शल्यक्रियाबाट जन्मिएका बच्चामा अकल्पनीय स्वास्थ्य समस्या हुन्छ, तैपनि अस्पतालले अनावश्यक चिरिरहेका छन्

नेपालमा पछिल्लो समय शल्यक्रियामार्फत प्रसूति गराउने ट्रेन्ड तीव्र गतिमा बढ्दो छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आमा र बच्चाको स्वास्थ्यअवस्थालाई हेरेर बढीमा १५ प्रतिशतसम्म डेलिभरीमा शल्यक्रियाको आवश्यकता पर्छ । तर, यस हिसाबले हेर्दा नेपालको अवस्था विकराल छ । नेपालमा सरकारी स्वास्थ्यसंस्थामा कुल डेलिभरीको ३५ प्रतिशत र निजीमा ८० प्रतिशतसम्म शल्यक्रियामार्फत हुने गरेको तथ्यांक छ । प्रसूतिमा किन यसरी अस्वाभाविक रूपमा शल्यक्रिया (सिजेरियन सेक्सन) मौलाउँदो छ, शल्यक्रियाबाट प्रसूति हुँदा आमा तथा बच्चामा के–कस्ता जोखिम रहन्छन्, महिलामा यसबारे जनचेतनाको स्तर कुन अवस्थामा छ, यीलगायत विषयमा केन्द्रित भएर यौन तथा प्रजनन स्वास्थ्य एवम् जनस्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा शल्यक्रियामार्फत प्रसूतिको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?
नेपाल सरकारको तथ्यांकलाई हेर्ने हो भने सरकारी अस्पतालमा हुने गरेका प्रसूतिमा १६ देखि ३७ प्रतिशतसम्म शल्यक्रिया हुने गरेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार भरतपुर अस्पतालमा ३७ प्रतिशत सि–सेक्सनमार्फत शल्यक्रिया भएको पाइएको छ । निजी अस्पतालमा हेर्ने हो भने यो संख्या ८० प्रतिशतसम्म रहेको पाइएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि औसतमा ३५ प्रतिशत निजी अस्पतालमा हुने देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ५ वर्षको फरकमा हुने गर्छ । पछिल्लो सर्वेक्षणको प्रतिवेदनले सहरिया महिला, पहिलोपटक बच्चा जन्माउने महिला, सम्पन्न घरका शिक्षित महिलाले बढी अप्रेसन गरेर बच्चा पाउने गरेको देखाएको छ ।

पहिलो प्रसूतिका क्रममा अप्रेसन गरिएको छ भने दोस्रोपटक पनि अप्रेसन गर्नुपर्ने सम्भवना बढी हुन्छ । डेनमार्कको एक अनुसन्धानले शल्यक्रियामार्फत जन्मिएका बालकमध्ये करिब ५० प्रतिशतमा पछि गएर दमरोग देखापरेको देखाएको छ ।

महिलामा शल्यक्रियामार्फत प्रसूति गराउँदा पीडा र जोखिम दुवै कम हुन्छ भन्ने धारणा रहँदै आएको छ नि ?
कतिपय महिलाले प्राकृतिक प्रक्रियाबाट बच्चा जन्माउन नचाहने गरेको पाइएको छ । उनीहरूमा दुईवटा बच्चा पाउनका लागि कसले जोखिम लिइरहन्छ भन्ने धारणा छ । तर, यो सोचाइको मुख्य कारण भनेको महिलामा यससम्बन्धी गलत बुझाइ र चेतना अभाव नै हो ।

अस्पतालमा सेवा लिन जाँदा जुनकिसिमको सूचना पाउनुपर्ने हो, त्यो पूर्ण रूपमा नपाएपछि सजिलो उपायका रूपमा अप्रेसन नै रोजिरहेको अवस्था छ । अस्पतालहरूले मानसिक रूपमै महिलालाई अप्रेसन गर्नतर्फ केन्द्रित गराएको पाइन्छ । अप्रेसन गर्दा कति प्रतिशत जोखिम हुन्छ, कति प्रतिशत सामान्य हुन्छ, बच्चा तथा आमामा के–कस्ता जोखिम हुन्छन् जस्ता कुरामा सायदै महिलाको जानकारी पुगेको होला । जनचेतना अभावमै व्यथा नखपी सजिलैसँग अप्रेसनमार्फत प्रसूति हुने बाटो रोज्ने गरेको पाइन्छ ।

शल्यक्रिया गर्दा आमा तथा बच्चामा जोखिम छन् भन्नुहुन्छ, के–कस्ता जोखिम रहन्छन् ?
हाम्रो शरीरमा सानो चोट लाग्दा पनि दीर्घकालसम्म दाग बस्ने गर्छ । अप्रेसन गरेर प्रसूति गराउँदा आमालाई भन्दा पनि बच्चालाई दीर्घकालीन रूपमा जोखिम रहन्छ । आमालाई पहिलोपटक अप्रेसन गरेर प्रसूति भएको हो भने दोस्रोपटक गर्भवती हुँदा सालनाल चिरिएको ठाउँमा टाँसिन सक्ने समस्या आउने गर्छ । त्यसैगरी, ३ वर्षभन्दाअघि नै गर्भवती भएमा पाठेघर फुट्न सक्ने सम्भावना रहन्छ । किनभने, जुन टाँका लगाएको ठाउँ हुन्छ, त्यसको घाउ पूर्ण रूपमा निको भए पनि त्यसको तन्किन सक्ने क्षमता न्यून हुन्छ ।

पहिलो प्रसूतिका क्रममा अप्रेसन गरिएको छ भने दोस्रोपटक पनि अप्रेसन गर्नुपर्ने सम्भवना बढी हुन्छ । डेनमार्कको एक अनुसन्धानले शल्यक्रियामार्फत जन्मिएका बालकमध्ये करिब ५० प्रतिशतमा पछि गएर दमरोग देखापरेको देखाएको छ । १७ हजार ५ सय जना स्वाभाविक रूपमा योनिमार्गबाट जन्मिएका र त्यति नै संख्यामा अप्रेसनमार्फत जन्मिएका गरी १८ वर्ष पूरा भइसकेका ३५ हजार व्यक्तिमा उक्त अनुसन्धान गरिएको थियो । स्वाभाविक रूपमा जन्मिएका र अप्रेसनमार्फत जन्माइएको बराबर संख्याका ती व्यक्तिहरूबीच गरिएको तुलनात्मक अध्ययनमा अप्रेसनमार्फत जन्मिएकामध्ये आधाजसोमा चढ्दो उमेरमै दमरोग देखिएको हो ।

महिलाले सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा हेरेको पाइन्छ । दीर्घकालीन रूपमा अप्रेसनको आफू र बच्चामा कस्तो प्रभाव पर्छ भन्नेतर्फ उनीहरूको सोच र बुझाइ पुगेको हुँदैन ।

यौनिमार्गबाट प्राकृतिक रूपमा बच्चा जन्माउँदा के–कस्ता फाइदा हुन्छन् ?
प्राकृतिक रूपमा यौनिमार्गबाट जन्मिएका बच्चामा प्राकृतिक रूपमा समस्यासित जुध्ने क्षमता बढी हुन्छ । आमाको योनिद्वार सानो हुन्छ । बच्चा जन्मिँदा ३, साढे ३ केजीको जन्मिन्छ । सानो प्वालबाट ३ केजीको बच्चा निस्कनेक्रममा टाउको (खप्पर)मा रहेका धेरै प्वालहरू खप्टिएर जन्मिने भएका कारण प्राकृतिक रूपमा समस्यासँग जुझ्ने क्षमता वृद्धि हुन्छ ।

पाठेघरमा बच्चा पानी (एमुनियुटी फ्ल्युट)मा बसेको हुन्छ । पानीमा बस्दा बच्चाले मुख तथा आँखा चलाइरहेको हुन्छ । सालनालमार्फत श्वास फेर्ने भएका कारण पानी खाए पनि सर्किने हुँदैन, किनभने बच्चाको फोक्सोले काम नै गरेको हुँदैन । सानो यौनिमार्गबाट बच्चा जन्मिनेक्रममा करङहरू एकअर्कामा खप्टिन्छन् । खप्टिनेक्रममा बच्चाको फोक्सो पनि च्यापिन्छ । बच्चा च्यापिएपछि मुखबाट थोरै पानी निस्कन्छ । आमाको यौनिमार्गबाट बच्चा निस्किएपछि उसले मुखबाट हावा लिन सक्छ र फोक्सो पानीविहीन हुन्छ । त्यसैले यौनिमार्गबाट निस्केका बच्चालाई दम हुने सम्भावना धेरै कम हुन्छ ।

पहिलोपटक बच्चा जन्माउँदा साधारणतया महिलालाई १० घण्टा देखि १२ घण्टासम्म व्यथा लाग्छ । दोस्रोपटक ५ वर्षभित्रमा बच्चा जन्माउनेलाई ६ देखि ८ घण्टा व्यथा लाग्छ । व्यथा लाग्नेक्रममा बच्चा पाठेघरबाट तल सर्दै गरेको हुन्छ । योनिमार्गमा बच्चा तीन–चार घण्टासम्म रहनेक्रममा यौनिमार्गमा भएको नर्मल भेजाइनल फ्लोराहरू बच्चाको मुख, आँखा, नाक, कानबाट पस्ने भएका कारण उसले प्रतिरक्षात्मक क्षमता प्राप्त गर्ने अध्ययनले देखाएको छ ।
महिलाले सात–आठ घण्टासम्म व्यथा किन खप्ने, अप्रेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा हेरेको पाइन्छ । दीर्घकालीन रूपमा अप्रेसनको आफू र बच्चामा कस्तो प्रभाव पर्छ भन्नेतर्फ उनीहरूको सोच र बुझाइ पुगेको हुँदैन ।

धेरै अस्पतालले मापदण्डविपरीत प्रक्रिया अपनाएर शल्यक्रियामार्फत प्रसूति गराइरहेको सुनिन्छ, यस्तो प्रवृत्ति बढ्नुको कारण के हो ?
प्रसूतिमा शल्यक्रिया सुरक्षित होइन, शल्यक्रिया गर्दा सबै रक्तनली खुलेका हुन्छन् । रक्तनली खुल्नेवेलामा पाठेघर चिरिएको हुन्छ । चिर्नेक्रममा रगतका नली पनि चिरिने, काटिने हुन्छन् । पाठेघरमा भएको पानी (एमुनियुटी फ्ल्युट) रक्तनलीमा पसेर मुत्यु भएका घेरै घटना छन् । तर, हाम्रो जस्तो देशमा यस्ता घटना बाहिर निस्कने गरेका छैनन् ।

प्रसूतिका लागि अप्रेसन गर्दागर्दै महिलाको के कारणले मुत्यु भयो भन्ने कुराको खोजतलाजसम्म पनि हामीकहाँ हुँदैन । विकसित मुलुकमा महिलाको अधिकार, त्यसमाथि पनि बच्चा पाउने महिलाका हकमा विशेष अधिकार सुनिश्चित गरिएका कारण यसकिसिमका घटनामा खोजतलास हुने गर्छन् । हाम्रो देशमा त जतिसक्यो यस्ता घटनालाई ढाकछोप गरेर राख्ने तथा स्थास्थ्यकर्मीलाई बचाउनेतर्फ पूरै संयन्त्र लाग्छ । सरकारले आमा सुरक्षा कार्यक्रम दिइरहेको छ ।

पाटन, टिचिङजस्ता अस्पतालले यो सेवा लिनुपर्ने हो, तर, उनीहरूले लिएका छैनन् । किनभने, म्याटर्निटी वार्डलाई आयको मुख्य स्रोतका रूपमा लिने गरेका छन् । पाटन अस्पतालमा करिब ४५ प्रतिशत महिलाले अप्रेसन गरी बच्चा जन्माउने गरेको पाइन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि करिब ४५ प्रतिशत गर्भवती महिलाले शल्यक्रिया गरी बच्चा जन्माउने गरेको पाइएको छ । नेपाल सरकारले महिलाको अकालमा मुत्यु नहोस्, स्वास्थ्यसंस्थामा आएर सुत्केरी गराऊन् भनेर कार्यक्रम लागू गरेको हो । सरकारकै बजेट पाउने संस्थाहरूले यो सेवा लागू नगर्नु अनौठो विषय हो ।

नक्कली व्यथा लागाइसकेपछि पाठेघर चाँडो–चाँडो खुम्चिने गर्छ, बच्चाले अक्सिजन पाउँदैन । त्यसमाथि पनि आमा उत्तानो परेर सुतेकी हुन्छिन् । उत्तानो परेर सुत्दा मेरुदण्ड र बच्चाको बीचको भागमा जुन रगतको नली हुन्छ, त्यो थिचिइसकेपछि आमाको रक्तनलीबाट बच्चाले श्वास फेर्न पाउँदैन र बच्चा छटपटिन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया अत्यावश्यक हुन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार आमाको कारणले गर्दा ५ प्रतिशतसम्म अप्रेसन गर्नुपर्ने हुन्छ । किनभने, कुनै–कुनै आमाको नितम्ब नै साँघुरो हुन्छ, जसका कारण बच्चा तल नआउन सक्छ । कतिपय आमालाई रक्तचाप उच्च हुन्छ । यीलगायत अन्य विभिन्न समस्या भएका कारणले गर्दा ५ प्रतिशत महिलालाई शल्यक्रिया गर्नुपर्छ भनिएको हो ।

त्यसैगरी, बच्चाको कारणले पनि ५ प्रतिशत प्रसूतिमा शल्यक्रिया गर्नुपर्ने अध्ययनले देखाएको छ । किनभने, कुनै बच्चा आमाको पेटभित्र छड्के वा तेस्रो बसेको हुन्छ । कहिलेकाहीँ बच्चा अगाडि निस्कनुपर्नेमा नाल तथा साल अगाडि निस्कने हुँदा बच्चालाई बचाउनका लागि शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले समग्रमा बढीमा १५ प्रतिशतसम्म शल्यक्रिया गर्न सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

महिलालाई अस्पतालहरूले अनावश्यक रूपमा शल्यक्रिया गर्न प्रेरित गराउने गरेको पनि आरोप छ नि ?
अस्पतालहरूले शल्यक्रिया मुख्य रूपमा बच्चाले दिसा खाएकाले शल्यक्रिया गर्नुपर्छ भनेर कारण देखाइरहेका हुन्छन् । व्यथा लगाउन योनिमार्गमा वेलै नभई सुई लगाइदिने गर्छन् । नक्कली व्यथा लागाइसकेपछि पाठेघर चाँडो–चाँडो खुम्चिने गर्छ, बच्चाले अक्सिजन पाउँदैन । त्यसमाथि पनि आमा उत्तानो परेर सुतेकी हुन्छिन् । उत्तानो परेर सुत्दा मेरुदण्ड र बच्चाको बीचको भागमा जुन रगतको नली हुन्छ, त्यो थिचिइसकेपछि आमाको रक्तनलीबाट बच्चाले श्वास फेर्न पाउँदैन र बच्चा छटपटिन्छ । त्यसपछि बच्चाले पाठेघरभित्रको पानीको थैलोमा दिसा गर्छ । अनावश्यक रूपमा अक्सिन्टोसिन दिने गरिन्छ । अक्सिन्टोसिन हाम्रो शरीरमा पनि निष्कासन हुन्छ, तर त्यसका लागि क्वाइट वातावरण बनाउनुपर्छ । धेरै होहल्ला गर्यो भने प्राकृतिक रूपमा अक्सिन्टोसिन हर्मोन निस्कँदैन । महिलामा मात्र नभएर स्तनधारी सबै प्राणीमा अक्सिन्टोसिन हर्मोन उत्पादन हुने गर्छ ।

महिलाको कमजोर चेतनास्तरका कारण उनीहरू अनावश्यक रूपमा सेवाको नाममा प्रसूति हिंसाको सिकार भइरहेका छन् । यसमा हाम्रो कमजोर कानुनी व्यवस्था र शिथिल संयन्त्रले पनि उत्तिकै भूमिका खेलिरहेको छ । अनावश्यक रूपमा स्लाइनपानी चढाउनु, यौनिमार्गबाट कृत्रिम व्यथा लाग्ने औषधि चलाउनुजस्ता विषयलाई विश्व स्वास्थ्य संगठनले पनि प्रसूति हिंसा भनेको छ । विश्वका कतिपय देशले प्रसूति हिंसासम्बन्धी ऐन नै पारित गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुत्केरीपछिको स्याहार के हो ? कसरी गर्ने ?

सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । यो एक परिवारका लागि र एउटी आमाका लागि खुसीको क्षण त हुँदै हो, ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन हुनुपर्ने र उपचारका साथै स्याहार पाउनुपर्ने समय पनि हो । यो समयमा महिला पूरै बच्चासँग लीन हुन्छन् । यस अवस्थामा पूर्ण रूपमा आराम गर्नुपर्छ, साथै सुत्केरीपछिको चेकअपका लागि अस्पताल गइरहनुपर्छ ।

मातृत्वको समायोजन
महिलालाई विशेषगरी पहिलो बच्चा प्राप्तिपछि सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूर्ण हुन्छ । बच्चाको स्याहारमा सम्पूर्ण ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ ।
प्रायः नयाँ आमाहरू कम्तीमा ६ हप्तासम्म काममा फर्किन सक्दैनन् । कामकाजी महिला छन् भने एकातिर कामको पनि मानसिक चाप हुन्छ भने अर्कोतर्फ शरीर सामान्य अवस्थामा फर्किन समय लाग्छ । नयाँ बच्चालाई पटक–पटक आमाको दूध चुसाउनुपर्छ । बच्चामा पनि हरेक दिन परिवर्तन देखापर्छ । आमाले निदाउन पनि राम्रोसँग नपाउने हुनाले थकानका साथै मानसिक असन्तुलन पनि देखिन सक्छ । तर, खुसीको कुरा, यी सब कुरा बिस्तारै नियमित बन्दै जान्छन्, अर्थात् बच्चाको र आमाको परिवारमा समायोजन हुँदै जान्छ ।

घरमा नयाँ बच्चा आएपछि पूरै परिवारको संरचनामा बदलाव आएको अनुभूति हुन्छ । यो समयमा श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्रोसँग समय दिन पनि भ्याउँदैनन् । यसबाट उत्पन्न हुने कठिनाइले केही असमझदारी पनि सिर्जना हुन सक्छ । तर, धैर्य र समझदारीले बिस्तारै समाधान पनि दिँदै जान्छ । हरेक परिवारमा परिवर्तन आउँछन् भन्ने बुझ्नुपर्छ । बच्चा हुर्कंदै गर्दा सबै असहजता भुल्दै गइन्छ ।

प्रसूतिपश्चात् ध्यान दिनुपर्ने कुरा
१. प्रशस्त आराम गर्नुहोस्
सुत्केरी अवस्थामा मुख्य ध्यान पु-याउनुपर्ने कुरा प्रशस्त आराम हो । बच्चा सुतेको समयमा आमा पनि सुतिहाल्नुपर्छ ।
२. सरसफाइमा ध्यान दिनुहोस्
सुत्केरी समयमा ध्यान नदिएर जोखिम निम्त्याउन सक्ने अर्को महत्वपूर्ण कारण सरसफाइको कमी हो । आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सरसफाइ महत्वपूर्ण कुरा हो । सानो लापरबाहीले पनि बच्चामा इन्फेक्सनको जोखिम हुने हुँदा निकै सचेत हुनुपर्छ ।

धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

३. सहयोग लिनुहोस्
परिवार तथा साथीभाइसँग सहयोग लिन नहिच्किचाउनुहोस् । बच्चालाई खाना तयार गर्ने, लुगाफाटोको व्यवस्थापन गर्नेलगायत कुरामा आफैँ नखटुनुहोस् ।
४. स्वस्थ खाना खानुहोस्
सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एउटा मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो । यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ । आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्छ । तर, धेरै घिउ भने खानुहुँदैन । प्रोटिनयुक्त खाना प्रशस्त खानुपर्छ ।

५. सन्तुलित व्यायाम गर्नुहोस्
धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

प्रसूतिपछिको डिप्रेसन
प्रसूतिपछिको डिप्रेसन सामान्य नै मानिन्छ । यो प्रायः बच्चा जन्मेको केही दिनपछि देखिन थाल्छ र दुई हप्तासम्म रहन्छ । अधिकांश महिलामा यसको लक्षण नदेखिन सक्छ । करिब ७० देखि ८० प्रतिशत महिलामा भने टोलाउने तथा नकारात्मक भावना आउने हुन्छ । प्रसूतिपछि एकैपटक हर्मोनल परिवर्तन आउनुका साथै बाहिरी वातावरणमा पनि परिवर्तन आउने हुनाले यस्तो हुन्छ ।

सामान्य लक्षण
नबोल्ने, कराउने ।
झन्झट लाग्ने ।
अनिद्रा ।
दुःखी हुने ।
मुड चेन्ज हुने ।
कता–कता हराउने ।
यदि यस्ता खालका समस्या दुई साताभन्दा बढी रहेमा वैराग्य लाग्ने तथा गिल्टी फिल हुने हुन्छ । कहिलेकाहीँ यस्तो समस्या भएका वेला पारिवारिक सपोर्ट भएन भने आमाले परिवारसँग बस्न मन नपराउने, बच्चालाई पनि माया नगर्नेजस्ता लक्षण देखाउँछन् । यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्ने हुन्छ ।

शारीरिक परिवर्तनविरुद्ध संघर्ष
संवेगात्मक परिवर्तन सँगसँगै यो समयमा महिलाले शारीरिक परिवर्तन पनि झेल्नुपर्ने हुन्छ । मोटोपन, छाला तन्कने, नङ, छाला, कपाल संवेदनशील हुने, ढाड दुख्ने, स्तन ठूलो हुनेजस्ता समस्या प्रसूतिपछि देखिने साझा समस्या हुन् । धेरै महिला यी समस्याका कारण चिन्तित भएको पाइन्छ । यी सबै समस्याको समाधान रातारात हुने होइन । चिकित्सकले व्यायाम गर्नका लागि अनुमति दिएपछि मध्यमखालको व्यायाम सुरु गरिहाल्ने, खानपानमा नियमित ध्यान दिने, स्तनपान गराउने र सकारात्मक सोच्ने गर्नाले बिस्तारै ठिक हुँदै जान्छ । साथै, अन्य शारीरिक परिवर्तन पनि देखापर्न सक्छन् ।

यस्ता शारीरिक परिवर्तन देखिए के गर्ने ?

स्तन सुन्निने
दूध भरिने हुनाले सुत्केरीपछि स्तन ठूलो हुनु सामान्य हो, तर सुन्निँदा पक्कै पनि असहज हुन्छ । यस्तो वेला तातोपानी या आइसले सेक्न सकिन्छ । साथै, निप्पलमा दुखाइ कम हुने मलम लगाउन सकिन्छ ।

कब्जियत
प्रसूतिपछि देखिने प्रमुख समस्या कब्जियत पनि हो । हाम्रो परम्परागत मान्यताअनुसार त झन् यो वेलामा हरियो तरकारी, फलफूल तथा पानी कम खाने प्रचलन छ, जसले कब्जियत झन् जटिल बनाउँछ । प्रशस्त मात्रामा फाइबरयुक्त फलफूल तथा तरकारीका साथै झोलिलो खाना खानुपर्छ । सामान्य व्यायाम पनि कब्जियतसँग छुटकारा पाउन सहयोगी हुन्छ ।

पेल्भिक फलोर परिवर्तन
रेक्टम र भेजिनाको बीचको भागलाई पेरिनम भनिन्छ । बच्चा जन्मिने समयमा यो तन्किन्छ र स–सान छिद्रहरू बन्छन् । शल्यक्रिया गर्नुपर्यो भने त्यहाँ चिर्नुपर्छ । चिरेको ठाउँमा आइस प्याक लगाउने, पिलोमा बस्ने र किगल एक्सरसाइज गर्दा फाइदा पुग्छ ।
चिटचिट पसिना आउने
हर्मोनल परिवर्तनले गर्दा बेलुकीपख पसिना आउने हुन सक्छ । कोठाको वातावरण कुल बनाउनुपर्छ तर बच्चालाई चिसो लाग्ने कुरामा भने सचेत हुनुपर्छ ।
पिसाबमा कठिनाइ
बच्चा जन्मिएपछि आमालाई पिसाबमा कठिनाइ हुनु सामान्य हो । नर्मल डेलिभरीमा त झन् यो समस्या बढी नै हुन्छ । पिसाबमा संक्रमण फैलिएर थप समस्या ननिम्त्याउनका लागि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

योनिस्राव
बच्चा जन्मेको दुईदेखि चार हप्तासम्म आमामा योनिस्राव हुनु सामान्य नै मानिन्छ । यस्तो समयमा सफा सेनिटरी नेप्किन प्रयोग गर्नुपर्छ । तर, कपडाको प्याड, पानीको फोहोरा प्रयोग गर्नुहुँदैन । योनि संवेदनशील हुने हुनाले संक्रमण हुनुका साथै घाउ हुने कुरामा सचेत हुनुपर्छ । यदि दुर्गन्ध आइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रसूति सेवाका लागि परोपकार प्रसूतिगृह नै अब्बल, कुन अस्पतालकाे रेकर्ड कस्तो ?

सरकारी अस्पतालको नाम सुन्दा आमसहरिया नाक खुम्च्याउँछन् । त्यसमा पनि प्रसूतिसेवाका लागि त सरकारी अस्पताल राम्रो हुन्न भन्ने सोच छ । आफैँमा ठूलो जनसंख्या बसोवास गर्ने उपत्यका, त्यसमाथि पनि देशैभरको उपचारको गन्तव्य, प्रसूति गराउन धेरै विकल्प छन्, तर कुन संस्था उपयुक्त होला भन्ने प्रश्न आमसेवाग्राहीको मनमा खड्किरहन्छ ।

तर आमसोचविपरीत प्रसूति सेवाप्रदायक देशभरका स्वास्थ्यसंस्थामा थापाथलीस्थित परोपकार प्रसूतिगृह अब्बलसँगै पहिलो रोजाइमा पर्ने गरेको पाइएको छ । राजधानीमा सरकारी तहकै त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालसँगै निजी क्षेत्रका थुपै्र अस्पताल प्रसूति सेवाका लागि नाम चलेका छन् ।

आकस्मिक तथा जटिल प्रसूति गराउनका लागि उपकरण तथा प्रविधिसँगै, न्यून बाल र मातृमृत्युदर, दक्ष तथा अनुभवी चिकित्सा जनशक्ति, सुलभ सेवा तथा पहुँच, २४सै घण्टा विशेषज्ञ जनशक्तिको उपस्थिति, सेवामा विविधता, चुस्त प्रशासनजस्ता कुराले प्रसूति सेवाकेन्द्रहरुको प्रभावकारिता निर्धारण गर्छ ।

बढ्दो प्रसूतिसम्बन्धी जनचेतना, नियमित गर्भपरीक्षण तथा स्वास्थ्यसंस्थामा प्रसूति गराउने बढ्दो परिपाटीले पछिल्लो समय बाल तथा मातृमृत्युदरमा उल्लेख्य कमी आएको छ । सरकारी ग्रामीण क्षेत्रमा बर्थिङ सेन्टरसँगै, कम्तीमा जिल्ला तहमा शल्यक्रियाबाट प्रसूति सेवासँगै अन्य केन्द्रसम्म जनशक्ति पु¥याएर सुरक्षित सुत्केरीमा जोड दिइरहेको छ । सहरवासीका थुपै विकल्प उपलब्ध भएर पनि आम रोजाइमा भने प्रसूतिगृह नै पर्ने गरेको पाइएको छ ।

करिब ६ दशक पुरानो सरकारी तहको पहिलो प्रसूतिगृह परोपकार प्रसूतिगृहले गत आर्थिक वर्षमा २० हजार ६ सय ८० डेलिभरी गराएको छ । यहाँ देशभरबाट सबैखाले बिरामी डेलिभरी सेवाका लागि आउने गर्छन् । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार वर्षौदेखि अस्पतालमा २४ घण्टै कम्तीमा १० जना सर्जन डाक्टरको उपलब्ध हुनुले प्रसूतिगृह गुणस्तरीय प्रसूति सेवा दिन सफल भएको हो । ‘आम सेवाग्राहीको विश्वास जित्नका लागि पहिलो शर्त जतिसुकै बेला दक्ष जनशक्ति उपलब्ध हुनुपर्छ’ उनले भने । प्रसूतिगृहले बिरामीको अवस्था हेरी शल्यक्रिया, बालआइसियु, आइसियुलगायत सुविधा दिँदै आएका छ । हाल ७ सय कर्मचारी कार्यरत रहेको प्रसूतिगृहमा ६० जना सर्जन चिकित्सक छन् ।

दक्ष जनशक्तियुक्त अस्पतालमा सेवा पनि निकै सुलभ छ । जनरल वार्डमा बस्न नचाहने र क्याबिन खोज्नेले पनि प्रसूतिगृहमा क्याबिनको सुविधा लिएबापत न्यूनतम ५०० देखि ३००० रूपैँयासम्म शुल्क तिनुपर्छ । अस्पतालका अनुसार प्रसूतिगृहले गत आर्थिक वर्षमा सेवा लिएकाहरुको संख्या २० हजार अघिल्लो वर्षभन्दा करिब २५०० ले बढी हो ।

प्रसूतिगृहले ०६९ मा भिन्नै भवनमा टेस्टट्युब बेबी केन्द्रको स्थापना गरेको छ । स्थापनाकालदेखि नै निःसन्तानको समस्या भएका दम्पतीलाई प्रसूतिगृहले टेस्टट्युब बेबी सेवा दिने गरेको छ । कुल ४ सय १५ शय्यामार्फत सेवा दिइरहेको प्रसूतिगृह अत्यन्तै साँघुरो क्षेत्रफलमा सञ्चालन गर्नुपरेका समस्या हुने गरेको गौतमको भनाइ छ । अस्पतालले सुत्केरीभत्ताबापत नेपाल सरकारले दिने २ हजार रूपैयाँ पनि प्रदान गर्र्दै आएको छ । ४ पटकसम्म प्रसूतिगृहमै गर्भपरीक्षण (एन्टिनेटल) गराउनेहरूका लागि थप ८०० रूपैयाँ समेत प्रदान गर्दै आएको छ ।

डेलिभरीका लागि किन प्रसूतिगृह नै ?
नेपालको विशिष्टीकृत संस्था भएको र यहाँ २४ घण्टै १० जना वरिष्ठ सर्जनको उपलब्धता हुने भएकाले प्रसूति सेवामा प्रसूतिगृह नै अब्बल भएको डा. गौतम दावी गर्छ । अस्पतालमा शल्यक्रियामा उच्च क्षमता भएका ६० चिकित्सक कार्यरत छन् । गत आर्थिक वर्षमा प्रसूतिगृहमा गराइएको कुल २० हजार ६ सय ८० डेलिभरीमा जम्मा २ आमा र २६ बच्चाको मृत्यु हुनु भनेको अत्यधिक न्यून मृत्युदर हो । यो आँकडाले देशभरका प्रसूति सेवा दिने स्वास्थ्यसंस्थामध्ये प्रसूतिगृह नै अब्बल रहेको पुष्टि गर्छ । त्यसैले पनि प्रसूति सेवाका लागि प्रसूतिगृह नै धेरै सेवाग्राहीको रोजाइमा पर्ने गरेको छ । सेवाको गुणस्तरसँगै सेवाग्राहीले कुनै पनि शुल्क तिर्नुनपर्ने भएकाले पनि प्रसूतिगृह निम्नदेखि उच्च आयस्तरका बिरामीको आकर्षण बन्दै आएको निर्देशक गौतम बताउँछन् ।

कस्तो छ त्रिवि शिक्षण अस्पतालमा प्रसूति सेवा ?
२०४२ देखि भिन्नै प्रसूति विभागको स्थापना गरेको सेवा दिँदै त्रिवि शिक्षण अस्पताल पनि प्रसुतिका लागि धेरैको रोजाईमा पर्ने गरेको छ । अस्पतालले दैनिक १५ देखि २० सम्म डेलिभरी गराउँदै आएको छ । अस्पतालको प्रसूति विभागमा जम्मा ३३ शय्या छन्, जसमा ७ शय्या शल्यक्रिया भएका बिरामीका लागि छुट्याइएको त्रिवि शिक्षण अस्पतालकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ बताउँछिन् ।

प्रसूति विभागमा २ सयदेखि ६ हजार रूपैयाँसम्म शुल्कका बेड उपलब्ध छन् । अस्पतालमा समेत देशभरबाट जटिल खालका डेलिभरी केस रेफर भएर आउने गरेको छन् । बहुविशेषज्ञ अस्पताल भएकोले कुनै गम्भीर खालका जटिलता आइपरे अन्य खालका विशेषज्ञ जनशक्तिसमेत भएकोले यो अस्पताललाई समेत सुरक्षित मान्न सकिन्छ । स्वदेशबाट मात्र नभएर कतिपय डेलिभरी केस विदेशबाट समेत आउने गरेको श्रेष्ठ बताउँछिन् । अन्यत्रबाट रेफर भएर यहाँ आउने डेलिभरी केसहरूमा कार्डिक (मुटुसम्बन्धी) बिरामीको संख्या बढी हुने गरेको उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालमा धेरैजसो जटिल समस्या भएका डेलिभरी केस मात्र आउने गरेको प्रसूति विभाग नर्सिङ प्रमुख पार्वती सिवाकोटीको अनुभव छ । मधुमेह, जन्डिस, मुटुरोगजस्ता जटिल समस्या जोडिएका डेलिभरी केस देशभरबाट रेफर भएर यहाँ आउने गरेको सिवाकोटी बताउँछिन् । बिरामीको चापअनुसार बेड अभावका कारण डेलिभरीका लागि आउने बिरामीको उपचारमा कठिनाइ उत्पन्न भइरहेको उनको भनाइ छ ।

शिक्षण अस्पतालले सोही अस्पतालमा नियमित गर्भ परीक्षण गराउँदै आएका र अन्यत्रबाट रेफर भएका बिरामीको मात्र डेलिभरी गराउने गरेको छ । अस्पतालले २८ हप्ता नाघेका डेलिभरीका नयाँ बिरामी लिने गरेको छैन ।
नेपाल सरकारले दिने सुत्केरी भत्ता भने त्रिवि शिक्षण अस्पतालमा उपलब्ध छैन । केही वर्षअघि अस्पतालले सुत्केरीभत्ता कार्यक्रम चलाएको भए पनि प्रशासनिक समस्याका कारण कार्यक्रम बन्द गराइएको सिवाकोटी बताउँछिन् । बिरामीको आर्थिक अवस्था ज्यादै नै न्यून भएको अवस्थामा भने अस्पतालले निःशुल्क बेड सेवा दिने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा धेरै जोखिमयुक्त केसहरू रेफर भएर आउने भएकाले गत वर्ष डेलिभरीका क्रममा ९ जना आमा र ४१ जना बच्चाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल प्रसूतिका लागि मात्रै विशिष्टीकृत नभएका कारण प्रसूतिसम्बन्धी आवश्यक नयाँ प्रविधियुक्त औजार तथा प्रविधि नहुनुुले समेत प्रसूति सेवा सोचेजति प्रभावकारी बनाउन नसकिएको निर्देशक श्रेष्ठको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रसूति सेवा प्रदान गर्न सकिएको छैन,’ श्रेष्ठ भन्छिन्, ‘अस्पतालमा उपलब्ध जनशक्तिको अनुपातमा बिरामीको चाप अत्यधिक हुनाले यस्तो भएको हो ।

अस्पतालले १२ असार ०७१ मा भिन्नै बर्थिङ सेन्टरको रूपमा मंगलादेवी बर्थिङ केन्द्रको स्थापना गरेर सेवा दिँदै आएको छ । उक्त केन्द्रमा कम जोखिम भएका बिरामीको डेलिभरी गराइन्छ । अस्पतालले दैनिक ४ जनासम्म बिरामीको डेलिभरी बर्थिङ केन्द्रबाट गराउने गरेको छ । बर्थिङ केन्द्रले २४ घण्टै सेवा दिने गरेको श्रेष्ठको भनाइ छ । उनी भन्छिन्, ‘बर्थिङ सेन्टरमा बिरामीको संख्या न्यून हुने भएकाले त्यहाँ हेरचाह राम्रो हुन्छ । त्यहाँको सेवाबाट बिरामी बढी सन्तुष्ट हुने गरेको पाइएको छ । त्यहाँ डेलिभरीका क्रममा श्रीमान्समेत सँगै बस्न पाउने व्यवस्था छ ।’ बेड अभाव नहुने हो भने त्रिवि शिक्षण अस्पतालले पनि परोपकार प्रसूतिगृहसरहको डेलिभरी सेवा उपलब्ध गराउन सक्ने श्रेष्ठ बताउँछिन् ।

रेफरका केसमा बाल तथा मातृमृत्युदर बढी हुने बताउँदै श्रेष्ठ भन्छिन्, ‘मृत्यु हुनेमा बढी मुटुरोगी तथा दीर्घरोगी छन् ।’ क्षमताभन्दा बढी बिरामीको उपचार गर्नुपर्ने बाध्यताका कारणसमेत बाल तथा मातृमृत्युदर बढी हुने गरेको श्रेष्ठको भनाइ छ ।

पाटन अस्पतालमा प्रसूति सेवाको अवस्था
पाटन अस्पतालले आर्थिक वर्ष ०७४/७५ मा करिब ८ हजारको संख्यामा डेलिभरी गराएको तथ्यांकले देखाएको छ । अस्पतालको रेकर्डअनुसार उक्त वर्षको डेलिभरीमा १ सय ३२ शिशु तथा ५ जना आमाको मृत्यु भएको छ ।
स्थापनाकालदेखि जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिनमा अस्पताल तल्लीन रहेको अस्पतालका निर्देशक विण्णुप्रसाद शर्मा बताउँछन् ।

मृत्युदर कम गर्नका लागि विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार गर्भावस्थामा चेकजाँच हुनुपर्ने शर्मा बताउँछन् । अस्पतालले पछिल्लो समय अनुभवी चिकित्सकमार्फत गुणस्तरीय सेवा दिइरहेको शर्माको दाबी छ । वरिष्ठ चिकित्सक पवनकुमार शर्माका अनुसार २४ घण्टै अस्पतालमा अनुभवी डाक्टरहरूको उपलब्धता रहेकाले पनि डेलिभरी सेवाको गुणस्तर वृद्धि भएको छ । पाटन अस्पताल उपत्यकामा प्रसूतिगृहपछि डेलिभरी बढी गराउने अस्पताल हो । अस्पतालले नेपाल सरकारले अस्पतालमा सुत्केरी गराएबापत प्रदान गर्ने २ हजार रूपैयाँ भत्ता सुत्केरीलाई उपलब्ध गराउने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको सामान्य मापदण्डसमेत पूरा नगरी अधिकांश डेलिभरी गराउने गरिएकाले नेपालमा बर्सेनि कतिपय आमा तथा शिशुको मृत्यु हुने गरेको पाटन अस्पतालका निर्देशक शर्मा बताउँछन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गर्भवती महिलाले कम्तीमा ४ पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । नेपालमा अझै पनि सामान्य मापदण्डसमेत पूरा नगरी अन्तिम अवस्था आइपरेपछि मात्र डेलिभरी गराउन अस्पताल आउने महिलाको संख्या धेरै छ । अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामी आउनुले पनि स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको शर्माको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

शून्य डेलिभरीलाई भूगोल बाधक

रमा अर्घाली पाल्पाको तिनाउ गाउँपालिका–६ पाटनकी स्थानीय बासिन्दा हुन् । उनको छोरा दर्पण अर्घाली २३ महिनाका भए । रमालाई सुत्केरीका लागि स्वास्थ्यसंस्था लानेक्रममा बाटोमै दर्पण जन्मिएका हुन् । ‘रातिमा व्यथा लाग्यो, सुत्केरी हुन अस्पताल जाँदै गर्दा बाबु बाटोमै जन्मियो,’ रिब्दीकोट गाउँपालिकाले ठिमुरे धुस्टुङमा खोलेको गाउँघर क्लिनिकमा सेवा लिँदै गर्दा भेटिएकी रमाले भनिन् ।

छोराको तौल लिन गाउँघर क्लिनिक आएकी उनले यहाँसम्म आउन पैदल २ घण्टा समय लाग्ने बताइन् । ‘रातिमा रिजर्ब गरेको जिप आएन, बिहान मात्र आयो । जिप चढेर जाँदा ढिलो भएका कारण बाटोमै सुत्केरी हुनुपर्यो,’ उनले भनिन्, ‘अस्पताल नजिक छैन, पहाडको ठाउँ, हाम्रो त यस्तो बाध्यता छ ।’

पाटन गाउँमा ६० भन्दा बढी घरधुरी रहेको रमाको भनाइ छ । गाउँमा स्वास्थ्यसंस्था नहँुदा सामान्य बिरामी पर्दा पनि बतासेबजार र तानसेनसम्म पुग्नुपर्ने बाध्यता रहेको रमाले बताइन् । ठिमुरे धुस्टुङ गाउँघर क्लिनिककी अनमी राधिका छहरीले पाटन गाउँबाट अहिले १३ जनाले गर्भजाँचसेवा लिइरहेको बताइन् ।

तिनाउ गाउँपालिकाको पाटन र झिँगामारा गाउँका बासिन्दालाई सरकारले अझैसम्म स्वास्थ्यसेवाको पहुँचमा ल्याउन सकेको छैन । गाउँमा स्वास्थ्यचौकी नभएकाले बिरामी पर्दा उनीहरू भगवान्भरोसामा बाँचिरहेका छन् । गाउँ–गाउँमा सिंहदरबार आएको भनिए पनि यहाँका स्थानीयले सिंहदरबार त परको कुरा, सामान्य रुघाखोकी र ज्वरो आउँदासमेत गाउँमा सिटामोल पाउँदैनन् ।

पाटन गाउँ तिनाउ गाउँपालिकाको वडा नं. ६ मा पर्दछ, जहाँ ६० भन्दा बढी घरधुरी छन् । तर, उक्त गाउँवासीलाई सिटामोल किन्न कम्तीमा २ घण्टा टाढा जानुपर्ने बाध्यता छ । उनीहरू सरकारको स्वास्थ्यसेवा लिन कि त मस्याम स्वास्थ्यचौकी पुग्नुपर्छ, कि रिब्दीकोट गाउँपालिकाको क्षेत्रसम्म पुग्नुपर्ने बाध्यता छ । पाटनकी रमा अर्घालीले गाउँमा स्वास्थ्यचौकी नहँुदा उपचारका लागि गाउँ छाडेर घण्टौँ समय खर्चिनुपरेको बाध्यता सुनाइन् ।

पाटन गाउँको मात्र होइन, वडा नंं. १ झिँगामारा गाउँका स्थानीयको बाध्यता पनि उस्तै छ । साबिकको ७, ८ र ९ वडा समेटिएको उक्त गाउँका स्थानीयलाई सरकारी स्वास्थ्यसेवा लिन घण्टौँ खर्चेर रूपन्देहीको पर्रोहा स्वास्थ्यचौकी आउनुपर्ने बाध्यता छ । आफ्नै गाउँपालिकाभित्र सेवा लिन ३ घण्टा खर्चेर कचल स्वास्थ्यचौकी पुग्नुपर्छ ।

पाटन गाउँको मात्र होइन, वडा नंं. १ झिँगामारा गाउँका स्थानीयको बाध्यता पनि उस्तै छ । साबिकको ७, ८ र ९ वडा समेटिएको उक्त गाउँका स्थानीयलाई सरकारी स्वास्थ्यसेवा लिन घण्टौँ खर्चेर रूपन्देहीको पर्रोहा स्वास्थ्यचौकी आउनुपर्ने बाध्यता छ । आफ्नै गाउँपालिकाभित्र सेवा लिन ३ घण्टा खर्चेर कचल स्वास्थ्यचौकी पुग्नुपर्छ ।

दोभान स्वास्थ्यचौकी, पाल्पाका इन्चार्ज सुन्दर तरामूका अनुसार तिनाउ गाउँपालिकामा चारवटा स्वास्थ्यचौकी र चारवटा सामुदायिक स्वास्थ्य एकाइ छन् । तर, ती स्वास्थ्यसंस्थाले गाउँपालिकाका सबै गाउँलाई समेट्न सकेका छैनन् । कचल, दोभान, मस्याम र कोलडाँडामा स्वास्थ्यचौकी छन् भने कोलडाँडा, झुम्सा, ओखलढुंगा र बगाहामा सामुदायिक स्वास्थ्य एकाइ छन् ।

गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पालिकाभित्रका जनतामा स्वास्थ्यको पहुँच पुग्न नसकेको तथ्य स्वीकार गरे । उनले आधारभूत स्वास्थ्यको पहँुच पुर्याउनका लागि आफूहरूले स्वास्थ्य एकाइको अवधारणा अगाडि ल्याएको बताए । ओखलढुंगा र बगाहामा गाउँपालिकाको बजेटले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकेको श्रेष्ठको भनाइ छ । भौगोलिक कठिनाइ र छरिएका गाउँका कारण जनतालाई सुविधा दिन कठिनाइ भएको प्रवक्ता श्रेष्ठले बताए । आउने तेस्रो चौमासिकमा चरचरे गाउँ र दोस्रो चौमासिकमा बेरुवा गाउँमा दुई स्वास्थ्य एकाइ थपिने श्रेष्ठले बताए । झिँगामारा र पाटन गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको माग भएको र स्थापना गर्नुपर्ने आवश्यकता पनि देखिएको उनले बताए ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका १० वटा वडामा ७ वटा स्वास्थ्यचौकी, ३ वटा सामुदायिक स्वास्थ्य एकाइ गरी १० वटा स्वास्थ्यसंस्था छन् । त्यसमध्ये खिल्जी स्वास्थ्यचौकी र धारापानी स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरीसेवा र सुरक्षित गर्भपतनसेवा उपलब्ध छ । गाउँपालिकाले ढाकावाङ स्वास्थ्यचौकी र धनचौर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरीसेवा सुरु गर्दै छ । अरू वडामा सुरक्षित सुत्केरीका लागि भूगोल बाधक बनेको छ ।

स्थापित ३ सामुदायिक एकाइमध्ये धारापानीको एकाइ केन्द्रीय कार्यक्रमअन्तर्गत स्थापना गरिएको हो भने ढाकावाङ र नुवाकोटमा नगरपालिकाको आन्तरिक बजेटबाट सुरु गरिएको हो । ढाकावाङमा नगरपालिकाका २ वटा वडा रहेकामा एउटामा स्वास्थ्यचौकी छ भने अर्कोमा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा दिइएको हो । नगरका ११ वटा गाउँ स्वास्थ्यसंस्थाबाट टाढा भए पनि ती गाउँमा गाउँघर क्लिनिक राखिएको नगरपालिकाको स्वास्थ्य सहसंयोजक सिद्धार्थ आचार्यले जानकारी दिए । सबै वडाका स्वास्थ्यसंस्थामा सुरक्षित सुत्केरीसेवा नहुँदा र भूगोलका कारण शून्य डेलिभरी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै