उपचारका क्रममा सुत्केरीको मृत्युपछि पोखरामा तनाव, झडपमा ४ प्रहरीसहित ७ घाइते

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । बिहीबार बिहान डेलिभरीका लागि अस्पताल आएकी कास्की अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीय निशाकुमारी थापाको मृत्यु भएको हो ।

बिरामीको मृत्युसँगै चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा ४ जना प्रहरी र ३ जना मृतकका आफन्त छन् । प्रहरी निरीक्षक विजय भण्डारी, हवल्दार मीनबहादुर पाण्डे, प्रहरी जवान रूपा परियार र डोलराज नेपाली घाइते भएका छन् । त्यसैगरी, प्रदर्शनकारीतर्फ शोभाकर पौडेल, नरबहादुर थापा र रेशम थापा घाइते भएका छन् ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले गरेको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा ४ प्रहरीसहित ७ जना घाइते भएका छन् । ‘नर्मल डेलिभरी भएपछि अत्यधिक रगत बग्यो । त्यसपछि हामीले पाठेघरको अप्रेसन गर्यौँ,’ अस्पताल भन्छ, ‘अपरेसनपछि पनि रगत बग्न नछोडेपछि उनको मृत्यु भएको हो ।’

सुत्केरी व्यथाले च्यापेपछि बिहीबार बिहान निशालाई अस्पताल ल्याइएको र बिहीबार साँझ उनले बच्चा जन्माएको भाइ वसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि निशाको अत्यधिक रक्तस्राव भएको उनले बताए । रक्तस्राव नरोकिएका कारण अप्रेसन गरेपछि आफ्नी दिदीको मृत्यु भएको उनको भनाइ छ ।

‘नर्मल डेलिभरी भएपछि अत्यधिक रगत बग्यो । त्यसपछि हामीले पाठेघरको अप्रेसन गर्यौँ,’ अस्पताल भन्छ, ‘अपरेसनपछि पनि रगत बग्न नछोडेपछि उनको मृत्यु भएको हो ।’ निशाका आफन्त र छिमेकीले चिकित्सकको लापरबाहीले निशाको मृत्यु भएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

नुवाकोटमा पनि चिकित्सकको लापरबाही र सरकारको गैरजिम्मेवारीपनका कारण सुत्केरीको मृत्यु भएको भन्दै शुक्रबार आफन्तले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । तारकेश्वर गाउँपालिका–५ बुधसिङ स्थायी घर भई हाल वेलकोटगढी–७ महादेवफाँट बस्दै आएकी गोमा वस्तीको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रसूतिपछि अत्यधिक रक्तस्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाहीको आरोप लगाएका हुन् । नर्मल डेलिभरीपश्चात् रक्तस्राव नरोकिएपछि उनलाई काठमाडौं ल्याउन सरकारी निकायसित पूर्वघोषित कार्यक्रमअन्तर्गत हेलिकोप्टर माग्दा नुवाकोट सुगम भएकाले दिन नमिल्ने भन्दै टारिएपछि उपचारमा ढिलाइका कारण उनको मृत्यु भएको बताइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै