कलिलो उमेरमा यौनसम्पर्क गर्दा पाठेघरको मुखको क्यान्सर

पाठेघरको मुखको भाग धेरै नै नरम हुन्छ । त्यो नरम भागमा मुख्यतः प्यापिलोमा भाइरसका कारण क्यान्सर हुन्छ । पाठेघरको क्यान्सर हुने विभिन्न कारणमध्ये कलिलो उमेरमा यौनसम्पर्क प्रमुख हो । कलिलो उमेरमा यौनसम्पर्कमा सक्रिय हुने केटीहरूमा क्यान्सरको जोखिम धेरै हुन्छ । किनभने, त्यतिवेलासम्म उसको शरीरमा रोगसँग लड्ने क्षमता पूर्ण रूपमा विकास भएको हुँदैन । पुरुषको लिंगको भाग कडा भएको हुँदा यौनसम्पर्क गर्दा पाठेघरको नरम ठाउँमा रगडिँदा घाउ हुने सम्भावना बढी हुन्छ ।

कन्डमको प्रयोग गरेका आधारमा मानिसले हप्तामा दुईपटक यौनसम्पर्क गरेको पाइन्छ । बारम्बार जो महिला यौनक्रियामा सक्रिय हुन्छन्, कलिलो उमेरमा धेरै यौनसम्पर्क भएपछि घाउ भएपश्चात् इन्फेक्सन भएर कीटाणु पस्न सक्ने हुन्छ । तसर्थ, कलिलो उमेरमा यौनकार्यमा सक्रिय रहेको खण्डमा पाठेघरको मुखको क्यान्सर हुने प्रबल सम्भावना हुन्छ ।

पुरुषको भन्दा महिलाको यौनांगमा फोहोर हुने सम्भावना बढी हुन्छ । किनभने, महिलाको पिसाबको र दिसाको नली एकदमै नजिक हुन्छ । दिसा गरेर सफा गर्दा प्रायः अगाडिबाट सफा गरिने हुँदा कीटाणुहरू प्रत्यक्ष सम्पर्कमा आउने हुन्छन् । रोगसँग लड्न सक्ने क्षमता कत्तिको छ, यस्ता कुरामा भरपर्ने हुन्छ । स्वास्थ्यमा ख्याल नगरेको, पोषिलो खानेकुरा नखाएको, सरसफाइमा ध्यान नदिएको र यौनक्रियामा धेरै सक्रिय भएको खण्डमा क्यान्सर हुने हुन्छ ।

पाठेघरको मुखको क्यान्सरको पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । तर, यसका लागि महिलाले कम्तीमा पनि ३ वर्षको फरकमा पाठेघरको मुखको पानी परीक्षण गराइराख्नुपर्छ । पाठेघरको मुखको पानी जाँच गर्दा संक्रमण हुने अवस्था के–कस्तो छ, थाहा हुन्छ ।

पाठेघरको क्यान्सरले समग्र क्यान्सरको प्रमुख हिस्सा ओगटेको छ । लाज मान्ने ठाउँ भएकाले अधिकांश महिला समस्या पर्दा चाँडो चिकित्सककहाँ चेकजाँच गर्न नजाने गरेका छन् । यौनक्रिया गर्दा दुख्नेखालको स्थिति आयो भने तुरुन्तै चेकजाँचका लागि जानुपर्ने हुन्छ । महिनावारी ठिक समयमा नभएर रगत गइराख्ने समस्या छ भने पनि तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ । यस्तो वेलामा इरोजन हुन्छ । पाठेघरको मुख रातो भएर सुन्निएको वेलामा श्रीमान्–श्रीमती वा यौनसम्पर्क गर्ने पार्टनरले नै औषधि खानुपर्ने हुन्छ । इरोजन भएका वेला यौनसम्पर्क गर्नुहुँदैन । यदि गर्नु नै छ भने कन्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । कन्डममा चिल्लो हुने हुँदा रगडिन पाउँदैन ।

पाठेघरको मुखको क्यान्सरको पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । तर, यसका लागि महिलाले कम्तीमा पनि ३ वर्षको फरकमा पाठेघरको मुखको पानी परीक्षण गराइराख्नुपर्छ । पाठेघरको मुखको पानी जाँच गर्दा संक्रमण हुने अवस्था के–कस्तो छ, थाहा हुन्छ ।

मानिसले जहिल्यै क्षणिक सहजता तथा आनन्द खोज्छ, जुन कालान्तरमा घातकसिद्ध हुन्छ । तर, कतिपयमा भने ज्ञानको कमीका साथसाथै स्वास्थ्यजाँचको अवसर नै नहुँदा रोगको सिकार बन्नुपर्ने बाध्यता हुन्छ । सहरका भन्दा पनि गाउँका महिला बढी पीडित छन् । उनीहरूमा स्वास्थ्यसेवाको पहुँच हुँदैन । उनीहरूले वर्षमा त के, एकचोटि पनि स्वास्थ्यजाँच गराएका हुँदैनन् ।

महिलाले विशेषगरी यौनांगहरूको सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्छ । यौनसम्पर्क गर्दा तल्लो पेट दुखिरहन्छ भने शंका गर्नुपर्ने हुन्छ ।
क्यान्सर लाग्यो भन्नेबित्तिकै मानिसमा दीर्घकालीन मानसिक असर देखापर्छ । घर–परिवारमा तनाव हुने तथा आर्थिक रूपमा बोझ हुने गर्छ । क्यान्सरको उपचारमा आर्थिक लगानी धेरै छ । नेपाल सरकारले क्यान्सररोगीको उपचारमा उपलब्ध गराउने एक लाख रूपैयाँले उपचार सम्भव छैन । केमो तथा पाठेघर नै काटेर फाल्नुपर्दा आर्थिक भार धेरै पर्न जान्छ ।

शरीरका जुनै पनि तन्तुमा अक्सिजनको मात्रा कमी भएपछि असामान्य कोषहरू वृद्धि तथा विकास हुन थाल्छन् । यौनसम्पर्कलाई मनोरञ्जनका रूपमा नलिएर मुख्यतः प्रजननप्रक्रिया अर्थात् सन्तानोत्पादनका लागि आवश्यक छ भन्ने हिसाबले लिनुपर्छ । यौनिकतामा कामुकताभन्दा पनि बौद्धिकताको ज्ञान वृद्धि गर्नमा जोड दिइयो भने यसको रोकथाम असम्भव छैन, तर असहज भने छ ।

मानिसले जहिल्यै क्षणिक सहजता तथा आनन्द खोज्छ, जुन कालान्तरमा घातकसिद्ध हुन्छ । तर, कतिपयमा भने ज्ञानको कमीका साथसाथै स्वास्थ्यजाँचको अवसर नै नहुँदा रोगको सिकार बन्नुपर्ने बाध्यता हुन्छ । सहरका भन्दा पनि गाउँका महिला बढी पीडित छन् । उनीहरूमा स्वास्थ्यसेवाको पहुँच हुँदैन । उनीहरूले वर्षमा त के, एकचोटि पनि स्वास्थ्यजाँच गराएका हुँदैनन् । पाठेघरको मुखको पानी जाँच्ने सुविधा सबै जिल्लामा उपलब्ध छैन । यसका कारण पनि नियमित स्वास्थ्यपरीक्षणको अवसरबाट वञ्चित हुँदा ग्रामीण भेगका महिलाले असाध्य रोगबाट पीडित भइरहनुपरेको अवस्था छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै