सिंगापुरमा २ साताको उपचारपछि फर्किएका प्रम ओलीको स्वास्थ्यअवस्था सामान्य, नियमित काम गर्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा २ साता लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् । शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि त्यसको निष्कासनका लागि प्लाज्मा फेरेसिस विधिबाट उपचार गर्न ५ भदौमा सिंगापुर प्रस्थान गरेर प्रधानमन्त्री ओली शुक्रबार अपराह्न स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा विभिन्न चरणमा प्लाज्मा फिरोसिस विधिबाट उपचार गरिएको थियो ।

झन्डै डेढ दशकदेखि मिर्गौलारोगसित लडिरहेका प्रधानमन्त्री ओलीको करिब १२ वर्षअघि प्रत्यारोपित मिर्गौलामा समस्या देखिएपछि उनी १८ साउनमा स्वास्थ्यपरीक्षणका लागि सिंगापुर गएका थिए । त्यसवेला १० दिनसम्म नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्यपरीक्षण तथा उपचार गराएर उनी २८ साउनमा स्वदेश फर्किएका थिए । परीक्षणका क्रममा शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढेको पाइएको थियो । पहिलोपटक उपचार गराएर स्वदेश फर्किएको १० दिनपछि प्रम ओली ५ भदौमा प्लाज्मा फेरेसिसका लागि पुनः सिंगापुर प्रस्थान गरेका थिए ।

प्रत्यारोपणको करिब १२ वर्षपछि प्रम ओलीको शरीरले प्रत्यारोपित मिर्गौलालाई चिन्न थालेकाले त्यसलाई रिजेक्ट गर्न एन्टिबडी उत्पादन गर्न थालेको विशेषज्ञ चिकित्सकहरूको भनाइ छ । यस्तो अवस्थामा प्लाज्मा फेरेसिस विधिद्वारा शरीरबाट एन्टिबडी निष्कासन, पुनः प्रत्यारोपण र नियमित डायलाइसिस गरी ३ मात्र विकल्प रहने विशेषज्ञ बताउँछन् । प्रम ओलीको हकमा पहिलो विकल्पको प्रयोग गरिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य छ, नियमित काममा बाधा छैन : डा. शाह
प्लाज्मा फेरेसिसपछि प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यअवस्था सामान्य रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छिन् । वरिष्ठ मिर्गौला विशेषज्ञ डा. शाहले शुक्रबार प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै विज्ञप्ति जारी गर्दै पछिल्लो स्वास्थ्यअवस्थाबारे जानकारी दिएकी हुन् ।

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीले दैनिक कामलाई निरन्तरता दिन सक्नेछन् । सिंगापुरको २ साताको बसाइमा प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा शरीरमा बढी मात्रामा रहेको एन्टिबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया पूरा भएको डा. शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस सुरु, अझै केहीपटक गरिने निजी चिकित्सक शाहको भनाइ

उपचारका लागि सिङ्गापुर जानेक्रममा बैंकक एयरपोर्टमा ओली । साथमा श्रीमती राधिका र नीजि चिकित्सक डा. दिब्यासिंह शाह । तस्बीर : ओलीका सल्लाहकार विष्णु रिमालको ट्विटबाट

प्रत्यारोपित मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सुरु भएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै प्लाज्मा फेरेसिस गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले हेल्थपोस्टलाई जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस केहीपटक अझै गरिने डा. शाहको भनाइ छ । डा. शाहले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ । यो उपचार प्रक्रिया अरू केहीपटक गरिनेछ । उहाँको स्वास्थ्यस्थिति सामान्य अवस्थामा रहेको छ ।’

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले २ साताअघि सिंगापुरको सोही अस्पतालमा गराएको परीक्षणका क्रममा उनको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको संख्या बढेको पाइएको थियो । सोही एन्टिबडीको निष्कासनका लागि प्लाज्मा फेरेसिस विधामार्फत उपचार गर्न लागिएको हो ।

एक–दुईपटक प्लाज्मा फेरेसिस गर्दा बढेको एन्टिबडीमा सुधार आएको खण्डमा थप केहीपटक गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञले बताउँदै आएका छन् । विशेषज्ञका अनुसार दुईपटकसम्म प्रयास गर्दा पनि सुधार नदेखिएको अवस्थामा थप प्रयास गरिँदैन ।

वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रधानमन्त्रीको स्वास्थ्योपचारमा ३ विकल्प छन्, प्लाज्मा फेरेसिस, पुनः प्रत्यारोपण र डायलाइसिस । प्लाज्मा फेरेसिस उपचार सबैमा उपयोगी नहुने र यदि त्यस्तो भएको खण्डमा प्रत्यारोपण वा डायलाइसिसको बाटो रोज्नुपर्ने उनको भनाइ छ । ६८ वर्ष उमेरका प्रधानमन्त्री ओलीको मुटु, कलेजो, ब्रेन, फोक्सोको अवस्था राम्रो रहेका कारण पुनः प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको खण्डमा पनि प्रत्यारोपण सम्भव रहेको डा. काफ्लेको भनाइ छ ।
प्रधानमन्त्री

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि पुनः सिंगापुर प्रस्थान, मिर्गौलासम्बन्धी एन्टिबडी निष्कासन गरिने

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । झन्डै डेढ दशकदेखि मिर्गौलारोगसँग लडिरहेका प्रधानमन्त्री ओली १० दिनको बीचमा दोस्रोपटक बिहीबार दिउँसो साढे १ बजे उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहयोगी, निजी चिकित्सक तथा सुरक्षाकर्मी सम्मिलित रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए । उनले १८ देखि २७ साउनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा उनको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएको डा. सिंहले जानकारी दिएकी छिन् ।

खासमा प्रधानमन्त्रीका के–कस्तो उपचार हुँदै छ सिंगापुरमा ?
प्रधानमन्त्री ओलीको निजी चिकित्सक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा. सिंहका अनुसार सिंगापुरमा प्रधानमन्त्रीको मुख्यतः मिर्गौलासम्बन्धी एन्टिबडी निष्कासनका लागि उपचार हुनेछ । अघिल्लोपटकको उपचारका क्रममा बढेको देखिएको एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन नै प्रधानमन्त्री पुनः सिंगापुर प्रस्थान गरेको डा. सिंहको भनाइ छ ।

सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा सिंगापुरका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण, क्षमता अभिवृद्धिका साथै आवश्यक उपचार गर्ने डा. सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे केही विशेष जानकारी दिनुपर्ने भएमा आमसञ्चारमार्फत नेपाली जनतालाई सुसूचित गराइने डा. सिंहको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीले सिंगापुरमा गरेको उपचारखर्च आफैँ व्यवस्थापन गर्नुहुन्छ : सरकारका प्रवक्ता बास्कोटा

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा गरेको उपचार खर्च सरकारले बेहोर्ने नभई प्रधानमन्त्री स्वयंले व्यवस्थापन गर्ने बताएका छन् । यद्यपि, प्रधानमन्त्रीको उपचार भ्रमण टोलीमा संलग्न चिकित्सक, कर्मचारी, कुरुवा तथा अन्य व्यक्तिको हवाई टिकट, भ्रमणभत्ता, बसोवासलगायत खर्च भने सरकारले बेहोर्ने मन्त्री बास्कोटाको भनाइ छ । प्रधानमन्त्री ओली शनिबार बेलुका स्वास्थ्यजाँचका लागि सिंगापुर गएका थिए ।

आइतबार १६ साउनमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उक्त बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको जानकारी दिए । निर्णय सार्वजनिकसँगै पत्रकारहरूले विदेशमा गरिने उपचारबारे गरेको प्रश्नमा बास्कोटाले प्रधानमन्त्री स्वयंले उपचारखर्चको व्यवस्थापन गर्ने बताएका हुन् । प्रधानमन्त्रीको प्लेनखर्च मात्र सरकारको हुने उनले बताए । मन्त्री बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्यसमस्याबारे केही खुलाउन चाहेनन् । उनले सरकारले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको बताए ।

करिब एक दशकअघि किड्नी ट्रान्सप्लान्ट गराएका प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलामा समस्या देखिएपछि त्यसको परीक्षण र केही समय आरामका लागि सिंगापुर गएको स्रोतको भनाइ छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार हुँदै छ । एक साताको अस्पताल बसाइपछि उनी स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै उनका चिकित्सक डा. दिव्यासिंह शाहसहित सचिवालयका कर्मचारीहरू सिंगापुर छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गंगालाल अस्पतालमा नयाँ ओपिडी भवन, प्रधानमन्त्रीले भने– मुटुरोगको उपचारमा शिकारी युगको अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले गंगालाल अस्पतालको स्थापनाले मुटुरोगको उपचारको क्षेत्रमा शिकारीयुगको अन्त्य भएको बताएका छन् । गंगालाल अस्पतालका नवनिर्मित ओपिडी भवन एवं विस्तारित आकस्मिक सेवाको उद्घाटन गर्न पुगेका ओलीले सुरुमा रोगको निदान नभइकनै मान्ने मर्ने गरेको र त्यसलाई शिकारी लागेको भन्ने गरिएको प्रसंग उप्काउँदै अहिले त्यस्तो अवस्था नरहेको सुनाए ।

उनले गंगालाल अस्पताल स्थापना हुँदाको प्रसंगमा त्यतिबेला आफू गृहमन्त्री रहेको भन्दै चिकित्सकहरु मुटुको अस्पताल खोल्ने कुरा गर्दा निकै खुसी भएको सुनाए । ‘होचो सिलिङ भएको ठाउँ हुन्थ्यो भने, टाउको ठोकिन्थ्यो होला, म त्यति खुसी भएको थिएँ’ उनले भने, ‘मलाई चिन्ता भनेको शिकारयुगको अन्त्य होला र विज्ञान युगको सुरुवात होला कि नहोला भन्ने थियो’

ओलीले आफू सानो हुँदा अधिकांश मानिस मर्दा शिकारी लागेको, शिकारीले बाण हानेको भन्ने गरिएको सुनाए । ‘त्यही अस्पतालबाट अहिले १७ हजारको त ओपनहार्ट सर्जरी भएछ, यहीबाट नयाँ जीवन पाएकाहरु देशभर छन्’ ओलीले भने । ओलीले मुटुसँगै आँखा, प्लाष्टिक सर्जरी, मिगौला प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेख्य प्रगती हाँसिल गरेको समेत बताए । ओलीले हाम्रा धर्मशास्त्रले अन्धविश्वास मात्रै नपस्किएको, विज्ञान प्रविधिको विकासका आधार र ज्ञान दिएको समेत बताए । ओलीले धवन्तरी, पतन्जलीदेखि चरकजस्ता तवस्वी र योगीहरु चिकित्सा विज्ञानमा धेरै प्रयोग गरेको बताए ।

म नक्कली हैन् अस्थायी बिरामी
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपनि अस्पतालको उद्घाटनमा आएको भन्दै अस्पतालका निर्देशकले स्वागत मन्तव्यकै क्रमा प्रसंग कोट्याएका थिए । निधार्रित समयभन्दा १ घण्टा ढिला पुगेको ओलीले स्वास्थ्यका कारण बसेरै संवोधन गरेपछि परम्परागत र आधुनिक चिकित्सा पद्धतिबारे करिव १ घण्टा धारप्रवाह दिए । ओलले मन्तव्य अन्त्य गर्ने समयमा भने, ‘यति धेरै बोल्यो नक्कली बिरामी रहेछ भन्नुहोला’ उनले भने, ‘म नक्कली बिरामी होइन् अस्थायी बिरामी ’

उनले आफू सुतिरहेको र निकै कर गरेपछि मात्रै आएको बताए । अन्य स्वास्थ्य समस्या के भएको थियो भन्ने नखुलाईकनै ओलीले मन्तव्यको बीचमा बुद्धिबंगारा झरेको प्रसंग उप्काए । ‘मेरो दायाँपट्टीको बुद्धिबंगारो हिजो आफै सुस्कियो, छामेर हेरेँ रगत पनि आएको थिएन् जरा पनि रहेनछ’ ओलीले थपे, ‘मेरो हजुरआमा १०१ वर्षको हुँदासम्म मकै चपाउँनुहुन्थ्यो’
उनले थपे, ‘मेरो हजुरआमालाई प्रेसर, सुगर केही थिएन, न कहिल्यै सुई लगाउँन दिनुभयो’ उनले भने, ‘उपचार भनेकै उहाँको एउटा खल र लोहोरो थियो, त्यसैमा कुटेर विभिन्न औषधि घरमै बनाएर खानुहुन्थ्यो’

भावुक बने निर्देशक,अवरुद्ध भयो गला
अस्पतालको इतिहास, थपिएको सेवाबारे जानकारी दिन मञ्चमा पुगेका अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका गला मन्तव्यका क्रममा रोकिए । स्वार काप्यो – जब शर्माले आफूलाई सहयोग गर्नेका नाम लिए । शर्माले अस्पतालका पूर्व निर्देशकहरु डा. मनबहादुर केसी, डा. भगवान कोइरालादेखि आफूलाई निर्देशकको नियुक्ती हुँदाका स्वास्थ्यमन्त्री खगराज अधिकारीसम्मलाई सम्झे । श्रीमती, छोराछोरी, बाबुआमा र सासुससुरालाई धन्यवाद दिइरहँदा उनको गला अवरुद्ध भएका थिए । शर्माले आफ्नो कार्यकाल जम्मा १५ दिनमात्रै वाँकी रहेको भन्दै अगामी कार्यकालयका लागि आफूभन्दा योग्य व्यक्तिलाई निर्देशक बनाउँन समेत सरकारसँग आग्रह गरे ।

प्रधानमन्त्री दुई उपप्रधानमन्त्रीहरु ईश्वार पोखरेल र उपेन्द्र यादवसमेत उपस्थित कार्यक्रममा शर्मा २४ वर्षअघि ९ वेडबाट सुरु भएको अस्पताल अहिले मुटुरोगका सम्पूर्ण उपचार संभव भएको अन्तराष्ट्यि अस्पताल भएको बताए । उनले अस्पतालले हालसम्म १७ लाखलाई ओपिडी सेवा, ७० हजार प्रोस्युजुअर, १७ हजार ओपन हार्डसर्जरी र २३ हजार मुटुका शल्यक्रिया गरेको जानकारी दिए । करिव ५१ करोड लागतमा नवनिर्मित भवन चार वर्षअघि शर्मा नै निर्देशक भएपनि निर्माण प्रारम्भ भएको थियो । नवनिर्मित भवनबाट ३४ बेडको विस्तारित आकस्मिक कक्षसहित, ओपिडीसहित अन्य थुपै सेवा विस्तार गर्ने जानकारी शर्माले दिए । कार्यक्रममा तोकिएकै समयमा भवन निर्माण पूरा गर्न सघाएको भन्दै भवन विभागका इन्जिनियारसहित निर्माण कम्पनीसमेतलाई सम्मान गरिएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीले भने –‘प्रतिष्ठानहरु खेल मैदान र भर्तीकेन्द्र होइनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य प्रतिष्ठानलाई खेलमैदान र भर्ती केन्द्र नबनाउन चेतावनी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभालाई संवोधन गर्दै कुलपतिसमेत रहेको ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेलमैदान बनाउँने होइन, मान्छे नियूक्ती गर्ने भर्ती केन्द्र पनि हैन त्यो ।’ उनले भने, ‘विजिनेश व्यापार गर्ने व्यापारको थलो पनि हैन् त्यो ।’

उनले त्यहाँ कुन पार्टीका पदाधिकारी छन् भन्ने कुराको आफूलाई मतलत भएको भन्दै प्रचार र दबाबबाट आफ्ना निर्णय प्रभावित नहुने बताए ।
‘त्यहाँबाट दबाब सृजना गर्ने ! यस्तो दबाब कमसेकम म स्वीकार्दिन । ’ उनले थपे, ‘सरकारले दबाबमा काम गर्दैन् । निश्पक्ष र तटस्थ ढंगले काम गर्छ ।’
उनले प्रतिष्ठानमा बसेर गल्ती गर्ने छुट कसैलाई नदिने भन्दै कारवाहीको चेतावनी समेत दिए । उपकुलपति वा कुनै पदाधिकारीको गल्तीमा आफूले ‘एस्क्युज’ नदिने प्रधानमन्त्रीको भनाई थियो ।

‘यस्तो छाविन समिति रिपोर्ट कुलपतिले पाएको छैन् । कुलपतिले आफूका रिपोर्ट आउनुभन्दा अगाडि सञ्चारमाध्यामाट थाहा पाउँछ ।’ प्रधानमन्त्रीले प्रश्न गरे ‘कस्तो रिपोर्ट यो ? अथवा प्रतिवेदन हो कि राजनीति हो ?’

बजेट पास गर्ने लगायतका एजेण्डामा बसेको बैठकमा प्रधानमन्त्रीले राप्ती प्रतिष्ठानमा पछिल्ला दिनमा बढेको बिबाद र छनवीनका विषयप्रतिसमेत असन्तुष्टि जनाए । उनले छानवीनको प्रतिवेदन आफूलाई नबुझाईकनै सार्वजनिक गरिएको प्रतिसमेत आपत्ति जनाए । ‘यस्तो छाविन समिति रिपोर्ट कुलपतिले पाएको छैन् । कुलपतिले आफूका रिपोर्ट आउनुभन्दा अगाडि सञ्चारमाध्यामाट थाहा पाउँछ ।’ प्रधानमन्त्रीले प्रश्न गरे ‘कस्तो रिपोर्ट यो ? अथवा प्रतिवेदन हो कि राजनीति हो ?’

उनले छानविन टोलीमाथि समेत प्रश्न गर्दै ‘छानवीन गर्न जानु भयो कि राजनीति गर्न जानुभयो ?’ भनि प्रश्न गरे । उनले यो सिनेट सर्वोच्च संस्था भएको र प्रधानमन्त्रीले नै अध्यक्षता गरिरहेको सन्दर्भ उप्काउँदै यस्तो अवस्थामा संस्था चाँही बर्बाद भइरहेको हेर्न नसक्ने सुनाए । ‘सबैभन्दा माथि निर्णय गर्ने ठाउँमा हामी छौ,’ उनले भने, ‘त्यो ठाउँमा हामी छौ र संस्था उभो लाग्ला भनेको त उधो लागिरहेको छ ।’

उनले प्रतिष्ठान असफल हुँदा आफूलाई पनि अपजश आउँने भन्दै सबैजना जिम्मेवार हुनुपर्ने बताए । उनले संस्थाको असफलतामा नेतृत्वको असफलता देखिने भन्दै प्रतिष्ठानलाई असफल बनाउँन इच्छा, चाहाना र काम पनि त्यस्तो नगरेको बताए ।

उनले यही अवस्था रहँदा प्रतिष्ठान नै बन्द हुनेसक्ने र चल्न नसक्ने भन्ने दबाब पनि आइरहेको भन्दै हस्तक्षेप गर्न सक्ने संकेत गरे । ‘हामीले त्यही दफातिर लान खोजेको ? हामीले त्यस्तो हुन दिनुहुँदैन । ’ ओलीले संस्थालाई जोगाउनुपर्ने भन्दै जोगाउनका लागि फराकिलो मनका साथ दृढतापूर्वक काम पदाधिकारीलाई निर्देशन दिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीबाट प्रसूतिगृहको पुनर्निर्मित भवन उद्घाटन, ५४% स्वास्थ्यसंस्थाको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् । शुक्रबार बिहान अस्पतालमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् ।

जापानी सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा करिब १५ महिना समय लगाएर निर्माण सम्पन्न गरिएको उक्त भवनबाट एक साताअघि नै सेवा सुरु भइसकेको छ । भवनको औपचारिक उद्घाटन भने सेवा सुरु गरेको एक सातापछि मात्र गरिएको हो । भवन निर्माणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले जापान सरकारलाई धन्यवाद दिँदै प्रसूतिगृहको नयाँ भवन निर्माण सम्पन्न भएको प्रति खुसी व्यक्त गरे । १२ वैशाख ०७२ को महाविनाशकारी भूकम्पले क्षति पुर्याएका संरचनाको पुननिर्माणसँगै नयाँ–नयाँ काम गरेर अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रसूतिगृहको भवन निर्माण भूकम्पपछिको पुनर्निर्माणको एक उदाहरणीय काम हो ।’

भवन मात्रै नयाँ नभएर अस्पतालले अत्याधुनिक सेवा पनि प्रदान गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अस्पतालको पार्किङको स्तरोन्नति तथा अस्पतालको पारिपट्टि रहेको जग्गाका विषयमा पनि सरकारको ध्यानाकर्षण भएको बताए ।

वीरको नवनिर्मित भवनको पनि शुक्रबार नै उद्घाटन
यसैबीच, शुक्रबार नै वीर अस्पतालको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको छ । जाइकाकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको वीरको नयाँ भवनको उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन् ।

काठमाडौंबाहिर पनि प्रसूति अस्पताल आवश्यक : स्वास्थ्यमन्त्री यादव
प्रसूतिगृहको भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौंबाहिर पनि अत्याधुनिक सेवायुक्त प्रसूति अस्पताल आवश्यक रहेको बताए । उनले नयाँ भवन निर्माणसँगै प्रसूतिगृह मुलुककै एक सुविधासम्पन्न अस्पताल बनेको बताए । स्वास्थ्यमन्त्री यादवले यस्तो अत्याधुनिक प्रविधिसम्पन्न अस्पताल काठमाडौंबाहिर पनि आवश्यक रहेको बताए ।

प्रसूतिगृहको भवन उद्घाटन कार्यक्रमलगत्तै मन्त्री यादव वीरको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका थिए ।

विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमा प्रसूतिगृह, यस वर्ष २७ हजार डेलिभरी

उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले प्रसूतिगृहमा एक पैसा पनि खर्च गर्न नसक्ने बिरामीले पनि उपचार सेवा नपाएर फर्किनुनपर्ने बताए । निर्देशक गौतमले विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमा प्रसूतिगृह पनि पर्ने जानकारी गराए ।

‘विश्वमा सबैभन्दा बढी डेलिभरी गराउने अस्पतालमध्ये प्रसूतिगृह पनि एक हो,’ उनले भने, ‘यस वर्ष मात्रै अस्पतालले २७ हजारको प्रसूति गरायो ।’ प्रसूतिगृहमा सबै डेलिभरी निःशुल्क हुने बताउँदै निर्देशक गौतमले भने, ‘यहाँ कसैले पनि उपचार गर्न नसकेर फर्किनुपर्ने अवस्था छैन ।’ ४ सय शय्याको अस्पताल भूकम्पपछि ३ सय ५० शैय्यामा झरेपछि निम्तिएका समस्याका बाबजुद पनि प्रसूतिगृहले उत्कृष्ट सेवा दिइरहेको निर्देशक गौतमले दाबी गरे ।

नयाँ भवनमा यस्ता छन् सेवा–सुविधा
अस्पतालको नवनिर्मित भवनमा नयाँ भवनमा २४ शय्याको आकस्मिककक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुईवटा शल्यक्रियाकक्ष, पोस्टअपरेटिभ वार्ड, १२ शय्याको आमाका लागि आइसियू, ४० शय्याको बच्चाका लागि आइसियूलगायत सेवा सञ्चालनमा छन् ।

अन्तर्राष्ट्रिय दातृनिकायको सहयोगमा ६४३ स्वास्थ्यसंस्थाको पुनर्निर्माण, ५४% को पुनर्निर्माण सम्पन्न
०७२ को महाभूकम्पका कारण स्वास्थ्यसंस्थाहरूको भवन नराम्ररी क्षतिग्रस्त भएका थिए । कुल १ हजार १ सय ९७ स्वास्थ्यसंस्थाका भौतिक संरचनामा क्षति पुगेकोमा अन्तार्राष्ट्रिय दातृनिकाय तथा दातृराष्ट्रको सहयोगमा ६ सय ४३ स्वास्थ्यसंस्थाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

हालसम्म लगभग ५४ प्रतिशत स्वास्थ्यसंस्थाको पुननिर्माण सम्पन्न भइसकेको बताउँदै उनले सबै स्वास्थ्यसंस्थाको पुनर्निर्माणको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले प्रसूतिगृहको भवन निर्माण पनि एउटा उपलब्धिमूलक काम भएको बताए । साथै, प्रसूतिगृहको नयाँ भवनमा आधुनिक उपकरण पनि जडान गरिएको समेत ज्ञवालीले जानकारी दिए ।

‘भूकम्पले क्षति पुर्याउनुअघिको भन्दा पनि राम्रो र बलियो ढंगबाट स्वास्थ्यसंस्थाहरूको पुनर्निर्माण गरिनेछ,’ उनले भने । १० वटा स्वास्थ्यसंस्थाको पुनर्निर्माण कार्य भने अब अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रधानमन्त्रीले कुरै नबुझी सरकारी अस्पताललाई पखालेर निजीको महिमागान गरेको त्यो क्षण…

होटेल सोल्टीको प्रमुख हल खचाखच छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुखअतिथि रहेको समारोहमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव विशेष अतिथि ।

हजारभन्दा बढीको त्यो भव्य उपस्थितिमा झन्डै आधा त भिआइपी नै छन् । दर्शकदीर्घाको पहिलो रोमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, भारतीय राजदूत मन्जिभसिंह पुरी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री रघुवीर महासेठ, नेकपाकै अर्का नेता वामदेव गौतम, राजपाका अर्का नेता राजेन्द्र महतो, नेपाली कांग्रेसका प्रदीप गिरी, अमरेशकुमार सिंह, कानुनमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्यसचिव डा. पुष्पा चौधरी, आइजिपी सर्वेन्द्र खनाल छन् । त्यसपछाडिका रोमासमेत सबैजसो सार्वजनिक अनुहार नै छन् ।

मन्त्रीहरू, प्रमुख दलका शीर्षनेता, कुटनीतिज्ञ, विभिन्न मन्त्रालयका सचिव, प्रहरीप्रमुखसमेतको उपस्थितिको यो दृश्य कुनै राष्ट्रिय समारोहको नभएर निजीक्षेत्रको अस्पताल मेडिसिटीको एउटा सामान्य कार्यक्रमको थियो ।

२०७४ भदौदेखि स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति पाएको यो अस्पतालको समारोह यति विशेष हुनुको एक मात्र कारण यसका सञ्चालक प्रभावशाली व्यक्ति गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतो हुन् ।

देशको प्रधानमन्त्री एउटा निजी अस्पतालको कार्यक्रममा प्रमुखअतिथि भएर जान हुन्थ्यो कि हुँदैनथ्यो, त्यो पनि प्रधानमन्त्रीकै सचिवालय वा प्रधानमन्त्री स्वयम्ले नै तय गर्ने विषय होला । प्रधानमन्त्री स्वयम् उपस्थित हुने कार्यक्रममा मन्त्री, सचिवदेखि उच्च पदस्थहरू जाने विषयमा पनि खासै बहस गरिरहनुपरेन । तर, कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गरेको विचारले भने कार्यक्रमपछिका अनौपचारिक जमघटमा निकै चर्चा पायो ।

कार्यक्रमको मेलो थियो, मात्र ०७४ भदौदेखि ३ सय शय्याको अस्पतालका रूपमा सञ्चालन अनुमति पाएको प्रस्तावित आश्विनी मेडिकल कलेज शिक्षण अस्पतालले नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) मान्यता !

यो मान्यताले जति ठूलो अर्थ राख्ने हो, त्योभन्दा अर्थपूर्ण विषय मेडिसिटीका लागि देशका प्रधानमन्त्रीले खर्चिएका शब्द थिए । ओलीले कार्यक्रममा मेडिसिटीलाई अन्तर्राष्ट्रियस्तरको अस्पतालको मान्यता पाएकोमा बधाई दिए । ‘नेपालमा एउटा अस्पतालले अन्तर्राष्ट्रिय मान्यता पाएको छ, भरपर्न सकिने अस्पतालका रूपमा विकास गरेको छ,’ ओली यतिमा मात्रै रोकिएनन्, ‘यो अन्तर्राष्ट्रिय विश्वास कमसेकम एउटा अस्पतालले प्राप्त गर्यो ।’

प्रधानमन्त्रीले लगानी सम्मेलनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको एउटा अस्पताल छ भन्न पाएको भन्दै गर्वसमेत गरे । अस्पताल त्यो मान्यताका लागि आवेदन दिन गयो, नियमनका लागि मापदण्ड बनायो, खर्च गर्यो र प्राप्त गर्यो । यो उसका लागि अन्य निजी अस्पतालसँग तुलना गर्न एउटा तहमा पुग्यौँ भन्ने विषय होला । तर, सरकारी अस्पतालसँग तुलना गरिराख्नुपर्ने विषय होइन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको अस्पतालको प्रशंसामा जति मिठा शब्द खर्चिए, त्यति नै विषवमन सरकारी अस्पतालप्रति गरे, जसको सुधार, विकास, नियमन, स्रोत–साधनको व्यवस्थापन, उन्नति–अवनतिलगायत सबै पक्षको अन्तिम जिम्मेवारी देशको कार्यकारी प्रमुखका रूपमा उनी स्वयम्को हो ।

ओलीले सोही कार्यक्रममा सरकारी अस्पतालहरूले यस्तो मान्यता किन पाएनन् भनेर प्रश्न उठाए । ‘सार्वजनिक संस्था सुधारमा कति आफ्नो ठान्छौँ भन्ने कुरा बाधा भएको छ । वीरजस्तो इतिहास बोकेको अस्पताल, टिचिङ, बिपिकेआइएसएचले किन यस्तो मान्यता पाउन सकेनन् ?’ ओलीले थपे, ‘जग्गाको क्षेत्रफल पुगेन कि, डाक्टर छैनन् कि, खर्च पुगेन कि ?’

उनले निजी अस्पतालले यस्तो मान्यता प्राप्त गर्दा अर्को निजी अस्पतालको चित्त दुःखाउलासमेत भन्न भ्याए । ‘यस्तो सोचबाट माथि उठ्नुपर्छ, ऊभन्दा राम्रो गरेर जित्छु भन्ने भावना हुनुपर्छ, ईर्श्या होइन, प्रतिस्पर्धा गर्नुपर्छ,’ उनको अभिव्यक्ति थियो ।

अस्पतालले जनशक्तिको व्यवस्थापन, सेवा, प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा मापदण्डलगायतका आधारमा यस्तो मान्यता पायो । गुणस्तर र व्यवस्थापनसँग सम्बन्धित यस्ता मान्यता पाउन एउटा आधारभूत विषय भनेको लिन चाहने संस्थाले यो मान्यताका लागि आवेदन दनुपर्छ । गैरसरकारी तहको आस्पतालले यो मान्यता पाउनुले अस्पताल एउटा विधि, पद्धति, प्रक्रिया वा गुणस्तरमा चलेको प्रमाणित गरेको छ । यस आधारमा सेवामूलक व्यवसाय गर्न आएको अस्पतालको कोणबाट खुसी हुनु स्वाभाविक नै होला ।

तर, बहस गर्नुपर्ने विषय भनेको कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गरेका धारणा हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको अस्पतालको प्रशंसामा जति मिठा शब्द खर्चिए, त्यति नै विषवमन सरकारी अस्पतालप्रति गरे, जसको सुधार, विकास, नियमन, स्रोत–साधनको व्यवस्थापन, उन्नति–अवनतिलगायत सबै पक्षको अन्तिम जिम्मेवारी देशको कार्यकारी प्रमुखका रूपमा उनी स्वयम्को हो ।

प्रधानमन्त्रीपछि स्वास्थ्यमन्त्री यादवले बरु केही सरकारी अस्पतालको नाम लिए । उनले गंगालाल एउटा गर्व गर्न लायक संस्था भएको बताए । उनले आँखा सेवामा तिलगंगादेखि, लहान र विराटनगरका अस्पतालसमेत अन्तर्राष्ट्रिय उपचारको गन्तव्य बनिरहेको प्रसंग उप्काए । उनले मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, ओपन हार्ट सर्जरीसमेत राम्रो भएको बताए ।

तर, प्रधानमन्त्रीले सरकारी स्वास्थ्यसेवालाई बलियो बनाउने केवल सैद्धान्तिक नाराबाहेक केही ठोस विषय उप्काएनन् । औपचारिक कार्यक्रमपछि विशेषगरी सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्रीको मन्तव्यलाई लिएर निकै चित्त दुःखाए । मुस्किलले केही सय ओपिडी सेवा दिइरहेको एउटा निजी अस्पतालसँग वर्षौंदेखि हजारौँ बिरामीको निर्विकल्प भरोसा बनेका सरकारी अस्पतालसँग दाँज्न सुहाउँछ ? त्यति मात्रै होइन, स्वास्थ्यसंस्थाको स्तरीकरणको जाँच गर्ने र प्रमाणीकरण गर्ने यो संस्थाबाट मान्यता पाउन नसक्ने भएरै हाम्रा सरकारी अस्पतालले नपाएका हुन् कि लिन नगएका हुन् ? वा यस्तो प्रमाणीकरणका लागि माग्न जानुपर्ने हो कि होइन त ? एउटा निजी अस्पतालका लागि यस्ताखाले मान्यताले प्रतिष्ठासँगै व्यवसायको विस्तार र प्रचारमा अहम् भूमिका निभाउलान्, तर पूर्णतः सेवामूलक सरकारी अस्पतालका लागि त्यसले खासै महत्व नराख्ने जानकारहरु बताउँछन् ।

निजीक्षेत्रमा राम्रो अस्पताल बनेको छ, उपचारका लागि बिदेसिने रकम रोकिन्छ भनेर त्यसको प्रशंसा नै गर्नुहुन्नथ्यो भन्ने कदापि होइन । सेवामूलक व्यवसायका लागि खोलेको अस्पतालले प्रतिस्पर्धाका लागि बजारीकरण, प्रमाणीकरण गर्न सक्छ ।

के सरकारी संस्थालाई सरकारले मेडिसिटीजस्तै भव्य भौतिक संरचना, चुस्त व्यवस्थापन, व्यवस्थित सेवाजस्ता कुरामा आवश्यक मात्रामा ध्यान दिएको छ त ? र, ती अस्पतालले त्यस्ता मान्यताका लागि निवेदन दिएर चेकजाँचपश्चात् मान्यताका लागि अयोग्य भएका हुन् त ? भारतको गैरसरकारी क्षेत्रको त्यो प्रमाणीकरण नेपालका सरकारी अस्पतालका लागि आवश्यक छ त ? किन यी विषयमा प्रधानमन्त्रीले विचार गर्नुभएन ?

इन्टरनेसनल सोसाइटी फर क्वालिटी इन हेल्थ केयर (इस्क्वा)का सदस्य एवम् एसियन सोसाइटी फर क्वालिटी हेल्थ केयरको कार्यकारी बोर्डमा रहेको संस्थाले अस्पताललाई मान्यता दिनु उसका लागि खुसीको विषय होला । तर, यो सरकारीसँग तुलना गर्नुपर्ने विषय हो त ?

के सरकारी संस्थालाई सरकारले मेडिसिटीजस्तै भव्य भौतिक संरचना, चुस्त व्यवस्थापन, व्यवस्थित सेवाजस्ता कुरामा आवश्यक मात्रामा ध्यान दिएको छ त ? र, ती अस्पतालले त्यस्ता मान्यताका लागि निवेदन दिएर चेकजाँचपश्चात् मान्यताका लागि अयोग्य भएका हुन् त ? भारतको गैरसरकारी क्षेत्रको त्यो प्रमाणीकरण नेपालका सरकारी अस्पतालका लागि आवश्यक छ त ? किन यी विषयमा प्रधानमन्त्रीले विचार गर्नुभएन ?

यो नभई नहुने मान्यता हो भने प्रधानमन्त्रीले मञ्चमा सँगै बसेका स्वास्थ्यमन्त्रीलाई किन सरकारी अस्पताललाई यस्तो मान्यता दिलाउन लाग्नुस् भनेर निर्देशन दिनुभएन ? नेकपाकै अर्का अध्यक्ष (तत्कालीन माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वास्थ्यसेवाको गुणस्तर प्रमाणीकरण गर्नका लागि स्वतन्त्र प्राधिकरण बनाउने निर्णय गरेको थियो । नेपालमा पनि यस्तै निकाय बनाउने कुरामा कार्यक्रममा खासै बहस भएन ।

कार्यक्रममा अधिकांश सरकारी प्रतिष्ठानका उपकुलपतिसमेत थिए, अस्पतालका निर्देशकहरू थिए । प्रधानमन्त्रीले कतिपटक उहाँलाई बोलाएर सरकारी अस्पतालबारे यति चिन्तन गर्नुभयो ? यस्ता मापदण्ड अन्य ठूला अस्पताल, प्रयोगशाला, उपकरणहरूले विभिन्न देशका प्रमाणीकरण गर्ने निकायबाट मान्यता र गुणस्तर प्रमाणीकरण पाएका छन् । यो उनीहरूका लागि आफैँले आफैँलाई व्यवस्थित बनाउने र प्रचार गर्ने मेलो होला । तर, सरकारी अस्पतालले नपाएका र अब निजी अस्पतालबाहेक देशमा गुणस्तरहीन मात्रै अस्पताल छन् भन्नेखालको प्रधानमन्त्रीको अभिव्यक्तिले सरकारी स्वास्थ्यसंस्थालाई खसाल्ने र निजीलाई मात्रै सब्ल हुन् भन्ने भ्रम फैलाउन मद्दत गर्छ ।
निजीक्षेत्रका अस्पतालले पैसा हुनेका लागि छरितो सेवा, गुणस्तरीय प्रविधि, विशेषज्ञ जनशक्ति भित्र्याएका होलान् । तर, सरकारले समीक्षा गर्नुपर्ने विषय भनेको त निजीले सक्ने सरकारले त्यही काम गर्न नसक्ने किन हुन्छ ? सरकारको नेतृत्वकर्ताको तहबाट त त्यसको समीक्षा र पहल हुनुपर्ने हो । तर, सीमित स्रोत–साधन, अन्य कर्मचारीसरह तलबमा काम गरिरहेका चिकित्सक, अव्यवस्थाका बीचमा सेवा दिइरहेका सरकारी अस्पताल र तिनका चिकित्सकको मनोबल गिराउने प्रधानमन्त्रीको अभिव्यक्ति चित्तै बुझेन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै