उपत्यका बाहिर धरानमा कोरोना परीक्षण सुरु गर्ने तयारी

उपत्यकाबाहिर पहिलोपटक धरानमा कोरोनाको परीक्षण सुरु गरिने भएको छ । उपत्यकाबाहिर परीक्षण सुविधा नहुँदा एकातिर काठमाडौंस्थित प्रयोगशालामा परीक्षणको चाप बढ्ने र अर्कोतिर परीक्षण ढिलाईका कारण रोग रोग फैलिने जोखिमपनि बढेपछि सरकारले यस्तो तयारी गरेको हो ।

पछिल्ल दिनमा कोरोना संक्रमित भेटिएका दुई एयरलाइनका कतार र एयर अरेवियका धेरै यात्रु काठमाडौैंपछि पूर्व क्षेत्रको भएका कारण पनि तत्काल धरानमा परीक्षण सुरु गर्न लागिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार रिएजेन्ट बोकेको गाडी काठमाडौंबाट हिडिसकेको छ । विहीबार राती नै गाडी पुग्ने र शुक्रबारदेखि परीक्षण सुरु गर्नेगरी प्रयोगशालाका प्राविधिक सहितको टोली धरान हिँडिसकेको छ । धरानमा पिसिआर मेशिनसहित बिएचएल प्रयोगशाला सुविधा छ ।

अहिले काठमाडौभित्र राष्ट्यि जनस्वस्थ्य प्रयोगशालामा मात्रै कोरोनाको परीक्षण हुन्छ । उपत्यकाबाहिर परीक्षण विस्तार गर्ने र काठमाडौंभित्र पनि अन्य प्रयोगशालामा समेत सेवा सुरु गर्ने भनिएपछि रिएजेन्टको अभावमा विस्तार गर्न सकिएको छैन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै