‘कोही आउँदैनन् हजुर…, यो नरैनापुर हो’

‘स्वास्थ्यकर्मीको न त गतिलो उपस्थिति छ। न कुनै प्रशासनिक संयन्त्रका अधिकारीको सहज उपलब्धता हुन्छ। न त स्थानीय तहका जनप्रतिनिधिहरू नै भेटिन्छन् । यो ठाउँ भनेको नरैनापुर हो हजुर, बाँकेको नरैनापुर हो।’

चर्चामा रहेको कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ भन्नुस् वा ‘इपी सेन्टर’ भन्नुस् यही नरैनापुर हो।

बाँकेको सदरमुकाम नेपालगन्जबाट करिब ४० किलोमिटर टाढा रहेको नरैनापुरमा ७३ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ। त्यसमा एक जनाको मृत्यु भइसक्यो। तीमध्ये केहीलाई नेपालगन्ज र दाङको आइसोलेसनमा पठाइएको छ।

जिल्लाभित्रै उनीहरूलाई कहाँ र कसरी राख्ने भन्ने विषयमा समयमै निर्णय हुन सकेन। कोहलपुरमा राख्ने विषयमा त्यहाँका स्थानीय वासिन्दाबाट विरोध भयो। बाँकेका अस्पतालमा आइसोलेसनको उचित व्यवस्थापन हुन सकिरहेको छैन।

१० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका आफ्ना देवरलाई भेट्न पुगेकी अवधिभाषी किशोरी बर्मा भन्छिन् ‘राति–राति भारतबाट आउँदै गाउँ छिर्ने मानिस धेरै छन्, हामी सबै डराएर बसिरहेका छौं।’

बाँकेमा स्थानीय तहहरू, स्थानीय प्रशासन र स्वास्थ्यसँग सम्बन्धित निकायबीचको तालमेलमा समस्या भएको स्पष्ट बुझिन्छ।

नरैनापुरको विषयमा समाचार लेख्दा पुष्टीकरण गराउनै असहज हुन्छ। मिडियाकर्मीको उपस्थिति पनि न्युन रहन्छ। अक्सर अरुले भनेकै भरमा समाचार बाहिर आइरहेका छन्।
आइतबार एकजनाको मृत्यु भइसकेको अवस्थामा यहाँका सर्वसाधारण कोरोना संक्रमणको मानसिक त्रासबाट दिन बिताइरहेका भेटिए।

नरैनापुरको एउटा क्वारेन्टाइनमा पुग्दा ४६ जना एक आपसमा भौतिक रूपमा कायम गर्नुपर्ने दूरीको नजर अन्दाज गर्दै गफिएर बसेको देखिन्थे। मुस्किलले एकजना प्रहरी कतैबाट टुप्लुक्क आइपुगेर नमस्कार गर्दै परिचय माग्न थाले। मैले आफ्नो परिचय दिएसँगै उनले स्वास्थ्यकर्मीतर्फ पन्छाए मलाई। केहीबेरपछि कतैबाट झुल्किए एकजना स्वास्थ्यकर्मी। ती स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेका सबैकोे स्वास्थ्य अवस्था सामान्य भएको कुरा निर्धक्कसँग बताए। उनले क्वारेन्टाइनको अवस्था सामान्य रहेको दाबी गरे। ती सबै कुरा मैले क्यामेरामा कैद गरेँ।

स्थानीय क्वारेन्टाइन व्यवस्थापन समितिमा खटिने एकजना व्यक्ति मुस्किलले क्वारेन्टाइनस्थलमा झुल्किए।

क्वारेन्टाइनमा बस्दै आइरहेको स्थानीय नरैनापुर वडा नं. ६ मा पर्ने जयकिसन माविमा क्वारेन्टाइनको जस्तो माहोल देखिँंदैन। एक आपसमा नजिकै बसिरहेका हुन्छन् उनीहरू। सबैको स्वाब परीक्षणको रिपोर्ट भने आइसकेको छैन।

१० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका आफ्ना देवरलाई भेट्न पुगेकी अवधिभाषी किशोरी बर्मा भन्छिन् ‘राति–राति भारतबाट आउँदै गाउँ छिर्ने मानिस धेरै छन्, हामी सबै डराएर बसिरहेका छौं।’

कोरोना भाइरस संंक्रमणबाट एकजनाको मृत्यु भएको बाँकेको नरैनापुर अहिले राज्यविहीन अवस्थाबाट गुज्रिइरहेको छ। क्वारेन्टाइनमा बसेकै अवस्थामा एकजना युवक
(अनिश नाउ) को मृत्यु भइसकेपछि अहिले पूरै नरैनापुरका नागरिक सन्त्रासमा बाँचिरहेका छन्।

स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य र संघीय संसदका जनप्रतिनिधिहरूको सक्रियता पनि फितलो देखिन्छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष राजनीतिक रूपमा आफूलाई सान्त्वनासमेत नमिलेको अनौपचारिक कुराकानीमा गुनासो गर्छन्।

बुधबार नरैनापुर गाउँपालिकाभित्रका विभिन्न गाउँमा वसिरहेका स्थानीयवासीहरू मानसिक सन्त्रासमा रहेको अवस्थामा भेटिए। गाउँका गल्लीहरूमा हामी चढेको गाडी कुदेको घरभित्रबाटै चिहाएर हेरिरहेका थिए मानिसहरू। संक्रमणको त्रासका कारण मानिसको दैनिक जीवन कष्टकर हुँदै गइरहेको छ। सर्वसाधारणहरू संक्रमणको आशंकामा मानसिक दबाबबाट गुज्रिनुपरेको छ । गाईवस्तुका लागि घाँस बोकेर हिँडिरहेका स्थानीयवासी पशुचौपाय पनि भोकभोकै मर्ने अवस्था रहेको सुनाउँदैथिए ।

गाउँ गाउँमा पुगेको सिंहदरबार अर्थात स्थानीय तहको सरकार थेगेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह कार्यालयमा भेटिएनन्। फोन सम्पर्कमा आफू केही अस्वस्थ भएकाले घरमै रहेको जानकारी उनले दिए। मोबाइलमा कुरा गर्दै उने भने, ‘अब मैले मात्रै केही गर्नसक्ने अवस्थामा छैन तपाईहरूले पनि मेरो अवस्थाबारे लेख्नुहोस् है।’

यता मटेहियाका एक सर्वसाधारण रामधन यादव जनप्रतिनिधिहरू जनताको सम्पर्कमा आउन नचाहेकोमा दुखेसो पोख्छन्। उनी भन्छन्, ‘हामीसँग जनप्रतिनिधिहरू बोल्नसमेत चाहँदैनन्।’

रोजगारीका लागि भारतको मुम्बई पुगेका १८ वर्षे रामकृष्ण नाउ कोरोना संक्रमणले मुम्बई आक्रान्त भएपछि रोजगारी गुमाउँदै घ। फर्किएर क्वारेन्टाइनमा बसिरहेका छन्।

मौर्यले मुम्बईबाट नेपाल फर्किंदा आफूले भोगेको सास्ती सुनाउन नसकेर गहभरि आँसु पारे। उनले मुम्बईबाट भेंडाबाख्रा जस्तै गरी ६ दिन ट्रकमा चढेर अनुनय विनय गर्दै उत्तर प्रदेशको लखनउ पुगेको व्यथा सुनाए। अवधि भाषामा हिन्दी मिसाउँदै बोल्ने मौर्य लखनऊबाट ६ दिन पैदल हिँडेर नरैनापुर नजिकैको नेपाल–भारत सिमामा पर्ने जमुनाह आइपुगेको सुनाए।

रातिको समयमा नेपाल भित्रिएका उनी आफन्तको आग्रहमा क्वारेन्टाइन पुगेका हुन्। ९ दिनदेखि उनी जयकिसन माविको क्वारेन्टाइनमा छन्।

भारतको महाराष्ट्र पुगेका १३ वर्षे अख्तर रज्जाक एक्लै नेपाल फर्केका छन्। नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा मदरसा अरबिया गुल्सने वारिश हुर्मतुलमा पनि क्वारेन्टाइन बनाइएको छ। जहाँ ४३ संक्रमतिसँगै ती किशोर पनि क्वारेन्टाइन बस्दैछन्।

राज्य संयन्त्रको नजर नपुगेको त भन्न मिल्दैन होला तर उच्च जोखिममा रहेको यो क्षेत्रलाई सरकारको तर्फबाट गम्भीरताका साथ नलिएको देखिन्छ।

सुदूरपश्चिम प्रदेशमा केही समयअघि सरकारले जसरी मेडिकल टिम र व्यवस्थापनको व्यवस्था मिलाएको थियो त्यस्तो अवस्था बाँकेमा देखिएन। संघीय सरकार, प्रदेश सरकारको उदासीन व्यवहार नरैनापुर आएपछि छर्लंग हुन्छ।

एकाथरि नेताहरू सबैको सरुवा गराएर ब्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्छन् भने अर्काथरि यो सबैको जिम्मेवारी भएकाले कर्मचारीतन्त्र मात्रै फेरबदल गर्नुले समस्या समाधान हुन नसक्ने बताउँछन्।

स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य र संघीय संसदका जनप्रतिनिधिहरूको सक्रियता पनि फितलो देखिन्छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष राजनीतिक रूपमा आफूलाई सान्त्वनासमेत नमिलेको अनौपचारिक कुराकानीमा गुनासो गर्छन्।

कोभिड–१९ महामारीको चपेटामा परेको नरैनापुर अहिले अभिभावकविहीन अवस्थामा पुगेको महसुस गर्न सकिन्छ। भारतको श्रीवस्ती जिल्लासँग सीमा जोडिएको नरैनापुरका स्थानीयवासीको रोजगारी गन्तव्य भारतका विभिन्न सहरहरू नै हुने गरेको छ। रोजगारी त गुम्यो । त्यसो त कोरोना संक्रमित भएर घर फर्केका कारण उनीहरूमाथि आश्रित परिवारहरूले ठूलो आर्थिक संकट बेहोनुपर्ने अवस्था आइपरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वीरबहादुर वलीको सरुवाको व्यापक चर्चा भयो तर, अहिलेसम्म भएको छैन। सत्तारुढ दलकै कतिपय जनप्रतिनिधिहरूको स्थानीय प्रशासन र प्रहरीप्रतिको दृष्टिकोणमा भिन्नता रहेको बुझिन्छ।

एकाथरि नेताहरू सबैको सरुवा गराएर ब्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्छन् भने अर्काथरि यो सबैको जिम्मेवारी भएकाले कर्मचारीतन्त्र मात्रै फेरबदल गर्नुले समस्या समाधान हुन नसक्ने बताउँछन्। निवर्तमान मन्त्री मोहम्मद इस्तियाक राई, नेकपाका सांसद महेश्वर गहतराज, पूर्णाकुमारी सुवेदी, प्रदेशसभा सदस्य विजय यादव, कृष्णा केसी नमुना र आइपी खरेललगायतका जिल्लाका नेताबीच एकमत पाइँदैन।

उता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणाका कुरालाई प्रदेश र संघीय सरकारले नोटिस गर्न आनाकानी गरिरहेको बुझिन्छ। बाँके कोभिड–१९ संक्रमणको सिकार त भएकै छ। त्यसमाथि राजनीतिक दलहरूका नेताहरू विश्वासको संकटबाट गुज्रिँदा सर्वसाधारण नागरिकले सास्ती झेल्नुपरिरहेको अवस्था छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अस्पतालमा बेड छैन, बगैंचामै छन् बाँकेका ५९ कोरोना संक्रमित

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनमा बसिरहेका ५९ जनामा सोमबार एकैदिन कोरोना संक्रमणको पुष्टि भयो।

त्यसअघि नै ८ जनामा संक्रमण पुष्टि भइसकेको थियो भने एकजनाको क्वारेन्टाइनमै ज्यान गइसकेको छ। सोमबार पुष्टि भएकामध्ये केही संक्रमित त्यही क्वारेन्टाइनका थिए जहाँ एकजना संक्रमितको ज्यान गएको थियो।

बेलैमा उपचार नपाएर संक्रमितले ज्यानै गुमाउनुपरेको अवस्था थियो। क्वारेन्टाइनमा डाक्टरलगायत कुनै पनि स्वास्थ्यकर्मी थिएनन्। गाउँपालिकाको एम्बुलेन्स पनि थिएन। अरु एम्बुलेन्सले बिरामी बोक्न मानेनन्।

त्यही हालत सोमबार पुष्टि भएका संक्रमितले पनि भोग्नुपर्यो। अहिलेसम्म पनि संक्रमितको उपचार कहाँ गर्ने भन्ने टुङ्गो लागिसकेको छैन।

रातभरि संक्रमितहरू क्वारेन्टाइनमै बसे, जहाँ अरु पनि थिए। उनीहरूको सबैको स्वाब परीक्षणको क्रममा छ।

गाउँपालिकाको स्वास्थ्य टोलीले मंगलबार बिहानमात्रै संक्रमितलाई अलग पारेर बगैंचामा राखेको छ। उनीहरूलाई नेपालगन्ज वा दाङ कहाँ लैजाने भन्नेबारेमा अझै टुङ्गो लागिसकेको छैन।

सोमबार पुष्टि भएका संक्रमित सबै त्यहाँ राख्दा पनि ठाउँ पुग्दैन। प्रदेश ५ मा ४ वटा कोरोना विशेष अस्पताल छन्। तर, सोमबार पुष्टि भएका संक्रमित भने क्वारेन्टाइनमै रहे। अहिले आँपको बगैंचामा राखिएको छ।

दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा यसअघि नै त्यहाँका ८ जनालाई पठाइसकिएको छ। दाङकै पनि कोरोना संक्रमितको उपचार त्यहीँ भइरहेको छ। बाँकेको कोरोना विशेष अस्पतालमा जम्मा ४५ बेड छ। तीमध्ये ३५ बेड जनरल बेड हुन्। त्यहाँ २५ जना उपचाररत छन्।

सोमबार पुष्टि भएका संक्रमित सबै त्यहाँ राख्दा पनि ठाउँ पुग्दैन। प्रदेश ५ मा ४ वटा कोरोना विशेष अस्पताल छन्। तर, सोमबार पुष्टि भएका संक्रमित भने क्वारेन्टाइनमै रहे। अहिले आँपको बगैंचामा राखिएको छ।

१७ घण्टासम्म संक्रमित र अन्य व्यक्ति सँगै बसेपछि स्थानीयहरूमा त्रास बढेको छ । ‘संक्रमण पुष्टि भएपछि तत्काल आइसोलेसनमा व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनको लापरबाही कारण जोखिम बढ्यो,’ नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने ।

उनले सुरक्षाकर्मीकै भरमा सबै व्यवस्थापन छोडेर स्थानीय प्रशासनले ठूलो कमजोरी गरेको बताए । ‘अहिले क्वारेन्टाइनबाट अलग गरेर आँप बगैंचामा राखिएको छ । यसले थप जोखिम बढाएको छ,’ उनले भने।

नरैनापुरका विभिन्न १३ वटा क्वारेन्टाइनमा ७ सय १८ जनालाई राखिएको छ । ती सबै भारतबाट फर्किएका हुन्।

नरैनापुरमा बनाइएका सबै क्वारेन्टाइन अव्यवस्थित र भद्रगोल अवस्थाका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

५५ संक्रमित भेटिएपछि बाँकेको नरैनापुर गाउँपालिका ‘कोरोना रेड जोन’, हिँडडुलमा पूर्ण प्रतिबन्ध

एकै दिन ४७ जनामा संक्रमण पुष्टि भएपछि बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी गाउँपालिकालाई ‘रेड जोन’ घोषणा गर्दै सिल गरिएको जनाएको हाे।

सोमबारमात्रै उक्त गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेका ४७ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार त्यहीँको क्वारेन्टाइनमा एकजना संक्रमितको मृत्यु भएको थियो।

यसअघि पनि उक्त गाउँपालिकामा ८ जनालाई संक्रमण पुष्टि भएको थियो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाँकेको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

आइतबार विहान बाँके नरैनापुर–५ दिपेन्द्र माविको क्वोन्टाइनमा बस्दै आएका एक युवकको मृत्यु भएको छ।

भारतबाट आएका ती युवक ३० गते क्वारेन्टाइनमा आएका थिए। शनिबार राति एक्कासी स्वासप्रस्वास बढेर बान्ता गरेका उनको आइतबार विहान मृत्यु भएको हो।

समयमै एम्बुलेन्स व्यवस्थापन गर्न नसक्दा उनको ज्यान गएको परीवारको आरोप छ। गाउँपालिकाको एउटा एम्बुलेन्स डेलिभरी केस लिएर बाहिर गएको र एउटा एम्बुलेन्स चालकले पिपिई लगायतका सामग्री नभएको भन्दै आउन नमानेपछि उनलाई अस्पताल लैजान सकिएको थिएन।

उनको स्वाब संकलन गरेर भेरी अस्पताल लगिएको छ। अस्पताल प्रशासनका अनुसार उनको रिपोर्ट आउन केही समय लाग्ने छ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीका अनुसार अहिले चिकित्सको आपरबाहीका कारण ती युवाको ज्यान गएकोभन्दै स्थानीय आन्दोलित बनेका छन्। अवस्था तनावपूर्ण रहेकाले नियन्त्रणको प्रयास भइरहेको विसीले जानकारी दिए।

केही दिन पहिले सोही क्वारेन्टाइनमा बसेका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उनीहरूको उपचार दाङस्थित बुलझुन्डि कोरोना विशेष अस्पतालमा भइरहेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खजुरा अस्पतालको अनुगमन

मुस्लिम आयोगद्वारा गठित जिल्ला स्थित अनुगमन समिति बाँकेले खजुरामा स्थापना गरिएको आइसोलेसन अस्पतालको अनुगमन गरेको छ।

अनुगमनका क्रममा अस्पतालमा बिरामीहरुको अवस्था सामान्य रहेको र अस्पतालको व्यवस्थापन पनि सन्तोषजनक रहेको समितिले जनाएको छ।

मदरसामा पढाउने एकजना शिक्षकलाई संक्रमण पुष्टि भएपछि उहाँ थप २३ जनालाई संक्रमण देखिइसकेको छ। उनीहरु सबै खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा भएको स्वाब संकलनको मंगलबार आएको पछिल्लो ४५ जनाको नतिजामा ७ जनालाई संक्रमण पुष्टि भएको थियो। सबैलाई आइसोलेसन अस्पतालमा भर्ना गरिएको अस्पताल प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्य समेत छन् । त्यसअघि ७ बर्षीया बालिकामा संक्रमण पुष्टि भएकोमा उनकी आमाको नतिजा पनि पोजेटिभ आएको सम्बद्ध स्रोतले जनाएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएको छ। ‘परिवारका तीनै जना सदस्यलाई अस्पतालले एउटै क्याबिनमा बन्दोबस्त मिलाएको रहेछ’, मुस्लिम आयोगद्वारा गठित जिल्ला स्थित अनुगमन समितिका सदस्य शक्ति कुमार बंशकारले हेल्थपोष्ट नेपालुँग भने ‘अस्पतालमा रहेका सबै बिरामीहरुको अवस्थामा सामान्य छ, कुनै किसिमको गुनासो आएन।’

मुस्लिम आयोगले गठन गरेको जिल्ला स्तरीय अनुगमन समितिले यसअघि सरोकारवालाहरुसँग भेटघाट गरी नेगेटिभ आएकाहरुले रोजा बस्ने हुँदा घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश ५- संक्रमित बढ्दै, परीक्षण घट्दै

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको मात्रा भने घट्दो रुपमा छ । प्रयोगशालाको सामग्री, स्वाब संकलन सामग्री अभाव हुँदा र प्रयोगशालाको पिसिआर मेशिन बिग्रदा परीक्षणको दर घटेर गएको हो।

प्रदेश नं. ५ मा बैशाख १९ गते पहिलो पटक बाँके र रुपन्देहीमा १÷१ जना गरी २ जना कोरोना संक्रमितका बिरामी भेटिएका थिए । स्वास्थ्य कार्यालय, प्रदेश नं. ५ को हप्तादिनको तथ्यांक हेर्ने हो भने यो अबधिमा संक्रमित भेटिएसँगै परीक्षण दर बढाउनुपर्नेमा परीक्षण दर सुस्ताएको देखिन्छ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकमा बैशाख १७ गते २३५ जना र बैशाख १८ गते २२८ जनाको स्वाव संकलन गरेको देखिन्छ । त्यसैगरी कोरोना संक्रमित भेटिने दिन ४९ जनाको स्वाब लिएको देखिन्छ । यो क्रम बैशाख २० गते केही बढेको देखिएपनि त्यसपछि भने स्वाब संकलन दर निकै कम छ । स्वास्थ्य निर्देशनालयका अनुसार बैशाख २० मा १६१ जना, बैशाख २१ गते २१ जन, २२ गते ३१ जना र २३ गते ८३ जनाको स्बाव संकलन गरिएको छ । यसले कोरोना प्रयोगशालाको सामग्री अभाव र प्रयोगशालामा समस्या देखिएको पुष्टि गर्छ ।

प्रदेश ५ सरकारले प्रदेशका तीन ठाउँ पिसिआर मेशिनबाट स्वाबको परीक्षण गरेको भनेपनि अहिलेपनि प्रदेश ५ बाट काठमाण्डौंको जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाउन रोकिएको छैन् । बैशाख २३ गतेको स्वास्थ्य कार्यालयको रिर्पोटमा राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा ६९ जनाको स्वाब परीक्षणको क्रममा रहेको देखिन्छ।

संक्रमितको उमेरगत तथ्याक हेर्दा प्रदेश ५मा ३० देखि ४४ बर्ष उमेरका बढी संक्रमित भएका छन् । यो उमेर समुहमा ११ जना संक्रमित भएका छन् भने दोस्रोमा ४५ देखि ६० उमेर समुहका छन् । यो संख्या ७ छ । त्यसैगरी १५ देखि २९ बर्ष उमेरका ४ जना र १५ बर्षभन्दा मुनिका २ जना संक्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार कुल २४ जना संक्रमितमा १२ जना पुरुष छन् भने १२ जना महिला छन्।

कुन जिल्लामा कति स्वाबको नमूना

प्रदेश ५ मा सबैभन्दा बढी १३६६ जनाको स्वाब लिइएको छ । स्वाबको नमूना संकलनको तथ्यांक हेर्दा तराइका जिल्लामा यसको मात्र बढी देखिन्छ भने एक पहाडी र एक हिमाली जिल्लामा भने अहिलेसम्म स्वाबको नमूना संकलन नै गरिएको छैन।

जिल्लागत रुपमा तथ्यांक हेर्दा सबैभन्दा बढी बाँकेमा ३५८ जना, रुपन्देहीमा ३५२ जना, नवपरासीमा २०९ जना बर्दियामा १७० जना, दाङमा १३९ जना र कपिलवस्तुमा ८८ जना छन् । यी सबै तराई र भित्री मधेशका जिल्ला हुन् । पहाडी जिल्ला अर्घाखाँची र हिमाली जिल्ला पूर्वी रुकुममा अहिलेसम्म स्वाबको नमूना लिइएको छैन् । त्यसैगरी कम स्वाब संकलन गरिएका जिल्लामा गुल्मीमा ६ जना, रोल्पामा १३ जना र पाल्पामा १४ जना रहेका छन्।

कुन जिल्लाको क्वारेन्टाइनमा कति जना

प्रदेश ५ का १२ जिल्लामा ५९७ वटा क्वारेन्टाइन छन्। ति क्वारेन्टाइनमा १४०६२ बेड क्षमता रहेकोमा ८१२७ जना बसिरहेका छन् । त्यसमध्ये ८७ जनाको स्वाब नमूना लिइएको छ भने आरडिटी लिनेको संख्या १३७ मात्र छ।

सबैभन्दा बढी रोल्पामा २९०२ जना क्वारेन्टाइनमा छन् । त्यसपछि बर्दियामा २१६९ जना, प्यूठानमा ९९५ जना, पूर्वी रुकुममा ४४१ जना छन् । क्वारेन्टाइनमा कम हुने जिल्लाहरुमा दाङमा सबैभन्दा कम ९८ जना छन् । त्यसैगरी गुल्मीमा १०९ जना, पाल्पामा १३७ जना र अर्घाखाँचीमा १५९ जना छन्

पिसिआर किट छैन, आरडिटी पनि सीमित

प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब कलेक्सन किट सकिदा रुपन्देहीमा स्वाबको नमूना संकलन प्रभावित बनेको छ । त्यसैगरी भैरहवामा रहेको प्रयोगशालामा पिसिआर मेशिनका लागि प्रयोगशालामा चाहिने सामग्री समेत अभाव रहेको छ।

आरडिटि किट्स पनि सीमित संख्यामा भएपछि अत्यावश्यक अवस्थामा मात्र किट्न दिन थालिएको प्रयोगशालाका कर्मचारीहरु बताउँछन् ।

हप्तादिनपछि बन्यो भैरहवाको पिसिआर मेसिन

प्रदेश ५ को भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालको पिसिआर मेशिन हप्तादिनपछि मर्मत भएको छ । काठमाण्डौबाट आएको इन्जिनियरले उक्त मेसिन मर्मत गरेका हुन् ।

पुरानो मेसिन भएका कारण मेशिनबाट परीक्षण गर्न निकै गाहे भएको थियो । उक्त मेशिन काठमाण्डौको नार्कको प्रयोगशालाबाट ल्याइएको हो । नार्कमा उक्त मेशिन ४ बर्ष अघि ल्याइएको बताइन्छ ।

हप्तादिनदेखि निकै कठिनका साथ संचालनमा रहेको पिसिआर मेशिन तीन दिन चल्दै चलेन । तर स्वास्थ्यकर्मीहरुले भने बाहिर प्रयोगशालाको सामग्री अभाव र किट सकिएको कारण परीक्षण नभएको भन्दै स्वाबको नमूना काठमाण्डौं पठाउँदै आएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्रकुमार गिरीले काठमाण्डौंबाट आएका इन्जिनियरले मंगलबार साँझ मेशिनको मर्मत सकेको पुष्टि गरे ।

हामी नेपालगन्जमा केन्द्रित छौंः स्वास्थ्य निर्देशक

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले अहिले आफुहरुको ध्यान नेपालगन्ज केन्द्रित भएको बताए ।

नेपालगन्जमा संक्रमितको संख्या धेरै भेटिएपछि त्यहाँतर्फ केन्द्रित भएको उनको भनाई छ । पहिलो संक्रमित भेटिएसँगै ९४ जनाको कन्ट्याक्ट ट्रेसिङबाट ९४ जनाको स्वाब नमूना लिदा २२ जना संक्रमित भेटिएकोमा अहिले फेरि ति व्यक्तिसँगको ३०० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको निर्देशक गिरीले जानकारी दिए ।

मंगलबार कन्ट्याक्ट ट्रेसिङ गर्दा असमझदारी देखिएपनि उक्त समुदायका अगुवाहरुको सहयोग लिइ काम भइरहेको उनको भनाई छ । नेपालगन्जको लागि प्रयोगशालाको सामग्री र स्वाब संकलनको सामग्रीको व्यवस्थापन भइसकेको निर्देशक गिरीले बताए ।

नेपालगन्जमा सतर्कता र परीक्षणमा ढिलाई गर्दा समस्या जटिल हुनसक्छ निर्देशक गिरीले भने, त्यसैले हाम्रो ध्यान कन्ट्याक्ट टे्सिङ र परीक्षणमा केन्द्रित छ ।

ल्याबसँग सम्बन्धित सामग्री आएपछि रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका केही ठाउँहरुमा परीक्षणलाई तीव्रता दिने उनले बताए । देशभर नै ति सामग्रीको अभाव हुदा प्रदेश ५ को नेपालगन्ज बाहेकका ठाउँमा परीक्षण कम हुन गएको उनको भनाई छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालगन्जको संक्रमित क्षेत्रमा कोरोना परीक्षण गराउन तँछाड–मछाड

नेपालगन्ज उप–महानगरपालिका ८ मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारबाट उपमहानगरमा निषेधाज्ञा जारी छ। निषेधाज्ञाको कडा कार्यान्वयन गरिएको छ। कोही घरबाट निस्किन पाएका छैनन्।

स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र बनाएको छ। वडा अध्यक्षसहित चिकित्सक र प्रहरीहरू कन्ट्याक ट्रेसिङमा खटिएका छन्।
मंगलबार कोरोना संक्रमितहरूको सम्पर्कमा आएका ५६ जनाको ट्रेसिङ गरेर नाम संकलन गरिएको उपमहानगरकी उपप्रमुख उमा थापा मगरले बताइन्। अहिले महानगरको अवस्था सामान्य रहेको बताउँदै उनले उच्च सतर्कताका साथ काम भइरहेको जानकारी दिइन्।

उनले मंगलबार मात्रै १ सय ४५ जनाको स्वाव संकलन भएको जानकारी आफूले पाएको बताइन्। वडानम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताका अनुसार अहिले उनीसहितको टोली अटो रिक्सामा कन्ट्याक्ट ट्रेसिङमा खटिएको छ।

उनले आफूसहित सात/आठ जना कन्ट्याक्ट ट्रेसिङमा खटिएको जानकारी दिए। ‘अहिले हामी ८ नम्बर वडामा कोरोना संक्रमित परिवारका सदस्य र अन्य टोल बासीको नाम टिपिरहेका छौं’, उनले भने, ‘हामीले टोलमा प्रत्यक घरमा एक, दुई जनाको नाम संकलन गरिरहेका छौं। तर, कोरोना संक्रमितको सम्पर्कमा प्रत्यक्ष पुगेका व्यक्तिका परिवारका भने पुरै सदस्यको नाम संकलन गरेका छौैं।’

यसको चिन्ता उपमहानगरलाई पनि छ। उपप्रमुख थापाका अनुसार केन्द्र सरकारले कोरोना संक्रमितको संख्या २३ पुगेपछि २ सय ५० किट मात्र उपलब्ध गराएको र त्यो पनि सकिने अवस्थामा पुगेको बताउँदै उनले विस्तारै परिक्षणमा समस्या हुने बताइन्। विज्ञहरुका अनुसार उक्त वडामा १ हजार ५ सय मानिसको परीक्षण तत्कालै परीक्षण गर्नुैपर्छ।

बाहिर ८ नम्बर वडामा स्वाव संकलन गर्न नमानिरहेको भन्ने खबर बाहिरिएका बेला वडा अध्यक्ष गुप्ता भने यो फैलाइएको गलत भ्रम भएको बताउँछन्। उनले वडावासी सबैले सहज रुपमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा साथ दिइरहेको बताए।

‘यहाँ पहिला मेरो नाम दर्ता गर्नुपर्‌यो भनेर मान्छे लाइन लागेका छन्। सबैलाई स्वास्थ्यको चिन्ता छ’, उनले भने, ‘यस्तो बेला समाजमा भ्रम फैलाएर गलत सन्देश प्रवाह गर्नु हुँदैन। यस्ता कुराले समाजमा विचलन ल्याउँछ।’

वडाध्यक्ष गुम्ताका अनुसार मंगलबार ४५ जनाको नाम संकलन गरिएकोमा बुधबार साढे बाह्र बजेसम्म करिव एक सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको छ। उनले आज थप एक सय जनाको नमुना संकलन गरिने बताए।

उनले आफूहरूले त्यसरी ट्रेसिङ् गरेर लिस्ट उपलब्ध गराएपछि चिकित्सकको टोलीले स्वाव संकलन गर्ने गरेको जानकारी दिए।

तर, त्यसरी कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जनाको स्वाव परिक्षण गर्नुपर्ने भए पनि परीक्षणका लागि आवश्यक किटको भने अभाव छ। देशभर परीक्षण सामग्रीको अभाव भइरहेको समयमा त्यसको मारमा पछिल्लो पटक कोरोनाको हट स्पट बन्दै गएको नेपालगन्ज बढी प्रभावित हुने देखिएको छ।

यसको चिन्ता उपमहानगरलाई पनि छ। उपप्रमुख थापाका अनुसार केन्द्र सरकारले कोरोना संक्रमितको संख्या २३ पुगेपछि २ सय ५० किट मात्र उपलब्ध गराएको र त्यो पनि सकिने अवस्थामा पुगेको बताउँदै उनले विस्तारै परिक्षणमा समस्या हुने बताइन्। विज्ञहरुका अनुसार उक्त वडामा १ हजार ५ सय मानिसको परीक्षण तत्कालै परीक्षण गर्नुैपर्छ।

थापा यसतर्फ चाँडोभन्दा चाँडो केन्द्र र प्रदेश सरकार सजक हुने पर्ने बताउँछिन्। जति चाडो ट्रेसिङ र परीक्षण गरियो त्यति नै कम जोखिम हुने भएकाले यसतर्फ सबै सरोकारवाला निकाय चनाखो हुनुपर्ने उनको भनाई छ। उपमहानगरपालिकाले गर्नुपर्ने सबै सहयोग आफूहरूले गरिरहेको उनले बताइन्।

उनले एक जनाको ट्रेसिङ गर्दा ९० जना फेला परेका र ९० जनाको परिक्षण गर्दा २२ जना नयाँ संक्रमित थपिएको अवस्थामा परिक्षणको दायरा बढाउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘नेपालगन्जमा पहिले नै ढिला भयो, अहिले परीक्षण गर्न सक्ने अवस्था छैन’

कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ नेपालगन्ज बनेको छ। शुक्रबार पहिलो संक्रमित देखिएका थिए। त्यसपछि मंगलबारसम्म नेपालगन्जको एउटै टोलमा २३ जना संक्रमित पुगिसकेका छन्।

भारतसँग सीमाना जोडिएको पश्चिम नेपालको ठूलो नाका रुपडिहा भन्सार पनि त्यहीँ छ। भारतबाट प्रदेश ५, सुदूरपश्चिम तथा कर्णाली प्रदेशको समेत मुख्य प्रवेशद्वार नेपालगन्ज नै हो।
त्यसैले यहाँ यस्तो संक्रमणको ‘अनुमान’ त पहिलादेखि नै थियो।

नेपालगन्जमा अहिलेको अवस्थाको बारेमा हेल्थपोस्ट नेपालका यज्ञराज जोशीले नेपालगन्ज उप-महानगरपालिकाकी उपप्रमुख उमा थापा मगरसँग कुराकानी गरेका छन्:

अहिले नेपालगन्जको ताजा अवस्था के हो?

आज ११ बजेबाट उपमहानगरमा निषेधाज्ञा जारी गरिएको छ। सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन भएका छन्। तीन दिनसम्म निषेधाज्ञा जारी रहनेछ। आज विहान ११ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरू खोलिएका थिए।

बिहान त्यसरी पसल खोल्दा उपभोक्ताको भिड लागेको थियो। भिडलाई व्यवस्थित गर्न खोज्दा त्रिभुवन चोकामा प्रहरीसँग केही बेर झडपसमेत भएको थियो। प्रहरीले केही छिनमै स्थितिलाई नियन्त्रणमा लिएको थियो। अहिले अवस्था सामान्य छ।

नेपालगन्जका बारेमा बाहिर विभिन्न खाले हल्ला आइरहेका छन्। खास कुरो के हो?

तपाईंले भनेजस्तै बाहिर विभिन्न कुरा आइरहेको समयमा ग्राउन्ड लेवलमा त्यस्तो विकराल अवस्था भने छैन। यो सबैले संयम हुनुपर्ने बेला हो। हल्लाखल्ला गरेर त्रास फैलाउने भन्दा पनि वास्तविक कुरालाई सही रुपमा सम्प्रेसण गर्नुपर्छ। ग्राउन्ड लेवलमा म घर बसेको छु भने मेरो घरमा खाना आउनुपर्यो। मैले भोकै मर्ने अवस्था नआओस् भन्ने चिन्ता छ।

अर्को कुरा संक्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको पनि हामीले ट्रेसिङ गरेर चेकजाँच गर्न सकिहरेका छैनौं। किनकी हामीसँग किटकै अभाव छ। शुक्रबार १५ जना भेटिए, सात जना आजै भेटिए। उनीहरूको सम्पर्कमा भएकाहरूको चाँडोभन्दा चाँडो ट्रेसिङ गरेर जाँच्नुपर्छ। तर, सामग्री अभावले अहिले निकै समस्या भइरहको छ। उनीहरूको सम्पर्कमा आएकाहरूले हाम्रो पनि जाँच गरिदिनुपर्‌यो भनिरहनु भएको छ।

केन्द्र सरकारले यो झारा टारेजस्तो गरेको हामीलाई महशुस भएको छ। अढाई सय किटले के हुन्छ र? अस्ति एक जनाको ट्रेसिङ केसमा ९० जनाको परीक्षण गरियो। ९० जनाको परीक्षण गर्दा २२ जना भेटिए। २२ जनाको ट्रेसिङ गर्दा अब कति होलान् भन्नुस् त? २२ जनाको ट्रेसिङ गर्दा हजारौंको परीक्षण गर्नुपर्ने हुन्छ। अढाइ सय किटले हामीलाई के हुन्छ?

सरकारले ट्रेसिङ गरेर खोज्नुपर्ने बेलामा जनता उनीहरूसँग कुनै न कुनै बेला हाम्रो पनि सम्पर्क भएको थियो भनेर आफै‍ं आइरहेको समयमा पनि जाँच्न सकिएको अवस्था छैन। धेरैले मलाई नै सम्पर्क गरेर नम्बर टिपाउनु भएको छ। हामी त्यो कुराको म्यानेज गर्दै छौं। हामीसँग डकुमेन्ट नभइकन त्यसै ट्रेसिङ गर्न जानु पनि भएन। सबैभन्दा पहिला त संक्रमितको पूरा रिपोर्ट लिनुपर्‌यो। अनि बल्ल हामी ट्रेसिङमा जाने हो। त्यो काम पनि प्रहरीले बल्ल सोमबारबाट प्रहरीले सुरु गरेको छ। हिजो प्रहरीले १२ जनाको रिपोर्ट लिइसकेको र अरुको आजसम्म लिइसक्ने जानकारी प्राप्त भएको छ।

आठ नम्बर वडामा मात्रै त्यस्तो भयावहस्थिति हुनुको खास कारण के रहेछ?

एउटै कारण हो परीक्षण ढिला हुनु। नेपालगन्ज भनेको भारतसँग सीमाना जोडिएको क्षेत्र हो। यहाँबाट दैनिक सयौं मानिसको आवागमन हुन्छ। लुकिछिपि पनि भारतबाट थुप्रै मान्छे आएका छन्। भारतमा त हामी औषधि उपचार गर्न जान्छौं। हाम्रो चेलीबेटी सम्बन्ध छ। यहाँको बिहे उता उताको बिहे यता आउने हुन्छ।

भारतको कोरोनाले बहावह रुप लिइरहेको अवस्थामा यी यस्ता थुप्रै कारणले नेपालगन्ज पनि उच्च जोखिमयुक्त क्षेत्र हो। हामीले यस्तै कारणले भारतबाट आएका सबैको चेकजाँच गर्नुपर्छ भनेर आवाज उठाएका थियौं। हामीले आवाज उठाएको समयमा नेपाल सरकारले गम्भीर रुपमा लिएन। हामीलाई पनि कोही रुघाखोकी लागेको, ज्वरो आएकाहरूको र भारतबाहेका मुलुकबाट आएकाहरूको तत्काल चेकजाँच गर्नु भन्ने सर्कुलर आयो।

हामीले पनि त्यसपछि तेस्रो मुलुकहरूबाट आएका र संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरूलाई नै प्राथमिकतामा राख्यौं। अहिले कोरोना देखिएकोमा कोरोनाको कुनै लक्षण नै छैन। यसरी कोरोनाको लक्षण नै नदेखिएको अवस्थामा ग्रास रुटबाटै परीक्षण गर्नुपर्ने देखियो। र, यसले चेकजाँचमै ढिलो भएको पुष्टि गरिदिएको छ।

नेपाल सरकारले लकडाउन गरे पनि त्यसलाई हामीले पनि पूर्ण रुपमा प्रभावकारी बनाउन सकेनौं। यसमा स्थानीयवासीसँगै हाम्रा पनि केही कमी–कमजोरी रहे। यी यस्ता कारणले नै यस्तो अवस्था आएको हो। तर, उहाँहरू सबैमा सामान्य लक्षण छ। सबै खाना खाने, बोल्ने, फोनमै लामो समयसम्म कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्छ। यसलाई मध्यनगर गरेर हेर्दा डराउनुपर्ने अवस्था नरहे पनि उच्च सावधानी अपनाएर जाँचको दायरा भने बढाउनुपर्ने देखिएको छ।

तपाइहरूको प्रदेश र केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ?

अहिले हामी उहाँहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं। सम्पर्क पनि भइरहेको छ। सोमबार मात्रै हाम्रो सामाजिक विकास मन्त्री सुदर्शन बराल यहाँ आउनु भएको थियो। उहाँले अनुगमन गरेर थुप्रै निर्देशन पनि दिनुभएको छ। पर्याप्त मात्रामा नभएर थोरै भए पनि उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ। प्रदेशकै सहयोगमा हाम्रो यहाँ ल्याव सञ्चालन भएको छ।

केन्द्रीय सांसदहरूसँग पनि हामी समन्वय गरिरहेका छौं। केन्द्र सरकारले पनि यहाँको समस्यालाई मध्यनजर गर्दै केही न केही सम्बोधन गर्ने प्रयास गर्नुभएको छ। सोमबार मात्रै कोरोना परिक्षणका लागि अढाई सय किट पठाइदिनु भएको छ।

के त्यो पर्याप्त हो?

होइन। यो पर्याप्त होइन। किनभने केन्द्र सरकारले यो झारा टारेजस्तो गरेको हामीलाई महशुस भएको छ। अढाई सय किटले के हुन्छ र? अस्ति एक जनाको ट्रेसिङ केसमा ९० जनाको परीक्षण गरियो। ९० जनाको परीक्षण गर्दा २२ जना भेटिए। २२ जनाको ट्रेसिङ गर्दा अब कति होलान् भन्नुस् त? २२ जनाको ट्रेसिङ गर्दा हजारौंको परीक्षण गर्नुपर्ने हुन्छ। अढाइ सय किटले हामीलाई के हुन्छ? यो नेपाल सरकारको निकै कमजोरी हो। प्रत्यक घर परिवारको स्वाव परीक्षण गरिनुपर्छ भनेर हामीले सरकारसँग माग गरिरहेका छौं।

यसलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्छ। यही अवस्थामा हामीले परीक्षण गर्न सकनेनौं भने यसले विकराल रुप लिन सक्छ। र, मान्छेमा भय हुन सक्छ। चेक भएर पोजेटिभ देखिए भने त्यस्तो समस्या हुँदैन। किनकि कोरोना देखिएकाहरूको अवस्था नाजुक छैन। तर, यसले भयावह रुप नै लियो भने चाहिँ अवस्था चिन्तजनक हुनसक्ने जोखिम छ।

अब कोरोना अस्पतालको अवस्थाको बारेमा पनि भनिदिनुस् न?

कोरोनाका विरामीको उपचार गर्ने भनेर खजुराको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई बनाइयो। तर, त्यहाँ २५ वटा मात्रै बेड छ। २३ जना त आजै पुगिसक्यो। उनीहरूको ट्रेसिङ गर्न सुरु गर्‌यो भने यो संख्या त बढ्छ। वृद्धि भयो भने तिनीहरूलाई कहाँ राख्ने? त्यसका लागि खोई सरकारले सोचेको? सम्पर्क, समन्वय भएर पनि खै के हो के हो जस्तो भइरहेको छ। हामी एक्लैले अवस्थालाई नियन्त्रणमा ल्याउनसक्ने अवस्था छैन। अरुले गम्भीरता पूर्वक लिएको पाइएको छैन। खाली झारा टार्ने काम भइरहेको छ।

त्यसो भए केन्द्र र प्रदेश सरकारबाट सहयोग प्राप्त भएको छैन?

प्रदेश सरकारले हिजो आएर अनुगमन गरेको छ। प्रदेश सरकारले कोहलपुर मेडिकल कलेजलाई कोरोनाको अस्थायी अस्पताल बनाउने भनेर निर्णय गरेको छ। त्यो अनुसार योजना अगाडि बढ्दैछ। तर, पर्याप्त हुनुपर्‌यो भन्ने हाम्रो माग हो।

अस्पतालमा सामग्रीको प्रवन्ध कस्तो छ?

त्यहाँ जम्मा तीन ओटा भेन्टिलेटर छ। आइसियुको पनि समस्या नै छ। पाँच–सात ओटा मात्रै आइसियु छ।

अरु स्वास्थ्य सामग्री के छ?

दुबै कुराको अभाव हो। यो पर्याप्त हुने चिज नै रहेनछ। जति संक्रमित बढ्दै जान्छन्। त्यति नै यो आवश्यक पर्दै जाने हो। हामीले थोरै जनाका लागि भनेर सामग्रीको व्यवस्था गर्न सकेका थियौं। त्यो पर्याप्त छैन। पिपिईदेखि मास्स, ग्लोबगायत सबैको अभाव नै छ। तर, ल्यावको ट्रेनिङ राम्रो भएको छ। अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको पनि त्यस्तो धेरै समस्या छैन। तर, पनि चाहिने जति चाहिँ छैनन्। यहाँ करारमा स्टाफ नर्स, चिकित्सक भर्ना गर्ने कुरा भएको थियो। तर, एकदमै कम मात्र आउनु भयो। त्यसैले चिकित्सकहरूको पनि अभाव छ। पर्याप्त मात्रामा परीक्षण गर्नलाई ल्यावको अभाव छ। जोखिम धेरै छ।

केन्द्र सरकारसँग यसका लागि पहल गर्नुभएको छैन?

हामीले कुरा गरिरहेका छौं। प्रदेश सरबारबाट त हिजो मात्रै मन्त्री आउनु भएको थियो। उहाँसँग कुरा राखेका थियौं। केन्द्र सरकारसँग समन्वय गर्नका लागि हाम्रा केन्द्रीय सांसदहरू काठमाडौंमा हुनुहुन्छ। उहाँहरूलाई सहजता प्रदान गरिदिनका लागि अनुरोध गरेका छौं। उहाँहरू खटिराख्नु पनि भएको छ। नगरपालिका आफैले पनि समन्वय गरिरहेको छ र विभिन्न माध्यमको प्रयोग गरेर पनि समन्वयका लागि आग्रह गरिरहेको छ।

सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा होला नि हैन?

हो पछिल्लो समय सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था निकै कडा पारेका छौं।

हामीले त्यहाँका समस्याका, केन्द्र सरकार र प्रदेश सरकारले गरेका सहयोगका कुरा त गर्‌यौं। तर, तपाइहरूले चाहिँ के गर्नुभयो त?

स्वास्थ्य क्षेत्रमा हामीले एकदमै तदारुकता देखाएका छौं। क्वारेन्टाइनलाई व्यवस्थित गरेका छौं। अहिले क्वारेन्टाइनमा सय जनाजति बस्नुभएको छ। आइसोलेसन अस्थायी अस्पताल भनेर २५ बेडको नेपालगन्ज उपमहानगरपालिका आफैले बनाएको छ। उपमहानगरको १ नम्बर वडामा रहेको लाइफ डेन्टल हस्पिटलमा उक्त अस्पताल निर्माण गरिएको छ।

थप संक्रमित देखिए भने त्यहाँ राख्न मिल्ने गरी पूर्वाधार तयार पारेका छौं। टेस्टका लागि हाम्रो सानो टिम नै खटिएको छ। एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं। हाम्रा जनप्रतिनिधिहरू प्रत्यक वडामा खटिनु भएको छ। तीन दिन त हामीले अत्यावश्यक वस्तुका पसल पनि बन्द गरेका छौं।

म सम्पूर्ण नगरवासीलाई संयम अपनाइदिन अनुरोध गर्छु। अर्को कुरा सरकारले जारी गरेका प्रावधानको पूर्ण पालना गर्न अनुरोध गर्छु। अहिले डराउनुपर्ने कुनै पनि कारण छैन। कोरोना पुष्टि भएकाहरूको अवस्था पनि सामान्य नै छ।

निकै समस्यामा परेकाहरूलाई कसरी सहयोग गर्नुहुन्छ नि?

यति चुलो नै बल्ने स्थिति भएन भने स्थानीय वडाअध्यक्ष वा वडा प्रतिनिधि मार्फत आउँदा घरघरमै सेवा पुर्‌याउन हामी तयार छौं।

समस्यामा परेकाहरूलाई राहत कसरी उपलब्ध गराइराख्नु भएको छ?

हामीले दुई चरणमा रातह वितरण गरिसकेका छौं। अहिलेसम्मको परिस्थितिलाई मूल्याङ्कन गर्दा अहिले नै त्यस्तो परिस्थिति नआउला भन्ने छ। १७ हजारभन्दा बढी विपन्न परिवारलाई राहत प्रदान गरिसकेका छौं।

यसपछिको अवस्थाको बारेमा कस्तो योजना छ?

हामीले दुई चरणमा दुई प्याकेज वितरण गरिसकेका छौं। यो दुई चरणको मूल्याङ्कन गरेर तेस्रो चरणमा जाने हो। अहिलेसम्म तेस्रो चरणमा जानुपर्ने अवस्था आएको छैन। यदि त्यस्तो समस्या आयो भने भनेर हामीले नगरपालिकामा एउटा टिम बनाएर छलफल गरिसकेका छौं। यो तीन दिनको अवस्थालाई मध्यनजर गर्दा हामीले वडाबाट नै आउन भनेका छौं। त्यसपछि हामी अर्को प्लानिङ गर्छौं।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

म सम्पूर्ण नगरवासीलाई संयम अपनाइदिन अनुरोध गर्छु। अर्को कुरा सरकारले जारी गरेका प्रावधानको पूर्ण पालना गर्न अनुरोध गर्छु। अहिले डराउनुपर्ने कुनै पनि कारण छैन। कोरोना पुष्टि भएकाहरूको अवस्था पनि सामान्य नै छ।

अर्को कुरा प्रदेश र केन्द्रीय सरकारलगायत सरोकार निकायसँग आवश्यक चिकित्सकिय सामग्रीको उपलब्ध गराइदिन अनुरोध गर्छु। यहाँको आइसोलेसन अस्पताल पर्याप्त छैन। त्यसैले चाँडो अर्को आइसोलेसन निर्माण गर्नुपर्यो। यसका यी कुराका लागि कसले कहाँबाट कस्तो भूमिका खेल्न सक्छन्। सबैले सकरात्मक र रचनात्मक सहयोग गरिदिनुपर्यो। साच्चिकै विरामीलाई आइसियु र भेन्टिलेटरमा राख्ने अवस्था आयो भने कहाँ राख्ने त्यस विषयमा प्रदेश र केन्द्र सरकार गम्भीर भइदिन पर्‌यो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भीड हटाउन खोज्दा नेपालगन्जमा प्रहरी र स्थानीयबीच झडप

निषेधाज्ञाका बीचमा लागेको भीड हटाउन खोज्दा नेपालगन्जमा स्थानीय र प्रहरीबीच झडप भएको छ। नेपालगन्जमा एउटै टोलमा २३ जना संक्रमित भेटिएपछि आज बिहानबाट २५ गते मध्यरातसम्मका लागि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ।

बिहान अत्यावश्यक सामान खरिदका लागि नेपालगन्ज बजारका केही पसलहरु भने खुलेका थिए। तरकारी मण्डीमा लागेको भीड हटाउन खोज्दा प्रहरीले एकजना युवालाई पक्राउ गरेपछि त्यहाँ झडप भएको हो।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको हो।

विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक वीरबहादुर ओलीले बताए।

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव भयो’ उनले भने।

झडपमा परि स्थानीय र केही प्रहरी घाईते भएका छन्। प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हटस्पट बाँके : कसरी फैलिँदैछ संक्रमणको डढेलो?

गत शुक्रबार बिहानपख नेपालगन्ज उप-महानगरपालिकाकी उपमेयर उमा थापामगरले एउटा ट्वीट गरिन् ‘नेपालगन्ज पनि चोखो रहेन… कोरोना…।’

सायद, नेपालगन्जमा कोरोना संक्रमित भेटिएको संकेत थियो त्यो।

नभन्दै दिउँसो स्वास्थ्य मन्त्रालयले नेपालगन्जका एकजना ६० वर्षीय बृद्धलाई संक्रमण पुष्टि गर्‍यो।

थापाले भनेजस्तै लकडाउनको ३८ औं दिनसम्म शून्य संक्रमण रहेको नेपालगन्ज ‘चोखो’ रहेन।

लगत्तै स्वास्थ्य टोलीले संक्रमितको परिवारसहित टोलका लगभग ९० जना मानिसको ‘स्वाव’ संकलन गरेर प्रयोगशाला पुर्‍यायो। प्रगोगशालामा जाँच सकिएका ६० जनाको स्वावमध्ये आइतबार १५ जनाको रिपोर्ट ‘पोजेटिभ’ देखियो।

त्यसपछि फेरि ७ जना गरी २३ जना स‍ंक्रमित पुगे।

संक्रमण देखिएकाे नेपालगन्ज-८ काे टाेलमा नमुना संकलन गरिँदै। तस्विर : जिल्ला प्रहरी कार्यालय बाँके

ह्वात्तै फेला परेका संक्रमित र त्रास

नेपालगन्जमा एकैपटक धेरै संक्रमित देखिए पनि नेपालमा यो ‘धेरै स‌ंक्रमित भेटिएकाे केस’ पहिलो भने होइन।

यो भन्दा धेरैजना केही समयअघि उदयपुरको भुल्केमा पनि भेटिएका थिए।

भुल्केको एउटा मस्जिदमा बसेको एउटा जमात र उसको सम्पर्क पछ्याइएका समुदायका अरुको परीक्षण गर्दा त्यहाँ पनि दुई दिनमा २८ जना संक्रमित फेला परेका थिए।

आइतबार र मंगलबार स्वास्थ्य मन्त्रालयले एकैपटक नेपालगन्जका २३ जनामा संक्रमण पुष्टि भएको घोषणासँगै पूरै नेपालगन्जभरि संन्त्रास फैलियो।
टोल टोलमा स्थानीयले बारहरु लगाएर बाटोहरु बन्द गर्न थाले।

प्रशासनले घोषणा नगर्दै स्थानीयले आफ्ना टोलहरु आफैं ‘सिल’ गर्न थाले।

केही समयअघिसम्म फाट्टफुट्ट सडकमा देखिएका नेपालगन्जवासीहरु सबै घरभित्र लागे। एकाएक सडक सुनसानजस्तै भयो।

त्यत्तिमात्रै होइन, छिमेकी जिल्लाहरुमा पनि खैलाबैला भयो।

नेपालगन्जसँग जोडिएका अन्य स्थानीय पाालिकाहरुले पनि आवतजावत पूर्णरुपमा बन्द गरे।

कर्णाली प्रदेशले पनि नेपालगन्जसँग जोडिएको नाका पूर्णरुपमा सिल गर्‍यो। सुदूरपश्चिम प्रदेशले पनि सबै नाकाहरु बन्द गरेकाे छ र लकडाउनलाई अझैं कडा बनाएकाे छ। सुदूरपश्चिममा पनि पाँच जना स‌ंक्रमित देखिएका थिए। तिमध्ये चारजना निकाे भइसकेका छन्।

प्रदेशका दाङ, वर्दियालगायत प्रदेश ५, सूदूरपश्चिम र कर्णाली प्रदेशसँग जोडिएको नेपालगन्ज यी प्रदेशको मुख्य प्रवेशद्वार पनि हो। तथापि वरिपरि फैलिएको त्यो सन्त्रास अस्वभाविक थिएन।

एकैपटक धेरै संक्रमित देखिनु स्वभाविक थियो?

स्थानीय र चिकित्सकहरुले गरेको अनुमानमा यो अस्वभाविक हो। नेपालगन्ज बजार भारतसँग सिधै जोडिएको बजार हो।
अर्थात् नेपालका प्रमुखमध्य यो एउटा भन्सार नाका हो।

लकडाउनपछि पनि मानिस आउने जाने क्रम रोकिएको थिएन। प्रशासनले सुरक्षा संयन्त्र कडा बनाएपनि लुकिछिपि आउने जानेहरु प्रशस्तै थिए।

त्यसैले स्थानीयको अनुमान नै थियो कि, ‘नेपालगन्जमा संक्रमण छिरिसकेको छ।’ तर, एकैपटक यत्तिधेरै संक्रमित भेटिएलान् भन्ने अनुमान सायदै थियो।

संक्रमित भएको हुनसक्ने ‘अनुमान’चाहीँ भारत आउजाउ गर्नेहरुतिरै थियो। नभन्दै त्यस्तै भयो।

सुरुमा संक्रमण देखिएका ६० वर्षीय ती वृद्ध पनि केही दिनपहिला भारतबाट फर्किएका थिए।

पहिलो चरणको लकडाउनका बेला भारतबाट धेरै नेपाली नेपालगन्ज नाकाबाट छिर्न खोजेका थिए।
तर, छिर्न नपाएपछि नाकामा केहीबेर तनाव भयो।

‘पछि नेपालगन्ज उपमहानरपालिकाले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने’ शर्तमा उनीहरुलाई छिर्न दिइयो।
नेपालगन्ज भन्सारनजिकै रहेको महेन्द्र बहुमुखी क्याम्सपमा उनीहरुलाई सबैलाई ‘क्वारेन्टाइन’ गरियो।

तर, २४ घण्टा नबित्दै उनीहरु त्यहाँबाट पर्खाल र तारबार नाघेरै भागे। त्यहाँ करिब ६ सय जना थिए।

हो, त्यही हुलमा थिए यी नेपालगन्जका यी ६० वर्षीय संक्रमित पनि, जसलाई शुक्रबार पोजेटिभ पुष्टि भयो।
उनी मदरसाका शिक्षक हुन्।

भारतबाट फर्किसकेपछि लकडाउनका बेलामा पनि घरघरै ‘ट्यूशन’ पढाउन जान्थे। मस्जिदमा आउने जाने क्रम पनि रोकिएको थिएन।

उनलाई अस्पतालमा आइसोलेट गरेपछि उनको सम्पर्क पछ्याउँदै स्वास्थ्यकर्मीको टोलीले ९० जनाको स्वाव संकलन गरेको थियो।
ति सबै संक्रमितकै टोल, नेपालगन्ज उपमहानगरपालिका ८ का थिए।

र, तीमध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आयो। अहिले सबैजना अस्पतालमा छन्। केहीको त रिपोर्ट आउनै बाँकी छ।

सुरुमा परीक्षण त्यत्ति भइरहेकाे थिएन। सहरका टाेल टाेलमा विदेशबाट आएका ‘श‌ंकास्पद’हरुकाे खाेजी भइरहेकाे थियाे। केही दिनदेखि मदरसा, मन्दिर तथा सबैजसाे धार्मिकस्थलमा परीक्षण पनि भइरहेकाे थियाे।

तर, नेपालगन्ज ८काे अन्सारी मस्जिद टाेलमा भित्रभित्र ‘संक्रमणकाे डढेलाे’ सल्किसकेकाे थियाे।

चिकित्सक के भन्छन्?

‘संक्रमित भेटिन्छन् भन्ने त थियो नै। हामीले पनि अनुमान गरेकै थियौ’ नेपालगन्जको भेरी अस्पतालमा कार्यरत डा.बद्री चापागाई भन्छन् ‘सिमाना जोडिएको सहर अनि यहाँका मानिसको आउने जाने क्रमलाई हेर्दा त्यस्तो अनुमान त थियो नै।’

तर, एकैपटक यत्ति धेरै संख्यामा देखिएला भन्नेचाहीँ थिएन। ‘एकैपटक यत्ति धेरै पोजेटिभ आउँछ भन्ने त थिएन। तर, संक्रमण छ भन्ने पक्कै थियो’ उनी भन्छन् ‘यो एकैपटक धेरैजनाको परीक्षण भएर पनि होला।’

यद्यपि ती वृद्ध भारतबाटै संक्रमित भएर आएका थिए वा नेपाल आएरै भयो भन्नेबारेमा चिकित्सकहरुले केही बताएका थिएनन्। तर, यसअघि पनि झापाका एकजना युवालाई भारतबाट फर्किएको ४५ दिनपछि संक्रमण देखिएको थियो।

अहिले ती वृद्धसँग सम्पर्कमा आएका एउटै टोलका १५ जनालाई संक्रमण पुष्टि भएको छ।

यसलाई चिकित्सकले ‘क्लस्टर स्तर’को संक्रमण भनेका छन्।

याे टाेलमा करिब ३ हजार ७ सयकाे हाराहारीमा जनसंख्या छ। अधिकांश मुस्लिम समुदायकाे वस्ती छ।

चिकित्सकहरुकाे अनुमानमा संक्रमितकाे संख्या अझैं बढ्नसक्ने देखिन्छ र याे क्षेत्रमा उच्च सावधानीकाे जरुरी छ।

नेपालगन्जमा काेराेना परीक्षण गर्नका लागि एउटामात्रै पिसिआर मेसिन छ र यसबाट मुस्किलमा दैनिक १०० जति नमुना परीक्षणकाे नतिजा दिन क्षमता राख्छ।

अहिले नेपालगन्जको अवस्था के छ?

संक्रमितहरु धेरै भेटिएसँगै नेपालगन्जमा मंगलबार बिहानैदेखि ‘निशेषाज्ञा’ जारी गरिएको छ।

यस्तो ‘निशेषाज्ञा’ २५ गते मध्यरातसम्म कायम हुनेछ। अब मानिस बाहिर निस्कनै पाउने छैनन्।

अब नेपालगन्जमा आंशिकरुपमा खुल्दै आएको तरकारी मन्डी पनि पूर्णरुपमा बन्द हुनेछ। नेपालगन्जकाे सबैभन्दा ठूलाे तरकारी मन्डी यही (रानी तलाउ) क्षेत्रमै छ।

एकैपटक एकै ठाउँमा धेरै मानिस संक्रमित भेटिएपछि सोमबार प्रदेश ५का सामाजिक विकासमन्त्री सुदर्शन बरालले परीक्षणलाई तीव्र बनाउन निर्देशन दिएका थिए।

उनले स्थानीय सरकार तथा स्वास्थ्य अधिकारीहरुलाई त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव हुन नदिने आश्वासन पनि दिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वडा अध्यक्ष भन्छन् : पूरै वडा सिल गरेर सबैको परीक्षण गर्दैछौं

नेपालगञ्ज उपमहानगरपालिका- ८ मा आइतबार एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटियो। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १६ पुगेको पुग्यो। यी सबै संक्रमित एउटै टोलका हुन्।

आइतबार स्वास्थ्य परीक्षण गर्दा १५ जनामा भाइरसको संक्रमण देखिएपछि सिंगै उपमहानगरपालिका त्रसित भएको छ।

गत शुक्रबार एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उपमहानगरले आइतबार उनको सम्पर्कमा आएका अन्य ९० जनाको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनाको रिपोर्ट आइसकेको छ। जसमा १५ जनामा कोरोना पोजे‌टिभ देखियो। आझै ३० जनाको रिर्पोट आउन बाँकि छ।

‘महामारी फैलिएको सुरुआति दिनमा कसैले वास्ता गरेनन्। आइतबार एकैदिन १५ जनामा कोरोना संक्रमण देखिँदा सर्वसाधारण भने त्रसित बनेका छन्, नेपालगञ्ज उपमहानगरपालिका ८ नम्बरका वडा अध्यक्ष सुरेन्द्र गुप्ताले भने, ‘संक्रमितहरू कतिको सम्पर्कमा आए, कतिसँग घुलमिल भए ति सबैको खोजि गरेर परीक्षण नगर्दासम्म खतरा कायमै रहने छ।’

अहिले भाइरसको संक्रमण देखिएका १६ जना सबै ८ नम्बर वडाकै स्थानीय हुन्। वडामा करिव ६ हजार जनसंख्या छ। ति सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने अध्यक्ष गुप्ताको भनाइ छ। सुरुमा स‍ंक्रमण पुष्टि भएका ६० वर्षीय वृद्ध त्यही टोलका स्थानीय मदरसामा पढाउने शिक्षक हुन्।

‘एकैदिन १५ जनामा संक्रमण देखिनु सामान्य होइन। यो अवस्थाले वडा मात्रै नभई उपमहानगरपालिका नै त्रासमा छ। वडाले केही गर्न सक्दैन यसका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले समन्वय गरि काम गर्न आवश्यक छ,’उनले भने।

संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताउँदै गुप्ताले सवै वडावासीको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए।

‘यहाँ थुप्रैमा संक्रमण हुन सक्छ। सबैको स्वास्थ्य परीक्षण नभएसम्म ढुक्क हुने अवस्था छैन’, अध्यक्ष गुप्ताले भने,‘पहिलेदेखि नै सीमाना र लकडाउनमा कडाई गरेको भए यस्तो अवस्था आउने थिएन।’

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि वडामा स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै वडाले गर्नसक्ने सहयोग गर्ने र थप जिम्मेवारी उपमहानगरले लिनुपर्ने उनी बताउँछन्।

वडामा स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीको अभावका कारण सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नेदेखि लिएर सबै काम उपमहानगरले गरिरहेको छ।

‘भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ८ नम्बर वडालाई शिल गरि लकडाउनकमा कडाई गर्नुका साथै वडाका सबैको स्वास्थ्य परीक्षणका लागि पहल गरिरहेका छौं,’ उनले भने।

गत शुक्रबार ८ नम्बर वडामा रहेको अन्सारी मस्जिदका पूजारीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनमा संक्रमण देखिएपछि मस्जिद आसपासका सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएका थियो।

संक्रमण देखिएको टोलमा सबैजसो मुस्लिम समुदायको बसोबास रहेको र उनीहरूको मस्जिदमा आउजाउ रहेकाले संक्रमणको जोखिम बढी रहेको अध्यक्ष गुप्ताले जानकारी दिए।

यसरी एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि मस्जिद आसपासका सर्वसाधारणको मात्रै स्वास्थ्य परीक्षण गरिएको उनले बताए। उनले यत्तिले मात्रले पुग्ने नभई वडाका सबै स्थानीयको स्वास्थ्य परीक्षण गर्नु निकै आवश्यक रहेको बताए। वडाले मात्र धान्न नसक्ने भएकाले थप भयावह स्थिती सिर्जना हुन नदिने उपमहानगरलगायत सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपालगञ्ज तथा बाँकेको दशगजा क्षेत्रबाट लकडाउनको समयमा सयौं मानिस नेपाल भित्रिएका थिए। उनीहरूमध्ये आधाजति नाकाबाट सिधै घर गएका थिए। भारतबाट आएका केही मानिस मात्रै क्वारेन्टाइमा बसेकाले त्यहाँ संक्रमणले भयावह रुप लिनसक्ने चिन्ता व्यक्त हुनथालेको छ।

नाकाबाट सिधै घर गएकाहरूको खोजिकार्य जारिरहेको वडाध्यक्ष गुप्ताको भनाई छ। उनले यस्तो विषम परिस्थितिमा सबै वडावासीलाई नआत्तिकन सावधानी अपनाउन आग्रह गरे।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मदरसा शिक्षक संक्रमित भएपछि उनको सम्पर्क पछ्याउनै मुस्किल

नेपालगन्जमा भेटिएका एकजना कोरोना संक्रमितको यात्रा विवरण र उनको सम्पर्क पछ्याउन प्रशासन तथा स्वास्थ्यकर्मीलाई हम्मे हम्मे परेको छ।

उनी नेपालगन्जको जलाहनपुरवास्थित मदरसा शिक्षक हुन्। ६० वर्षीय उनी त्यही मस्जिदको मदरसामा पढाउँदै आएका थिए। अहिले लकडाउनको बेला पनि उनले त्यहाँ ट्युशन पढाइरहेका थिए।

त्यो ट्यूशनमा टोलका धेरै केटाकेटीहरु आउने गर्थे। यत्तिमात्रै होइन करिब एक महिनाअघि उनी नेपालगन्जस्थित महेन्द्र क्याम्पसको क्वारेन्टाइनमा करिब ६ सय जना मानिससँगै थिए। भारतबाट आएका ती ६ सय मानिसलाई नेपालगन्ज उपमहानगरले क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो। तर, उनीहरु सबै पर्खाल र काँडेतार नाघेर क्वारेन्टाइनबाट भागेका थिए।

शुक्रबार संक्रमण पुष्टि भएका ६० वर्षीय मदरसाका ती शिक्षक पनि तिनै ६ सय मानिससँगै भागेर घर पुगेका थिए। घर पुगेपछि पनि उनले मदरासामा पढाउन भने छोडेनन्।

उनी भारतमा आफन्तसँग भेटघाट गरेर फर्किएका थिए। अहिले उनीसँग घरमा रहेका उनका परिवारका ८ जनालाई महेन्द्र क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ। टोलका सबैजसो घरपरिवारलाई पनि कडा सुरक्षाका बीच क्वारेन्टाइनमै राखिएको छ।

सबैको स्वाव परीक्षण भइरहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्थानीय युवाहरुले नेपालगन्ज वडा नं. ८मा पूर्णरुपमा प्रवेश निषेध गरेका छन्। प्रहरीले पनि गस्ती गरिरहेको छ। मस्जिदमा बस्नेलाई संक्रमण पुष्टि भएपछि अहिले नेपालगन्ज क्षेत्रका सबैजसो मस्जिदहरुमा सुरक्षा निगरानी पनि बढाइएको छ। यद्यपि यसअघि नै नेपालगन्जका मस्जिद, मदरासा तथा मन्दिरलगायतका धार्मिकस्थलहरुमा बस्ने धार्मिक गुरुलगायत सबैको परीक्षण सुरु भइसकेको थियो।

‘अहिले टोल पूरै सुनसान भएको छ। सबैलाई त्रास छ, बाटोभरि पुलिस छन्’ स्थानीय समसुद्दिन सिद्दिकी भन्छन् ‘टोल पूरै सिल भएको छ। कोही बाहिर पनि जान पाउँदैन, कोही यहाँ आउन पनि पाउँदैन।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी र पहिचान भइरहेको बताएका छन्।

२४ बर्षीय युवाको दोस्रो पटकको रिपोर्ट निगेटि

६० वर्षीय ती संक्रमितसँगै अर्का एकजनाको पिपिआर रिपोर्ट पनि नेपालगन्जमा पोजेटिभ देखाएको थियो। तर, दुबैको स्वाव पुनः परीक्षणका लागि काठमाडौं पठाउँदा ६० वर्षीय वृद्धको नतिजा पोजेटिभ आयो भने अर्का युवाको नेगेटिभ।

नेपालगन्जमा पोजेटिभ भएको रिपोर्ट काठमाडौंमा नेगेटिभ भएपछि उनको स्वाव फेरि परीक्षण गरिएको थियो। तर, दोस्रोपटक पनि रिपोर्ट नेगेटिभ नै आएको स्वास्थ्य कार्यालय बाँके का फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

बाँकेको डुडुवा गाउँपालिकाका उनी धम्बोजीस्थित मस्जिदमा बस्दै आएका युवा हुन्। मस्जिदका धर्मगुरुलाई पनि अहिले निगरानीमा राखिएको छ भने उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एकजनामा संक्रमण पुष्टि भएपछि नेपालगन्जका चार ठाउँ सिल

नेपालगन्जका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ। ६० वर्षीय ती संक्रमित पुरुष नेपालगन्ज-८ मा रहेको एउटा मस्जिदमा बस्दै आएका थिए। उनी सोही मस्जिदमा रहेको मदरसामा पढाउने शिक्षक पनि हुन्।

उनी परिवारका आठजनासँगै बस्दै आएका थिए। दुई महिनाअघि उनी उपचारका लागि भारत गएको बुझिएको छ। तर, बाँके प्रहरीका अनुसार उनको यात्रा विवरण भने अझैं पूरा आइसकेको छैन।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको स्वाव परीक्षणमा उनीसहित अर्का एकजना युवामा पनि पोजेटिभ देखिएको थियो। त्यसपछि उनीहरु दुबैजनाको स्वाव काठमाडौं पठाइएको थियो। काठमाडौंको टेकुस्थित केन्द्रिय प्रयोगशालाले दुईमध्ये एकजनाको मात्रै संक्रमण पुष्टि गरेको छ।

२४ वर्षीय अर्का युवाको भने फेरि परीक्षण गरिने भएको छ। उनी बाँकेको डुडुवा गाउँपालिका-४ का हुन्। उनी पनि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए।

नेपालगन्जमा भेटिएका कोरोना संक्रमितलाई उपचारका लागि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ। संक्रमणको आशंका गरिएका अर्का युवा भने क्वारेन्टाइनमै छन्।

नेपालगन्जका चार ठाउँ सिल

नेपालगन्जका एक जनामा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज बजार क्षेत्रका चार ठाउँ सिल गरिएको छ। स्थानीय प्रशासनले डिएसपी रोड, महेन्द्रपार्क क्षेत्र, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

मस्जिदमा बस्दै आएका व्यक्तिलाई भाइरसको संक्रमण पुष्टि भएपछि नेपालगन्जका सबैजसो मस्जिदहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाँकेका मस्जिद र मदरासामा बस्नेको परीक्षण सुरु

मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा नेपालगन्ज क्षेत्रका मस्जिद तथा मदरासामा बस्नेको परीक्षण सुरु भएको छ।

बिहीबार फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद तथा मदरसा स्कुलमा लकडाउनका कारण बस्न बाध्य भएका शिक्षक, धर्मगुरू र विद्यार्थीहरूको स्वाब लिइएको छ।

स्वाब संकलन गर्न प्राविधिक तथा स्वास्थ्यकर्मीहरुसहित पुगेको अनुगमन टोलीले उक्त मदरसाबाट १० जनाको स्वाब लिएको अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिकाकाबाट सहजकर्ताको भूमिकामा रहेका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिए ।

उक्त टोलीमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, मेयर डा. धवल शमशेर राणा, जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, प्रमुख सेनानी नकुल थापा, बागेश्वरी मन्दिरका मुलमहंत चन्द्रनाथ योगी, गुम्बाका धर्मगुरु, चर्च धर्मगुरू, अनुगमन समितिका संयोजक अब्दुल हमिद सिद्दिकी, सदस्यहरु मेराज अहमद हिमालय, इर्शाद राई, शहिदा शाह बानो लगायत रहेको बेहनाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा मँगलवार भएको छलफलमा बाँकेका सबै धार्मिकस्थलमा बसेका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाभित्रका मस्जिद, मदरसा लगायत समुदायमा लकडाउनलाई पूर्णरूपमा लागू गराउन वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनालाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको थियो । मेयर डा.धवलसम्शेर राणाले मुस्लिम आयोगबाट गठित जिल्लास्तरीय अनुगमन समितिलाई सहयोग एवं सहजीकरण गर्न वडाध्यक्ष बेहनालाई जिम्मेवारी तोकेका हुन् ।

अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय समितिले उपमहानगरपालिकाबाट एक जना वडाध्यक्षलाई जिम्मेवारी तोकिदिन अनुरोधसहितको पत्र आएपछि बेहनालाई जिम्मेवारी दिइएको मेयर राणाले बताए । वडाध्यक्ष बेहनाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निभाउने बताउँदै सबै मुस्लिम समुदायलाई लकडाउनको पालना गरेर सघाउन आग्रह गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालबाट फर्किएका दुई भारतीयमा कोरोना संक्रमण पुष्टि, उनीहरू बसेकाे बर्दियाका दुई गाँउ गरियो सिल

बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुरमा कोरोना संक्रमण देखिएको छ । भारतको बहराईच जिल्ला नानपारा जनपद निवासी दुई मजदुरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु अहिले भारतमै छन्।

कोठियाघाट क्रसरमा काम गरिरहेका उनीहरू वैशाख ५ गते बर्दियाबाट भारतको बहराईच गएका थिए।

त्यहाँस्थित अस्पतालमा उनीहरूको परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा कार्यरत उनीहरू घर फर्किएपछि कोरोना पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ। भारतीय प्रहरी कार्यालयले बाँके रबर्दिया जिल्ला प्रहरी र प्रशाशन कार्यालयलाई पत्र लेख्दै नेपालबाट भारत गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

बैशाख ५ गतेसम्म बर्दियामै रहेका ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । गिरीले भारतीय नागरिकसँगै काम गर्दै आएका क्रेसर उद्योगका सबै मजदुरको स्वाव संकलन गरी परिक्षण गर्ने तयारी भईरहेको बताए।

यसैबीच कोरोना उनीहरु त्यहाँ काम गर्दा बस्ने गरेको बर्दियाको ठाकुरबाबा नगरपालिका –२ को सुजनपुर र खुलपुर गाउँलाई पूरै सिल गरिएको छ । नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ सिल गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मास्क र स्यानिटाइजर नि:शुल्क दिन अदालतको आदेश, नेपालगन्जमा टास्क फोर्स गठन

भारतमा कोरोना भाइरसको संक्रमण फैलिदैं जान थालेपछि सीमावर्ती बाँकेमा पनि उच्च सर्तकता अपनाउन थालिएको छ। नेपालगञ्ज देखि १ सय ९० किमी दुरीमा रहेको लखनउमा समेत संक्रमितहरु भेटिइसकेका छन्।

विरुद्ध संक्रमण फैलिन नदिनका लागि बाँकेमा टास्क फोर्स गठन गरिएको छ। नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा बसेको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्क फोर्स गठन गरिएको हो।

यसैगरी बैठकले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसमशेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले कोरोना भाईरस विरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोष आवश्यक पर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख सहयोग गर्ने जानकारी दिएका छन ।

बैठकमा बाँकेको जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपिया सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।

बैठकका अध्यक्षता गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोरोना भाईरस भारतको उत्तरप्रदेश राज्यमा देखिएका कारण नेपालगञ्ज पनि उच्च जोखिममा रहेको भन्दै आम नागरिक सचेत हुनुपर्ने बताईन्। बैठकले अतिआवश्यक काम बाहेक भारत नजान आम नागरिकमा आग्रह समेत गरेको छ ।

मास्क तथा स्यानीटाइजर निःशुल्क दिन अदालतको आदेश
यसैबीच नागरिकको स्वास्थ्य र सुरक्षाको व्यवस्थापनको कार्यन्वयनका लागि सरोकारवाला निकायलाई उच्च अदालत नेपालगन्जले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको गरेको छ ।

बाँके बर्दिया जिल्ला छिमेकी मुलुक भारतसंग जोडिएको र नजिकै लखनउ र दिल्ली रहेकोले त्यहाको यसको संक्रमण फैलिएपछि यहाँका नागरिकमा सन्त्रास बढ्दै जाँदा सार्वजनिक सरोकारको विषय भन्दै यहाँका दुई जिल्लाका १५ वटा कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको हो ।

अदालतमा परेको रिटमाथी सोमबार भएको सुनवाईमा १५ दिनभित्र प्रदेश नंं ५ का मन्त्रालय, र बाँके बर्दिया जिल्लाका विभिन्न कार्यालयका नाममा रिटमा उल्लेख गरिएका विषयबस्तुमा गम्भीर हुन र आवश्यक पहलका बारेमा लिखित जवाफ माग गरिएको छ ।

सरकारले आफ्नो स्रोतको परिचालन गरी जनतालाई स्वास्थ्य अधिकारको प्रत्याभुति दिन कर्तव्य भएको हुदा निवेदकले उठाएको विषयमा सर्वसाधारण नागरिकलाई कोरोना भाइरस रोगको निशुल्क औषधी उपचार, रोकथाम, परिक्षण, निशुल्क मास्क, सेनेटाइजर उपलब्ध गराउनु र सबै विद्यालय, कार्यालय, संघसंस्था, अस्पतालमा समेत हात धुने साबुन, हेण्ड वाशको व्यवस्था तत्काल गर्न गराउन पनि अदालतले आदेश दिएको छ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका तर्फबाट अध्यक्ष विश्वजित तिवारी, नेपालगन्ज १३ का कृष्णमुरारी प्रसाद भट्ट र बर्दिया बढैयातालका प्रतापसिंह थारुले आईतवार अदालतमा रिट दायर गरेका थिए

संक्रमणकाल घोषणा गर्न वाणिज्य संघको आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ ।

उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न संघले सरकारको गम्भीर ध्यानार्कषण गराएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै बिश्वभर फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको र अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना भएको जनाएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतबाट फर्किएका ३ नाबालकसहित शंकास्पद ४ जना भेरी अस्पतालमा

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहँदा नेपाल–भारत सीमाक्षेत्र जमुनहामा स्थापित हेल्थडेस्कले विभिन्न मुलुकबाट भारतीय बाटो हुँदै आउने यात्रुको स्वास्थ्य परीक्षणमा सतर्कता बढाएको छ ।

धेरै अघि नै हेल्थ डेस्क स्थापना गरेर पनि चेकजाँचमा ध्यान नदिइएको आरोप खेपिरहेको जमुनहा हेल्थडेस्कले पछिल्लो ३ दिनमा विदेशबाट आएका १ हजार २ सय यात्रुको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । तीमध्ये शंकास्पद लक्षण देखिएका चारजनालाई भेरी प्रादेशिक अस्पताल पठाइएको छ । उनीहरूमा १००.१ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएका कारण भाइरस परीक्षणका लागि अस्पताल रेफर गरिएको हेल्थडेस्कका स्वास्थ्यकर्मीले बताएका छन् । चारमध्ये ३ जना नाबालक छन् ।

‘स्क्रिनिङका क्रममा ४ जनामा ज्वरो देखिएपछि अनुसन्धानका लागि हामीले भेरी अस्पताल रेफर गरेका छौँ,’ हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी दुर्गा पाण्डेले भनिन् ।

भेरी अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था भने छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र यो सेवा उपलब्ध छ । पाण्डेका अनुसार भेरी अस्पतालले उनीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक ठानेमा रगत तथा ‘थ्रोट स्वाब’को नमुना परीक्षणका लागि काठमाडौं पठाउँछ । पाण्डेले भनिन्, ‘टेकुस्थित प्रयोगशालाले रिपोर्ट दिएपछि मात्र संक्रमणबारे भन्न सकिन्छ ।’

रेफर हुनेमा अछामका साढे दुई वर्षीय बालक अभिषेक चलाउने, तीन वर्षीया बालिका प्रियंका चलाउने, सुर्खेतनिवासी तीन वर्षीय बालक जितेन नेपाली र सुर्खेतकै २६ वर्षीय पुरुष गणेश नेपाली छन् । उनीहरू सबै मुम्बईबाट नेपाल आएको हेल्थ डेस्कले जनाएको छ । अस्पताल रेफर गरिएकामा १००.१ देखि १००.३ डिग्री फरेनहाइटसम्म ज्वरो देखिएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालयलगायतको समन्वय र सहकार्यमा जमुनहा नाका र नेपालगन्ज विमानस्थलमा स्वास्थ्य परीक्षणका लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको थियो । विमानस्थलमा भने शनिबारसम्म कसैलाई अस्पताल रेफर गर्नुपर्ने लक्षण नपाइएको विमानस्थल हेल्थडेस्कका स्वास्थ्यकर्मी सुरज बोहोराले जानकारी दिए ।

कोरोना भाइरसबाट जिल्ला र देशलाई बचाउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्क रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

कोरोनाले पर्व प्रभावित, आयोजना भएनन् होली मिलन
नेपालगन्जमा हरेक वर्ष होलीको छुट्टै रौनक हुने गरेको थियो । तर, यस वर्ष सहरमा होलीको माहोल देखिएको छैन । होली सुरु हुनु एक साताअघिदेखि नै विभिन्न संघ–संस्थाले होली मिलन कार्यक्रम आयोजना गर्थे । तर, यस वर्ष त्यस्ता औपचारिक कार्यक्रम गरिएनन् ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण सतर्कताका लागि सरकारले समूहमा भेला हुने सभा, सम्मेलन, महोत्सव, औपचारिक कार्यक्रमहरू नगर्न सर्वसाधारणमा आह्वान गरेको छ । प्रदेश सरकारले औपचारिक कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन बाँकेले पनि त्यसैअनुसार आह्वान गरेको छ ।

कोरोनाविरुद्ध सतर्कतास्वरूप नै होली मिलनका औपचारिक कार्यक्रम नभएको पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू बताउँछन् । ‘हामी (पत्रकार महासंघ बाँके)ले पनि हरेक वर्ष भव्य रूपमा होली मिलन कार्यक्रम आयोजना गर्दै आएका थियौँ, तर यस वर्ष गर्दैनौँ,’ उनले भने, ‘सतर्कताले ठूलो जोखिम टार्न सकिने भएकाले होली मिलन नगर्ने भएका हौँ ।’

नेपालगन्जको कसौधन समाज, अवधी पत्रकार संघ, अछामी सेवा समाजले बाँकेमा देउडासहित दुई दिन होली मिलन कार्यक्रम आयोजना गर्थे । तर, यस वर्ष कोरोनाविरुद्ध सतर्कता अपनाउन दर्जनभन्दा बढी संस्थाले पनि होली पर्वका कार्यक्रम स्थगित गरेका छन् ।

होली मिलन कार्यक्रम नगरिए पनि होलीलक्षित टिसर्ट र कलरका पसल भने खुलेका छन् । त्रिभुवनचोकदेखि त्रिवेणीमोड, धम्बोझी, घरबारीटोललगायत क्षेत्रमा होलीका लागि रङ विक्रीमा राखिएका छन् ।

सर्वसाधारणमा होली खेल्ने इच्छा नभएको होइन, तर यस वर्ष समूहमा भने होली नखेल्ने कतिपयले बताएका छन् । ‘यसपटक होली घरआसपासमै खेल्छौँ, बाहिर समूहमा भने खेल्न नजाने सोच छ,’ फुल्टेक्राका बिक्की वैश्यले भने ।

हेल्थडेस्क अवलोकन गर्न सीमा पुगे राज्यमन्त्री राउत


स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री नवराज रावत नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्क अनुगमनका लागि पुगेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण जाँचका लागि स्थापना गरेको हेल्थ डेस्कको शनिबार स्थलगत अवलोकन गर्दै मन्त्री रावतले अवस्थाबारे जानकारी दिएका हुन् ।

मन्त्री रावतले नेपालमा कोरोनाको संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको तर सतर्कतामा चनाखो हुनुपर्ने बताए । उनले विमानस्थल र सीमानाकामा हेल्थ डेस्कमार्फत स्वास्थ्यजाँच गरी निगरानी बढाएको जानकारी दिए । औषधि तथा अत्यावश्यक सामग्री अभाव हल्ला मात्रै भएको बताउँदै मन्त्री रावतले पर्याप्त मात्रामा मौज्दात रहेकाले नडराउन आश्वस्त पारे ।

नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिकाले नेपालगन्ज विमानस्थल र सीमामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको जानकारी दिए । स्थानीय सरकारले कोरोना महामारीविरुद्ध पूर्वसावधानीका सम्भावित प्रयास गरिरहेको उनको दाबी छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सहर कुरूप बनाउँदै मेडिकल, म्याद गुज्रेका औषधि सडकमा छरपस्ट

नेपालगन्जमा च्याउझैँ खोलिएका औषधि पसल (मेडिकल)हरूले नगरपालिकाको सरसफाइ अभियानलाई चुनौती दिँदै सहर नै कुरूप हुने गरी फोहोर मिल्काउँदा जताततै फोहोरले दुर्गन्ध फैलाउन थालेको गुनासो बढ्दै गएको छ ।

केही समयसम्म सफाइ महाअभियान नै सञ्चालन गरेको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समयमा नगरको फोहोर व्यवस्थापनमा उदासीनता देखाएको गुनासो नगरवासीको छ ।

नगरमा फोहोर गर्ने जोसुकैलाई कारबाही गरी फोहोर व्यवस्थापनमा सक्रिय हुने उद्घोष गरेको उपमहानगरपालिका भने पछिल्लो समय उदासीन बनेको देखिएको छ ।

यसअघि, नेपालगन्जको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कडा अभियान चलायो । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । तर, गल्ती गर्नेलाई कानुनको दायरामा भने ल्याउन सकेको अवस्था छैन ।

यस्तै, शुक्रबार नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड सिग्नेट होटेलनजिक मेडिकलले ठूलो लापरबाही गरेको छ । मेडिकलबाट खेर गएका औषधि तथा मेडिकलजन्य फोहोरहरू आफूखुसी सडकमा छरपस्ट फालिदिँदा नगरको सौन्दर्य बिग्रनुका साथै मानव स्वास्थ्यमा जोखिम बढेको छ ।

नेपालगन्जका सामाजिक अभियन्ता युवा विशाल रानामगरले सो फोहोरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेपछि यस्तो कुरा बाहिर आएको हो । उनले तस्बिर सेयर गर्दै ‘हामी जनता प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगरपालिकालाई कर तिर्छौं, तर नगर सफा राख्नुपर्ने ठेक्का नगरपालिकाको मात्र हो र ?’ भन्ने प्रश्न तेस्र्याएका छन् ।

म्याद गुज्रिएका औषधि दादागिरी शैलीमा मेडिकलले सडकमै छरपस्ट फालिदिँदासमेत उपमहानगरपालिकाले दोषी पत्ता लगाई कारबाही गर्नसमेत चासो दिएको छैन । कसले र किन यसरी सडकमा म्याद गुज्रिएका औषधिजन्य वस्तु फाल्यो, त्यो अझै पत्ता लाग्न सकेको छैन ।

औषधि बेचेर मोटो रकम असुल्ने यस्ता नाफाखोर मेडिकलका कारण सर्वसाधारणले सास्तीसमेत खेप्नुपरेको छ । अझ मेडिकलबाट उत्सर्ग हुने जोखिमयुक्त फोहोर पनि सडकमै मनोमानी ढंगबाट फालिदिँदा सो स्थान भएर हिँड्ने मानव तथा पशुलाई समेत यसले असर पार्ने जोखिम बढेको छ ।

यद्यपि, उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापनमा ध्यान नदिने नगरवासीलाई कडा कारबाही गर्ने यसअघि नै बताइसकेको छ । तर, नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा यहाँका नागरिकले देखाएको उदासीनताप्रति उपमहानगरपालिका भने मौन देखिएको छ ।

घर, व्यवसाय, पसल, होटेल, उद्योगलगायतबाट उत्सर्ग हुने फोहोरजन्य पदार्थलाई यत्रतत्र फालिएको देखिन थालेको छ । विशेषगरी, पछिल्लो समय अस्पताल तथा अस्पतालजन्य फोहोरले नेपालगन्जको सौन्दर्य बिगार्नुका साथै विभिन्न रोग र संक्रमणको जोखिम बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड होटेल सिग्नेटनजिक शिवाज र साई फर्माअगाडि म्याद गुज्रिएका विभिन्न ब्रान्डका औषधिहरू सडकमै छरपस्ट फालिएका छन् । म्याद गुज्रिएका ट्याबलेट, औषधिका बोतल सडकपेटीसँगै त्यसै फालिँदासम्म सम्बन्धित मेडिकल स्टोरलाई पहिचान गरी कारबाहीसमेत गर्न उपमहानगरपालिकाले चासो दिएको छैन ।

नेपालगन्जका सामाजिक अभियन्ता युवा विशाल रानामगरले सो फोहोरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेपछि यस्तो कुरा बाहिर आएको हो । उनले तस्बिर सेयर गर्दै ‘हामी जनता प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगरपालिकालाई कर तिर्छौं, तर नगर सफा राख्नुपर्ने ठेक्का नगरपालिकाको मात्र हो र ?’ भन्ने प्रश्न तेस्र्याएका छन् ।

उनले यसरी अलपत्र अवस्थामा फालिएको फोहोरलाई केन्द्रित गर्दै भनेका छन्, ‘यसरी फालिएको औषधिजन्य फोहोरले मानव स्वास्थ्यमा असर पार्ने हुँदा जथाभावी बाटोमा ल्याएर औषधि मिल्काउनेलाई पहिचान गरी कारबाही होस् ।’ यसरी सडकमै फोहोरमैला फ्याँक्ने तथा सडकको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाको ठोस योजनाप्रति कटाक्ष गरेका छन् ।

उनले सेयर गरेका तस्बिरमा नेपालगन्जका थुप्रै व्यक्तिले आफ्नो तर्क पनि राखेका छन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । तर, दिनहुँजसो नेपालगन्जबाट उत्सर्ग हुने विभिन्न जोखिमयुक्त फोहोरजन्य पदार्थमा नागरिकको जागरुकता र गल्ती गर्नेलाई कारबाही नगर्दासम्म उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जति नै डम्फु पिटे पनि नगरको फोहोर व्यवस्थापन हुन सक्दैन ।

अझ नेपालगन्ज उप–महानगरपालिका क्षेत्रवरपर उत्पादन हुने अधिकांश फोहोर सडकमै जलाइने गरिन्छ । उप– महानगरपालिकाभित्रका मुख्य र सहायक सडकमा बिहान र साँझको समयमा फोहोर संकलन गरी जलाइने गरिन्छ । नेपालगन्जमा दिनहुँ ३५ टन फोहोर उत्पादन हुनेमा २० टन मात्र व्यवस्थापन गर्ने गरिएको एक तथ्यांकले यसअघि प्रस्ट्याएको छ । नगरको फोहोर व्यवस्थापन पूर्ण रूपमा नहुँदा बाँकी फोहोर सडकमै जलाइने गरेको स्थानीयको भनाइ छ ।

यसरी छरपस्ट फालिने र जलाइने फोहोरले श्वासप्रश्वास, दम, एलर्जी तथा घातक रोगसमेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउँछन् । सडकमा फ्याँकिने र जलाइने यस्ता फोहोर अधिकांश प्लास्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्सर्ग भएका फोहोर हुन्छन् ।

जस्तोसुकै फोहोर सडकमा राखी जलाइँदा नगरको वातावरण दिन प्रतिदिन बिग्रँदै गएको स्थानीयले गुनासोसमेत गरेका छन् । किराना पसल, रेस्टुरेन्ट, मेडिकललगायतबाट दिनहुँ निस्कने फोहोरको सही व्यवस्थापन हुन नसक्नु र मनपरी सडकमा फाल्नु, जलाउनुले मानव शरीरमा यसले नकरात्मक असर पार्ने चिकित्सकहरू बताउँछन् ।

यसरी छरपस्ट फालिने र जलाइने फोहोरले श्वासप्रश्वास, दम, एलर्जी तथा घातक रोगसमेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउँछन् । सडकमा फ्याँकिने र जलाइने यस्ता फोहोर अधिकांश प्लास्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्सर्ग भएका फोहोर हुन्छन् ।
विभिन्न अध्ययनले खुला रूपमा मेडिकलजन्य फोहोर तथा प्लास्टिक फालिदिँदा र जलाइँदा वातावरणसँगै मानव तथा पशुपक्षीमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । त्यसबाट निस्कने धुवाँका कारण दम, मुटुरोग लाग्ने, टाउको दुख्ने र कलेजो एवम् मिर्गौलालाई नकारात्मक असर गर्ने देखिएको छ ।

प्लास्टिक जलाउँदा निस्कने डाइअक्सिन र फ्युरान्स नामक विषादीहरू क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगका कारक बन्ने गरेको पनि विभिन्न अध्ययनबाट पत्ता लागेको छ । वातावरणमा दीर्घकालीन असर गर्ने मेडिकलजन्य फाहोर र प्लास्टिक खुला रूपमा सडकमै छरपस्ट फाल्नु र जलाउनुले नेपालगन्जलाई स्वच्छ बनाउन चुनौती थपिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नाक थुन्दै नेपालगन्ज

नेपालगन्जको प्रवेशद्वार राँझा क्षेत्रको सडक किनारमा फालिएको फोहोर ।

कोहलपुरबाट यात्रा गरी नेपालगन्जको राँझानजिक पुग्दा डुङ्डुङ्ती गन्ध आउँछ । यो गन्ध नेपालगन्ज नगरपालिकाले खाल्डो पुर्नका लागि सडकछेउमा फ्याँकेको फोहोरको हो । राँझाचोक ओहोर–दोहोर गर्ने सर्वसाधारण मात्र होइन, नेपालगन्ज विमानस्थल प्रयोग गर्ने विशिष्ट व्यक्ति, पर्यटक र सर्वसाधारणले फोहोरको दुर्गन्धका कारण नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ । फोहोर फालिएको ठाउँ नेपालगन्जको प्रवेशद्वार हो ।

फोहोरमाथि माटो पटान गरेर त्यसमाथि हरियाली बनाउने वा विस्थापित टहराहरु राख्ने भन्नेमा दुई विवादास्पद तर्क चलिरहेका छन् । तर, फोहोर नछोपिँदा यो ठाउँ भएर हिड्नेहरु दुर्गन्धको मारमा पर्ने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्की उक्त सडक किनारमा माटो पटान गर्न ५२ लाखभन्दा बढी आवश्यक देखिएपछि फोहोरबाटै खाल्डो पटान गर्ने योजनाअनुसार फोहोर फालिएको बताउँछन् । लागत रकम पनि घट्ने र फोहोर व्यवस्थापन पनि हुने भएकाले फोहोर फालिएको उनको तर्क छ । उनले दैनिक रुपमा फोहोर फालिएपछि माटो पटान गर्ने भनिएकोमा नगरपालिकाले त्यसो नगर्दा दुर्गन्ध फैलिएको बताए । पुरिएको खाल्डोमा अस्थायी टहरा बनाई केही टहरामा सब्जी मन्डी, केहीमा विस्थापित ठेला र टहरालाई व्यवस्थापन गरिने उनको भनाइ छ । तर, नगरपालिकाका प्रवक्ता शरदकुमार शर्मा भने माटो पटानपछि वृक्षारोपण गरी हरियाली बगैँचा बनाउने योजना रहेको सुनाउँछन् ।

उपमहानगरपालिकाका कारण यतिवेला हवाई र सडक यातायातबाट नेपालगन्ज प्रवेश गर्ने राँझाचोक भने फोहोरको डंगुरमा परिणत भएको छ । बगैँचा बनाउने कि घरबारविहीनका लागि टहरा बनाउने भन्नेमै अस्पष्टता छ । अहिले राँझाचोक क्षेत्र दुर्गन्धले बसिनसक्नु, हिँडिनसक्नु छ ।

राँझाचोकका स्थानीय सहर प्रवेशद्वारमा दुनियाँ हसाउने काम भएको बताउँछन् । सडकको पूर्वी किनारमा रहेको खाल्डो पुर्ने गरी उपमहानगरमा उठेको फोहोर थुपार्ने काम भएको छ । यसो गर्दा फोहोर व्यवस्थापन गर्न उपमहानगरलाई सजिलो भएको छ ।

उपमहानगरपालिकाका कारण यतिवेला हवाई र सडक यातायातबाट नेपालगन्ज प्रवेश गर्ने राँझाचोक भने फोहोरको डंगुरमा परिणत भएको छ । बगैँचा बनाउने कि घरबारविहीनका लागि टहरा बनाउने भन्नेमै अस्पष्टता छ ।

उपमहानगरपालिकाले फोहोरमाथि बगैँचा वा टहरा बनाउने बताए पनि नकुहिने फोहोरले पुरिएको खाल्डोमा बगैँचा वा टहरा दुवै बनाउन नमिल्ने प्राविधिकहरुले बताएका छन् । ‘नकुहिने फोहोरमा कसरी बिरुवा उम्रिएला ?’ नाम नबताउने सर्तमा नेपालगन्जका एक प्राविधिकले भने । वडाध्यक्ष कार्कीले फोहोर फालेपछि सँगसँगै माटो पटान गर्ने योजना रहे पनि वर्षाका कारण ढिलाइ भएको बताए । उनले भने, ‘छिट्टै खाल्डो पुर्ने योजना रहेकाले दुर्गन्ध पनि चाँडै हट्छ ।’

नेपालगन्जको प्रवेशद्वार राँझा क्षेत्रको सडक किनारमा फालिएको फोहोर ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोदकुमार शर्माले घुम्ती र टहराको व्यवस्थापन नभई सो स्थानमा वृक्षारोपण गरिने बताए । ‘के गर्ने भन्ने निर्णय भइसकेको छैन । विमानस्थलको प्रवेशद्वार भएकाले वृक्षारोपण गरी हरियाली बनाउँदा उपयुक्त हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘घुम्ती र टहरा राख्ने विषयमा मलाई जानकारी छैन ।’ माटो पटानको कार्य वर्षाका कारण ढिला भएकाले वर्षा रोकिएलगत्तै अघि काम अघि बढ्ने उनको भनाइ छ ।

यति मात्र होइन, नेपालगन्ज मुख्य बजार र भित्री क्षेत्रमा हिँड्दा नाक थुन्नुपर्ने बाध्यता छ । मुख्य बजार क्षेत्रमा धुलोको राज छ भने भित्री सडकमा भत्किएका सडकको धुलोमैलो र कुनाकानी थुप्रिएका फोहोर हट्न सकेका छैनन्, जसको मार नेपालगन्जवासीले खेप्दै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै