नवराज रावत

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल–भारत सीमास्थित दशगजामा निर्माण गरिएको क्वारेन्टाइनको स्थलगत अनुगमन गरेका छन् । मंगलबार गृहजिल्ला सुर्खेत जाने क्रममा मन्त्री रावत दशगजा पुगेका हुन् । भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरिएको थियो । क्वारेन्टाईनमा रहेका...