पूर्वखोला गाउँपालिका

पाल्पाको पूर्वखोला गाउँपालिकाले सुत्केरी महिलाको घर–घरमा स्वास्थ्यकर्मी खटाएको छ । गाउँ सरकारले केही समयअघि शून्य होम डेलिभरी गाउँपालिका घोषणा गरेको थियो । घोषणाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले गाउँपालिका क्षेत्रका सुत्केरीको घर–घरमा नर्स र अनमी खटाएको हो । सुत्केरी र बच्चाको अवस्थाज्ञान, हेरचाह र सल्लाह–सुझाबका लागि घर–घरमै स्वास्थ्यकर्मी खटाइएको...