चिसोमा भाइरल प्रकोप र निमोनियाबाट बच्न इन्फ्लुएन्जा खोप

चिसो अझै घटेको छैन । चिसोका कारण धेरै मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । दैनिक व्यवहार र आनीबानीसम्बन्धी केही सामान्य कुरामा ध्यान दिन सके चिसोबाट बच्न सकिन्छ ।

नेपाली समाजमा अधिकतर महिलाले घरको दैनिक काम गर्नुहुन्छ । चिसो पानी खेलाउँदा हातमा निलो डाम हुने गर्छ । भाँडा माँझ्दा वा लुगा धुँदा प्रायः महिलामा हात निलो हुने तथा झमझमाउने समस्या निम्तिएको पाइन्छ । तापक्रम घटेको समयमा यो समस्या देखिन्छ । समस्याको न्यूनीकरणका लागि पानी छोएर काम गर्दा पन्जा लगाउनुपर्छ । पानी चलाउँदा पन्जा लगाएको खण्डमा हातमा निलो डाम बस्ने तथा झमझमाउने समस्या हुँदैन ।

विशेषतः वृद्धवृद्धा तथा बालबालिकालाई चिसो मौसममा छाला सुक्खा भएको अनुभव हुन्छ । चिसो महिनामा घाम कम लागेको र हुसु लागेको समयमा छाला फुट्छ । यस्तो समस्या भएको अवस्थामा सामान्य लोसनको प्रयोगले छालालाई सुरक्षित राख्न सकिन्छ । लोसनको प्रयोगले छालामा डाबर आउने, चिलाउनेजस्ता समस्याबाट जोगाउन मद्दत पुग्छ ।

त्यसैगरी, चिसो मौसममा पानी कम पिउने चलन छ । पानी कम पिउँदा डिहाइड्रेसन हुने सम्भावना हुन्छ । मनतातो पानी भए पनि समय–समयमा पिइरहनुपर्छ ।
चिसो महिनामा सामान्य मानिसलाई पनि रुघाखोकीले सताउने गर्छ । आफूलाई यस्तो समस्याबाट जोगाउन प्रशस्त मात्रामा पानी पिउने, झोलपदार्थ खाने तथा सिजनअनुसारका फलफूल खाने गर्नुपर्छ ।

प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिन्छ । एक खोपबराबर १ हजार ५ सय पर्छ, तर यसले लाखौँको प्रतिफल दिन्छ । यसले रुघाखोकी, निमोनियाजस्ता जाडो मौसममा देखिने समस्या कम गर्न मद्दत गर्छ ।

चिसोबाट बच्न शरीरलाई न्यायो बनाएर राख्नुपर्छ । शरीरलाई चिसोबाट जोगाउन टोपी, पन्जा र शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ । निमोनियाको जोखिम रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ । स्वास्थ्यमा कुनै समस्या नभएका व्यक्तिलाई पनि चिसोमा रुघाखोकी लागिरहने डर हुन्छ ।

जाडो महिनामै भाइरल प्रकोप सुरु हुने गरेका छन् । अहिले विश्वको ध्यान कोरोनाभाइरसमा केन्द्रित छ । यसका कारण हजारौँ मानिस अस्पताल भर्ना भएर बस्नुपरेको छ भने झन्डै दुई दर्जनले ज्यानै गुमाइसकेको अवस्था छ । यस्ता भाइरस रुघाखोकीबाटै सर्ने हुन् । माक्सको प्रयोग गर्ने, भिडभाडमा जान कम गर्ने, हात राम्रोसँग धोएर मात्र खाना खाने गरेमा रुघाखोकीबाट बच्च सकिन्छ ।

रुघाखोकीको जोखिमबाट बच्न इन्फ्लुएन्जाको खोप लगाउन सकिन्छ । यसले भाइरसबाट बच्न मद्दत गर्छ । जाडो महिना सुरु हुनु एक महिनाअघिबाटै खोप लगाउँदा निमोनिया हुन पाउँदैन । निमोनियाको बढी जोखिम हुने लामो समयदेखि दम, मुटु तथा मिर्गौलाको समस्या, सुगर भएका बिरामीले खोप लगाउँदा राम्रो हुन्छ ।

साधारण उपाय अपनाएर चिसोको संक्रमणबाट हुने रोगबाट सुरक्षित रहन सकिन्छ । स्वास्थ वातावरण र शैलीमा जीवनयापन गर्न सकियो भने निमोनियाबाट बच्न सकिन्छ । निमोनिया भइहाल्यो भने उपचार त सजिलै पाइन्छ, तर जोगाउन सकिन्छ वा सकिँदैन भन्ने शरीरको प्रतिरक्षात्मक क्षमतामा भर पर्छ । खोपबारे जनचेतना जगाउन सके ३ वर्षमै निमोनियाको दर घटाउन सकिन्छ ।

प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिन्छ । एक खोपबराबर १ हजार ५ सय पर्छ, तर यसले लाखौँको प्रतिफल दिन्छ । यसले रुघाखोकी, निमोनियाजस्ता जाडो मौसममा देखिने समस्या कम गर्न मद्दत गर्छ । तर, निमोनिया नै नहुने खोप भने पाइँदैन । भइहालेको खण्डमा रगतमा हुने कीटाणु फैलिने गर्छ, जुन खोपले धेरै हदसम्म घटाउँछ । खासगरी ६५ वर्ष नाघेका मानिसले वर्षमा एकपटक खोप लगाउनुपर्छ ।

निमोनियाको लक्षण खोकीबाट सुरु हुन्छ । यसले ज्वरो उत्पन्न भई श्वासप्रश्वासमा समस्या ल्याउँछ । यो समस्या जसलाई पनि हुन्छ । निमोनिया हुँदा फोक्सोमा घाउ हुने तथा खकार निस्किने गर्छ । खकार अन्य कारणले पनि निस्किन्छ, जस्तो कि क्षयरोग । निमोनियाको उपचार आइसियूमै राखेर गर्नुपर्ने हुन्छ । श्वासप्रश्वासको मात्रा तलमाथि भएमा भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ । यसमा रगतका कीटाणु फोक्सोबाट फैलिएर श्वासप्रश्वासमा समस्या निम्त्याई अक्सिजनको मात्रा धेरै घट्ने लक्षणसमेत हुन्छ ।

साधारण उपाय अपनाएर चिसोको संक्रमणबाट हुने रोगबाट सुरक्षित रहन सकिन्छ । स्वास्थ वातावरण र शैलीमा जीवनयापन गर्न सकियो भने निमोनियाबाट बच्न सकिन्छ । निमोनिया भइहाल्यो भने उपचार त सजिलै पाइन्छ, तर जोगाउन सकिन्छ वा सकिँदैन भन्ने शरीरको प्रतिरक्षात्मक क्षमतामा भर पर्छ । खोपबारे जनचेतना जगाउन सके ३ वर्षमै निमोनियाको दर घटाउन सकिन्छ ।

अस्पताल, क्लिनिकमा चिसो मौमसमा बिरामीको अवस्था हेर्दा ५० प्रतिशत निमोनियाको समस्या लिएर आउँछन् । यसको बचाउ समयमै नहुँदा धेरै समस्यामा पर्ने गरेका छन् । कुनै व्यक्तिलाई केही दिनदेखि लगातार खोकी लागिरहेको छ, श्वासप्रश्वासमा समस्या छ, होस हराउँदै गएको छ भने निमोनिया भएको हुन सक्छ । यस्तो समस्या देखिएमा समयमै अस्पताल पुगेको खण्डमा उपचार सम्भव छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिहीबार वर्षकै चिसो दिन, अस्पतालमा ६०% पुगे चिसोका बिरामी, काठमाडौंको तापक्रम ‘माइनस’मा झर्ने

काठमाडौं उपत्यकासहित देशभर बिहीबारदेखि चिसो अत्यधिक बढेको छ । लगातार चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ०.९ डिग्री सेन्टिग्रेट मापन गरिएको छ, जुन बिहीबार विहान ८ बजेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरिसकेको छ । महाशाखाले काठमाडौंको तापक्रम केही दिनभित्रै माइनसमा झर्ने बताएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ६० प्रतिशत बिरामी  चिसोका
जाडो बढेसँगै राजधानीका प्रमुख अस्पतालमा रुघाखोकी, दम तथा निमोनियाका बिरामीको संख्या ह्वातै बढेको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिसोका बिरामी दिनप्रतिदिन बढ्दै गएको छातीरोग विशेषज्ञ डा. नीरज बम बताउँछन् । अस्पतालमा दैनिक ओपिडीमा ज्वरो, रुघाखोकीलगायतका करिब २ सय बिरामी आउने गरेकोमा ६० प्रतिशतभन्दा बढीमा चिसोको संक्रमण पाइएको उनले जानकारी दिए ।

चिसोको संक्रमणका कारण मुख्यतया रुवाखोकी, ज्वरो, निमोनिया, छातीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेकोे डा. बमले बताए । ‘चिसोका कारण केही बिरामीलाई निमोनिया भई आइसियूमा भर्ना गरेर राख्नुपरेको अवस्था छ,’ डा. बम भन्छन्, ‘चिसो बढेसँगै अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।’

के छ कान्तिको अवस्था ?
जाडो महिनामा सामान्यतः सबै अस्पतालमा बिरामीको चाप कम हुने हुन्छ । कान्ति बाल अस्पतालमा आजभोलि ३ सय ५० को हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा चिसोका कारण बालबालिकामा रोटा भाइरसकाले हुने झाडापखाला तथा आरएसभी भाइरसका कारण हुने ब्युंकोलाइटिस (निमोनिया) जस्ता संक्रमणको दर बढेको अस्पतालका निर्देशक डा. आरपी बिच्छा बताउँछन् ।

‘चिसो मौसममा हुने झाडापखाला सामान्यता ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखापर्छ । तर, १ वर्षमुनिका बालबालिकामा संक्रमण र मृत्युको जोखिम बढी हुने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘बालबालिकामा सुरुवातमा बान्ता भएको २–३ पटकपश्चात् पानीपखला चल्ने हुन्छ । बालबालिकालाई पानीको कमी भएको खण्डमा अन्य संक्रमण बढ्दै जान्छ ।’ हाल अस्पतालमा आउने ओपिडीका बिरामीमध्ये करिब १० प्रतिशत चिसो मौसममा हुने झाडापखालाले पीडित भएको उनले बताए । यसमध्ये दैनिक ४–५ जनालाई भर्ना गरेर राख्नुपरेको डा. बिच्छाले जानकारी दिए ।

त्यसैगरी, चिसो मौसममा आरएसभी भाइरसका कारण ब्युुंकोलाइटिस (निमोनिया) जस्ता संक्रमण हुने गर्छ । यसको असर १ वर्षभन्दा कम उमेरका बालबालिकामा बढी हुने गरेको डा. बिच्छा बताउँछन् । ब्युंकोलाइटिस भाइरसका कारण श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, खोकी लाग्ने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘३–४ दिनमा निको नभएको खण्डमा सेकेन्डरी इन्फेक्सन भएका कारण निमोनियाको रूप लिने गर्छ ।’

डा. बिच्छाका अनुसार चिसोबाट बालबालिकालाई जोगाउन खुट्टा तथा टाउकोमा न्यानो कपडा लगाइदिने, बिहान–बेलुका घरबाहिर ननिकाल्ने, झोल पदार्थ प्रशस्त खुवाउने, बालबालिकाको सरसफाइमा ध्यान दिने गर्नुपर्छ । चिसोका कारण रुघाखोकी, दम, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफलाइटिस (मस्तिष्कज्वर), निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन् । चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सक बताउँछन् ।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गरेको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल प्रकारका रोगले संक्रमण गर्ने गरेको डा. बम बताउँछन् । रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिई वेलैमा उपचारमा ध्यान दिन नसकिएको अवस्थामा यसका कारण जटिल परिस्थितिको पनि सिर्जना हुन सक्छ । ‘रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिएर अधिकांशले नजिकैको औषधि पसलमा गएर अनुमानका भरमा आफूखुसी औषधि किनेर खाने गरेको पाइन्छ,’ डा. बिच्छा भन्छन्, ‘यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।’

बालबालिकालाई बान्ता हुने, लगातार रूपमा झाडापखला लागेमा तुरुन्तै नजिकको स्वास्थ्यसंस्थामा देखाउन डा. बिच्छाको सुझाव छ ।

चिसोबाट बच्न डा. बमको सुझाब
१. बिहान–बेलुका चिसोमा सकेसम्म बाहिर हिँडडुल नगर्दा नै फाइदा हुन्छ । हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कनुपर्छ ।
२. सकेसम्म तातोपानी प्रशस्त पिउनुपर्छ ।
३. प्रशस्त मात्रामा झोलियो खानेकुरा खानुपर्छ ।

४. मौसमी फलफूल विशेष गरेर भिटामिन सीयुक्त फलफूल खानुपर्छ । चिसो खानेकुरा खानुहुँदैन ।
५. भाइरल फ्लु लागेका मानिससित दूरी कायम गर्नुपर्छ ।
६. चिसो मौसममा तुँवालो लागेका वेला माक्सको प्रयोग गर्नुपर्छ, जसबाट श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन मद्दत पुग्छ ।
७. राति कोठाको वातावरण न्यायो राख्नुपर्छ ।
८. हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बालमृत्युको पहिलो कारण निमोनिया, ५ वर्षमुनिका २ लाखमा प्रतिवर्ष संक्रमण, मृत्युमा एकचौथाइ हिस्सा

मकवानपुरकी १४ वर्षीया निरुता विकलाई करिब एक वर्षअघि ज्वरोले समात्यो । उनले यसलाई बेवास्ता गरिन् । ज्वरोकै बीच विद्यालय जाने तथा सकी–नसकी घरको काम गरिरहिन् । ज्वारोले निकै गालेपछि उनको श्वासप्रश्वासमा समस्या देखापर्यो । घर–परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पहिले उनले सामान्य औषधि सेवन गरेकी थिइन् । अन्तिम अवस्था भएपछि परिवारले ऋण गरेर उनलाई भरतपुर अस्पताल पुर्यायो । तर, अस्पतालले निमोनिया अन्तिम अवस्थामा पुुगेकाले मृत्युको विकल्प नभएको भन्दै निरुतालाई भर्ना गर्न मानेन ।

बुबा–आमाले छोरीको मृत्यु सहजै स्वीकार गर्न सकेनन् । उनीहरूले निरुतालाई हेटौँडा अस्पतालको आइसियू हुँदै भोलिपल्ट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर भर्ना गराए । त्यहाँ उनले पुनर्जीवन त पाइन्, तर बिहान–बेलुकीको छाक टार्नकै लागि सधैँ चिन्तित रहने विक परिवारले ५ लाखभन्दा बढी उपचार खर्च बेहोर्नुपर्यो । आँखाभरि आँसु लिएर निरुता भन्छिन्, ‘मेरो परिवारको जस्तो दुर्दशा अरु कसैले भोग्न नपरोस् ।’ निरुताजस्तै ज्वरोलाई सामान्य रूपमा लिएर मृत्युको मुखमा पुग्ने बालबालिका हजारौँ छन् ।

निमोनिया ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार ५ वर्षमुनिका करिब ३० लाख नेपाली बालबालिकामध्ये १७ लाखमा श्वासप्रश्वाससम्बन्धी समस्या छ । उपचारका लागि स्वास्थ्यसंस्थामा आइपुगेका बालबालिकाको वार्षिक तथ्यांक केलाउँदा ५ वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त हुने गरेका छन् ।

स्वास्थ्यसंस्थाबाट आएकोे तथ्यांकअनुसार वार्षिक १ हजार २ सय ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलकराज शर्मा गाैतम बताउँछन् । ‘बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हुने गरेको छ,’ डा. गाैतम भन्छन्, ‘नेपालमा वार्षिक २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त बन्दै आएका छन्, जसमध्ये ३ सयभन्दा बढीको निमोनियाकै कारण मृत्यु हुने गरेको छ ।’

वार्षिक ५ वर्षमुनिका १२०० बालबालिकाको मृत्यु, निमोनियाले लिन्छ ३०० को ज्यान
स्वास्थ्यसंस्थाबाट आएकोे तथ्यांकअनुसार वार्षिक १ हजार २ सय ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलकराज शर्मा गाैतम बताउँछन् । ‘बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हुने गरेको छ,’ डा. गाैतम भन्छन्, ‘नेपालमा वार्षिक २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त बन्दै आएका छन्, जसमध्ये ३ सयभन्दा बढीको निमोनियाकै कारण मृत्यु हुने गरेको छ ।’

डा. शर्माले दिएको यो तथ्यांक केवल सरकारी स्वास्थ्यसंस्थामा उपचारका लागि आएका बालबालिकाको मात्र हो । निजीस्तरमा सञ्चालित स्वास्थ्यसंस्थाको तथ्यांकसमेत समावेश गर्दा यो संख्या दोब्बरभन्दा बढी हुने आकलन गरिएको छ ।

वार्षिक ४ अर्ब खर्च, अझै २१% बालबालिका खोपबाट वञ्चित
बाल स्वास्थ्यअन्तर्गतका पोषण, खोप तथा एकीकृत जवजात शिशु तथा बालरोग व्यवस्थापन कार्यक्रमका लागि वार्षिक ४ अर्बभन्दा बढी खर्च हुँदै आएको छ । यद्यपि, अझै पनि २१ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।

हालसम्म गण्डकी प्रदेश मात्र पूर्ण खोप घोषित भएको छ । देशका ७० प्रतिशत पालिकालाई पूर्ण खोप घोषणा गरिएको छ भने ५७ वटा जिल्ला पूर्ण खोप घोषित भएका छन् । एकैपटक पूरै देशलाई पूर्ण खोप घोषणा गर्न नसकिने डा. गौतम बताउँछन् । यसका लागि र यसलाई प्रत्येक वर्ष लक्ष्य बढाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

निमोनिया फोक्सोमा हुने शीघ्र संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने (सुन्निने) गर्छ । यसका कारण बच्चाले छिटो–छिटो श्वास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई बाहिर निष्कासन गर्छ । जब फोक्सोमा सुजन हुन्छ, तब यो प्रक्रिया नराम्ररी प्रभावित हुन्छ, फलस्वरूप बिरामीको मृत्यसमेत हुने गर्छ ।

के हो निमोनिया ?
निमोनिया फोक्सोमा हुने शीघ्र संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने (सुन्निने) गर्छ । यसका कारण बच्चाले छिटो–छिटो श्वास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई बाहिर निष्कासन गर्छ । जब फोक्सोमा सुजन हुन्छ, तब यो प्रक्रिया नराम्ररी प्रभावित हुन्छ, फलस्वरूप बिरामीको मृत्यसमेत हुने गर्छ ।

बालबालिकालाई निमोनियाबाट कसरी बचाउने ?
‘पूरा मात्रामा खोप लगाएमा निमोनियाबाट बच्न सकिन्छ । खोप प्रभावकारी छ र यो निमोनिया रोकथाम गर्ने अभिन्न रणनीति पनि हो,’ शाखाप्रमुख डा. गौतम भन्छन्, ‘नेपालमा हेमोफिलस इन्फ्लुएन्जा–बी, दादुरा र लहरेखोकी (हुपिङ कफ) को खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ, जुन निमोनिया रोकथामका लागि प्रभावकारी छन् ।’

पर्याप्त पोसिलो खानाले बालबालिकाको शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । जन्मेको १ घण्टाभित्रै नवजात शिशुलाई स्तनपान गराई ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा शिशुको पोषण राम्रो हुने र निमोनिया रोकथाममा समेत मद्दत पुग्ने डा. गौतम बताउँछन् ।

६ महिनापछि बच्चालाई आमाको दूधका साथै पोसिलो खाना पटक–पटक खुवाउने गरेमा निमोनियाबाट बच्न सकिन्छ । त्यसैगरी, वातावरणीय सुरक्षा, खासगरी घरभित्र हुने धुवाँ, बाहिरी धुलोबाट बच्ने र सरसफाइमा ध्यान दिने गरेमा निमोनियाबाट जोगिन सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

रुघाखोकी/निमोनिया भएका बच्चालाई आमाको दूध धेरैपटक खुवाउनुपर्छ

निमोनिया
निमोनियारोग ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँछ । नेपालमा पनि बर्सेनि करिब ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

परिचय
निमोनिया फोक्सोमा हुने शीघ्र संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने गर्छ । यसका कारण बच्चाले छिटो–छिटो सास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई शरीरबाट बाहिर निष्कासन गर्छ । जब फोक्सोमा सुजन हुन्छ, तब यो कार्य नराम्ररी प्रभावित हुन्छ । फलस्वरूप बिरामीको मृत्यसमेत हुने गर्छ ।
निमोनिया विश्वमै बालमृत्युको प्रमुख कारण हो । तर, निमोनियाबाट बालबालिका लागि सुरक्षित राख्न सकिन्छ । यो रोकथाम गर्न सकिने रोग हो र रोग लागेपछि पनि सस्तो र सरल प्रविधिबाट यसको उपचार गर्न सकिन्छ ।

कारण
निमोनिया विभिन्न सूक्ष्म जीवाणु, कीटाणु र विषाणुबाट हुने गर्छ, जुन यसप्रकार छन् ः
क) स्टे«प्टोकोकस निमोनिया– प्रमुख कारण
ख) इमोफिलस इन्फ्लुएन्जा– बी दोस्रो कारण
ग) श्वासनलीमा लाग्ने अन्य जीवाणु, कीटाणु र विषाणुहरू
घ) एचआइभी संक्रमित अवस्थामा न्युमोसिस्टिस जिरोभेसी प्रमुख कारक हुने गर्छ ।

सर्ने तरिका
– निमोनिया विभिन्न तरिकाबाट सर्छ ।
– जीवाणु र विषाणुहरू बालबालिकाको नाक र घाँटीमा प्रायः रहेका हुन्छन् । तर, फोक्सोभित्र गएमा यसले संक्रमण गर्न सक्छ ।
– यो खोक्दा, हाच्छियूँ गर्दा हावामा उडेका स–साना छिटाहरूबाट पनि सर्न सक्छ ।
– यसका अतिरिक्त, नवजात शिशुमा जन्मनेवेलामा वा त्यसपछिको छोटो समयमा रगतबाट पनि सर्न सक्छ ।

लक्षण
– सुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गएर छिटो–छिटो सास फेर्ने वा सास फेर्न गा-हो हुन्छ ।
– ज्वरो आउँछ (१०२ फरेनहाइटभन्दा माथि) ।
– कोखा हान्नेजस्ता लक्षण र चिह्नहरू देखापर्दछन् ।
– कडा निमोनिया भएमा बच्चा खान–पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ । कसै–कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ ।

जोखिमका कारण
– जसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम छ, तिनीहरूमा निमोनियाको जोखिम बढी हुने गर्छ ।
– खास गरेर कम पोषित, कुपोषित शिशुहरू, जसले पूर्ण स्तनपान गरेका छैनन्, उनीहरू जोखिममा रहन्छन् ।
– खराब वातावरण र सरसफाइ अभावले निमोनिया बढाउँछ ।
– गोबर, दाउराले खाना बनाउँदा उत्पन्न हुने धुवाँ र खारले घरभित्रको हावालाई दूषित गर्छ, जसले निमोनियालाई सहयोग पुर्याउँछ ।
– भिडभाड गरी सानो ठाउँमा बस्दा त्यस ठाउँको हावा दूषित हुने भएकाले जोखिम बढ्छ ।
– अभिभावकले वा अन्य व्यक्तिले गर्ने धूमपानले बालबालिकामा जोखिम बढाउँछ ।

उपचार
– निमोनियाको उपचार सस्तो र सुरक्षित एन्टिबायोटिक र सरल प्रविधिले गर्न सकिन्छ । यसको औषधि घरैमा बसेर सेवन गर्न सकिन्छ । सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, समुदायस्तरका स्वास्थ्यसंस्था, स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यसंस्थाहरूबाट यसको उपचार निःशुल्क गरिन्छ ।
–विशेषगरी नवजात शिशु र कडा निमोनियाका बिरामीले मात्र अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने हुन्छ ।

रोकथाम
– पूरा मात्रामा खोप लगाएमा निमोनियाबाट बच्न सकिन्छ । खोप प्रभावकारी छ र यो निमोनिया रोकथाम गर्ने अभिन्न रणनीति पनि हो । नेपालमा हेमोफिलस इन्फ्लुएन्जा–बी, दादुरा र लहरेखोकी (हुपिङ कफ)को खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ, जुन निमोनिया रोकथामका लागि प्रभावकारी छ ।
– पर्याप्त पोषिलो खानाले बालबालिकाको शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । जन्मेको १ घण्टाभित्रै नवजात शिशुलाई स्तनपान गराई ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा शिशुको पोषण राम्रो हुन्छ र निमोनियाको रोकथाममा मद्दत पुग्दछ । ६ महिनापछि बच्चालाई आमाको दूधका साथै पोषिलो खाना पटक–पटक खुवाउनुपर्छ । यदि निमोनिया भइहालेमा पनि पोषिलो खाना खाएका बालबालिका छिट्टै स्वास्थ हुन सक्छन् ।
– वातावरणीय सुरक्षा, खासगरी घरभित्र हुने धुवाँ, धुलोबाट बच्ने र सरसफाइमा ध्यान दिनुपर्छ । खाना बनाउनुअघि र खानुअघि, दिसा तथा फोहोर छोएपछि हात हुने गर्नुपर्छ ।
– नवजात शिशुलाई छुँदा साबुन–पानीले हात धोएर मात्र छुने गर्नाले निमोनिया र अन्य संक्रमणबाट बच्न मद्दत पुग्छ ।
– एचआइभी संक्रमित बालबालिकाले स्वास्थ्यकर्मीको सल्लाह लिई एन्टिबायोटिक (कोट्रिम) दैनिक खानाले निमोनिया हुनबाट बचाउँछ ।
– स्वस्थ बच्चा आफ्नै शरीरको रोगप्रतिरोधात्मक क्षमताबाट निमोनियाविरुद्ध सुरक्षित हुन सक्छन् । यदि रोग प्रतिरोधात्मक क्षमता कम भएमा निमोनियाको जोखिम बढ्छ ।

उपचारका लागि स्वास्थ्यसंस्था लैजानुपर्ने अवस्था
– बच्चाले छिटो–छिटो (१ मिनेटमा ५० पटकभन्दा बढी सास फेरेमा ।
– बच्चाको कोखा हानेमा ।
– बच्चाले झोल कुरा वा अन्य खानेकुरा खान नसकेमा ।
– बच्चाले आमाको दूध चुस्न नसकेमा ।
– २ महिनामुनिका बच्चालाई ज्वरो आएमा वा हात–खुट्टा शीतांग भएमा ।
– बच्चा ज्यादै कुपोषित भएका ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै