जनस्वास्थ्य संघले गण्डकी सरकारमा देख्यो राणा र पञ्चायती शासनको प्रतिविम्ब, ‘स्वास्थ्यप्रणाली दुर्घटनाउन्मुख’

नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमितिले गण्डकी प्रदेश सरकारको कार्यशैलीले राणाशासन र पञ्चायती शासन व्यवस्थामा व्याप्त चाकडी–चाप्लुसी र नातावाद–कृपावादलाई प्रतिविम्बित गरिरहेको आरोप लगाएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेवा–समूह तथा विशेषज्ञता मेल नखाने गरी कर्मचारीको जिम्मेवारी हेरफेर गरेपछि संघ प्रदेश सरकारप्रति निकै आक्रोशित देखिएको हो ।

गण्डकी प्रदेश सरकारले १६ साउनमा प्रदेश स्वास्थ्य निर्देशनालय, कास्कीका निर्देशक खिमबहादुर खड्कालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पोखरा र प्रदेश स्वास्थ्य तालिम केन्द्र, पोखराको निर्देशकका रूपमा सरुवा गर्ने र प्रदेश स्वाथ्य निर्देशनालयको निर्देशकमा सामाजिक विकास मन्त्रालयका डा. विनोदवन्दु शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णयका आधारमा सामाजिक विकास मन्त्रालयले २७ साउनमा खड्का र शर्मालाई सरुवाको पत्र दिएको थियो ।

पत्र सार्वजनिक भएसँगै संघले स्वास्थ्य शिक्षा र तालिमतर्फको योग्यता र अनुभव भएका शर्मालाई जनस्वास्थ्य प्रशासनको जिम्मेवारी सुम्पनु र जनस्वास्थ्य प्रशासनको योग्यता र अनुभव भएका खड्कालाई स्वास्थ्य शिक्षा र तालिम एवम् आपुर्ति व्यवस्थापनको जिम्मेवारी सुम्पनुलाई अविवेकशील र कलुसित निर्णयको संज्ञा दिएको हो । प्रदेश सरकारको उक्त निर्णयले संघीय मन्त्रिपरिषद्को निर्णयबाट सिर्जित संगठन संरचना र कर्मचारी दरबन्दी तेरिजको खिल्ली उडाएको जनाउँदै संघले यस्ता कलुसित निर्णयले गण्डकी प्रदेशको स्वास्थ्यप्रणाली ठूलो दुर्घटनाको बाटोतर्फ अगाडि बढ्दै गएको आभास भएको विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यालयहरूको विशिष्टीकृत जिम्मेवारी र त्यसको नेतृत्व गर्ने व्यक्तिमा आवश्यक योग्यता र अनुभवको धज्जी उडाउँदै निरंकुश शासनकै शैलीमा प्रदेश सरकारको गरेको कर्मचारी हेरफेरको निर्णयले संघीय प्रणालीको सफलतामै प्रश्न खडा गरेको संघको ठम्याइ छ । संघले स्वास्थ्य क्षेत्र र मुलुकको शासनप्रणालीलाई नै धरासायी बनाउने यसकिसिमको अविवेकी निर्णय अविलम्ब सच्याई सम्पूर्ण सरोकारवालासँग छलफल गरेर विधिसम्मत निर्णय गर्न माग गरेको छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेफामा कांग्रेस निकटका जनस्वास्थ्यकर्मी विजयी (मतसहित)

जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा)को नेतृत्वमा योपटक पनि कांग्रेस निकटको पेशागत समूहले नै जित हात पारेको छ । केही अन्तरकलहबीच पनि सत्तापक्षीय वाम गठबन्धन साझा प्यानल बनाएर मैदानमा उत्रिएको सत्ता निकटको प्रगतिशील समूहका उमेदवारलाई हटाउँदै अध्यक्ष पदमा पुराना पूर्व जनस्वास्थ्य प्रशसन श्रीकृष्ण भट्ट विजयी भएका छन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारीमा जित हात पारेको पेशागत समूहले सचिव र तीन सदस्य भने प्रगतिशीलको पोल्टामा छाड्न परेको छ । शनिबार सम्पन्न मतदानको परिणामअनुसार भट्टले ६०४ मत ल्याए । प्रगतिशील समूहका मोहनकृष्ण श्रेष्ठले ५२७ मत ल्याएका थिए । २८ वर्ष पुरानो संस्था नेफामा नेतृत्व हत्याउन सत्ताको व्यापक दुरुपयोग गरे पनि अन्ततः मतपरिणाम आफूहरुकै पक्षमा आएको भनाई पेशागत समूहको छ ।

मत परिणामअनुसार उपाध्यक्ष पदमा कृष्णमान शाक्य, महासचिव महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तर २७३ ले विजयी भए ।

यसैगरी सचिवमा दिपेन्द्र खड्का, कोषध्यक्षमा विनोद जोशी, सह कोषध्यक्षमा सञ्जिवकुमार साह विजयी भएका छन् । समावेशी सदस्य तर्फ विमला भट्ट, रोशन लामा र प्रजिता मालि विजयी भएका छन् ।
सदस्यमा कमल रानाभाट, कैलश श्रेष्ठ, निधुराम टंगाल, राजनबाबु सिलवाल, रामचन्द्र साह र रविकान्त मिश्र विजयी भएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै