‘कन्ट्याक्ट ट्रेसिङ’ कसरी प्रभावकारी बनाउने?

कोरोना  भाइरसकाे महामारीविरुद्ध संसार लडिरहेको छ। लेख तयार पार्दाको क्षणसम्म विश्वका यो भाइरस २ सय १३ देशमा पुगिसकेको छ। यसबाट मृत्यु हुनेको संख्यामात्रै ३ लाख ४८ हजार र संक्रमितको संख्या ५६ लाख बढी छ।

नेपालको सन्दर्भमा सातै प्रदेश र ४६ जिल्लामा संक्रमण पुगिसकेको छ। पछिल्लो दिनमा संक्रमितका आँकडा हेर्दा यो क्रम अझै बढ्ने सहजै अनुमान गर्न सकिन्छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न प्रतिकार्य गर्दै आएको छ। सरकारले कोरोना रोकथामको लागि अवलम्वन गरेका ६ वटा रणनीति मध्ये कन्ट्याक्ट ट्रेसिङ एक हो। यो नेपालमात्रै होइन सर्ने खालका अधिकांश रोगको नियन्त्रण तथा रोकथामका लागि संसारले अपनाउँदै आएको विधि पनि हो।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको २०७६ माघ ९ मा हो । हालसम्म यसबाट संक्रमितको संख्या ७ सय नाघिसकेको छ। फेरि पनि यो रोकिने केही छाँटकाँट देखिँदैन । नयाँ संक्रमण भेटिएदेखि नै नेपालमा आकस्मिक वा व्यवस्थित रूपमा कन्ट्याक्ट ट्रेसिङको काम हुँदै आएको छ।

सुरुका दिनमा थोरै संक्रमित देखिँदासम्म सानो तहमा भएकै कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी थियो। अब छरिएर र एकै ठाउँमा पनि ठूलो संख्यामा संक्रमित देखिरहँदा अहिलेकै तौरतरिकाबाट कन्ट्याक्ट ट्रेसिङले नयाँ संक्रमण फैलिन रोक्ने चरणसम्म हामीलाई पुर्याउन सक्ला कि नसक्ला भनेर सोच्ने र समीक्षा गर्ने समय आएको छ।

त्यसैको बोध गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ वैशाख ३० गते कोभिड -१९ का लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका,२०७७ जारी गरेको छ। यो ढिला भएपनि सराहनीय र महत्वपूर्ण कार्य हो।

अहिले ट्रेसिङका लागि पनि विभिन्न देशले विभिन्न तरिका अपनाएका छन्। जसमा कोरियाले अवलम्बन गरेको कन्ट्याक्ट ट्रेसिङको विधि उत्तम मानिएको छ।

निर्देशिका बन्नु जति महत्त्वपूर्ण छ, त्यो भन्दा महत्त्वपूर्ण महामारी प्रतिकार्यमा यो अनुसारका काम हुने र त्यसले प्रभावकारी नतिजा दिन सक्नुपर्छ।

निर्देशिका जारी भएको दुई सातामा कति कन्ट्याक्ट ट्रेसिङ भयो र त्यो कति प्रभावकारी रूपमा भयो भनेर अहिले खोजी हुन थालेको छ। निर्देशिकाको मर्मअनुसार प्रत्येक गाउँपालिका एउटा नगरपालिकामा २ वटा उपमहानगरपालिकामा ३ वटा साथै महानगरपालिकामा ५ वटा ट्रेसिङ टिम बन्नुपर्छ।

निर्देशिकाअनुसार देशभर १०७५ यस्ता कन्ट्याक्ट ट्रेसिङ टिमको गठन हुने देखिन्छ। तर हाल निर्देशिका जारी भएको दुईसातासम्म पनि उल्लेख्य रूपमा टिम गठन हुन नसक्नु दुर्भाग्यपूर्ण हो।

सरकारले प्रत्येक टिममा एक /एक जना जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन जना सदस्य रहने प्रावधान छ।

तर, समितिमा हुनुपर्ने भनिएका जनशक्ति सबै स्थानीय तहमा छन् त ? यसको सम्भावना कम देखिन्छ।

यस्तो परिस्थितिमा निम्तिन सक्ने जटिलता हल गर्न स्थानीय सरकारसँग जनशक्ति नभएको अवस्थामा संघीय सरकारले अपुग जनशक्तिको विवरण संकलन गरी छोटो सूचनामार्फत परिपूर्ति गर्नुपर्ने देखिन्छ। त्यसरी पनि जनशक्ति व्यवस्थापन हुन नसकेको अवस्थामा विकल्पका रूपमा अन्य जनशक्ति राख्ने प्रावधान निर्देशिकामार्फत स्थानीयलाई दिन जरुरी छ।

महामारी रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको अर्जेन्सी बुझेर कदम चाल्न सकियो भने मात्रै हामी यो लडाइँ पार लगाउन सक्छौ‌‌। जति छिट्टै कन्ट्याक्ट ट्रेसिङ हुनसक्छ त्यति नै छिटो रोग सर्ने दर र दायरा घटाउन सकिन्छ।

बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका बिरामीलाई पहिलो कन्ट्याक्टको दायरामा ल्याएर थप अनुसन्धान तथा जाँच पड्तालको कार्य अगाडि बढ्नुपर्ने हो। तर जोखिम भन्दा पनि पहुँच एवं सही व्यक्तिको पहिचान हुन नसक्दा रोग झन् बढ्ने देखिन्छ।

कन्ट्याक्ट ट्रेसिङसँगै जोखिमको पहिचान गर्ने, थप फैलिन सक्ने ठाउँहरुको यकिन गरेर त्यसलाई रोक्न पनि ठोस काम गर्नुपर्ने देखिन्छ। विशेषगरी स्वास्थ्यकर्मी नै बिरामीको पहिलो सम्पर्कमा हुने भएकोले सर्वप्रथम सम्पूर्ण स्वास्थ्यकर्मीकाे स्वाब परीक्षण हुन जरुरी देखिन्छ।

स्वास्थ्यकर्मी सुरक्षित नभए झन् रोग सर्नसक्ने सम्भावना भएकोले परीक्षणको दायरामा स्वास्थ्यकर्मीको परीक्षण प्राथमिकताको विषय हुनुपर्छ।

देशका विभिन्न ठाउँमा अहिले स्वास्थ्यकर्मीलाई संक्रमण हुने क्रम बढ्दो छ त्यसैले ट्रेसिङ गर्दाको समयमा होस् वा उपचारमा खटिँदा मापदण्डअनुसार व्यक्तिगत सुरुक्षा सामग्री पनि अर्को अत्यावश्यकीय सर्त हो।

शंकास्पद बिरामीहरूमध्ये ८० प्रतिशतको २४ घण्टाभित्र अन्तरवार्ता हुनुपर्ने मान्यता छ । यो प्रभावकारी हुन नसक्दा यसले झन् रोग सर्ने जोखिम बढाएको छ।

अर्कोतर्फ क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्तिको परीक्षणको नतिजा ढिलो आउने साथै क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमण झन् बढ्ने सम्भावना हुन्छ।

अहिले ट्रेसिङका लागि पनि विभिन्न देशले विभिन्न तरिका अपनाएका छन्। जसमा दक्षिण कोरियाले अवलम्बन गरेको कन्ट्याक्ट ट्रेसिङको विधि उत्तम मानिएको छ।

कोरियाले आफ्नो संचार प्रविधिको प्रयोग गरी सूचना संकलन गरेको थियो। तर ती कुरा हाम्रो परिवेशमा अहिले नै कार्यान्वयन हुने सम्भावना देखिँदैन। हाम्रो परिवेशमा अहिले कन्ट्याक्ट ट्रेसिङ गर्ने विधि भनेको स्वास्थ्यको स्थायी संरचना जुन प्रत्येक वडासम्म छ त्यो संरचना परिचालन गर्नु नै उपयुक्त हुन्छ।

यस बेला नयाँ प्रणाली स्थापनाभन्दा भएको संरचना सुदृढीकरण गर्न जरुरी छ। समयमै कोरोना बिरामीसँग सम्पर्कमा आएका र कन्ट्याक्ट ट्रेसिङ भइसकेकाको नियमित अनुगमन एवं अभिलेख समेत राख्न जरुरी देखिन्छ।

निर्देशिका बनाएर स्थानीय तहको जिम्मामा छाडेर मात्रै संघीय सरकार बस्दा त्यसले निम्तिने परिस्थिति झन् नराम्रो हुनसक्छ। अहिले पनि महामारी नियन्त्रणका सन्दर्भमा स्वास्थ्य पूर्ण जनशक्ति, संरचनासमेत परिचालन हुन बाँकी नै छ।

हामीसँग उपलब्ध जनशक्ति अनुपातमा हाम्रा लक्ष्यहरू निर्धारण गरेर सिंगो स्वास्थ्य प्रणाली परिचालन नहुँदासम्म अपेक्षित नतिजा निकाल्न सकिन्न। उपकरण, सामग्री, भौतिक पूर्वाधारमा हाम्रो स्वास्थ्य प्रणाली कमजाेर होला, तर नेटवर्क, जनशक्तिको मनोबल, सहकार्य गर्ने सन्दर्भमा हाम्रो स्वास्थ्य सिष्टम निकै बलियो छ।

यस बेला नयाँ प्रणाली स्थापनाभन्दा भएको संरचना सुदृढीकरण गर्न जरुरी छ। समयमै कोरोना बिरामीसँग सम्पर्कमा आएका र कन्ट्याक्ट ट्रेसिङ भइसकेकाको नियमित अनुगमन एवं अभिलेख समेत राख्न जरुरी देखिन्छ।

परीक्षण प्रणाली थप सुदृढ पार्नुका साथै निजी क्षेत्रहरूसँगको समन्वयमा यसलाई बढाउँदै लानु अर्को आवश्यकता हो। संक्रमित ब्यक्तिहरूको सम्पर्कमा आएकाको उचित व्यवस्थापन र उनीहरूको कोरोना परीक्षणले देशभर थप जटिलता रोक्न सकिन्छ। यस कार्य लागि सम्बन्धित तहबाट सबैले एकरूपताका साथ लागि पर्नुपर्ने र यस महामारीबाट हुनसक्ने थप जोखिम न्यूनिकरण समेत गर्न सकिन्छ।

यसरी ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गरी विवरण उपलब्ध गराएर सम्भावित जोखिमबाट बच्न र बचाउन सकिन्छ। कन्ट्याक्ट ट्रेसिङको प्रभावकारिताका स्थानीय, प्रदेश र संघीय सरकारले पनि प्राथमिकतामा राखेर निरन्तर अनुगमन गरिरहनु पर्दछ ।

जनस्वास्थ्य विषयमा स्नातकाेत्तर गरेका लेखक नेपाल स्वास्थ्यकर्मी संघका महासचिव हुन्।  

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘सुरक्षा सामग्रीको कमीले स्वास्थ्यकर्मीमा बढ्यो संक्रमण’

कोरोना भाइरस ( कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न जनशक्तिलाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्धता र उचित व्यवस्थापन नभएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आइतबार एक विज्ञप्ती निकाल्दै संघले सम्बन्धित निकायलाई बारम्बार ध्यानकर्षण गराउँदा पनि संवेदनशिल हुन नसकेको जनाएको छ ।
स्वास्थ्यकर्मीलाई सुरक्षासामाग्री उपलब्ध हुन नसक्दा जसको परिमाण स्वरुप संक्रमण हुने दर दिनहुँ बढिरहेको कारण विभिन्न अस्पताहरुमा र व्यवस्थापकिय निकायहरु सिल गर्नुपरेको अवस्था आएको संघले विज्ञप्ती मार्फत जनाएको छ ।

स्वास्थ्यकर्मीले विभिन्न व्यक्ति र संस्थाबाट विभिन्न किसिमका अभ्रदव्यवहार गरेको प्रति सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
कोभिड १९ को उपचारमा अग्रमोर्चामा खटिएका सबै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता व्यवस्थापन गर्न नसकेको संघले जनाएको छ ।

‘स्वास्थ्यकर्मीहरुले सम्भावित संक्रमण हुनसक्ने स्थानको निश्चित अवधिको ड्यटी पश्चात क्वारेन्टाइन र परीक्षणको व्यवस्थापन पनि उचित तरिकाले भएको पाइएको छैन , विज्ञप्तीमा भनिएको छ, ‘ मर्यादित कार्यस्थलको अभाव रहदा रहदै पनि कतिपय स्थानहरु ज्यान नै खतरामा पार्ने धक्की समेत आइरहेका छन् ।’

‘कोभिड १९’ रोगथाम,नियन्त्रणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि घोषणा गरेको विमाको कम्पनीमा कस्तो प्रकृतीको विमा गरेको बारेमा स्वास्थ्यकर्मी नै अनभिज्ञ रहेको संघले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘जोखिम भत्तासम्बन्धी निर्देशिकाले २९ हजार स्वास्थ्यकर्मीमाथि विभेद’

विश्वव्यापी कोरोनाको महामारी उपचार तथा रोगथाममा संलग्न हुने स्वास्थ्यकर्मी लक्षित गरेर सरकारले जारी गरेको जोखिम भत्तासम्बन्धी निर्देशिकले स्वास्थ्य सेवा प्रवाहमा खटिएका ९० प्रतिशत स्वास्थ्यकर्मीको अबमुल्यान गरेको भन्दै स्वास्थ्यकर्मीका प्रमुख संगठनहरुले आपत्ति जनाएका छन् ।

निर्देशिका सार्वजनिकपछि नेपाल स्वास्थ्यकर्मी युनियान र नेपाल स्वास्थ्यकर्मी संघले तत्काल परिमार्जनको मागसमेत गरेका छन् । सरकाले अधिकांश निजामति कर्मचारीलाई लकडाउनको समयमा सार्वजनिक विदा सुविधा दिएको सन्दर्भमा निरन्तर काममा खटिइरहेका स्वास्थ्यकर्मीको भने मनोवल गिर्ने काम गरेको उनीहरुको आरोप छ ।

निर्देशिकाअनुसार कोरोना नियन्त्रण र रोकथाममा खटिने पत्र पाएकाले मात्रै भक्ता पाउँछन् । तर स्वास्थ्यकर्मी संगठनहरुले भने कोरोना उपचारमा प्रत्यक्ष खटिनेले सावधानी अपनाएर सुरक्षासामग्रीसमेत प्रयाप्त पाउँने भएको भन्दै झन् कुनै सामग्रीविना गाउँगाउँका स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मी झन् बढीमा जोखिममा रहने दावी गरेका छन् । सो आधारमा भक्ताबाट कसैलाई भक्ताबाट बञ्चित गर्न नहुने भनाई छ । अहिले स्वास्थ्य सेवा अन्तर्गत २९ समूह र ४५ उपसमूहका गरी झण्डै २९ हजार स्वास्थ्यकर्मी कार्यरत छन् ।

युनियानका अध्यक्ष उज्जलकुमार शर्माद्धारा जारी विज्ञाप्तिमा जोखिमक्ता निर्देशिकाले ‘स्वास्थ्यकर्मीलाई थाङनामा बाँधेर सेतीको खोंचमा मिल्काएको ’ टिप्पणी गरिएको छ । यसैगरी स्वास्थ्यकर्मी संघका महासचिव दिपक भट्टले पनि स्वास्थ्यकर्मीको भावनामाथि भएको कुठाराघातको जवाफ सरकारले पाउँने चेतावनी दिए ।

कर्मचारी समयोजन गर्दा पनि निजामति कर्मचारीलाई एक तह बढुवा गरेर स्थानीय निकायमा खटाइएकोमा स्वास्थ्यकर्मीमाथि विभेद गरिएको भन्दै पटकपटकको विभेद स्वास्थ्यकर्मीका लागि सह्य नहुने

स्वास्थ्यमन्त्रालयमा भएको छलफलका क्रममा स्वास्थ्य संस्थामा सेवा दिइरहेका स्वास्थ्यकर्मीले न्युनतम ५० प्रतिशत र कोराना नियन्त्रण र उपचारको फ्रन्टलाइनमा खटिने स्वाथ्यकर्मीलाई शत प्रतिशत भत्ता दिने सहमति भएको भट्टले बताए । तर, मन्त्रीपरिषद् निर्णय भएर फर्किदा स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मीले सुविधा पाउँनेसम्बन्धी व्यवस्था नै हटाइएको भट्टले बताए । ‘मन्त्रालयबाट पठाउँदा हटाइयो वा माथिबाट हटाइयो, जे भएको भएपनि यो निर्णय हामीलाई मान्य छैन’ उनले यसविरुद्ध स्वास्थ्यकर्मीले पनि अन्य निजामतिका लागि लागु भएको निर्णयअनुसार नै विदा बसेर सरकारलाई असहयोग गर्ने परिस्थिति आउँने चेतावनी दिए ।

शर्माले पनि काम गरेका र घरमै बसेकाले पाउँने सुविधा बराबर हुनुले यो समयमा स्वास्थ्यकर्मीको मनोवल बढाउँन नसक्ने टिप्पणी गरे । त्यसैगरी भट्टले कर्मचारी समयोजन गर्दा पनि निजामति कर्मचारीलाई एक तह बढुवा गरेर स्थानीय निकायमा खटाइएकोमा स्वास्थ्यकर्मीमाथि विभेद गरिएको भन्दै पटकपटकको विभेद स्वास्थ्यकर्मीका लागि सह्य नहुने चेतावनी दिए ।

शर्माले स्वास्थ्य सेवा बाहेकका सेवाहरु बन्द भएको र नेपाल सरकारले उनीहरुलाई घरैमा राखेर बिदा स्वीकृत गरि तलब भक्ता खुवाउने निर्णइ गरेको अबस्थामा देशभरका स्वास्थ्य संस्थामा जोखिममै खटिइरहेका स्वास्थ्यकर्मीमाथि अन्याय भएको बताए । सरकारको विभेदकारी नीतिले जोखिम लिएर कोरोना नियन्त्रणको अलावा खोप, सुरक्षित मातृत्व,परिवार नियोजन, विभिन्न सरुवा रोग नियन्त्रण कार्यक्रमदेखि दैनिक बिरामी जाँच, रेकडिङ रिपोटिङलगायत नियमित सेवा दिइरहेका स्वास्थ्यकर्मी जोखिम भक्ताबाट वञ्चित भएका छन् ।
युनियानका अध्यक्ष शर्मा र संघका महासचिव भट्टले निर्देशिका तुरुन्त सच्याई सबै स्वास्थ्यकर्मीहरुलाई समेटेर पुनः जारी गर्न माग गरे ।

यस्तो छ निर्णय

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, कस्तो काम कति भत्ता?

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मिनराज पन्थीद्वारा नि:शुल्क औषधी वितरण

नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव मिनराज पन्थीले सर्वसाधारणलाई नि:शुल्क औषधी वितरण गरेका छन्। लकडाउनको समय लम्बिँदै गएपछि समस्यामा परेका गरिब, विपन्न, श्रमिक वर्ग तथा दीर्घरोग लागेका सर्वसाधारणको सहयोगका लागि भन्दै पन्थीले चन्द्रागिरि नगरपालिका-६ का स्थानीयलाई नि:शुल्क औषधी वितरण गरेका हुन्।

लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गरी गुजारा गर्ने श्रमिक, न्यून आय भएका नागरिक तथा दीर्घरोगीलाई सहयोग गर्ने उद्देश्यले नि:शुल्क औषधी वितरण गरेको पन्थीले बताए। चन्द्रागिरिका स्थानीय ५६ जनालाई उनले घरघरमा गई औषधी वितरण गरेका छन्।

महामारी समयमा समस्यामा परेका नागरिक तथा सर्वसाधारणलाई सबैले आ–आफ्नो पेसाअनुसार सहयोग गर्नुपर्ने बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मी संघद्वारा वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

नेपाल स्वास्थ्यकर्मी संघले वीर अस्पतालका कर्मचारीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले १० थान पिपिई, ८ सय पिस जि मास्क, ५ सय पिस मास्क र २ थान थर्मल गन उपलब्ध गराएको संघका अध्यक्ष खुबराज आचार्यले जनाकारी दिए ।

भाइरसको संक्रमण बढ्दो त्रममा रहेका कारण, स्वास्थ्यकर्मी उच्च जोखिममा पर्ने भएका कारण संघले अस्पतालाई स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।  संक्रमण जोखिमलाई कम गर्नेको लागि संघले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको आचार्यले बताए । संघले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाली कांग्रेसका युवा नेता प्रदिव पौडेलको उपस्थितमा अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीलाई हस्तान्रण भएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘स्वास्थ्यकर्मीबाट नै स्वास्थ्य मन्त्रालयको सचिव हुने प्रावधान लागू गरियोस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने प्रावधान स्वास्थ्यकर्मीबाट बन्नुपर्ने नेपाल स्वास्थ्यकर्मी संघले माग गरेको छ। स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कार्यान्वयनमा ल्याउनपर्ने भन्दै संघले प्रेस विज्ञप्ति जारी गरेको हो।

हाल लामो समय देखि स्वास्थ्य सेवातर्फको सचिव पद रिक्त रहेको कोरोनाको महामारीमा आवश्यक पर्ने प्राविधिक नेतृत्वको कमी महसुस भएको संघले जनाएको छ।

समायोजन ऐन २०७५ अनुसार संघ प्रदेश र स्थानिय तहमा समायोजन भएको र सेवा संचालन सम्बन्धि अर्को ऐन नआइ रहेको अवस्थामा विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ नै कार्यान्वयनमा गर्नुपर्छ, विज्ञप्तीमा भनिएको छ, ‘कानुन बमोजिम स्वास्थ्यकर्मीबाट नै सचिव बन्ने अवस्था सृजना गरी स्वास्थ्यकर्मीको मनोबल उच्च राखि समस्याकोे समाधानका लागि पहल गर्न सरोकाला निकायको ध्यानार्कषण गदछौँ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दुई वर्षदेखि रोकिएको स्वास्थ्यकर्मीको स्तरवृद्धि अगाडि बढाउन संघको माग

नेपाल स्वास्थ्यकर्मी संघले दुई वर्षदेखि रोकिएको स्वास्थ्यकर्मीको स्तरवृद्धि प्रक्रिया तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रालय र विभागको ध्यानाकर्षण गराएको छ ।

स्तरवृद्धि ढिलो हुँदा वरिष्ठ र कनिष्ठमा असर मात्र नपरी स्वास्थ्यकर्मीले पाउने सेवा–सुविधामा पनि असर पर्ने भन्दै विभागलाई ध्यानाकर्षण स्वास्थ्यकर्मीहलाई उत्प्रेरणा गर्नुपर्ने वर्तमान अवस्थामा कानुनसम्मत हुनुपर्ने स्तरवृद्धि पनि कानुन उल्लेखित भएअनुसार नगरेको संघले जनाएको छ ।

‘एउटै ऐनमा भएको व्यवस्थालाई पनि अलग–अलग व्याख्या गरी समय नै स्तरवृद्धिको निर्णय नगरी दिने अवस्था प्रति संघ आपत्ति प्रकट गर्छ,’ मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संघीयताको कार्यान्वयनपछि समायोजनका नाममा स्वास्थ्यकर्मीको आत्मबल खस्कने गरी गतिविधि भइरहेको अवस्थामा कानूनले दिएको सुविधासमेत रोकिनुले स्वास्थ्यकर्मीमा नैराश्य उत्पन्न गराएको घिमिरेले बताए ।

विगत क्षेत्रिय स्वास्थ्य निर्देशनालयले गरि रहेको स्तरवृद्धि प्रकृया पनि हाल प्रदेशले नगरेको हुनाले केन्द्रीकृत भै स्वास्थ्यकर्मी समस्यामा परिरहेको संघले विज्ञप्ती मार्फत जनाएको छ ।

स्वास्थ्यकर्मीका परिस्थितिलाई मध्यनजर गर्दै चाडो भन्दा चाडो स्तरबृद्धि गर्ने स्तरबृद्धि हुनु पर्ने साबिकको मितिबाट नै सेवा– सुविधा लागु हुने गरी प्रक्रिया मिलाउन संघले सरोकारवाला निकायसँग माग गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

महामारी राेक्ने मूल सूत्र : स्वास्थ्यकर्मीको व्यापक परिचालन

कोरोना संक्रमणको महामारीले अहिले सारा विश्व आक्रान्त छ। विश्वका सारा विज्ञान यसको निदान र उपचारका उपाय पत्ता लगाउन अध्ययन अनुसन्धानमा लागिपरेको छ।

नेपालमा पनि सबै सरकारी, गैरसरकारी तथा निजि संयन्त्र कोरोना महामारी रोकथाम र यसको उपचारमा लागेका छन्।

यस महत्वपूर्ण घडीमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अभिभावकत्वको भूमकामा छ।

महामारीको यो बेलामा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अत्यावश्यक उपकरणहरू पिपिई, उपचारमा प्रयोग हुने औजार तथा उपकरणको अभाबको बिषयले मुख्य स्थान पाएको छ ।

विश्वका शक्तिशालि देशलाई समेत यी सामाग्रीको ब्यबस्थापन गर्न निकै कठिन भएका बेला नेपालमा यस समस्या प्राथमिकता आउनु अन्यथा होइन।

यसको  अर्को पाटो भनेको यस कार्यमा विभिन्न जिम्मेबारी निर्बाह गरेका जनशक्ति हुन् अझ त्यसमा पनि प्राबिधिक जनशक्ति हुन् जसको भूमिका अतुलनीय छ।

नेपालमा कार्यरत स्वास्थ्यसंग आबद्ध प्राबिधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत छन् भने नियमन गर्नका लागि विभिन्न  परिषद्हरू छन् जसमा  चिकित्सकहरुको नियमन नेपाल मेडिकल काउन्सिल, नर्सिङ एवं मिडवाईफ्रीको नेपाल नर्सिंङ काउन्सिल, आयुर्वेद अन्तर्गत कार्यरत आयुर्वेद काउन्सिल, फार्मेसी अन्तर्गतका जनशक्ति फार्मेसी काउन्सिल साथै सामान्य चिकित्सा, जनस्वास्थकर्मी, रेडियोलोजी, ल्याब लगायत विभिन्न ३४ भन्न्दा बढी  विधाका जनशक्ति  नेपाल स्वास्थ्य ब्याबसायिक परिषदले दर्ता एवं नियमन गर्ने गरेको गरेको छ  ।

कोरोना ब्यबस्थापनमा यी  जनशक्तिले निर्णायक भूमिका खेल्दै आएका छन्।

यस्तो बेलामा बिभिन्न परिषदसंग दर्ता भएका जनशक्ति सरकारी सेवामा कार्यरत, नजी क्षेत्रमा कार्यरत एवम् हाल दर्ता भइ रोजगारको खोजीमा कति जनशक्त्ति छ भन्ने तथ्याङ्क अभिलेख हुन  जरुरी छ।

यस्तो बेलामा बिभिन्न परिषदसंग दर्ता भएका जनशक्ति सरकारी सेवामा कार्यरत, नजी क्षेत्रमा कार्यरत एवम् हाल दर्ता भइ रोजगारको खोजीमा कति जनशक्त्ति छ भन्ने तथ्याङ्क अभिलेख हुन  जरुरी छ।

हामीसँग मानव संशाधन सम्बन्धि दीर्घ योजना नहुनु र भएका दक्ष जनशक्तिले यथोचित  जिम्मेवारी नपाउनु  दुर्भाग्यपूर्ण हो।  यसको अभिलेखीकरण नहुँदा नीति निर्माणमा समस्या पर्ने त छँदैछ अर्कोतर्फ यस्तो महामारीमा कार्यरत र खाली भएका जनशक्तिको विवरण नहुँदा  जनशक्त्तिपरिचालनमा समस्या आउनसक्छ। झन् त्यसमा पनि अहिले ३ तहका सरकारद्वारा ति जनशक्ति परिचालित छन्।

एकातिर यो समस्या छ भने अर्को तर्फ भएको गुणस्तरीय जनशक्तिलाई राष्ट्रले विभिन्न नीति बनाई सहि ठाउँमा सदुपयोग गर्न नसक्नुले हामी कस्तो दुर्दशामा छौं भन्ने स्पष्ट हुन्छ।

यस संकटको अवस्थामा हामीले अन्य राष्ट्रको अभ्यास हेर्ने हो भने उनीहरूको भौतिक पूर्वाधार, औजार उपकरण एवम् जनशक्तिको तयरीमा द्रुत गतिमा लागेको देख्नसक्छौं। अझ केहि राष्ट्रहरुले केहि प्राबिधिक जनशक्तिलाई तालिम दिएर नर्सिङको कार्य गर्न सुरु गरेका छन् भने कति देशले  संक्रमण जोखिम कम गर्न रोबेर्टको प्रयोग गरेका छन्।

हाम्रा देशको सवालमा यी सम्भावना त अहिले पूरा हुने देखिदैन । तसर्थ हामीले हाम्रो जनशक्तिको यथोचित ब्यवस्थानमा जोड दिनुपर्ने देखिन्छ त्यसमा पनि हाल हामीसंग भएका प्राबिधिक दक्ष जनशक्तिको अभिलेख हुनु जरुरी छ ।  यस समयमा हामीले सरकारी निजी निजि  एवम गैरसरकारी संघ संस्था मा कार्यरत  जनशक्तिलाई यस अभियानमा लगाउन  जरुरी छ ।

मन्त्रालयले मात्र नभई हरेक परिषदले  यस्ताे महामारीमा योगदान गर्नसक्ने जनशक्तिलाई मन्त्रालयसँग समन्वय गरी परिचालन गर्न सकिन्छ। विभिन्न परिषदमा जनशक्ति हिसाबले सबैभन्दा धेरै जनशक्ति नेपाल स्वाथ्य ब्यबसायिक परिसदसँग छ, भने सबै भन्दा कम दर्ता आयुर्वेद परिसदसंग छ, तथापि हरेक परिषद् को भूमिका यस अवस्थामा अपरिहार्य छ।

सरकारले कोरोना रोकथाम को लागि ६ वटा रणनीति लिएको देखिन्छ र यो हरेक रणनीतमाउलेखित जनशक्तिको उत्तिकै भुमिका देखिन्छ । यसरी कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई  समाज र राज्यले उच्च सम्मान दिनुपर्ने देखिन्छ। स्वास्थ्यकर्मीको मनोवल खस्किन दिनुहुन्न

राज्यको मात्रै होइन  यो मानवीय संकटका बेला सबैजना एकजुट हुन जरुरी छ।

(लेखक नेपाल स्वास्थ्यकर्मी संघका महासचिव  हुन्)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काटेको तलब फिर्ता गरियोस् : नेपाल स्वास्थ्यकर्मी संघ

स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्रअनुसार स्वास्थ्यकर्मीको तलब काटेको हुनाले फिर्ता गर्ने व्यवस्था मिलाउन नेपाल स्वास्थ्यकर्मी संघले माग गरेको छ ।

आइतबार विज्ञप्ति निकाल्दै संघले स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गर्न सरकारसमक्ष माग गरेको हो ।

सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था गरियोस् ।’

स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारले मनोबल बढाउनका लागि कार्य विधि बढाई प्रोत्साहन भत्ता, विमा तथा अन्य सुविधा तत्काल उपलब्ध गराउनु पर्ने भएता पनि हालसम्म कुनै कार्य विधि मुर्त रुप नलिएको संघले जनाएको छ ।

कार्य विधि बनाउँदा सरोकारवाला व्यक्ति र निकायहरुको उपस्थित नराइएकोले प्रति संघले मन्त्रालयको ध्यानआकषर्ण गराएको छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘स्वास्थ्यकर्मीलाई जोखिम भत्ता देऊ’

नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनुपर्ने माग गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भएको भन्दै उनीहरूको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले जोखिम भत्ता उपलब्ध गराउनुपर्ने माग गरेको हो।

बुधबार स्वास्थ्य मन्त्रालय ऐननियम परामर्श शाखाका उपसचिव पुष्कर नेपाल र संघका महासचिव दीपक भट्ट र केन्द्रीय सदस्य विष्णु लामिछानेलगायतको टोलीले स्वास्थ्यकर्मीको जोखिम भत्ता व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

‘कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी छन्। उनीहरूको सुरक्षा, स्वास्थ्यलाई ख्याल गर्दै हामिले जोखिम भत्ता पाउनुपर्ने माग राखेका हौं,’ महासचिव भट्टले भने, ‘सरकारले स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको भनिसकेको छ। स्वास्थ्यकर्मी सुरक्षित भए सर्वसाधारण पनि सुरक्षित रहन्छ्न्। उनीहरूको स्वास्थ्यलाई ध्यान दिनु सरकारको दायित्व हो।’

सरकारले तत्काल जोखिम भत्ता कार्यविधि ल्याउनुपर्ने र कार्यविधिलाई तुरुन्तै मन्त्रिपरिषद लैजानुका साथै कार्यविधिमा समेटिनुपर्ने विषयवस्तुबारे समेत छलफल गरिएको भट्टले जानकारी दिए। नेपालमा करिब ३० हजार स्वास्थ्यकर्मी छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खोपपछि बालकको मृत्यु प्रकरणमा हिरासतमा लिइएका स्वास्थ्यकर्मी भट्ट विनासर्त रिहा

स्वास्थ्यकर्मी हीरादत्त भट्टको रिहाइका लागि बुधबार स्वास्थ्य तथा जनसंख्यासचिव खगराज बराललाई ज्ञापनपत्र बुझाउँदै नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी

खोप लगाएको भोलिपल्ट ५ महिने बालकको मृत्यु भएपछि पीडित परिवारको जाहेरीका आधारमा पक्राउ परेका स्वास्थ्यकर्मी हीरादत्त भट्ट रिहा भएका छन् । २० मंसिरमा पक्राउ परेका भट्ट बिहीबार विनासर्त रिहा भएको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्टले जानकारी दिए ।

डोटी जिल्ला जोरायल गाउँपालिकाअन्तर्गत घण्टेश्वर स्वास्थ्यचौकीका इन्चार्ज भट्टले सोही गाउँपालिका वडा १ को खार खोपकेन्द्रमा १७ मंसिरमा सोही वडाका ५ वर्षीय बालक प्रवीण मल्ललाई खोप लगाएका थिए । खोप लगाएर घर लगिएका बालक मल्ल भोलिपल्ट १८ मंसिरमा मृत्यु भएको थियो । खोपपछि आफ्नो सन्तानको मृत्यु भएपछि १९ मंसिरमा पीडित परिवारले डोटी प्रहरीमा भट्टविरुद्ध किटानी–जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा २० मंसिरमा प्रहरीले स्वास्थ्यकर्मी भट्टलाई पक्राउ गरेको थियो ।

खोपपछि बालकको मृत्यु दुःखद भए पनि नियमित स्वास्थ्य सेवाप्रवाहमा संलग्न स्वास्थ्यकर्मीलाई भवितव्यका रुपमा आइपर्ने घटनाको दोषी बनाउन नमिल्ने भन्दै नेपाल स्वास्थ्यकर्मी संघले भट्टको रिहाइको माग गर्दै आएको थियो । स्वास्थ्यकर्मी भट्टले खोप ऐन तथा नियमावलीले तोकेको जिम्मेवारीबमोजिम नै आफ्नो कर्तव्य पालना गरेकोमा खोपसिर्जित दुर्घटनामा उनीविरुद्ध किटानी जाहेरी लिई हिरासतमा लिन नमिल्ने संघको भनाइ थियो । संघका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका समितिहरुले भट्टको विनासर्त रिहाइको माग गर्दै आएका थिए । आफ्नो कर्तव्य निर्वाहका निम्ति सेवारत स्वास्थ्यकर्मीलाई पक्राउ गर्नुले देशभरका स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा हतोत्साहित गरेको संघले बताउँदै आएको थियो ।

खोप लगाउँदा त्यसको असरस्वरुप लाखमा एकको मृत्यु हुन सक्ने अन्तर्राष्ट्रिय मान्यता छ । खोपका कारण मृत्युको घटना यसअघि पनि सुनिँदै आएका छन् । यद्यपि, यसअघिका कतिपय घटनामा स्वास्थ्यकर्मीले पीडित पक्षलाई क्षतिपूर्ति तिरेका उदाहरण पनि छन् । खोपबाट कतिपय बालबालिकामा केही साझा र केही भिन्नखाले असर देखिने विशेषज्ञको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मी संघमा घिमिरेको ह्याट्रिक, महासचिवमा भट्ट

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे तेस्रोपटक विजयी भएका छन् । शुक्रबारदेखि सुरु भएको सातौ महाधिवेशनमा तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका घिमिरेले प्रतिस्पर्धी ओम उपाध्याय भन्दा ११४ मत बढी ल्याएर विजयी भए ।

घिमिरेको ३३१ मत र उपाध्यायको २१७ मत पाए । त्यसगरी संघको महासचिवमा दीपकराज भट्ट विजयी भए । कुल ५७२ मत खसेकोमध्ये भट्टले ३१९ मत पाए भने अर्का उमेदवार शंकर कडेँलले २२० मत मात्रै पाएका थिए । बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मत पाएर विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा देवाराज लामिछाने निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा सुरेश पासवान विजयी भए ।

त्यसैगरी संघको महिला उपाध्यक्षमा रमिला चौलागाईँ, सरकारीतर्फ उपाध्यक्षमा किरण ओली, निजी तर्फ उपाध्यक्षमा साहिला गिरी निर्वाचित भए ।
७७५ मत रहेको संघमा ५७२ मत खसेको थियो । देशभर १६ हजारभन्दा बढी सदस्य रहेको कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघले आज नयाँ कार्यसमिति पूर्णता पाएको छ । घिमिरे दुई कार्यकालको ८ वर्ष र अतिरिक्त २ वर्ष गरी १० वर्षदेखि संघको नेतृत्वमा छन् ।

उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अर्का प्रत्याशी उपाध्यायलाई देउवाइतर खेमाको उम्मेदवारका रुपमा हेरिएको छ । उनलाई समर्थन गर्दै अध्यक्षका अन्य दुई दाबेदार कृष्ण नागिला र धनप्रसाद पौडेल पछि हटेका थिए ।२ वर्ष ढिलो गरी भएको महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि ५७२ प्रतिनिधिले शुक्रबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म मतदान गरेका थिए । महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधिको सहभागिता रहे पनि मत भने केही कम खसेको थियो । प्रतिनिधिले नयाँ कार्यसमितिअन्तर्गत कुल ८४ पदका लागि निर्वाचन गरेका हुन् ।

 

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मी संघमा साबिक २ पटकका अध्यक्ष घिमिरे ह्याट्रिकनजिक

देशभर १६ हजारभन्दा बढी सदस्य रहेको कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघले आज नयाँ कार्यसमिति पाउँदै छ । यद्यपि, नेतृत्वमा भने पुरानै अनुहारले निरन्तरता पाउने देखिएको छ । मतगणनाको उत्तरार्धमा साबिक २ पटकका अध्यक्ष रामजी घिमिरे अर्का प्रत्याशी निवर्तमान सहअध्यक्ष ओमप्रसाद उपाध्यायभन्दा निकै अगाडि देखिएका छन् । करिब ८० प्रतिशत मतगणना सकिँदा घिमिरे ८७ मतले अघि छन् ।

कुल ५७२ मत खसेकोमा करिब ४५० मत गनिसकिएकाले ८७ मतले पछि परेका उपाध्यायको पुनरागमन असम्भवप्रायः देखिएको छ । यससँगै संघको नेतृत्वमा घिमिरेले तेस्रो कार्यकालका लागि पनि निरन्तरता पाउने देखिएको छ । घिमिरे दुई कार्यकालको ८ वर्ष र अतिरिक्त २ वर्ष गरी १० वर्षदेखि संघको नेतृत्वमा छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अर्का प्रत्याशी उपाध्यायलाई देउवाइतर खेमाको उम्मेदवारका रुपमा हेरिएको छ । उनलाई समर्थन गर्दै अध्यक्षका अन्य दुई दाबेदार कृष्ण नागिला र धनप्रसाद पौडेल पछि हटेका थिए ।

कुल ५७२ मत खसेकोमा करिब ४५० मत गनिसकिएकाले ८७ मतले पछि परेका उपाध्यायको पुनरागमन असम्भवप्रायः देखिएको छ । यससँगै संघको नेतृत्वमा घिमिरेले तेस्रो कार्यकालका लागि पनि निरन्तरता पाउने देखिएको छ ।

२ वर्ष ढिलो गरी भएको महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि ५७२ प्रतिनिधिले शुक्रबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म मतदान गरेका थिए । महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधिको सहभागिता रहे पनि मत भने केही कम खसेको थियो । प्रतिनिधिले नयाँ कार्यसमितिअन्तर्गत कुल ८३ पदका लागि निर्वाचन गरेका हुन् ।

हालसम्मको मतपरिणामअनुसार महासचिव पदमा घिमिरेइतर प्यानलका दीपक भट्ट ८० अगाडि छन् । मन्तान्तर र गणना गर्न बाँकी मतलाई हेर्दा भट्टको जित निश्चितजस्तै देखिएको छ । महासचिवबाहेक अन्य महत्त्वपूर्ण पदमा घिमिरे प्यानकै उम्मेदवार अघि देखिएका छन् । कोषाध्यक्षमा भने सुरेश पासवान र राजकुमार भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा निवर्तमान महासचिव दीपक मुडभरीभन्दा रामचन्द्र साह ३५ मतले अगाडि छन् । साह घिमिरे पक्षका उम्मेदवार हुन् । खुला उपाध्यक्षमा देवराज लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला उपाध्यक्षमा मीरा नेपालभन्दा रमिला चौलागाईं निकै अगाडि देखिएकी छिन् । त्यस्तै, सरकारी तर्फको उपाध्यक्षमा राजन मण्डलभन्दा किरण ओली निकै अगाडि छन् । शुक्रबार बेलुका नै निर्वाचनको अन्तिम मतपरिणाम आउने देखिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कांग्रेसनिकट स्वास्थ्यकर्मीलाई महाधिवेशनको चटारो, देउवा पक्षको किल्लामा पौडेल पक्षको हमला

लामो अनिश्चय र विवादबीच नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौँ महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले स्वास्थ्यकर्मीका हकहितसँग जोडिएका विषयसँगै दुईतिहाइको सरकारले स्वास्थ्यकर्मीमाथि गरेको संस्थागत र संरचनागत विभेद तथा थुप्रै पेसागत र सेवागत विषयमा छलफल गर्नेछ ।

लामो समयदेखि विवादमा गुज्रिएको संघको महाधिवेशनमा पेसागत र राजनीतिक विषयभन्दा बढी चर्चा नयाँ नेतृत्वलाई लिएर चुलिएको छ । दुई कार्यकाल व्यतीत गरिसकेका अध्यक्ष रामजी घिमिरेको तोस्रोपटक पनि दोहोर्याउने मनशुभा र अन्य दुई सहअध्यक्षको नेतृत्वमा स्थापित हुने जोडबलको रस्साकस्सीमा महाधिवेशनका लागि केन्द्रीय राजधानी आइपुगेका ६ सयभन्दा बढी प्रतिनिधि केन्द्रित हुनेछन् ।

१९ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेको हेपोनका २५ सदस्यबराबर १ प्रतिनिधिका दरले आएका ५५ शाखासहित ६० जिल्लाका प्रतिनिधिले भावी नेतृत्व छान्नेछन् । यद्यपि, प्रतिनिधिको अन्तिम सूची सार्वजनिक भइनसकेको अवस्था र चुनावको अवस्था आउनै नदिने पार्टी नेतृत्वको तयारीबीच सहमतिको सम्भावना पनि टरेको छैन ।

बलियो रामजी र इमानदार ओमबीच प्रतिस्पर्धा
संगठनलाई दुई कार्यकाल हाँकिसकेका घिमिरे तेस्रो कार्यकालका लागि मैदानमा छन् । दुई कार्यकालमा पनि अतिरिक्त २ वर्ष उनले गुजारिसकेका छन् । नियमित रूपमा हुँदा ०७४ सालमै महाधिवेशन भइसक्नुपर्ने भए पनि आन्तरिक विवाद र गतिहीनताका कारण समयमा अधिवेशन नगरेको अपजस घिमिरेका लागि यसपटक भारी पर्न सक्छ ।

कतिपय आर्थिक र अन्य विवादका कारण पनि उनको लोकप्रियता पहिलेजस्तो नभएको स्वास्थ्यकर्मीहरू बताउँछन् । तर, आफू नेतृत्वमा आउनुअघि ३५ जिल्लामा सीमित संगठनलाई ५५ जिल्लामा विस्तार गरिसकेका घिमिरेको अझै पनि संगठनमा राम्रै पकड छ । खासगरी निजी क्षेत्र र उपत्यकाभित्रको मतमा घिमिरे अगाडि छन् । घिमिरे देउवानिकट मानिन्छन् ।

अघिल्लो महाधिवेशनमा सहअध्यक्ष बसेर घिमिरेलाई अवसर दिएको जस कमाएका र खासै विवादमा नतानिएका ओम उपाध्याय यसपटक घिमिरेका लागि अघिल्ला महाधिवेशनमा भन्दा भारी बन्न सक्छन् । सरकारी र उपत्यकाबाहिरका प्रतिनिधिमाझ उपाध्यायले घिमिरेलाई राम्रै टक्कर दिने अनुमान प्रतिनिधिहरूको छ । कांग्रेसभित्र पनि रामचन्द्र पौडेल र कोइरालाहरूसँग विशेष निकटता रहेको मानिने उपाध्यायका लागि सामाजिक सञ्जालमा अलि हल्का रूपमा प्रस्तुत हुने बानी केही हदसम्म प्रतिकूल बनेको देखिएको छ । यद्यपि, सिंगो पार्टीभित्र पनि देउवाको बढ्दो अलोकप्रियताको फाइदा थोरै रूपमा भए पनि उपाध्यायले लिन सक्ने ठाउँ देखिन्छ ।

संगठनलाई दुई कार्यकाल हाँकिसकेका घिमिरे तेस्रो कार्यकालका लागि मैदानमा छन् । नियमित रूपमा हुँदा ०७४ सालमै महाधिवेशन भइसक्नुपर्ने भए पनि आन्तरिक विवाद र गतिहीनताका कारण समयमा अधिवेशन नगरेको अपजस घिमिरेका लागि यसपटक भारी पर्न सक्छ । कतिपय आर्थिक र अन्य विवादका कारण पनि उनको लोकप्रियता पहिलेजस्तो नभएको स्वास्थ्यकर्मीहरू बताउँछन् । तर, आफू नेतृत्वमा आउनुअघि ३५ जिल्लामा सीमित संगठनलाई ५५ जिल्लामा विस्तार गरिसकेका घिमिरेको अझै पनि संगठनमा राम्रै पकड छ । घिमिरे देउवानिकट मानिन्छन् ।

नेतृत्वको तेस्रो दावेदारका रूपमा देखिएका अर्का सहअध्यक्ष कृष्ण नागेला पनि संगठनमा राम्रै पकड राख्छन् । घिमिरे बलियो उम्मेदवारका रूपमा देखिइरहँदा खासगरी भोट दुईतिर बाँडिएको फाइदा अन्ततः घिमिरेले नै लिनेछन् ।

केन्द्रीय सदस्यसहित ९२ पदका लागि हुने निर्वाचनमा अध्यक्षपछि चार उपाध्यक्ष र महासचिवमा पनि प्रतिपस्पर्धा देखिन्छ । महासचिवमा वर्तमान महासचिव दीपक मुडभरी, देवराज लामिछाने, नवराज श्रेष्ठ, शंकर कँडेल, दीपकराज भट्ट, योगेन्द्र पञ्जियारले इच्छा देखाएका छन् । यीमध्ये भट्टलाई संगठनभित्र घिमिरे प्यानलका महासचिवको रूपमा हेरिए पनि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पनि रजिस्ट्रार भएकाले पदमा भएको व्यक्तिले उम्मेदवार हुनुहुन्न भन्ने आवाज पनि उत्तिकै बलियो रूपमा उठेको छ ।

बढी आकर्षण किन ?
पार्टीको शुभेच्छुक संस्था मात्रै मानिए पनि देशभर सदस्य र संगठन भएको संघमा नेतृत्वका लागि बढी प्रनिस्पर्धा हुने गरेको छ । विशेषगरी, यो संघको संस्थापक नेपाल चिकित्सक संघका समेत पूर्वअध्यक्ष डा. चोपलाल भुसाल हुन् । नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ पनि संघका पूर्वअध्यक्ष हुन् ।

राजनीतिक रूपमा हेर्दा स्वास्थ्य क्षेत्रभित्र चिकित्सकतर्फ प्रजातान्त्रिक विचार राख्ने चिकित्सकको बाहुल्य भए पनि पार्टीनिकटको चिकित्सकहरूको संस्था खासै अस्तित्वमा नभएका कारण पनि यो नै कांग्रेसी स्वास्थ्यकर्मीको साझा संस्थाका रूपमा छ । त्यसबाहेक प्रत्येक वर्ष पिएसआईमार्फत आउने विदेश जाने अवसरदेखि स्वास्थ्यकर्र्मीको क्षमता विकासका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आउने करोडौँको बजेटमा तजबिजीसमेत हुने भएकाले नेतृत्वका लागि स्वास्थ्यकर्मीहरू मरिहत्य गर्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै