उपत्यकालाई दृष्टिविहीनरहित बनाउन स्याटेलाइट उपचारकेन्द्र

काठमाडौं उपत्यकालाई दृष्टिविहिनरहित बनाउन टोखा, खोकना, साँखु र थानकोटमा स्याटेलाइट उपचारकेन्द्रको सुरुवात गरिएको छ । नेपाल सरकारको लगानी तथा नेपाल आँखा अस्पतालको सहयोगमा सुरु गरिएको उपचारकेन्द्रबाट हालसम्म ३० हजारभन्दा बढी आँखाका बिरामीले सेवा लिइसकेका छन् ।
नेपाल सरकारको केही रकम, आँखा अस्पतालको आय, युनिभर्सल आइज साइड क्यानडाको सहयोगमा नेपाल आँखा अस्पतालले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कुनै पनि ठाउँलाई दृष्टिविहीनरहित बनाउने कुरा निकै चुनौतीपूर्ण छ । किनभने, उमेर बढेसँगै मोतियाविन्दु देखिने गरेको छ । यद्यपि, आँखा अस्पतालले निकै चुनौतीपूर्ण र महत्वाकांक्षी लक्ष्य साकार गर्न केन्द्रहरूको सुरुवात गरिसकेको छ ।

आँखा उपचारको क्षेत्रमा नेपालले निकै ठूला उपलब्धि हासिल गरिसकेकाले यो महत्वाकांक्षी लक्ष्यमा पनि अधिकतम सफलता हासिल हुने कुरामा आशावादी भने बन्न सकिने अवस्था छ । खासगरी दुई प्रकारका अन्धोपन पाइएका छन्– उपचार गरेर निको हुने र निको नहुने । निको हुने आन्धोपनलाई उपचार गरी आँखा देखाउने र निको नहुनेको रोकथाममार्फत काठमाडौं उपत्यकालाई दृष्टिविहीनरहित बनाउने उद्देश्यले स्याटेलाइट उपचारकेन्द्र सुरु गरिएको नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. कमल खड्का बताउँछन् ।

प्रत्येक केन्द्रमा दैनिक १५ देखि २५ जना बिरामी आउने गरेका छन्, जसमध्ये ९५ प्रतिशत मोतियाविन्दुका बिरामी रहेको खड्काले जनाएका छन् । उपचारकेन्द्रमा बिरामीले स्वास्थ्यकर्मीबाट चेकजाँच र सल्लाह–सुझाब पाउँदै आएका छन् ।
केन्द्रमा नेपाल आँखा अस्पतालका मेडिकल डाक्टरहरूको टिम प्रत्येक महिना जाने गरेको छ । मोतियाविन्दु भएका बिरामीलाई भने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ल्याएर शल्यक्रिया गरिने गरेको खड्का बताउँछन् । उपत्यकालाई दृष्टिविहीनरहित बनाउने उद्देश्यले स्याटेलाइट उपचारकेन्द्र सुरु गरिएको खड्काले बताएका छन् ।

कम्पनीबाट औषधि, तिलगंगाबाट लेन्स अनुदान
केन्द्रका लागि आवश्यक औषधि कम्पनीहरूसँग अनुदानमा माग्ने गरिएको छ । त्यसैगरी आवश्यक लेन्स सहयोग तिलगंगा आँखा केन्द्रबाट लिने गरिएको छ । यसका अतिरिक्त व्यक्तिगत रूपमा पनि सहयोग संकलन गरी कार्यक्रम सञ्चालनमा ल्याइएको खड्काले बताएका छन् । नेपाल सरकारले सातवटै प्रदेशमा एउटा केन्द्रीय आँखा अस्पताल र जिल्ला तथा स्थानीय तहमा एउटा आँखा अस्पताल खेल्नु अति नै आवश्यक रहेको खड्काले बताए ।

नेपाल आँखा अस्पतालले विगत ४४ वर्षदेखि उपत्यका तथा देशका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । विभिन्न जिल्लाका सरोकारवालासँग समन्वय गरेर ७ वर्षदेखि हरेक वर्ष १४ स्थानमा सेल अप्टिस सेवा, सिभिल क्याम्प सञ्चलन गर्दै आएको छ । शिविरमा प्रदान गरिने औषधिलगायत सबै प्रकारका सेवा निःशुल्क हुने गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ट्रकोमा निवारण, गौरव मान्नुपर्ने अर्काे एउटा उपलब्धि

नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ट्रकोमारोग निवारण भएको छ । करिब चार दशकअघि उच्च प्रकोपदर भएको यो रोगलाई निवारणको अवस्थामा ल्याइपुर्याउन वर्षौंदेखि भएको प्रयत्नले सार्थकता पाएको छ ।
विश्व स्वास्थ्य संगठनले यसवर्ष नेपालमा ट्रकोमारोग निवारण भइसकेको घोषणा गरेको छ । संगठनले परीक्षण र प्रमाणीकरण गरेर गरेको घोषणाले निम्न अवस्थाको संकेत गर्छ । विश्व स्वास्थ्य संगठनले प्राविधिक रूपमा हाम्रो अवस्थाको परीक्षण गरेर रोगलाई आगामी दिनमा पनि फर्किन नदिने गरी हामी कति तयार छौँ भन्नेसमेत हेर्छ ।

मापदण्डअनुसार १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र सम्पूर्ण जनसंख्यामा १ हजारजनामा १ भन्दा कममा संक्रमण भएको अवस्थामा निवारण घोषणा गर्न सकिन्छ ।

हाम्रो संविधानले स्वास्थ्यसेवालाई मौलिक हकका रूपमा स्थापित गरिसकेको छ । सोअनुसार आधारभूत स्वास्थ्यसेवाको सूचीमा आँखा सेवालाई पनि राखिसकेको छ ।

– प्रायः सक्रिय ट्रकोमा १ देखि ९ वर्षका बच्चामा देखिन्छ । यस रोगको उपचार एन्टिबायोटिक झोल तथा चक्कीद्वारा गरिन्छ ।
– १५ वर्षभन्दा माथिका ० दशमलव २ प्रतिशत मानिसमा मात्र यस रोगको विकसित रूप (ट्रकोमाटस ट्रिकायसिस) भेटिन्छ, जसको उपचारका लागि आँखाको पटल (परेली)को शल्यक्रिया गर्नुपर्छ ।
– हाम्रो स्वास्थ्यप्रणालीले ट्रिकायसिसको कुनै पनि नयाँ रोगी पत्ता लगाई उनीहरूको उपचार गर्न सक्छ ।
मापदण्डअनुसार १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र सम्पूर्ण जनसंख्यामा १ हजारजनामा १ भन्दा कममा संक्रमण भएको अवस्थामा निवारण घोषणा गर्न सकिन्छ ।
सन् १९८१ को पूर्ण जनसंख्यामा आधारित सर्वेक्षण (प्रिभ्यालेन्स सर्वे)ले कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशतमा यो रोग देखाएको थियो भने २ दशमलव ४ प्रतिशत ट्रकोमाका कारण दृष्टिविहीन बनेको पाइएको थियो । २० भन्दा बढी जिल्लामा १० प्रतिशत जनसंख्यामा ट्रकोमा संक्रमण भइसकेको अवस्था (एक्टिभ ट्रकोमा) थियो । यस आधारमा ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारण थियो । सोलगत्तै सरकारले नेपाल नेत्रज्योति संघलाई जिम्मा दिएर रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरेको थियो ।

जनस्वास्थ्यका क्षेत्रमा यस्ता बृहत् अभियान निकै कठिनाइ र उतार–चढाव पार गर्दै अगाडि बढेका हुन्छन्, जसले दिने नतिजाले हामी सबैलाई ठूलो सन्तुष्टि मिल्छ ।

सरकारले आँखा उपचारको क्षेत्रमा ४ दशकदेखि क्रियाशील संस्था नेपाल नेत्रज्योति संघलाई सन् १९८१ देखि नै आँखा स्वास्थ्यसेवाको राष्ट्रिय दायित्व सुम्पेको थियो । राष्ट्रिय नीतिअनुसार सन् २०१७ भित्रमा खस्रेरोग निवारण गर्ने लक्ष्य राखेर संघले शल्यक्रिया, एन्टिबायोटिक्स खुवाउने, हात–मुख धुनेलगायत वातावरणीय सुधारका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरेको थियो ।

जनस्वास्थ्यका क्षेत्रमा यस्ता बृहत् अभियान निकै कठिनाइ र उतार–चढाव पार गर्दै अगाडि बढेका हुन्छन्, जसले दिने नतिजाले हामी सबैलाई ठूलो सन्तुष्टि मिल्छ ।
नेपालले सन् २००५ मा मातृ तथा शिशु धनुष्टंकाररोग निवारण गरेको थियो । सन् २०१४ मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भयो । यसवर्ष नेपालमा ट्रकोमारोग निवारण भएसँगै हामीले गौरव मान्नुपर्ने अर्काे एउटा उपलब्धि थपिएको छ ।

सन् १९८० को दशकमा ट्रकोमा रोकथाम गर्न सकिने अन्धोपनको दोस्रो मुख्य कारण थियो । त्यतिवेला नेपालका कतिपय जिल्लामा ट्रकोमारोगको प्रकोपदर २३ प्रतिशत थियो भनेर सुन्दा मलगायत धेरैलाई अचम्म लागेको थियो । नेपालले यी सबै लक्ष्य हासिल गर्नु भनेको हाम्रा लागि निकै गौरवको विषय हो ।
विश्व स्वास्थ्य संगठनको सेफ रणनीति (शल्यक्रिया, एन्टिबायोटिक्स, अनुहारको सरसफाइ र वातावरणीय सरसफाइको संक्षिप्त रूप) कार्यान्वयनमा ल्याएपछि हामी हजारौँ मानिसलाई अन्धोपनबाट बचाउन सफल भएका छौँ । एन्टिबायोटिक्स खुवाउनुका साथै लाखौँमा सरसफाइ र रोगसम्बन्धी चेतनाविस्तारपछि निवारण सम्भव भएको हो ।
स्वास्थ्य मन्त्रालयले सन् २००२ मा नेपाल नेत्रज्योति संघको संयोजकत्वमा राष्ट्रिय ट्रकोमा कार्यक्रम आरम्भ गरेको थियो । सन् २००४ मा ४० हजारमा यस रोगको विकसित रूप रहेको तथा शल्यक्रिया आवश्यक भएको अनुमान गरिएको थियो भने २१ लाख ६० हजारलाई सक्रिय ट्रकोमा भएको अनुमान गरिएको थियो ।
यस कार्यक्रमअवधिमा (अर्थात् आरम्भ भएको मितिदेखि हालसम्म) २९ हजार ४ सय ६८ शल्यक्रिया गरिएका थिए, १ करोड ३६ लाखभन्दा बढीलाई जिथ्रोम्याक्स चक्की वितरण गरिएको थियो भने धेरै मानिसलाई राम्रोसँग मुख धुने र आफ्नो शरीरको सरसफाइमा ध्यान दिने तरिका र त्यसको महत्वबारे अवगत गराइएको थियो ।

एन्टिबायोटिक्स खुवाउनुका साथै लाखौँमा सरसफाइ र रोगसम्बन्धी चेतनाविस्तारपछि निवारण सम्भव भएको हो ।

साथसाथै, वातावरणीय सरसफाइकेन्द्रित विभिन्न क्रियाकलाप आयोजना गरिएका थिए । फलस्वरूप ट्रकोमारोग निवारण भयो । यस कार्यक्रमलाई सफल बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।
ट्रकोमा निवारण कार्यक्रम पूर्ण समर्पणका साथ कार्यान्वयन गरेकोमा म नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट नेपाल नेत्रज्योति संघलाई हृदयदेखि नै धन्यवाद दिन्छु ।
समुदायमा स्वच्छ पानीको व्यवस्था, सफाइ र सम्बन्धित वातावरणको सरसफाइमा सुधार गर्न योगदान दिएकोमा खानेपानी तथा ढलनिकास विभाग पनि यो उपलब्धिको श्रेयको भागीदार छ ।
यो प्रयासमा थुप्रै अन्तर्राष्ट्रिय संघ–संस्थाको साथ छ । इन्टरनेसनल ट्रकोमा इनिसिएटिभ (आइटिआई)ले निःशुल्क प्राविधिक सहायता तथा जिथ्रोम्याक्स चक्की प्रदान गरेको थियो । सर्वेक्षण, प्रशिक्षण र बृहत् औषधि वितरण कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोगका लागि आरटिआई–इन्भिजन र आर्थिक सहयोग तथा आरटिआई इन्भिजनको थियो । यो महत्वपूर्ण सहयोगका लागि अमेरिकी विकास नियोग (युएसएआइडी)लाई धन्यवाद दिन चाहन्छु ।
प्राविधिक सहयोग तथा प्रकोपदर उच्च भएका थुप्रै जिल्लामा बृहत् औषधि वितरण कार्यक्रमपूर्व तथा कार्यक्रमपश्चात् विभिन्न चरणका सर्वेक्षणहरू गरेर सहयोग गरेकोमा म विश्व स्वास्थ्य संगठनलाई पनि धन्यवाद दिन चाहन्छु । अभियानमा ब्याकलग ट्रकोमाटस ट्रिकायसिस शल्यक्रियाहरू सम्पन्न गर्नका लागि आर्थिक सहयोग उपलब्ध गराउने भारतीय दूतावास धन्यवाद दिन्छु ।
लगभग ३० हजार शल्यक्रियामा संलग्न सम्पूर्ण आँखा शल्यचिकित्सक तथा देशभर सञ्चालित वृहत् औषधि वितरण कार्यक्रममा अजिथ्रोमाइसिन वितरण गर्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी एवम् महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पनि यो उपलब्धिका हिस्सेदार हुन् ।

(नेपालमा ट्रकोमारोग निवारणका अवसरमा आयोजित समारोहमा डा. प्याकुरेलले दिएको मन्तव्यको सम्पादित अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रतन्धो : कारण, लक्षण र उपचार

रातको समयमा आँखा नदेख्नुलाई रतन्धो भनिन्छ । अहिले रतन्धोरोग साझा समस्याका रूपमा देखिएको छ । यो वंशानुगत कारणले बढी लाग्ने गर्छ ।

वंशानुगत कारणले लाग्ने आँखारोगका ३ प्रकार हुन्छन्– १. अटोसमो डोमिनेन्ट
२. अटोसमो रिसेसिब
३. अटोसमो सेक्सलिन
रतन्धो भिटामिन एको कमीबाट पनि हुने गर्छ । भिटामिन एको कमीबाट हुने रतन्धोरोग भिटामिन एयुक्त खानेकुराहरूको सेवनपश्चात् हराउने गर्छ । तर, वंशानुगत कारणले हुने रतन्धो भने निको हुन सक्दैन । रतन्धो भएका बच्चा साँझको समयमा हिँडडुल गर्न मान्दैनन् ।
रातको समय बच्चा प्रायः यताउति जान नरुचाईकन घरमै बस्न खोजेमा आमाले बच्चालाई रतन्धो भएको थाहा पाउन सक्छिन् । तर, रतन्धोरोग लागेका बच्चालाई भने मैले आँखा देख्दिन भन्ने थाहा हुँदैन । १० वर्षभन्दा माथिका कतिपय बच्चालाई भने आफूलाई उक्त रोग लागेको महसुस हुने गर्छ ।
वंशानुगत कारणले लाग्ने सेक्सलिन नामक रतन्धो प्रायः १ वर्षदेखि नै सुरु हुने गर्छ । त्यसैगरी, ‘डोमिनेन्ट’ भने वयष्क हुँदै जाँदा लाग्ने गर्छ । सामान्यतया रतन्धोरोग वंशानुगत कारणले लाग्ने भए पनि त्यसबाहेक खाना तथा भिटामिन एको कमीका कारण पनि लाग्ने गर्छ । आँखाको दृष्टिपर्दामा लाग्ने अन्य रोगका कारण पनि रतन्धो हुने गर्छ ।

रतन्धोरोगका कारण–
– वंशानुगत ।
– भिटामिन एको कमी ।
– आँखाको दृष्टिपर्दामा लाग्ने रोग ।

नेपाल सरकारले वेला–वेलामा पोलियाउे तथा भिटामिन एको कमीका कारण हुने रतन्धो नियन्त्रण तथा हटाउनका लागि भिटामिन ए क्याप्सुल वितरण गरिरहेको हुन्छ । त्यसले भिटामिन एको कमीबाट हुने रतन्धोरोग निको पार्नमा सहयोग पु¥याउँछ । अस्पतालमा उपचारका क्रममा आउँदा भिटामिन एको कमीका कारण भएको रतन्धो निको हुन सक्छ ।
आँखाको दृष्टिपर्दामा आएको खराबीका कारण रतन्धो लागेको हो भने पनि रेटिनाको उपचार गरेपछि रोग निको हुन्छ । वंशानुगत कारणले रतन्धो भएको हो भने जति लामो समय भयो, त्यति नै आँखामा अन्य प्रकारका समस्या पनि देखापर्दै जान्छन् । जस्तै, आँखाको पर्दामा समस्या आउँछ, जसको उपचार हुन सक्दैन ।

लक्षण
उमेरअनुसार रतन्धोका लक्षण पनि फरक–फरक पाउन सकिन्छ । जस्तै, बच्चालाई रतन्धो लागेको छ भने–
– आँखाको सेतो भागमा साबुनको फिँजजस्तै देखिन्छ ।
– बच्चाले आँखा माडिरहन्छ ।
– साँझ परेपछि बच्चाको दौडधुप कम हुँदै जान्छ ।
वयष्कहरूमा पनि रातको समयमा हिँडडुल गर्न, मोटरसाइकल तथा गाडी चलाउन असहज महसुस हुन्छ ।

उपचार
– कुपोषण अर्थात् भिटामिन एको कमीका कारण रतन्धोरोग लागेको हो भने भिटामिन एयुक्त खानेकुराहरू खाएमा उक्त रोग निको हुन्छ ।
– यदि, वंशानुगत कारणले रतन्धोरोग लागेको हो भने त्यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन ।
– रतन्धोको शल्यक्रिया अभ्यासका लागि भएको भए पनि आमबिरामीमा भने अहिलेसम्म कुनै शल्यक्रिया भएको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै