रद्द भएको एम.डी/एम.एस परीक्षा २५ गते हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम.डी/एम.एस (स्नातकोत्तर) को प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। प्रतिष्ठानले आइतबार सूचना प्रकाशन गरेर फागुन १० गते रद्द भएको परीक्षा फागुन २५ गते (आइतबार) हुने जानकारी दिएको हो।

परीक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ। परीक्षाका लागि पोखरा–११ फुलबारीको सैनिक आवसीय महाविद्यालयलाई केन्द्र तोकिएको छ । गत फागुन १० गते लिइएको प्रवेश परीक्षा प्रश्नपत्र बाहिरएको भन्दै डाक्टरहरुले बहिष्कार गरेका थिए ।

सोही दिन राति अबेरसम्म बसेको परीक्षा समितिको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । फागुन ११ गते परीक्षा समितिले सूचना निकालेर परीक्षा रद्द भएको जानकारी दिएपनि कारण भने खुलाएको थिएन । गलत सूचना प्रवाह हुने भन्दै प्रतिष्ठानले परीक्षा रद्द गरेर ‘सेफ ल्याण्डिङ’ गरेको डाक्टरहरु बताउँछन् ।

फागुन १० गते भएको के थियो ?

एम.डी/एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकाल्यो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए । परिक्षार्थीले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका थिए ।

फागुन १० गते (शनिबार) प्रवेश परीक्षा हुने भनेर प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाएको थियो । प्रवेश परीक्षाका लागि अमरसिंह नमुना मा.विलाई केन्द्र तोकिएको थियो । २ बजे सबै परीक्षार्थी कक्षाकोठामा पुगे पनि निर्धारित समयमा परीक्षा सुरु भएन ।

परीक्षा दिन पुगेका डाक्टरहरूले सोधखोज गर्दा परीक्षा केन्द्रमा प्रश्नपत्र नै आइनपुगेको जवाफ पाए । एक घण्टा ढिलो गरेर परीक्षा सुरु भयो । ५ सय डाक्टरले बहिष्कार गरेपनि ३ बजेबाट परीक्षा शुरू भएकोमा ५ बजे सकिएको थियो । शनिबार साँझ ५ बजे परीक्षा सकिएपछि डाक्टरहरू परीक्षा केन्द्रमा छलफल गर्न पुगेका थिए । तर, समितिका पदाधिकारीले बेवास्ता गरे । ५ सय डाक्टरले बहिष्कार गरेपनि एक हजार डाक्टरले परीक्षा दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एस प्रवेश परीक्षा बहिष्कार

परीक्षा बहिष्कार गरेका पाँचसय डाक्टरसँग प्रतिष्ठानले भेट्न मानेन

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एसको प्रवेश परीक्षा रद्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार संचालन गरेको एम.डी÷एम.एस (स्नातकोत्तर) को प्रवेश परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार प्रेस विज्ञप्ति निकालेर परीक्षा रद्द भएको जानकारी दिएको हो । प्राविधिक कारण भनिएपनि परीक्षण रद्द गरिनुको येथेष्ट कारण भने खुलाइएको छैन ।

परीक्षाको नयाँ मिति भने परीक्षा समितिको बैठकले तय गर्ने बताइएको छ । शनिबार भएको परीक्षाको प्रश्नपत्र ढिलो बाँडेको र प्रश्नपत्र पहिल्यै आउट भएको भन्दै करिब ५ सय डाक्टरले परीक्षा बहिष्कार गरेका थिए । शनिबार राति अबेरसम्म परीक्षा समितिको बैठक बसेको थियो । बहिष्कार गरेका डाक्टरहरूले पुनः परीक्षा गर्न माग गरेका थिए ।

एक हजार डाक्टरले परीक्षण दिएपनि परीक्षा रद्द भएको बहिष्कार गरेका मध्येका एक डा. हुलास अग्रवालले जानकारी दिए । शनिबार प्रवेश परीक्षा हुने भनेर प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाएको थियो । प्रवेश परीक्षाका लागि अमरसिहं नमुना मा.विलाई केन्द्र तोकिएको थियो ।
२ बजे सबै परीक्षार्थी कक्षाकोठामा पुगेपनि निर्धारित समयमा परीक्षा शुरू भएन । परीक्षा दिन पुगेका डाक्टरहरूले सोधखोज गर्दा परीक्षा केन्द्रमा प्रश्नपत्र नै आइनपुगेको जवाफ पाए ।

‘निधारित समयमै परीक्षा शुरू हुन्छ भन्ने सोचेर पुगेका थियौँ । एक घण्टासम्म कु¥यौँ ।’ प्रवेश परीक्षा दिन काठमाडौँबाट पोखरा आएका डा. स्वर्णीम ज्ञवालीले भने, ‘हिजो हामीलाई परीक्षा शुरू नहुनुको कारण बारे केहि जानकारी गराइएन, अहिले परीक्षा रद्द भएको खबर पायौं।’  ५ सय डाक्टरले बहिष्कार गरेपनि ३ बजेबाट परीक्षा शुरू भएकोमा ५ बजे सकिएको थियो । शनिबार साँझ ५ बजे परीक्षा सकिएपछि डाक्टरहरू परीक्षा केन्द्रमा छलफल गर्न पुगेका थिए । तर, समितिका पदाधिकारीले बेवास्ता गरे ।

एम.डी÷एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए । परिक्षार्थीले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एमडी–एमएसको प्रवेश परीक्षा रोक्न नेपाल चिकित्सक संघ जुनियर कमिटीको माग

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.डी–एम.एस (स्नाकोत्तर)को प्रवेश परीक्षा रोक्न नेपाल चिकित्सक संघ जूनियर कमिटीले आग्रह गरेको छ।

१० गते शनिबार भएको पहिलो चरणको प्रवेश परीक्षामा डेढघण्टा ढिला गरी प्रश्नपत्र बाँडेको भन्दै ५ सय डाक्टरहरुले उक्त परीक्षा बहिष्कार गरेका थिए। आइतबार(आज) पनि दोस्रो चरणको प्रवेश परीक्षा हुँदैछ।
चिकित्सक संघले विज्ञप्ती निकालेर परीक्षाको गोपनियता भंग भइसकेको भन्दै परीक्षा रोक्न माग गरेको हो।

‘हजारौ परीक्षार्थीको भविष्यसंग जोडिएको उक्त परीक्षा मूल्य मान्यता बिपरीत संचालन गरिएको हुँदा यसको बैधनिकता माथि प्रश्न चिन्ह उब्जिएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘परीक्षा रद्द गरी आवश्यक छानबीन गरी सत्य तथ्य उजागर गर्न सरोकरवाला संग जोरदार माग गर्दछ।’

परिक्षार्थीले परीक्षाको बैधनिकतामाथि प्रश्न गर्दा समेत केही स्पस्टीकरण नदिएर जबरजस्ती परीक्षा सुरु गरिएको भन्दै संघले भत्र्सना गरेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

परीक्षा बहिष्कार गरेका पाँचसय डाक्टरसँग प्रतिष्ठानले भेट्न मानेन

पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको एम.डी÷एम.एस (स्नाकोत्तर) को प्रवेश परीक्षा बहिष्कार गरेका डाक्टरहरू छलफल गर्न पुगेपनि प्रतिष्ठानले भेट्न इन्कार गरेको छ।

परीक्षा बहिष्कार गरेका झण्डै पाँच सय डाक्टरहरू पुनः परीक्षा गर्नुपर्ने मागसहित परीक्षा केन्द्रमा छलफलका गर्न पुगेका थिए। प्रवेश परीक्षाका लागि अमरसिहं नमुना मा.विलाई केन्द्र तोकिएको थियो।
उपकुलपतिसहितको टोलीले आफूहरूलाई भेट्न नखोजेको परीक्षा बहिष्कार गरेका मध्ये एक डा. हुलास अग्रवालले जानकारी दिए। ‘हामी उहाँहरुलाई भेट्नका लागि परीक्षा केन्द्रको गेटमा पुगेका थियौँ। तर कसैले पनि भेट्न मान्नुभएन।’ उनले भने।

पुनः परीक्षा गनुपर्ने मागसहित डाक्टरहरूले हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले सो हस्ताक्षर विद्यालयको गेटमा टाँसेर छोडेका छन्। शनिबार २ बजे परीक्षाका लागि बोलाइएको भएपनि प्रश्नपत्र ३ बजे बाँडिएको परीक्षार्थीले बताएका छन्।

यसबाहेक प्रश्नपत्र पहिल्यै बाहिरिएको आशंका विद्यार्थीहरुले गरेका छन्। १७ सय जना परीक्षार्थी रहेकोमा करिब ५ सय डाक्टरले त्यही कारण देखाउँदै परीक्षा बहिष्कार गरेका हुन्।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने परीक्षा निर्धारित समयभन्दा केहि समय ढिला भएको स्वीकार गरेको छ। प्रतिष्ठानका उपकुलपति बुद्धि बहादुर थापाले प्राविधिक कारणले ढिला भएको जनाएका छन्। उनले के कारणले ढिला भएको हो भन्ने बारे भने खुलाएनन्।

‘परीक्षा ढिला गरी शुरू भएपनि हामीले परीक्षाका लागि निर्धारित समय दिन्छौँ भनेका थियौँ।’ उनले भने, ‘केहि डाक्टरहरूले परीक्षा बहिष्कार गर्नुभएछ।’ २ बजे भनिएको परीक्षा ३ बजेदेखि शुरू भएको थियो। परीक्षा ५ बजे सकिएपनि बहिष्कार गरेका परीक्षार्थीको हकमा के हुन्छ भन्ने सार्वजनिक भएको छैन। हामीले यस विषयमा उपकुलपति थापासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
एम.डी÷एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक यो तहमा भर्ना आह्वान गरेको थियो। लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एस प्रवेश परीक्षा बहिष्कार

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश सरकारले माग्यो–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

गण्डकी प्रदेश सरकारले पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकार मातहत सञ्चालन गर्नेगरी दिन केन्द्र सरकारसँग माग गरेको छ । प्रदेश सरकारले प्रधानमन्त्री कार्यलयलाई पत्राचार गरेर प्रदेश सरकार प्रतिष्ठान चलाउन इच्छुक र सक्षम रहेको भन्दै यस्तो माग गरेको हो । प्रदेश सरकारको पत्रपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयले सरोकारवालाहरुको बैठक बोलाएर छलफल थालेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.अर्जुन आचार्यले पनि प्रदेश सरकारले प्रतिष्ठान चाहियो भनेर केन्द्र सरकारसँग माग गर्ने निर्णय गरेको सुनेको बताए । ‘हामीलाई बोधार्थ छैन्,’ डा.आचार्यले भने, ‘तर उहाँले केन्द्र सरकारलाई पत्रसमेत पठाइसक्नु भएको छ रे ।’

डा.आचार्यले प्रतिष्ठान सामाजिक विकास मन्त्रालय अन्र्तगत राख्ने प्रदेश सरकारको योजना रहेको सुनाए । प्रतिष्ठान ऐनअनुसार अहिले प्रधानमन्त्री कुलपति र स्वास्थ्यमन्त्री सहकुलपति हुन्छ । प्रदेश सरकारलाई प्रतिष्ठान दिँदा यी विषयमा समेत हेरेफेर गर्नुपर्छ ।
डा.आचार्यले केन्द्र वा प्रदेश सरकार को मातहतमा राख्ने भन्ने विषयले आफूलाई फरक नपार्ने बताए । आइतबारै मुख्य सचिव लोकदर्शन रेग्मीले प्रदेश सरकारको पत्रको आधारमा प्रतिष्ठान प्रदेशलाई दिने/नदिनेबारे बैठक बोलाएका थिए । बैठकमा स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रतिष्ठानबाट प्रदेश सरकारलाई दिँदा स्वास्थ्य जनशक्तिको गुणस्तरमा एक रुपता कायम गर्न कठिन हुने धारणा राखेको प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलले बताए । ‘चिकित्सा शिक्षाको पाठ्यक्रम, परीक्षा, प्रवेश परीक्षा धेरै संवेदनशील कुरा हो,’ डा.प्याकुरेलले भने, ‘त्यसमा एकरुपता र गुणस्तरका लागि प्रदेश सरकारलाई दिन मिल्दैन्,’ ।

संघीयताको मर्मअनुसार पनि अन्य विषयका प्रदेश विश्वविद्यालयहरु प्रदेश सरकारले चलाएपनि विशेषज्ञ प्रतिष्ठानहरु केन्द्रले चलाउनुपर्ने भनाई उनको छ । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत पोखरासहित, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्स, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार/ज्यालादारी कर्मचारीलाई स्थायी गरिने, सहमतिपछि आन्दोलन फिर्ता

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार÷ज्यालादारी कर्मचारीलाई स्थायी गर्ने सहमति, आन्दोलन फिर्ता
हेल्थपोस्ट

प्राज्ञिक कार्यक्रम सञ्चालनमा समेत नआइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई प्रक्रिया पु¥याएर स्थायी गर्ने सहमति प्रतिष्ठान प्रशासनले गरेको छ । त्यसैगरी ०६४ मा स्थायी भएका कर्मचारीको एक तह वृद्धि गर्नेसमेत सहमति भएको छ । एक साताभन्दा लामो हडताललगायत विरोधका कार्यक्रममार्फत आन्दोलनमा रहेका कर्मचारीसँग शुक्रबार विश्वविद्यालय प्रशासनले यस्तो सहमति गरेको हो ।

सहमतिअनुसार प्रतिष्ठानतर्फ दोस्रो सभाअघिदेखि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न प्रतिष्ठानका तर्फबाट आगामी सभा बैठकबाट स्वीकृति गराई एक हप्ताभित्र एकपटकका लागि सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको छ ।

सम्पूर्ण कर्मचारीलाई स्थायी गर्नुपर्ने प्रमुख मागसहित लामो समयदेखि चरणबद्ध आन्दोलन चलिरहेको थियो । आन्दोलनकारी र प्रशासनबीच शुक्रबार सहमति भएको छ । विश्वविद्यालयका उपकुलपति डा. बुद्धिबहादुर थापाको उपस्थितिमा भएको वार्तापछि दुवै पक्षबीच तीनबुँदे सहमति भएको हो ।
सहमतिअनुसार प्रतिष्ठानतर्फ दोस्रो सभाअघिदेखि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न प्रतिष्ठानका तर्फबाट आगामी सभा बैठकबाट स्वीकृति गराई एक हप्ताभित्र एकपटकका लागि सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको छ ।

त्यसैगरी ०६४ मा स्थायी भएका कर्मचारीको १ साउन ०७५ देखि लागू हुने गरी समायोजन तथा १ साउनदेखि नै लागू हुने गरी एक तह वृद्धि असोज मसान्तसम्म गरिसक्नेसमेत सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत कर्मचारीले शुक्रबारदेखि विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सहमतिपत्रमा प्रतिष्ठानका तर्फबाट डिन नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा. अर्जुन आचार्यले हस्ताक्षर गरेका छन् । कर्मचारीका तर्फबाट अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, डा. दिनेशकुमार विकलगायत ८ जनाले हस्ताक्षर गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै