्ने वा ओसार–पसार गरेकाहरूसँग जोडिएको पाइएको छ । त्यसैले यसकिसिमका बानी–व्यवहारलाई उच्चतम जोखिम बुझेर सुधार गर्नुचाहिँ महत्वपूर्ण हुन्छ ।

मानिसमा यसको उपचार कसरी गरिन्छ ?
यो मानिसमा प्रायः गम्भीर रोगका रूपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालहरूमा आकस्मिक सघन उपचार गर्नुपर्ने हुन्छ । एन्टिभाइरल औषधि ओसेल्टामिभिर (टामिफ्लु)ले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने भएकाले यसको प्रयोग गरिन्छ ।

एच५एन१ एभियान इन्फ्लुएन्जाको मानव संक्रमण रोकथामका लागि खोप उपलब्ध छ ?
एच५एन१ संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ, तर यो अझै पनि व्यापक उपयोगका लागि तयार छैन ।

के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लु/मौसमी रुघाखोकी) खोपले एच५एन१ भाइरसविरुद्ध सुरक्षा प्रदान गर्दछ ?
मौसमी इन्फ्लुएन्जाको खोप एच५एन१विरुद्धको संक्रमणमा काम गर्दैन अर्थात् सुरक्षित बनाउन सक्दैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

परीक्षण संयन्त्र अभावमा संक्रमितको मृत्यु भएको ३२ दिनपछि बल्ल बर्डफ्लु पुष्टि, यस्ता छन् सरकारका नियन्त्रण योजना

नेपालमा पहिलोपटक इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण मानिसमा भएको र त्यसबाट संक्रमितको उपचारका क्रममा ज्यानै गएको पुष्टि भएपछि स्वास्थ्यक्षेत्र निकै गरम भएको छ । बर्ड फ्लु नामले समेत चिनिने इन्फ्लुएन्जा रोगको संक्रमण भएपछि उपचार पाउँदा पनि आधाभन्दा बढी संक्रमितको मृत्यु हुने गरेको विश्वको अनुभव र देशमा भाइरस यकिन गर्न सक्ने परीक्षण प्रविधिको अभावका कारण जनमानसमा त्रास त उत्पन्न गरेको छ नै, रोगनियन्त्रणका लागि कुनकिसिमको विधि र प्रक्रिया अपनाउने भन्ने विषय सरकार र स्वास्थ्यका निकायहरूसामु निकै सकस र चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले संक्रमणबाट मृत्यु भएका व्यक्तिबारेका विवरण र उपचार गराउने स्वास्थ्यसंस्थाबारे जानकारी गोप्य राख्दै त्यसबारे नखोतल्न पत्रकारलाई आग्रह गर्नुले रोगको संवेदनशीलता र रोकथामसम्बन्धी कार्यक्रम तर्जुमामा सरकारको चुनौती स्पष्ट झल्किन्छ ।

विश्वका विभिन्न मुलुकमा पछिल्लो दुई दशकभन्दा लामो समयदेखि इन्फ्लुएन्जा ए (एच५एन१)को मानवमा संक्रमण र त्यसबाट मृत्युका घटनाहरू सुनिँदै आएको भए पनि नेपालमा भने यसअघि पक्षीमा मात्र संक्रमण प्रमाणित भएको थियो । संक्रमित पक्षीबाट मानिसमा सर्ने उक्त इन्फ्लुएन्जा रोगको परीक्षणको समेत उपयुक्त व्यवस्था देशभित्र नभएको अवस्थामा रोगको उच्च संक्रामक रोगको पुष्टिले सोहीअनुसारको सतर्कताको माग खाँचो आँैल्याएको छ ।

बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र पुष्टि भयो बर्ड फ्लुको संक्रमण, यस्तोमा कसरी उपचार गर्ने ?
१० चैत ०७५ मा सामान्य ज्वरो र खोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षीय एक युवकको इन्फ्लुएन्जा ए (एच५एन१)का कारण उपचारकै क्रममा १५ चैतमा मृत्यु भएको पुष्टि भएको छ । प्ररम्भिक लक्षणका आधारमा ती युवकमा इन्फ्लुएन्जा रोगको संक्रमण भएको शंका लागी चिकित्सकले ११ चैतमा बिरामीको घाँटीको र्याल परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए । रिपोर्ट आउनुअगावै बिरामीलाई इन्फ्लुएन्जाविरुद्धको औषधि चलाइएको थियो । यद्यपि, चिकित्सकले बिरामीमा गरेको रोगको अनुमानका सही साबित हुँदा र समयमै औषधि चलाउँदा पनि बिरामीको ज्यान भने बच्न सकेन । इन्फ्लुएन्जा एको औषधि चलाइएकै अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्याका चुलिँदै जाँदा बिरामीको ५ दिनपछि मृत्यु भयो ।

राष्ट्रिय प्रयोगशालामा संक्रमित बिरामीको घाँटीको र्याल परीक्षण गरिए पनि भाइरसको प्रकार यकिन हुन सकेन र उक्त नमुना परीक्षणका लागि जापानस्थित डब्लुएचओ कोल्याबोरेरिटङ सेन्टर फर इन्फ्लुएन्जामा पठाइयो । बिरामीको मृत्यु भएको ३२ दिनपछि १७ चैतमा उक्त नमुनाको रिपोर्ट नेपाल आइपुग्दा बल्ल बिरामीमा इन्फ्लुएन्जा ए (एच५एन१) संक्रमण भएको पुष्टि भयो । यससँगै नेपालमा पहिलोपटक बर्ड फ्लुको संक्रमण मानिसमा भएर इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसले ज्यानै लिएको प्रमाणित भयो । यद्यपि, त्यसपश्चात् रोगका सम्बन्धमा नियमित निगरानीका क्रममा गरिएको प्रयोगशाला परीक्षणहरूमा अन्य कुनै पनि बिरामीमा इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका कारण बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र बिरामीमा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएपछि रोगप्रतिको त्रास बढ्नु स्वाभाविक नै हो । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को यकिन गर्ने परीक्षण संयन्त्र नहुँदा बिरामीले समयमा उपचार नपाउने पो हो कि भन्ने शंका उत्पन्न भएको छ ।

भाइरसको पूर्ण यकिन गर्ने प्रविधि नभए पनि परीक्षण हुन्छ, उपचारमा समस्या हुँदैन : राष्ट्रिय प्रयोगशाला
इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका कारण बिरामीको मृत्यु भएको ३२ दिनपछि मात्र बिरामीमा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएपछि रोगप्रतिको त्रास बढ्नु स्वाभाविक नै हो । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को यकिन गर्ने परीक्षण संयन्त्र नहुँदा बिरामीले समयमा उपचार नपाउने पो हो कि भन्ने शंका उत्पन्न भएको छ । नेपालमा इन्फ्लुएन्जा ए (एच५एन१)को परीक्षण सम्भव नभएरै जापान पठाइएको हो त ? भन्ने हेल्थपोस्टको प्रश्नमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी नवनियुक्त निर्देशक डा. रुना झाले भनिन्, ‘हामीकहाँ परीक्षणको व्यवस्था भए पनि भाइरसबारे पूर्ण यकिन गर्ने प्रविधि उपलब्ध छैन, त्यसैले पूर्ण किटानका लागि बाहिर पठाइएको हो ।

यद्यपि, रोगसम्बन्धी लक्षण देखिएका बिरामीको उपचारमा भने यसले बाधा नपुग्ने डा. झाको भनाइ छ । ‘उपचारका लागि आवश्यक परीक्षण भने हामीकहाँ हुन्छ र भइरहेको छ,’ डा. झाले भनिन्, ‘लक्षण देखिएका बिरामीको नमुना संकलन गरेर अस्पतालहरूले हामीकहाँ पठाउँछन्, हामीकहाँ परीक्षण हुन्छ । यससम्बन्धी करिब २ हजार २ सय नमुना हामीकहाँ छन् ।’ इन्फ्लुएन्जा ए (एच५एन१)का कारण मृत्यु भएको केसमा भने पहिलोपटक भएकाले पूर्णतः निर्क्योल गर्नका लागि जापान पठाउनुपरेको डा. झाले बताइन् ।

पक्षीबाट मानिसमा सर्छ, मानिसबाट मानिसमा सरेको पाइएको छैन
इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण सामान्यतया पक्षीहरूमा हुने गर्दछ । संक्रमणपछि पशुमा यसका केही लक्षणहरू देखिने गर्छन् भने संक्रमित पक्षीको मृत्युसमेत हुने गर्छ । यो भाइरस संक्रमित पक्षीबाट मानिससमेत सर्ने गरेको पाइएको छ, तर मानिसबाट मानिसमा सरेको भने हालसम्म पाइएको छैन । सामान्यतया संक्रमित पक्षीको संक्रमणको १० दिनपछि मृत्यु हुने गर्दछ भने यही १० दिनभित्र पक्षीको विनासुरक्षा सम्पर्कमा आउने मानिसमा यसको संक्रमणको खतरा रहन्छ । इन्फ्लुएन्जा ए (एच५एन१) संक्रमित तथा यसका कारण मृत पक्षीको मासु, सुली, अण्डालगायतको सम्पर्कका कारण यो भाइरस मानिसमा सर्ने गरेको पाइएको छ । इन्फ्लुएन्जा ए (एच५एन१) भाइरस ७० डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले राम्ररी मासु पकाएर खाएमा भने यसको संक्रमणको खतरा रहँदैन । यस रोगबाट बच्नका लागि संक्रमित तथा मृत पक्षीबाट टाढा रहनुका साथै व्यक्तिगत तथा वासस्थानवरिपरिको सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाब विशेषज्ञहरूको छ । संक्रमणको शंका लागेमा तुरुन्त स्वास्थ्यसंस्थाको सम्पर्कमा जान उनीहरूको सुझब छ ।

संक्रमितको मृत्युदर करिब ६० प्रतिशत, १६ वर्षमा ४५४ को ज्यान गएको पुष्टि
इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण भएका बिरामीमध्ये करिब ६० प्रतिशतको उपचारका क्रममा मृत्यु हुने गरेको तथ्यांक छ । सन १९९६ मा पत्ता लागेको इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमणका कारण सन् २००३ देखि मानिसको ज्यान जान थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक छ । पछिल्लो १६ वर्षको अवधिमा विश्वका विभिन्न देशमा गरी जम्मा ८ सय ६० जनामा इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण देखिएकोमा संक्रमितमध्ये ४ सय ५४ जनाको मृत्यु भएको डब्लुएचओको तथ्यांकले देखाएको छ । यद्यपि, स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएका कारण रोगको कारण नै पत्ता नलागी यस भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या उल्लेख्य हुन सक्ने अनुमान छ ।

ज्वरो र रुघाखोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारकै क्रममा श्वास–प्रश्वास समस्याका कारण मृत्यु भएको घटनामा बिरामीलाई इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण पुष्टि भएसँगै झस्किएको सरकारले उक्त भाइरसको संक्रमण फैलिन नदिन नियमित निगरानी र परीक्षणसहित केही भावी कार्यक्रमहरू तय गरेको छ ।

बर्ड फ्लु नियन्त्रणका लागि के छन् सरकारका कार्यक्रम ?
ज्वरो र रुघाखोकीको लक्षणसहित अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारकै क्रममा श्वास–प्रश्वास समस्याका कारण मृत्यु भएको घटनामा बिरामीलाई इन्फ्लुएन्जा ए (एच५एन१) भाइरसको संक्रमण पुष्टि भएसँगै झस्किएको सरकारले उक्त भाइरसको संक्रमण फैलिन नदिन नियमित निगरानी र परीक्षणसहित केही भावी कार्यक्रमहरू तय गरेको छ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका अनुसार तत्कालै इन्टरनेसनल हेल्थ रेगुलेसन (आइएचआर) २००५ अनुसार यस्ता किसिमका भाइरसको संक्रमण र त्यसका कारण मृत्यु हुने घटना अन्तर्राष्ट्रिय चासोको आकस्मिक जनस्वास्थ्य अवस्था (पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न) बन्न जान्छ । नेपाल सरकार आइएचआरको एक पक्ष राष्ट्र पनि हो । यस्तोमा नेपालले आइएचआरका सबै सदस्य राष्ट्रहरूलाई अनिवार्य रूपमा यस घटनासम्बन्धमा आइएचआरको संयन्त्रमार्फत जानकारी गराउनुपर्ने हुन्छ । त्यसअनुसार नेपाल सरकारले विश्व स्वास्थ्य संगठनमार्फत उक्त घटनाबारे विस्तृत विवरण विश्वमाझ पठाउने डा. चौधरीले जानकारी दिइन् ।

यसैगरी, नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, डब्लुएचओको साउथ–इस्ट रिजनल अफिस, डब्लुएचओको नेपाल कन्ट्री अफिसलगायत निकायको सहकार्यमा इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमण फैलिन नदिन निगरानीलाई सशक्त बनाउने नीति लिएको उनको भनाइ छ । यसका साथै नेपाल सरकारले इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणका सम्बन्धमा विस्तृत अध्ययन गर्न लागेको जनाएको छ ।
त्यस्तै, इन्फ्लुएन्जा ए (एच५एन१)को संक्रमणबाट बच्न अवलम्बन गर्नुपर्ने उपायहरूबारे जनसमक्ष सूचनामूलक स्वास्थ्यसन्देशहरू प्रवाह गर्ने तयारी भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु, एकजनाको मृत्यु भएको पुष्टि

नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु देखा परेको छ । काभ्रेमा २१ वर्षीय मानिसमा बर्डफ्लु देखा परेको हो । उनको १५ वैशाखमा मृत्यु भएकोमा जापानस्थित डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुयन्जामा र्‍याल नमुना परीक्षणपछि १७ गते बर्डफ्लु लागेको पुष्टि भएको हो । उनको कुन अस्पतालमा उपचार भएको थियो भन्ने पनि सार्वजनिक गरिएको छैन ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी स्पष्ट पारेको छ।

यसअघि कुखुरा तथा चराहरुमा बर्डफ्लु देखा परेपनि मानिसमा सरेको पुष्टि भएको थिएन । अहिले भने मानिसमा समेत सरेको पुष्टि भएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै