घुर्नुहुन्छ ? उच्च रक्तचाप पो छ कि !

धेरै मानिसको सुतेको समयमा घुर्ने र निद्रामा अचानक आत्तिँदै उठ्ने बानी हुन्छ । सधैँ घुरिरहने भएकाले हामी धेरैजसोले यसलाई समस्याका रूपमा लिइरहेका हुँदैनौँ । सुताइमा अप्ठ्यारोपनका कारण घुरेको भन्दै यसलाई सामान्य रूपमा हेर्ने गरिएकोमा पछिल्लो समय भने घुर्ने बानीलाई उच्च रक्तचापको लक्षणसमेत मान्ने गरिएको छ ।

चिकित्सकहरूका अनुसार घुर्दा श्वास रोकिन्छ भने त्यो अझै खतरनाक हुन्छ । धेरै घुर्ने, केहीबेरमा घुर्न रोकिएजस्तो हुने र केही समयपछि पुनः जोडका साथ घुर्ने प्रक्रिया चल्छ भने यो कडाखालको उच्च रक्तचापको लक्षण हो । चिकित्सकीय भाषामा यसलाई अटेप्टिभ शिल्प एप्निया भनिन्छ ।
सहरी जीवनशैलीमा अत्यधिक चिल्लोको सेवन र व्यायामको अभावले हुने मोटोपन र घाँटीको नसा सानो भएर पनि मानिसमा यस्ता समस्या देखिने चिकित्सक बताउँछन् । केही समयअघि अमेरिकी चिकित्सकका लागि निर्मित गाइडलाइनमा उच्च रक्तचाप भएकाहरूलाई घुर्ने बानी भए–नभएको सोध्न भनिएको थियो ।

राति घुर्न बन्द हुँदा छाती हल्लिन्छ, तर श्वास–प्रश्वास हुँदैन । नजिकै सुतेको मानिसले के भयो भनेर झक्झक्याएपछि मात्रै उसलाई सहज लाग्छ । कडाखालको उच्च रक्तचाप र विभिन्न चरणमा औषधि खुवाउँदा पनि नियन्त्रणमा नआएको रेजिस्टेन्ट हाइपरटेन्सन उच्च रक्तचापको कारण सिल्प एप्निया हो ।

संसारभरका धेरै मुटुरोग विशेषज्ञले उच्च रक्तचापका बिरामीको घुर्ने बानीबारे परिवारका सदस्य एवम् सँगै सुत्ने मानिससँग सोध्ने गरेका छन् ।
मोटो मान्छेमा बोसो बढी हुने भएकाले नसाहरू साँघुरो हुने र त्यसले श्वास–प्रश्वास सहज नहुने मुटुरोग विशेषज्ञहरू बताउँछन् । अक्सिजन नभएपछि शरीरमा विभिन्न रासायनिक क्रिया हुन्छन्, जसले नसालार्य थप साँघुरो बनाउँछन् । यसका कारण ब्रेनमा अप्ठ्यारो भएपछि एक्कासि निस्सासिएजस्तो गरी मान्छे उठ्छ । यसबाहेक घुराइसँगै मानिसमा खुट्टा सुन्निने, जिउ भारी हुने, थकाइ लाग्ने र बिहानै उठ्नेबित्तिकै टाउको दुःख्ने, फ्रेस नहुने र कहिलेकाहीँ मुख सुक्ने हुन्छन् ।

राति घुर्न बन्द हुँदा छाती हल्लिन्छ, तर श्वास–प्रश्वास हुँदैन । नजिकै सुतेको मानिसले के भयो भनेर झक्झक्याएपछि मात्रै उसलाई सहज लाग्छ । कडाखालको उच्च रक्तचाप र विभिन्न चरणमा औषधि खुवाउँदा पनि नियन्त्रणमा नआएको रेजिस्टेन्ट हाइपरटेन्सन उच्च रक्तचापको कारण सिल्प एप्निया हो ।मोटोपन घटाउने, निद्राको औषधि नखाने, रक्सी नखाने, कोल्टे परेर सुत्ने र बेडमा सिरानीतिर अग्लो बनाएर सुत्नाले असर कर्म गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

अन्य कारणले हुने उच्च रक्तचाप सुतेपछि कम हुने भए पनि यस्तो कारणबाट हुने रक्तचाप कम हुँदैन । यसको उपचारका लागि चिकित्सकले निद्राको अध्ययन गर्नुपर्छ । यसलाई कम गर्न भेन्टिलेटरजस्तो मेसिन मुखमा लगाएर सुत्नुपर्छ । यस्तो समस्याले हृदयाघातसमेत गराउन सक्छ ।
नेपालमा कति प्रतिशत मानिसमा यस्तो समस्या छ भन्ने यकिन तथ्यांक नभए पनि महिलाभन्दा पुरुषमा समस्या बढी पाइएको चिकित्सकको भनाइ छ । नुनको अधिक प्रयोग, परिवर्तित जीवनशैली, खानपान, वंशानुगत, मधुमेह र बुढ्यौलीका कारण व्यक्तिमा उच्च रक्तचाप हुन्छ । तीमध्ये वयष्क अवस्थामै उच्च रक्तचापले सताएका ९० प्रतिशत व्यक्तिमा प्रमुख कारण यकिन हुन सक्दैन ।

वेलैमा थाहा पाएर उपचार गरिएन भने उच्च रक्तचापले मुटु, मिर्गौला र आँखा बिगार्न सक्छ । घुर्ने मानिसमा मोटोपन भएका, धूमपान गर्ने वा अत्यधिक कोलेस्टेरोल भएका व्यक्तिको अपेक्षामा हृदयरोगको खतरा निकै हुने कुरा अध्ययनले देखाएका छन् ।

मुटुरोगको उपचार हुने विभिन्न अस्पतालका तथ्यांकअनुसार १८ वर्षमाथिका वयष्कहरूमा उच्च रक्तचाप २० प्रतिशतले बढेको छ । यो निकै डरलाग्दो अवस्थाको संकेत भएको चिकित्सकहरू बताउँछन् । विश्वमा करिब एक अर्ब ५० करोड मानिस उच्च रक्तचापबाट पीडित छन् । यीमध्ये १२ प्रतिशत मात्र उच्च रक्तचापका बिरामीले नियमित उपचार गराउँछन् । नेपालजस्ता विकासोन्मुख देशमा रक्तचापका बिरामीको उपचारदर निकै कम छ । अध्ययनअनुसार ६४ प्रतिशत पक्षाघात, ४९–५० प्रतिशत हृदयाघात ४० प्रतिशत मिर्गौलाफेलको मूल कारण उच्च रक्तचाप हो । उच्च रक्तचाप भएका मध्ये ६० प्रतिशतलाई थाहै हुँदैन ।

अन्य लक्षण देखिएको छैन भने पनि घुर्ने बानीको अध्ययन जरुरी हुन्छ । वेलैमा थाहा पाएर उपचार गरिएन भने उच्च रक्तचापले मुटु, मिर्गौला र आँखा बिगार्न सक्छ । घुर्ने मानिसमा मोटोपन भएका, धूमपान गर्ने वा अत्यधिक कोलेस्टेरोल भएका व्यक्तिको अपेक्षामा हृदयरोगको खतरा निकै हुने कुरा अध्ययनले देखाएका छन् ।मस्तिष्कमा आक्सिजनयुक्त रगत पुर्याउने दुई ठूला रक्तनली साँघुरो हुने कारणले मानिसलाई घुर्ने बानीले समाउँछ । यसले धमनी तथा हृदयसम्बन्धी विभिन्नप्रकारका रोग निम्त्याउन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै