शल्यचिकित्सकको साहित्यसाधना

भरतपुर अस्पतालका प्रा.डा. कृष्णप्रसाद पौडेल चितवनका व्यस्त चिकित्सक हुन् । अस्पतालमा मेसुको समेत जिम्मेवारी सम्हालिसकेका पौडेलको फेसबुक पेजमा नियमित कविता तथा लघुकथाहरू पढ्न सकिन्छ । दिनभर बिरामीको उपचारमा तल्लीन हुने पौडेल फुर्सदको समयमा कथा, कविता, निबन्ध तथा विभिन्न समसामयिक लेख लेख्ने गर्छन् । पौडेल समाजमा देखे–भोगेका कुराहरूलाई समेटेर साहित्य सिर्जना गर्दै आएका छन् ।

‘खुसीहरूको वनवास’ पौडेलको दुई वर्षअघि प्रकाशित कविता–संग्रह हो । ३९ कविता संगृहीत यो कृति ०७४ मा बजारमा आइसकेको छ । उनका विभिन्न यात्रासंस्मरण तथा लेखहरू पनि प्रकाशित छन् । उनका अन्य एक दर्जन कविता, मुक्तक, हाइकु, अरुणको तिरैतिर २०५३, गुर्खाले शिर उँचो पार्दा २०६७, सिड्नी भ्रमण : बिर्सन नसकिने दृश्यहरू २०७१, सोरोची नदीको किनारैकिनार जापानको पुरानोतिर नेपाली चिकित्सक २०७२ यात्रा संस्मरण प्रकाशन भइसकेका छन् । कालान्तर २०४५ लघुकथा, होली २०५४ लेख र कम्मरको दुखाइ निबन्ध पनि पौडेलबाट जन्मिसकेका छन् ।

भरतपुर अस्पतालमा अर्थोपेडिक र स्पाइनल सर्जनका रूपमा कार्यरत पौडेल १९ वर्षदेखि चिकित्सा पेसामा आबद्ध छन् । पौडेलले यसअघि पर्वत अस्पताल र रत्ननगर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन् ।

पौडेलले हाडजोर्नी र मेरुदण्डमा हुने ट्युमरबारे लेख लेखेका छन् । यस्तै, पौडेलका मेडिकल शिक्षाबारे हाम्रो ध्यान, डाक्टर विज्ञापन नगर, स्पाइनल इन्जुरी र पुनःस्थापना केन्द्रको आवश्यकता, चिकित्सकहरूप्रति किन असहिष्णु बन्दै छ समाज, सामुदायिक स्वास्थ्यबिमा एक विश्लेषण, डाक्टरमाथिको आक्रमण चिन्ताको विषय, डाक्टरको हड्ताल र केही प्रसंगहरू, के समाजवाद आउला ? लगायत लेखहरू प्रकाशित छन् । केही निबन्ध र कविता–संग्रह प्रकाशनको चरणमा रहेको पौडेल बताउँछन् ।

वि.सं. २०२९ साल कात्तिक १४ गते पदमपुरमा जन्मिएका पौडेलले साहित्यमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न संघ–संस्थाले उनलाई सम्मानसमेत गरेका छन् । यसै वर्ष भनुजयन्तीका अवसरमा रत्ननगर नगरपालिका र वाल्मीकि साहित्य सदनले साहित्यकार पौडेललाई नगद राशिसहित सम्मानित गरे । चितवनमा भएका छुट्टाछुट्टै कार्यक्रममा पौडेलको कविता ‘खुसीहरूको वनवास’लगायत साहित्यका विविध विधामा कलम चलाएर नेपाली साहित्यको भण्डार मजबुत बनाउनमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको थियो ।

जनस्वास्थ्य, मानवसेवा, समाजसेवामा निरन्तर सक्रिय पौडेलले चितवनको पर्यटकीय नगरी सौराहा र रत्ननगरको पर्यटन क्षेत्रको विकासका लागि कला र साहित्यको क्षेत्रमा योगदान पुर्याएकाले उनलाई सम्मान गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । सम्मान ग्रहणपछि पौडेलले स्वास्थ्यक्षेत्रमा समाजका लागि केही योगदान गर्ने अवसरसँगै सिर्जना र साहित्यको क्षेत्रमा पनि कलम चलाउन हौसला मिलेको प्रतिक्रिया दिए । पौडेलले सम्मानसँगै पाएको नगत पुरस्कार १० हजार रूपैयाँ भानु प्रेरण पुस्तकालयलाई सहयोगस्वरूप प्रदान गरे ।

उनका अन्य एक दर्जन कविता, मुक्तक, हाइकु, अरुणको तिरैतिर २०५३, गुर्खाले शिर उँचो पार्दा २०६७, सिड्नी भ्रमण ः बिर्सन नसकिने दृश्यहरू २०७१, सोरोची नदीको किनारैकिनार जापानको पुरानोतिर नेपाली चिकित्सक २०७२ यात्रा संस्मरण प्रकाशन भइसकेका छन् । कालान्तर २०४५ लघुकथा, होली २०५४ लेख र कम्मरको दुखाइ निबन्ध पनि पौडेलबाट जन्मिसकेका छन् ।

भरतपुर अस्पतालमा अर्थोपेडिक र स्पाइनल सर्जनका रूपमा कार्यरत पौडेल १९ वर्षदेखि चिकित्सा पेसामा आबद्ध छन् । पौडेलले यसअघि पर्वत अस्पताल र रत्ननगर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन् ।

पौडेल विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रूपमा आबद्ध छन् । उनी नेपाल चिकित्सक संघको केन्द्रीय सदस्यसमेत हुन् । अहिले भानु प्रेरण पुस्तकालय बकुलहरको अध्यक्ष छन् । पौडेल रोटरी क्लब चितवनको उपाध्यक्षको जिम्मेवारीमा छन् । उनी चितवन साहित्य परिषद्को आजीवन सदस्यसमेत हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बढ्दै दुर्घटना, थपिँदै मेरुदण्डको चोट, उद्धारकै क्रममा झन् बिग्रन्छ घाइतेको अवस्था

नेपालमा सवारी दुर्घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसका कारण बार्षिक दुईहजार भन्दा बढि मानिसको ज्यान जाने गरेको छ ।। भने, १० हजार भन्दा बढी घाईते हुने गरेको तथ्यांक छ । तर, घाईतेको उद्दार एवं अस्पतालसम्म ल्याउने क्रममा सावधानी नअपनाउँदा स्पाइनल इन्जुरीका बिरामीको सहज उपचारमा समस्या हुने गरेको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा . कृष्णप्रसाद पौडेलका अनुसार लड्ने समयमा हातखुटटा चल्ने वा रिकभर गर्न सकिने हुँदा पनि सामान्य सावधानीको अभावमा अस्पताल ल्याउने क्रममा धेरैले बाँचेपनि जीवनभर ओछ्यान पर्नुपर्ने अवस्था आउने गरेको छ । डा. पौडेलले भने, ‘झ्याइकुटी पार्दै बोरा फालेजसरी एम्बुलेन्स, गाडीमा राख्दा घाइतेको चोट झनै बल्झिने र अवस्था थप बिग्रने गरेको छ ।’

लामो समयसम्म उकालो ओरालो गर्ने, वा दैनिक श्रमजन्य क्रियाकलापका कारण बढ्दो उमेरमा हड्डीमा देखिन्छ । तीबाहेक सडक दुर्घटना, भीरबाट लडेर, रुखबाट खसेर वा अन्य कुनै रोगको समयमा उद्धार र उपचार हुन नसक्दा तथा उद्धारका क्रममा हुने असावधानी र अज्ञानताले स्पाइनल इन्जुरी हुने

चिकित्सकहरुका अनुसार लडेर तथा बिभिन्न कारण मेरुदण्डमा लाग्ने चोटको अवस्थालाई स्पाईनल इन्जुरी भन्ने गरिएको छ । विज्ञहरुका अनुसार घाँटीदेखि कम्मरसम्म रहेका ३३ वटा हड्डी हुन्छ । दुर्घटना वा चोटबाहेक हड्डी खिइने, मेरुदण्डभित्रको नसा च्यातिने, च्यापिनेसम्म हुन्छ । जसले बिरामी पक्षघातको अवस्थामा पुग्ने गरेका छन् ।

लामो समयसम्म उकालो ओरालो गर्ने, वा दैनिक श्रमजन्य क्रियाकलापका कारण बढ्दो उमेरमा हड्डीमा देखिन्छ । तीबाहेक सडक दुर्घटना, भीरबाट लडेर, रुखबाट खसेर वा अन्य कुनै रोगको समयमा उद्धार र उपचार हुन नसक्दा तथा उद्धारका क्रममा हुने असावधानी र अज्ञानताले स्पाइनल इन्जुरी हुने गरेको एसोसियसन अफ स्पाइनल सर्जन अफ नेपालका अध्यक्ष डा. रविन्द्रलाल प्रधानले बताए ।

दुर्घटना वा अन्य घाइतेलाई घाँटी (गर्धन), शरिर, खुट्टालाई हलचल नहुनेगरी सन्तुलित रुपमा उद्वार गर्ने, सावधानीपुर्वक अस्पताल ल्याइएमा धेरै घाइतेलाई पुर्ववत अवस्थामै फर्काउन सकिने डा. प्रधान बताउँछन् । चिकित्सकहरुका अनुसार ढाड, घाँटी दुख्ने समस्यालाई वेवास्ता गर्दा समेत पछि मेरुदण्डमा खराबी आउने गरेको छ । मेरुदण्डमा समस्या आउँदा त्यसको असर मुटु र फोक्सोमा समेत पर्ने गरेको अनुभव चिकित्सकहरुको छ ।
स्पाइनल इन्जुरीका बिरामीहरु दैनिक बढ्दै गएका छन् ।

नेपालमा बार्षिक १ हजार भन्दा बढि बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । ती मध्ये अधिकांश सवारी दुर्घटनामा पनि घाईते छन् । चोटपटक, संक्रमण, हड्डीको क्षयरोग, ट्युमर जस्ता कारणले मेरुदण्ड (स्पाइन) मा समस्या आउने गर्छ । मेरुदण्डले शरीरलाई सिधा राख्न सहयोग गर्छ । मेरुदण्डमा चोट लाग्दा केहीमा पक्षघातको समस्या हुने गर्छ । ‘मेरुदण्डको बीचमा रहेको सुषुम्नामा चोट लागेमा त्यस मुनिका अंगले काम गर्न सक्दैनन् र तलका अंगहरु सुचना विहिन हुन पुग्छन्’, प्रधानले भने, ‘मेरुदण्डमा चोट लाग्नै नदिन’ सावधानि अपनाउन’ राम्रो हो, चोट लागिहालेमा तत्कालै उपचार गराउनुपर्छ ।’

नेपालमा बार्षिक १ हजार भन्दा बढि बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । ती मध्ये अधिकांश सवारी दुर्घटनामा पनि घाईते छन् । चोटपटक, संक्रमण, हड्डीको क्षयरोग, ट्युमर जस्ता कारणले मेरुदण्ड (स्पाइन) मा समस्या आउने गर्छ । मेरुदण्डले शरीरलाई सिधा राख्न सहयोग गर्छ । मेरुदण्डमा चोट लाग्दा केहीमा पक्षघातको समस्या हुने गर्छ ।

लडेर वा खेलकुदका क्रममा शरीरको सन्तुलन बिग्रिई ढाडमा चोटपटक लाग्दा वा सड्किँदा पनि नशा च्यापिन सक्छ । अर्को तर्फ सवारी दुर्घटना हुँदा मेरुदण्डमा चोटपटक बढी हुने सम्भावना हुन्छ । त्यस कारण सवारी दुर्घटना हुँदा ट्राफिकदेखि आम सर्वसाधरणले अस्पताल ल्याउँदा घाइतेको विशेष ख्याल गर्नुपर्ने भरतपुर अस्पतालका अर्थोपेडिक्स सर्जन डा. विश्वराज अधिकारीले बताए । विगतमा मेरुदण्डको शल्यक्रिया (स्पाइनल सर्जरी) अर्थोपेडिक वा न्यूरोसर्जनहरुले गर्दथे । हाल स्पाइनल सर्जनकै संख्या बढोत्तरीसँगै उनीहरुले नै शल्यक्रिया गर्दै आएका छन् ।

समगोष्ठी सम्पन्न
चितवनमा ‘सुषुम्ना नाडीको चोटपटक र संक्रमण’को विषयमा एक दिने समगोष्ठि भएको छ । भरतपुर अस्पताल र एसोसियसन अफ स्पाईनल सर्जन अफ नेपालले संयुक्त रुपमा राजधानी बाहिर पहिलो पटक भरतपुरमा शुक्रबार सम्पन्न भएको छ। सवारी दुर्घटनाका कारण स्पाईनल इन्जुरीका बिरामीहरुको संख्या बढेकाले यसको उपचारमा सहजता ल्याउन समगोष्ठि गरिएको भरतपुर अस्पतालका मेसु प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए । गोष्ठिमा देशभरका ६० जना डाक्टरको सहभागिता रहेको थियो ।

समगोष्ठीमा एक दर्जन विशेषज्ञ सर्जनहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । डा. व्यापक पौडेल, डा. दिपक श्रेष्ठ, राजेशकुमार चौधरी, सुरज बज्राचार्य, विनोदमान विजुक्छे, डा. अर्जुन श्रेष्ठ, डा. सुरेश पाण्डे, डा. कृष्णप्रसाद पौडेल, डा. रोहितकुमार पोखरेल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । नयाँ प्रविधि अबलम्वन गर्दै उपचार अभ्यासबारेमा कृत्रिम हार्ड (मोडल वोन) मा प्रयोगात्मक कक्षा समेत चलाइएको थियो ।

शुक्रबार दिन भर सञ्चालन भएको गोष्ठिमा घाँटी, ढाड र उपचार गर्ने पद्धतिका विषयमा छलफल भएको पौडेलले जानकारी दिए । नेपालमा स्पाईनल ईन्जुरीका शल्यक्रिया गर्न सक्ने ४० जना चिकित्सक रहेको उनिहरुले बताएका छन् । “मुख्य शहरका अस्पताल दक्ष जनशक्ति छन्, तर ग्रामीण क्षेत्रमा अपुग छ”, पौडेलले भने, “सबै अस्पतालमा स्पाइनल सर्जरीको सेवा विस्तार गर्नुपर्छ ।” दुर्घटना भएपछि घाईतेलाई हलचल नहुने गरि समातेर अस्पताल ल्याउनुपर्ने उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सञ्चालन खर्च धान्न धौधौ छ, सरकार भन्छ– ५ सय शय्याको रेफरल अस्पताल

५ असोजमा भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त हुँदा प्रा.डा. कृष्णप्रसाद पौडेल निकै उत्साहित देखिन्थे । मेसुमा नियुक्तिलगत्तै उनले सञ्चारकर्मीसँग अस्पतालको भावी योजना बुँदागत रूपमा राखेका थिए । भरतपुर अस्पताललाई देशकै नमुना सरकारी अस्पताल बनाउने उनको पहिलो लक्ष्य थियो । तर, अहिले अस्पतालको भौतिक संरचना रल्याबको सेवा विस्तार गर्न नपाएकोमा उनी चिन्तित छन् ।
‘प्रदेश सरकारले भरतपुर अस्पताललाई ५ करोड रुपैयाँ पठाएको छ । यो रकमले चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन पनि पुग्दैन,’ बुधबार भरतपुर अस्पतालले गरेको अन्तरक्रियामा प्रा.डा. पौडेलले भनेका थिए, ‘चिकित्सक तथा कर्मचरीका लागि ६ करोड चाहिन्छ । यसरी अस्पतालको विकास कसरी गर्न सकिन्छ?’
भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको हजार शय्याको शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना छ । यो लक्ष्य तत्कालीन अस्पताल विकास समितिले पनि राखेको थियो । दैनिक १हजार ५ सयभन्दा बढी बिरामी आउने अस्पतालमा सञ्चालन खर्चसमेत पर्याप्तन आउँदा विकासले गति लिन नसकेको उनले बताए । अहिले बिरामीको अत्यधिक चापका कारण अस्पतालमा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । यतिखेर भिड कम गर्नु पनि अस्पतालसामु चुनौती छ ।

मन्त्रिपरिषद् बैठकले भरतपुर अस्पताललाई ५ सय शय्याको रेफरल अस्पताल बनाउने निर्णय गरेको छ । यो भनेको अति विशिष्ट उपचार सेवा उपलब्ध अस्पताल बनाउने हो । तर, बजेट भने नआएको प्रा.डा. पौडेलको भनाइ छ ।

भरतपुर अस्पताल केन्द्र सरकारमातहत रहने कि प्रदेश सरकारअन्तर्गत रहने भन्ने अन्योलका कारण पनि रकम निकासा हुन नसकेको उनले बताए ।‘६ सय शय्याको भरतपुरजस्तो ठूला अस्पताल संघीय सरकार मातहत जाने निर्णय भएको थियो । तर, अहिलेसम्म निर्णय नभएपछि बजेट आउन सकेको छैन,’ भरतपुर अस्पताललाई नमुना अस्पताल बनाउने लक्ष्य राखेका प्रा.डा. पौडेलले भने, ‘सरकारी अन्योलका कारण हामीले काम गर्न सकेका छैनौँ ।’ उनले यसवर्ष अस्पतालको विकासका लािग ४० करोड रुपैयाँ माग गरेको बताए ।

मन्त्रिपरिषद् बैठकले भरतपुर अस्पताललाई ५ सय शय्याको रेफरल अस्पताल बनाउने निर्णय गरेको छ । यो भनेको अति विशिष्ट उपचार सेवा उपलब्ध अस्पताल बनाउने हो । तर, बजेट भने नआएको प्रा.डा. पौडेलको भनाइ छ । हाल अस्पताल विकास समितिमार्फत ३ सय शय्यामा सञ्चालित छ । विकास समितिमार्फत सञ्चलित सेवाबाट उठेको शुल्कले अस्पताल सञ्चालन खर्च धानिरहेको उनले जानकारी दिए ।

‘अस्पतालमा बिजुली खर्च मात्र प्रतिमहिना २८ लाख रुपैयाँभन्दा बढी आउँछ । केही उपकरण बिग्रिए मर्मत गर्न गाह्रो हुने अवस्था छ । सामान्य सञ्चालन खर्चदेखि एमआरआई मेसिन किन्नुपर्नेसम्मको दायित्व छ । बच्चाका लागि पिआइसियू बनाउनु छ । यी सबका लागि खर्च माग गरेका छौँ, तर सञ्चालन खर्चसमेत नपुग्ने बजेट आउँछ,’ असीमित आवश्यकता र सीमित स्रोत–साधनबीचको खाडल देखाउँदै उनले भने, ‘यही अवस्थामा यहाँको विकास गर्न कठिन छ ।’

अस्पतालमा बिरामीको चाप बढी भएकाले सामान्य बजेटले खर्च नधान्ने उनले बताए । ‘अस्पतालमा बिजुली खर्च मात्र प्रतिमहिना २८ लाख रुपैयाँभन्दा बढी आउँछ । केही उपकरण बिग्रिए मर्मत गर्न गाह्रो हुने अवस्था छ । सामान्य सञ्चालन खर्चदेखि एमआरआई मेसिन किन्नुपर्नेसम्मको दायित्व छ । बच्चाका लागि पिआइसियू बनाउनु छ । यी सबका लागि खर्च माग गरेका छौँ, तर सञ्चालन खर्चसमेत नपुग्ने बजेट आउँछ,’ असीमित आवश्यकता र सीमित स्रोत–साधनबीचको खाडल देखाउँदै उनले भने, ‘यही अवस्थामा यहाँको विकास गर्न कठिन छ ।’

भरतपुर अस्पताल जिल्लास्तरको नभई केन्द्रीयस्तरको अस्पतालका रूपमा विकास भइरहेको छ । पौडेलले यस अस्पताललाई गुणस्तरीय सरकारी मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएका छन् । यस अभियानमा भर्खरै अस्पताल सञ्चालक समितिको अध्यक्षमा नियुक्त खिमलाल भण्डारीले सहयोग गर्ने बताएका छन् । ‘म भरतपुर अस्पतालको विकास गर्न आएको छु । यसका लागि सबै नागरिक समाजको साथ चाहिन्छ,’ अन्तरक्रिया कार्यक्रममा भण्डारीले भने, ‘यहाँको विकास लागि बजेट माग्न प्रदेशदेखि केन्द्र सरकारसम्म पहल गर्छु ।’

नागरिक समाज समिति गठन
यसैबीच, भरतपुर अस्पतालले नागरिक समाज समिति गठन गरेको छ । अस्पतालसँग सहकार्य गर्ने उद्देश्यले अस्पतालले स्थानीय टोल विकास समिति तथा विभिन्न गैरसरकारी संस्थालाई समेटेर नागरिक समाज समिति गठन गरेको हो । चितवन उद्योग संघलाई समितिको संयोजक बनाइएको मेसु प्रा.डा. पौडेलले जानकारी दिए ।
यसैगरी सदस्यहरूमा उद्योग वाणिज्य संघ चितवन, गैरसरकारी संस्था समन्वय समिति महासंघ चितवन, भ्रष्टाचार विरुद्धको अभियान चितवन, सहभागी संस्था, आइसिएमसी र भरतपुर अस्पताल नजिकका टोल सुधार समितिलाई समेटिएको छ । समितिको सदस्य–सचिव भरतपुर अस्पतालको सामाजिक एकाइलाई तोकिएको छ ।
अस्पतालको विकासमा सहज हुने भएकाले नागरिक समाज गठन गरिएको मेसु पौडेलले बताए । अस्पतालभित्र हुने अनियमिततालाई औँल्याई सल्लाह–सुझाब दिने गरी समिति गठन गरिएको हो ।

नागरिक अगुवाको गुनासोः सेवा सर्वसुलभ भएन
उता, नागरिक अगुवाहरूले भरतपुर अस्पतालले सर्वसुलभ रूपमा अझै पनि उपचार दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले उपचारका क्रममा बिरामीले टिकट तथा ल्याबको रिपोर्ट लिनदेखि औषधि किन्नसमेत लामो समय लाइनमा बस्नुपर्ने बाध्यता यथावत् रहेको बताएका छन् । अहिले भरतपुर अस्पतालमा आएका दुर्घटनाका बिरामीलाई पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा रेफर गर्ने क्रम बढेको उनीहरूको आरोप छ ।
अस्पतालका सञ्चालक समिति अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा उद्योग–वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, आदर्श गृहकी अध्यक्ष मीना खरेल, पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष हरिप्रसाद पोख्रेललगायतले धारणा राखेका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै