सुत्केरीपछिको स्याहार के हो ? कसरी गर्ने ?

सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । यो एक परिवारका लागि र एउटी आमाका लागि खुसीको क्षण त हुँदै हो, ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन हुनुपर्ने र उपचारका साथै स्याहार पाउनुपर्ने समय पनि हो । यो समयमा महिला पूरै बच्चासँग लीन हुन्छन् । यस अवस्थामा पूर्ण रूपमा आराम गर्नुपर्छ, साथै सुत्केरीपछिको चेकअपका लागि अस्पताल गइरहनुपर्छ ।

मातृत्वको समायोजन
महिलालाई विशेषगरी पहिलो बच्चा प्राप्तिपछि सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूर्ण हुन्छ । बच्चाको स्याहारमा सम्पूर्ण ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ ।
प्रायः नयाँ आमाहरू कम्तीमा ६ हप्तासम्म काममा फर्किन सक्दैनन् । कामकाजी महिला छन् भने एकातिर कामको पनि मानसिक चाप हुन्छ भने अर्कोतर्फ शरीर सामान्य अवस्थामा फर्किन समय लाग्छ । नयाँ बच्चालाई पटक–पटक आमाको दूध चुसाउनुपर्छ । बच्चामा पनि हरेक दिन परिवर्तन देखापर्छ । आमाले निदाउन पनि राम्रोसँग नपाउने हुनाले थकानका साथै मानसिक असन्तुलन पनि देखिन सक्छ । तर, खुसीको कुरा, यी सब कुरा बिस्तारै नियमित बन्दै जान्छन्, अर्थात् बच्चाको र आमाको परिवारमा समायोजन हुँदै जान्छ ।

घरमा नयाँ बच्चा आएपछि पूरै परिवारको संरचनामा बदलाव आएको अनुभूति हुन्छ । यो समयमा श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्रोसँग समय दिन पनि भ्याउँदैनन् । यसबाट उत्पन्न हुने कठिनाइले केही असमझदारी पनि सिर्जना हुन सक्छ । तर, धैर्य र समझदारीले बिस्तारै समाधान पनि दिँदै जान्छ । हरेक परिवारमा परिवर्तन आउँछन् भन्ने बुझ्नुपर्छ । बच्चा हुर्कंदै गर्दा सबै असहजता भुल्दै गइन्छ ।

प्रसूतिपश्चात् ध्यान दिनुपर्ने कुरा
१. प्रशस्त आराम गर्नुहोस्
सुत्केरी अवस्थामा मुख्य ध्यान पु-याउनुपर्ने कुरा प्रशस्त आराम हो । बच्चा सुतेको समयमा आमा पनि सुतिहाल्नुपर्छ ।
२. सरसफाइमा ध्यान दिनुहोस्
सुत्केरी समयमा ध्यान नदिएर जोखिम निम्त्याउन सक्ने अर्को महत्वपूर्ण कारण सरसफाइको कमी हो । आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सरसफाइ महत्वपूर्ण कुरा हो । सानो लापरबाहीले पनि बच्चामा इन्फेक्सनको जोखिम हुने हुँदा निकै सचेत हुनुपर्छ ।

धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

३. सहयोग लिनुहोस्
परिवार तथा साथीभाइसँग सहयोग लिन नहिच्किचाउनुहोस् । बच्चालाई खाना तयार गर्ने, लुगाफाटोको व्यवस्थापन गर्नेलगायत कुरामा आफैँ नखटुनुहोस् ।
४. स्वस्थ खाना खानुहोस्
सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एउटा मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो । यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ । आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्छ । तर, धेरै घिउ भने खानुहुँदैन । प्रोटिनयुक्त खाना प्रशस्त खानुपर्छ ।

५. सन्तुलित व्यायाम गर्नुहोस्
धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

प्रसूतिपछिको डिप्रेसन
प्रसूतिपछिको डिप्रेसन सामान्य नै मानिन्छ । यो प्रायः बच्चा जन्मेको केही दिनपछि देखिन थाल्छ र दुई हप्तासम्म रहन्छ । अधिकांश महिलामा यसको लक्षण नदेखिन सक्छ । करिब ७० देखि ८० प्रतिशत महिलामा भने टोलाउने तथा नकारात्मक भावना आउने हुन्छ । प्रसूतिपछि एकैपटक हर्मोनल परिवर्तन आउनुका साथै बाहिरी वातावरणमा पनि परिवर्तन आउने हुनाले यस्तो हुन्छ ।

सामान्य लक्षण
नबोल्ने, कराउने ।
झन्झट लाग्ने ।
अनिद्रा ।
दुःखी हुने ।
मुड चेन्ज हुने ।
कता–कता हराउने ।
यदि यस्ता खालका समस्या दुई साताभन्दा बढी रहेमा वैराग्य लाग्ने तथा गिल्टी फिल हुने हुन्छ । कहिलेकाहीँ यस्तो समस्या भएका वेला पारिवारिक सपोर्ट भएन भने आमाले परिवारसँग बस्न मन नपराउने, बच्चालाई पनि माया नगर्नेजस्ता लक्षण देखाउँछन् । यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्ने हुन्छ ।

शारीरिक परिवर्तनविरुद्ध संघर्ष
संवेगात्मक परिवर्तन सँगसँगै यो समयमा महिलाले शारीरिक परिवर्तन पनि झेल्नुपर्ने हुन्छ । मोटोपन, छाला तन्कने, नङ, छाला, कपाल संवेदनशील हुने, ढाड दुख्ने, स्तन ठूलो हुनेजस्ता समस्या प्रसूतिपछि देखिने साझा समस्या हुन् । धेरै महिला यी समस्याका कारण चिन्तित भएको पाइन्छ । यी सबै समस्याको समाधान रातारात हुने होइन । चिकित्सकले व्यायाम गर्नका लागि अनुमति दिएपछि मध्यमखालको व्यायाम सुरु गरिहाल्ने, खानपानमा नियमित ध्यान दिने, स्तनपान गराउने र सकारात्मक सोच्ने गर्नाले बिस्तारै ठिक हुँदै जान्छ । साथै, अन्य शारीरिक परिवर्तन पनि देखापर्न सक्छन् ।

यस्ता शारीरिक परिवर्तन देखिए के गर्ने ?

स्तन सुन्निने
दूध भरिने हुनाले सुत्केरीपछि स्तन ठूलो हुनु सामान्य हो, तर सुन्निँदा पक्कै पनि असहज हुन्छ । यस्तो वेला तातोपानी या आइसले सेक्न सकिन्छ । साथै, निप्पलमा दुखाइ कम हुने मलम लगाउन सकिन्छ ।

कब्जियत
प्रसूतिपछि देखिने प्रमुख समस्या कब्जियत पनि हो । हाम्रो परम्परागत मान्यताअनुसार त झन् यो वेलामा हरियो तरकारी, फलफूल तथा पानी कम खाने प्रचलन छ, जसले कब्जियत झन् जटिल बनाउँछ । प्रशस्त मात्रामा फाइबरयुक्त फलफूल तथा तरकारीका साथै झोलिलो खाना खानुपर्छ । सामान्य व्यायाम पनि कब्जियतसँग छुटकारा पाउन सहयोगी हुन्छ ।

पेल्भिक फलोर परिवर्तन
रेक्टम र भेजिनाको बीचको भागलाई पेरिनम भनिन्छ । बच्चा जन्मिने समयमा यो तन्किन्छ र स–सान छिद्रहरू बन्छन् । शल्यक्रिया गर्नुपर्यो भने त्यहाँ चिर्नुपर्छ । चिरेको ठाउँमा आइस प्याक लगाउने, पिलोमा बस्ने र किगल एक्सरसाइज गर्दा फाइदा पुग्छ ।
चिटचिट पसिना आउने
हर्मोनल परिवर्तनले गर्दा बेलुकीपख पसिना आउने हुन सक्छ । कोठाको वातावरण कुल बनाउनुपर्छ तर बच्चालाई चिसो लाग्ने कुरामा भने सचेत हुनुपर्छ ।
पिसाबमा कठिनाइ
बच्चा जन्मिएपछि आमालाई पिसाबमा कठिनाइ हुनु सामान्य हो । नर्मल डेलिभरीमा त झन् यो समस्या बढी नै हुन्छ । पिसाबमा संक्रमण फैलिएर थप समस्या ननिम्त्याउनका लागि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

योनिस्राव
बच्चा जन्मेको दुईदेखि चार हप्तासम्म आमामा योनिस्राव हुनु सामान्य नै मानिन्छ । यस्तो समयमा सफा सेनिटरी नेप्किन प्रयोग गर्नुपर्छ । तर, कपडाको प्याड, पानीको फोहोरा प्रयोग गर्नुहुँदैन । योनि संवेदनशील हुने हुनाले संक्रमण हुनुका साथै घाउ हुने कुरामा सचेत हुनुपर्छ । यदि दुर्गन्ध आइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भरतपुर अस्पतालमा दैनिक १५ जनाको शल्यक्रियामार्फत प्रसूति, स्वास्थ्यकर्मी नै रोज्छन् कैँची

भरतपुर महानगरपालिका–२३ जगत्पुरकी सिर्जना तिमिल्सिना गर्भवती भएसँगै प्रत्येक महिना स्वास्थ्यपरीक्षण गर्ने गर्थिन् । चिकित्सकको सल्लाहअनुसार नै तिमिल्सिनाले भरतपुर अस्पतालमा भिडियो एक्स रे पनि गराइन् । गर्भमा रहेको शिशु एक्स रेमा स्वस्थ देखिए । मिति तोकिएको दिन सुत्केरी हुन आएकी तिमिल्सिनालाई शल्यक्रिया गरेर बच्चा जन्माउन चिकित्सकले सल्लाह दिए । ‘प्रत्येक महिना स्वास्थ्यजाँच गराउँदै आएकी थिएँ ।

भरतपुर अस्पतालमा आएर ३, ६ र ९ महिनामा भिडियो एक्स रे पनि गराएँ । त्यतिखेर डाक्टरले सबै ठिक छ भन्नुभयो । १४ फागुनका लागि बच्चा जन्मने दिन तोकिदिनुभयो । चिकित्सकको सल्लाहबमोजिम सुत्केरी हुन भरतपुर अस्पताल आउँदा बच्चा घुमेको छ, अप्रेसन गर्नुपर्छ भन्नुभयो,’ उनले भनिन्, ‘आफ्नो ज्यानै जाने भनेपछि अप्रेसन गरेर अहिले बाबु जन्मिएको छ ।’ शल्यक्रियाको तयारीविनै उनी अस्पताल आएकी थिइन् । तर, रिपोर्ट राम्रै भए पनि एक्कासि शल्यक्रिया गर्नुपर्दा उनी दुःखी छिन् ।

‘गर्भवती भएपछि स्वास्थ्यपरीक्षण गर्न हेल्थपोस्ट गराइराख्थेँ । भरतपुर आएर पनि चारपटकसम्म भिडियो एक्स रे गराएकी थिएँ । राम्रै भन्नुभएको थियो । चिकित्सकले तोकेको सुत्केरी हुने मितिअनुसार आइतबार अस्पताल आउँदा पाठेघरमा पानी कम भएको भन्दै शल्यक्रिया गर्न सुझाब दिनुभयो,’ पौडेलले लामो सुस्केरा हाल्दै भनिन्, ‘बच्चा र मलाई अहिले राम्रै छ ।’

पदमपुरकी सुस्मा पौडेल बच्चा जन्माएर अहिले भरतपुर अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको पनि चिकित्सकले शल्यक्रिया गरेर बच्चा जन्माइदिएका हुन् ।

पटक–पटक स्वास्थ्यपरीक्षण गर्दा शिशु र आमाको स्वास्थ्य राम्रो देखिए पनि अन्तिम चरणमा चिकित्सकले शल्यक्रिया गर्न सुझाब दिए । ‘गर्भवती भएपछि स्वास्थ्यपरीक्षण गर्न हेल्थपोस्ट गराइराख्थेँ । भरतपुर आएर पनि चारपटकसम्म भिडियो एक्स रे गराएकी थिएँ । राम्रै भन्नुभएको थियो । चिकित्सकले तोकेको सुत्केरी हुने मितिअनुसार आइतबार अस्पताल आउँदा पाठेघरमा पानी कम भएको भन्दै शल्यक्रिया गर्न सुझाब दिनुभयो,’ पौडेलले लामो सुस्केरा हाल्दै भनिन्, ‘बच्चा र मलाई अहिले राम्रै छ ।’

पछिल्ला वर्षहरूमा भरतपुर अस्पतालमा शल्यक्रियाबाट प्रसूति हुनेक्रम बढ्दै गएको छ । भरतपुर अस्पतालमा प्रसूति हुनेमध्ये २७ प्रतिशतको शल्यक्रिया हुने गरेको छ । भरतपुर अस्पतालका तथ्यांक शाखाका प्रमुख नारायणप्रसाद रिजालका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा मात्र २ हजार १ सय १६ जनाको शल्यक्रियाबाट प्रसूति गराइएको छ ।

चालू आर्थिक वर्षमा भरतपुर अस्पतालमा आएर ७ हजार ८ सय २७ जनाले प्रसूति गराएको जानकारी शाखाप्रमुख रिजालले दिए । त्यसमध्ये ५ हजार ५ सय १५ जनाले स्वाभाविक रूपमा बच्चालाई जन्म दिएका छन् । १ सय ९६ जनाको भने जटिल प्रसूति भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा ३ हजार ४ सय ३६ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए । यस्तै, आर्थिक वर्ष ०७३/७४ मा ३ हजार २ सय ६३ जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा १३ हजार ५ सय २५ जनाले भरतपुर अस्पतालमा आएर प्रसूति गराएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १५ प्रतिशतसम्म शल्यक्रियाबाट प्रसूति राम्रो मानिन्छ । तर, भरतपुर अस्पतालमा भने प्रत्येक वर्ष शल्यक्रिया गर्नेक्रम बढिरहेको छ । विशेषगरी स्वास्थ्यकर्मीहरू नै प्रसूति पीडा बेहोर्न तयार नहुने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउँछन् । ‘बुझेका मानिसहरू नै शल्यक्रिया गराउन तयार हुन्छन्,’ पौडेलले भने, ‘९९ प्रतिशत स्वास्थ्यकर्मी शल्यक्रियामार्फत बच्चा जन्माउँछन् ।’ भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीहरू नै प्राकृतिक रूपमा बच्चा जन्माउन तयार नहुने गरेको उनले बताए ।

भरतपुर अस्पताल रेफरल अस्पताल भएकाले पनि यहाँ शल्यक्रिया बढी गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. युवानिधि बसौलाले बताए । ‘हामीकहाँ पश्चिमको दाङदेखि पूर्वको सिरहासम्मका जटिल केसहरू प्रसूति गराउन आउँछन्,’ बसौलाले भने, ‘त्यसकारण पनि शल्यक्रिया बढी भएको देखिन्छ ।’

गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. श्रीप्रसाद अधिकारीको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाको शल्यक्रियाबाट प्रसूति गराइने गरेको छ । यस अस्पतालमा प्रसूति वार्डमा २५ शय्या भए पनि दैनिक ४० देखि ५० जनाले यहाँबाट प्रसूतिसेवा लिने गरेका छन् । यहाँ आएकालाई रेफर गरेर पठाइँदैन । त्यसकारण भरतपुर अस्पतालमा भुइँमै राखेर पनि प्रसूति गराउने गरिएको अस्पतालले जानाएको छ । सम्बन्धित परिवारले भनेका आधारमा नभई आवश्यक परेको खण्डमा शल्यक्रिया गर्न लगाइने भरतपुर अस्पतालको भनाइ छ ।

कस्तो अवस्थामा गर्नुपर्छ शल्यक्रिया ?
गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. श्रीप्रसाद अधिकारीको भनाइ छ । यस्ता महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जिन (आनुवंशिक गुण) अर्को पिँढीमा सर्ने सम्भावना रहन्छ । तर, शल्यक्रिया गरेर जन्माउँदा यस्तो समस्या नहुने अधिकारीले बताए ।

प्रसूतिको समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसव पीडा लम्बिँदै गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा, तोकिएको समयभन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्थामा, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक शल्यक्रिबाट बच्चा जन्माउनुपर्ने उनले बताए ।

शल्यक्रिया गर्दाका खतरा
अस्पताल आउने कतिपय गर्भवती तथा उनका आफन्त प्राकृतिक बच्चा जन्माउन सक्ने अवस्थामा पनि शल्यक्रिया गरिदिन जोड दिने गर्छन् भने कतिपयले जटिल अवस्थामा पनि शल्यक्रिया गर्न इन्कार गरिरहेका हुन्छन् । शल्यक्रिया गर्दा विशेषगरी सुत्केरी आमाको रगत धेरै बग्ने, घाउ पाक्ने, शरीरका अन्य अंगमा असर गर्ने, शरीर कमजोर हुने र खर्च बढी हुने प्रसूति विभाग प्रमुख डा. अधिकारीले बताए । नर्मल डेलिभरी गर्दा दुखाइ सहन नसक्ने र परिवारले दबाब दिने गर्दा शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सकलाई कारबाही हुन्न– अस्पताल, मन्त्रालयमा उजुरी गर्छौं– आफन्त

प्रसूति गराउनेक्रममा बच्चासहित महिलाको मृत्यु भएको घटनाको छानबिनका लागि समित गठन गरेको शंकरापुर अस्पतालले उपचारमा संलग्न चिकित्सकलाई भने कुनै कारबाही नहुने बताएको छ । अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै आएको पीडित पक्षले भने घटनाबारे अस्पताल गैरजिम्मेवार बनेको भन्दै कानुनी बाटो रोज्ने जनाएको छ । काठमाडौं थलीकी २५ वर्षीया प्रभा ढुंगानाको मंगलबार गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित शंकरापुर अस्पतालमा प्रसूतिका क्रममा मृत्यु भएको थियो ।

आमा र बच्चा दुवैको मृत्युपश्चात् आक्रोशित मृतकका परिवार र आफन्तले अस्पतालपरिसरमा प्रदर्शनलगायत दबाबमूलक गतिविधि गरेपछि अस्पतालले छानबिन समिति गठन गरेको हो । उपचारका क्रममा भएको मृत्युबारे सत्य–तथ्य छानबिनका लागि अस्पतालका कार्यकारी निर्देशक डा. रमेश ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको अस्पतालप्रशासनले जनाएको छ । समितिले ३५ दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउने निर्देशक ढकालले बताएका छन् ।

मृतकको उपचारका संलग्न डा. कविता अधिकारीलाई कारबाही गरिने हल्लाबारेको जिज्ञासामा निर्देशक डा. ढकालले यही केसका आधारमा सम्बन्धित चिकित्सकमाथि कुनै कारबाही नहुने बताए । यस्तो केसमा अस्पतालले नभई मेडिकल काउन्सिलले निर्णय गर्ने उनको भनाइ छ ।

मन्त्रालयमा उजुरी गर्छौं– पीडित परिवार
मृतकका श्रीमान् राजकुमार ढुंगानाले दुःखको घडीमा मुद्दा–मामिलाभन्दा पनि आफूहरूलाई मृतकको अन्तिम संस्कार महत्वपूर्ण भएकाले विनासहमति लाश उठाइएको बताए । ‘हिन्दूसंस्कारअनुसारको १३ दिने मृत्युसंस्कार सकिएपश्चात् हामी मन्त्रालयमा उजुरी गर्छौं,’ उनले भने, ‘अस्पताल प्रशासनले मेडिकल काउन्सिलबाट छानबिन हुने भन्दै प्रक्रिया लम्ब्याएकाले लाश तथा काजक्रियाको कर्म सक्न केही दिनका लागि केसलाई थाती राखिएको हो ।’

के थियो घटना ?
काठमाडौं थलीकी २५ वर्षीया प्रभा ढुंगानालाई प्रसूति व्यथा लागेपछि आफन्तले गोकर्णेश्वर नगरपालिकास्थित शंकरापुर अस्पताल पुर्याएका थिए । प्रभाले सोही अस्पतालमै नियमित गर्भजाँचसमेत गराउँदै आएकी थिइन् । प्रसूतिका क्रममा मंगलबार बच्चासहित उनको अस्पतालमै मृत्यु भएको थियो । जाँचका क्रममा कुनै विशेष समस्या नदेखिएकी प्रभाको सोही अस्पतालमा प्रसूतिका क्रममा मृत्यु हुनुका पछाडि चिकित्सकको हेलचक्य्राइँ नै प्रमुख कारण भएको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

डाक्टरको लापरबाहीका कारण नै आफ्नी श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् राजकुमार ढुंगानाको जिकिर छ । डेलिभरीका क्रममा समस्या देखिएको बिरामीलाई भेन्टिलेसनमा लाने समयसम्म डाक्टर हेर्नै नआएका कारण नै बिरामीको मृत्यु भएको उनी बताउँदै आएका छन् ।
अस्पतालले भने प्रसूतिका लागि अस्पताल आइपुग्नुअगावै पेटमा बच्चा मरिसकेर केस जटिल बनिसकेकाले आमालाई समेत बचाउन नसकिएको जनाएको छ ।
घटनामा अस्पताललाई नै दोषी मानिरहेका मृतकका आफन्त र सर्वसाधारणले बुधबार दिनभर अस्पतालपरिसरमा प्रदर्शन गरेका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै