मानसिक रोगमा मनोवैज्ञानिक उपचार : साइकोथेरापी

मानसिक रोगका बिरामीलाई तनाव घटाउने उपाय सिकाउने, नकारात्मक सोचाइलाई सकारात्मक सोचाइमा परिणत गराउने, अनि मनमा रहेका उत्तेजना कम गराउने उपचारलाई साइकोथेरापी भनिन्छ । धेरै बिरामीलाई औषधिको प्रयोगका अलावा साइकोथेरापीको काउन्सिलिङ जरुरी पर्छ । धेरै मानसिक रोग तनावका कारण उत्पन्न भएका हुन्छन् । यस्तो अवस्थामा बिरामीलाई औषधि मात्र सेवन गराएर रोग निको हुँदैन । बिरामीलाई सामान्य काउन्सिलिङदेखि साइकोथेरापीसम्मको उपचार गराउनुपर्छ । खासगरी डिप्रेसन तथा अन्य न्युरोटिक समस्यामा साइकोथेरापी गरिन्छ ।

मनलाई कसरी स्वस्थ राख्ने ?
१) एउटै कुरामा गहिरो सोचाइ नगर्ने ।
२) पुराना रुढीवादी कुरामा विश्वास नगर्ने ।
३) जे छ, त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछोड्ने ।
४) हरेक कुरामा खुसी र सन्तुष्ट बन्ने ।
५) लागुपदार्थ सेवन नगर्ने ।
६) दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
७) अति नीतिवान् नबन्ने र अरूबाट पनि त्यस्तो अपेक्षा नगर्ने ।
८) मन सधैँ शान्त राख्ने ।
९) मनको समस्या अरूलाई भन्ने बानी गर्ने ।

सुख र दुःख भन्ने कुरा हाम्रो हेराइ र तुलनामा फरक पर्न सक्छन् । बसमा झुन्डिएर गइरहेको यात्रु र आरामदायी सिटमा बसेर यात्रा गरेको मानिसबीच तुलना गर्दा आरामदायी सिटमा बस्ने धेरै खुसी हुनुपर्ने हो, तर त्यस्तो हुँदैन । बसमा झुन्डिएर यात्रा गरेको मानिस पनि मनमा आनन्द लिएर हिँडेको हुन सक्छ र आरामदायी सिटमा बसेको मानिसले पनि मनमा तनाव बोकिरहेको हुन सक्छ । हामी अनावश्यक कुरामा तनाव लिइरहन्छौँ र खुसी हुन सक्दैनौँ ।

एउटी छोरी पछि गएर बुहारी बन्छिन्, उनको भूमिका परिवर्तन हुन्छ, जिम्मेवारी बढ्छ, दुःख बढ्न पनि सक्छ र चिन्तित हुन्छिन् । उनको मनमा म पछि सासु पनि बन्छु भन्ने कल्पना नै हुँदैन । अनावश्यक सोचाइ लिँदै जाँदा डिप्रेसन रोग लाग्न पनि सक्छ ।

हामी एकपटक परेको तनावलाई सधैँ नै यस्तो हुन्छ भनेर सम्झन्छौँ, तर त्यस्तो हुँदैन । कसैको प्रगति हुँदा हामी संकोच राख्न सक्छौँ । दुःख पर्दा अत्तालिन्छौँ, समाजले पनि दुःख परेकालाई सहयोग गर्दैन, उल्टो हाँसोले उडाउँछ । फलस्वरूप ऊ तनावबाट उम्कन सक्दैन । हामी धेरै–धरै चाहना राख्छौँ, जुन पूरा हुन असम्भव हुन्छ, अनि छटपटीमा बस्छौँ । हामी आफूभन्दा ठूलोसँग आफूलाई तुलना गछौँ, जसले मन अझै दुःखी बनाउँछ । हामीले आफूभन्दा कमजोर मानिससँग पनि आफूलाई तुलना गर्नुपर्छ, तब मनमा खुसी पैदा हुन्छ ।

एउटी छोरी पछि गएर बुहारी बन्छिन्, उनको भूमिका परिवर्तन हुन्छ, जिम्मेवारी बढ्छ, दुःख बढ्न पनि सक्छ र चिन्तित हुन्छिन् । उनको मनमा म पछि सासु पनि बन्छु भन्ने कल्पना नै हुँदैन । अनावश्यक सोचाइ लिँदै जाँदा डिप्रेसन रोग लाग्न पनि सक्छ ।

यहाँ एउटा गरिब मानिसको चर्चा गर्न वेश होला । एउटा अत्यन्तै गरिब मानिस थियो । ऊसँग पैसा हुँदैनथ्यो । उसको जुत्ता लगाउने सोच थियो, तर पैसा अभावले उसले सधैँ भगवान्लाई गाली गर्थ्यो, बिहानै उठेर भगवान्को फोटोमा थुक्थ्यो । किन मलाई गरिब परिवारमा जन्म दियौ भन्थ्यो । एकदिन ऊ एउटा मन्दिर गयो, त्यहाँ उसले हात मात्र भएको मानिस देख्यो । उसको खुट्टा नै थिएन, तैपनि खुसी हुँदै भगवान्को पूजा गरेको देख्यो । ऊ छक्क पर्यो । यो मानिस खुट्टा नहुँदा पनि कति खुसी छ, म किन दुःखी ? मसँग त कम्तीमा खुट्टा छन् । त्यस दिनदेखि उसले भगवान्लाई गाली गर्न छाड्यो र मिहिनेत गर्न थाल्यो । उसले जीवनमा सफलता पाउन थाल्यो । त्यसकारण मानिस जस्तोसुकै अवस्थामा पनि दुःखी वा खुसी हुन सक्छ । यो उसको हेराइ र तुलनामा भरपर्छ । जब मानिसले आफूभन्दा तलकासित तुलना गर्न सिक्छ, तब ऊ खुसी हुन्छ ।

हामी अन्धविश्वासमा आस्था राख्छौँ, जसले हामीमा तनाव थपिन्छ । बोक्सी लाग्छ, भूत लाग्छ, बिरालोले बाटो काटे अशुभ हुन्छ इत्यादि । हिजोआज मानिस इन्टरनेटको प्रयोग गर्छन् । दिन–रात फेसबुक र युट्युबमा व्यस्त हुन्छन्, दिमागलाई फुर्सद नै छैन । आफ्नै परिवारको मानिसको पनि वास्ता छैन । यसबाट पनि मानसिक समस्या निम्तिरहेको छ । फेरि डरलाग्दा दृश्यहरू टिभी तथा सामाजिक सञ्जालमा हेर्दा मनको बिरामी पनि बढ्दो छ । त्यसैले यस्ता वस्तुको प्रयोग कम गर्नु जरुरी छ ।

भगवान्मा विश्वास गर्दा वा आस्तिक बन्दा मनमा रहेको तनाव केही भएको घट्न सहयोग मिल्छ । त्यस्तै, नराम्रो सपना देख्दा आत्तिने, मनमा चिन्ता लिने भएर मानिसहरू अस्पताल आइरहेका हुन्छन् । निद्राका वेला हाम्रो मस्तिष्क अर्धचेतन अवस्थामा हुन्छ । यसबाट सपना देखिन्छ, सपना सत्य वा असत्य हुन पनि सक्छ । त्यसैले सपना नराम्रो देख्दैमा डर मान्नुपर्दैन ।

उपचार
डिप्रेसन रोगमा राम्रो कुरा नदेखिने र नराम्रो सोचाइ मात्र आइरहेको हुन्छ । काउन्सिलिङ गर्दा राम्रो कुरा पनि देखाइन्छ । डिप्रेसनका अरू बिरामीसँग पनि भेट गराइन्छ, परिवारका सदस्यबाट पनि जानकारी लिइन्छ, के कारणले तनाव भयो । पोजेटिभ सोच्न सिकाइन्छ । मन दह्रो पार्ने तरिका सिकाइन्छ । बिरामीलाई तनावमुक्त गराइन्छ । कहिलेकाहीँ श्रीमान्–श्रीमतीको झगडाका कारणले पनि डिप्रेसन रोग देखापर्छ । यस्तो अवस्थामा दुवैलाई सँगै राखेर उपचार गरिन्छ । तनाव कम हुने उपाय सिकाइन्छ ।

बिरामीले आफूसँग असम्बन्धित घटनामा पनि बढी सोचाइ लिने गर्छन् । त्यस्तो अवस्थामा कसरी तनावबाट अलग हुने भनेर सिकाइन्छ । बिरामीलाई रिल्याक्सेसन, व्यायम सिकाइन्छ । सुतेर लामो–लामो श्वास लिन लगाइन्छ र शरीरका अंगहरू पालैसँग रिल्याक्स गराइन्छ । यसबाहेक योग, मेडिटेसन, बायोफिडब्याकको प्रयोग गर्दा पनि मन शान्त राख्न सकिन्छ र मस्तिष्कको सोचाइ राम्रो हुने हुन्छ । यस्ता व्यायम दैनिक एक घन्टाजति गराइन्छ । काउन्सिलिङ साइकोथेरापी पनि दैनिक ३० मिनेटजति गराइन्छ । यसबाट मानसिक रोग निको हुन सहयोग पुग्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानसिक रूपमा कसरी स्वस्थ बन्ने ?

१. अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइमा नपर्नुहोस् ।
कहिलेकाहीँ कुनै घटना, परिस्थिति तथा बाध्यतापछि हाम्रो मन भौँतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाइरहनुहुँदैन, बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा त्यसले हाम्रो मस्तिष्कमा समेत असर पुर्याउँछ, शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटी हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइ राख्नुहुँदैन ।

२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्नुहोस् र खुसी हुनुहोस् ।
हामी हाम्रो प्रगति चाहन्छौँ, यो राम्रो पक्ष हो । तर, हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मूल्यांकन गर्ने’, यो असाध्यै नराम्रो बानी हो र संकीर्ण साचाइ हो । त्यसैले मनलाई ठूलो पार्नुपर्छ, संकीर्ण पार्नुहुँदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हन सक्छन्, जसले मनमा अशान्ति फैलन्छ र हामीलाई मनोरोग लाग्न सक्छ । प्रगतिशील सच्चा सोचाइ ‘बाँचौँ र बचाऔँको भावना मनमा जागेको हुनुपर्छ । आफूभन्दा सानालाई कसरी सहयोग गर्ने भन्ने सोच हामीमा हुनुपर्छ र आफूसरहका मानिसको प्रगतिमा साथ दिनुपर्छ, आफूलाई अवमूल्यन गर्ने होइन ।

३. पुराना रुढिवादी कुरामा विश्वास नगर्नुहोस् ।
हाम्रो समाजमा बाटो हिँड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्नेजस्ता पूर्णतः अवैज्ञानिक गलत विश्वास छ । यस्ता वस्तु वा घटनामा मन बेचैन बनाउनुहँुदैन । यी रुढिवादी कुरामा कत्ति पनि सत्यता छैन भन्ने सोचेर मन ढुक्क बनानुपर्छ । राशिफल हेराउने, भूत, प्रेत बोक्सीको युगको अन्त्य भइसक्यो, त्यसैले यस्ता कुरामा चिन्ता लिएर समय बर्बाद गर्नुहुँदैन । बरु सफा पानी पिउने, ताजा खानेकुरा खाने गर्नुपर्छ ।

राति बाटोमा हिँड्दा भूत लाग्छ भन्दै मन डराएर ढुंगोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छ, मनोरोग लाग्न पुग्छ । त्यसैले पुराना गलत चलनचल्ती र मान्यतालाई हटाउनुपर्छ । कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ, जुन शतप्रतिशत झुटो कुरा हो । त्यसैले हाम्रो गाउँघरमा पनि आधुनिक चेतना जगाउनु आवश्यक छ । मरेको मानिसको आत्मा मनमा आउँछ भन्ने वा मरेको मनिसले दुःख दिएको भन्नेजस्ता गलत विश्वास छ, जुन सरासर झुटो साबित भएका छन् । यसमा विश्वास गर्नुहुँदैन । यस्ता कुरामा मन लगाउँदा अशान्ति हुन्छ र मनोरोग लाग्छ ।

४. हरेक काममा खुसी, सुखी तथा सन्टुष्ट बन्नुहोस् ।
दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ त कहिले असफल । असफल भएका कारण हतास हुनुहुँदैन, बरु असफलताका कारण पत्ता लगाएर फेरि सफलताको बाटोमा अगाडि बढ्नुपर्छ । कदापि निराश हुनुहुँदैन । अरूसँग पनि सरसल्लाह लिनुपर्छ ।  कहिलेकाहीँ हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैन ।

कतिपय समस्या आफैँ पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समास्यालाई लिएर अहिलेदेखि नै चिन्तित हुनुहुँदैन । बरु आइपरेका वा सम्भावित समस्या समाधानको योजना बनाएर योपछि यो गर्छु भनी अघि बढ्नुपर्छ । कतिपय मिडियाले राम्रा कुरालाई पर्दापछाडि राखेर नराम्रा कुरालाई प्रचार गर्छन्, जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर, वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै रेडियो, टिभी, समाचार तथा डरलाग्दा दृश्य हेर्नुहुँदैन ।

५. जे छ त्यसमा सन्तुष्ट बन्नुहोस्, तर मिहिनेत गर्न नछोड्नुहोस् ।
धेरै मानिस आफू कहाँबाट आएको हुँ भन्ने पनि बिर्सन्छन् । विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन् । उनीहरू समय पार गर्दै जाँदा ठूलो उन्नति भएको पनि बिर्सन्छन् र सधैँ असन्तोष राख्छन्, परिणामस्वरूप सधैँ दुःखी भइरहन्छन् ।
विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगेँ भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसैले मनमा सन्तोष भएको हुँदैन । त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ । मैले यो अवधिमा यति गरेँ, भगवान्ले मलाई यसरी पुर्याएका छन् भनेर सन्तुष्ट हुनुपर्छ, तर मिहिनेत गर्न भने छाड्नुहुँदैन । पुराना असफलतालाई केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।

६. लागुपदार्थ तथा दुव्र्यसनबाट टाढा रहनुहोस् ।
कतिपय मानिसको रक्सी पिउने बानी हुन्छ । बिस्तारै यी मानिस बिहानैदेखि रक्सी लिने र दिनदिनै मात्रा बढाउँदै जान थाल्छन् । अनि, रक्सीको मातमा झगडा गर्ने, श्रीमतीमाथि शंका गर्ने, कहिलेकाहीँ डराउने, घरबाट भाग्ने, छारेरोगजस्तै गरी ढल्ने गर्छन् । त्यस्तै, कतिपय मानिस लागुऔषध दुव्र्यसनीमा फस्छन्, जसले गर्दा दैनिक २–४ हजार रकम यसमा खर्च गर्न पुग्छन्, साथै अनैतिक काम गर्न बाध्य हुन्छन् । यस्ता मानिस एड्स तथा हेपाटाइटिस बीजस्ता रोगबाट पनि ग्रस्त हुन पुग्छन् । सुई साटासाट गर्ने, छाडा यौनसम्पर्क गर्ने ड्रग्सका लागि रकम जुटाउन चोरी गर्ने पनि गर्छन् । त्यसैले यस्ता वस्तुबाट सधैँ टाढा रहनुपर्छ । लागुपदार्थको सेवन तथा दुव्र्यसनीका कारण अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यी वस्तुबाट सधैँ टाढै रहनुहोस् ।

७. दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।
समाजमा ठूलाले सानालाई हेप्ने आफू मात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई हेप्ने, अर्कालाई उचित व्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ, जुन आपराधिक मानिन्छ । यस्तो वातावरणको सधैँ अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसलाई उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ, कसैलाई डर हुँदैन, सबैको कल्याण हुन्छ । यस्तो वातावरण बनाउनु समाज तथा राष्ट्रको कर्तव्य हो ।

८. अति नैतिकवान् नबन्नुहोस् र अरूबाट पनि त्यस्तो आशा नगर्नुहोस् ।
नैतिकवान् बन्नु राम्रो कुरा हो र बन्नु पनि पर्छ । तर, राम्रै कुरामा पनि जब अति गरिन्छ, त्यो प्रत्युत्पादक बन्न जान्छ ।  समाजमा कोही मानिस अति नै नैतिकवान् हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन्, अरूलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षण ध्यान पुर्याउँछन् । तर, समाज त्यस्तो छैन, जसका कारण यस्ता मानिसले समाजबाट धोका पाउँछन् र मन दुखाउन पुग्छन् । उनीहरूलाई मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनुपर्ने हुन्छ, न कि हरेक कुरामा अत्यन्तै ठिकसँग चल्नुपर्छ, अर्थात्, मानिस र परिवेशअनुसार नै आफूलाई ढाल्नुपर्ने हुन्छ ।

केही मानिसलाई आफूले गरेकोबाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन्, जस्तै, कोठा सफा गरेको मन नपर्ने, आफैँले सफा गर्नुपर्ने । यस्तो हुँदा दैनिक जीवनमा अप्ठ्यारो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिकवान् भई बाँच्न गाह्रो छ । त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।

९. मनका कुरा अरूलाई भन्ने बानी गर्नुहोस् ।
हामीमा ठूलो समस्या आउँदा पनि अरूलाई नभन्ने बानी हुन्छ, जसले मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसरकुकरझैँ विस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल भएजस्तै हामीमा पनि हलचल हुन सक्छ । काम नबन्दा हातखुट्टा नचल्ने भई हामी बिरामी पर्छौं । त्यसैले मन गुम्सिएर रहेको कुराले पनि आफूलाई तनाव बढाउँछ । त्यस्ता कुरा आफ्नो मनखाने मानिससित भन्नुपर्छ, आफ्नो मनको वेदना अरूलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

१०. रोगसित आत्तिने र अनावश्यक चिन्ता लिने नगर्नुहोस् ।
पहिले–पहिले मानसिकरोग भनिन्थ्यो, तर अहिले मनोरोग भन्ने गरिन्छ । मनोरोग भनेको अति सामान्य टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । त्यसैले अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि, मेरो दिमाग नै आउट हुन्छ, तर त्यस्तो हुँदैन । त्यसैले आत्तिनुहुँदैन । सामान्य मनोरोग लोगेका बिरामीले अनावश्यक चिन्ता लिनुहुँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै