प्रदूषणको उच्च जोखिममा लुम्बिनीको द्वार भैरहवा

भैरहवाको प्रमुख सहर सिद्धार्थनगर प्रदूषणको चपेटामा पर्दै गएको छ । भैरहवा स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा पछिल्लो समय बढ्दो सहरीकरणसँगै, धुलो, धुवाँले प्रदूषणको उच्च जोखिममा परेको छ ।

युनिभर्सिटी अफ न्यु मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थिति निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको देखाएको छ । प्रतिष्ठानले सन् २०१७ को डिसेम्बरदेखि अनुसन्धान थालेको थियो । प्रतिष्ठानले इन्डोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर खुला आकाशमा) प्रदूषणका विषयमा खोज–अनुसन्धान गरिरहेको छ । यसमध्ये इन्डोर प्रदूषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदूषणबारे खोज–अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रका दुई स्थानमा प्रदूषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदूषणको तथ्यांक संकलन गरेको थियो । तथ्यांकअनुसार भैरहवाको इन्डोर वायुप्रदूषणको सूचक ३ सय ५० देखि ४ सयसम्म पुगेको पाइएको छ । सामान्यतः १ देखि ५० सम्मको वायु सूचकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायाममा वायु गुणवत्ता सूचकांक १ देखि ५० भित्रै थियो भने सुक्खायाममा उक्त सूचकांक २ सय ५० देखि २ सय ७५ पाइएको थियो । रिपोर्टअनुसार यस क्षेत्रमा कोठाभित्रको हावा पनि प्रदूषित देखिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

सन् २०१८ को डिसेम्बरदेखि आउटडोर प्रदूषण मापन गर्ने मेसिन पनि प्रतिष्ठानले जडान गरेको छ । प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदूषण मापन यन्त्र जडान गरेको छ ।

भैरहवामा वायु प्रदूषणसँगै नदी प्रदूषण पनि बढेको छ । सिद्धार्थनगर नगरपालिका क्षेत्र हुँदै बग्ने डन्डाखोला पनि प्रदूषणको चपेटमा परेको छ । डन्डाखोला सहरको फोहोर विसर्जन गर्ने स्थल बनेको छ । भैरहवा क्षेत्रको प्रदूषण अध्ययन गरिरहेको प्रतिष्ठान पछिल्लो समय डन्डाबचाउ अभियानमा पनि लागेको छ । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाका अनुसार अहिले अमेरिकी वैज्ञानिकहरूको सहयोगमा डन्डा इकोलोजिकल मनिटरिङ कार्यक्रम पनि सुरु गरिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

डन्डाखोलालाई जोगाउन अहिले नगरपालिकाले पनि अभियान थालेको छ । नगरक्षेत्रभित्र १५ किलोमिटरमा नगरपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना सार्वजनिक गरेको छ । नगरपालिले खोलालाई पार्कको रूपमा विकास गर्न खोजेको बताएको छ ।

भैरहवा क्षेत्रमा देखिएको यो प्रदूषणको जोखिमले यस क्षेत्रको पर्यटनमा समेत प्रभाव पार्ने देखिएको छ । औद्योगिक करिडोर, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सडक परियोजनाका कारण यस क्षेत्रमा प्रदूषण बढेको हुन सक्ने थापा बताउँछिन् । प्रदूषणलाई सामान्य रूपमा लिन नहुने बुझाइ थापाको छ । समयमै प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने थापा बताउँछिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यी हुन् प्रदूषणका स्वास्थ्य असर

 

 

उपत्यकावासीले धुलो र प्रदूषणको सास्ती खेपेको धेरै वर्ष भइसक्यो । उपत्यका मात्रै नभएर मोफसलका पनि अधिकांश ठूला सहरमा प्रदूषण र धुलोको बिगबिगी उस्तै छ । धुलोको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे निरन्तर अध्ययन गरिरहेको संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा मात्रै वर्षभरिमा दुई सयभन्दा बढी दिन प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) छ । परिषद्का अनुसार उपत्यकाको हावामा राष्ट्रिय मापदण्ड पिएम २.५ का लागि ४० माइक्रोमिटर प्रतिघनमिटरभन्दा कमहुनुपर्छ, तर चिसो मौसममा अधिकतम १ सय ९२ माइक्रोमिटर प्रतिघनमिटरसम्म पिएम २.५ को मात्रा पुग्ने गरेको छ ।

धुलो र प्रदूषणका कारण सुरुमा हाच्छिउँ आउने, क्रमशः नाक बन्द हुने, घाँटी खसखस र छालामा डाबरसमेत देखिने लक्षण पैदा हुन्छ । यस्ता समस्या लामो समय रहँदा बिस्तारै घाँटी दुख्ने, खोकी लाग्ने भएर श्वासप्रश्वासका दीर्घकालीन समस्यामा परिणत हुन्छन् ।

वायु प्रदूषणको मुख्य कारकतत्वमध्ये २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलाका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजन अक्साइड स्वास्थ्यका लागि प्रमुख हानिकारक छन् । यस्ता प्रदूषण तथा धुलोका कण श्वासप्रश्वासमार्फत शरीरभित्र पस्ने हुनाले बालबालिकामा श्वासनलीमा संक्रमण हुन्छ भने प्रौढमा श्वासप्रश्वासका दीर्घकालीन समस्या निम्तन्छन् ।  धुलो र प्रदूषणका कारण सुरुमा हाच्छिउँ आउने, क्रमशः नाक बन्द हुने, घाँटी खसखस र छालामा डाबरसमेत देखिने लक्षण पैदा हुन्छ । यस्ता समस्या लामो समय रहँदा बिस्तारै घाँटी दुख्ने, खोकी लाग्ने भएर श्वासप्रश्वासका दीर्घकालीन समस्यामा परिणत हुन्छन् ।यसले श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्यासँगै मुटुरोग र क्यान्सरको जोखिमसमेत बढाउँछ ।

धुलोका कारण श्वासप्रश्वास, दम, बोङकाइटिस्ट मात्र होइन, पेट, मुटु, मानसिक, आँखा र छालाको समस्यासमेत थप्ने वरिष्ठ जनरल प्राक्टिसनर डा. डिपी सिंह बताउँछन् । धुलो र धुवाँमा रहेका मसिना कण श्वासनली हुँदै फोक्सोमा पुगेपछि श्वास लिन र फाल्न कठिन हुन्छ । यसले श्वासप्रश्वाससम्बन्धी दीर्घरोग नभएकामा समेत बोङकाइटिस, दम, मुटुको समस्या देखिने खतरा रहन्छ ।

अनुसन्धान परिषद्का अनुसार वायु प्रदूषणको मात्रा राष्ट्रिय औसतमा १० प्रतिशतले बढी श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि ३ देखि ५ प्रतिशतले बढ्ने गरेको छ । परिषद्ले उपत्यकामा सडकविस्तारसँगै धुलो बढेपछि १ वर्षसम्म हावामा प्रदूषणको मात्रासँगै उपत्यकाका प्रमुख १३ वटा अस्पतालमा भर्ना हुने बिरामीबारे संयुक्त रूपमा अध्ययन गरेको थियो । अस्पताल भर्ना भएका मध्ये ४० प्रतिशतमा दीर्घ श्वासप्रश्वास र करिब ३० प्रतिशतमा निमोनिया देखिएको परिषद्का अधिकृत विजय झा बताउँछन् । ०–९ वर्षका बालबालिका र ५० भन्दामाथिका वयष्क वायु प्रदूषणको उच्च जोखिममा रहने गरेका छन् । उपत्यकामा गाडीको धुवाँ, इँटाभट्टा र जेनेरेटरले निकाल्ने धुँवा प्रदूषणका प्रमुख कारकतत्व हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै