प्रतिनिधिसभा

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कोभिड–१९ प्रकोप व्यवस्थापनमा पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको अवस्थामा पनि सरकारले पिसिआर परीक्षण र क्वारेन्टाइन व्यवस्थामा उच्च प्राथमिकताका साथ काम गर्न नसकेको बताएका हुन्। नेपाली कांग्रेसकी नेतृ एवं सांसद रंगमति शाहीले पुस महिनामै कोरोना संक्रमणको सन्देश पाइसक्दा...