चिकित्सक संघ निर्वाचन : उपत्यकामा चौथो दिनसम्म ४२.८१% मतदान, सोमबार ७५९ मत, मतदान १ दिन बाँकी

नेपाल चिकित्सक संघ (एनएमए)को २८औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनको दोस्रो चरणको चौथो दिन ७ सय ५९ मत खसेको छ । उपत्यकामा पाँच दिनका लागि मतदान मिति तय भएकोमा चौथो दिन सोमबार ७ सय ५९ मत खसेको केन्द्रीय निर्वाचन अधिकृत डा. नवीन्द्रराज विष्टले जानकारी दिए ।

उपत्यकाको मतदानको पहिलो दिन शुक्रबार ३२६ मत खसेको थियो । शनिबार ८२८ र आइतबार ८०७ मत खसेको थियो । यसअनुसार उपत्यकामा हालसम्म २ हजार ७ सय १९ मत खसेको छ । उपत्यकामा कुल ६ हजार ३ सय ५१ मतदाता छन् । यस हिसाबले मतदानको अन्तिम एक दिन बाँकी रहँदा जम्मा ४२.८१ प्रतिशत मतदान भएको छ ।

यसअघि ४ र ५ माघमा उपत्यकाबाहिरका १६ शाखाका १८ मतदान केन्द्रमा भएको मतदानमा कुल २ हजार ८ सय ५० मत खसेको थियो । यो मोफसलका कुल मतदाताको ८० प्रतिशत हो ।

उपत्यकाबाहिर १६ शाखामा : २८५०
शुक्रबार : ३२६
शनिबार : ८२८
आइतबार : ८०७
सोमबार : ७५९

नेपालको पहिलो पेसागत संगठनको आगामी नेतृत्वका लागि चिकित्सकका दुई प्यानल मैदानमा छन् । कुल १३ पदका लागि दुई प्यानलका २६ र ४ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । निवर्तमान कार्यकारिणी समितिका महासचिव डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह मैदानमा छ । सत्तारुढ नेकपानिकट मानिने पेसागत तथा समावेशी समूहको नेतृत्व डा. पुष्पमणि खरालले गरिरहेका छन् । महासचिवमा २ र सदस्यमा २ चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई उम्मेदवारी दिएका छन् ।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। खासगरी चिकित्सकहरु लोकतान्त्रिक र प्रगतीशील समूहका छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । जसअनुसार लोकान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा चुनावी मैदानमा छ । दुई प्यानलबाहेक महासचिवमा प्रगतीशील समूहबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थप दुई जनाले उमेदवारी दिएका छन् ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहकोषाध्यक्षमा डा. विश्वाराज दवाडी र सहसचिवमा डा. निरजकुमार सिंह मैदानमा छन् । सदस्यहरुमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारी रहेका छन्।

प्रगतीशील समूहले अध्यक्षमा डा. खराल, बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदानमा उतारेको छ । प्रगतीशील समूहबाट सहसचिवमा डा. सैलेन्द्र झा, सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् ।

महासचिवमा बस्नेतसहित डा. अजय कुमार मिश्र, डा. दीपेन्द्र पाण्डेले उमेदवारी दिएका छन् । दुबै प्रगतीशीलबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका उमेदवार हुन्। प्रगतीशीलबाट सदस्यका लागि डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेश कुमार साह, डा. सुमान काफ्ले र डा. त्रिभुवन चन्द्र झा रहेका छन्। तीबाहेक स्वतन्त्र रुपमा सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यस्ताे देखियाे चिकित्सक संघकाे निर्वाचन (भिडियाे)

नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिका लागि जारी निर्वाचनमा उपत्यकामा शुक्रबार पहिलो दिन ३२६ मत खसेको छ । मंगलबार (२१ माघ) सम्म मतदान जारी रहने निर्वाचन कार्यतालिका छ । उपत्यकाका लागि प्रदर्शनीमार्गस्थित संघको केन्द्रीय कार्यालयमा एक मात्र निर्वाचन केन्द्र तोकिएको छ ।

उपत्यकाभित्र एनएमएका कुल ६ हजार ३ सय ५१ मतदाता छन् । शुक्रबार ५.१५ प्रतिशत मात्र मतदान भएको हो । अध्यक्षका दुवै प्रत्याशीले पहिलो दिन नै मतदान गरेका छन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सक संघ निर्वाचन : कांग्रेस, कम्युनिस्ट र केसी फ्याक्टर निर्णायक, को बलियो ?

सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि चिकित्सकहरू चुनावी मैदानमा छन् । शनिबारदेखि सुरु हुने मतदान कार्यक्रम आइतबारसम्म उपत्यकाबाहिरका १६ शाखामा र उपत्यकाभित्र माघ १७ देखि २१ सम्म सम्पन्न हुँदै छ ।

संघको निर्वाचनमा यतिवेला लोकतान्त्रिक तथा प्रगतिशील विचारमा आस्था राख्ने चिकित्सकहरू छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । प्रमुख दुई समूहबाहेक प्रगतिशील समूहसँग असन्तुष्टले छुट्टै समूह स्वतन्त्रको नाममा महासचिवसहित केही सदस्य पदका लागि मैदानमा छ ।

७ पदाधिकारी र ६ सदस्यका लागि ३० उम्मेदवार मैदानमा छन् । उम्मेदवारको संख्या जति भए पनि १३ पदमा दुई प्यानलबीच नै प्रमुख प्रतिस्पर्धा हुनेछ । १२ हजारहाराहारीमा मतदाता रहेको संघको नेतृत्वका लागि पहिलोपटक भोट हाल्दै गरेका करिब आधा सदस्यको आडमा लोकतान्त्रिक समूह सात दशकको बिरासत जोगाउने र प्रगतिशील समूह नयाँ मतदाता र सत्ताको साथ लिएर लोकतान्त्रिक समूहको किल्ला भत्काउने दाउमा छन् ।

देशकै सबैभन्दा पुरानो संगठन संघको भावी नेतृत्वको लडाइँमा स्वच्छ प्रतिस्पर्धा देखिए पनि पर्दापछाडि भने विशेषतः सत्तापक्षीय दलले ठूलो प्रतिष्ठाको लडाइँका रूपमा लिएकाले यसपटकको प्रतिस्पर्धा रोचक र आक्रामक हुने निश्चितप्रायः छ । विशेषगरी, सदस्यताको टुंगो लगाउने अन्तिम दिन नेकपानिकट चिकित्सकहरूले संघमा गरेको प्रदर्शनको शैलीले यसपटकको निर्वाचनमा सत्ताको प्रयोगलाई पनि नकार्न सकिन्न, जहाँ राष्ट्रिय चिकित्सक संघ (पूर्वएमालेनिकट) आबद्ध चिकित्सकहरूले खुला रूपमै गृह प्रशासन प्रयोगको चेतावनी दिइसकेका छन् ।

‘चिकित्सकका हरेक मुद्दामा संघ डटेर लागिरहेकै छ । आक्रमणका घटनामा होस् वा चिकित्सकविरोधी कानुन सच्याउनमा, संघले विनाभेदभाव सबैको हितमा लड्दै आएको छ र परिणाम पनि दिएको छ,’ उनी भन्छन्, ‘त्यत्रो कार्यालय भवन बनेको छ, अन्य नियमित काम त भएकै छन् ।’

सत्ताको दुरूपयोगमा स्वतन्त्र निर्वाचन प्रभावित नहुने अवस्था आउँदा यसपटकको निर्वाचनमा प्रमुख तीन फ्याक्टर निर्णायक बन्ने अनुमान लगाउँछ सकिन्छ । खासगरी कांग्रेस, कम्युनिस्ट र डा. केसी फ्याक्टरले संघको निर्वाचनमा प्रमुख भूमिका खेल्छन् र संघको नेतृत्व र आगामी दिशा देखाउनेछन् । यद्यपि, संघमा उम्मेदवारको व्यक्तिगत जित र मतमा भने (पढेको देश, काम गरेको संस्था, लोकप्रियता, जात र क्षेत्र) ले पनि मतपरिणाममा जबर्जस्त प्रभाव पार्नेछ ।
संघ र नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा समेत धेरथोर पढेको देश चीन, बंगलादेश, रसिया फ्याक्टर बलियो देखिने गरेको छ । जातीय आधारमा नेवार समुदाय र तराई महत्त्वपूर्ण बन्ने गरेको छ भने नेपालभित्रका संस्थाका आधारमा आइओएम, न्याम्स र धरान बलियो फ्याक्टर बन्ने गरेका छन् ।
स्वभाविक एजेण्डा र फ्याक्टरबाहिर गएर नेकपा निकटको समूह भने संघमा पूर्ण रुपमा रुपान्तरण चाहिएको भन्दै वर्तमान र विगतको एनएमए नेतृत्वप्रति कडा रुपमा उत्रिएको छ ।

संघका पूर्वमहासचिव डा. भूपेन्द्र बस्नेत प्रगतिशील समूहले एजेन्डाविनाको ट्रान्स्फर्मेसनको मुद्दा उठाइरहेको बताउँछन् । ‘प्रगतिशील समूहले मात्र ट्रान्स्फर्मेसनको रटान लगाइरहेको छ, तर त्यसका लागि कुनै योजना दिन सकेको छैन,’ उनी भन्छन्, ‘कुनै ठोस आधारविना उठाइने मुद्दा मूल मुद्दाबाट मतदाताको ध्यान हटाएर दिग्भ्रमित बनाउने चाल मात्र हो ।’

डा. बस्नेत संघको विगतको नेतृत्वले केही गरेन भन्नु गलत मान्छन् । ‘चिकित्सकका हरेक मुद्दामा संघ डटेर लागिरहेकै छ । आक्रमणका घटनामा होस् वा चिकित्सकविरोधी कानुन सच्याउनमा, संघले विनाभेदभाव सबैको हितमा लड्दै आएको छ र परिणाम पनि दिएको छ,’ उनी भन्छन्, ‘त्यत्रो कार्यालय भवन बनेको छ, अन्य नियमित काम त भएकै छन् ।’

विरोधकै लागि विरोध गरेर मत माग्नुभन्दा पनि आफ्नो एजेन्डा दिएर मतदातालाई आकर्षित गर्नुपर्ने डा. बस्नेतको भनाइ छ । ‘आफ्नो एजेन्डा दिएर भोट माग्नु स्वाभाविक हो, तर अर्काले काम गरिरहँदा यो गरेन, ऊ गरेन भनेर भ्रम छरेर भोट खोज्नु गलत हो,’ प्रगतिशील समूहको चुनाव प्रचारको शैलीसित असहमति जनाउँदै डा. बस्नेत भन्छन्, ‘यो कुरा चिकित्सकजस्तो उच्च बौद्धिकस्तरका मतदाताले अवश्य पनि बुझ्नु नै हुनेछ ।’

कांग्रेस फ्याक्टर
राजनीतिक रूपमा अन्य पेसागत संगठनमा जस्तो दलीय दबदबा नदेखिए पनि संघको निर्वाचनमा आस्थाका आधारमा ठूलो संख्यामा मतदाताको समर्थन छ जसको फाइदा वर्षैंदेखि प्रजातान्त्रिक समूहले उठाउँदै आएको छ ।

आस्थाकै आधारमा हेर्दा डेमोक्र्याटिक चिकित्सकको संख्या बढी रहेको सन्दर्भमा आज पनि आफ्नो समर्थकको मत बचाइराख्न सक्दा डेमोक्र्याटिक समूह प्रगतिशीलभन्दा धेरै बलियो छ । ६ हजारहाराहारीमा नयाँ सदस्य थपिँदा स्वाभाविक रूपमा अहिलेको कार्यसमिति हाँकिरहेको सन्दर्भमा यही समूहको वर्चश्व छ भन्नेमा दुविधा छैन । तीबाहेक संघका अधिकांश शाखामा समेत कांग्रेस निकट चिकित्सककै पकड बलियो हुनुले पनि चिकित्सक संघ निर्वाचनमा कांग्रेस फ्याक्टर सबैभन्दा बलियो र प्रमुख फ्याक्टर हो ।

देशभर नेकपाको दुईतिहाइनजिकको बहुमत भएको, विशेषगरी सत्ता र स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत नेकपाको हातमा रहेको अवस्थामा सरकारी संयन्त्रको भरपूर फाइदा उठाएर पनि प्रगतिशील समूहको उपस्थिति बलियो बनाउने प्रयास जारी छ ।

कम्युनिस्ट फ्याक्टर
२६औँ कार्यकारिणी समितिका लागि डा. अञ्जनीकुमार झाको नेतृत्वमा लोकतान्त्रिक समूह मैदानमा उत्रिरहँदा चिकित्सक संघभित्र कम्युनिस्ट शक्ति लोेकतान्त्रिक समूहकै बागी नेतृत्वलाई साथ दिने अवस्थामा थियो । यस अर्थमा प्रगतिशील समूहले भरपर्दो उम्मेदवारसमेत नपाएको अवस्था थियो । तर, प्रगतिशील समूहले २७औँ कार्यकारिणी समितिका लागि तीन वर्षअघि भएको निर्वाचनपछि संघमा उपस्थिति बढाउँदै गएको छ । तर, धेरै चिकित्सक त्यतिवेलाको मतका लागि प्रगतिशील समूहले दिएको उम्मेदवारलाई प्रमुख कारक ठान्छन् । मतभन्दा पनि संघको नेतृत्वमा नयाँ समूह चाहिन्छ भन्दै प्रगतीशील उमेदवारले यसैलाई प्रमुख एजेण्डा बनाएको देखिन्छ ।

यसबीचमा राष्ट््रिय चिकित्सक संघका नाममा विशेषगरी प्रगतिशील समूहका चिकित्सकले डा. गोविन्द केसी र चिकित्सक संघले उठाएका विभिन्न मुद्दामा विभाजन ल्याउने र सत्ताको बचाउमा पेसागत एकता भत्काउने प्रयास गरेका कारण पुरानो अवस्था र उपस्थिति गुणात्मक रूपमा बढ्न नसकेको त्रासमा नेकपानिकटकै चिकित्सक छन् ।
यद्यपि, देशभर नेकपाको दुईतिहाइनजिकको बहुमत भएको, विशेषगरी सत्ता र स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत नेकपाको हातमा रहेको अवस्थामा सरकारी संयन्त्रको भरपूर फाइदा उठाएर पनि प्रगतिशील समूहको उपस्थिति बलियो बनाउने प्रयास जारी छ ।अर्कोतिर सत्ताको आडमा फाइदा लिन खोज्दैगर्दा सरकारको अलोकप्रियताको भारी पनि सो समूहमाथि नपर्ला भन्न सकिन्न ।

यसको संकेत प्रगतीशीलका उमेदवार देश दौडाहामा जाँदा सरकारी संयन्त्रले गरिदिएको सहयोग र सहजीकरणले पनि गर्छ । तर, तुलनात्मक रूपमा अघिल्ला निर्वाचनभन्दा अनुकूल अवस्था हुँदा पनि प्रगतिशील समूहले प्यानल बनाइसक्दा १३ जना उम्मेदवारसमेत उभ्याउन नसक्नुले समर्थकको मनोबल पक्कै कमजोर बनाएको छ । यतिसम्म कि कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका डा. सञ्जीवकुमार साहलाई पछि प्यानलको उम्मेदवार बनाएको विषयसमेत विवादित बन्नुले राजनीतिक रूपमा एक भएका दुई ठूला पार्टीनिकट चिकित्सकले संघको नेतृत्वको सन्दर्भमा एक भएर मैदानमा लोकतान्त्रिक समूहको सामना गर्छ वा फुटेर भन्ने कुराले भावी नेतृत्वको सन्दर्भमा धेरै फरक पार्छ ।

डा. केसी फ्याक्टर
चिकित्साशिक्षा सुधारका लागि एक दशकभन्दा लामो समयदेखि संघर्षरत डा. गोविन्द केसी चिकित्सक राजनीतिका अभिन्न शक्ति हुन् । खासगरी एमबिबिएस शुल्क घटाउने, पिजी निःशुल्क गर्ने, चिकित्सका सेवा–सुविधा वृद्धिका एजेन्डासँगै डा. केसी आन्दोलनबाट लाभान्वित भएका र उनको अभियानलाई सम्मान गर्नेहरूको जमात चिकित्सा पेसामा निकै फैलिसकेको छ । मतदातालाई प्रभावित पार्न डा. केसी आफैँ मैदानमा नउत्रिए पनि डा. केसीसँग एजेन्डामा काम गरेकाहरूले मत परिणामलाई प्रभावित पार्न सक्छन् । यस आधारमा डा. केसी मृत्युशय्यामा रहँदा संघले घोषणा गरेको कार्यक्रमको प्रतिकारमा उत्रिएको विषयले यसपटक नेकपानिकट चिकित्सकलाई घाटा पुर्याउने त्रास छ ।

अर्कोतर्फ नेकपाले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका महासचिवका उम्मेदवार डा. दीपेन्द्र पाण्डेसहित सुरुमा डा. केसीसँगै रहेर नेपाल मेडिकल काउन्सिललगायतमा निर्वाचन जितेका चिकित्सक पछि सत्ताको लोभ र दबाबमा डा. केसीको विपक्षमा उभिएको विषयले पनि निर्वाचनमा राम्रै प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकले समेत सत्ताको बचाउ र डा. केसी अभियान तुहाउन भूमिका खेलेको विषय यसपटक जबर्जस्त रूपमा उठेको छ । यस आधारमा डा. केसीका एजेन्डामा समर्थन वा विरोधकै विषय पनि चिकित्सक संघको निर्वाचन परिणाम फरक पार्ने फ्याक्टर बन्नेछ ।

मुलुकी संहिता ऐन संशोधन, डा. केसीको अनशन, भ्याट दर्ता हटाउने, ५ प्रतिशत कर फिर्ताका सन्दर्भमा कार्कीको सशक्त भूमिकाकै कारण लोकतान्त्रिक समूहले उनलाई मैदानमा उतारेको हो । तुलनात्मक रूपमा संघमा रहेर गरेको कामले अध्यक्षका दुई प्रत्याशीमध्ये डा. कार्की स्वाभाविक रूपमा बलिया छन् ।

३ फ्याक्टरले कसलाई कति फाइदा, कति बेफाइदा ?
उम्मेदवार छनोट हुने अवस्थासम्म महासचिवलगायत केही पदलाई लिएर चुलिएको असन्तुष्टि यसपटक लोकतान्त्रिक समूहका लागि भारी पर्ने अनुमान धेरैको थियो । समूहलाई नै जिताउन सक्ने मानिएका अधिकांश चिकित्सकको दाबी महासचिवमै केन्द्रित भएको अवस्थामा छताछुल्ल भएको असन्तुष्टि केही दिनमै सल्टाउन सक्नु लोकतान्त्रिक समूहको सबैभन्दा ठूलो सफलता बनेको छ । मतदानको अघिल्लो दिनसम्म आइपुग्दा लोकतान्त्रिक समूह एकढिक्का भएर मैदानमा छ । यसको अर्थ आफ्नो आस्था र परम्परागत भोट मात्रै जोगाउन सक्यो भने पनि लोकतान्त्रिक समूहलाई हराउन सहज छैन । त्यसमा पनि अध्यक्षका उम्मेदवार डा. लोचन कार्कीले बिदा हुँदै गरेको संघको कार्यसमितिमा रहेर सबैभन्दा महत्त्वपूर्ण काम गरेको फाइदा उठाउन सक्छन् ।

मुलुकी संहिता ऐन संशोधन, डा. केसीको अनशन, भ्याट दर्ता हटाउने, ५ प्रतिशत कर फिर्ताका सन्दर्भमा कार्कीको सशक्त भूमिकाकै कारण लोकतान्त्रिक समूहले उनलाई मैदानमा उतारेको हो । तुलनात्मक रूपमा संघमा रहेर गरेको कामले अध्यक्षका दुई प्रत्याशीमध्ये डा. कार्की स्वाभाविक रूपमा बलिया छन् ।

अर्का प्रत्याशी डा. पुष्पमणि खरालले पनि यसबीचमा चिकित्सक हितसँग जोडिएका धेरै अभियान र कार्यक्रमको नेतृत्व लिए । तर, अघिल्लो निर्वाचनमा स्वतन्त्र भन्दै उम्मेदवार बनेका खराल यसपटक नेकपानिकट चिकित्सकको उम्मेदवार बन्नुले उनको परम्परागत भोट पनि जोगिन्न कि भन्ने त्रास नेकपाकै चिकित्सकहरू व्यक्त गर्छन् ।

अर्कोतिर प्यानलका आधारमा पनि दुई दलको एकीकरणबाट बनेको नेकपामा महासचिवकै लागि भएको रस्साकस्सीले सम्पूर्ण टिमको एकतामा अघात पुगेको छ । यसको बलियो उदाहरण भनेको महासचिव पदमा परेको तीनजनाको उम्मेदवारी हो । महासचिवका कुल चार उम्मेदवारमध्ये तीनजना नेकपानिकट हुुनुले पनि प्यानलकै मतमा असर पार्छ कि भन्ने त्रास देखाएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका डा. दीपेन्द्र पाण्डे र डा. अजय मिश्रको उपस्थितिको पूर्ण घाटा प्रगतिशील समूहका आधिकारिक उम्मेदवार डा. मधुर बस्नेतलाई पर्ने देखिन्छ ।

लोकतान्त्रिक समूहका तर्फबाट महासचिवमा उम्मेदवारी दिएका डा. बद्री रिजाल आइओएमको स्ववियू उपसभापतिदेखि सरकारी चिकित्सक संघको अध्यक्ष हुँदा डा. केसीका एजेन्डामा सधैँ साथमा देखिएकाले उनलाई निकै बलियो उम्मेदवारका रूपमा हेरिएको छ । महासचिवमा प्रगतिशीलका समर्थक तीनजनाको भिडन्तले बद्रीलाई थप सहज बनाइदिएको छ ।

वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ र डा. रक्षा श्रेष्ठ मैदानमा छन् । अघिल्लो निर्वाचनमा रक्षाले जातीय भोटको बलमा जितेको आकलनका साथ यसपटक लोकतान्त्रिक समूहले डा. शिवलाई मैदानमा उतारेको छ । गत निर्वाचनमा प्रगतिशील समूहबाट जित्ने उनी एक मात्र उम्मेदवार हुन् । यद्यपि, संघको कोषाध्यक्षमा रहेर पनि संस्थागत निर्णयको विपक्षमा उत्रिएको, पूर्ण कार्यकाल संघलाई नदिएको विषयले रक्षालाई कति फाइदा वा बेफाइदा हुन्छ, त्यो भने निर्वाचन परिणामले नै देखाउनेछ ।

उपाध्यक्षका सन्दर्भमा चिकित्सकमाझ लोकप्रिय र आक्रामक छवि बनाएका डा. अनिल कार्कीलाई डा. रन्जित झाको टक्कर व्यक्तिगत रूपमा खासै भारी नपर्ला । प्रमुख पदमा तुलनात्मक रूपमा बढी प्रतिस्पर्धा देखिए पनि अन्य पदमा लोकतान्तिक समूहका उम्मेदवार संगठनात्मक र व्यक्तिगत दुवै हिसाबले लोकप्रिय देखिएका छन् ।

उपत्यकाभित्र र बाहिर गरी दुई चरणमा हुने निर्वाचन खासगरी लोकतान्त्रिक समूहका लागि पुरानो साख बचाउने चुनौतीका रूपमा छ भने प्रगतिशील समूह सत्ताको भर लिएरै भए पनि किल्ला भत्काउने ध्याउन्नमा छ । यस अर्थमा संघको निर्वाचन प्रतिस्पर्धात्मक र रोचकसमेत हुनेछ ।

प्यानल : लोकतान्त्रिक समूह

प्यानल : प्रगतीशील समूह

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एनएमएलाई सही दिशामा लान सक्छु भन्ने आत्मविश्वास छ

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिको निर्वाचनमा महासचिवमा उम्मेदवारी दिनुभएको छ । तपाईंको पदमा ४ जना प्रत्याशी हुनुहुन्छ । तपाईंलाई नै भोट दिनुपर्ने आधार के ?

मैले नेपाल चिकित्सक संघको महासचिवमा उम्मेदवारी दिइरहँदा म कहाँ नेतृत्व गरेर आएको हुँ भन्ने कुराले महत्त्व राख्छ । म एमबिबिएस अध्ययन गर्दैदेखि संगठनमा सक्रिय रहँदै आएको छु । महाराजगन्ज कलेजमा स्ववियू उपसभापतिका रूपमा काम गर्ने अवसर पाएको थिएँ । त्यसैले विद्यार्थीकालदेखि नै चिकित्सकका समस्याबारे अवगत छु । त्यसपछि पेसा अँगालेपछि पनि निरन्तर संगठनको काममा सक्रिय भएका कारण म चिकित्सकका समस्या कसरी समाधान गर्नुपर्छ भन्नेमा स्पष्ट छु र त्यसका निम्ति निरन्तर अग्रस्थानमा रहँदै आएको पनि छु ।

मैले सरकारी चिकित्सक संघ (गोदान) को नेतृत्व गर्ने अवसर पाएँ । एक कार्यकाल गोदानको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दा धेरै कुरा सिकेको छु । अहिले संघको केन्द्रीय कार्यकारिणी समितिको सदस्यका रूपमा एक कार्यकाल पूरा गरिसकेको छु । यसक्रममा मैले संघलाई राम्ररी बुझ्ने मौका पाएको छु । विद्यार्थीकालदेखि नै संगठनको अनुभव, पेसागत संगठनहरूमा खेलेको नेतृत्वदायी भूमिका र संघमा एक कार्यकालको अनुभवले संघलाई आगामी दिनमा कसरी अगाडि लिएर जानुपर्छ भन्नेमा म स्पष्ट छु र त्यसनिमित्त योग्यतासमेत विकास गरिसकेको छु । त्यसैले संघको नेतृत्व तहमा रहेर योगदान गर्ने अवसरका रूपमा महासचिवमा उम्मेदवारी दएको हुँ । संघलाई सही दिशामा लान सक्छु भन्ने आत्मविश्वास ममा छ ।

नेपाल चिकित्सक संघ देशको पहिलो पेसागत संगठन हो । यसले ७ दशकभन्दा लामो समयदेखि चिकित्सकको हकहित र नागरिक अधिकारको क्षेत्रमा समेत काम गर्दै आएको छ । आगामी दिनमा पनि चिकित्सकको हकहितमा धेरै काम गर्न बाँकी छ । अझै पनि चिकित्सकका पेसागत समस्या धेरै छन् र समयअनुसार नयाँ–नयाँ समस्या आइरहन्छन् । हामीले चिकित्सकको हितमा धेरै उपलब्धि हासिल गरेका छौँ र कतिपय महत्त्वपूर्ण काम प्रक्रियामा छन् । ती काम कुन अवस्थामा छन्, प्रगतिको अवस्था कस्तो छ र कहाँ–कहाँ पुगेका छन् भन्नेबारे मेलै करिब ३ वर्ष कार्यसमितिमा बसेर काम गर्दा गहिरो रूपमा बुझ्ने मौका पाएको छ । त्यसैले पनि माहासचिवमा निर्वाचित भएपछि मलाई काम गर्न सहज हुने विश्वास छ ।

लामो अनुभव सुनाउनुभयो, निर्वाचन प्रचारका क्रममा देशभरका चिकित्सकलाई भेटि पनि सक्नुभयो । खासमा चिकित्सकका समस्या के रहेछन् ?
चिकित्सकका समस्या धेरै छन् । पहिलो कुरा त चिकित्सकले सम्मानजनक तलब र सेवासुविधा पाइरहेका छैनन् । हामीले संघमार्फत चिकित्सकले कामको संवेदनशीलता र जोखिमअनुसार पारिश्रिमक पाउनुपर्छ भन्ने माग सरकारसमक्ष पटक–पटक राख्दै आएका छौँ । यसमा केही प्रगति पनि भएका छन् र टुंगोमा पुर्याउने काम हाम्रो नयाँ कार्यसमितिको प्राथमिकतामा रहनेछ । अर्को पक्ष पेसागत सुरक्षाको हो । चिकित्सकमाथि यो वा त्यो रूपमा आक्रमणका प्रयास भइरहेका छन् । चिकित्सकको सुरक्षासम्बन्धमा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा ‘जेल विदाउट बेल’ (विनाधरौटी जेलचलान) को प्रावधानसहित कानुन संशोधनको विषय संघले जोडदार रूपमा उठाउँदै आएको छ । संघकै दबाबका कारण यो कानुन मन्त्रालयबाट स्वीकृत भई मन्त्रिपरिषद्मा पुगेको अवस्था छ । तर, लामो समयदेखि मन्त्रिपरिषद्मै अड्किरहेको छ । नयाँ कार्यसमितिले यसलाई निष्कर्षमा पुर्याउनुपर्नेछ ।

मैले ३–४ वटा संगठनलाई नेतृत्व दिइसकेको छु । विद्यार्थीकालमा स्ववियू उपसभापति हुँदादेखि नै म चिकित्सकका समस्यासित अवगत छु । संघको कार्यकारिणी सदस्यको जिम्मेवारी पूरा गर्दासम्म क्रमिक रूपमा नेतृत्व क्षमता विकास गरेरै आएको हुँ । महासचिवमा मेरो उम्मेदवारी महात्त्वकांक्षी नभएर चिकित्सक साथीहरूले मेरो सांगठनिक योग्यतामा गर्नुभएको भरोसा हो ।

पोस्ट ग्राजुएट र अन्डर ग्राजुएटको बीचमा ठूलो खाडल छ । यसलाई न्यूनीकरण गर्नुपर्छ भन्ने आवाज हामीले निरन्तर उठाइरहेका छौँ । यसमा पनि हामी नयाँ कार्यसमितिमा आएपछि समाधानतर्फ लिएर जान्छौँ, जुन हाम्रो प्रतिबद्धतामै छ । सँगसँगै हामीले प्रतिबद्धतापत्रमा नेसनल ट्रिटमेन्ट प्रोटोकल बनाए जाने, स्वास्थ्य बिमालाई सफल बनाउने, स्वास्थ्य बिमा कार्यक्रमको कभरेज बढाउन सम्बन्धित निकायमा दबाब दिनेजस्ता विषय समावेश गरेका छौँ । नीति–नियम बनाउँदा चिकित्सा पेसालाई कसरी मर्यादित बनाउन सकिन्छ भन्नेमा पनि हामी सजग छौँ । यी सबै विषयलाई चरणबद्ध रूपमा अगाडि लैजाने योजनासहित हामी मतदातामाझ प्रस्तुत भएका छौँ ।

सदस्यबाट एकैपटक महासचिवमा उम्मेदवारी दिनु महत्वाकांक्षी भएन र ?
मैले यसअघि तीन–चारवटा संस्थाको अध्यक्ष भएर काम गरिसकेको छु । अघिल्लो कार्यकालमा सदस्यका रूपमा केन्द्रीय कार्यकारिणीमा प्रवेश गरेर संस्थालाई बुझेँ, संघ कसरी चल्छ, के–के काम गर्नुपर्छ भन्ने सूक्ष्म अध्ययन गरेँ । क्रमिक रूपमा नेतृत्व क्षमता विकास गरेर नै अहिले महासचिव पदमा उम्मेदवारी दिएको हुँ । संघका अग्रज तथा अनुजहरूले ममा त्यो योग्यता देखेर नै यो महत्त्वपूर्ण जिम्मेवारीका लागि मलाई अघि सार्नुभएको हो । सार्थीहरूले टिममा स्वीकार गरेको हुनाले नै जिम्मेवारी राम्रोसँग वहन गर्नुसक्छु भन्ने ममा आत्मविश्वास छ ।

प्यानलका अन्य साथीको एकजना मात्र प्रतिस्पर्धी हुँदा तपाईं तीनजनासित भिड्दै हुनुहुन्छ । तपाईंका फरक एजेन्डा के छन् ?
नेपाल चिकित्सक संघ आमचिकित्सकको अधिकार र पेसागत सुरक्षाका लागि लड्ने संगठन हो । चिकित्सकलाई आइपर्ने तत्कालका समस्या समाधान गर्नुपर्ने अवस्थामा हामीले सार्थक पहल गर्दै आएका छौँ र भविष्यमा पनि गर्ने नै छौँ । यसबाहेक नीति–निर्माणका क्रममा राज्यले सल्लाह–सुझाब मागेको खण्डमा संघले सहयोग गर्छ । चिकित्सकको समायोजन तथा पदस्थापनका क्रममा यसरी गर्दा चिकित्सक पनि सुरक्षित र खुसी हुन्छन् र चिकित्सा क्षेत्र पनि राम्रोसँग चल्छ भन्ने सुझाब दिन्छौँ ।

चिकित्सासम्बन्धी ऐन, नियम बन्दा मन्त्रालय तथा सम्बन्धित निकायबाट सुझाब मागेको खण्डमा सम्बन्धित विशेषज्ञको टिम बनाएर छलफल चलाउँछौँ र यासो गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिन्छौँ । तर, चिकित्सकलाई अप्ठ्यारो पार्ने गरी वा अधिकार सीमित गर्ने गरी ऐन, नियम ल्याइएमा त्यसको डटेर सामना गर्छौं । हामीले मुलुकी संहिता ऐनमा आएका चिकित्सकविरोधी प्रावधान संशोधन गर्न बाध्य बनाएकै हौँ । हाम्रो एजेन्डामा चिकित्सकको सुरक्षा र हक केन्द्रमा रहन्छ, त्यसलाई अगाडि बढाउने हामीसित विस्तृत योजना छ । सम्मानजनक तलबको विषयमा मन्त्रालयमा एक चरणमा छलफल भइसकेको छ, त्यसलाई अगाडि बढाउन हाम्रो जोड हुनेछ ।

तपाईंले गोदान र अन्य संस्थाको पनि नेतृत्व गरिसक्नुभएको छ । त्यहाँ रहेर पूरा गर्न नसकेका के काम संघमा रहेर गर्नुहुन्छ ?
८–९ तहको चिकित्सक प्राथमिक स्वास्थ्यकेन्द्रमा जाँदा प्रशासनतर्फको ७औँ तहको कर्मचारीले हेर्ने व्यवस्था छ । यसमा समानता छैन । हामीले सरकारी चिकित्सक संघमा हुँदा केन्द्रीय लोकसेवामार्फत सेवा प्रवेश गरेका सम्पूर्ण चिकित्सक संघमातहत आउनुपर्छ भन्ने आवाज उठाएका थियौँ । यो विषय छलफलको क्रममा छ, जसलाई निष्कर्षमा पुर्याउनु जरुरी छ । हाम्रो नयाँ कार्यसमितिले यसमा पहल गर्छ । त्यस्तै, चिकित्सकको सुरक्षा, तलब, वृत्ति–विकासका विषय विगमा उठाएको थिएँ तर निष्कर्षमा पुग्न सकेका छैनन् । अब संघमार्फत नै त्यसमा केन्द्रित हुनेछौँ ।

एउटा चिकित्सकले दुर्गममा गएर काम गर्दा अहिलेको अवस्थामा आफ्नो जीवनयापनसमेत गर्न सक्ने अवस्थामा छैन, पढ्दाको महँगो लगानी त छँदै छ । एउटा मेडिकल अफिसरलाई एक संस्थामा मात्र काम गर्नुपर्यो भने कति दिँदा उसको जीवनयापन गर्न सहज हुन्छ, उसका स्वाभाविक आवश्यकता सम्बोधन हुन सक्छन्, त्यहीअनुसार तलब दिनुपर्छ भन्ने आवाज उठाएका छौँ । यहीअनुसार अन्य तहमा पनि छ । सुविधा दिनुपर्छ भनेर पहिले नै आवाज उठेको हो, एक तहमा कुरा पुग्यो तर त्यसपछि वार्ता भए अगाडि बढ्न सकेन । त्यसैले निजामती कर्मचारीको स्वास्थ्य सेवा ऐनले मात्र भएन, चिकित्सक ऐन चाहिन्छ भनेर हामीले भनिरहँदा स्वास्थ्य सेवा ऐनलाई पनि निजामतीमा गाभेको छ । चिकित्सा क्षेत्रलाई सुधार गर्न जुन स्वास्थ्य सेवा ऐन आएको थियो, त्यो अपर्याप्त भएकाले चिकित्सकलाई छुट्टै, नर्स तथा फ्याकल्टीका लागि छुट्टै ऐन हुनुपर्छ भनेर मन्त्रालयमा छलफल भएको थियो । तर, सबै खारेज गरेर सबैलाई निजामती ऐनमा राखिएको छ । सेवाको विशिष्टताअनुसार ऐन बन्नुपर्छ र त्यसअनुरूप सुविधा हुनुपर्छ भन्नेमा हामी जोडदार रूपमा अघि बढ्छौँ ।

अन्तमा थप केही भन्न चाहनुहुन्छ ?
नेपाल चिकित्सक संघ विशुद्ध पेसागत संगठन हो । यसले चिकित्सकको हकहितका लागि विगतदेखि लड्दै आएको छ । आगामी दिनमा मैले महासचिवको जिम्मेवारी वहन गरेको खण्डमा जुन काम पूरा भएका छैनन्, तिनलाई निष्कर्षमा पुर्याउनेछौँ । चिकित्सकको सेवा–सुविधा र अन्य हकहितको रक्षाका लागि आवश्यक परेको हदसम्म कदम चाल्न हामी तत्पर छौँ । चिकित्सकको सम्मान र चिकित्सा क्षेत्रको साख जोगाउन हामी सफल हुनेछौँ भन्ने विश्वास छ । हाम्रो टिम पनि चुस्त–दुरुस्त र सबैले अपनत्व महसुस गर्न सक्ने गरी तयार गरेका छौँ । त्यसैले चिकित्सक साथीहरूले हाम्रो टिमलाई मतदान गरेर संघलाई योगदान गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

(डा. रिजाल, नेपाल चिकित्सक संघका लागि लोकतान्त्रिक प्यानलबाट महासचिव पदका उमेदवार हुन् )

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

म केही गरौँ भन्ने भावना बोकेर निष्ठापूर्वक लागिरहेको छु

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको २८औँ कार्यकारणी समितिको निर्वाचनमा अध्यक्षमा उम्मेवारी दिनुभएको छ । चुनाव प्रचारका क्रममा देशभर घुम्नु भयो । चिकित्सकका समस्या के पाउनुभयो ?
मैले संघका रहेर झण्डै दश वर्षसम्म काम गर्दा देशभरका चिकित्सकका तमाम समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएँ । पछिल्ला दिनमा देशभरका अग्रज एवं साथीहरुसँग भेटघाटका क्रममा मैले बुझेका कुराहरुलाई अझै संश्लेषण गर्ने अवसर मिल्यो । अहिलेको सन्दर्भमा चिकित्सहरूको प्रमुख समस्या सुरक्षाको नै रहेको छ । किनभने, काम गर्ने वातावरण छैन । वेला–वेलामा अस्पतालहरूमा तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांकेतिक हमला भइ नै रहेका छन् । यसले गर्दा काम गर्ने सहज वातावरण छैन ।

दोस्रो भनेको समयसापेक्ष तलबको कुरा प्रमुख रूपमा उठेको छ । राज्यले अध्ययनका लागि यति शुल्क भनेर तोक्ने त गरेको छ र बर्षेनि बढाइ पनि रहेको छ, तर चिकित्सकको तलबबारे स्पष्ट धारणा राखेको छैन । धेरै लामो समय र ठूलो लगानीमा अध्ययन गरेर डाक्टर बनेपछि दिनरात खटिँदा पनि तलबचाहिँ समयसापेक्ष नभएको सबै चिकित्सक साथीभाइको गुनासो छ ।  एमबिबिएस पढेका चिकित्सक थुप्रै आइरहेका छन्, तर पोस्टग्राजुएटको सिट कम भइरहेको छ । यसले गर्दा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएटबीचको खाडल धेरै भइरहेकोलगायत थुप्रै मुद्दा छन् ।

नेपाल चिकित्सक संघले बितेको कार्यकालको ३ वर्षमा गरेका कामप्रति चिकित्सकमा राम्रै सन्तुष्टि देखिन्छ । किनभने, यसबीचमा एनएमएले उठाएका मुद्दाहरू निकै महत्त्वपूर्ण थिए, जसमा हामीले प्रभावकारी रुपमा काम गर्न सकेका रहेछौ भन्ने अभास मलाई चिकित्सकहरुसँगको भेटबाट भयो । हामीले मुलुकी ऐनमा आमचिकित्सकको पक्षमा अडान, डाक्टरहरूलाई भ्याटबाट हटाउनु, नयाँ भवन निर्माण, सोसाइटीहरूलाई एउटै छातामुनि ल्याउनुलगायत अन्य थुप्रै काम गर्यौँ । त्यसैगरी, जुनियर डाक्टरहरूलाई एउटै संस्थामा ल्याउनका लागि जुनियर कमिटीको गठन गरियो । अनुसन्धानतर्फ सयभन्दा बढी काम उपत्यकामा र उपत्यकाबाहिर गरियो । देशैभरका चिकित्सक साथीहरूले अहिलेको कार्यसमितिले गरेका कामको प्रशंसा गर्नुभएको छ ।

हाम्रो कार्यसमितिले अघि सारेका डाक्टरका कतिपय मुद्दा केही मन्त्रिपरिषद्सम्म पुगेका छन् भने केही अर्थ मन्त्रालयमा गएर अड्किएका छन् । यस्ता अधुरा कामलाई नयाँ कार्यसमितिमा आएसँगै पूरा गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ ।

तपाईंले जित्ने आधार के छन् ?
डाक्टरहरू आफ्नो बुद्धिवेवकले काम गर्छन् । उनीहरूले मूल्यांकन गर्ने भनेको २ वटा कुराले हो । ३ वर्षमा हालको कार्यसमितिले के–के काम गर्यो त्यो एउटा पक्ष भयो । अर्को भनेको अब आउने टिम कस्तो छ र त्यसले काम गर्न सक्ला वा नसक्ला भन्ने विश्लेषण हो ।

हामीले ३ वर्षको कार्यकालमा थुप्रै काम गरेर देखाइसकेका छौँ । मुलुकी ऐन चिकित्सकहरूको घाँटीको तरबारका रूपमा आइरहेको अवस्थामा अन्य प्रोफेसनल संगठनले गर्न नसकेको अवस्थामा हामीले डाक्टरहरूलाई साहस दिने काम गरेका छौँ । कुनै पनि घटना घटेको खण्डमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षतामा बनेको ५ जनाको कमिटीको छानबिनको रिपोर्टअनुसार दोषी पाइए मात्र कारबाही अगाडि बढाउने निर्णय भएको छ ।  यसबाहेक डाक्टरहरूलाई भ्याटको नाममा १३ प्रतिशत जोडेर असजिलो पार्ने कोसिस गरिएको थियो, जुन निर्णय हाम्रै दबाबमा हटाइयो । संघको आफ्नै भवन बनाएर सम्पूर्ण सोसाइटीलाई एकैठाउँमा ल्याइयो । यी सबै कुराले हाम्रो टिमलाई काम गर्ने रूपमा प्रमाणित गरेका छन् ।

३ वर्षमा संघका काम प्रशस्त देखिन्छन् । चाहे डा. गोविन्द केसीको आन्दोलनमा होस्, चाहे मुलुकी ऐनको इभेन्टमा या कुनै घटना घटेको विषयमा नै होस्, संघले खेलेको भूमिकाको सम्पूर्ण चिकित्सकले मूल्यांकन गर्नुभएको छ । संघले काम गरेकैले म महासचिव हुँदा ६ हजार सदस्य रहेकोमा आज संघका सदस्य संख्या झन्डै १२ हजारको हाराहारीमा पुगेको छ । यसरी छोटो अवधिमा सदस्यता दोब्बरले वृद्धि हुनुले संघप्रति चिकित्सकको आकर्षण बढ्दै गएको र उनीहरूले यसको आवश्यकता बुझेको देखाउँछ । संगठन विभागको प्रमुखको नाता संघको सदस्यतामा भएको बृद्धिले पनि मेरो सक्रियता देखाउँछ होला ।

हामीले उठाएका मुद्दा कुनै समूहविशेषका नभएर सबैका साझा छन् । कुनै घटना घट्दा यो कांग्रेस, त्यो कम्युनिस्ट अथवा यो या त्यो पार्टी नभनीकन काम गर्दै आएका छौँ र गरिरहन्छौँ । मुलुकी ऐन आउँदा कांग्रेस जेल जाने कम्युनिस्ट नजाने, तलब बढ्दा कम्युनिस्टको बढ्ने कांग्रेसको नबढ्ने, भ्याट हट्दा कांग्रेसको हट्ने कम्युनिस्टको नहट्ने हुँदैनन् ।

आगामी दिनमा काम गर्नका लागि भनेर हामीले अहिलेको टिम सबै हिसाबले चुस्त–दुरुस्त र दह्रो बनाएका छौँ । हाम्रो टिममा अधिकांश साथीहरु ४० वर्षभन्दा मुनिको हुनुहुनेछ । सरकारी, गैरसरकारी, उत्यकाभित्र र बाहिरका, विभिन्न सोसाइटीका डाक्टरलाई समेटेर सबैको प्रतिनिधित्व हुने गरी र सबैले अपनत्व लिन सक्ने गरी टिम बनाएका छौँ । ३ वर्षको अवधिमा हामीले कति काम पूरा गर्यौँ र कति गर्न बाँकी छन्, त्यसको फेहरिस्तसहित विस्तृत प्रतिबद्धता लिएर मतदातामाझ गएका छौँ । चिकित्सकका सबै समस्या यो टिमले बुझेको छ र समाधान गर्ने क्षमता राख्छ । यो नै हाम्रो टिमको जितको आधार हो ।

तपाईंसित चिकित्सकको मन जित्ने नयाँ एजेन्डा के छन् ?
आधारभूत कुराहरू जोसुकै आए पनि त्यही नै हुन्, सुरक्षा, तलब, अन्डर ग्राजुएट र पोस्ट ग्राजुएटबीचको खाडलजस्ता विषय साझा समस्या हुन् । यीबाहेक हामीले जुनियर डाक्टरलाई आकर्षण गर्न एनएमएलाई एउटा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यसअन्तर्गत हामी अनुसन्धानका कार्यक्रमहरू विकास गरेर काम गर्न चाहन्छौँ । एनएमएकै संलग्नतामा म्युजियम बनाउने उद्देश्य छ । नेपालमा पहिलोपटक इसिजी कसले गरेको थियो, पहिलो प्रेस्क्रिप्सन कस्तो थियो होला, यस्ता विषय सबैको कौतुहल र अनुसन्धानको समेत विषय हुन् । यी चिजलाई समेटेर संग्रहालय बनाउने योजना छ ।

मन्त्रालयका पदाधिकारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत अन्य मानिस बसेर नेपालको स्वास्थ्य कस्तो छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा विमर्श गरी यी सबै चिजलाई होलिस्टिक भिजनबाट अगाडि बढाउनेछौँ । कानुन परिवर्तन भएर मात्र बिरामी र डाक्टरको सम्बन्ध सुमधुर हुँदैन, न त डाक्टर नै सुरक्षित हुन्छन् । बिरामी र डाक्टरको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम विस्तार गरेर नेपालमा नेसनल गाइडलाइन नभएको अवस्थामा सोइसाइटीसँग मिलेर गाइडलाइन बनाउने र स्वास्थ्य क्षेत्रको आमूल सुधारका लागि अघि बढिरहेका छौँ ।

निर्वाचनमा तपाईंको प्रतिस्पर्धी चिकित्सक समूहले संघ साझा संस्था बन्न सकिरहेको छैन, राजनीतिक दलनिकट चिकित्सकको गुटजस्तो बनेको छ भनिरहेको छ । यो आरोपमा सत्यता छ ?
यो निराधार आरोप हो । हरेक २ वर्षमा पहिले पनि चुनाव हुन्थ्यो र अहिले ३–३ वर्षमा भइहरेको छ । हामी निर्वाचनमार्फत सदस्य चिकित्सकहरूको मतकै आधारमा कार्यसमितिमा आएका हौँ । त्यसकारण यो व्यवस्थालाई सिन्डिकेट भन्नु पूरै गतल हो र लोकतान्त्रिक पद्धतिमाथि नै अनविश्वास गर्नु हो । यदि हामीले विनानिर्वाचन ७० वर्षदेखि राज गरेको भए एउटा कुरा, विधानतः निर्वाचन प्रक्रियामार्फत चिकित्सकको मन जितेर आउने प्रक्रियालाई सिन्डिकेट भन्न मिल्दैन । हाम्रो कामका आधारमा चिकित्सकले विश्वास गरेरै हामीलाई कार्यकारिणीमा पुर्याएका हुन् । र, हामीले नेतृत्व गरिरहँदा यो र त्यो नभनीकन सबै सदस्यलाई समान व्यवहार गरेकै कारणले पनि सबैको सधैँको साथ पाइरहेका हौँ । त्यसकारण सबैलाई समेटेन भन्नु गलत हो ।

हामीले उठाएका मुद्दा कुनै समूहविशेषका नभएर सबैका साझा छन् । कुनै घटना घट्दा यो कांग्रेस, त्यो कम्युनिस्ट अथवा यो या त्यो पार्टी नभनीकन काम गर्दै आएका छौँ र गरिरहन्छौँ । मुलुकी ऐन आउँदा कांग्रेस जेल जाने कम्युनिस्ट नजाने, तलब बढ्दा कम्युनिस्टको बढ्ने कांग्रेसको नबढ्ने, भ्याट हट्दा कांग्रेसको हट्ने कम्युनिस्टको नहट्ने हुँदैनन् । यो संघ पेसागत संगठन हो । चिकित्सकीय पेसामा रहेका जोकोहीलाई अप्ठ्यारो पर्दा कुनै दल वा राजनीतिक विचारधाराभन्दा बाहिर बसेर विशुद्ध पेसागत हकहितमा काम गर्छौं । तीन–तीन वर्षमा चुनाव हुन्छ, नराम्रा काम आउट हुन्छन्, सही काम गर्नेले मौका पाउँछ । त्यसकारण एकलौटी गरेको भन्ने जेजस्ता अभिव्यक्ति छन्, ती सबै गलत छन् ।

तपाईं अहिलेको कार्यकालमा महासचिवजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, यसअघि पनि दशकभन्दा लामो समय केन्द्रीय कार्यकारिणीमा रहेर काम गरिसक्नुभएको छ । यति लामो समय नेतृत्व तहमै रहेर के गर्न सक्नुभएन र फेरि अध्यक्षका लागि चुनावी मैदानमा उत्रिनुभयो ?

सबै पदका आ–आफ्नै सीमितता हुन्छन् । कुनै पनि व्यक्तिले एकैपटक आएर अध्यक्ष चलाउन सक्ने क्षमता राख्दैन । म सदस्य भएर आउँदा मेरा केही सीमितता थिए र त्यही भूमिकामा रहेर मैले काम गरेँ ।  संघमा सहसचिव भएर काम गर्दा मैले प्रवक्ताका रूपमा काम गरेँ । त्यसपछि मैले महासचिवका रूपमा विधानले दिएको अधिकारभित्र रहेर काम गरेको छु । अहिले म अध्यक्षको भूमिकाका लागि चुनावी मैदानमा किन छु भने महासचिव रहँदाका अधुरा काम पूरा गर्न र संघलाई कुशल नेतृत्व दिन सक्ने क्षमता ममा विकास भइसकेको छ । अध्यक्षमा चुनिएलगत्तै संघका जिम्मेवारी वहन गर्न मैले एक मिनेट पनि खर्च गर्नुपर्नेछैन । समस्या के छन्, समाधान के हो, दिशा कुन हो, अधुरा काम कहाँ–कहाँ अड्किएका छन् र तिनलाई पूरा गर्न संघले कस्तो पहलकदमी लिनुपर्छ, कोसित कुन रूपमा प्रस्तुत हुनुपर्छ भन्नेमा म स्पष्ट छु, जुन मैले लामो समय नेतृत्व तहमा बसेर आर्जन गरेको छु ।

विभिन्न भूमिकामा १० वर्ष संघमा प्रत्यक्ष रूपमा आबद्ध रहेर काम गरिसकेको हुनाले अध्यक्षका लागि म सक्षम र योग्य छु भन्न सक्छु । संघमा काम गरेबापत कुनै पारिश्रमिक पाइँदैन । १० वर्ष संघमा आबद्ध भएर निरन्तर खटिनु एककिसिमले बलिदान नै हो । म संस्थालाई केही योगदान गर्न आएको हुँ । कतिजनाले सदस्य भएर छोड्नुभयो होला, कतिजना महासचिव भएर छोड्नुभयो होला । तर, म एक दशकदेखि निरन्तर संस्थाप्रति समर्पित छु, किनकि म संस्थालाई केही योगदान गर्न चाहन्छु । त्यसैले सदस्य, सहसचिव, महासचिव हुँदै अब अध्यक्षका लागि दाबी गरिरहेको छु । म केही गरौँ भन्ने भावना बोकेर निष्ठापूर्वक लागिरहेको छु ।

प्यानलै बनाएर चुनावी मैदानमा उत्रिनुभएको छ । प्रतिस्पर्धामा पनि प्यानलै खडा छ । आफ्नो जितको आधार त बताउनुभयो, पूरै टिमलाई जिताउने आधार के छ तपाईंसँग ?
यो नेपाल चिकित्सक संघको चुनाव हो । काउन्सिल भनेको व्यक्ति उठ्ने हो, तर संघभित्र विभिन्न पद छन् । संगठन चलाउनका लागि तलदेखि माथिल्लो तहसम्म टिम मिल्यो भने मात्र काम गर्न सहज हुन्छ । जसरी एउटा सरकारमा विभिन्न दलको खिचडी भयो भने देश चलाउन गाह्रो हुन्छ, त्यसैगरी संघमा पनि एउटै सोच, भिजन र ऊर्जा भएका व्यक्ति निर्वाचित भएको खण्डमा मात्र सार्थक परिणाम दिन सकिन्छ ।

हामीले ३ वर्षको कार्यकालमा थुप्रै काम गरेर देखाइसकेका छौँ । मुलुकी ऐन चिकित्सकहरूको घाँटीको तरबारका रूपमा आइरहेको अवस्थामा अन्य प्रोफेसनल संगठनले गर्न नसकेको अवस्थामा हामीले डाक्टरहरूलाई साहस दिने काम गरेका छौँ । कुनै पनि घटना घटेको खण्डमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षतामा बनेको ५ जनाको कमिटीको छानबिनको रिपोर्टअनुसार दोषी पाइए मात्र कारबाही अगाडि बढाउने निर्णय भएको छ ।

हाम्रो टिममा ३–४ जना पुराना अनुभवी अनुहार र ४–५ जना नयाँ अनुहार हुुनुहुन्छ । जुनियर डाक्टरहरू पनि हुनुहुन्छ । सबैतिर समेट्ने गरी बलियो टिम बनाएका छौँ । सबै चिकित्सकले आफ्नोपन महसुस गर्न सक्ने गरी टिम उतारेका छौँ । टिम नै निर्वाचित भएको खण्डमा हामीले अघि सारेको प्रतिबद्धता पूरा गर्न सक्छौँ ।

डाक्टरी पेसा आफैँमा व्यस्त हुन्छ । व्यस्तताका बीच चिकित्सकले भोट हाल्नका लागि किन समय छुट्याउने ? मतदातालाई मतदान केन्द्रसम्म पुर्याउन तपाईंको सन्देश ?
भोटरलाई म के भन्न चाहन्छु भने हामीले भोट नहाल्दा वा सही नेतृत्व दिन नसक्ने मानिसलाई भोट दिँदा ३ वर्षसम्म तपाईं असुरक्षित हुुनुहुनेछ । सही नेतृत्वको छनोट गरेर भोट दिँदा तपाईं ढुक्कका साथ पेसागत अभ्यास गर्न सक्नुहुन्छ । तपाईंको हकअधिकारका लागि बोलिदिने मान्छे नेतृत्व तहमा पुग्छ । तर, भोट नहालेको खण्डमा वा सही प्रत्याशीलाई भोट नदिएको अवस्थामा त्रासमा काम गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण आफ्नो पेसालाई सुरिक्षत बनाउन, आफ्नो समस्यामा सरकार वा विभिन्न सरोकारवाला निकायसँग लडिदिनका लागि पनि आफू व्यस्त भए पनि एकदिन, एकछिन समय मिलाएर भोट हालिदिएको खण्डमा बाँकी ३ वर्ष निश्चिन्त भएर काम गर्ने वातावरण बन्छ ।

डाक्टरहरू व्यस्त हुन्छन् भनेरै उपत्यकाबाहिर २ दिन, उपत्यकाभित्र ६० प्रतिशतभन्दा बढी डाक्टर भएको हुनाले ५ दिन भोट हाल्न पाउने व्यवस्था गरेका छौँ । कोही पनि मताधिकारबाट वञ्चित नहोऊन् भनेरै ५ दिन राखेका हौँ । त्यसभित्रको अवधिमा एकछिन समय निकालेर भोट हालेर सही नेतृत्व चुनिदिनुहुन आग्रह गर्छु ।

अन्तमा मतदातासँग केही भन्न चाहनुहुन्छ ?
संघको ७० वर्षको इतिहास छ । डाक्टरहरूको संस्था हो । सरकारले हेर्ने नजर पनि पृथक् रहेको छ । त्यसकारण यो संस्थालाई राजनीतिकरण नगरेर पेसागत संगठनका रूपमा सम्पूर्ण डाक्टरले नेतृत्वमा कस्तो मान्छे जाँदा ठिक हुन्छ भनेर मनन गर्नुपर्छ । तपाईंहरूको अनलाइनमार्फत पनि पाठकसँग अनुरोध गर्न चाहन्छु–हाम्रो पेसामा थुप्रै समस्या छन् । तिनको समाधानका लागि हाम्रो बलियो टिम भएको हुँदा विशुद्ध पेसागत टिम सम्झेर मतदान गरिदिनुहुन अनुरोध गर्छु ।

(लोकतान्त्रिक तथा पेसागत समूहबाट डा. कार्की नेपाल चिकित्सक संघ अध्यक्ष पदका उमेदवारी दिएका छन् । )

(हेल्थपपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दुवै समूहले सकाए पश्चिमको चुनावी प्रचार, केन्द्रविन्दुमा निर्णायक ‘फर्स्ट टाइम भोटर’

नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवादरहरू आजभोलि देशभरका प्रतिष्ठान तथा अस्पतालमा प्रचार–प्रसारमा व्यस्त छन् । काठमाडौं उपत्यकाबाहिर माघ ४ र ५ तथा उपत्यकामा माघ १७ देखि २१ का लागि मतदान मिति तोकिएको छ । मोफसलको मतदान मिति नजिकिँदै गर्दा प्यानल बनाएर मैदानमा उत्रिएका उम्मेदवारहरू मतदातालाई भेट्न जतिसक्यो बढी स्वास्थ्यसंस्थामा पुग्ने कोसिसमा छन् ।

नेपालको पहिलो पेसागत तथा व्यावसायिक संगठन नेपाल चिकित्सक संघ पनि राजनीतिक प्रभावबाट अछुत छैन । बोलीमा चिकित्सकको विशुद्ध व्यावसायिक छाता संगठन भनिए पनि चिकित्सकहरू स्पष्ट दुई कित्तामा विभाजित छन् । स्थापनाकालदेखि नै संघमा एकछत्र वर्चश्व कायम गर्दै आएको लोकतान्त्रिक समूह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट मानिन्छ भने पेसागत समावेशी समूहको छवि सत्तारूढ नेकपानिकटको छ । तसर्थ, संघको निर्वाचन चिकित्सकका लागि मात्र नभएर मुलुकका प्रमुख राजनीतिक दलका निम्ति पनि प्रतिष्ठाको विषय बन्दै आएको छ ।

निर्वाचनमा डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह र डा. पुष्पमणि खरालको नेतृत्वमा पेसागत समावेशी समूह प्रतिस्पर्धामा छ । यी दुई प्यानलबाहेक महासचिव र सदस्यमा गरी जम्मा ४ जनाले उम्मेदवारी दिएका छन् ।

वर्तमान महासचिवसमेत रहेका डा. कार्की नेतृत्वको लोकतान्त्रिक समूहले ५ पुसदेखि पश्चिम नेपालको यात्रा थालेको थियो । पश्चिम नेपालका करिब डेढ दर्जन जिल्लाका स्वास्थ्यसंस्थाहरूमा प्रचार–प्रसारको काम सकेर डा. कार्की नेतृत्वको समूह मंगलबार राजधानी फर्किएको छ । १० दिनको यात्रामा लोकतान्त्रिक समूहले भरतपुर, चितवन, भैरहवा, बटुवल, नेपालगन्ज, धनगढी, सुर्खेत, दाङ, पाल्पा, पोखरालगायत जिल्लाका मतदातासित साक्षात्कार गरी चुनाव प्रचार गरेको अध्यक्षका उम्मेदवार डा. कार्कीले जानकारी दिए ।

डा. कार्कीले १० दिनको प्रचार अभियानमा आफूहरूले सञ्चालन गरेको सामूहिक अन्तरक्रियाका क्रममा मतदातामा लोकतान्त्रिक तथा पेसागत समूहलाई फेरि एकपटक चिकित्सक संघको नेतृत्व सुम्पिन अद्भुत उत्साह पाएको बताए । ‘हाम्रो समूहको जितको माहोल एकदमै राम्रो पाएँ । हामीले अघिल्लो कार्यकालका ३ वर्षमा गरेका महत्त्वपूर्ण काम देखेर सबै चिकित्सक साथी प्रभावित भएको पाइयो,’ डा. कार्कीले भने, ‘सबैको साथ र सहयोग विगतमा झैँ हामीलाई हुन्छ भन्नेमा विश्वस्त छु ।’
केही दिनको बसाइ र समीक्षापश्चात् पूर्व नेपालको प्रचार–प्रसारमा निस्किने डा. कार्कीले हेल्थपोस्टसितको कुराकानीमा जानकारी दिए ।

अर्कोतर्फ डा. खराल नेतृत्वको पेसागत समावेशी समूहले पनि पश्चिमबाटै चुनाव प्रचार थालेको छ । केही दिनअघि चुनाव प्रचारमा हिँडेको समावेशी समूह पश्चिम नेपालका करिब १ दर्जन जिल्लाका स्वास्थ्यसंस्थाको यात्रापश्चात् बुधबार काठमाडौं फर्किंदै छ । पेसागत समावेशी समूहले पोखरा, पाल्पा, बुटबल, भैरहवा, दाङ, धनगढी, सुर्खेतलगायत जिल्लामा प्रचार–प्रसार सकेको अध्यक्षका उम्मेदवार डा. खरालले जानकारी दिए । डा. खराल नेतृत्वको समूह मंगलबार नेपालगन्जमा प्रचार गरिरहेको र बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको उनले बताए ।

‘सबै ठाउँबाट पेसागत समावेशी समूह आउनुपर्छ भन्ने उत्साहजनक वातावरण पाइयो,’ डा. खरालले भने, ‘संघमा नयाँ नेतृत्व आएको हेर्ने सबैको चाहना रहेछ ।’ केही दिनको काठमाडौं बसाइपश्चात् पूर्वतर्फको प्रचार–प्रसारमा हिँड्ने डा. खरालले हेल्थपोस्टलाई बताए । यसरी हेर्दा दुवै समूहले पश्चिमतर्फको पहिलो चरणको प्रचार–प्रसार सकेका छन् भने पूर्वतर्फ जाने तरखरमा छन् । प्रचार–प्रसारमा लोकतान्त्रिक समूह अघि–अघि छ भने समावेशी समूहल पछ्याइरहेको देखिएको छ ।

संघको केन्द्रीय कार्यकारिणी समितिका १३ निर्वाचित पदका लागि संघआबद्ध ३० चिकित्सक चुनावी मैदानमा छन् । दुई समूहबाट २६ जना र कुनै पनि समूहमा नबाँधीकन स्वतन्त्र रूपमा ४ चिकित्सकले उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फ महासचिवमा २ र सदस्यमा २ जनाले उम्मेवारी दिएका छन् ।

‘फर्स्ट टाइम भोटर’को मत निर्णायक
अघिल्लो निर्वाचनमा ५ हजार ३ सयको हाराहारीमा मतदाता रहेकोमा यसपटक भारी संख्यामा मतदाता थपिएका छन् । यसपटक कुल मतदाता संख्या ९ हजार ८ सय ८३ रहेको संघले जनाएको छ । यद्यपि, संघको कुल सदस्य संख्या भने १० हजार ८ सय ९० छ ।

संघको सदस्य संख्यामा यसपटक भारी वृद्धि हुनाले यसपटकको निर्वाचन बढी रोचक हुने अनुमान गरिएको छ । झन्डै आधा मतदाताले पहिलोपटक मतदान गर्ने भएकाले नतिजाको सहजै अनुमान लगाउन नसकिने चिकित्सकहरूको भनाइ छ । यद्यपि, थपिएका मतदातामध्ये अधिकांश युवा चिकित्सक भएकाले त्यसको लाभ युवा चिकित्सकमाझ लोकप्रिय मानिने डा. कार्कीले लिन सक्ने अनुमान धेरैको छ । यसपटक दुवै उम्मेदवारले आफूलाई आधाजसो नयाँ मतदातासामु परिचित गराउनुपर्नेछ, जसका लागि अहिले दुवै उम्मेदवार रातदिन नभनी देशदौडाहमा छन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

३.६% नर्सको मत प्राप्त व्यक्ति नर्सिङ संघको अध्यक्ष, नर्स ९० हजार तर जम्मा ३२ सय मतले नेतृत्व चयन

नेपाल नर्सिङ संघमा सदाझैँ सत्तारूढ नेकपानिकट प्रगतिशील समूहको पूरै प्यानलले जित हात पारेको छ । संघमा स्थापनाकालदेखि नै एकछत्र वर्चश्व कायम गर्दै आएको प्रगतिशील समूह यसपटक पनि ठूलो मतान्तरले प्यानलसहित नयाँ कार्यसमितिका लागि चयन भएको हो ।  संघको बुधबार सम्पन्न निर्वाचनमा करिब एकतिहाइ मात्र मत खसेको पाइएको छ । देशभरका २१ मतदान केन्द्रमार्फत भएको मतदानमा करिब साढे पाँच हजार नर्सले मात्र मतदान गरेका हुन् । यो संख्या कुल नर्सको करिब ६% र संघका कुल मतदाताको करिब एकतिहाइ मात्र हो । देशभर कार्यरत नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको नेतृत्व चयनमा जम्मा ६% मात्र नर्स सहभागी हुनुले छाता संघप्रति नर्सको आकर्षण नभएको पुष्टि गरेको छ ।

एकतिहाइ मतदाता मात्र मतदानमा सहभागी
संघको बुधबारको मतदानमा करिब एकतिहाइ मतदाताले मात्र मतदान गरेको पाइएको छ । यसै पनि कुल नर्सको १६% मात्र छाता संघमा आबद्ध छन् । यो निर्वाचनमा संघका कुल मतदाता १५ हजार १ सय ५९ थिए । त्यसमा पनि यसपटक अन्तिम समयमा आएर उल्लेख्य मात्रामा मतदाता बढेका थिए । तर, बुधबार सम्पन्न निर्वाचनमा करिब साढे ५ हजारले मात्र मतदान गरेका छन् । यसबाट संघमा आबद्ध नर्सहरूको पनि संघप्रति खासै आकर्षण नभएको पुष्टि हुन्छ ।

अध्यक्षका दुई प्रत्याशीबीच मात्र भएको प्रतिस्पर्धामा विजयी मनकुमारी राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिद्वन्द्वी प्रा. मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरेकी छिन् । यसरी हेर्दा ९० हजार नर्सको नेतृत्व गर्ने छाता संघको नेतृत्व चयनमा जम्मा साढे ५ हजार नर्स सहभागी भएका छन् भने ३२ सय ७६ नर्सको विश्वास प्राप्त व्यक्ति नेतृत्वमा स्थापित भएको छ ।

८९ हजार ७ सय ८७ नर्स काउन्सिलमा दर्ता तर छाता संघका मतदाता जम्मा १५ हजार १ सय ५९
नेपाल नर्सिङ संघमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भएका छन्, अर्थात् उनीहरूले संघको लाइसेन्सिङ परीक्षा पास गरी नर्सिङ अभ्यासको अनुमति पाएका छन् । नेपाल नर्सिङ संघ यी सबै नर्सको पेसागत सुरक्षा र हकहितका लागि स्थापित छाता संगठन हो । तर, आफ्नो छाता संगठनमा नर्सको आकर्षण भने ज्यादै न्यून देखिएको छ । जम्मा १६.८% नर्स मात्र छाता संघमा आबद्ध छन् ।

संघको यसपटकको निर्वाचन प्रयोजनका लागि तयार पारिएको मतदाता नामावलीमा जम्मा १५ हजार १ सय ५९ नर्सको नाम सूचीकृत थियो । यसको अर्थ नर्सको ठूलो हिस्सा छाता संघमा आबद्ध छैन । संघलाई राजनीति गर्ने थलोका रूपमा नभएर उद्देश्यअनुरूप साँच्चिकै नर्सको पेसागत हितका लागि सबल बनाउने हो भने सबै नर्सलाई संघप्रति आकर्षित गर्नु आवश्यक छ । त्यसका लागि पहिले त छाता संघप्रति नर्सको आकर्षण नहुनुका कारणहरूको खोजी गर्नु अनिवार्य छ ।

बेरोजगारी, अति न्यून पारिश्रमिक र श्रमशोषण झेलिरहेका नर्सको किन छैन छाता संघमा आकर्षण ?
पेसागत समस्याको कुरा गर्ने हो भने नेपालमा बढी बेरोजगारी तथा श्रमशोषणको सिकार बनिरहेका पेसाकर्मीका रूपमा नर्सलाई लिइन्छ । करिब ४० हजार नर्स बेरोजगार छन् भने जागिर पाएका पनि न्यून पारिश्रमिकलगायत समस्याबाट पीडित छन् । भोलेन्टियरका नाममा शोषण खेपिरहेका नर्सको कहानी उत्तिकै पीडादायक छन् । यस्तोमा आफ्नो पेसागत सुरक्षा र हकहितको संरक्षणका लागि लड्ने छाता संघप्रति नर्सको आकर्षण किन छैन त ? यसको एउटै कारण हुन सक्छ, संघले आफ्ना सदस्यको हकहित र पेसागत सुरक्षार्थ प्रभावकारी भूमिका निभाउन सकेको छैन, आफ्ना सदस्यलाई सुरक्षाको अनुभूति दिन सकेको छैन । संघको नयाँ नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्नु जरुरी छ । संघलाई राजनीतिक गुटबन्दीका आधारमा नभई समग्र नर्सको पेसागत सुरक्षार्थ चलाउनु आवश्यक छ । बढीभन्दा बढी नर्सको आबद्धता भएमा मात्र नर्सिङ संघले आफ्नो स्थापनाको सार्थकता स्थापित गर्न सक्नेछ ।

यस्तो छ नयाँ कार्यसमिति
प्रगतिशील प्यानलकी अध्यक्ष मनकुमारी राई ३ हजार २ सय ७६ ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी संयुक्त पेसागत प्यानलकी प्रा. मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले ३ हजार २ सय ७० मत ल्याएका छन् भने उर्मिला श्रेष्ठले १ हजार ९ सय २० मत पाएकी थिइन् । त्यसैगरी, महासचिव नर्वदा थापा २ हजार ९ सय २४ मतका साथ विजयी भइन् भने यशोदा बरालले २ हजार १ सय ७६ मत प्राप्त गरिन् ।

त्यसैगरी, उपाध्यक्षमा मीना बानियाँ, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजू विजयी भए । सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी विजयी भएका छन् । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि भएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सिङ संघ निर्वाचन :  २१ वटै केन्द्रमा मतदान सम्पन्न, केही समयमै मतगणना सुरु हुने

नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि देशभरका २१ मतदानस्थलमार्फत मतदान सम्पन्न भएको छ । सबै मतदानकेन्द्रमा बुधबार बिहान ७ देखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकिएकोमा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको संघकी अध्यक्ष तारा पोखरेलले बताइन् ।

काठमाडौँ मतदानकेन्द्रमा २ हजार १ सय ७ मत खसेको पोखरेलले जानकारी दिइन् । देशका सबै केन्द्रमा कति–कति मत खस्यो भन्ने जानकारी आउन भने केही समय लाग्ने उनले बताइन् । ‘मतदान अधिकृतहरूले रिपोर्टिङ गरिसकेपछि मात्र कहाँ कति मत खस्यो भन्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसका लागि केही घण्टा लाग्छ ।’
बुधबार राति नै मतगणना सुरु हुने संघले जनाएको छ । ‘केही समयपछि मतगणना सुरु हुन्छ,’ अध्यक्ष पोखरेलले भनिन् । सम्बन्धित मतदानकेन्द्रमै मतगणना गरेर रिपोर्ट केन्द्रमा पठाउने बताइएको छ ।

संघको यसपटकको निर्वाचनका लागि कुल १५ हजार १ सय ५९ मतदाता रहेको संघले जनाएको छ । करिब ९० हजार नर्स नर्सिङ काउन्सिलमा दर्ता हुँदा छाता संगठनमा १५ हजार मात्र मतदाता हुनुले संघले आफ्ना सदस्यको विश्वास जित्न नसकेको पुष्टि हुन्छ । यद्यपि, यसपटक अन्तिम समयमा आएर उल्लेख्य मात्रामा मतदाता बढेका थिए ।

निर्वाचनमा संघको अध्यक्षका लागि प्रगतिशील प्यानलबाट प्रा. मनकुमारी राईको प्रतिस्पर्धामा संयुक्त पेसागत प्यानलबाट प्रा. मुना राना थापा मैदानमा छिन् । यसअघि संघको नेतृत्वमा प्रगतिशील प्यानल (सत्तारूढ नेकपानिकट) कै एकछत्र वर्चश्व रहँदै आएको छ । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि भएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपाल नर्सिङ संघमा नेतृत्व छनोट गर्न मतदान सुरु, देशभर २१ स्थलमा हुँदै छ मतदान

नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि देशभर आज मतदान कार्य चलिरहेको छ । संघको नयाँ नेतृत्वको लागि देशभर २१ मतदान केन्द्र तोकिएको छ । केन्द्रमा बिहान ७ देखि बेलुकी ५ बजे सम्म मतदान कार्य चल्ने संघले जनाएको छ ।

निर्वाचनमा प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राई र संयुक्त पेशागत प्यानलबाट प्रा मुना राना थापा बीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ ।  हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि हुन लागको हो ।  नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । हालसम्म जम्मा १५ हजार नर्सले मात्र संघको सदस्यता लिएका छन् ।

पेशागत हित र विकासका लागि ५८ वर्ष पुरानो इतिहास बोकेको संघमा राजनीति हावी भएकाले नर्सिङ क्षेत्रमा मुद्धा उठाउन हालको नेतृत्व कमजोर भएको आरोप पनि लाग्दै आएको छ ।
यी स्थानमा हुदैँ छ मतदान ?

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डा. खराल समूहको आठबुँदे प्रतिबद्धता सार्वजनिक, के हो ‘सक्रिय नेतृत्व’को अवधारणा ?

मुलुकको सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघको २८औँ केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा होमिएको डा. पुष्पमणि खराल नेतृत्वको पेसागत समावेशी समूहले आफ्नो प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । सत्तारूढ नेकपानिकट समूहका रूपमा लिइँदै आएको डा. खराल समूहले आइतबार राजधानीमा पत्रकारसम्मेलन गर्दै आफ्नो कार्ययोजनासहित विस्तृत प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरेको हो । डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले शुक्रबार नै प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । डा. खराल समूहले ५ बुँदामा आफ्नो उम्मेदवारीको आवश्यकता पुष्टि गर्ने प्रयास गरेको छ ।

डा. खराल समूहले घोषणाको पहिलो बुँदामै संघलाई ‘सक्रिय नेतृत्व’ (प्रोयाक्टिभ लिडरसिप’ दिने पूर्णप्रतिबद्धता जनाएको छ । डा. खराल समूहले आफ्नो प्यानलका सबैको इतिहास ‘सक्रिय नेतृत्व’मार्फत स्थापित भएको समेत दाबी गरेको छ । । यद्यपि, सक्रिय नेतृत्वको अर्थ विद्यमान लोकतान्त्रिक विधानभित्रै नेतृत्वलाई क्रियाशील बनाउने हो वा विधान संशोधनमार्फत अधिकार नेतृत्वमा केन्द्रित गर्ने हो भन्नेबारे भने केही खुलाइएको छैन । समूहले आफू कुनै राजनीतिक आस्था वा विचारबाट प्रेरित नभई विशुद्ध पेसागत हितका लागि एकजुट भएको बताए पनि डा. खराल समूहलाई सत्तारुढ कम्युनिस्टनिकट चिकित्सकहरूको प्यानलका रूपमा विश्लेषण गरिँदै आएको छ । यस्तोमा डा. खराल समूहले ‘सक्रिय नेतृत्व’को आशय स्पष्ट गर्नुपर्ने देखिन्छ ।

आठबुँदे प्रतिबद्धता : सक्रिय नेतृत्वदेखि पेसागत सुरक्षासम्म
चिकित्सकको आधारभूत तलब वैज्ञानिक तथा सम्मानजक रूपमा निर्धारणका लागि पहल गर्ने प्रतिबद्धता डा. खराल समूहको छ । त्यस्तै, स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा ‘जेल विदाउट बेल’ अर्थात् विनाधरौटी जेलचलानको प्रावधानसहितको कानुन ल्याउन आवश्यक पहल गर्ने एजेन्डा अघि सारिएको छ । डा. खराल समूहले संघलाई ‘सक्रिय नेतृत्व’ दिने प्रतिबद्धता जनाएको छ ।

चिकित्सकका लागि स्वास्थ्यबिमाको व्यवस्था ल्याउन पहल गर्ने, पिजी सिटसंख्या बढाउन तत्काल पहल गर्ने, संघको सदस्यसंख्या वृद्धि गर्ने, सरकारी स्वास्थ्य सेवाप्रवाहमा सुधार ल्याउन कोसिस गर्नेजस्ता मूल एजेन्डा पेसागत समूहले अघि सारेको छ ।

हाल मेडिकल काउन्सिलमा करिब २७ हजार चिकित्सक दर्ता भएका छन्, समग्र चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघमा १० हजारको हाराहारीमा मात्र सदस्य छन् । यस्तोमा धेरैभन्दा धेरै चिकित्सकलाई संघमा आबद्ध गराउने डा. खराल नेतृत्वको समूहले चुनावी प्रतिबद्धतामा उल्लेख गरेको हो ।

के भन्छन् डा. खराल ?
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्याशी डा. खरालले संघको नेतृत्व गरेर चिकित्सकका आवश्यकता पूरा गर्न सक्षम भएका कारण नै आफूले पेसागत समावेशी समूहबाट अध्यक्षमा उम्मेदवारी दिएको बताए ।  ‘डाक्टरहरू स–साना गुटमा विभाजित भएको अवस्था छ,’ डा. खरालले भने, ‘नेतृत्व तहमा पुगेपछि सबैलाई संघको एउटै छातामुनि राख्ने प्रयास गर्नेछु ।’

अध्यक्षलगायत अन्य महत्त्वपूर्ण पदमा लोकतान्त्रिक र सरकारनिकट मानिएको समूहबाट प्यानलमै आबद्ध भएर एक–एक प्रत्याशी मैदानमा उत्रिँदा दोस्रो महत्त्वपूर्ण पद मानिने महासचिवमा भने ४ जनाले उम्मेदवारी दिएका छन् । बाँकी २ जना डा. खरालले नेतृत्व गरेको समूहनिकटका चिकित्सक नै भएको बताइएको छ । स्थापनाकालदेखि नै लोकतान्त्रिक समूहले मात्र एकछत्र नेतृत्व गर्दै आएको संघमा नेतृत्व परिवर्तनका लागि विपक्षी समूहका चिकित्सक एकजुट हुनुपर्नेमा उल्टै फुट देखिएको प्रति डा. खराल भन्छन्, ‘महासचिव पदका लागि धेरै आकांक्षा देखिए, तर पद एउटा मात्र रहेका कारण एकजनालाई चुनिएको हो ।’

मैदानमा उत्रिएका दुई समूहमध्ये संस्थापन पक्षलाई लोकतान्त्रिक र डा. खराल नेतृत्वको समूहलाई सरकारनिकट समूहका आमविश्लेषण गरिए पनि डा. खराल भने कुनै राजनीतिक आस्था वा विचारका आधारमा नभई समग्र चिकित्सकको पेसागत हितका लागि आफूले समूहको नेतृत्वको गरेको बताउँछन् । असन्तुष्ट दुई चिकित्सकको महासचिवमा उम्मेदवारी आफ्नो समूहको बागी नभई स्वतन्त्र उम्मेदवारी भएको उनी बताउँछन् ।

‘नेपाल चिकित्सक संघमा मनोमानी हाबी भएको देख्न सकिन्छ,’ डा. खराल भन्छन्, ‘अबको निर्वाचनमा नयाँ नेतृत्व स्थापित भएसँगै नयाँ कामको सुरुवात गरेर देखाउँछौँ ।’

डा. खराल नेतृत्वको प्यानल
डा. खराल नेतृत्वको समूहले वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुकर बस्नेत, कोषाध्यक्षमा डा. सञ्चितकुमार शाह, सह–सचिवमा डा. शैलेन्द्र झा, सह–कोषाध्यक्षमा डा. उदयनारायण सिंहलाई चुनावी मैदानमा उतारेको छ । यसै समूहनिकट मानिएका तर समूहबाट टिकट नपाएका दुई असन्तुष्ट चिकित्सक डा. दीपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, सदस्यमा डा. दीपकप्रसाद कोइराला, डा. जगदीशचन्द्र विष्ट, डा. लिसन महर्जन, डा. राकेशकुमार साह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झाले उम्मेदवारी दिएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रा. थापा समूहको २१ बुँदे प्रतिबद्धता, भोलेन्टियर प्रथा अन्त्यदेखि जोखिमभत्तासम्म

नेपाल नर्सिङ संघको १९ औँ केन्द्रीय निर्वाचनमा प्रा. मुना राना (थापा) प्यानलले २१ बुँदे प्रतिबद्धतता ( घोषणपत्र) लिएर चुवानी मैदानमा उत्रिएको छ । ९ पुसमा हुने संघको निर्वाचनमा २१ मतदानकेन्द्रहरु तोकिएको छ । नर्सिङ क्षेत्रमा रहेको पेशागत समस्या र चुनौतिलाई समयानुसार समधान गर्दै पेशालाई उच्च तहमा पुर्याउन र आम नर्सहरुलाई वृति विकासको लागि नेतृत्व प्रदान गरी नर्सिङ पेशालाई अझ चुस्त,दुरुस्त,समृद्ध,मर्यादित, पारदर्शी र अनुशासित बनाउने दुरदृष्टि लिई प्रतिस्पर्धामा उत्रिएको बताएको छ ।

थापाको प्यानलले आफू कुनै राजनैतिक आस्थाको आधारमा नभएर नर्सको पेशागत हितको लागि चुनावी मैदानमा उत्रिएको बताउँदै आएको छ । नर्सिङ पेशामा हुने भोलिन्टर प्रथाको निमुल गर्ने प्रमुख एजेन्डा बोकेको छ । हाल ९० हजार नर्सहरु नर्सिङ परिषद्मा दर्ता भएको अवस्थामा संघमा १५ हजार नर्सहरुले मात्र सदस्यता लिएका छन् । नर्सको संघमा सदस्यता विस्तार गर्न र आजीवन सदस्या शुल्क समायोजन गरी २ हजार ५ बनाउने लक्ष्य लिइएको प्रा. मुना राना बताउँछिन् । सदस्यता लिनको लागि ५ हजार १ सय लिदैँ आएको छ ।  संघघमा राजनैतिक गर्ने लागि होइन, नर्सहरुका समस्या उठान गर्नेका लागि जानेछु, ’थापा भन्छिन्,‘संघमा भित्र भएको राजनैतिलाई चिरफार गरेरसबै नर्सहरुलाई समान व्यवाहर गरेर देखाउने छु ।’

महँगो आजिवन सदस्यता शूल्कलाई समायोजन गर्ने र  नर्सहरुको शैक्षिक क्षेत्र र सेवा क्षेत्रको विकृति तथा विसंगतिलाई भण्डाफोर गरि नीति निर्माण तहबाटै समाधानको उपाय खोज्ने थापाको भनाई छ ।

त्यसैगरी, निजि तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्क्तिलाई १२ औं तहसम्म पुर्याउनका लागि दवाव दिने, नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने, नेपाल नर्सिङ परिषद्बाट (सिपिडि) कार्यक्रम अनिवार्य लागि निति बनाउन पहल गर्ने तथा पेशागत समस्या परेका नर्सहरुलाई कानुनी सहायताको लागि नर्सिङ हेल्थ डेस्सको स्थापना गरी समस्या समधान गर्ने जस्ता प्रतिबद्धताहरु लिएको छ ।

प्रा. मुना राना (थापा)को नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा विमला कुमारी शाह, महासचिव, यशोदा बराल, सचव जया मिश्र, कोषध्यक्ष कविता आचार्य रहेका छन् । त्यसैगरी सदस्यमा ज्योति रानाभाट,भिमकुमारी श्रेष्ठ, प्रेमा लक्ष्मी खागी, मोहनकुमारी गैर, विणा कुमारी यादव, इजरायल शाह, सीता भुषाल, मिरा गुरुङ रहेका छन् ।
२१ बुँदे प्रतिबद्धताहरु

१. नेपाल नर्सिङ संघको सदस्यता विस्तार गनर्न आजीवन सदस्या शुल्क समायोजन गरी २५ सय बनाउने साथै अनलाइन स्टिम द्दारा सदस्यता वितरण गर्ने ।
२. निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत तलव अन्य सुविधा कम्तिमा सरकारी मापदण्ड बमोजिम गर्ने गराउन सम्बन्धित निकायलाई दवाव दिई त्यस अनुरुप भए नभएको अनुगमन गर्ने ।
३. सरकारी, गैरसरकारी र निजि अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड बमोजिम विरामी र नर्सको अनुपपात कायम गर्ने र रिक्त रहेका दरबन्दीलाई परिपुर्ति गर्न पहल गर्ने ।
४. सरकारी तथा निजि स्वास्थ्य संस्थाहरुमा २४ घण्टा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने ।
५. नर्सिङ पेशामा भोलिन्टर प्रथा निर्मूल गर्ने ।
६. नर्सिङ योजना तथा निति निमार्ण तहमा नर्सहरुको प्रतिनिधित्व गर्न र गराउन पहल गर्ने ।
७. त्रि.वि अन्तर्गत नर्सिङ अध्ययन संस्थान स्थापना गर्न जोड दिने ।
८. नेपाल नर्सिङ परिषद्बाट (सिपिडि) कार्यक्रम अनिवार्य लागि निति बनाउन पहल गर्ने ।
९. पेशागत समस्या परेका नर्सहरुलाई कानुनी सहायताको लागि नर्सिङ हेल्थ डेस्सको स्थापना री समस्या समधान गर्ने ।
१०.नर्सिङ सेवाको दायरा फराकिलो बनाउन सरकारी सरह निनजी स्वास्थ्य संस्थाहरुमा तालिमकाृ व्यवस्था गर्न पहल गर्ने र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, इन्ड्रस्टियल नर्स, होमबेश नर्स र जिरियाट्रिक नर्सको व्यवथा गर्न सरकार संग पहल गर्ने ।
११. विशेषज्ञ नर्स लाई विशेषज्ञताको आधारमा पद सृजना गरी पदस्थापना गर्न पहल गर्ने ।
१२. नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
१३. दातृ निकायहरुसँग सहकार्य गरी, (नर्सिङ शिक्षा र सेवामा) गर्नको लागि नेपपाल नर्सिङ परिषद्सँग पहल गर्ने ।
१४. मातृ मुत्युदर र शिशु मृत्युदर कम गर्न प्रसुतिको चाप बढि भएका अस्पतालहरुमा अस्पतालको हाता भित्र मिडवाइफद्धारा सञ्चालित बर्थिङ सेन्टर खोल्नका लागि पहल गर्ने ।
१५. निजि तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्क्तिलाई १२ औं तहसम्म पुर्याउनका लागि दवाव दिने ।
१६. नर्सिङबाट पनि प्रतिनिधित्व हुने गरी स्वास्थ्य सचिव हुनुपर्ने नियमका लागि पहल गर्ने ।
१७. पारदर्शी नर्सिङ संघ स्थापना गर्ने ।
१८. सशक्त युवा नेतृत्व विकास गरी विधान बमोजिम नेतृत्व हस्तान्तरण गर्ने ।
१९. नर्स प्राक्टिसनरको शुरुवात प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२०. न्युनतम शैक्षिक योग्यता प्राप्पत गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२१. तयगत नर्सहरुको कार्य विवरण बनाउनको लागि सम्बन्धित निकायसँग पहल गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सक संघमा अध्यक्षमा २, महासचिवमा ४ सहित १३ पदमा ३१ जनाको उमेदवारी

नेपाल चिकित्सक संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन १३ पदका लागि ३१ जनाले उमेदवारी दर्ता
नेपाल चिकित्सक संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन १३ पदका लागि ३१ जनाले उमेदवारी दर्ता गराएका छन् ।
राजनीतिक बिचारधाराका आधारमा चिकित्सकहरु पनि प्रजातन्त्रिक र प्रगतीशील छुट्टा छुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । प्रजातन्त्रिक समूहका चिकित्सकहरु वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा मैदानमा उत्रिएका छन् भने, प्रगतीशील खेमाका चिकित्सकहरु डा. पुष्पमणि खरालको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ताका लागि तोकिएको अन्तिम मिति शनिबार १ बजेसम्ममा अध्यक्षमा डा. खराल र कार्कीको उमेदवारी परेको छ । महासचिवमा लोकतन्त्रिक समूहबाट डा. बद्री रिजाल र प्रगतीशील समूहबाट डा. मधुर बस्नेतले उमदवारी दर्ता गराएका छन् । प्रगतीशील समूह निकटकै अन्य दुई चिकित्सक डा. दिपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले पनि महासचिवमा उमेदवारी दिएका छन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ र डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की र डा. रणजीर कुमार झा, सहसचिवमा डा. निरज सिंह र डा. शैलेन्द्र झा, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. सञ्जिव कुमार साह, सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी, डा. प्रमोद जोशी र डा. उयनारायण सिंहको उमेदवारी परेको छ ।

त्यसैगरी ६ सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ । सदस्यहरुमा डा. रितेश थापा, डा. मनोर दिन सैयद, डा. प्रमोद जोशी, डा. विक्रान्त ढकाल, डा. नन्दाकुमार गुरुड. डा. लिजन महर्जन, डा. दिपेश अंगाई, डा. प्रविण कुमार गिरी, डा.सञ्जिव तिवारी, डा. दिपक कोइराला,
डा. राकेश कुरमा साह, डा. सुमन काफ््ले, डा. जगदिशचन्द्र विष्ठ, डा.त्रिभूवनचन्द्र झा, डा. अनिल चन्द्र चतुरवेदी छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एनएमएमा उम्मेदवारको अन्तिम टुंगो लगाउन दुवै समूहमा रस्साकसी जारी

नेपालको पहिलो पेसागत संगठन नेपाल चिकित्सक संघको २८औँ कार्यसमितिका लागि यतिवेला मनोनयन दर्ताको अवधि चलिरहेको छ । आगामी माघमा हुने केन्द्रीय कार्यकारिणी तथा विभिन्न शाखाहरूको निर्वाचनका लागि शुक्रबारदेखि शनिबार दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ । यतिवेला चिकित्सक नेताहरू प्रजातान्त्रिक समूह तथा प्रगतिशील समूहमा विभक्त भई आफ्नो प्यानललाई सशक्त रूपमा मतदातामाझ प्रस्तुत गर्न योग्य उम्मेदवार छनोटमा व्यस्त छन् । यद्यपि, दुवै प्यानलबाट अध्यक्षलगायत प्रमुख पदमा उतारिने अनुहार यसअघि नै सार्वजनिक भइसकेका छन् ।

मनोनयनको रस्साकसी चलिरहँदा आकांक्षीहरूलाई चित्त बुझाउँदै आ–आफ्नो समूहलाई एकताबद्ध देखाउन दुवै पक्ष व्यस्त छन् । केही चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउन पनि निर्वाचन आयोगबाट फर्म लिएका छन् । मुलुकको पहिलो पेसागत संगठनको यसअघिका २७ वटा कार्यसमितिमा एउटा पक्षले मात्र वर्चस्व राख्दै आएको छ । २० फागुन २००७ मा स्थापित संघका यसअघिका सबै कार्यसमितिको नेतृत्वमा प्रजातान्त्रिक समूह नै विजयी हुँदै आएको छ । त्यसैले आफ्नो सात दशक लामो विरासतलाई कायम राख्नुपर्ने चुनौती प्रजातान्त्रिक समूहसामु छ ।

अर्कोतर्फ दुईतिहाइ जनमतका साथ दुई वर्षदेखि सत्तासीन नेकपाका लागि आफूनिकट चिकित्सकलाई संघको नेतृत्वमा ऐतिहासिक रूपमा प्रवेश गराउने चुनौती छ । यसका लागि सत्तापक्ष र त्यसनिकट चिकित्सकले जुनसुकै हतकण्डा अपनाउने संकेत देखाइसकेका छन् । यस्तोमा विगतमा एकपक्षीय रूपमा हेर्ने गरिएको संघको निर्वाचन यसपटक भने केही गरम हुने अनुमान छ । यद्यपि, बौद्धिक तथा पेसानिष्ठ रूपमा पहिचान बनाएका चिकित्सकमाझ सत्ताको प्रभाव खास नपर्ने हुँदा यसपटक पनि मजबुत जरासहित गौरवपूर्ण इतिहास र सुदृढ संगठन भएको प्रजातान्त्रिक समूहकै पल्ला भारी हुने आमअनुमान छ ।

क–कसले दर्ता गर्दै छन् मनोनयन ?
प्रजातान्त्रिक समूहले संघको २८औँ कार्यसमितिको अध्यक्षका लागि वर्तमान महासचिव डा. लोचन कार्कीलाई अघि सारेको छ । संघका पूर्वअध्यक्षहरूको सर्वसम्मत निर्णबाट उनी कात्तिकको अन्तिम साता नै आगामी अध्यक्षको उम्मेदवारका रूपमा अघि सारिएका थिए ।  लामो समयदेखि संघले दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्दै आएका डा. कार्की चिकित्सकमाझ निकै लोकप्रिय मानिन्छन् । नम्र स्वभाव, सहयोगी भावना र संघआबद्ध सदस्यको समस्यामा सधैँ सँगै हुन खोज्ने प्रयत्नका कारण उनी चिकित्सकका असल मित्र मानिँदै आएका छन् । उनको यही छवि, जिम्मेवारीप्रतिको निष्ठा र संघमा पुर्याएको योगदानको मूल्यांकन गरेरै भावी नेतृत्वका लागि उनलाई अघि सारिएको संघका पूर्वअध्यक्ष हरूले बताउँदै आएका छन् । डा. कार्कीले पनि आफूमाथि संघका योद्धाहरूले गरेको विश्वासमा खरो उत्रिने बताउँदै आएका छन् ।
डा. कार्कीले संघको साधारण सदस्यदेखि केन्द्रीय महासचिवको जिम्मेवारीमा रही काम गरिसकेका छन् । उनले केन्द्रीय कार्यकारिणी समितिको सदस्य तथा विभिन्न पदाधिकारीको जिम्मेवारीमा रही लामो अनुभव बटुलेका छन् ।

अध्यक्षमा डा. कार्कीको प्रतिस्पर्धा डा. पुष्पमणि खरालसित हुँदै छ । सत्तारूढ नेकपानिकट प्रगतिशील समूहले डा. खराललाई आगामी अध्यक्षमा अघि सार्ने घोषणा यसअघि नै गरिसकेको छ । सो समूहले अन्य पदाधिकारी तथा सदस्यमा उठाउने उम्मेदवारको नाम भने आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । सो समूहले शुक्रबार निर्वाचन समितिबाट १३ वटा मनोनयनपत्र लगे पनि मनोनयन दर्ता भने शनिबार मात्र गर्ने बुझिएको छ ।

डा. कार्की नेतृत्वको प्रजातान्त्रिक समूहले भने यसअघि नै अन्य पदाधिकारी तथा सदस्य पदमा मैदानमा उतारिने नाम मोटामोटी रूपमा टुंगो लगाइसकेको अवस्था छ । यद्यपि, केही उम्मेदवारको नाममा भने अझै छलफल भइरहेको स्रोतले बताएको छ । केही पदमा आकांक्षी धेरै देखिएकाले र केही हेरफेर गरेर भए पनि आफ्नो प्यानललाई एकजुट रूपमा प्रस्तुत गर्ने अन्तिम गृहकार्य भइरहेको बताइएको छ । सो समूहले पनि शनिबार नै मनोनयन दर्ता गराउने भएको छ ।

प्रजातान्त्रिक समूहले वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठलाई मैदानमा उतार्ने भएको छ । त्यस्तै, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की प्रतिस्पर्धामा उतारिँदै छन् । संघमा अध्यक्षपछिको महत्त्वपूर्ण पद मानिने महासचिवमा प्रजातान्त्रिक समूहबाट डा. बद्री रिजालले उम्मेदवारी दिँदै छन् । अध्यक्षदेखि महासचिवसम्मका पदमा खास विवाद नरहेका कारण उल्लेखित व्यक्तिहरूको मनोनयन लगभग पक्का छ । त्यस्तै, पदाधिकारीतर्फको अर्को पद सहसचिवमा डा. नीरज सिंहलाई अघि सार्ने तयारी प्रजातान्त्रिक समूहको छ । यसअघि उनको नाम सदस्यका लागि चर्चामा थियो ।

तर, कोषाध्यक्ष पदका लागि भने प्रजातान्त्रिक समूहमा अहिले पनि रस्साकस्सी जारी रहेको बताइएको छ । कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. विश्वराज दवाडीमध्ये एकले बाजी मार्ने स्रोतको भनाइ छ । यसअघि कोषाध्यक्षमा डा. शिवजी पौडेलको नाम लगभग पक्का मानिएको थियो । डा. दवाडीको नाम सहकोषाध्यक्षमा चर्चामा थियो । त्यस्तै, कोषाध्यक्षको टुंगो नलागेसम्म सहकोषाध्यक्षको पनि निर्क्योल नहुने स्रोतको भनाइ छ । यतिवेला कोषाध्यक्ष र सहकोषाध्यक्षको नाम फाइनल गर्न छलफल चलिरहेको छलफलमा सहभागी एक चिकित्सक नेताले बताएका छन् ।

प्रजातान्त्रिक समूहबाट सदस्यहरूमा डा. सञ्जीव तिवारी, डा. नन्दा गुरुङ (भैरहवा), डा. रितेश थापा (काठमाडौं), डा. विपेश आचार्य (धरान), डा. प्रमोद जोसी (धनगढी), डा. मनोरदिन सैयद (काठमाडौं), डा. विक्रान्त ढकाल (पोखरा) लगायतको नाम चर्चामा छ । असन्तुष्टहरूलाई मिलाउने अन्तिम प्रयास चलिरहँदा उल्लेखित नाममध्ये केही हेरफेर हुन सक्ने स्रोतको भनाइ छ । यद्यपि, केही नाममा भने सर्वसम्मति रहेकाले पनि धेरैजसो यिनै अनुहारलाई मैदानमा उतारिने बताइएको छ ।

शनिबार १ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने, सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन
निर्वाचन समितिले एनएमएको कार्यकारिणी समितिको २०७६–२०७९ कार्यकालका लागि मागमा हुने २८औँ कार्यसमितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार १० देखि ४ बजेसम्म र शनिबार १० देखि १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकेको छ । प्रमुख प्रतिस्पर्धी मानिएका दुवै प्यानलले शुक्रबार मनोनयन दर्ता गराएका छैनन् । दुवैले शनिबार मनोनयन दर्ता गराउने बताइएको छ ।

निर्वाचनमा उम्मेदवार हुन इच्छुक नेपाल चिकित्सक संघको आजीवन सदस्यले आफैँ वा आफू उपस्थित हुन नसकेको अवस्थामा वारेसनामा दिएर शनिबार १ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीद्वारा जारी सूचनामा उल्लेख छ । मनोनयनका लागि स्वयम् उपस्थित हुन नसकेको अवस्थामा संघबाट प्रकाशित मतदाता नामावलीमा नाम उल्लेख भएका चिकित्सकलाई वारेसनामा दिई संघको केन्द्रीय कार्यालयमा उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले ३० मंसिरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । यसअघि उम्मेदवारको नाममाथि दाबीविरोध तथा उम्मेदवारी फिर्ताको कार्यक्रम छ । संघको निर्वाचन काठमाडौंबाहिरको हकमा ४ र ५ माघ र काठमाडौंभित्रको हकमा १७ देखि २१ माघमा हुनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रा. राई नेतृत्वको प्रगतिशील समूहको १९ बुँदे प्रतिबद्धता, समान सेवासुविधादेखि सुत्केरीलाई नाइट ड्युटीमा नराख्नेसम्म

नेपाल नर्सिङ संघको १९औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रा. मनकुमारी राई (प्रगतिशील) प्यानलले आफ्नो १९बुँदे प्रतिबद्धता (घोषणापत्र) जारी गरेको छ । बुधबार राजधानीमा पत्रकारसम्मेलन गर्दै समूहले आफ्नो भावी कार्ययोजनासहितको एजेन्डा प्रस्तुत गरेको हो ।  सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन पहल गर्ने प्रगतिशील प्यानलको चुनावी एजेन्डामा उल्लेख छ ।

सुत्केरी भएको २ वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई नाइट ड्युटीमा नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, अनमीलाई विशेष कार्यक्रमअन्तर्गत स्टाफनर्स अध्ययनको अवसर दिन छात्रवृत्तिको व्यवस्थाका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख छ । स्टाफनर्स पास गरिसकेका अनमीलाई स्टाफनर्समा पदस्थापन गराउन पहल गर्ने, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समितिलगायत स्थानीय तहमा एकाइ समिति गठन गरी व्यापक रूपमा नागरिकको नैसर्गिक अधिकार तथा गुणस्तरीय, सुरक्षित स्वास्थ्यसेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्नेलगायत एजेन्डा प्रगतिशीलले अघि सारेको छ ।

प्रगतिशील प्यानलबाट संघको अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएकी प्रा. राईले आफूले ४० वर्षे नर्सिङ करिअरमा देखेका नर्सका समस्यालाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताइन् । नर्सका तलब समायोजन, दरबन्दी समायोजन, निजी अस्पतालमा पनि सरकारीसरह सुत्केरी बिदालगायत सुविधा हुनुपर्नेजस्ता मुद्दा तत्कालै सम्बोधन गर्ने योजना आफूसित रहेको उनको भनाइ छ । १८औँ कार्यसमतिको उपाध्यक्ष अप्सरा पाण्डेले ‘एक विद्यालय एक नर्स’ अवधारणा, हिंसामा परेका नर्सलाई न्याय दिनेजस्ता थुप्रै काम आफ्नो कार्यकालमा भएको बताइन् । प्रगतिशील समूहले औद्योगिक क्षेत्रमा रहेका श्रमिकलाई समेत नर्सले उपचार दिने व्यवस्थाका लागि तथा नर्सलाई पनि सिपिडी कार्यक्रमको सुरुवात गर्न सरकारसमक्ष अवाज उठाइरहेको उनले बताइन् ।

प्रगतिशील प्यानलको अध्यक्षमा प्रा. राई, वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मीना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजूलाई मैदानमा उतारेको छ । त्यसैगरी, सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसीलाई अघि सारिएको छ ।

संघको निर्वाचन ९ पुसमा हुँदै छ । निर्वाचनका लागि देशभरमा २१ वटा मतदानकेन्द्र तोकिएका छन् । नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । नर्सिङ अभ्यासका लागि अनुमति पाउनेको संख्या यति ठूलो भए पनि पेसागत संगठन संघमा आबद्ध हुने नर्सको संख्या भने ज्यादै न्यून छ । ९ मंसिरसम्म संघमा आबद्ध हुने सदस्यले मात्र आगामी निर्वाचनमा मतदान गर्न पाउने संघले जनाएको छ ।

यस्तो छ १९ बुँदे घोषणापत्र

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सिङ काउन्सिलमा ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी, २८ भदौमा निर्वाचन

नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्यका लागि ८ जना नर्सले उम्मेदवारी दर्ता गराएका छन् । यद्यपि, मंगलबार (आज) बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय बाँकी नै भएकाले अन्तिम उम्मेदवारको सूची भने तय भइसकेको छैन । निर्वाचन समितिले आइतबार ५ बजेसम्मका लागि उम्मेदवारी दार्ता गराउन समय दिएको र तोकिएको समयभित्र ८ जना नर्सले रीतपूर्वक उम्मेदवारी दिएको नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले जानकारी दिइन् ।

उम्मेदवारी दिनेमा डा. तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठ, सरला केसी, जिता बराल र मित्रकुमारी देवकोटा छन् । तीमध्ये ५ जना प्रगतिशील पक्षधर र बाँकी ३ जना स्वतन्त्र उम्मेदवार रहेको बताइएको छ । उम्मेदवारी दिनेमध्ये जिता बराल गत जेठमा नर्सिङ बेथितिको अन्तका लागि आमरण अनशन बसेर चर्चामा आएकी थिइन् । काउन्सिलको सदस्यका लागि उम्मेदवारी दिन नर्सिङ संघको सदस्यता लिएको ५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ ।

काउिन्सलको निर्वाचन २८ भदौका लागि तय भएको छ । निर्वाचनमा नर्सिङ संघमा आबद्ध नर्सले मात्र मतदान गर्न पाउने व्यवस्था छ । हाल करिब १२ हजार नर्स नर्सिङ संघका सदस्य छन् । उनीहरूले ठिक एक महिनापछि हुने निर्वाचनमार्फत उम्मेदवारमध्येबाट काउन्सिलको सदस्यका लागि ३ जना चयन गर्नेछन् ।

१५ सदस्यीय नेपाल नर्सिङ काउन्सिलमा हाल ८ जना मात्र पदाधिकरी छन् । ८ महिनादेखि रिक्त रहेको ३ सदस्य पदका लागि अहिले निर्वाचन हुन लागेको हो । अन्य रिक्त सदस्य पद विभिन्न निकायबाट नियुक्त हुनुपर्नेमा हुन सकिरहेको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै