पिजी परीक्षा

चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) परीक्षा कात्तिकमा हुने भएको छ। चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ। आयोगले एक सूचना जारी गर्दै डिएम र एमसिएचको परीक्षा असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको मंसिर महिनामा हुने जनाएको छ।