खान जान्दा क्वाँटी सर्वोत्तम पोषण, सही मात्राले दिन्छ अपार स्वास्थ्यलाभ

जनैपूर्णिमा हिन्दू धर्मावलम्बीको महान् पर्व हो । रक्षाबन्धन तथा राखी बाँध्ने दिनको नामले समेत चिनिने यो पर्व नेपालको सन्दर्भमा विशेषगरी व्रतबन्ध संस्कार पूरा गरेका हिन्दू धर्मावलम्बी पुरुषले जनै (यज्ञोपवित) परिवर्तन गर्ने तथा अन्य सबै हिन्दू धर्मावलम्बी पुरुष तथा महिलाले रक्षाबन्धन (पुरोहितबाट हातमा बाँधिने डोरो) बाँध्ने पर्वका रुपमा चिनिन्छ ।

यद्यपि, पछिल्लो समय जनैपूर्णिमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने र आशीर्वाद लिने–दिने पर्वका रुपमा समेत द्रुततर रुपमा विकास हुँदै गएको छ । जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमाविशेष मेलासमेत लाग्ने गर्छ ।

जनैपूर्णिमाको चर्चा गर्दा क्वाँटीलाई छुटाउनै सकिँदैन । जनैपूर्णिमा भन्नेबित्तिकै जसरी जनै वा रक्षाबन्धनको सम्झना हुन्छ, त्यसरी नै क्वाँटीले स्मृतिको अग्रभागमा स्थान बनाउँछ । परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ । क्वाँटी धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक, चिकित्सकीय र पोषणका दृष्टिले पनि स्वास्थ्यवर्धक छ । क्वाँटी प्रोटिनको अब्बल स्रोत हो । प्रोटिनका अलावा क्वाँटीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस, मिनरल्सजस्ता मानव शरीरका लागि अति आवश्यक पोषकतत्त्व पाइने अल्का अस्पतालकी पोषणविद् ऋतु महर्जन बताउँछिन् ।

जनैपूर्णिमाका दिन अधिकांशको घरमा क्वाँटी खाने गरिन्छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउको मिश्रण नै क्वाँटी हो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । नेपाल कृषि प्रदान देश भएकाले वर्षायाममा खेतीपातीका कामले थाकेको शरीरमा ऊर्जा प्रदान गर्न र वर्षातको पानीमा काम गर्दा शरीरमा पुगेको चिसो हटाउन क्वाँटी खाने चलन छ । ब्राह्मण समुदायमा समेत लोकप्रिय रहेको क्वाँटी नेवार समुदायमा विशेष महत्त्वका साथ खाने प्रचलन छ ।

क्वाँटीका फाइदा, सेवनको प्रभावकारी तरिका, व्यक्तिअनुसार सेवनको उपयुक्त मात्रा, सावधानीका विशेष अवस्थालगायत विषयमा पोषणविद् महर्जनसमेतले दिएको जानकारीका आधारमा यो सामग्री प्रस्तुत गरिएको छ ।

क्वाँटीका फाइदा
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– कब्जियतको समस्या हटाउँछ ।
– मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउन सहयोग गर्छ ।
– नियमित सेवन गरेमा स्मरणशक्ति बढाउँछ ।
– पाचनशक्तिमा सुधार ल्याउँछ ।
– सौन्दर्यमा निखार ल्याउँछ ।
– कुपोषण हटाउन सहयोग गर्छ ।
– सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष दाभदायक हुन्छ ।
– शाकाहरीका लागि मासुसरह पोषण प्रदान गर्छ ।

कसरी खाने क्वाँटी ? कसले कति मात्रा खानु राम्रो ?
क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुपर्छ । मानिसको शरीरमा १ केजी तौलबराबर दैनिक १ ग्राम प्रोटिन आवश्यक पर्छ ।

शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।

शाकाहारी जीवनशैली अपनाउने मानिसको शरीरमा प्रोटिनको मात्रा कम हुने भएकाले उनीहरूले भने अन्य मानिसभन्दा बढी मात्रामा क्वाँटी खान सक्छन् । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटी बढी खाने चलन छ । शरीरलाई आवश्यकभन्दा बढी क्वाँटी खानाले शरीरमा प्रोटिनको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ, जसले युरिक एसिडजस्ता रोग लाग्न सक्नेतर्फ सचेत हुनु जरुरी छ ।

यस्ता व्यक्तिले क्वाँटी खाँदा विचार पुर्याउनुपर्छ
विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।

मिलाएर दैनिक खाए अमृत, जथाभावी खाए विष
कुनै पनि खाद्यान्नलाई मिलाएर ठिक मात्रामा खाएमा त्यो अमृतसमान हुन्छ भने आवश्यकताभन्दा बढी मात्रामा तथा नमिलाईकन खाएमा त्यो विषबराबर हुन्छ र त्यसको प्रतिकूल असर मानव स्वास्थ्य पर्न जान्छ । क्वाँटी सामान्यतया २ देखि ४ दिनसम्म राम्रोसँग टुसा उमालेर खान सकिन्छ । उमारेको क्वाँटीमा प्रोटिनका अतिरिक्त भिटामिन सी पनि पाइने भएकाले उमारेरै क्वाँटीको प्रयोग गर्नु राम्रो हो । सामान्यतया नेपालमा जनैपूर्णिमाका दिन मात्रै क्वाँटी खाने प्रचलन छ । तर, यो त दैनिक खानामा उमेर र अन्य खानाका मेनु हेरर समावेश गर्दा बढी लाभदायक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोषण सुधार्न कपिलवस्तुमा १५ बुँदे घोषणा, गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

कपिलवस्तु जिल्लामा स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउन जिल्लाका सरोकारवालाहरू सहमत भएका छन् । उनीहरूले पोषण सुधारका लागि १५ बुँदे घोषणा–पत्रसमेत जारी गरेका छन् । तौलिहवामा आयोजित व्यवस्थापकीय कार्यशाला गोष्ठीको अवसर पारी घोषणा–पत्र जारी गरिएको हो । कार्यशालामा जिल्लाका सबै स्थानीय तहको सहभागिता थियो ।

जारी घोषणापत्रमा सुत्केरीपछिको स्वास्थ्यजाँच स्वास्थ्यकर्मी घरमै गएर गर्ने व्यवस्था मिलाउने र यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, गाउँघर क्लिनिक नियमित सञ्चालनका लागि नगर तथा गाउँपालिकाबाट बजेट विनियोजन गर्ने उल्लेख छ ।

यसैगरी, गर्भवती र सुत्केरी महिलालाई उपहार तथा प्रोत्साहनमूलक (आयोडिन नुन, साबुन, करेसाबारीका लागि बिउजस्ता सामग्री) कार्यक्रमका साथै पूर्ण स्तनपान सचेतना अभियान सञ्चालन गर्ने विषयसमेत घोषणापत्रमा समेटिएको छ । स्थानीय तहको प्रतिनिधित्व गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले घोषणा–पत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा महिनामा एकपटक बच्चाको तौल अनुगमन गर्ने, महिलालाई प्रसूतिका लागि नजिकको बर्थिङ सेन्टरसम्म पुग्न र फर्किन निःशुल्क एम्बुलेन्ससेवा उपलब्ध गराउने, स्वयंसेविकाको सेवालाई प्रभावकारी बनाउने, ‘पोषणका लागि करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य आमासमूहहरूलाई पुनर्जागरण गर्ने विषय उल्लेख छन् । त्यसैगरी, गुणस्तरीय स्वास्थ्य तथा पोषणका लागि आफ्नै पहल र समुदाय स्वास्थ्य प्राप्तांक बोर्डजस्ता कार्यक्रमलाई प्रवर्धन गर्ने विषय प्राथमिकतामा राखिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

अधिकारीका अनुसार किशोरीहरूका लागि महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड निर्माण एवम् वितरण कार्यक्रम सञ्चालन गर्ने, बच्चाको दिसाको व्यवस्थापनका लागि गरिब, विपन्न आमालाई प्लास्टिक पोटी (प्यान) बच्चा जन्मेको १ हजार दिनसम्म वितरण गर्ने, स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनका लागि ससर्त अनुदानबाहेक सामान्यीकरण अनुदानबाट थप बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइएको छ । पोेषणको क्षेत्रमा कार्य गर्ने सबै सरोकारवालाबीच एकीकृत र समन्वयात्मक तरिकाले काम गर्ने र विद्यालयतहमा स्वास्थ्य र पोषण एवम् स्वच्छतासम्बन्धी जानकारीमूलक शिक्षा दिन स्वास्थ्यसंस्था तथा यससम्बन्धी सहयोगी संस्थाहरू मिली कार्यक्रमको आयोजना गर्ने विषय घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा सहभागीबीच भौतिक पूर्वाधारलाई मात्रै विकासको सूचकका रूपमा चर्चा र प्राथमिकता दिइँदै गर्दा स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी अपनाउनुपर्ने आनिबानीका विषय र मानवविकास र दिगो विकासका लक्ष्यलाई सहयोग पुग्ने विषयलाई प्राथमिकताक्रममा पार्न खेल्न सकिने भूमिकाबारे छलफल चलाइएको थियो । कार्यक्रममा पोषणका प्राथमिक सूचकहरू, बच्चाको वृद्धि अनुगमन, स्वास्थ्य आमासमूहको नियमितता, मासिक प्रतिवेदन र सुधार एवम् व्यवस्थापकीय र समन्वयात्मक कार्यहरूबारे सुधारका लागि कार्ययोजना बनाई प्रस्तुतीकरण गरिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य संयोजक, सह–संयोजकहरू, किड्स र फेयरमेडका प्रमुख र प्रतिनिधि, बहुक्षेत्रीय पोषण कार्यक्रम, कालिका स्वावलम्बन सामाजिक केन्द्र र सुआहार दोस्रो कार्यक्रमका प्रतिनिधिहरूले स्वास्थ्य र पोषण क्षेत्रमा हालसम्म हासिल गरेका नतिजाहरू, कार्यपद्धति र यसलाई सुधार गर्न आवश्यक देखिएका पक्षहरूबारे जानकारी दिएका थिए ।

स्वास्थ्य र पोषणमा योजनागत रूपमा गरिने लगानीले समृद्ध नेपालको योजनालाई सफल बनाउन सहयोग गर्ने जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए । स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउन घोषणापत्रमा समेटिएको विषयवस्तुको कार्यान्वयनले सहयोग पुग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्भावस्थामा पोषण : कस्ता महिलाले कुन चिज कति खाने ?

सामान्यतया गर्भावस्थामा पनि अन्य समयजस्तै खानेकुरा खाने गरिन्छ । तर, गर्भावस्थामा अन्य समयमा भन्दा केही बढी पोषणको आवश्यकता पर्ने भएकाले सामान्य अवस्थामा भन्दा केही बढी खानेकुराको आवश्यकता पर्छ । विशेषगरी शरीरलाई सुरक्षा दिने खानेकुराहरू, हरियो सागपात, पहेँलो तथा रातो फलफूल, भिटामिन ए तथा सीयुक्त खानेकुराले शरीरलाई रोगबाट बचाउने गर्छ । त्यस्ता खानेकुराको आवश्यकता अन्य समयमा भन्दा गर्भावस्थामा केही मात्रामा बढी हुन्छ ।
त्यसैगरी शरीरको वृद्धि–विकासमा सहयोग गर्ने खानेकुरा, जस्तै, दही, दूध, माछा, मासु, सबै प्रकारका गेडागुडी, दाल, तिल, माछालगायत खानेकुरा अन्य समयमा भन्दा गर्भावस्थामा दैनिक रूपमा खानुपर्ने हुन्छ ।

बच्चाको रगत, बोसो तथा गर्भवती महिलाको पाठेघरमा रहेको सालको समेत हिसाब गर्दा गर्भवती महिलाको तौल करिब १६ केजीसम्म बढ्नुलाई सामान्य नै मानिन्छ । तर, मोटी महिलाको हकमा भने अधिकतम ११ केजीसम्म तौल बढ्नु आमा र बच्चाको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । यसका लागि गर्भवती महिलाले दैनिक रूपमा खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मानिसको शरीरलाई शक्ति दिने खानेकुरा, जसले हिँडडुलका लागि सहयोग गर्छ, त्यस्ता खानेकुराको आवश्यकता गर्भावस्थामा धेरै हुन्छ । गर्भावस्थामा शक्तिको सञ्चय कमै हुने तथा कमजोर महसुस हुने कारणले त्यस्ता खानेकुराहरू अन्य समयमा भन्दा बढी आवश्यक पर्ने गर्छ । सामान्य अवस्थामा खाने गरेका चिजको सन्तुलन मिलाएर केही मात्रामा गर्भावस्थमा बढी खानुपर्ने हुन्छ ।
सामान्य अवस्थामा रहेको तौल बढाउनका लागि यस्ता खानेकुरा गर्भावस्थामा सन्तुलन मिलाएर केही बढी खानुपर्ने हुन्छ । तौल बढाउने भन्दैमा आवश्यकताभन्दा बढी खानेकुरा खानु गर्भावस्थामा आमा तथा बच्चा दुवैको स्वास्थ्यका लागि उपयुक्त मानिँदैन ।

खानेकुराको मात्रामा कमी भएमा बच्चाको तौल एकदमै कम हुन जान्छ । दुब्लो–पातलो मान्छेले गर्भावस्थामा करिब १६ केजीसम्म तौल बढाउनुपर्ने हुन्छ भने मोटी महिलाले साढे ११ केजीभन्दा बढी तौल बढाउनु राम्रो मानिँदैन । गर्भमा रहेको बच्चा साढे २ केजीदेखि ४ केजीसम्म हुनु सामान्य मानिन्छ । त्यसमा पाठेघरमा रहेको साललगायत पदार्थ साढे २ केजी, स्तन १ केजी, रगत र पानीको मिश्रण ३ केजीसम्म, आमाको शरीरको बोसो साढे २ केजीसम्म हुने गर्छ । तसर्थ, बच्चाको रगत, बोसो तथा गर्भवती महिलाको पाठेघरमा रहेको सालको समेत हिसाब गर्दा गर्भवती महिलाको तौल करिब १६ केजीसम्म बढ्नुलाई सामान्य नै मानिन्छ । तर, मोटी महिलाको हकमा भने अधिकतम ११ केजीसम्म तौल बढ्नु आमा र बच्चाको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । यसका लागि गर्भवती महिलाले दैनिक रूपमा खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

स्वस्थ आमाले मात्रै स्वस्थ बच्चा जन्माउने भएकाले गर्भावस्थामा पौष्टिक तत्त्वयुक्त खानेकुराको आवश्यकता बढी परेको हो । गर्भावस्थामा आमाको स्वास्थ्य नै बच्चाको स्वास्थ्य भएकाले गर्भवती महिलाले यस अवस्थामा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भवती भएको कति महिनामा कति तौल बढाउने ?
गर्भ रहेको पहिलो ३ महिनामा १ केजीदेखि ३ केजीसम्म तौल बढ्नु आवश्यक हुन्छ । त्यसपछिका प्रत्येक महिनामा आधा–आधा केजी तौल बढ्दै गएमा त्यो पर्याप्त मानिन्छ । मोटी महिलामा भने आधा केजीको पनि आधा (चौथाइ केसी) प्रतिमहिना बढेमा पर्याप्त मानिन्छ ।
गर्भावस्थामा खानेकुरामा प्रोटिनको मात्रा एकदमै आवश्यक पर्ने गर्छ । प्रोटिनयुक्त खानेकुराले गर्भमा रहेको बच्चाको वृद्धि–विकासमा विशेष भूमिका खेल्नेगर्छ । त्यसकारण गर्भावस्थामा प्रोटिनयुक्त खानेकुराको आवश्यकता बढी पर्न गएको हो । सामान्यतया गर्भ रहेका वेला जुनसुकै खानेकुरामा त्यति रुचि नहुने भएकाले खानेकुराको मन नभएमा पनि प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।
खानेकुरामा त्यति मन नभए पनि आफ्नो तथा बच्चा दुवैको ख्याल गर्नका लागि खानेकुरा खाइरहनुपर्ने हुन्छ । सबै प्रकारका गेडागुडी, दही, माछा, मासु, अण्डाजस्ता खानेकुराहरू प्रोटिनयुक्त खानेकुराको उपयुक्त स्रोत हुन् । दैनिक रूपमा कम्तीमा एकपटक भए पनि प्रोटिनयुक्त खानेकुरा गर्भावस्थामा खानुपर्ने हुन्छ ।

हरियो सागपात, फलफूल तथा गेडागुडी खाएपश्चात् विशेषगरी शाकाहारी जीवनशैली अपनाउने गर्भवती महिलाले भिटामिन सीयुक्त खानेकुराहरू खानु आवश्यक मानिन्छ । उनीहरूले दालसँग कागती, काँक्रो तथा काचो गोलभेँडाको सलाद खानु राम्रो मानिन्छ । त्यसबाट आइरन तत्त्व पाउन सकिन्छ । माछा, मासु तथा कलेजो खाने गर्भवतीले भने यस्ता खानेकुराको सेवनपश्चात् भिटामिन सीयुक्त खानेकुरा खानु आवश्यक छैन ।

फलामयुक्त तत्त्वको पनि यस अवस्थामा आवश्यकता पर्ने गर्छ । कलेजो, मासु, माछालगायत खाद्यपदार्थमा फलामयुक्त खानेकुरा पाइन्छ । फलामयुक्त तत्त्वले शरीरमा रगत बढाउने काम गर्छ । पशुजन्य खानेकुरामा कलेजोबाट मानिसले फलाम तत्त्वलगायत अन्य पौष्टिक तत्त्वसमेत प्राप्त गर्छन् । गर्भावस्थामा हुन सक्ने रक्तअल्पताबाट बच्नका लागि फलामयुक्त खानेकुराको आवश्यकता पर्न जान्छ । हरियो सागपात, फलफूल, गेडागुडीलगायत खानेकुरामा फलामको मात्रा पाउन सकिन्छ । हरियो सागपात, फलफूल गेडागुडीलगायत खानेकुरा खाएका समयमा भिटामिन सीयुक्त खानेकुराहरू खानु पनि गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ ।
हरियो सागपात, फलफूल तथा गेडागुडी खाएपश्चात् विशेषगरी शाकाहारी जीवनशैली अपनाउने गर्भवती महिलाले भिटामिन सीयुक्त खानेकुराहरू खानु आवश्यक मानिन्छ । उनीहरूले दालसँग कागती, काँक्रो तथा काचो गोलभेँडाको सलाद खानु राम्रो मानिन्छ । त्यसबाट आइरन तत्त्व पाउन सकिन्छ । माछा, मासु तथा कलेजो खाने गर्भवतीले भने यस्ता खानेकुराको सेवनपश्चात् भिटामिन सीयुक्त खानेकुरा खानु आवश्यक छैन ।
गर्भावस्थामा फोलिक एसिडको आवश्यकता पर्छ । यसले नशा तथा दिमागको वृद्धि–विकासमा सहयोग पुर्याउँछ । कलेजो फोलिक एसिडको एकदमै राम्रो स्रोत हो । शाकाहारी महिलाले भने फोलिक एसिडको ट्याबलेट खान सक्छन् । त्यसैगरी हरियो सागपात तथा गेडागुडीमा पनि कलेजोमा पाइने तत्त्त्व पाउन सकिन्छ ।
क्याल्सियम पनि गर्भावस्थाका लागि आवश्यक पोषक तत्त्व हो । गर्भवती अवस्थामा आमाको हड्डी बलियो बनाउन तथा बच्चाको हड्डीको विकास गर्न क्याल्सियमको आवश्यकता पर्छ । गर्भवती अवस्था तथा सुत्केरी भएको करिब एक महिनासम्म क्याल्सियमको ट्याब्लेट दिने गरिन्छ । त्यसपश्चात् भने सामान्यतया खानाबाटै क्याल्सियमको परिपूर्ति भइरहेको हुन्छ । मुख्यतया दूध तथा दूधका परिकार र सानो माछाबाट क्याल्सियम प्राप्त गर्न सकिन्छ । सानो माछाको हड्डी नै चपाएर खाइने भएकाले यसमा क्याल्सियमको मात्रा प्रशस्त पाउन सकिन्छ । ज्वानोमा पनि प्रशस्त मात्रामा क्याल्सियम पाइने भएकाले सुत्केरीको समयमा सामान्यतया ज्वानो खुवाउने प्रचलन छ ।
समष्टिगत रूपमा भन्नुपर्दा गर्भावस्थामा क्याल्सियम, आइरन, फोलिक एसिड, प्रोटिनलगायत पौष्टिक तत्त्व आवश्यकता हुन्छन् । समान्यतया अन्य समयमा भन्दा गर्भावस्थामा यी तत्त्वहरू सन्तुलित सेवन बढी आवश्यक हुन्छ ।
गर्भावस्थामा यीमध्ये कुनै पनि पौष्टिक तत्त्वको पर्याप्त मात्रामा परिपूर्ति हुन नसकेमा त्यसको प्रभाव गर्भमा रहेको बच्चामा पर्ने गर्छ । यदि आमा नै रोगी भएमा तथा डेलिभरीका क्रममा बढी मात्रामा रगत बगेमा त्यसको असर गर्भमा रहेको बच्चामा पर्न जान्छ ।

(ललितपुरस्थित पाटन अस्पतालमा ४ वर्षदेखि कार्यरत आयरल्यान्डका नागरिक पोषणविद् जिम्बरम्यानसित हेल्थपोस्टकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कर्णालीको भोकमरी भोटका लागि सिर्जित हो

जनस्वास्थ्य एवं पोषणविद् डा. अरुणा उप्रेती धेरैले सुनेको र चिनेको नाम हो । लामो समयदेखि यीनै विषयमा लेखेर, बोलेर र अनुसन्धानसमेत गरेर अभियान नै चलाउँदै आएकी डा. उप्रेतीसँग हेल्थपोस्टका लागि लक्ष्मी चौलागाईँले यी विषयमा केन्द्रीत भएर गरेको कुराकानी ।

जनस्वास्थ्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जनस्वास्थ्य भन्नाले जनताको स्वास्थ्यसँग सम्बन्धित कुराहरू हुन् । जनताको स्वास्थ्यको कुरा गर्नुपर्दा औषधि, डाक्टरलगायत विषय मात्र नभई अलिकति फराकिलोतवरले समग्र स्वास्थ्यबारे सोच्नुपर्ने हुन्छ । जस्तै, कसैलाई झाडापखाला लागेका बेला एन्टिबायोटिकले गर्ने उपचार स्वास्थ्य भयो, तर जनस्वास्थ्य भनेको त्यही झाडापखाला एकैसाथ सयजनामा लाग्यो भने के कारणले लाग्यो भन्ने मुद्दा उठाउनु जनस्वास्थ्य हो भनी बुझ्नुपर्छ जस्तो लाग्छ । यसमा एउटा कुनै व्यक्तिविशेषको स्वास्थ्य नभई कुनै एक विशेष समूह तथा समग्र देशकै स्वास्थ्यअवस्थालाई मुद्दा बनाइन्छ ।

महिला स्वास्थ्यबारे कुरा गर्नुपर्दा प्रसूतिसेवा मेरो लामो कार्यानुभव भएका कारण मैले गर्भपतन गराएर उपचारका लागि आउने गरेका धेरै महिलाबारे बुझ्ने अवसर पाएँ । त्यस्तो अवस्थाका कतिपय महिलालाई बचाउन सकियो भने कतिपयलाई सकिएन । त्यतिवेला मैलै असुरक्षित रूपमा गर्भपतन गराएर आउने महिलाको संख्या धेरै नै पाएको थिएँ । अस्पतालमै आएर पनि गर्भपतनका कारण मृत्यु हुने महिलाको संख्या अत्यधिक हुन थालेपश्चात् मलाई लाग्यो, नेपालमा त्यतिवेला गर्भपतनसेवालाई कानुनी मान्यता नदिएका कारण पनि धेरै महिलाको मृत्यु भएको हो ।

नेपालमा गर्भपतन सेवालाई सुरक्षित गराउनुकासाथै कानुनी मान्यता कसरी दिलाउने भन्नेतर्फ मेरो ध्यान केन्द्रित रह्यो । त्यस विषयमा धेरै छलफल चलाउँदा धेरै साथीले गर्भपतन हिन्दू धर्मविरुद्ध भएका कारण पनि नेपालमा यो सेवालाई कानुनी मान्यता दिन नसकिने जवाफ मैले पाएँ । त्यतिवेला म नयाँ–नयाँ जोसमा थिएँ । गर्भपतनलाई चाहिएका वेला गराउन सकिने बनाउन सकेको खण्डमा धेरै महिलालाई अकाल मृत्युबाट जोगाउन सकिन्छ भन्ने मलाई लागि नै रह्यो । त्यसपश्चात् सुरक्षित गर्भपतनका विषयमा म निरन्तर बोल्न तथा लेख्न लागिपरेँ । बिस्तारै विभिन्न अध्ययनले नेपालमा मातृमृत्युदरको मुख्य कारणका रूपमा असुरक्षित गर्भपतनलाई पुष्टि गरे । त्यससँगै सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पायो । त्यो मेरो जीवनको धेरै नै ठूलो सफलताका रूपमा रह्यो ।

गर्भपतनलाई कानुनी मान्यता दिएमा नेपाली महिला देहव्यापारमा लाग्छन् भन्ने प्रकारको एकथरी व्यक्तिको कुरा आउँदाआउँदै पनि यसले कानुनी मान्यता पाउनमा सफलता मिल्यो । त्यो मैले जनस्वास्थ्यमा चालेको एउटा ठूलो कदम थियो ।

गर्भपतनले समाजमा विकृति ल्यायो भन्ने तर्क पनि छ नि ?
कतिपय किशोरीले असुरक्षित रूपमा यौनसम्पर्क राख्छन् र गर्भपतनले कानुनी मान्यता पाएको छ भन्नेखाले तर्क गर्छन् भने त्यसले विकृति ल्यायो भन्न सकिन्छ । उनीहरूलाई असुरक्षित रूपमा गर्भपतन गराएमा स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ भन्ने कुराको ज्ञान नै छैन । यो एउटा मुद्दा पनि हो । जस्तै, एउटा लागुऔषध छ, मरफिन, त्यसलाई लागुऔषधका रूपमा पनि प्रयोग गर्ने गरिएको छ भने क्यान्सर भएका बिरामीलाई दुखाइ कम गर्ने औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यसरी भन्नुपर्दा मरफिनलाई कहाँ प्रयोग गर्ने भन्ने कुरा आउँछ । त्यसैले गर्भपतन सेवालाई पनि अवस्था हेरेर प्रयोग गर्न सकिन्छ ।

सकेसम्म गर्भपतनको अवस्थामा पुग्नै नपरोस् भन्ने मेरो पनि मान्यता छ । तर, बलात्कारजस्ता प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थाहरू हुँदा, परिवारनियोजनका साधनहरूको प्रयोग गर्दागर्दै पनि गर्भ रहँदा सुरक्षित गर्भपतनसेवाको प्रयोग गर्न सकिन्छ ।

नेपालमा गर्भपतनसेवालाई कानुनी मान्यता दिएमा महिलाहरू देहव्यापारमा लाग्छन् भनी मलाई एकजना प्रतिष्ठित महिला सांसदले नै भनेकी थिइन् ।
प्रसूतीगृहमा कार्यरत हुँदा मैले आफ्नै आँखाअगाडि धेरै महिलाको असुरक्षित गर्भपतनका कारण मृत्यु देखेकी थिएँ । त्यसवेलादेखि नै मैले सुरक्षित गर्भपतनसेवालाई कानुनी मान्यता दिलाउनुका साथै सस्तो बनाइनुपर्छ भन्दै विभिन्न मुद्दा उठाइरहेँ । मेरो जनस्वास्थ्यमा पहिलो कदम नै त्यहीँबाट सुरुवात भएको थियो । जनस्वास्थ्य र उपचारका कुराहरू एकअर्कामा एकदमै सम्बन्धित विषय हुन् ।

जुन नेता तथा राजनीतिक दलले बढी चामल वितरण गर्न सक्यो, दुर्गम क्षेत्रका जनताको भोट उसैले पाउने अवस्था सिर्जना भयो । भोट पाउनकै लागि नभएको भोकमरीको समस्यालाई नेताले नै भोकमरीमा परिणत गरिदिएका हुन् । कर्णालीमा कहाँ भोकमरीको समस्या छ ? म त्यहाँ धेरैपटक गएकी छु, स्थानीय खाद्यान्नलाई प्रयोग गर्ने हो भने कर्णालीका कुनै पनि ठाउँमा भोकमरी छैन । त्यहाँ आलु, सिमी, कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न उपलब्ध छन् । भोकमरीको समस्या त नेताले कृत्रिम रूपमा बनाएका हुन् । यो नितान्त हल्ला मात्रै हो । चामलसँग भोट साट्ने प्रवृत्ति भएका कारण नेपालमा भोकमरीको हल्ला फिँजाइएको हो । वास्तविक भोकमरी त यमनमा छ, अफगानिस्तानका कतिपय गाउँमा छ, सुडानमा छ ।

महिला स्वास्थ्यका अतिरिक्त जनस्वास्थ्यभित्र के–के कुरा समावेश हुन्छन् ?
जनस्वास्थ्य भनेको एकदमै फराकिलो अवधारणा हो । आमसञ्चारसँग कुरा गर्नु, एउटा इन्जिनियरले राम्रो सडक बनाइदिनु, मानसिक तनाव कम गर्नका लागि गीत तथा भजन सुन्नुजस्ता कुराहरू पनि जनस्वास्थ्यसँग सम्बन्धित छन् । जनस्वास्थ्यको सम्बन्ध प्रायः सम्पूर्ण क्षेत्रसँग गाँसिएको हुन्छ ।
जाडोका वेला कागतीपानी खानेदेखि लिएर बिरामी हुँदा आराम गर्नेसम्म सबै कुरा जनस्वास्थ्यसँग सम्बन्धित छन् । जीवनका हरेक पक्ष जनस्वास्थ्यसँग सम्बन्धित छन् भन्ने मेरो बुझाइ छ ।

पछिल्लो समय खाद्यान्न, पोषण, जंकफुडविरुद्धको अभियानमा हुनुहुन्छ नि ! अभियानलाई के–कसरी सफल बनाउने योजना छ ?
मेरो एजेन्डा यी विषय हुन्, तर यसमा म सफल हुन्छु कि हुन्न, मलाई थाहा छैन । मैले गाउँ–गाउँमा यस्ता अभियान लिएर जानुको प्रमुख उद्देश्य गाउँ–गाउँमै उपलब्ध खाद्यान्नलाई बढावा दिनु पनि हो, जुन मानव स्वास्थ्यका लागि पनि एकदमै हितकर छ ।हाल नेपालमा किशोरकिशोरीमा पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्या देखापर्न थालेका छन् । किशोरकिशोरीमा यस्ता समस्या देखिनुका धेरै कारणमध्ये जंकफुड पनि एक हो । जंकफुडलाई लामो समयसम्म टिकाउन त्यसमा नुन तथा चिनीको मात्रा अत्यधिक राखिएको हुन्छ । जब शरीरमा चिनीको मात्रा बढी हुन्छ, त्यसले मधुमेह गराउँछ भने नुनको मात्रा बढी भएका त्यसले मिर्गौलामा समस्या देखापर्छ ।

वैदेशिक रोजगारीमा गएका युवाले पनि व्यस्तताका कारण जंकफुडको बढी प्रयोग गर्ने भएकाले लामो समय वैदेशिक रोजगारीमा बिताएका युवामा पनि मिर्गौलाको समस्या धेरै नै देखिने गरेको छ । विदेशबाट ल्याएको पैसा सबै उपचारमै खर्चिनुपर्ने अवस्था पनि छ । त्यसैले बेरोजगारी पनि जनस्वास्थ्यको एउटा मुद्दा हो ।
तपाईं कोदो, मकैलगायत परम्परागत अन्नबालीहरूको प्रयोगलाई बढावा दिनुहुन्छ । पछिल्लो समय त्यस्ता खाद्यान्नको प्रयोग उत्पादनका दृष्टिले पनि सम्भव छ र ?
त्यस्ता खाद्यान्नको उत्पादन कम हुन्छ भनेर गरिने अध्ययन पनि त जनस्वास्थ्यको एउटा मुद्दा हो नि ! मानिसले उत्पादन नगरेकै कारण त ती खाद्यान्न बजारबाट लोप हुँदै जाने अवस्थामा पुगेका हुन् नि !

म नेपालका विभिन्न दुर्गमक्षेत्रमा विभिन्न अभियान लिएर गइ नै रहेकी हुन्छु । त्यतिवेला म केही समय त्यहाँका स्थानीयसँग कुराकानी गरेर बिताउँछु । कुराकानीका क्रममा त्यहाँका मानिसले भन्ने गर्छन्– भात खाने बानीले गर्दा आजकल हामीलाई कोदो, फापर खान मन लाग्दैन ।

उनीहरूलाई भात खाने बानीले यसरी आक्रान्त पारेको छ कि, उनीहरू कोदो, फापरजस्ता अन्नबाली उब्जाउनै चाहँदैनन् । यता काठमाडौंमा कोदो, फापरजस्ता खाद्यान्न प्रतिकेजी २–३ सय रूपैयाँमा किन्नुपर्ने बाध्यता छ भने उता उनीहरू त्यस्ता खानेकुरा खान चाहँदैनन् । सेतो चामलको भातले उनीहरूको बानी नै बिग्रिएको छ ।
सेतो चामलको भात खान थालेपछि मानिसलाई पर्याप्त मात्रामा पोषकतत्वको अभाव हुन्छ । यसका कारण कुपोषणको समस्या आउँछ । कुपोषणका कारण मानिसले आफ्ना दैनिक गतिविधि राम्रोसँग सञ्चालन गर्न सक्दैन । यसले मानवस्वास्थ्यमा विभिन्नप्रकारका समस्या निम्त्याउँछ ।

नेपाल सरकार, विश्व खाद्य कार्यक्रमलगायतले देशका दुर्गम क्षेत्रका जनतालाई चामल वितरण गर्ने काम गर्छन् । उनीहरूले त्यहाँका जनतालाई कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न वितरण गरेको भए त हुन्थ्यो नि ! पहिलेदेखि नै चलिआएको चामल वितरणको परम्परालाई राजनीतिज्ञले भोट पाउने साधन बनाएका छन् । जुन नेता तथा राजनीतिक दलले बढी चामल वितरण गर्न सक्यो, दुर्गम क्षेत्रका जनताको भोट उसैले पाउने अवस्था सिर्जना भयो ।

भोट पाउनकै लागि नभएको भोकमरीको समस्यालाई नेताले नै भोकमरीमा परिणत गरिदिएका हुन् । कर्णालीमा कहाँ भोकमरीको समस्या छ ? म त्यहाँ धेरैपटक गएकी छु, स्थानीय खाद्यान्नलाई प्रयोग गर्ने हो भने कर्णालीका कुनै पनि ठाउँमा भोकमरी छैन । त्यहाँ आलु, सिमी, कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न उपलब्ध छन् । भोकमरीको समस्या त नेताले कृत्रिम रूपमा बनाएका हुन् । यो नितान्त हल्ला मात्रै हो । चामलसँग भोट साट्ने प्रवृत्ति भएका कारण नेपालमा भोकमरीको हल्ला फिँजाइएको हो । वास्तविक भोकमरी त यमनमा छ, अफगानिस्तानका कतिपय गाउँमा छ, सुडानमा छ ।

पछिल्लो समय नेपालीको पोषणको अवस्थामा केही सुधार हुँदै गएको छ । स्वदेशमै उत्पादित खानेकुरालाई बढावा दिने हो भने नेपालीलाई कुपोषण हुनुपर्ने अवस्थै छैन । तर, गर्भवती नेपाली महिलामा सन् २००६ मा भन्दा रक्तअल्पता झन् बढेको तथ्यांकले देखाएको छ । त्यसैले कहीँ न कहीँ समस्या भने छ ।

सहरी बसाइमा कोदो, फापरजस्ता खाद्यान्नको प्रयोग कत्तिको सम्भव छ ?
एकदमै सम्भव छ । म आफैँ पनि हप्ताको ३ पटकसम्म यस्ता खाद्यान्नको सेवन गर्छु । यस्ता खाद्यान्न पकाउन पनि धेरै नै सजिला छन् । यसलाई अन्य खाद्यान्नसँग मिलाएर पनि पकाउन सकिन्छ । असम्भव भन्ने छँदै छैन । पहिले–पहिले कोदो तथा फापरजस्ता खानेकुरालाई कुअन्न हुन्, गरिबले मात्र खाने अन्न हुन् भन्ने गलत धारणा थियो । अहिले ठूला–ठूला डिपार्टभेन्टल स्टोरहरूमा यस्ता खाद्यान्न किन्नेको भिड लाग्ने गरेको छ । उच्च आर्थिक अवस्थाका व्यक्तिहरू हाल डायबिटिज, सुगरजस्ता समस्याले पीडित भएका कारण उनीहरूको रोजाइमा यस्ता खाद्यान्न पर्ने गरेका छन् । कोदो, फापरजस्ता खाद्यान्नमा हुने रेसादार पदार्थ मधुमेहपीडितका लागि स्वस्थकर खानेकुरा मानिन्छन् ।
कर्णालीका मानिसले कोदो, फापरजस्ता खाद्यान्नको प्रयोग नगर्नु तर काठमाडौंका मानिसले भने यसको प्रयोग गर्नु पनि त जनस्वास्थ्यको एउटा मुद्दा हो नि ! त्यस्तै, सेतो अस्वस्थकर चामल कर्णालीका मानिसलाई वितरण गर्नु पनि जनस्वास्थ्यको एक एउटा मुद्दा हो । पोषणतत्वका हिसाबले सेतो चामलमा पोषणको अवस्था शून्य हुन्छ । यसको विकल्पका रूपमा ब्राउन राइसको प्रयोग भने गर्न सकिन्छ ।

नेपालमा प्रचलनमा रहेको दाल, भात, दूध, दहीजस्ता खानेकुरा स्वास्थ्यका दृष्टिले एकदमै उपयुक्त खाना हुन् । यसलाई सजिलै बिर्सिएर तयारी अवस्थामा पाइने केक, चाउचाउजस्ता खानेकुराको प्रयोग व्यापक बन्दै गएको छ ।

चाउचाउ कम्पनीमा काम गर्ने एकजना इन्जिनियरसँगको भेटमा उनले आफ्नो घरमा चाउचाउ कहिल्यै लान नदिने बताएका थिए । उनका अनुसार चाउचाउ बनाउँदा प्रयोग हुने पिठो एकदमै कमसलखालको हुन्छ । चाउचाउ तयार गर्नेक्रममा एउटै तेलको प्रयोग बारम्बार गर्ने गरिन्छ भन्ने जानकारी मैले उनीमार्फत पाएकी थिएँ । त्यसमा पोषणको मात्रा नहुनु त छँदै छ, उल्टै मानव स्वास्थ्यमा गम्भीर प्रकारको समस्या उत्पन्न गराउँछ । चाउचाउका विज्ञापन छ्याप्छ्याप्ती आउँछन्, भटमास, कोदो, मकै, फापरजस्ता खाद्यान्नको विज्ञापन कहीँ–कतै पनि आउँदैनन् नि ! जुन कुराको जति धेरै विज्ञापन आउँछ, त्यो त्यति नै काम नलाग्ने रहेछ भनेर स्पष्ट हुन म सर्वसाधारणमा अनुरोध गर्छु । राम्रो कुराको त विज्ञापन नै आवश्यक हुँदैन नि !

समग्र नेपालीको पोषणको अवस्था कस्तो छ ?
पछिल्लो समय नेपालीको पोषणको अवस्थामा केही सुधार हुँदै गएको छ । स्वदेशमै उत्पादित खानेकुरालाई बढावा दिने हो भने नेपालीलाई कुपोषण हुनुपर्ने अवस्थै छैन । तर, गर्भवती नेपाली महिलामा सन् २००६ मा भन्दा रक्तअल्पता झन् बढेको तथ्यांकले देखाएको छ । त्यसैले कहीँ न कहीँ समस्या भने छ । नेपाल सरकारले गर्भवती महिलालाई निरन्तर आइरनचक्की वितरण गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले नेपाली महिलामा भिटामिन बी१२ को कमी भएको पत्ता लगाइसकेको छ । नेपाल सरकारले आगामी दिनमा भिटामिन बी१२ वितरण गर्ने योजना बनाएको छ, जुन एउटा मूर्खतापूर्ण कुरा हो । किनभने महिला स्वास्थ्यमा सुधार ल्याउनका लागि खालि औषधिको प्रयोग गर्नुपर्छ भन्ने होइन । कतिपय हाम्रा सांस्कृतिक पक्षहरू पनि स्वास्थ्यका लागि हितकर छन्, जस्तै, क्वाँटी खाने चलन, फलामको भाँडोमा पकाउने चलन । क्वाँटी खाने प्रचलनले रक्तअल्पता हटाउनमा एकदमै मद्दत गर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वादका लागि होइन, शरीरका लागि प्रिय खाना रोज्नुहोस्, जुन शरीरअनुसार फरक हुन्छन्

पोषणविद् आफैँमा विवादित छन् । प्रायः मानिस पोषणबारे एउटै तथ्यमा सहमत हुँदैनन् । किनकि, पोषणका सिद्धान्त सबैमा समान रूपमा लागू हुँदैनन् ।
तर, यसमा केही अपवाद पनि छन् ।
यहाँ केही यस्ता पोषणसम्बन्धी तथ्य प्रस्तुत गरिनेछ, जसमा अधिकांश मानिस सहमत छन् ।

१. अतिरिक्त सुगर (चिनीको मात्रा) स्वास्थ्यका लागि महाघातक हुन्छ ।
प्रशोधित खाद्यान्नको स्वाद बढाउन प्रायः उत्पादकले अत्यधिक चिनी थप्ने (मिलाउने) गर्छन् । यस्तोखालको चिनीको मात्रालाई अतिरिक्त सुगर भनिन्छ । सबै जानकार छन् कि, अधिक चिनीको सेवन हानिकारक छ ।
कसैलाई लाग्ला, सुगरमा जिरो क्यालोरी हुन्छ । तर, धेरैले विश्वास गर्छन् कि यसले मधुमेहको जोखिम बढाउँछ, जसका कारण बर्सेनि लाखौँ मानिस मर्न बाध्य छन् ।
सत्य के हो भने, अतिरिक्त सुगरबाट कत्ति पनि पोषण प्राप्त हुँदैन, बरु कुपोषणको जोखिम बढ्छ ।
अतिरिक्त सुगरको सेवनले धेरै र जटिलखालका स्वास्थ्य जोेखिम बढाउँछ । र, यो अहिले विश्वभर नै चासोको विषय बनेको छ । यो मोटोपनको प्रमुख कारक हो भने मुटुरोग र टाइप–२ डाइबेटिजको पनि कारक हो ।
त्यस्तै, अधिक सुगरको सेवनले ननअल्कोहोलिक फ्याटी लिभर डिजिज, इन्सुलिन रेसिस्टेन्स, पेटको मोटोपन र कोलेस्टेरोल पनि बढाउँछ ।

२. ओमेगा–३ फ्याक्ट आवश्यक छ, तर धेरै मानिसले पर्याप्त मात्रामा पाउँदैनन् ।
ओमेगा–३ फ्याटी एसिड मानिसको शरीरले सही रूपमा काम गर्नका लागि अति आवश्यक छ । मानिसको शरीरमा ओमेगा–३ फ्याटी एसिडको मात्रा कम हुँदा वृद्धिको स्तर कम हुन्छ । डिप्रेसन र मानसिक डिसअडरका साथै मुटुसम्बन्धी धेरै जटिल रोग लाग्ने सम्भावना हुन्छ । अधिकांश मानिसले ओमेगा–३ फ्याटी एसिड खानाबाट प्राप्त गर्दैनन् । यसको डिफिसियन्सी हटाउन सकेमा धेरै खालका रोगबाट बच्न सकिन्छ ।

ट्रान्सफ्याक्ट खराब स्वास्थ्यसँग सम्बन्धित छ, तर पछिल्लो समय ट्रान्सफ्याक्टको उपयोग निकै बढ्दो छ । उच्च मात्रामा ट्रान्सफ्याक्ट खाँदा क्रोनिक रोगहरू, जस्तै, पेटको मोटोपन, कलेजो सुन्निने र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ । ट्रान्सफ्याक्ट केमिकल्ली प्रशोधित तेलबाट बनाइने हुनाले यो नसर्ने रोगसँग सम्बन्धित छ ।

३. कुनै एक खाना सबैका लागि उत्तम डाइट हुन सक्दैन ।
हरेक मानिसमा विविधता छ । शारीरिक बनावट, मानसिक अवस्था, किसिम, वंश, शारीरिक गतिविधि मानिसअनुसार फरक–फरक हुन्छन् । यसका आधारमा कस्तो मानिसलाई कस्तोखाले खाना उत्तम हुन्छ भनी निर्धारण हुन्छ । कसैलाई अत्यन्तै कम कार्बाेहाइड्रेटयुक्त खानाले राम्रो गरिरहेको हुन्छ भने कसैलाई उच्च कार्बाेहाइड्रेटयुक्त शाकाहारी खानाले फाइदा गरिरहेको छ ।
वास्तविकता के हो भने एउटालाई राम्रो गरिरहेको खानाले अर्काेलाई त्यत्तिकै काम नगर्न सक्छ ।
तसर्थ, आफ्नो शरीरलाई कुन खाना उपयुक्त हुन्छ भनी परीक्षण तथा अनुभूत गर्नुपर्छ ।
आफ्ना अत्यन्त प्रिय खानेकुरा र शरीरका लागि प्रिय खानेकुराको फरक छुट्याउनुहोस् ।

४. अप्राकृतिक ट्रान्सफ्याक्ट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ ।
ट्रान्सफ्याक्ट खराब स्वास्थ्यसँग सम्बन्धित छ, तर पछिल्लो समय ट्रान्सफ्याक्टको उपयोग निकै बढ्दो छ । उच्च मात्रामा ट्रान्सफ्याक्ट खाँदा क्रोनिक रोगहरू, जस्तै, पेटको मोटोपन, कलेजो सुन्निने र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ । ट्रान्सफ्याक्ट केमिकल्ली प्रशोधित तेलबाट बनाइने हुनाले यो नसर्ने रोगसँग सम्बन्धित छ । साथै, यसले श्वास–प्रश्वासमा पनि असर गर्छ ।

५) हरियो भेजिटेबलले सबैको स्वास्थ्यमा सुधार गर्छ
भेजिटेबल (तरकारी) स्वास्थ्यका लागि फाइदाजनक छ । भेजिटेबलमा, भिटामिन, मिनिरल, फाइबर, एन्टिअक्सिटेन्डका साथै धेरैखाले पोषण पाइन्छन् । धेरै अध्ययनका अनुसार भेजिटेबल खानु भनेको स्वास्थ्यमा सुधार ल्याउनु हो र हेल्थसम्बन्धी जोखिम कम गर्नु हो । त्यसैले प्रत्येक दिन विभिन्नखाले भेजिटेबल खाने गर्नुहोस् । जुनसुकै उमेरसमूहका वा जुनसुकै स्वास्थ्यसमस्या भएका मानिसले पनि हरिया भेजिटेबल्स खान डराउनुपर्दैन ।

६) अधिकांश मानिसमा भिटामिन डी डिफिसिएनसी हुन्छ, जुन अत्यावश्यक छ ।
भिटामीन डी यस्तो भिन्न प्रकारको भिटामिन हो, जसले शरीरमा हर्माेनले जस्तै काम गर्छ । तर, संसारका धेरैजसो मानिस हिजोआज यो अत्यावश्यक भिटामिनको कमीबाट गुज्रिन बाध्य छन् । धेरै ठाउँमा वर्षको अधिकांश समय सूर्यको किरण उपलब्ध हुँदैन । यद्यपि, सूर्यको किरण उपलब्ध हुने ठाउँमा पनि मानिस घरभित्र बस्न बाध्य छन् । र, बाहिर जाँदा सनक्रिम प्रयोग गर्छन् । सनक्रिमले छालालाई भिटामिन डी स्वस्नबाट रोक्छ । यदि तपाईंको शरीरमा भिटामिन डीको कमी छ भने शरीरलाई चाहिने अत्यावश्यक हर्माेनको कमी छ । र, यसले गम्भीर रोग, जस्तै, मधुमेह, क्यान्सर र ओस्टियोपोरोसिसको जोखिम बढाउँछ ।
खानाबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न गाह्रो छ । त्यसैले यदि सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्ने सम्भावना कम छ भने भिटामन डी सप्लिमेन्ट अर्थात् एक चम्चा कर्डलिभर ओइल खाने गर्नुहोस् ।

७) रिफाइन कार्बाेहाइड्रेट स्वास्थ्यका लागि हानिकारक छ ।
कार्ब र फ्याटसम्बन्धी धेरै तथ्य बाझिएका छन् । कसैले भन्छन्, फ्याट सम्पूर्ण रोगको जग हो । कसैले सोच्छन््, कार्ब मोटोपन अर्थात् धेरै गम्भीर रोगको प्रमुख कारक हो ।
तर, यो कुरामा भने सबै सहमत हुन्छन् कि अप्रशोधित कार्बको तुलनामा प्रशोधित कार्ब स्वस्थकर हुन्छ । होलफुड, होलग्रिन गेडागुडी, भेजिटेबल र फलफूल अप्रशोधित कार्बका स्रोत हुन् भने सुगर र प्रशोधित पिठो प्रशोधित कार्बका स्रोत हुन् ।

जतिजति हामीले खाने खाना उद्योगमार्फत प्रशोधित हुन्छन्, त्यति नै हाम्रो स्वास्थ्य खस्किरहेको हुन्छ । प्रशोधनका क्रममा खानामा पाइने प्रमुख पोषणतत्व फालिएको हुन्छ । खाद्यान्न उद्योगहरूले फाइबरजस्ता स्वस्थकर तत्व फाल्ने मात्र होइन, अस्वस्थकर तत्व, जस्तै, चिनी, ट्रान्सफ्याट मिलाउने गर्छन् ।

८) सप्लिमेन्टले कहिल्यै वास्तविक खानाको काम गर्न सक्दैन ।
पोषण विज्ञानले भन्छ, खाद्यान्नले नै पोषणको बाढी ल्याउँछ, न कि सप्लिमेन्ट क्याप्सुलले ।
यस्ता भिटामिनबाट प्राप्त भिटामिन, मिनरलजस्ता पोषण खाद्यान्नबाट पाइने पोषणको तुलनामा नगण्य मात्र हुन् । प्राकृतिक खाना खानु निकै महत्वपूर्ण छ । तपाईंलाई आवश्यक पोषण प्राप्तिका लागि केही सप्लिमेन्ट, जस्तै भिटामिन डी भने सप्लिमेन्टबाट लिनु आवश्यक छ ।

९) डाइट्सले काम गरेको छैन भने जीवनशैली परिवर्तन आवश्यक छ ।
डाइट प्रभावकारी नभइरहेको हुन सक्छ, यो वास्तविकता हो । डाइट्सले छोटो समयका लागि नतिजा प्राप्त गर्न सहयोग गर्छ । तर, जब तपाईं डाइट्स छोड्नुहुन्छ, झन् धेरै अनावश्यक खाना तथा जंकफुड खान मन लाग्छ । यसले झन् छिटो तपाईंको तौल बढ्नेछ । यसलाई यो–यो डाइटिङ भनिन्छ । जति पनि मानिसले डाइट्सको माध्यमले तौल नियन्त्रण गरेका छन्, तिनीहरूको डाइट्स रोक्नासाथ तौल वृद्धि भएको छ ।
यसरी छिटो–छिटो तौल घट्नु र बढ्नु स्वास्थ्यका लागि झन् हानिकारक छ । अनियमित तरिकाले तौल घटबढ हुँदा मुटुमा असर पर्छ । त्यसैले एउटा मात्र सत्य भनेको प्रभावकारी नतिजा प्राप्तिका लागि स्वस्थकर खाना, नियमित व्यायाम तथा स्वस्थकर जीवनशैली नै अपरिहार्य छ ।

१०) अप्रशोधित खाना नै स्वस्थकर हुन्छन् ।
जतिजति हामीले खाने खाना उद्योगमार्फत प्रशोधित हुन्छन्, त्यति नै हाम्रो स्वास्थ्य खस्किरहेको हुन्छ । प्रशोधनका क्रममा खानामा पाइने प्रमुख पोषणतत्व फालिएको हुन्छ । खाद्यान्न उद्योगहरूले फाइबरजस्ता स्वस्थकर तत्व फाल्ने मात्र होइन, अस्वस्थकर तत्व, जस्तै, चिनी, ट्रान्सफ्याट मिलाउने गर्छन् । वास्तवमै खाद्यान्नलाई सुरक्षित राख्नका लागि पनि प्रशोधित खानामा सबै प्रकारका अप्राकृतिक केमिकल मिलाइएको हुन्छ । प्रशोधित खानामा राम्रो खाद्य पदार्थ कम र हानिकारक खाद्य पदार्थ बढी हुन्छन् । राम्रो स्वास्थ्य निर्धारणका लागि ‘रियल फुड’ नै खानुहोस्, फ्याक्ट्रीमा बनेका खाना नखानुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भयावह बन्दै विषादी प्रयोग, प्रतिदिन ७ सयको लिन्छ ज्यान

‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नारासहित ६ फागुनदेखि विषादी प्रयोगमुक्त सप्ताह मनाइराखिएको छ । १२ फागुनसम्म चल्ने विषदीमुक्त सप्ताह कृषि तथा पशुपक्षी विकास मन्त्रायलको प्लान्ट क्वारेन्टी एवम् विषादी व्यवस्थापन केन्द्रले घोषणा गरेको हो ।
केन्द्रले उपत्यकालगायत देशका विभिन्न भागमा विविध चेतनामूलक कार्यक्रम गरी विषदीमुक्त सप्ताह मनाइरहेको छ । जसअन्तर्गत प्रभातफेरी, सडक नाटक प्रदर्शन, नेपाल टेलिभिजन र रेडियो नेपालको कृषि कार्यक्रममा सप्ताहभर विषादीसम्बन्धी चर्चा, एफएमबाट सूचना प्रवाहलगायत छन् ।

वार्षिक ७५ करोडको ६३५ टन विषदी आयात
केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।
नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्र्याइएको विषादी कृषि उत्पादनका लागि प्रयोग हुन थालेपछि यसको मात्रा प्रतिवर्ष बढ्दै गएको पाइन्छ । अन्य देशको तुलनामा नेपालमा प्रतिहेक्टर जमिन विषादीको प्रयोग निकै कम, अर्थात् ३ सय ९६ ग्राम खास विष रहे पनि करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीबालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग हुने गरेको पाइएको छ । तरकारीबालीमा १ हजार ६ सय ५ ग्राम खास विष प्रतिहेक्टर विषादीको प्रयोग भइरहको पाइन्छ ।

नेपालमा विषादीको प्रयोगमा देखिएका समस्या
नेपालमा विषादीको प्रयोगमा ज्ञानअभाव, हेलचेक्य्राइँ, कडा कानुनको अभाव, कानुन कार्यान्वयनमा आउन नसक्नुलगायत कारण विभिन्न समस्या देखिएका छन् । नियमनको अभाव, चुस्त नियामक निकायको कमी र नियमनकारी निकायहरूको उदासीनताका कारण विषादीको अवैध प्रयोगले प्रश्रय पाउँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।
विषदी प्रयोगका समस्यामा पाक्ने अवधि ख्याल नगर्ने, बालीकटानी समयमा विषादीको प्रयोग गर्ने, विक्रीभन्दा ठिक अघि विषादीमा डुबाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग कीराको पहिचानविना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तुमा तथा स्थानमा प्रयोग गर्ने प्रचलन छ । त्यसैगरी, कृषिकार्यबाहेक अन्य उद्देश्यमा विषदीको प्रयोग, दर्ता नगरिएका विषादीको लुकी–छिपी विक्री–वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि विक्री–वितरण, प्रतिबन्धित विषादीको लुकि–छिपी प्रयोग, विषादीको प्याकेट खोली पुनः प्याकेजिङ र विक्री, विनालेबलका विषादीको प्रयोग, म्याद नाघेका विषादीको प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग अभावलगायत समस्या विषदी प्रयोगमा देखिएका छन् ।

नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।

नेपाल सन् २०१३ देखि सहभागी
सन् १९८४ का भारतको भोपालमा विषादी चुहावटका कारण पुगेको असरले २० हजार मनिसको ज्यान गएको थियो भने ५ लाखभन्दा बढी घाइते भएका थिए । त्यसै घटनालाई स्मरण गर्दै सन् १९९८ देखि पिएएनले ३ डिसम्बरलाई विषादी प्रयोगमुक्त दिनका रूपमा विश्वव्यापीरूपमा मनाउँदै आएको छ । विषादी प्रयोगका असरबारे अभियानका रूपमा सचेत गराउन सन् २०१० देखि सप्ताहव्यापी रूपमा विषदीमुक्त अभियानको थालनी गरिएको हो । यसमा नेपाल सन् २०१३ देखि सहभागी हुँदै आएको छ ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट नेपाल विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय बाली संरक्षण महासन्धि र एसिया प्रशान्त क्षेत्रीय बाली संरक्षण आयोगको सदस्य, स्टकहाम, रोटरडम तथा वासल महासन्धि पक्षधर भएबाट पनि मानव स्वास्थ र वातावरण सुरक्षाका लागि विभिन्न पहल र कार्य हुँदै आएका छन् । घातक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने, ऐन–नियमावलीहरू परिमार्जन र कडाइका साथ लागू गर्ने, आइपिएम कार्यक्रमलाई बढावा दिने, विषादीका विकल्पहरूलाई प्राथमिकता दिने, सञ्चारमाध्यमहरूबाट विषादीका असरबारे जानकारी दिने, विषादीको सुरक्षित प्रयोग विधिलगायत विभिन्न कार्यक्रम पनि सञ्चालनमा ल्याएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार रासायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरणअनुकूल जैविक विषादी उत्पादन एवम् प्रयोगका लागि नेपालका ७ जिल्लामा सामुदायिक आइपिएम स्रोतकेन्द्र स्थापना गरी कृषकस्तरमै जैविक तथा वानस्पतिक विषादीको उत्पादन र प्रयोग कार्य भइरहेको छ भने आमउपभोक्तामा विषादीयुक्त तरकारी एवम् फलफूल सेवनबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ कालिमाटीलगायत देशका अन्य ६ स्थानमा विषादी अवशेष दु्रत विश्लेषण एकाइ स्थापना गरी अनुगमन कार्य भइरहेको छ । स्थापनाकालमा विषादीको अवशेष तरकारी र फलफूलमा तोकिएभन्दा बढी देखिए पनि हालसम्म आइपुग्दा न्यूनीकरण भई नगण्यजस्तै भएको केन्द्रको दाबी छ । यसबाट आमउपभोक्ता एवम् कृषकमा जनचेतना पुग्नुका साथै विषादी न्यूनीकरणमा ठूलो योगदान पुगेको केन्द्रको बुझाइ छ ।

कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गरी गरिबीनिवारणको राष्ट्रिय लक्ष्य हासिल गर्न मूलतः कृषि उत्पादन र उत्पादकत्वको वृद्धि अनिवार्य छ । बढ्दो जनसंख्याका लागि खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक रहेको अवस्थामा विषादीको प्रयोग आवश्यक छ । यस परिपे्रक्ष्यमा विभिन्न बाली–नालीमा बर्सेनि नोक्सान पुर्याउने शत्रुजीवहरू कीरा, रोग, झारपात, मुसा, चरा आदिबाट बालीको कटानीअघि र पछि भण्डारणसम्म २०–३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्नु पनि उत्पादन वृद्धि गर्नुसरह नै हो ।

विषदीका असर
विषादीहरू रासायनिक पदार्थहरू हुन्, जसलाई रोग, कीरा, सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न, कृषिकार्यमा तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ । विषादी मानव शरीरमा श्वास–प्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्ने गर्छ । विषादीले कारोबारमा संलग्न व्यक्ति, प्रयोगकर्ता (कृषक तथा अन्य), कृषि उपज, उपभोक्तालगायत सबैलाई नराम्रो प्रभाव पारिरहेको छ । महिला र केटाकेटीमा यसको प्रभाव बढी हुने गर्छ । विषादीका कारणले मानवमा तत्काल देखिने असरहरूमा मूच्र्छा, झाडा–पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म हुन सक्छ । त्यसैगरी, दीर्घकालीन असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, पक्षघातजस्ता नसासम्बन्धी समस्या विषदीका कारण निम्तिने गर्छन् । १ सय २३ भन्दा बढी विषादीले अन्तःस्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । अन्तःस्राव प्रणालीले शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रिया, प्रजनन, शरीरको वृद्धि र विकासका साथै अन्य महत्वपूर्ण कार्यलाई अधीनमा राखी मानव स्वास्थ्यको हितमा कार्य गरिराखेको हुन्छ । यस्ता विषादीको थोरै मात्रामा पनि बारम्बारको सम्पर्कले यस प्रणालीलाई असर पुर्याउँछ । अन्तःस्राव नाश गर्ने रसायन सालनालबाट पनि वारपार गर्न सक्छ । यी रसायनहरू भ्रूण तथा बच्चा जन्मेपश्चात्का अवस्थामा सम्पर्क भएमा रोगसँग लड्ने क्षमताको ह्रास वयष्क अवस्थासम्म कायम रहन्छ । साथै, यी रसायनहरूको कुप्रभाव सन्ततीहरूमा पनि देखापर्न सक्छन् । प्रायः विषादीको शरीरमा ग्रहण गर्न तथा सञ्चय गर्ने सम्भावना बालबालिकामा बढी हुन्छ । बालबालिकाका विकासशील अंगहरू यस्ता विषलाई पूर्ण रूपमा तटस्थीकरण वा हटाउन असमर्थ हुन्छन् । साथै, बालबालिकाको जीवनकाल लामो हुने हुनाले पछिल्ला अवस्थामा दीर्घकालीन रोगहरू ल्याउँछ ।

दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ ।

संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै, कुनै न कुनै रूपमा असर गरेको अनुमान गरिएको छ । विश्वमा विषादीकै कारणल वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्य हुने गरेको बताइन्छ । एक अध्ययनका अनुसार प्रतिदिन ७ सयजना व्यक्तिको मृत्यु कुनै न कुनै रूपमा विषादीसँग सम्बन्धित रहेको पाइएको छ । त्यसैगरी, आत्महत्याका घटनामध्ये ३१ प्रतिशत विषादीसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ ।

खतरनाक विषादीहरू मानव स्वास्थ्य र वातावरणका लागि चुनौतीका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख देशहरूमा खतरनाक विषादीलगायतका रसायनको उत्पादन र प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहको छ । प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नभन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भएको देखिन्छ । जसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या देखापर्दै आएको छ । खेतबारीमा प्रयोग गरिएका विषादीले मौरीको संख्यामा कमी ल्याउन प्रमुख भूमिका खेलेको प्रमाणित भइसकेको छ । जसका कारण बाली–बिरुवामा हुने परागसेचन प्रक्रियामा कमी आई कृषि उत्पादनमा ह्रास आउँछ । विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजनतहको विनाशमा विषादीको भार ६ प्रतिशत रहको तथ्यांहरूले देखाएका छन् ।

एसिया महादेशका बहुसंख्यक कृषक विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा विषादीको नकारात्मक असरबारे अनभिज्ञ रहेका कारण विषादीसँग बढी सम्पर्कमा आउने र सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुपर्ने साधनको प्रयोग गर्न नसक्नाले उनीहरूमा बढी असर परेको पाइएको छ ।

सम्भाव्य समाधान
स्वस्थ कृषि पर्यावरणमा खतरनाक विषादी हटाई कृषि उत्पादन गर्न र वातावरणलाई सुरक्षित राख्नु आजको आवश्यकता र चुनौती भएको विज्ञहरु बताउँछन् । विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै विषादीबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम सञ्चालन, ऐन–नियम कार्यान्वयन पक्ष सुदृढ गराउन बोटबिरुवाका शत्रुजीवहरूका विवेकपूर्ण व्यवस्थापन कार्यमा अघि बढ्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ । ऐन–नियम, नीति, निर्देशिका तयार गर्नेदेखि लिएर मापदण्ड निर्धारण गर्ने तथा सम्बन्धित पक्षलाई सोको दायराभित्र ल्याउन, सुपरीवेक्षण गर्न पनि उत्तिकै आवश्यक र चुनौतीपूर्ण पनि छ । साथै, अत्यन्त खतरनाक विषादीहरू बेचबिखन तथा प्रयोगमा प्रतिबन्ध गर्नु आवश्यक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

शरीरलाई किन र कति चाहिन्छ प्रोटिन ?

पोषण मानव शरीरका लागि नभइनहुने तत्व हो । खाद्यपदार्थ र पोषणमा फरकपन पाउन सकिन्छ । मानिसले खाने सम्पूर्ण पदार्थ खाद्यवस्तु हुन् । ती खाद्यवस्तुमा अन्तर्निहित गुणलाई पौष्टिक तत्व भन्ने गरिन्छ ।

मानिसले खाएको खाना उसको शरीरमा गएपश्चात् पौष्टिक तत्वमा परिणत हुन्छ । प्रोटिन कार्बन, अक्सिजन, नाइट्रोजनलगायत तत्व मिलेर बनेको प्रांगारिक पदार्थ हो । कुनै–कुनैमा सल्फर र फस्फोरस मिलेर पनि बनेको हुन्छ । धेरै प्रकारका एमिनो एसिडहरू मिलेर प्रोटिन बनेको हुन्छ । मानव शरीरमा गइसकेपश्चात् प्रोटिन एमिनो एसिडमा परिणत हुने गर्छ । प्रोटिनले मानव शरीरलाई शक्ति प्रदान गर्नुका साथै धेरै प्रकारका इन्जाइमहरू बनाउने काम गर्छ ।

प्रोटिन पाइने खानेकुराका विभिन्न स्रोतमध्ये जनावरजन्य पदार्थ महत्वपूर्ण स्रोत हो । यसमा माछा, मासु, दूध, दहीलगायत पदार्थ पर्छन् । त्यसैगरी कृषिजन्य पदार्थमा चामल, मकै, गहुँ, कोदो, फापरलगायत खाद्य पदार्थमा पनि प्रोटिन पाउन सकिन्छ । कृषिजन्य उत्पादनमा मुख्यतया गेडागुडी, दाललगायतमा प्रोटिनको मात्रा प्रशस्त पाइन्छ । गेडागुडीमा पनि मुख्यतया भटमासमा प्रशस्त मात्रामा प्रोटिन पाउन सकिन्छ ।

मानिसलाई शरीरको प्रतिकिलो तौलबराबर १ ग्राम प्रोटिनको मात्रा आवश्यक हुन्छ । त्यसमा पनि स्तनपान गराइरहेकी महिला, गर्भवती तथा बढ्दो उमेरका बालबालिकाका लागि सामान्य मानिसभन्दा धेरै प्रोटिन आवश्यक हुन्छ । मानव शरीरका विभिन्न अंगहरू प्रोटिनबाटै बनेका हुन्छन् ।

ड्राई फुटहरू काजु, बदाम, ओखर, नरिवललगायतमा पनि प्रोटिनको मात्रा प्रशस्त हुन्छ । मानिसलाई शरीरको प्रतिकिलो तौलबराबर १ ग्राम प्रोटिनको मात्रा आवश्यक हुन्छ । त्यसमा पनि स्तनपान गराइरहेकी महिला, गर्भवती तथा बढ्दो उमेरका बालबालिकाका लागि सामान्य मानिसभन्दा धेरै प्रोटिन आवश्यक हुन्छ । मानव शरीरका विभिन्न अंगहरू प्रोटिनबाटै बनेका हुन्छन् ।

प्रोटिनको अभावमा मानव शरीरमा विभिन्न प्रकारका समस्या देखापर्ने गर्छन् । बच्चादेखि प्रोटिनको अभाव भएमा कसिअरकर भन्ने रोग लाग्ने गर्छ । प्रोटिनको अभावमा बच्चामा शरीरमा पानी भरिने, लोसे हुने, सुकेनास लाग्नेजस्ता समस्या देखापर्ने गर्छन् । वयष्कहरूमा प्रोटिनको कमी भएमा हड्डीहरू सुक्ने, सिथिल हुनेजस्ता समस्या देखापर्ने गर्छन् ।

नेपालमा मानिसहरूले प्रोटिनयुक्त पदार्थको सेवन प्रशस्त मात्रामा गरेको पाइए पनि त्यसबाट प्राप्त हुने लाभ भने न्यून नै पाइएको छ । कतिपय नेपालीले आवश्यकताभन्दा पनि बढी मात्रामा प्रोटिनयुक्त खानेकुरा खाने गरेको अवस्था छ भने कतिपयले आवश्यक मात्रामा पनि प्रोटिनयुक्त खानेकुरा नखाने गरेको पाइएको छ । कतिपयलाई खानेकुराको मात्रा कसरी सन्तुलित राख्ने भन्ने ज्ञान नभएका कारण शरीरमा प्रोटिनको मात्रा न्यून हुने गरेको छ भने कतिपयको प्रोटिनयुक्त खानेकुरा पहुँचभित्रै नहुने गरेका कारण उनीहरूको शरीरमा प्रोटिनको मात्रा कमी हुने गरेको छ । शरीरमा प्रोटिनको मात्रा आवश्यकताभन्दा बढी भएमा युरिक एसिडलगायत मिर्गौलाका समस्या देखापर्ने गर्छन् । आवश्यकताभन्दा बढी प्रोटिनले शरीरमा बाथरोगसमेत लाग्छ ।

शारीरिक रूपमा बढी परिश्रम गर्ने मानिसलाई कम परिश्रम गर्नेको तुलनामा प्रोटिनको मात्रा बढी आवश्यक पर्छ । तर, शारीरिक रूपमा बढी परिश्रम गर्नेलाई जसरी कार्बाेहाइड्रेटको मात्रा बढी आवश्यक पर्छ, प्रोटिनको मात्रा भने त्यस्तो हुँदैन ।

एकदिन खाएको खानाबाट प्रोटिनको मात्रा सञ्चय गरेर राख्न मिल्दैन । मानिसको शरीरमा दैनिक रूपमा अत्यावश्यक प्रोटिनको मात्रा पूरा गर्न दैनिक रूपमै प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ । मानव शरीरमा जसरी कार्बाेहाइड्रेट तथा चिल्लोपदार्थ सञ्चय गर्न मिल्छ, त्यसरी प्रोटिन सञ्चय गर्न मिल्दैन ।

एउटा वयष्क मानिसलाई दैनिक करिब २ हजार २ सय ६५ ग्राम क्यालोरी आवश्यक पर्छ । मानव शरीरलाई प्रायः कार्बाेहाइड्रेट र चिल्लोपदार्थले शक्ति प्रदान गर्ने भए पनि यी दुई पोषकतत्वले मानव शरीरलाई प्रोटिन दिन नसकेको खण्डमा प्रोटिनले पनि शरीरलाई शक्ति दिने काम गरेको हुन्छ ।
महँगा–महँगा प्रोटिनका स्रोत भएका खाद्यवस्तुहरू प्रत्येक नेपालीको पहुँचमा नहुन पनि सक्छन् । यसको विकल्पका रूपमा हाम्रै वरिपरि पाइने खानेकुरालाई मिलाएर खाएमा प्रशस्त मात्रामा प्रोटिन पाउन सकिन्छ ।

प्रोटिनका स्रोत र पूर्ण प्रोटिन
मानव शरीरका लागि आवश्यक पूर्ण प्रोटिन जनावरजन्य वस्तुहरूमा पाइन्छ । त्यसमा पनि अण्डाको पहेँलो भागमा प्रोटिनको मात्रा धेरै नै हुन्छ । दाल र भात खाने नेपाली परम्परा एकदमै वैज्ञानिक छ । दालमा प्रशस्त मात्रामा प्रोटिन तथा भातमा कार्बाेहाइड्रेट पाइने भएकाले यो प्रचलन वैज्ञानिक छ । दाल र भात मिलेपश्चात् पूर्ण प्रोटिन बन्छ ।
अन्न र गेडागुडी मिलाएर खाएको खण्डमा पूर्ण प्रोटिन बन्छ । भटमासमा माछामासुमा भन्दा पनि बढी मात्रामा प्रोटिन पाइन्छ । भटमास खाने मानिसले माछामासु नखाए पनि उसले प्रशस्त मात्रामा प्रोटिन पाउन सक्छ ।

बजारमा किनिने फलफूलभन्दा मानिसले आफैँले करेसाबारीमा फलाएको फलफूल खानु बढी राम्रो हुन्छ । बजारमा किनिने महँगा फलफूलभन्दा त्यस्ता फलफूलमा बढी मात्रामा पौष्टिक तत्व पाउन सकिन्छ । बजारमा पाइने आकर्षक प्रकारका फलफूल खाएमा मात्रै पौष्टिक तत्व पाइन्छ भन्ने आमधारणा एकदमै गलत छ ।

एकदिन खाएको खानाबाट प्रोटिनको मात्रा सञ्चय गरेर राख्न मिल्दैन । मानिसको शरीरमा दैनिक रूपमा अत्यावश्यक प्रोटिनको मात्रा पूरा गर्न दैनिक रूपमै प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ । मानव शरीरमा जसरी कार्बाेहाइड्रेट तथा चिल्लोपदार्थ सञ्चय गर्न मिल्छ, त्यसरी प्रोटिन सञ्चय गर्न मिल्दैन । जसरी कार्बाेहाइड्रेट र चिल्लोपदार्थ बोसोका रूपमा सञ्चय भएर रहन्छन्, प्रोटिन त्यसरी नरही पिसाबका रूपमा बाहिर निस्कन्छ ।

केमा कति प्रतिशत प्रोटिन ?
खैरो रङको चामलमा प्रोटिनको मात्रा बढी हुने गर्छ । चामलमा ६ प्रतिशत, मकैमा ११ प्रतिशत, गहुँमा ११ प्रतिशत, जौमा १३ प्रतिशत, मासको दालमा २४ प्रतिशत, मुसुरोको दालमा २५ प्रतिशत, माछामा २१ प्रतिशत प्रोटिनको मात्रा रहेको हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बच्चाको स्वस्थ विकासका लागि ५ अत्यावश्यक पोषकतत्व

धेरै अभिभावकलाई बच्चालाई के खुवाउने तथा हुर्कने समयमा के अत्यावश्यक छ भन्नेमा दुविधा हुने गर्छ । बाल्यावस्था युवा तथा वृद्धावस्थाको आधार हो । सम्पूर्ण उमेर स्वस्थ रहन बाल्यावस्थामा केही पोषकतत्व अपरिहार्य हुन्छन् । बच्चाको सन्तुलित वृद्धि र विकासका लागि अत्यावश्यक ५ पोषकतत्वबारे जानिराखौँ–

१. भिटामिन ए
भिटामिन एले बालकको स्वस्थ विकासलाई सघाउँछ र रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । बच्चाको खानामा भिटामिन एको सुनिश्चितता गर्न पहेँलो तथा सुन्तला रङका भेजिटेवल्स, जस्तैः जागर, बेलपेपर मिसाउन सक्नुहुन्छ । साथै, दूध, अण्डा र चिजमा पनि भिटामिन ए पाइन्छ ।

२. भिटामिन बी (विभिन्न)
भिटामिन बी२, बी३, बी६ र बी१२ ले शरीरमा मेटाबोलिजम बढाउन शक्तिप्रदान गर्न, नर्भ सिस्टम राम्रो राख्न र समग्र बालविकासमा सघाउँछ । बच्चामा भिटामिन बीको पर्याप्तताका लागि खानामा मासु, माछा, नट्स, अण्डा र दूध नछुटाउनुहोस् ।

३. क्याल्सियम
स्वस्थ हड्डीका लागि क्याल्सियम अपरिहार्य छ । दूधजन्य पदार्थ, जस्तै ः दूध, दही, चिज र हरिया पात भएका भेजिटेबल क्याल्सियमका राम्रा स्रोत हुन् ।

४. आइरन
आइरनले मांसपेशी निर्माणमा सघाउँछ । साथै, रातो रक्तकोषिका स्वस्थ राख्न आइरन आवश्यक हुन्छ । खानामा आइरनको सुनिश्चितता गर्न रातो मासु, बिन, पातवाला तरकारीलगायत मिलाउनुहोस् ।

५. प्रोटिन
बच्चाको हाड, मांसपेशी, छाला तथा रगत निर्माणमा प्रोटिनले सघाउँछ । मासु, बिन र अण्डा प्रोटिनका मुख्य स्रोत हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अज्ञानताले कुपोषण

खानामा पोषणको मात्रा बढी वा कम दुवै भएको अवस्थामा कुपोषण हुन सक्छ । पोषणको मात्रा प्रशस्त भएका खानेकुरा उपलब्ध ठाउँ र अवस्थामा समेत अज्ञानताका कारण कुपोषण हुन सक्छ ।

सामान्यतया हामी कुपोषण भन्नाले खानामा पोषणको कमी हुने अवस्थालाई बुझ्ने गर्छौं । खानामा पोषणको कमी भएर हुने कुपोषणलाई सामान्य रूपमै लिने गरिन्छ । तर, खानाको पहुँच हुँदाहुँदै पनि कतिपय अवस्थामा अज्ञानताका कारण कुपोषण हुने गर्छ, जुन असामान्य पक्ष हो ।
मानव शरीरलाई दैनिक रूपमा खनिज, प्रोटिन, मिनरल्स, क्याल्सियमलगायत सम्पूर्ण पौष्टिक तत्वहरूको आवश्यकता पर्छ । कतिपय अवस्थामा सांस्कृतिक तथा परम्परागत विश्वासका कारण पनि बच्चालाई आवश्यक मात्रामा पौष्टिक तत्व भएको खानेकुरा नदिने गरिएको छ । उदाहरणका लागि नेपालको तराई क्षेत्रका केही ठाउँमा बच्चालाई सागपात, फलफूल खुवाएमा चिसो लाग्छ भन्ने गलत विश्वास छ । जसका कारण पौष्टिक तत्वयुक्त खानेकुरामा पहुँच हुँदाहुँदै पनि बच्चामा आवश्यक पौष्टिक तत्वको अभाव हुन गई कुपोषण हुने गर्छ ।

पोषणको मात्रा कसलाई कति आवश्यक छ मात्राको कुरा गर्ने हो भने प्रकृतिले सबै प्राणीलाई मिलाएर दिएको छ । जस्तै, गाई–भैँसीको बच्चालाई कुपोषण भएको भन्ने हामीले कहिल्यै सुनेका छैनौँ । निश्चित समय आमाको दूध खाएपछि उनीहरूलाई प्राकृतिक रूपमै घाँस खान सक्ने बनाइदिएको हुन्छ ।

पोषणका कतिपय जनचेतनामूलक कार्यक्रमले पोषणयुक्त खानेकुराबारे शिक्षा प्रदान गरे पनि अझै पनि यसबारे धेरैमा अनभिज्ञता पाइन्छ । कान्ति अस्पतालले विभिन्न समयमा देशका विभिन्न क्षेत्रमा पोषणबारे तालिम तथा जनचेतनामूलक कार्यक्रमहरू चलाउँदै आएको छ ।
पोषण औषधिजस्तो ठ्याक्कै यति मात्रामा खाने भन्ने हुँदैन । हामीले दैनिक आहारमा हाम्रै वरिपरि उपलब्ध खानेकुरालाई सन्तुलन मिलाएर खाएमा पर्याप्त मात्रामा पोषण पाउन सकिन्छ ।

पोषणको मात्रा कसलाई कति आवश्यक छ मात्राको कुरा गर्ने हो भने प्रकृतिले सबै प्राणीलाई मिलाएर दिएको छ । जस्तै, गाई–भैँसीको बच्चालाई कुपोषण भएको भन्ने हामीले कहिल्यै सुनेका छैनौँ । निश्चित समय आमाको दूध खाएपछि उनीहरूलाई प्राकृतिक रूपमै घाँस खान सक्ने बनाइदिएको हुन्छ ।

खानामा सम्पूर्ण पौष्टिक तत्व मिलाएर खाएमा त्यो अमृतसरह हुन सक्छ । ६ महिनामाथिका बच्चालाई दैनिक रूपमा सम्पूर्ण प्रजाति मिलाएका खानेकुरा ४ पटक खुवाउनुपर्ने हुन्छ । बच्चालाई तयारी खानेकुरा दिनु पौष्टिकताको हिसाबले राम्रो मानिँदैन ।

तर, मानिसलाई प्राकृतिक रूपमा उक्त क्षमता प्राप्त छैन । मानिसको बच्चालाई धेरै हेरचाह आवश्यक हुन्छ । सामान्यतया ६ महिनासम्म आमाको दूधले नै बच्चालाई आवश्यक मात्रामा पौष्टिक तत्व प्रदान गरेको हुन्छ । ६ महिनासम्म आमाको दूधबाटै बच्चाले पानीको मात्रासमेत पाउने गर्छन् । खानामा सम्पूर्ण पौष्टिक तत्व मिलाएर खाएमा त्यो अमृतसरह हुन सक्छ । ६ महिनामाथिका बच्चालाई दैनिक रूपमा सम्पूर्ण प्रजाति मिलाएका खानेकुरा ४ पटक खुवाउनुपर्ने हुन्छ । बच्चालाई तयारी खानेकुरा दिनु पौष्टिकताको हिसाबले राम्रो मानिँदैन । तयारी खानेकुरा खुवाउँदा उनीहरूको शरीरलाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व पाउन सकिँदैन । बच्चालाई दैनिक रूपमा खुवाइने खानामा प्रोटिन, क्याल्सियम, मिनरल्सलगायत सम्पूर्ण तत्वहरू पाइने खानेकुरा समावेश गरिएको हुनुपर्छ ।

मानव शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्वमध्ये क्याल्सियम पनि एक हो । क्याल्सियमले मानिसको हड्डी मजबुत बनाउने काम गर्छ । मानव मुटुलाई सन्तुलित अवस्थामा राख्न तथा शरीरको सम्पूर्ण प्रक्रियालाई सन्तुलित बनाउन क्याल्सियम अत्यावश्यक तत्व हो ।
हामीले खाने प्रतिकेजी खानामा २ मिलिग्राम क्याल्सियमको मात्रा समावेश भएको हुनुपर्छ । सामान्यतया दूध, अण्डा, हरियो सागसब्जीलगायत खानेकुरामा प्रशस्त मात्रामा क्याल्सियम पाउन सकिन्छ । त्यस्तै, मकै, भातलगायत खानेकुरामा समेत क्याल्सियमको मात्रा पाउन सकिन्छ ।
चिकित्सकले सुईको माध्यमबाट क्याल्सियम दिनुपर्ने भएमा २ मिलिग्राम प्रतिदिनका हिसाबले दिने गरिन्छ । मानिसमा बाहिरको तयारी खानेकुरामा समेत क्याल्सियम प्रशस्त मात्रामा हुन्छ भन्ने विश्वास छ, तर त्यो भ्रम मात्रै हो । त्यसैले पहिलो कुरा त मानिसलाई कुन–कुन खानामा क्याल्सियम पाइन्छ भन्ने ज्ञान हुनु आवश्यक छ ।

(प्रस्तुतिः लक्ष्मी चौलागाईं)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कसरी मिलाउने दर र व्रतको सन्तुलन ?

पछिल्ला दिनमा नेपाली समाजमा परम्परागत सांस्कृतिक चाडपर्वहरू भड्किलो पाराले मनाउने प्रवृत्ति मौलाउँदै गएको छ । मौलिक चाडपर्वको विशेषता र महत्वको ख्यालै नगरी देखासिकी र लहैलहैमा विकसित चाडपर्व मनाउने रबाफिलो शैलीले सांस्कृतिक प्रदूषण त निम्त्याएको छ नै, मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याइरहेको छ । अहिले नेपाली हिन्दू महिलाको महान् चाड तिज हामीसामु छ । तिजको अघिल्लो रात आ–आफ्नो घरमा छोरीचेलीसहित भई विभिन्न सात्विक परिकारहरू तयार गरी दर खाने हाम्रो मौलिक प्रचलन हो । तर आजकल, तिजको महिनौँ दिनअघिदेखि पिकनिक वा भव्य पार्टी बिर्साउने गरी दर खाने–खुवाउने नाममा हुने गरेको प्रतिस्पर्धाले तिजको मौलिकपनलाई क्रमशः मासिरहेको छ ।

भर्खरै मात्र काभ्रेपलान्चोक जिल्लाको एक सहकारीले आयोजना गरेको दर खाने कार्यक्रममा सहभागी चार सयभन्दा बढी मानिस एकैसाथ बिरामी भएको घटनाले पनि भड्किलो तिज संस्कृतिले निम्त्याएको स्वास्थ्य असरलाई उजागर गर्छ । तसर्थ, तिजको मौलिकपनलाई जोगाउँदै दरका नाममा गरिने असन्तुलित वा अत्यधिक भोजन र लगत्तै प्रतिकूल स्वास्थ्य भएका महिलाले समेत बस्ने गरेको कठोर व्रतका कारण आइपर्न सक्ने विविध स्वास्थ्य समस्याबाट बच्नु हामीमाझ दोहोरो चुनौती छ । यसै कुरालाई मध्यनजर गरेर सन्तुलित, स्वस्थकर दरको चयन, व्रत बस्ने उपयुक्त तरिका, व्रतपछि सामान्य अवस्थामा फर्कने विधिलगायत विविध विषयमा पोषणविद् केदार पराजुलीसितको कुराकानीमा आधारित जानकारीमूलक सामग्री ।

केदार पराजुली
पोषण शाखा प्रमुख,
परिवार स्वास्थ्य महाशाखा

अहिले घर र घरबाहिर पनि दर खाने प्रचलन छ । घरबाहिर दर खाएकै कारण कतिपय ठाउँमा मानिसहरू बिरामीसमेत भएको पाइएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला खानेकुरा बढी समावेश गरिएको हुन्छ, जसले अपच तथा ग्यास्ट्रिकको समस्या आउन सक्छ ।

दरमा मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरू कार्बाेहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लोपदार्थ तथा पानीको मात्रा हुनुपर्छ । तर, खानेकुरा मिठो पाएमा एकैपटक धेरै खाने प्रचलन हटाउनुपर्छ । छोटो–छोटो समयको अन्तरालमा थोरै–थोरै मात्रामा खानेकुरा खाइराख्नु राम्रो मानिन्छ ।

कतिपय पार्टीप्यालेसहरूमा खुवाइएको खाना ताजा नभएको समेत पाइएको छ । त्यसका लागि तिजमा खाइने खानाको ताजापनमा ध्यान दिनु आवश्यक छ । यदि आफैँले खाना बनाउनुहुन्छ भने खाना पकाउनेक्रममा त्यसको सफाइ तथा गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक छ । आफैँले पकाएको खानेकुरामा पनि घिउ, तेल, चिनी तथा मसालेदार परिकारको प्रयोग कम गर्नु राम्रो मानिन्छ । व्रत बस्नुअघि खाइने दर सफा, शुद्ध र स्वच्छ तथा पौष्टिक तत्व समावेश भएको हुनुपर्छ, जसले व्रतको दिनमा पनि ऊर्जा प्रदान गर्न मद्दत गर्छ । दरमा मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरू कार्बाेहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लोपदार्थ तथा पानीको मात्रा हुनुपर्छ । तर, खानेकुरा मिठो पाएमा एकैपटक धेरै खाने प्रचलन हटाउनुपर्छ । छोटो–छोटो समयको अन्तरालमा थोरै–थोरै मात्रामा खानेकुरा खाइराख्नु राम्रो मानिन्छ ।

जिब्रोको स्वादका लागि मिठो परिकार धेरै खान मन लागिहाले पनि आत्मनियन्त्रणमा ध्यान दिनु आवश्यक हुन्छ । खानेकुरा कम तथा पानी प्रशस्त मात्रामा पिएमा खाएको खानेकुरा विष बन्न पाउँदैन ।

आवश्यकताभन्दा बढी खाएमा त्यसले पाचन प्रक्रियामा असर पुर्याउँछ । धेरै खाएमा शरीरले पचाउन नसक्ने हुन्छ । यसबाट बान्ता हुन सक्ने सम्भावना पनि हुन्छ । यसका साथै आवश्यकताभन्दा बढी खानाले मोटोपन निम्त्याउन सक्छ । बढी मात्रामा मोटाउनु वा दुब्लाउनु दुवै अवस्थालाई कुपोषणको अवस्था भनिन्छ । करिब ३ प्रतिशत कुपोषणको कारण बढी मात्रामा पोषणको आपूर्ति शरीरमा हुनु रहेको छ ।

सबैभन्दा पनि महत्वपूर्ण कुरा त फुड पोइजनिङ नहोस् भन्ने हो । आवश्यकताभन्दा बढी खानाले शरीरले पचाउन सक्ने क्षमतामा समस्या आउँछ, जसका कारण फुड पोइजनिङ हुने गर्छ । त्यसैले छोटो समयको अन्तरालमा थोरै–थोरै खानु राम्रो मानिएको हो । पेटसम्बन्धी रोग लागेका व्रतालुले तिजमा व्रत बस्ने परम्परालाई जीवितै राखेर पनि विभिन्न खानेकुरा खान सक्छन् । जस्तै, दूध, फलफूललगायत अन्नबाहेकका खानेकुराको प्रयोगबाट खानाजति नै इनर्जी शरीरले पाउन सक्छ । व्रत बस्दा शुद्ध खानेकुरामा ध्यान दिन व्रतालुहरूमा मेरो आग्रह छ । बिरामीले रोगको प्रकृतिअनुसार व्रत बस्नु राम्रो मानिन्छ । विशेषगरी मधुमेहका बिरामीले व्रत नबस्नु नै राम्रो हुन्छ ।

व्रतका दिन निराहार हुने भएकाले शरीरमा पानीको मात्रा कम हुन गई विभिन्न प्रकारका समस्या सिर्जना हुने गर्छन् । शरीरमा पानीको मात्रालाई सन्तुलनमा राख्न पर्याप्त पानी पिउनुपर्छ । मधुमेहका बिरामी व्रतका दिन खालीपेट बस्दा शरीरमा चिनीको मात्रा कम हुन्छ । यो स्वास्थ्यका लागि खतरनाक मानिन्छ । त्यसैले यस्ता बिरामीले निराहार व्रत बस्नुहुँदैन । उनीहरूले दही, रोटी, खिरलगायत खानेकुरा खानुपर्ने हुन्छ । दिनभर निराहार बस्नेहरूले साँझमा धेरै चिल्लो खानेकुरा नखाई दूध, दही, फलफूललगायतको सेवन गर्नु राम्रो मानिन्छ ।

त्यसैगरी, व्रतको भोलिपल्ट सबैभन्दा पहिले कालो चिया खानुपर्छ । त्यसपछि तेल, मसलालगायतको प्रयोग कम भएका खानेकुरालाई बिहानीको खानाका रूपमा प्रयोग गरेपछि मात्र बिस्तारै अन्य समयजसरी नै सामान्य खानेकुराको प्रयोग गर्नु राम्रो हुन्छ । फलफूल, गेडागुडी तथा फाइबरयुक्त खानेकुरा बढी खानु राम्रो मानिन्छ । खानाको मात्रा कमै गरेको राम्रो हुन्छ ।

त्यसैले जिब्रोको स्वादका लागि बाहिरको खानेकुरा खानु राम्रो मानिँदैन । स्वादका लागि मिठो भए पनि त्यसले शरीरलाई लामो समयसम्म असर गर्छ । खानैपर्ने अवस्थामा सागपात, फलफूल तथा फाइबरयुक्त खानेकुराको प्रयोग गर्नुपर्ने हुन्छ । मिठाइ तथा माछामासु बढी खानु राम्रो मानिँदैन ।

सकभर लामो समयसम्म भोको बस्नुहुँदैन । सबै मानिसको शरीर एकै प्रकृतिको हुँदैन । कोही १२ घण्टासम्म पनि भोकै बस्न सक्छन् भने कोही ४ घण्टा पनि बस्न सक्दैनन् । धेरै समयसम्म भोकै बसेर एकैपटक आवश्यकताभन्दा बढी खाना खानु पनि स्वास्थ्यका दृष्टिले हितकर हुँदैन । भोको बस्ने कुरा प्रत्येक व्यक्तिको शारीरिक संरचनामा निर्भर रहन्छ । व्यक्तिको उमेरमा पनि यो कुरा निर्भर हुन्छ । सामान्यतया ८ घण्टासम्म भोकै बस्दा शरीरलाई खासै ठूलै समस्या भने पर्दैन । यदि त्योभन्दा बढी भोको बसेमा शरीरमा इनर्जीको कमी हुँदै जान्छ ।

तिजका वेला तथा अन्य समयमा पनि बाहिरको खानेकुरा सकभर नखाएकै राम्रो मानिन्छ । बाहिरको खानेकुरा कम हाइजिनिक हुने गर्छ । साथसाथै, त्यसलाई स्वादिलो बनाउनका लागि विभिन्न कृत्रिम सामग्रीहरू मिलाइएको हुन्छ । त्यसैले जिब्रोको स्वादका लागि बाहिरको खानेकुरा खानु राम्रो मानिँदैन । स्वादका लागि मिठो भए पनि त्यसले शरीरलाई लामो समयसम्म असर गर्छ । खानैपर्ने अवस्थामा सागपात, फलफूल तथा फाइबरयुक्त खानेकुराको प्रयोग गर्नुपर्ने हुन्छ । मिठाइ तथा माछामासु बढी खानु राम्रो मानिँदैन ।

मानिसको शरीरलाई सधैँ पोषणयुक्त खानाको आवश्यकता पर्छ । पोषणयुक्त खानेकुराबेगर शरीर चल्न सक्दैन । अहिले तिज आउनुभन्दा एक महिनाअगाडि नै तिज लागिसकेको हुन्छ । तिजमा बाहिरको खानेकुरा खाँदा त्यसले शरीरमा पार्ने असरबारे ध्यान दिन म आग्रह गर्छु । ‘स्वास्थ्य नै धन हो’ भन्ने कुरालाई मनन गरी तिज मनाउन मेरो आग्रह छ । शारीरिक रूपमा बाधा नपर्ने गरी तिज मनाउनु राम्रो हुन्छ ।

खानेकुरासँगै ड्रिंक्सको प्रयोग गर्नु हानिकारक मानिन्छ । यसले प्रत्यक्ष रूपमा लिभरमा आक्रमण गर्छ । यसले रक्तसञ्चार प्रणालीमा समेत असर गर्छ । सकेसम्म पिउनु राम्रो मानिँदैन, यदि पिउनैपर्ने अवस्था आएमा ३० एमएलभन्दा बढी पिउनु स्वास्थ्य तथा पोषण दुवै दृष्टिकोणले राम्रो मानिँदैन । एक प्याकसम्म खानाले शरीरलाई खासै असर गर्दैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै