नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्रको परीक्षाफल प्रकाशित, ५२ प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्सको)नतिजा प्रकाशन भएको छ । परीक्षामा ५२ दशमलब १२ प्रतिशत विद्यार्थी उर्तिण भएको काउन्सिलले जनाएको छ ।

नाम दर्ता परीक्षामा १ हजार ६ सय ८ विद्यार्थी सहभागिता रहेको थियो भने ८ सय ७१ जना मात्र उर्तिण भएका छन् । ८ सय अनुत्तीर्ण भएका छन्। ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् । www.nnc.org.np नतीजा हेर्न सकिने काउन्सिलले जनाएको छ । गत असार भएको २२ औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए काउन्सिलले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिने गरेको छ ।

त्यसैगरी, अनुउर्तीण भएका विद्यार्थीले पुनर्योगको लागि दर्ता प्रमाण पत्र परीक्षाको नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र निदेवन दिन सक्ने परिषद्ले जनाएको छ ।  यस पटकको परीक्षा दोस्रो हो बाँकी परीक्षा आगामी चैतमा हुनेछ । उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्दै गएपछि नर्सिङ शिक्षाको गुणस्तरबारे बहस सुरू हुन थालेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘क्रिटिकल केयर’ नर्सहरुको सार्कस्तरीय सम्मेलन रुपन्देहीमा सुरु (फोटो फिचर)

सार्क राष्ट्का क्रिटिकल केयर नर्सहरुको साझा संगठन रिजनल फेडरेसन अफ क्रिटिकल केयर नर्सको दोस्रो अन्तराष्ट्यि सम्मेलन शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ ।सम्मेलनको नेपालकै पुुरानी क्रिटिकल केयर नर्स रामेश्वरी श्रेष्ठले उदघाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नर्सहरुको क्षमता अभिवृद्धि गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उद्घाटन सत्रको अध्यक्षता सर्कस्तरीय क्रिटिकल फेडरेशनकी अध्यक्ष जया कुरुभिल्लाले गरेकी थिइन् ।

सम्मेलनमा २५ जना अन्तर्राष्टिय विज्ञबाट क्रिटिकल केयर नर्सको बिषयलाई समेटी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । क्रिटिकल केयर नर्सिङका गुणस्तरसम्बन्धी विषयहरु, विश्वस्तरमा भइरहेका अभ्यास तथा प्राविधिक विकासलगायत क्रिटिकल केयर नर्सिङका मुख्य पक्षहरुबारे गहन छलफल गरिने आयोजकले जनाएका छन् । त्यसैगरी आयोजकका तर्फबाट नेपालमा क्रिटिकल केयर नर्सिङको अवस्था र नयाँ विषयबारे २५ जना नर्सले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको क्रिटिकल केयर एशोसिएशनकी अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

क्रिटिकल केयर युनिट संवेदनशील ठाउँ भएको हँुदा यसमा कार्यरत नर्सहरुको दक्षता अभिवृद्धि जरुरी रहेको र सम्मेलनले यस विषयमा महत्वपूर्ण निर्णय गर्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्राध्यापक डा. सुवास आचार्यले बताए । सम्मेलनमा सार्कका सदस्य राष्टहरु तथा बाह्य मुलुकका गरी २५ जना भन्दा बढी विदेशी प्रतिनिधिले सहभागिता जनाएका छन् । सार्क राष्ट्का प्रतिनिधिका अतिरिक्त यूएइ, अमेरिका, क्यानडा, बेलायतलगायतका देशबाट सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनमा ४ सय ५० जना सहभागी भएका छन् भने २५ जना अन्तर्राष्टिय व्यक्तित्व, आयोजक कमिटीका प्रतिनिधि पनि सहभागी छन् । सम्मेलनले नर्सहरुको क्षमता अभिवृद्धि तथा क्रिटिकल केयर सीप विकास गर्ने लगायतका महत्वपूर्ण विषयमा साझा धारणा तय गर्ने आयोजकको भनाई छ ।
यसअघि सन २०१७ मा नेपालमा भएको क्रिटिकल केयर नर्सहरुको पहिलो अन्तर्राष्टिय सम्मेलनले सार्कस्तरीय संगठन निर्माण गरेको थियो भने पहिलो अन्तर्राष्टिय सम्मेलन भारतमा भएको थियो । यो संगठनले आईसियूमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिम लगायत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपालमा सुरु भएको दोस्रो सम्मेलनले फेडरेसनको नेतृत्व क्रिटिकल केयर नर्सिङ एशोसिएसनकी अध्यक्ष लक्ष्मी केसीलाई शनिबार सुम्पदै छ । यो सम्मेलनबाट रिजनल फेडरेशनको महासचिवको जिम्मेवारी कविता सिटौलाले सम्हाल्दै छिन् । रुपन्देहीमा भएको दोस्रो सम्मेलनबाट रिजनल फेडरेशन (सार्क) को नेतृत्व आयोजक नेपालले पाउन लागेको हो । यसअघि भारतमा भएको पहिलो सम्मेलनबाट भारतले नेतृत्व पाएको थियो । नर्सहरुको क्षमता अभिवृद्धिका साथै पेशागत हकहितका लागि संगठनले काम गर्दै आएको अध्यक्ष केसीले जानकारी दिइन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चक्रवर्तीका विद्यार्थीमाथि खेलबाडको दोषी को ? पीडितलाई न्याय कसले, कसरी दिने ?

 

 

भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसनल एकेडेमीका नर्सिङका विद्यार्थी यतिवेला आफ्नो भविष्य खोज्दै भौँतारिरहेका छन् । कहिले शिक्षा मन्त्रालय, कहिले सिटिइभिटी त कहिले कलेजमा ३ महिनादेखि धाउँदा पनि उनीहरूले न्याय पाउन सकेका छैनन् । आफ्नो आवाज कसैले नसुनेको भन्दै यतिवेला विद्यार्थी माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।

चक्रवर्तीका विद्यार्थी २६ साउनका लागि तय भएको परीक्षामा सामेल हुन पाएनन् । उनीहरूको भविष्यमाथि कलेजले नराम्ररी खेलबाड गरेको छ । २ वर्षअघि नै कलेजलाई खोरेज गरिए पनि अदालतबाट स्टेअर्डर ल्याएर कलेजले विद्यार्थी भर्ना गरिरहेको थियो । मुद्दाको अन्तिम किनारा लाग्दा कलेजको खारेजी सदर भएसँगै विद्यार्थीको भविष्य अन्योलमा परेको हो । २ वर्षदेखिको समय, श्रम र पैसाको त बर्बादी भयो नै, विद्यार्थी आफ्नो मौलिक अधिकारबाट समेत वञ्चित हुन पुगे ।

कलेजले कान्तिपुर राष्ट्रिय दैनिकमा भर्नाको विज्ञापन गरेपछि त्यसैका आधारमा आफू भर्ना भएको पीडित विद्यार्थी अनुष्का चौलागाईं बताउँछिन् । पहिलो वर्षको अध्ययन पूरा भएपछि फाइनल परीक्षा दिने तयारी अन्तिम अवस्थामा पुगेको थियो । तर, परीक्षाको अघिल्लो दिनसम्म पनि प्रवेशपत्र नआएपछि उनी छाँगाबाट खसेजस्तो भइन् ।
‘२६ साउनमा परीक्षा थियो, २५ गते प्रवेशपत्र लिन कलेज गयौँ,’ चौलागाईं भन्छिन्, ‘तर, कलेजबाट प्रवेशपत्र नआएको जवाफ आयो, त्यतिवेलै हामीले परीक्षा दिन पाउँदैनौँ कि भन्ने शंका लागेको थियो ।’ यद्यपि, विगतका वर्षहरूमा पनि परीक्षाको केही समयअघि प्रवेशपत्र आएर परीक्षा दिन गएको सिनियर दिदीहरूले बताएका कारण अनुष्काको मनमा केही आशा भने जीवितै थियो । ‘परीक्षाको दिन बिहानसम्म पनि प्रवेशपत्र आउँछ कि भन्ने झिनो आशा थियो, तर ५ बजे कलेज पुग्दा प्रवेशपत्र नआएको कलेज प्रशासनले बताएपछि हामी परीक्षाबाट वञ्चित भयौँ,’ उनले भनिन् ।

कलेजमा भर्ना हुँदा विद्यार्थीले ३ लाख ११ हजारका दरले शुल्क बुझाएका थिए । खारेजीको निर्णयपछि आफ्नो जिम्मेवारीबाट पन्छिँदै कलेजले रकम फिर्ता गरिरहेको छ । कुनै पनि तरिकाबाट सिटिइभिटीले पहिलो वर्षको परीक्षा लिइदेओस् र अर्को कुनै कलेजमा ट्रान्सफर भएर दोस्रो वर्षको अध्ययन गर्न पाइयोस् भन्ने माग विद्यार्थीको छ ।

वर्षौंको मिहिनेत अन्तिम अवस्थामा आएर शून्यमा परिणत हुँदा विद्यार्थीलाई सह्य हुने कुरै थिएन । ‘कलेजले नै हाम्रो भविष्यमाथि ठूलो खेलबाड गरेको प्रति कलेजदेखि रिस उठ्यो, आँखाबाट आँसु आयो, मन भारी भएर आयो, नर्स बनेर देशको जोसकेको सेवा गरेर देखाउने सपना कलेजले चक्नाचुर पारिदियो,’ अनुष्का भावुक हुँदै भन्छिन् ।

कलेजबाट ठगिएपछि विद्यार्थीले न्यायका लागि प्रयास नगरेका होइनन् । तर, उनीहरूको पीडाको सुनुवाइ कहीँ–कतैबाट भएन । उनीहरू नियामक निकाय सिटिइभिटीमा न्यायका लागि पुगे । त्यहाँ बुझ्दा २ वर्षअघि नै चक्रवर्तीलाई खारेज गरिएको रहेछ । ‘कलेजले अदालतबाट स्टेअर्डर ल्याएर विद्यार्थी भर्ना गरिरहेको रहेछ,’ अर्की पीडित विद्यार्थी प्रेमिका शाही भन्छिन्, ‘त्यसपछि खनपिन नै छोडेर दिनप्रतिदिन सरकारका धेरै निकाय धाइराख्यौँ, तर कतैबाट पनि सुनुवाइ भएको छैन ।’

कुनै पनि निकायबाट न्याय नपाएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीको एउटा मात्र माग छ– मौलिक हकबाट आफूलाई वञ्चित नगरियोस् । सकारात्मक रूपबाट नै समस्याको समाधान निकाल्न कलेजको निर्देशनअनुसार विद्यार्थी चलेका थिए । तर, ४ कात्तिकमा पाटन उच्च अदालतले कलेजलाई खारेज गरेको निर्णय गर्यो । ‘४ गतेसम्म चक्रवर्तीमा पढ्छौँ भन्न पाइथ्यो, तर कलेजको खोरजीसँगै त्यो नाम पनि रहेन,’ शाही भन्छिन्, ‘यतिवेला हामी यता न उताको बनाइएका छौँ ।’

सिटिइभिटीले पीडित विद्यार्थीलाई सुरुमा केही गर्न सकिने आश्वासन दिएको थियो । तर, हाल आएर कुनै निकाय विद्यर्थीको पीडा सुन्न तयार छैनन् । ‘देशको विकट ठाउँबाट पढ्नकै लागि ठूलो सपना बोकेर आएकी थिएँ,’ गहभरि आँसु बनाउँदै शाही भन्छिन्, ‘एर्कातर्फ पैसाको नाश भयो, अर्कोतर्फ भविष्यमाथि खेलबाड हुन पुगियो ।’

कलेजमा भर्ना हुँदा विद्यार्थीले ३ लाख ११ हजारका दरले शुल्क बुझाएका थिए । खारेजीको निर्णयपछि आफ्नो जिम्मेवारीबाट पन्छिँदै कलेजले रकम फिर्ता गरिरहेको छ । कुनै पनि तरिकाबाट सिटिइभिटीले पहिलो वर्षको परीक्षा लिइदेओस् र अर्को कुनै कलेजमा ट्रान्सफर भएर दोस्रो वर्षको अध्ययन गर्न पाइयोस् भन्ने माग विद्यार्थीको छ ।

सिटिइभिटीले पीडित विद्यार्थीलाई सुरुमा केही गर्न सकिने आश्वासन दिएको थियो । तर, हाल आएर कुनै निकाय विद्यर्थीको पीडा सुन्न तयार छैनन् । ‘देशको विकट ठाउँबाट पढ्नकै लागि ठूलो सपना बोकेर आएकी थिएँ,’ गहभरि आँसु बनाउँदै शाही भन्छिन्, ‘एर्कातर्फ पैसाको नाश भयो, अर्कोतर्फ भविष्यमाथि खेलबाड हुन पुगियो ।’

बुधबार माइतीघर मण्डलामा जम्मा भएका पीडित विद्यार्थीले सरकारलाई दबाब दिन नाराबाजी गरे । ‘शिक्षामन्त्रीज्यू ! हाम्रो कुरा सुन्नुहोस्, शैक्षिक माफिया मुर्दावाद, सरकार ! हामीले पढ्न नपाउने ? सिटिइभिटी र नर्सिङ काउन्सिल किन चुप ?’ लगायत नारासहित विद्यार्थीले प्रदर्शन गरे ।

आफ्नो पढ्न पाउने संवैधानिक हक हनन भएपछि आन्दोलनमा उत्रिनुपरेको पीडित विद्यार्थीको भनाइ छ । शिक्षा मन्त्रालय भने विद्यार्थीलाई आन्दोलनका लागि उचालेर कलेज सञ्चालकले पुनः सम्बन्धन लिने दाउ खेलिरहेको बझाइमा रहेको अधिकारीको भनाइ छ । यस्तोमा जताबाट पनि विद्यार्थी नै पीडित बनिरहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘नर्स बन्ने सपना पूरा गर्न दुईपटक घरबाट भागेँ’

गौरी कार्कीको जन्म विसं २०२३ मा सिन्धुपाल्चोकमा भयो, जतिवेला छोरी पढाउनुपर्छ भन्ने सोच कमै स्थानीयमा थियो । गौरीका बुबाले आर्मीमा जागिरे हुँदा विभिन्न स्थान र परिवेशलाई बुझ्ने मौका पाएका थिए । त्यसैले उनमा भने छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाले डेरा जमाइसकेको थियो । फलस्वरूप, गौरीले घरनजिकैको स्कुलमा कक्षा ५ सम्म अध्ययन गर्ने मौका पाइन् । स्थानीय विद्यालयमा जनशक्ति अभावको तत्कालीन अवस्थालाई स्मरण गर्दै गौरी भन्छिन्, ‘५ कक्षासम्म पढाउन जम्मा एकजना शिक्षक हुनुहुन्थो ।’ उनले प्राथमिक शिक्षा त्यही विद्यालयबाट हासिल गरिन् ।

नर्स बन्ने सपना पूरा गर्न घरबाट भागेँ
गाउँमा कक्षा ५ भन्दामाथिको पठन–पाठन हुँदैनथ्यो । त्यतिवेला छोरीलाई घरबाहिर राखेर पठाउनु कल्पनाबाहिरको कुरा थियो । गौरी आफ्नो अध्ययन गर्ने इच्छाशक्तिलाई दबाएर दुई–चार वर्ष घरकै काममा तल्लीन रहिन् । महिनावारी भएपछि विवाहका लागि योग्य हुने समाजको मान्यता थियो । अझ रजश्वलाअघि नै छोरीको कन्यादान गरिदिएमा पुण्य प्राप्त हुने मान्यताले समाज ग्रस्त थियो, जुन मान्यताबाट गौरीको परिवार पनि अछुतो थिएन । त्यसैकारण गौरीको पनि घर–परिवारले विवाहको कुरो चलायो । ‘नर्स बन्ने सपना देखिरहेकै वेला एक्कासि घरमा मेरो बिहेको कुरो चल्यो, जतिवेला मलाई विवाह गर्न पटक्कै मन थिएन,’ गौरी भन्छिन्, ‘विवाहको कुरो चलेकै कारण म घर छोडेर भाग्न बाध्य भएँ ।’

घर–परिवारमा कुनै सल्लाह नगरीकन गौरीले काठमाडौंको यात्रा तय गरिन् । ‘भाउजू लगनखेलमा बस्नुहुन्थो,’ गौरी भन्छिन्, ‘उहाँकै साथ–सहयोग र माया–ममताका कारण म नमुना मछिन्द्र विद्यालयमा कक्षा ८ मा भर्ना भएँ ।’ तर, उनले त्यहाँ एक वर्ष मात्र अध्ययन गरिन् । पछि आमा–बुबाले पनि छोरीलाई पढाउने निधो गरेपछि उनले सिन्धुपाल्चोकबाट एसएलसीसम्मको पढाइ पूरा गरिन् । ‘अध्ययनका लागि घरबाट भागेर राजधानी पुगेको करिब एक वर्षपछि आमा–बुबाले मलाई सिन्धुपाल्चोकको बाह्रबिसेस्थित शारदा माविमा कक्षा ९ मा भर्ना गरिदिनुभयो,’ गौरी सम्झिन्छिन्, ‘त्यहाँबाटै मैले वि.सं. २०३८ मा एसएलसी परीक्षा उत्तीर्ण गरेँ ।’

परिवारको असन्तुष्टिका बाबजुद पनि गौरी नर्स बन्ने सपना पूरा गर्न पुनः राजधानी पसिन् । त्यतिवेला एसएलसी परीक्षामा ल्याएको प्रतिशतका आधारमा नर्सिङमा विद्यार्थी भर्ना गरिन्थ्यो । गौरीले वीर अस्पतालको नर्सिङ कलेजमा भर्नाका लागि आवेदन दिइन् र नाम निकाल्न सफल भइन् । ०४३ मा उनको पिसिएल नर्सिङको पढाइ पूरा भयो । पिसिएल उत्तीर्ण भएपछि गौरीमा जागिर खाने धुन चल्यो ।

एकपटक स्वास्थ्योपचारको सिलसिलामा गौरी अस्पताल पुगेकी थिइन् । त्यतिवेला सेतो लुगा र कालो जुत्ताको पहिरनले निकै आकर्षित गरेको थियो । नर्सको त्यो लोभलाग्दो पहिरन, त्यसमाथि बिरामीको सेवामा उनीहरूको समर्पण देखेर उनीमा पनि नर्स बन्ने इच्छा पलाएर आयो । त्यसवेला नर्सिङ पेसालाई समाजले राम्रो नजरले हेर्दैनथ्यो । नर्स बनेपछि छोरी आफूखुसी बिहे गरेर जान्छे जस्ता अनेक अनर्गल प्रचार व्याप्त थियो । ‘गाउँमा छोरा बिगार्नु छ भने ड्राइभर बनाउनू, छोरी बिगानु छ भने नर्स बनाउनू’ भनेर स्लोघन नै चलाएका थिए,’ उनी भन्छिन्, ‘समाजको यस्तो हेराइका कारण घर–परिवारबाट मलाई नर्सिङ छुट थिएन ।’ तर, गौरीले आफ्नो अठोट छोडिनन् ।

परिवारको असन्तुष्टिका बाबजुद पनि गौरी नर्स बन्ने सपना पूरा गर्न पुनः राजधानी पसिन् । त्यतिवेला एसएलसी परीक्षामा ल्याएको प्रतिशतका आधारमा नर्सिङमा विद्यार्थी भर्ना गरिन्थ्यो । गौरीले वीर अस्पतालको नर्सिङ कलेजमा भर्नाका लागि आवेदन दिइन् र नाम निकाल्न सफल भइन् । ०४३ मा उनको पिसिएल नर्सिङको पढाइ पूरा भयो । पिसिएल उत्तीर्ण भएपछि गौरीमा जागिर खाने धुन चल्यो । उनको पहिलो रोजाइ सरकारी अस्पताल थियो, जुन त्यति सजिलो थिएन । सरकारी जागिर खाने उद्देश्यले भौँतारिएका दिनको सम्झना गौरीमा ताजै छन् । भन्छिन्, ‘पिसिएल उत्तीर्ण भएको केही समयपछि वीर अस्पतालमै ९–१० महिना ज्यालादारीमा काम गर्ने मौका पाएँ ।’

अस्पतालको वार्षिकोत्सवमा आफ्नो हिस्साको अवार्ड खोसिँदाको त्यो क्षण
०४३ को पुसमा लोकसेवा खुल्यो । त्यतिवेला लोकसेवाका प्रतिनिधि, मन्त्रालय र अस्पतालका केही प्रतिनिधि बसेर अन्तर्वार्ता लिने र त्यसैका आधारमा सफल उम्मेदवारको छनोट गर्ने गरिन्थो । अन्तर्वार्ताको अघिल्लो रात उनको वीरमा नाइट ड्युटी परेको थियो । ड्युटी सकेर उनी अन्तर्वार्तामा सामेल भइन्, जुन उनको जीवनमा खास रह्यो । नतिजा प्रकाशन हुँदा सफल उम्मेदवारको सूचीमा उनको नाम पनि प्रकाशित भयो । त्यसपछि स्थायी स्टाफ नर्सका रूपमा उनको जागिरले निरन्तरता पायो ।

गौरीले वीरमा पाचौँ तहको स्टाफ नर्सका रूपमा १५ वर्षसम्म सेवा गरिन् । त्यसपछि वीरमै छँदा एक तह बढुवा भएर उनी छैटौँ तहमा पुगिन् । अब बल्ल उनमा शैक्षिक योग्यता बढाउने रुचि जाग्यो । ‘१५–१६ वर्ष काम गरेपछि ब्याचलर इन नर्सिङ पढ्नुपर्छ भन्ने चेतना आयो,’ उनी भन्छिन् । गौरीमा योग्यता बढाउनुपर्छ भन्ने चेतना जागृत हुनुमा अस्पतालको एउटा घटनाले भूमिका खेलेको थियो । ‘अस्पतालको वार्षिकोत्सवमा राम्रो काम गर्ने सिनियरलाई अवार्ड दिने चलन थियो । त्यसवेलाको अवार्ड मैले पाउने थिएँ,’ उनी सम्झिन्छिन्, ‘तर, मेरो पढाइ कम भएका कारण अवार्ड अरू कसैले पायो, जुनवेला मभित्र थप पढ्नुपर्छ भन्ने ठूलो इख पैदा भयो ।’

राम्रो कामका लागि मनमा पलाएको इखले गौरीलाई सफलता दिलायो । डेढ दशकपछि मनमा जागृत भएको पढ्नुपर्छ भने भावनाले उनलाई मिहिनेत गर्न प्रोत्साहित गर्यो । त्यही मिहिनेतका कारण उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ब्याचलर इन नर्सिङको इन्ट्रान्स परीक्षमा नाम निकाल्न सफल भइन् । गौरीले ०५९ मा बिएनको अध्ययन सुरु गरिन् । बिएनका लागि अध्ययन बिदामा बसेकै वेला वीरबाट गौरीको सरुवा भयो । उनको पोस्टिङ धादिङमा भयो । बिदामा छँदा उनी पढाइसँगै निजी अस्पतालमा काम गर्न थालिन् । ‘दिउँसो शिक्षण अस्पतालमा पढाइ सकेर राति मेडिकेयर अस्पतालमा काम गर्थें,’ गौरी भन्छिन् ।

०६१ मा गौरीको बिएन पढाइ पूरा भयो । पढाइसँगै अध्ययन बिदा पनि सकियो । यतिखेर उनको विवाह भइसकेको थियो । अब जागिरको निरन्तरताका लागि धादिङ जानुपर्ने भयो । तर, परिवारको स्थायी बसोवास काठमाडौंमै थियो । गौरीसित दुईवटा विकल्प थिए– कि त जागिर छोड्नुपर्यो, या त परिवारबाट टाढा बस्नुपर्यो । जागिर काठमाडौं फर्काउने प्रयास भने जारी नै थियो । तर, जागिरको निरन्तरताका लागि धादिङ गएर हाजिर हुनु त छँदै थियो ।

गौरी ३२ वर्षदेखि नर्सिङ अभ्यास गरिरहेकी छिन् । यो लामो अनुभवमा उनी नर्सिङलाई दुःखी पेसाका रूपमा अथ्र्याउँछिन् । ‘आफ्ना छोरा–छोरी, घर–परिवार बिरामी पर्दासमेत त्यसै छाडेर काममा आउनुपर्छ,’ कटु अनुभव सुनाउँदै उनी भन्छिन्, ‘तर, नर्सको सही मूल्यांकन भने कहिल्यै भएको छैन ।’ नर्सिङ पेसामा साँच्चै दुःख मिसिएको हुन्छ । सधैँ जोखिमले भरिएको पेसा, त्यसमा पनि ड्युटी समयको कुनै ठेगान हुँदैन । ‘सानो बच्चालाई घरमा छोडेर अस्पतालमा रातिको ड्युटी गर्न आउनुपर्छ,’ उनी भन्छिन्, ‘हाल सरकारले सुत्केरी बिदालाई बढाएर ९८ दिन पुर्याएपछि भने नर्सलाई केही राहत मिलेको छ ।’

गौरी धादिङ जिल्ला अस्पताल पुगिन् । बुझ्दै जाँदा त उनको पोस्टिङ अनमीको दरबन्दीमा पो भएको रहेछ । स्टाफ नर्सको दरबन्दीमा नियुक्ति लिएर झन्डै दुई दशक सेवा गरिसकेर बिएनसमेत उत्तीर्ण गरिसकेकी गौरीलाई अनमीको दरबन्दीमा बसेर काम गर्नुपर्ने कुनै बाध्यता थिएन । उनी त्यहाँ हाजिर हुनेबित्तिकै रवाना लिएर कान्ति बाल अस्पताल आइन् । ०६१ देखि हालसम्म कान्ति नै उनको कर्मथलो बनेको छ । पाचौँ तहबाट जागिर सुरु गरेकी गौरी अहिले सातौँ तहमा कार्यरत छिन् । कान्तिको बर्न वार्ड प्रमुखको जिम्मेवारी अहिले उनको काँधमा छ ।

नर्सिङ एक दुःखी पेसा
गौरी ३२ वर्षदेखि नर्सिङ अभ्यास गरिरहेकी छिन् । यो लामो अनुभवमा उनी नर्सिङलाई दुःखी पेसाका रूपमा अथ्र्याउँछिन् । ‘आफ्ना छोरा–छोरी, घर–परिवार बिरामी पर्दासमेत त्यसै छाडेर काममा आउनुपर्छ,’ कटु अनुभव सुनाउँदै उनी भन्छिन्, ‘तर, नर्सको सही मूल्यांकन भने कहिल्यै भएको छैन ।’ नर्सिङ पेसामा साँच्चै दुःख मिसिएको हुन्छ । सधैँ जोखिमले भरिएको पेसा, त्यसमा पनि ड्युटी समयको कुनै ठेगान हुँदैन । ‘सानो बच्चालाई घरमा छोडेर अस्पतालमा रातिको ड्युटी गर्न आउनुपर्छ,’ उनी भन्छिन्, ‘हाल सरकारले सुत्केरी बिदालाई बढाएर ९८ दिन पुर्याएपछि भने नर्सलाई केही राहत मिलेको छ ।’

बिरामीको सम्पूर्ण हेरचाह, उपचारमा नर्सले २४सै घण्टा तल्लीन रहनुपर्ने हुन्छ । ‘डाक्टरहरू दिनमा एक–दुईपटक आउनुहुन्छ, बिरामीको अवस्था हेरेर जानुहुन्छ,’ गौरी भन्छिन्, ‘बिरामीले खाएको छ कि छैन, उपचारको प्रोगेस कति भएको छ, यस्ता हरेक कुराको ख्याल नर्सबाटै भइरहेको हुन्छ ।’ कान्ति सरकारीस्तरको एक मात्र बाल अस्पताल हो । यहाँ देशका हरेक कुनाबाट बिरामी आउने गर्छन् । पैसा हुनेहरूले निजी अस्पतालमा उपचार गराए पनि दीन–दुःखीको सहारा कान्ति नै हो । बालबालिकाको हेरचाहमा खटिने नर्सले यसै पनि अन्यत्रभन्दा बढी नै सजग हुनुपर्ने हुन्छ । त्यसमा पनि देशमा शिक्षा र चेतनाको आवश्यक मात्रामा विस्तार हुन नसकिरहेको अवस्थामा हरेक सोच–विचार र अवस्थाका बिरामीका आफन्तको दिनहुँ सामना गर्नु नर्सको दैनिकी हो ।

कान्मिा धेरै बालबालिका शरीरका अंग जलेर उपचारका लागि आइपुग्ने गरेको गौरीको अनुभव छ । बुबा–आमाले मर्छ भनेर मायामारेको बालबालिकाको हेरचाह र सफल उपचार गराएर सकुशल घर फर्किएको देख्दा गौरीलाई अति नै गर्व महसुस हुन्छ । यतिवेला पेसाको दुःख बिर्सिएर नर्स बनेकोमा गौरवान्वित महसुस हुने उनी बताउँछिन् ।

नर्सको तीव्र उत्पादन र गुणस्तरमा गिरावट समस्या
व्यावसायिक दृष्टिले नर्सिङ पढाउने कलेजहरू च्याउसरी खोखिएका कारण संख्यात्मक रूपमा धेरै नर्स उत्पादन भएकाले देशले भार थेग्न नसकेर बिदेसिनुपरेको गौरीको बुझाइ छ । उत्पादन निरपेक्ष रूपमा बढिरहँदा गुणस्तरमा भने ध्यान नदिँदा नर्सिङ बेरोजगारी विकराल बनिरहेको उनी बताउँछिन् । ‘कलेज खोल्ने स्वीकृति सबैले पाइरहेका छन् । आफ्नो अस्पताल नै नभएका नर्सिङ कलेजे पनि स्वीकृति पाएकै छन्,’ उनी भन्छिन्, ‘उत्पादन बढे पनि गुणस्तर भने झन्–झन् खस्किँदै जानुले समस्या सिर्जना गरेको छ ।’

आफ्नो अस्पताल नहुने कलेजमा प्राक्टिकल शिक्षा राम्रो नहुने गौरीको बुझाइ छ । पूर्णतः प्राक्टिकलमा आधारित नर्सिङ जनशक्तिबाट कलेजमा सिकेको सैद्धान्तिक ज्ञानका आधारमा काम लिन नसकिने उनी बताउँछिन् । ‘नर्सले केही समय मात्र प्राक्टिकल गरेर गुणस्तरीय काम गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘नर्सहरूको श्रमशोषण भयो भनेर अस्पतालमा भोलेन्टियर काम गर्नमा जुन रोक लगाइएको छ, त्यसले स्वयम् नर्सहरू नै आफ्नो दक्षतावृद्धिको अवसरबाट वञ्चित भइरहेका छन् ।’

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आफ्नै रुचिमा अति दुःखले नर्सिङ पढेँ, तर अहिले पेसाप्रति वितृष्णा लाग्छ

मेरो मनभित्र सानै उमेरदेखि नर्स बन्ने ठूलो सपना थियो । साथीभाइसँग खेल्दा पनि नर्स बनेर खेल्ने गर्थें । एसएलसी उत्तीर्ण भएपछि घरपरिवारमा मैले नर्स पढ्ने प्रस्ताव राखेँ । भक्तपुर स्थायी घर भए पनि परिवारको आर्थिक अवस्था कमजोर छ । बुबा बिहान उठेर ज्यालादारी काममा जानुहुन्छ, बेलुका मात्र घर फर्किनुहुन्छ । घर–परिवारको दुःख सम्झेर पनि सुख दिने आशामा छिटो कमाइ हुने बाटोका रुपमा नर्सिङ पेसा अँगाल्ने सोच बनाएकी थिएँ । तर, मलाई पढाउन सक्ने अवस्थामा समेत थिएन, मेरो परिवार । तैपनि मैले नर्स बन्ने ठूलो इच्छा जाहेर गरेपछि आमाले पढाउने आश्वासन दिनुभएको थियो ।

बहिनी मेरो उमेर केही वर्ष फरक भए पनि हाम्रो पढाइ भने सँगै थियो । बहिनीले एयरहोस्टेज पढ्ने इच्छा राखेकी थिई । आर्थिक अभावकै कारण आमाले आफूसँग भएको सुन बेचेर र केही पैसा ऋण गरेर दिदी–बहिनीलाई नै नर्सिङ पढाउने निधो गर्नुभयो ।  आमा बी एन्ड बी अस्पतालमा सरसफाइको काम गर्नुुहुन्थ्यो । हामी दुवै दिदी–बहिनीले बी एन्ड बी कलेजबाटै नर्सिङको पढाइ गर्यौँ । ब्याचलर पास भएपछि आमालाई कामको बोझ धेरै भएका कारण जागिर छोडिदिन आग्रह गर्यौँ । उहाँलाई छालाको समस्या भएका कारण दिदी–बहिनीले जागिर खाएर घर चलाउने आशामा जागिर छोडिदिनुभयो ।

कामबाट निकालिँदाको त्यो क्षण, रुँदै–रुँदै घर आयौँ
हामी दिदी–बहिनी ०७१ सालमा ब्याच्लर पासआउट भयौँ । ०७२ मा बी एन्ड बी मेडिकल इन्स्टिच्युटमा काम गर्ने अवसर मिल्यो । काममा जान थालेको करिब एक साताजति मात्र भएको थियो, एकदिन प्रशासनबाट फोन आयो । फोनमा ‘हाललाई काममा नआउनू, एक सातापछि बोलाउँछौँ’ भन्ने सन्देश आयो ।

आश्वासनको म्याद सकिएलगत्तै एक सातापछि बुझ्न जाँदा १५ दिनमा बोलाउँछौँ भने । १५ दिनपछि जाँदा फेरि अर्को म्याद दिए । यसैगरी, लँगार्दै–लँगार्दै ५ महिना बित्यो, न जागिर नै दिए, न आश्वासन दिन नै छोडे । यसैगरी लँगार्दै करिब ५ महिनाजति सपना देखाएरै टारे ।  म सधैँ बुझ्नका लागि इन्स्टिच्युट जान्थेँ । तर, काममा नबोलाएपछि बसमा रुँदै फर्किन्थेँ । दिदी–बहिनीले नै नर्सिङको पढाइ व्यर्थै गरेछौँ, परिवारलाई व्यर्थमा ऋणको भारी बोकाएछौँ भनेर दिदी–बहिनी गाडीको पछाडि सिटमा बसेर रुँदै फर्कन्थ्यौँ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा आफूभन्दा सिनियर कर्मचारीमाथि हात हालिएपछि हामी आक्रोशित भयौँ । अस्पताल प्रशासनले छानबिन गरेर न्याय दिने प्रतिबद्धता जनायो । तर, दिदी, मलगायत केही साथीलाई उल्टै सस्पेन्ड लेटर पो दिइयो । सस्पेन्डमा राखेको एक महिनापछि छानबिन समिति बनाइयो, तर त्यसले पनि हामीलाई तल पारेर निर्णय गरेछ ।

‘आमाले यस्तो दुःख गरेर पढाएका बच्चालाई यस्तो व्यवहार गरे, यिनीहरुलाई पाप लाग्छ,’ अस्पतालका कर्मचारी नै भन्ने गर्थे । हामीलाई यसरी निकालेको कुरा अस्पतालका ठूला डाक्टरलाई थाहा रहेनछ । पछि यसरी निकालियो भनेर हल्लाखल्ला भएपछि डाक्टरहरुले पनि थाहा पाए । त्यसपछि मलाई बोलाइयो । तर, यस्तो व्यवहार गरिसकेपछि अब त्यही ठाउँमा काममा नजाने, बरु अरू नै काम गर्ने, नर्सिङ पेसा नै अँगाल्नुपर्छ भन्ने छैन भन्ने लागेको थियो । यसबीचमा एकजना बाजेले ब्लु क्रसमा भोलेन्टियरमा काम मिलाइदिनुभएको थियो । तर, बी एन्ड बीका डाक्टरहरुले अनुरोध गरेपछि त्यहीँ काम गर्न थालेँ । तर, मलाई पहिलाको व्यवहारले धेरै नै चित्त दुखेको थियो । काममा धेरै मन गएको थिएन, कसैले पिँजडामा राखेजस्तो अनुभूति हुन्थ्यो ।

लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा फालिएँ
बी एन्ड बीमा काम गर्दा रातिको समयमा गाडी नपाउने, पाए पनि झुन्डिएर जानुपर्नेजस्ता समस्या भएपछि मैले मानव अंग प्रत्यारोपण केन्द्रमा भोलेन्टियरका लागि सर्टिफिकेट पेस गरेँ । मभन्दा पहिले नै बहिनी केन्द्रमा भोलेन्टियर काम गर्दै आएकी थिइन् । मैले अन्य अस्पतालमा काम गरेको अनुभव पनि थियो । ६ महिनासम्म भोलेन्टियरका रुपमा काम गरेँ । बहिनीले करिब १८ महिना काम गरिसकेकी थिइन् । त्यसपछि सेक्सन बेसिसमा लाने भन्ने कुराकानी भएको थियो । त्यसका लागि परीक्षा पनि दिएका थियौँ ।

मसँग डायलाइसिससम्बन्धी अनुभव भएका कारण सेक्सन बेसिसमा अस्पतालले लगेको थियो । यसमा ७ दिन काम गरेबापत ४ दिनको पैसा पाउने हुन्छ । त्यसमा पनि १५ प्रतिशत कर काटेर अस्पतालले हामीलाई दिने गथ्र्यो । महिनामा करिब ११ हजार हुन्थ्यो । रातिको काम गरेबापत केही पनि सेवा–सुविधा दिने व्यवस्था थिएन । पछि करार स्टाफका लागि आवेदन खुल्यो । फर्म भरेर जाँच दिएँ, लिखितमा नाम पनि निस्कियो । अस्पतालभित्रैबाट भोलेन्टियरमा सेवा गरेकामध्ये मेरो पहिलो नम्बरमै नाम निस्केको पछि थाहा भयो, तर अन्तर्वार्तामा फालिएँ ।

सस्पेन्डमा राखेका वेला नर्सिङ पेसा व्यर्थै अँगालेछु जस्तो लाग्यो
मभन्दा सिनियर दिदी खाजा खाएर क्यान्टिनबाट तल झर्दै हुनुहुन्थ्यो । मेरा साथीहरु पनि प्रशासनबाट आउँदै हुनुहुन्थ्यो । उनीहरुको अचानक भेट भयो । ‘हामीलाई जबर्जस्ती प्रशासनबाट सही गर्न लगाइयो,’ एकजना साथीले दुखेसो पोख्नुभयो ।

‘तिमीहरु पढ्न, लेख्न जान्ने भएका छौ, कुन सही हो कुन गलत हो दिदीले भन्नुभएको थियो । दिदीको कुरा सुनेपछि केही साथीले आफ्नो सही काट्नुभयो, तर प्रशासननिकटका केही साथीले भने सही काट्न मान्नुभएन । तर, प्रशासनका एक कर्मचारीले सच्याइएको पत्र खोसेर सच्याउने अधिकार कसैलाई नभएको भन्दै दिदीको गालामा थप्पड हान्नुभयो । हामी सबै अचम्मित भयौँ ।

पछि करार स्टाफका लागि आवेदन खुल्यो । फर्म भरेर जाँच दिएँ, लिखितमा नाम पनि निस्कियो । अस्पतालभित्रैबाट भोलेन्टियरमा सेवा गरेकामध्ये मेरो पहिलो नम्बरमै नाम निस्केको पछि थाहा भयो, तर अन्तर्वार्तामा फालिएँ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा आफूभन्दा सिनियर कर्मचारीमाथि हात हालिएपछि हामी आक्रोशित भयौँ । अस्पताल प्रशासनले छानबिन गरेर न्याय दिने प्रतिबद्धता जनायो । तर, दिदी, मलगायत केही साथीलाई उल्टै सस्पेन्ड लेटर पो दिइयो । सस्पेन्डमा राखेको एक महिनापछि छानबिन समिति बनाइयो, तर त्यसले पनि हामीलाई तल पारेर निर्णय गरेछ ।

आफ्नै रुचिमा अति दुःखले पढेँ, तर अहिले वितृष्णा लाग्छ

नर्सिङको पढाइ गरेर पहिलेदेखि नै निराश हुँदै आएको हुँ । त्यस्तो दुःख गरेर पढेर पनि मलाई व्यर्थै नर्सिङ पढेछु जस्तो लाग्छ । किनभने, राज्यले नर्सका विषयमा अलिकति पनि ध्यान दिएको छैन । विदेशमा नर्सको कति धेरै महत्त्व छ, तर नेपालमा नर्स अत्यन्त न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य छन् । त्यही न्यून पारिश्रमिकमा पनि कतिपयले काम नपाइरहेको अवस्था छ । आफ्नै इच्छाले पढे पनि नर्सिङप्रति कहिलेकाहीँ वितृष्णा जाग्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित यो सामग्री गत जेठमा मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुको आमरण अनशनलगायत आन्दोलनका कार्यक्रमहरु उत्कर्षमा पुगेका वेला देउलाले दिएको अभिव्यक्तिका आधारमा तयार गरिएको हो ।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

फेसबुकमा ग्रुप च्याटमा सहकर्मीमाथि जातीय विभेदको आरोपमा ५ नर्स पक्राउ, मुद्दा चलाउने तयारी

आफ्नै सहकर्मीलाई गालीगलौज गर्ने ५ जना नर्सविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । पोखराको फेवा सिटी अस्पतालकी शान्ति परियारलाई अश्लील शब्द प्रयोग गर्दै गाली गर्ने ५ नर्सलाई प्रहरीले २२ असारमा प्रक्राउ गरेको थियो ।

नर्स परियारलाई फेसबुकमार्फत ग्रुप बनाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको तथा जातीय विभेद गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रक्राउ परेका ५ नर्सविरुद्ध सोमबारसम्मको म्याद थप गरेर अनुसन्धान चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिसपपी राजकुमार केसीले बताए ।
‘फेसबुकमा ग्रुप च्याटमा जातीय भेदभावको कुरा उठान गरी गालीगलौज गरेको उजुरीका आधारमा ५ जना नर्स प्रक्राउ परेका छन् भने एकजना फरार छन्,’ उनले भने, ‘थप अनुसन्धानका लागि सोमबारसम्मको म्याद थप गरिएको छ ।’

आरोपीलाई दोस्रोपटक म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको केसीले बताए । फेवा सिटी अस्पतालमा कार्यरत नर्स सुष्मा थापा, सुस्मिता कुँवर, सिमाना मल्ल, सुष्मा गुरुङ र निर्मला थापा पक्राउ परेका हुन् । अश्लील गाली र जातीय विभेद गरेको अभियोग लागेकी नर्स ईशा पुन भने फरार छिन् ।

‘फेसबुकमा ग्रुप च्याटमा जातीय भेदभावको कुरा उठान गरी गालीगलौज गरेको उजुरीका आधारमा ५ जना नर्स प्रक्राउ परेका छन् भने एकजना फरार छन्,’ उनले भने, ‘थप अनुसन्धानका लागि सोमबारसम्मको म्याद थप गरिएको छ ।’

फेसबुकमा गुप्र बनाएर आफूलाई गाली गरी आफूमाथि जातीय विभेद भएको घटनाबारे आफूले अस्पताल प्रशासनलाई बताएको तर कारबाही नभएपछि प्रहरीमा उजुरी गरेको पीडित परियारले बताएकी छन् । अस्पतालमा गुटबन्दी गरेर आफूविरुद्ध अश्लील गालीगलौज गरेको भेटिएपछि उजुरी दिनुपरेको उनको तर्क छ । उनलाई संयुक्त दलित संघर्ष समितिले समेत साथ दिएको छ ।

दोषी ठहर भए कारबाही हुनुपर्छ : नेपाल नर्सिङ संघ
जातीय विषय उठान गरी गालीगलौज तथा होच्याउने काम भएको भए दोषीलाई कानुनबामोजिम कारबाही हुनुपर्ने नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । ‘अस्पतालमा जुन जातको पनि बिरामी आउने गर्छन्, नर्सले सबैलाई सेवा दिनुपर्छ । जातीय सवाल उठाएर कसैलाई पनि हेप्न पाइँदैन,’ पोखरेल भन्छिन्, ‘डाक्टर, नर्स वा स्वास्थ्यकर्मीजस्ता पढेलेखेका मान्छेले जातीयताको कुरा गर्नु ठूलो गल्ती हो ।’

‘कार्यस्थलमा काम गर्दागर्दै नर्सिङ पेसामा कुनै बाहिरका मानिसले अन्याय, अत्याचार गरेमा संघले बोल्ने गर्छौं । तर, आफ्नै सहकर्मीलाई गालीगलौज गरेर हेप्ने गर्छन्,’ उनले भनिन्, ‘त्यस्ता मानिसलाई दोषी ठहर भएको अवस्थामा कानुनअनुसार कारबाही हुनुपपर्छ ।’

नेपाल नर्सिङ संघमा भने यस घटनाको उजुरी नआएको उनले बताइन् । पोखरेल भन्छिन्, ‘मैले पनि यो घटना सामाजिक सञ्जालबाट थाहा पाएँ, यसबारे बुझ्न पोखराको शाखालाई निर्देशन दिएको छु, भोलिसम्म केही जानकारी आउला ।’

कनुनविपरीत प्रस्तुत हुने जोकोहीले सजाय पाउनुपर्ने पोखरेलको भनाइ छ । ‘कार्यस्थलमा काम गर्दागर्दै नर्सिङ पेसामा कुनै बाहिरका मानिसले अन्याय, अत्याचार गरेमा संघले बोल्ने गर्छौं । तर, आफ्नै सहकर्मीलाई गालीगलौज गरेर हेप्ने गर्छन्,’ उनले भनिन्, ‘त्यस्ता मानिसलाई दोषी ठहर भएको अवस्थामा कानुनअनुसार कारबाही हुनुपपर्छ ।’

दोषी ठहर भएको अवस्थामा के हुन्छ कानुनी कारबाही ?
पक्राउ परेका नर्स अदालतबाट दोषी ठहर भएको अवस्थामा २ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । अस्पतालजस्तो सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई भने ५० प्रतिशत थप सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।  यसका साथै, शारीरिक हानि–नोक्सानी पुर्याएमा उपचार खर्च तथा पीडितलाई मनासिब रकम भराउन अदालतले आदेश दिन सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जीवनको महत्त्व बुझाउने त्यो घटना…

वि.सं. ०६४ मा स्टाफ नर्सका रूपमा नर्सिङ पेसामा आबद्ध लक्ष्मी पौडेल हाल वीरको आइसियू १ मा नर्सिङ प्रमुखको जिम्मेवारीमा छिन् । पौडेल ०७१ मा नर्सिङ अधिकृतका रूपमा वीरमा प्रवेश गरेकी हुन् । नर्स भएर काम गर्दाको अनुभव, बिर्सनै नसक्ने घटना तथा वीरको आइसियू वार्डका समस्याबारे उनी आफ्नै शब्दमा यसरी व्यक्त भइन् :

चितवनको श्री हिमालय माध्यमिक विद्यालय चम्पानगरबाट ०६० सालमा एसएलसी दिएँ । एसएलसी दिएपछि म साइन्स पढ्ने हेतुले अर्किड साइन्स कलेज भरतपुरमा भर्ना भएकी थिएँ । तर, पारिवारिक स्थितिका कारण साइन्स विषयको पठाइलाई निरन्तरता दिन नसक्ने भएपछि रुचिको क्षेत्र परिवर्तन गरेँ । सानैदेखि भरतपुर क्यान्सर अस्पतालका नर्सिङ स्टाफले लगाउने गरेको हल्का हरियो रङको सरकारी ड्रेसले मलाई साह्रै आकर्षित गर्थ्यो। तसर्थ, मैले जतिसक्दो छिटो कमाइ हुने माध्यमका रूपमा नर्सिङ पेसा अँगाल्ने निधो गरेँ ।

बिरामीको शरीरमा सुगर लेबल बढिरहेको थियो, जसका कारण मिर्गौला र मस्तिष्कमा समेत असर पुग्ने खतरा थियो । बिरामी यस्तो अवस्थामा पुगेर अस्पताल ल्याउँदा पनि बिरामी र उनका आफन्तलाई बिरामीलाई सुगर छ भन्नेसम्म थाहा रहेनछ ।

जीवनको महत्व बुझाउने त्यो घटना
आइसियूकक्षमा धेरैजसो बिरामी क्रिटिकल अवस्थामै आउने गर्छन् । मेरो मानसपटलमा त्यो घटना आज पनि घुमिरहन्छ । करिब २ वर्षअघिको घटना हो, त्रिशूली घर भएकी अन्दाजी ४० वर्षकी महिला रिँगटा लागेजस्तो हुने, कमजोर हुने भएर घरनजिकैको मेडिकलमा जाँच गराउन पुगेकी रहिछन् । तर, रिपोर्टमा बल्ड सुगरदेखि सबै नर्मल देखिएको रहेछ । केही दिनको अस्पताल बसाइपछि बिरामी घर गएपछि एक्कासि बेहोस भइछिन् । बेहोस भएपछि घरपरिवारले उनलार्य वीर अस्पताल ल्याए । अस्पतालको आइसियूमा ल्याइएपछि थाहा भयो, बिरामीलाई डाइबेटिज केटोएसिडोसिड भएको रहेछ, जुन नराम्रो अवस्था हो । यो रोगमा समयमै उपचार गर्न सकिएन भने बिरामीको मुत्युसमेत हुने खतरा हुन्छ ।

बिरामीको शरीरमा सुगर लेबल बढिरहेको थियो, जसका कारण मिर्गौला र मस्तिष्कमा समेत असर पुग्ने खतरा थियो । बिरामी यस्तो अवस्थामा पुगेर अस्पताल ल्याउँदा पनि बिरामी र उनका आफन्तलाई बिरामीलाई सुगर छ भन्नेसम्म थाहा रहेनछ । बिरामीको उपचारका लागि डाक्टर तथा नर्स रातदिन नभनी काममा लागे । बिरामीको आर्थिक अवस्था एकदमै कमजोर थियो । कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार निःशुल्क गरिदिन मैले अस्पताल प्रशासनसँग अनुरोध गरेँ ।

११ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो, तर बिरामी एसोडोसिसमा गइसकेको अवस्था रहेछ । नर्मलमा ७.३५ देखि ७.४५ हुनुपर्नेमा ६.८ सम्म पुगेको थियो । बिरामीको शरीरमा एसिडको मात्रा धेरै बढिरहेको थियो, जसले गर्दा उनलाई बचाउन सकिएन । त्यतिवेला आइसियूको सम्पूर्ण टिम नै स्तब्ध भएको थियो । बिरामीका ४ जना स–सना बच्चा रहेछन् । बिरामीका श्रीमान् र देवर मुत्युको खबर सुनेर बेहोस नै भए । उनीहरूलाई सम्हाल्न धेरै समय लागेको थियो । यस्ता घटना धेरै घट्छन् । जुनसुकै वेला बिरामीको उपचारमा लागिरहेका हुन्छौँ, तर पनि कतिपय अवस्थामा बिरामीलाई बचाउन नसक्दा मन दुखेर आउँछ ।

वीरको आइसियूमा मैले देखेका समस्या
सरकारी अस्पतालमा जनशक्तिको अभावबारे सबैलाई महसुस नै छ । गाउँ–गाउँका सरकारी अस्पतालमा मात्र नभएर देशकै ठूलो अस्पताल वीरमा समेत त्यही नै समस्या छ । अस्पतलामा दुई किसिमका दरबन्दी छन्, चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स)को समितिअन्तर्गतका दरबन्दी र सरकारकी दरबन्दी । त्यति हुँदाहुँदै पनि काम गर्न धेरै गाह्रो छ । जनशक्ति अभावको प्रभाव आइसियूमा पनि उत्तिकै छ ।

वीरको आइसियू १ मा जनशक्ति एकदमै कम छ, जसका कारण सबै बिरामीलाई चाहेजति र आवश्यकताअनुसार सेवा दिन सकेका छैनौँ । सामान्यतया आइसियूका बिरामीको हकमा एक बिरामीबराबर एक नर्स हुनुपर्ने मापदण्ड छ । अहिलेको समयमा वीरको आइसियू १ मा ६ वटा बेड सञ्चालनमा छन् । तर, रातिको समयमा २ जना नर्सले मात्र पनि ६ जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । जनशक्ति अभावसँगसँगै केही उपकरण बिग्रिएका छन् भने लामो समयसम्म कुरेर बस्नुपर्ने अवस्था छ । यसले गर्दा कुनै जाँच गराउनका लागि बिरामी आएको खण्डमा तत्कालै उपचार गर्न सकिने अवस्था छैन, बिरामीलाई ‘सकिँदैन’ भनेर फर्काउनुपर्ने बाध्यता छ । बिरामीलाई रोगको प्रकृतिअनुसार राम्रो उपचारसेवा दिनका लणगि हामीसँग निजी अस्पतालको तुलनामा पर्याप्त सामग्री उपलब्ध छैनन् ।

यो अवस्थामा मैले बिलकुलै नांगो हातले उनको सुत्केरी गराएँ । मनमा उनलाई कुनै रोग छ कि भन्ने शंका लागेको थियो, तर पनि आफ्नो धर्म सम्झिएर, भगवान्लाई साथमा लिएर उनलाई सहयोग गरेको थिएँ । सहयोग गरेअनुरूप नै उनको डेलिभरी सफल भयो ।

अनुभव बटुल्न आउने, अनि काम सिकेपछि बिदेसिने प्रवृत्तिले गुणस्तरीय सेवामा समस्या
पछिल्लो समय नर्सिङ पेसामा बिदेसिने चलन निकै बढेको छ । विदेशमा अध्ययन गरेपछि नेपालमा केही समय अनुभवका लागि आउने, अनुभव बटुलेपछि पुनः बाहिर जाने प्रवृत्ति पनि बढेको छ ।

नर्सिङ विषयको अध्ययन सकेपछि अस्पतालमा केही समय अनुभवका लागि आउने अनुभव भएपछि सिकेका नर्स बाहिर जान्छन् र पुनः नयाँ आउने गर्छन् । यसले गर्दा पनि राम्रो सेवा दिनमा समस्या हुने गरेको छ ।

नांगो हातले डेलिभरी गराएको त्यो क्षण…
०६८ मा म हजुरबुबाको घरमा भेटघाटका लागि गएकी थिएँ । त्यसैक्रममा घरअगाडि एकजना २२–२३ वर्षीया महिला डेलिभरी गर्न नसकेर अत्यन्त पीडामा रहिछिन् । मलाई आमाले सहयोग गरिदिन आग्रह गरेपछि त्यहाँ गएँ । त्यो उनको चौथौपटकको डेलिभरी थियो । यसअघि ३ छोरी भएकाले छोरा जन्माउने आशमा थिइन् उनी ।

उनको साथमा श्रीमान् थिएनन्, केवल ३ स–साना नानीहरू थिए । म सहयोगका लागि तम्सिएँ । निकै कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा कुनै पनि खाले सहयोगी सामग्री थिएनन् ।

त्यो अवस्थामा मैले बिलकुलै नांगो हातले उनको सुत्केरी गराएँ । मनमा उनलाई कुनै रोग छ कि भन्ने शंका लागेको थियो, तर पनि आफ्नो धर्म सम्झिएर, भगवान्लाई साथमा लिएर उनलाई सहयोग गरेको थिएँ । सहयोग गरेअनुरूप नै उनको डेलिभरी सफल भयो । अन्यन्त राम्री छोरीले जन्म लिएका कारण मैले ती बच्चीको नाम पूर्णिमा राखिदिन आग्रह गरेँ । अहिले पनि त्यो क्षण सम्झँदा आनन्द आउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सका मागप्रति डा गोविन्द केसी अलायन्सको ऐक्यबद्धता

नर्सिङ क्षेत्र सुधार तथा नर्सहरुको पेशागत हकहित सुरक्षाको माग राखेर संघर्षरत अभियन्ताहरुको मागप्रति सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले ऐक्यबद्धता जनाएको छ ।

अलायन्सले आज विज्ञप्ति जारी गर्दै लामो समय चलेका संघर्षका अन्य रुपको सुनुवाइ नभएपछि अनशन बस्न बाध्य बनाइएएकी नर्सिङ अभियन्ता जीता बरालको बिग्रंदो स्वास्थ्यप्रति गम्भीर ध्यानाकर्षण भएको भएको जनाउँदै अनशन झण्डै दुई हप्तासम्म लम्बिनु अनि माग सुनुवाइतर्फ सरकारले कुनै अग्रसरता नदेखाउनु खेदजनक भएको उल्लेख गरेको छ ।

अलायन्सले विज्ञप्तिमा भनेको छ, ‘नर्सिङलगायत स्वास्थ्य क्षेत्रका समस्याहरु रातारात उब्जिएका हैनन् र रातारात तिनलाई निमिट्यान्न पार्न सम्भव पनि छैन । तर सरकारले अहिले झैं सुधारका लागि सिन्को नभाँच्ने हो भने अरु दशकौंसम्म पनि अवस्था यही रहने निश्चित छ । भोलिका दिनमा अवस्था सुध्रियोस् भन्नका लागि पनि आज निर्णायक कदमहरु चालिनु जरुरी छ ।’

अनशनरत बरालको स्वास्थ्य र प्राणरक्षाका लागि आवश्यक कदम चाल्न पनि नेपाल सरकारका सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । त्यसपछि सम्झौता कार्यान्वयनका लागि निरन्तर पहलकदमी लिन नेपाल नर्सिङ संघलगायत अभियन्ताहरुलाई गर्दै विज्ञप्तिमा ‘नर्सिङलगायत सबै स्वास्थ्यकर्मीहरुले आत्मसम्मानपूर्वक जीविका चल्ने गरी काम गर्ने अवस्था नआउन्जेल देशको स्वास्थ्य सेवा प्रवाहमा सुधार नहुने हुँदा समग्र स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा गोविन्द केसीले नेतृत्व गरेको अभियान पनि यो संघर्षसँग बलियो रुपमा जोडिएको’ उल्लेख छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अनशनरत नर्सको जीवनरक्षाका लागि कडा आन्दोलन घोषणा गर्न नर्सिङ संघमाथि नर्सहरूको दबाब

समग्र नर्सिङ क्षेत्रको सुधारका लागि १३ दिनदेखि आमरण अनशनरत नर्स जिता बरालको जीवनरक्षा र उनले उठाएका माग पूरा गराउन कडा आन्दोलनको घोषणा गर्न नेपाल नर्सिङ संघलाई नर्स हरूले दबाब दिएका छन् । बुधबार नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई सम्बोधन गर्दै नर्सिङ संघको नामबाट नर्स हरूले यस्तो दबाब दिएका हुन् ।

नर्स हरूको पेसागत मागसहित समग्र नर्सिङ क्षेत्रमा व्याप्त विकृति–विसंगति र विभेदको अन्तका लागि २७ वैशाखदेखि नर्सिङ संघको प्रांगणबाट आमरण अनशन सुरु गरेकी बरालको स्वास्थ्यअवस्था नाजुक भइसक्दा पनि सरकार र संघको समेत ध्यान नगएको तर्फ इंगित गर्दै संघर्ष समितिले तत्काल उनको जीवनरक्षाका लागि संघर्षको घोषणा गर्न संघसमक्ष आग्रह गरेका छन् । संघर्ष समितिले २४ सूचनासहित संघर्षका कार्यक्रम घोषणा गर्न संघलाई दबाब दिएको छ । ‘हाम्रो सिंगो पेसामाथि भएको अन्यायको आवाजलाई चरणबद्ध आन्दोलनका रूपमा अगाडि बढाउन २४ घण्टे समयको सूचनासहित संस्थागत दबाब मन्त्रालयमा पठाउन र सम्बोधन नभएमा कडा आन्दोलनको आह्वान गर्नसमेत अनुरोध गर्दछौँ,’ संघर्ष समितिको ज्ञापनपत्रमा भनिएको छ ।

पछिल्लो समय हरेक नर्स अन्यायमा परेको स्मरण गराउँदै संघर्ष समितिले आफ्ना पेसागत विभेदविरुद्धको आवाज बोक्ने एक नर्सको जीवन जोखिममा पर्दा आफू हरू मौन बस्न नसक्ने र संघकै प्रांगणमा सामूहिक रिले अनशन सुरु गर्ने बताएका छन् । ‘आज हरेक नर्स अन्यायमा छ, र एउटा नर्सले जीवन–मरणको दोसाँधमा रही हाम्रा मुद्दा बोकेर हिँड्दा यो समयमा हामी मौन बस्नु भनेको हाम्रो लाचारी हो, हामी निकम्मा बन्नु हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले अब हामी मौन बस्ने अवस्थामा छैनौँ । शारीरिक जोखिम मोलेका नर्स हरूको जीवनरक्षाको माग गर्दै चरणबद्ध आन्दोलनको आह्वान गर्न अनुरोध गर्दै हामी सामूहिक रिले अनशन नेपाल नर्सिङ संघको प्रांगणमा बस्नेसमेत जानकारी गराउँदछौँ ।’

हाल अस्पतालमै रहेकी बरालको अनशन १३औँ दिनमा पुगिसक्दा अहिलेसम्म उनको मागबारे छलफल तथा उनको जीवनरक्षाको पहलका लागि सरकारीस्तरबाट कुनै औपचारिक पहल भएको सार्वजनिक भएको छैन ।

प्राध्यापन पेसालाई छोडेर समग्र नर्सिङ क्षेत्रको सुधारका लागि अभियान छेडेकी पोखराकी बरालले महिनौँसम्म बेथिति र अन्यायको अन्तका लागि पहल गर्नका लागि नर्सिङ संघलाई घच्घच्याउँदा सफल हुन नसकेपछि आमरण अनशनको बाटो रोजेकी थिइन् । नर्सिङ संघको प्रांगणबाटै १३ दिनअघि आमरण अनशन सुरु गरेकी बरालको स्वास्थ्यमा समस्या आएपछि केही दिनमै उनलाई वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो ।

हाल अस्पतालमै रहेकी बरालको अनशन १३औँ दिनमा पुगिसक्दा अहिलेसम्म उनको मागबारे छलफल तथा उनको जीवनरक्षाको पहलका लागि सरकारीस्तरबाट कुनै औपचारिक पहल भएको सार्वजनिक भएको छैन । यद्यपि, आइबार राति सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्स हरूसित केन्द्रले गरेको सम्झौतामा बराललाई समेत अनशन तोड्न अनुरोध गर्ने उल्लेख गरिएको थियो भने सम्झौतापछि नर्सिङ संघका केही पदाधिकारी अनशन तोड्न आग्रहका लागि बिपी स्मृति अस्पताल पुगेका थिए, जब कि उनका मागबारे कुनै छलफल नै भएको थिएन । त्यसपछि बरालले नर्सिङ संघका पदाधिकारी आएको तर आफूले उनी हरूलाई आफ्नो आन्दोलन कुनै एक स्वास्थ्यसंस्थामा मात्र सीमित नभई समग्र नर्सिङ क्षेत्रको सुधारका लागि भएकाले त्यसको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताउँदै उनी हरूलाई फर्काइदिएको प्रतिक्रिया दिएकी थिइन् ।

यसअघि, १६औँ पटकसम्म अनशन बसेर कैयौँपटक सरकारलाई घुँडा टेकाएर नेपाली चिकित्साक्षेत्रमा अभूतपूर्व सुधार ल्याउन सफल चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले समेत विज्ञप्ति जारी गर्दै नर्सको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् । उनले अनशनरत नर्सलाई स्वास्थ्यक्षेत्रको सुधारका अभियन्ताको समेत संज्ञा दिएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अनशनरत नर्सको कथा : प्राध्यापकबाट राजीनामा दिएर नर्सिङ बेथितिविरुद्ध अनशन

बिपी स्मृति अस्पतालको तेस्रो तलामा बेड नं ३२६ मा एक नर्स भोकभोकै सुतिरहेकी छिन् । बेडको माथि लेखिएको छ– आमरण अनशनको १२ औँ दिन ।
नर्समाथि भएको श्रमशोषणको मुद्दालाई लिएर पोखराकी नर्स जिता बराल आमरण अनशनमा छिन् । उता भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा लामो समयदेखि करारमा कार्यरत डिकी शेर्पा आफ्नो पेसागत स्थायित्वको माग राखी अनशनरत रहँदा जिता भने भइरहेको जागिर राजीनामा दिएर समग्र नर्सिङ क्षेत्रको सुधारका लागि अनशनमा होमिएकी हुन् ।

हाल नेपालमा ८७ हजारको हाराहारीमा नर्सिङ जनशक्ति उपलब्ध भएको नर्सिङ काउन्सिलको तथ्यांक छ । तर, उपलब्ध जनशक्तिमध्ये आधाजसो बेरोजगार छन् । नर्समाथि अस्पतालहरूले चरम शोषण गर्ने गरेका छन् । आमरण अनशनमा रहेकी बराल भन्छिन्, ‘सरकारी अस्पतालमा पनि श्रमको उचित पारिश्रमिक दिइएको छैन भने निजीमा त झन् नर्सको अत्यन्तै दयनीय अवस्था छ ।’
नर्सको हितका लागि सरकारले भएको नीतिलाई पनि कार्यान्वयन नगरिरहेको अवस्था छ । यसका कारण नर्सले गुणस्तरीय सेवा दिन नसकेको हामीसामु स्पष्ट छ । यसको प्रत्यक्ष असर बिरामीको स्वास्थ्यमा परिरहेको छ ।

किन आयो अनशन बस्नुपर्ने अवस्था ?
सुरुमा जिताले नर्सहरूको समस्यालाई लिएर संगठित आवाजका खातिर नर्सको हकहितका लागि स्थापित पेसागत संगठन नर्सिङ संघ, नेपालमा पहल गरिन्, गर उनको सुनुवाइ भएन । ‘नर्सहरूको समस्यालाई लिएर १७ दिनसम्म नर्सिङ संघ, नेपालमा आवाज उठाउँदा पनि यो विषयलाई ओझेलमा राखेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउनतिर मात्र संघको ध्यान केन्द्रित भयो,’ उनी भन्छिन्, ‘पछि मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूले पनि श्रमशोषणमा परेको भन्दै संघमा गुनासो पोख्दा उनीहरूको केही सुनुवाइ भएन ।’

नर्समाथिको श्रमशोषणविरुद्ध आवाज उठाउनु नै उनको अनशनको प्रमुख उद्देश्य हो । ‘नर्सलाई अस्पतालमा मासिक ५ हजार दिएर काममा लाइराखिएको अवस्था छ,’ उनी भन्छिन्, ‘एकातिर आर्थिक शोषण भइरहेको छ भने अर्कोतिर जुन संख्यामा नर्स उत्पादन भइरहेका छन्, तिनमा आवश्यक गुणस्तरीयता छैन, न त उत्पादित जनशक्तिको व्यवस्थापन नै छ ।’

पेसागत हित र अधिकारका लागि स्थापित संगठनले नै आफ्ना सदस्यहरूको पीडा नबुझेपछि व्यक्तिगत रूपमै भए पनि लड्नुको विकल्प नभएको जिता बताउँछिन् । ‘नर्सिङ संघले सबै नर्सको आवाज बोक्नुपर्ने हो, तर उल्टै नर्सहरूका मागलाई नाजायज भनेर दमन गर्ने काम गर्यो,’ उनी भन्छिन्, ‘संघले नै यस्तो अवस्था सिर्जना गरेपछि हामी नर्सले कसको सहारा खोज्ने ?’
संघले नर्सको आवाज उठाउनुको साटो उल्टै आवाज दबाउने, प्रहरी दमन गर्ने, नर्सलाई गाली–गलौज गर्ने अवस्था आएपछि अनशन बस्नुपरेको बरालको भनाइ छ ।

नर्सिङ क्षेत्रको बेथिति विसंगतिको चिरफारका लागि अनशन

जिताले २७ वैशाख, दिउँसो २ बजेबाट नर्सिङ संघ नेपालको प्रांगणमा आमरण अनशन सुरु गरिन् । तर, खुला ठाउँमा बसेका कारण छातीमा संक्रमण भएपछि उनी अस्पताल भर्ना हुनुपर्यो ।
नर्समाथिको श्रमशोषणविरुद्ध आवाज उठाउनु नै उनको अनशनको प्रमुख उद्देश्य हो । ‘नर्सलाई अस्पतालमा मासिक ५ हजार दिएर काममा लाइराखिएको अवस्था छ,’ उनी भन्छिन्, ‘एकातिर आर्थिक शोषण भइरहेको छ भने अर्कोतिर जुन संख्यामा नर्स उत्पादन भइरहेका छन्, तिनमा आवश्यक गुणस्तरीयता छैन, न त उत्पादित जनशक्तिको व्यवस्थापन नै छ ।’
विश्व स्वास्थ्य संगठनले एक नर्सले जनरल वार्डमा अधिकतम ६ जनासम्म बिरामी हेर्न सक्ने मापदण्ड निर्धारण गरेको छ । यही नीतिअनुसार नेपाल सरकारले पनि मापदण्ड तय गरेको छ । तर, व्यवाहरमा भने सरकारले नै लागू गरेको छैन । नेपालमा ठूला सरकारी अस्पतालमै एक नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यताका कारण नर्सले कामको अत्यधिक बोझ खेप्नुपरिरहेको छ । यसका कारण नर्सले बिरामीलाई दिनुपर्ने सेवा पनि खस्किएको अवस्था छ ।

प्रत्यारोपण केन्द्रका नर्समाथि पनि विभेद भइरहेको बराल बताउँछिन् । उनका अनुसार करारमा ७–८ वर्षसम्म काम गरेका नर्सलाई सञ्चालन गर्ने नर्सिङ निर्देशक तथा इन्चार्जका लागि लोकसेवाको आवश्यकता छ । तर, उनीहरूका लागि लोकसेवा नखुलाइए बताउँदै उनले एउटा संस्था सञ्चालनका लागि आवश्यक सम्पूर्ण जनशक्ति लोकसेवाको प्रक्रियाबाट चयन गर्नुपर्ने जनाइन् । ‘किन ७ वर्षसम्म लोकसेवा खुलाइएन ?’ उनी प्रश्न गर्छिन्, ‘जब कि, करारमा ६ महिनाभन्दा बढी राख्न नपाउने व्यवस्था छ ।’

सरकारकै मापदण्डअनुरूप स्वास्थ्यसंस्थामा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने भन्डै ३४ हजार नर्स सरकारी स्वास्थ्यसंस्थामा मात्रै तत्काल आवश्यक देखिन्छ । तर विडम्बना, एकातिर जनशक्ति अभावमा जनता गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित छन् भने अर्कातर्फ आधा लाखको हाराहारीमा नर्सिङ जनशक्ति बेरोजगारीको पीडा खेपिरहेको छ ।

प्रत्यारोपण केन्द्रका निर्देशक कुशल प्रशासक बन्न नसक्दा त्यहाँ कार्यरत कर्मचारी अन्यायमा परेको उनको बुझाइ छ । ‘प्रत्यारोपण केन्द्रका निर्देशक पनि चिकित्सक त हुनुभयो, तर कुशल प्रशासक बन्न सक्नुभएन,’ बराल भन्छिन्, ‘दुई सयभन्दा बढी कर्मचारी करारमा छन्, जसको जिन्दगीमा ठूलो खेलबाड गरिएको छ । कतिपयको लोकसेवा दिन पाउने उमेर कटिसकेको छ । यत्रो वर्षसम्म संस्थाको हितमा काम गर्ने कर्मचारीलाई खाली हात फर्काउन मिल्छ ? उनीहरूमाथि अन्याय भएन ?’

को हुन् बराल ?
स्याङ्जा स्थायी घर भएकी बराल दुई दशकदेखि नर्सिङ पेसामा आबद्ध छिन् । उनले बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा पेसा सुरु गरेकी थिइन् । उनले पोखरा मणिपाल अस्पतालमा केही समय पेसालाई निरन्तरता दिँदै स्नातक तहको अध्ययन पूरा गरेर पछि नर्सिङ कलेजमा पढाउन थालिन् ।

हाल फिस्टेल नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् बराल । ११ वर्षसम्म निरन्तर नर्सिङ क्याम्पसमा काम गरेकी बराल हाल नर्सिङ क्षेत्रमा व्याप्त बेथिति, विसंगतिविरुद्ध सुधारको अभियान चलाउन जागिर राजीनामा दिएर लागिपरेकी छिन् । गत मंसिरदेखि धेरै अस्पतालमा पुगेर आफूले नर्सका समस्याबारे आवाज उठाएको बराल बताउँछिन् । ‘ठेक्कापट्टामार्फत समेत नर्स राख्ने चलन सुरु भएको छ । किस्ट मेडिकल कलेज र चितवन मेडिकल कलेज (सिएमसी)ले नर्सलाई ठेक्कापट्टाद्वारा राखेका थिए,’ बराल भन्छिन्, ‘जहाँ ५ हजारमा नर्सहरू आफ्नो श्रम बेचिरहेका थिए । त्यसविरुद्ध हामीले १५ दिन अस्पताल प्रशासनसँग संघर्ष गर्यौँ, १६औँ दिनमा १७ हजारको नियुक्तिपत्र दिलाउन सफल भयौँ ।’

यस्ता घटना ठूला अस्पतालमा अझै पनि विद्यमान राहेको र झन् मौलाउँदै गएको उनको ठम्याइ छ । नेपालमा ८७ हजारको हाराहारीमा नर्सको उत्पादन भए पनि एकतिहाइले पनि सरकारी अस्पतालमा सेवाको अवसर पाएका छैनन् । यद्यपि, सरकारकै मापदण्डअनुरूप स्वास्थ्यसंस्थामा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने भन्डै ३४ हजार नर्स सरकारी स्वास्थ्यसंस्थामा मात्रै तत्काल आवश्यक देखिन्छ । तर विडम्बना, एकातिर जनशक्ति अभावमा जनता गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित छन् भने अर्कातर्फ आधा लाखको हाराहारीमा नर्सिङ जनशक्ति बेरोजगारीको पीडा खेपिरहेको छ ।

यस्ता छन् बरालका ५ बुँदे माग
१. नेपालमा ८५ हजार नर्सिङ जनशक्ति उत्पादन गरी अव्यवस्थित नर्सिङ सेवालाई विश्व स्वास्थ्य संगठनको नीतिअनुसार नेपाल सरकारले अविलम्ब लागू गर्नुपर्ने ।
२. नेपालमा नर्सहरूलाई उत्पादन गर्ने, उच्च शिक्षासमेतमा भएको हक विभेदलाई हटाई अरु जनशक्तिसरहको शैक्षिक सुविधा, अवसर, तालिम प्रादन गर्नुपर्ने ।
३. नर्सलाई भोकोपेट काम गराई मानसिक, सामाजिक र संवेगात्मक शोषणसहित चरम आर्थिक शोषणको अन्य गरिनुपर्ने ।
४. नर्सको उत्पादनको योजना र उत्पादित जनशक्तिलाई उचित व्यवस्थापन गरी सम्मानजनक सेवा गर्ने सुरक्षासहितको वातावरण सिर्जना गराउने ।
५. शैक्षिक कार्यक्रम र नर्सिङ सेवाको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच सहमति, अनशन तोडियो, आन्दोलन स्थगित

स्वतः स्थायीलगायतका माग राखेर १० दिनदेखि अनशनरतलगायतका आन्दोलन गरिहेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच सहमति भएको छ । नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेलगायतको रोहभरमा साँझ सहमति भएको हो । सहमति पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाले सहमति गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा १० बुँदे सहमतिपछि अस्पतालमा अनशनरत नर्स दिक्की शेर्पाले अनशन समेत तोडेकी छिन् । बिपी स्मृति अस्पतालमा अनशन र उपचाररत अर्की नर्स गीता बराल भने अनशन तोड्न वाँकी छ । बरालले आफ्ना सबै माग नसमेटिएको भन्दै अनशन तोड्न मानिरहेकी छैनन् ।

सहमति लगतै अस्पताल प्रशासनले विज्ञाप्ति जारीगरी शेर्पाले अनशन तोडेको भन्दै अन्य सम्पूर्ण आन्दोलनरत पक्षलाई काममा फर्किन आग्रह गरेको छ ।
दुई पक्षबीच केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्ने सहमित भएको छ । त्यसका लागि अस्पताल प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने सहमति भएको छ ।

केन्द्रमा नर्सको दरबन्दी बढाउँन केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्न दुबै पक्ष सहमत भएका छन् ।

प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका सहमति भएको छ।

 

 

 

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रबाट १० नर्स पक्राउ

शान्तिपूर्ण धर्नाको तयारीमा रहेका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका १० नर्सलाई प्रहरीले पक्राउ गरेको छ । ११ वैशाखदेखि विभिन्न माग राखेर चरणबद्ध आन्दोलनरत नर्सलाई शुक्रबार बिहानै भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरू शुक्रबारको धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सिर्जना दली, संगीता मास्के, सजना दौलालाई जगाती प्रहरी वृत्तमा राखिएको छ । अन्य सातजना विना खर्बुजा, अनु शाही, कान्ति कुमार, सविना मानन्धर, रविना कुशुना बजु, मीना श्रेष्ठ, रमिता लामालाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ ।

अस्पतालमा ५ वर्षभन्दा बढी काम गरेका नर्सलाई स्वतः स्थायी गर्नुपर्ने, अनियमितताको छानबिन गरिनुपर्नेलगायत माग राखेर नर्सहरू पछिल्लोपटक तीन साताभन्दा अघिदेखि आन्दोलनमा छन् ।

अस्पताल प्रशासनको दबाब र प्रभावमा प्रहरीले शान्तिपूर्ण धर्ना बिथोल्न आफूहरूलाई पक्राउ गरिएको आरोप आन्दोलनरत नर्सको छ । उनीहरूले अस्पताल प्रशासन वार्ता र इमानदार पहलबाट समस्या समाधान गर्नभन्दा राज्यशक्तिको दुरूपयोग गरेर आन्दोलन दबाउन लागेको नर्सहरूको आरोप छ ।

अस्पतालकै दुई नर्स डिकी शेर्पा र जिता बराल ८ दिनदेखि आमरण अनशनमा छन् । उनीहरूमा मुटुको चालमा गढबडी, रक्तचापमा कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरूले बताएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सरकारीस्तरमा थप ३४ हजार नर्स आवश्यक, २६ वर्षसम्म बढेन दरबन्दी, के छ मुख्य अस्पतालको अवस्था ?

भनिन्छ, एउटा टेबल मजबुत रूपमा अडिनका लागि यसका चारवटै खुट्टा समान हुनुपर्छ । कुनै एक खुट्टा कमजोर वा असमान भएमा टेबल मजबुत रूपमा खडा हुन सक्दैन । त्यस्तै, अस्पताललाई मजबुद बनाउनका लागि अर्थात् अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्यसेवा प्रवाह गर्नका लागि चिकित्सक, नर्स, उपकरण, ल्याब, व्यवस्थापनलगायत पक्षहरू एकअर्कामा अन्तर्निहित हुन्छन् । नेपालमा नर्सिङ बेरोजगारी दिनप्रतिदिन चुलिँदै गई चुनौतीकै रूपमा रहेका समाचारहरू आइरहँदा देशका प्रमुख अस्पतालमा बिरामीको अनुपातमा नर्सको उपलब्धता भने ज्यादै कमजोर अवस्थामा देखिएको छ । देशका ठूला सरकारी अस्पतालहरूले नै आवश्यकता र मापदण्डअनुरूप नर्सको व्यवस्था नगर्दा एकातिर बिरामी गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित भइरहेका छन् भने अर्कोतर्फ नर्सिङ बेरोजगारी बढिरहेको छ ।

नेपालमा ०५० सालदेखि नर्सको दरबन्दी थपिएको छैन । २६ वर्षमा देशको जनसंख्या र बिरामीको चाप अत्यधिक भइसक्दा पनि बिरामीको सेवामा खटिने नर्सिङ जनशक्ति भने पुरानै कायम रहँदा स्वास्थ्यसेवाको गुणस्तरमा प्रत्यक्ष असर पुगेको छ । बिरामीसंख्या मात्र नभई स्वास्थ्य समस्या, स्वास्थ्यसंस्थाका बेडसंख्यालगायत थपिए पनि नर्सिङ जनशक्ति पुरानै हुँदा एक नर्सले मापदण्डको कैयौँ गुना बढी बिरामीको रेखदेखमा खटिनुपर्ने बाध्यता छ । यस्तोमा नर्सले आवश्यकताअनुसार बिरामीको हेरचाह गर्न सकिरहेका छैनन् भने कतिपय अवस्थामा बिरामी र नर्सबीच मनमुटावको समेत अवस्था सिर्जना हुने गरेको छ ।

नेपाल सरकारको स्वास्थ्यसंस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकामा स्पष्ट रूपमा बिरामीको अवस्थाअनुसार नर्स–बिरामी अनुपात तोकिएको छ, जसमा जनरल वार्डमा ५ देखि ६ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । त्यसैगरी, हाइडिपेन्टिक वार्डमा २ बिरामीबराबर एक नर्स र क्रिटिकल केयरमा एक बिरामीबराबर एक नर्स हुनुपर्छ । त्यस्तै, डेलिभरी गराउने ठाउँमा एक बिरामीबराबर २ जना नर्स र अप्रेसनमा एक बिरामीबराबर ३ जना नर्स हुनुपर्ने मापदण्ड छ ।

तर विडम्बना, नेपालका ठूला सरकारी अस्पतालमै यो मापदण्डअनुसार नर्सिङ जनशक्ति उपलब्ध छैन । सरकारी अस्पतालहरूमा एक नर्सले ५० जनासम्म बिरामीको हेरचाहको जिम्मा लिनुपर्ने अवस्थाबाट नेपालको स्वास्थ्यक्षेत्र गुज्रिरहेको छ । यसले गर्दा नर्समा घेरै कामको बोझ पर्न गइरहेको छ । ‘एक नर्सले ५० जनाभन्दा बढी बिरामी हेर्नुपर्दा कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ?’ स्वास्थ्यसेवा विभागअन्तर्गतको नर्सिङ महाशाखाप्रमुख रोशनी तुइतुई प्रश्न गर्छिन् ।

‘कुनै पनि बिरामीको अप्रेसन गर्नु मात्र ठूलो कुरा होइन, बिरामी कति छिटो निको हुने भन्ने कुरा अप्रेसनपछिको निरन्तर हेरचाहले निर्भर गर्छ,’ तुइतुई भन्छिन्, ‘नर्सले प्रत्येक पल बिरामीलाई बचाएका हुन्छन् । डाक्टरले अप्रेसन गरेर रोग निकालेको हुन्छ, तर त्यसपछिको हेरचाहको जिम्मेवारी नर्सको हुन्छ ।’

सरकारी स्वास्थ्यसंस्थामा समय–समयमा चिकित्सकलगायत अन्य जनशक्ति थपिँदै आए पनि नर्सिङ जनशक्ति भने नथपिएको तुइतुईको भनाइ छ । ‘वीर अस्पतालकै उदाहरण लिने हो भने केही समयअघि ओएएम सर्भे भएर जनशक्ति बढ्यो, जसअन्तर्गत २७ जना कन्सल्ट्यान्ट चिकित्सक दरबन्दी थपियो । तर, त्यो जनशक्तिलाई सपोर्ट गर्न आवश्यक नर्सिङ दरबन्दी भने एउटा पनि थपिएन,’ तुइतुई भन्छिन्, ‘अस्पतालको स्तरोन्नति गर्ने भनेर स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव लगेर मन्त्रिपरिषद्बाट पास हुन्छ । स्तरोन्नति पनि हुन्छ, बेडसंख्या बढ्छ, उपकरण बढ्छन्, तर नर्सिङ जनशक्ति बढ्दैन । यस्तोमा कसरी गुणस्तरीय सेवा प्रदान हुन्छ ?’
गुणस्तरीय नर्सिङ सेवाका लागि नर्सले मात्र काम गरेर नपुग्ने तुइतुईको भनाइ छ । ‘नर्सले दिन–रात नभनी काम गरिहेकै हुन्छन्,’ उनी भन्छिन्, ‘स्वास्थ्यसामग्री तथा उपकरणको राम्रो व्यवस्था, उपकरण मर्मतको व्यवस्थ, सेवाको स्तरोन्नतिसँगै त्यसलाई सपोर्टका रूपमा दक्ष जनशक्ति पनि समानान्तर रूपमा थपिनुपर्छ ।’

२६ वर्षसम्म पनि बढेन नर्सको दरबन्दी
सरकारले ०५० सालमा निर्धारण गरेको दरबन्दीसंख्यामा २६ वर्षपछि आजसम्म पनि वृद्धि गरिएको छैन । नर्सिङ महाशाखाप्रमुख तुइतुई भन्छिन्, ‘सरकारले २६ वर्षसम्म पनि नर्सको दरबन्दी बढाएको छैन, यस्तो अवस्थामा स्वास्थ्यसेवाको पहुँच र गुणस्तरको कल्पना कल्पना मात्र हुन जान्छ ।’
महाशाखाको तथ्यांकअनुसार नर्सको दरबन्दीसंख्याको विश्लेषण गर्दा अनमीको दरबन्दीसंख्या ८ हजार ५ सयको हाराहारीमा छ । त्यसैगरी, स्टाफ नर्सको १ हजार ६ सय, नर्सिङ अधिकृतको १ सय ९, सामुदायिक नर्सिङ अधिकृतको २८, नर्सिङ प्रशासकको २७, प्रमुख नर्सिङ प्रशासकको ५ दरबन्दी रहेको तथ्यांक छ ।

२६ वर्षदेखिको नर्सको दरबन्दीसंख्या
नर्सको पद संख्या
प्रमुख नर्सिङ प्रशासक (११औँ तह ) ५
नर्सिङ प्रशासक (९–१०औँ तह) २७
सामुदायिक नर्सिङ अधिकृत २८
नर्सिङ अधिकृत १०९
स्टाफ नर्स (७:८:९)औँ तह १६ सय
अनमी ८ हजार ५ सय

नर्सिङमा थप ३४ हजार सरकारी दरबन्दी आवश्यक, जनशक्ति उत्पादन दिनहुँ बढ्दै
काउन्सिलको तथ्यांकअनुसार हाल देशमा पिसिएल पास गरेका नर्सिङ जनशक्ति ५३ हजार २ सय ७८ बजारमा उपलब्ध छ । त्यसैगरी, अनमीको संख्या ३१ हजार ८ सय ६१ छ भने विदेशमा अध्ययन गरेर आएका नर्सको संख्या ८ सय ४२ छ । यसरी हेर्दा देशमा कुल ८५ हजार ९ सय ८१ नर्सिङ जनशक्ति काउन्सिलमा दर्ता भएका छन् । यति ठूलो संख्यामा नर्सिङ जनशक्ति उपलब्ध हुँदाहुँदै पनि सरकारी दरबन्दीमा भने आवश्यक संख्याको न्यून संख्यामा मात्र जनशक्ति कार्यरत छन् ।
सरकारी मापदण्डअनुरूप सरकारी स्वास्थ्यसंस्थाहरूमा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने थप ३० देखि ३४ हजार नर्स आवश्यक रहेको तुइतुईको भनाइ छ । बिरामीको अनुपातमा नर्स पुर्याउन सकियो भने मात्र गुणस्तरीय सेवा दिन सकिने तुइतुई बताउँछिन् ।
‘कुनै पनि बिरामीको अप्रेसन गर्नु मात्र ठूलो कुरा होइन, बिरामी कति छिटो निको हुने भन्ने कुरा अप्रेसनपछिको निरन्तर हेरचाहले निर्भर गर्छ,’ तुइतुई भन्छिन्, ‘नर्सले प्रत्येक पल बिरामीलाई बचाएका हुन्छन् । डाक्टरले अप्रेसन गरेर रोग निकालेको हुन्छ, तर त्यसपछिको हेरचाहको जिम्मेवारी नर्सको हुन्छ ।’

केन्द्रमातहतका प्रमुख सरकारी अस्पतालमा नर्सिङ दरबन्दीको अवस्था
केन्द्र सरकारमातहात राखिएका प्रमुख सरकारी अस्पतालमा नर्स र बेडसंख्याको तुलना गर्ने हो भने एक नर्सले करिब ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । केन्द्र सरकारमातहातका उपत्यकामा रहेका प्रमुख अस्पतालमा नर्सको विद्यमान दरबन्दीबारे गरिएको अध्ययनमा यस्तो नतिजा प्राप्त भएको छ–

वीर अस्पताल
देशको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरमा हाल ३ सय ८० बेड सञ्चालनमा छन्, जसका लागि स्टाफ नर्स र अनमी गरी जम्मा १ सय ५५ जनाको मात्र दरबन्दी छ । वीरमा बिरामीको अनुपातमा गुणस्तरीय नर्सिङसेवा उपलब्ध गराउन ६ सयकोहाराहारीमा नर्सको आवश्यकता पर्ने देखिन्छ । वीरमा प्रमुख नर्सिङ प्रशासक (११औँ तह)को दरबन्दी १ र नर्सिङ प्रशासक (९:१० औँ तह)को दरबन्दी २ छन् । त्यसैगरी, नर्सिङ अधिकृत १८ दरबन्दीमध्ये २ वटा रिक्त छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हाल सय बेड सञ्चालनमा छन् । अस्पतालमा प्रमुख नर्सिङ प्रशासक (११औँ तह)को १ र नसिङ प्रशासको १ दरबन्दी छन् । त्यस्तै, नर्सिङ अधिकृतको २ दरबन्दीमा १ जना मात्र कार्यरत छन् । त्यसैगरी, स्टाफ नर्स र अनमी गरेर ४७ जनाको दरबन्दी छ ।

कान्ति बाल अस्पताल
सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र बाल अस्पताल कान्तिमा हाल ३ सय १ बेड सञ्चालनमा छन् । अस्पतालले ३ सय ६५ बेडसम्म सञ्चालन गरेकोमा जनशक्ति अभावका कारण बेडसंख्या घटाउँदै लगेको छ भने बिरामीको चाप भने बढ्दोक्रममा छ ।
अस्पतालमा प्रमुख नर्सिङ प्रशासक र नर्सिङ प्रशासकका एक–एक दरबन्दी छन् । त्यसैगरी, नर्सिङ अधिकृतको ५ वटा दरबन्दी छन् । स्टाफ नर्सको १ सय ८४ दरबन्दी रहेकोमा १० वटा रिक्त छन् । अस्पतालमा ४ जना अनमी दरबन्दीमा कार्यरत छन् ।

मानसिक अस्पताल, पाटन
सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र मानसिक अस्पतालमा हाल ५० बेड सञ्चालनमा छन् । बिरामीको चापलाई हेर्दा २ सयभन्दा बढी बेड आवश्यक रहेको अस्पतालले जनाउँदै आएको छ । पटक–पटक स्वास्थ्य मन्त्रालयसँग बेडसंख्या बढाउन माग गर्दा पनि वास्ता नगरेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रमुख नर्सिङ प्रशासक (११औँ तह)को १ दरबन्दी रहेकोमा रिक्त छ । नर्सिङ प्रशासकको दरबन्दीमा एकजना कार्यरत छन् भने नर्सिङ अधिकृतको २ दरबन्दीमध्ये एउटा रिक्त छ । त्यसैगरी, स्टाफ नर्समा ६ जनाको दरबन्दी रहेकोमा १ दरबन्दी रिक्त छ । अस्पतालमा ६ जना अनमी दरबन्दीमा कार्यरत छन् ।

परोपकार प्रसूतिगृह, थापाथली
परोपकार प्रसूतिगृहले हाल ३ सय ८५ बेडमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा प्रमुख नर्सिङ प्रशासक र नर्सिङ प्रशासकका एक–एक दरबन्दी छन्, जुन दुवै रिक्त छन् । त्यसैगरी, एकजना नर्सिङ अधिकृत दरबन्दीमा कार्यरत छन् । स्टाफ नर्सका २२ दरबन्दीमध्ये २ वटा रिक्त छन् । अनमीतर्फ भने ५ जना दरबन्दीमा कार्यरत छन् ।

नरदेवी आयुर्वेद चिकित्सालय
मुलको आयुर्वेदिक उपचारको केन्द्रका रूपमा रहेको नरदेवी आयुर्वेद चिकित्सालयमा २ सयको हाराहारीमा बेड सञ्चालनमा छन् । अस्पतालमा नर्सिङ अधिकृत (७:८औँ तह )को दरबन्दीमा एकजना कार्यरत छन् । त्यसैगरी, स्टाफ नर्सतर्फका १६ दरबन्दीमध्ये २ वटा रिक्त छन् ।

राष्ट्रिय ट्रमा सेन्टर
देशको एक मात्र ट्र«मा सेन्टर राष्ट्रिय ट्रमा सेन्टरमा २ सय बेड सञ्चालनमा छन् । सेन्टरमा प्रमुख नर्सिङ प्रशासक (११औँ तह)को दरबन्दी छैन । नर्सिङ प्रशासकको १ दरबन्दी छ भने नर्सिङ अधिकृततर्फ ६ जना दरबन्दी रहेकोमा ४ जना मात्र कार्यरत छन् । त्यस्तै, सेन्टरमा १ सय ३० स्टाफ नर्सले दरबन्दीमा रही सेवा दिइरहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरु न्यायको लडाईँमा, नर्सिङ संघले गरेन वास्ता

मध्यान्ह १२ बजेको तालु पोल्ने रापिलो घाम । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनको कोपभाजनमा परेका नर्सहरू पेशागत संस्थाको सहारा खोज्दै नर्सिङ संघ केन्द्रीय कार्यालयमा जम्मा भए ।

तर, नर्सहरुको साझा संस्था भनिएको नर्सिङ संघ तिनै नर्समाथि शोषण गर्ने अस्पताल व्यवस्थापनको बचाऊको साधन बनेको छ । लाजिम्पाटस्थित संघ कार्यालयको परिसरमा धर्नामा रहेका भक्तपुरका नर्सहरुमाथि अस्पताल प्रशासनले प्रहरी, सरकार सबै लगाएपनि आफ्नै संघसमेत पीडक प्रशासनको पक्षमा उभिएको उनीहरुको मन निकै दुखेको छ ।

लामो समयदेखि भिन्न रुपका संघर्ष जारी राखेर र संघर्षकै कारण विभिन्न दुःख भोगिरहेका अस्पतालका नर्सहरुलाई केही दिनअघि मन्त्रालयमा वार्ताका लागि बोलाएर पक्राउ गराइएको थियो । एक रात प्रहरी हिरासतमा समेत काटेका नर्सहरुका प्रमुख माग विल्कुल पेशागत हितसँग सम्बन्धित छ ।

उनीहरुले नर्सको वाक स्वतन्त्रता माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, जोखिम भत्ता लागू गर्नुपर्ने माग गरेका छन् । शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनप्रति उनीहरु आक्रोशित छन् ।

संघका पदाधिकारी राजनीतिक विचारधारा र मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशकको प्रलोभनमा संघको आन्दोलन दमनमा लागेको भनाइ उनीहरुको छ ।

केही दिनअघि मे १ विश्व श्रमिक दिवस थियो । केही दिनपछि मे १२ मा नर्सिङ दिवस आउँदैछ । यसपटकको नर्सिङ दिवसको नारा ‘नर्सेस अ भ्वाइस टु लिड हेल्थ फर अल’ छ । ‘हामी श्रमजीवि नर्सको नाममा राजनीति गर्नेहरु, हामीमाथि अन्याय गर्ने अस्पतालका निर्देशकको इशारामा हाम्रो पेटमा लात हान्दैछन्’ सोमबारको धर्नामा भेटिएकी एक नर्सले भनिन् ।

प्रत्यारोपण केन्द्रका नर्सहरुले आन्दोलन सुरु गरेको मंगलबार १५ दिन भएको छ । उनीहरुले अस्पतालको सेवा अवरुद्द नगरी आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म पछाडी नहट्ने उनीहरुको भनाई छ ।

४ महिनासम्म भेट दिएनन् निर्देशकले, धम्क्याइरहे, तर्साइरहे

सबै कर्मचारीलाई समयमै तलब प्रदान गर्नुपर्ने, केन्द्रमा कार्यरत सबै कर्मचारीले सरकारी सेवा सुविधा पाउनु पर्ने, पुराना कर्मचारीलाई कार्यसम्पादनका आधारमा पद ग्रेडिङ गर्नुपर्ने जस्ता माग नर्सहरुले अगाडि सार्दै आएका छन् ।

सरकार अन्तर्गतको यो अस्पतालमा काम गर्ने नर्सहरुले असन्तुष्टि जनाएको यो पहिलोपटक होइन् । ‘नर्सहरुले त आवाजको प्रतिनिधित्व मात्रै गरेका हुन्, धेरै डाक्टर र कर्मचारी सहन नसकेर छोडेर हिँडिसके ।’ अर्की एक नर्सले दुःखेसो पोखिन् ।

आन्दोलनरत नर्सका अनुसार उनीहरुले यी सामान्य समस्यालाई लिएर ४ महिनादेखि प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसँग भेट्ने प्रयास गरे पनि उनीले भेटको सट्टा व्यक्तिगत रुपमा धम्की दिएर आन्दोलन दबाउन लागेको आरोप उनीहरुको छ ।
नर्सहरुले पछिल्लो समयमा आन्दोलनलाई चकाउँदै लगेर ३ दिन अस्पतालको आकस्मिक र आइसिइयुबाहेको सेवा बन्द गरेर धर्ना दिएका थिए।

तर अस्पतालका निर्देशकले थर्काउने, तसाउने गरेको उनीहरुको सामूहिक गुनासो छ । नर्सले आन्दोलन गरिरहँदा अस्पताल प्रशासनले अर्को अस्पतलाका नर्सहरु लिएर आएर सेवा सुचारु ग¥यो । ‘विरामीलाई सेवा दिँदासमेत विभेद गरियो जसको पहुँच छ, अस्पतालमा डायलसिस सेवा पाए,’ एक नर्सले भनिन् ।

करार नर्सलाई बेवास्ता गर्दै लोक सेवा आयोग

बैशाख ११ गते नर्सहरुले धर्ना सुरु गरे । त्यसको दोस्रो दिनमै लोकसेवा आयोग खुलाइयो । ९६ नर्सका लागि लोकसेवा खुलाइएको छ, निर्देशकको चाहना खुल्ला प्रतिस्पर्धाको नाममा आफू अनुकुलका मान्छे भर्ना गर्न यो चाल चलिएको आरोप नर्सको छ ।
अस्पताल प्रशासनले खुल्लामा पास नभएका नर्सलाई आवश्यकताका आधारमा राख्दै जाने आश्वासन दिएको छ । बिरामीको लागि रात–दिन खटेकाहरुलाई स्वार्थ नमिलेकै आधारमा निस्कासन गर्न खोजिएको आरोप नर्सहरुको छ । करार नर्सको लागि अस्पतालमा काम गरेको अनुभवको समेत कदर हुनेगरी लोकसेवा खुलाउनुपर्ने उनीहरुको माग छ ।

वार्ता भन्दा दमनको पक्षमा प्रशासन

२० गते मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भयो । उनीहरुले आफ्ना मागमा लिखित जवाफ दिनभन्दै अस्पताल निर्देशकलाई घेरा हालेका थिए । सो क्रममा प्रहरी लगाएर गिरफ्तार गरियो । शुक्रबार अपरान्ह ४ बजेतिर गिरफ्तार भएका नर्सहरुलाई राति ११ बजेसम्म प्रहरी प्रभागमा राखियो ।

संघ नै निरीह, नर्सहरु रातभरि चिसो सिढींमा

संघ नर्सहरुको हकहितको रक्षाभन्दा संघ प्रशासनको पक्षमा उभिएको आरोप पीडित नर्सहरुको छ । आइतबार विज्ञप्ती निकाल्दै नर्सिङ संघले नर्सका समस्या समधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकमा छलफल गराएको दावी ग¥यो ।

विज्ञप्ती भनिएको छ,‘छलफलको क्रममा स्थायी प्रकियाको विज्ञापनमा देखिएको त्रुटिपुर्ण बुँदाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जिम्मेवार पदाधिकारी, प्रत्यारोपण केन्द्रका पदाधिकारी र नर्सिङ संघ अध्यक्षको सहभागितामा त्रुटिपूर्ण केही बुँदा सच्याएको र केही सञ्चाएर सुचना प्रकाशन गरिने छ ।’

नर्समाथि भएको प्रहरी दमनबारे भने संघले हालसम्म पनि कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन् । यतिसम्मकी पक्राउ परेका नर्सहरुले नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई गुनासो गरेका थिए ।

तर पोखरेलले उनीहरुलाई छुटाउनसमेत पहल गरिनन् । यतिका दिन आन्दोलन गर्दा पनि संघबाट सकारात्मक नपाएपछि संघकै कार्यालयमा आएको धर्ना दिनुपरेको पीडित नर्सहरुको भनाई छ । उनीहरु संघ नर्सका मागप्रति वेवास्ता गर्ने संघ नेतृत्वप्रति आक्रोशित बनेका छन् । र, रातभरी चिसो सिढींमा धर्ना दिइरहेका छन् ।

मागहरुलाई गम्भीरता पूर्वक नलिएको भन्दै पीडित नर्सहरुले सोमबार विहान ६ बजे संघमा ताला लगाएका थिए । तर, संघले प्रहरी लगाएर १० बजे ताला खोलेको थियो ।

यस्ता छन् नर्सका माग

१.सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने ।
२.ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ।
३.सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
४.पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने
५.पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मानव अंग प्रत्यारोपण केन्द्रका नर्स स्वास्थ्य मन्त्रालयबाट प्रकाउ

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रकाउ परेका छन् । शुक्रबार मन्त्रालयमा वार्ता असफल भएपछि आक्रोशित बनेका नर्सले प्रत्यारोपणका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई घेरा हालेपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो ।

६–७ जना नर्सलाई प्रकाउ गरी सिंहदरबार प्रहरी प्रभाग, अनामनगर लगिएको मानव अंग प्रत्यारोपण केन्द्रकी स्टाफ नर्स प्रियंका थापाले बताइन् । वार्तामा स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. दीपेन्द्ररमण सिंह, नर्सिङ काउन्सिलकी अध्यक्ष तारा पोखरेल, मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठ र नर्सका प्रतिनिधहरू सहभागी थिए ।

नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनसँग पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्नेजस्ता माग राखेका छन् । यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्ने, कर्मचारीको मासिक तलब समयमै दिनुपर्नेलगायत माग नर्सहरूको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

साना छोरीलाई छोडेर भूकम्पका घाइतेको सेवामा अहोरात्र खटियौँ

रौतहट जिल्लाको सन्तपुर गाउँमा मेरो जन्म भयो । ०४६ सालमा श्री जनजागृति माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेँ ।
म स्कुल पढ्दादेखि नै परिवारको इच्छा मलाई नर्स बनाउने थियो । विशेषगरी मेरा बुबा मलाई नर्स बनेर बिरामीको सेवा गरेको देख्न चाहनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यायको आइओएमअन्तर्गत वीरगन्ज नर्सिङ क्याम्पसबाट नर्सिङ अध्ययन सुरु गरेँ । त्यसवेला देशमा धेरै आन्दोलन भएका कारण ३ वर्षको कोषलाई पूरा गर्न ५ वर्ष लाग्यो ।

०५१ जेठमा परीक्षा सकियो । परीक्षापछि दुई दिन मात्र मैले घर बस्ने मौका पाएँ । असार १ गतेबाटै मैले नारायणी उपक्षेत्रीय अस्पातालमा अनमी पदमा नियुक्तिपत्र पाएँ । ३ महिना अनमीमा काम गरेपछि तेस्रो वर्षको परीक्षाफल निस्केलगत्तै प्रमाणपत्र पेस गरेपछि अस्पतालले मलाई स्टाफनर्समा नियुक्ति दियो । त्यतिवेला अनमीको तलब १ हजार ६ सयको हाराहारीमा थियो भने स्टाफनर्सको १ हजार ८ सय ५० थियो ।

त्यही वर्षको भदौमा स्टाफनर्सको लोकसेवा खुल्यो । मैले मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट लोकसेवा भरेँ । मंसिरमा परीक्षा भयो । केही समयका लागि मैले सिटिइभिटीअन्तर्गत जुम्लामा काम गरेँ । कर्णाली टेक्निकल स्कुलमा शिक्षकको अभाव रहेछ । टिक्निकल एसएलसीअन्तर्गतको कार्यक्रम थियो । मलाई अनमी र अहेवलाई पढाउन लगाइयो । यसक्रममा म करिब १ वर्ष जुम्ला बसेँ । मेरा लागि त्यतिवेला जुम्ला अनकन्टारजस्तो लाग्थ्यो । म तराईमा जन्मेको, हुर्केको मान्छे, एकैचोटि जुम्ला जानुपर्दा सुरुमा मन आत्तियो पनि । त्यसवेलाको क्षण मेरो मानस–पटलमा आज पनि याद आइरहन्छ । विवाह नभएकी केटी, परिवारले जान दिइरहनुभएको थिएन, जुम्ला हिउँ पर्ने विकट क्षेत्र भनेर ।

नर्सिङ काउन्सिलको तथ्यांकअनुसार नेपालमा ८६ हजारभन्दा बढी नर्सको उत्पादन भएको छ । नर्सको महत्व बढ्दै गएको पनि सबैलाई महसुुस भएको छ । नेपालमा नर्सको धेरै महत्व छ । तर, सरकारले हालसम्म पनि नर्सलाई रोजगारी दिन सकेको छैन ।

जुम्ला पुग्नै लाग्दा मभित्र अनेक कौतुहल छाएका थिए । जुम्लाको यात्रा नै मेरा लागि प्लेनको पहिलो अनुभव थियो । प्लेनबाट हेर्दा डाँडा–काँडा, जंगललगायत साना आकारका देखिए । कर्णालीको मनोरम दृश्यले मन लोभ्यायो । त्यहाँको राम्रो वातावरण मैले अनमी, सिएमएहरूलाई पढाएँ ।

१ वर्षपछि आफू लोकसेवा पास भएको खबर पाएपछि म काठमाडौं फर्किएँ । परिवारलाई पनि टाइम दिनुपर्यो । मेरा दुईवटा छोरी छन् । महिलाबारे बाहिर नेता, विद्वान्ले जति किताबमा लेखे पनि, भाषण दिए पनि वास्तवमा घरका लागि महिला नै हुन्छन् । मैले १२ वैशाख ०७२ को महाभूकम्पका वेला त्यो कुराको अनुभव गरेँ । भूकम्प आउँदा म वीर अस्पतालको फिमेल सिर्जिकल वार्डमा काम गर्दै थिएँ । सबैतिर हाहाकार मच्चियो । त्यतिवेलाको क्षण, बिरामीका प्रति माया त छँदैथियो, तर घरमा भएका दुई सना बालबालिकाको सम्झना पनि हरक्षण आइरहेको थियो ।

भूकम्प आइरहेको हुँदा बिरामीलाई अस्पताल भवनमा राख्न उचित नभएपछि हामीले सबै बिरामीलाई व्यवस्थित गरेर खुलामञ्चमा राख्यौँ । अघिल्लो दिन अप्रेसन भएका २ जना र २ जना बूढी आमाहरूलाई परिवारका मानिसले लान नमानेपछि उनीहरूलाई अस्पतालमै राखियो ।

भूकम्प आएको २ घण्टापछि म घर पुगेँ । घरमा बच्चा मात्र थिए । त्यही दिन श्रीमान् पनि बिहान सोलुखुम्बु जानुभएको थियो । वीर अस्पतालबाट मलाई कसैले लिफ्टसमेत दिएन, म धैरै त्रासमा रहेर घर पुगेँ । आत्तिएर एप्रोन लगाएरै भोटाहिटी पुगेकी रहेछु । घर पुग्दा बच्चाहरूलाई सकुशल पाएँ । मलाई देख्नेबित्तिकै छोरीहरूको रुवाइ सुरु भयो, जुन आजसम्म पनि मैले बिर्सन सकेकी छैन ।

छोरीहरूलाई खाने–बस्ने कुराको बन्दोबस्त आफन्तकहाँ गरेर म पुनः अस्पताल फर्किएँ । आफ्नो कर्तव्य गर्नु नै थियो । अस्पतालबाट घर फकिँदा ९ बजेको थियो । भूकम्प आइरहेको हुँदा घरमा बस्न असुरक्षित महसुुस गर्दैै दुईवटा छोरीलाई लिएर खुला चौरमा गएर सुतेँ ।

आइतबार पनि मेरो बिहानको ड्युटी परेको थियो । बच्चालाई पुनः आफन्तको घरमा छोडेर अस्पताल आएँ । लामो समयसम्म बिदा नलिएर लगातार बिरामीको सेवाका लागि म अस्पताल धाइरहेँ । आज अवार्ड पाउनेवेला पहुँच भएकाले पाउने गरेका छन्, हामी दिनरात नभनी आफ्ना बालबच्चालाई बिचल्लीमा पारेर बिरामीको सेवामा खट्ने नर्सको त नाम पनि छैन ।

नर्सले आफ्नो दिमाग र सीपअनुसार बिरामीलाई दिने सेवा दिइरहेका हुन्छन् । हाम्रौ हातका औँला पनि बराबर हुँदैनन् नि ! सबै नर्समा एउटै दिमाग, सीप, क्षमता हुँदैन । तर, पनि सबै नर्सको एउटै चाहना हुन्छ, बिरामीको सेवा राम्रो गर्न सकूँ र बिरामीलाई सफलतापूर्वक सन्चो बनाएर घर पठाउन सकियोस् ।

हामी आफ्ना बालबच्चा र परिवारलाई छोडेर बिरामीको सेवामा समर्पित थियौँ । त्यतिवेला मैले परिवारलाई भनेकी थिएँ– छोरी पढाएर सुख हुँदो रहेनछ, किनकि मभित्र त्यो पीडा लुकेको थियो, त्यसको ज्वलन्त उदाहरण म स्वयम् थिएँ ।
भूकम्पका वेला सबै स्वास्थ्यकर्मीलाई पिर, मर्का, समस्या थिए । ती दिन सम्झँदा मेरा आँखाबाट आज पनि आँसु आउँछ । तर, हामी नर्सको सेवालाई राज्यले कदर गर्न सकेको छैन ।

नर्सले आफ्नो दिमाग र सीपअनुसार बिरामीलाई दिने सेवा दिइरहेका हुन्छन् । हाम्रौ हातका औँला पनि बराबर हुँदैनन् नि ! सबै नर्समा एउटै दिमाग, सीप, क्षमता हुँदैन । तर, पनि सबै नर्सको एउटै चाहना हुन्छ, बिरामीको सेवा राम्रो गर्न सकूँ र बिरामीलाई सफलतापूर्वक सन्चो बनाएर घर पठाउन सकियोस् ।

नर्सिङ काउन्सिलको तथ्यांकअनुसार नेपालमा ८६ हजारभन्दा बढी नर्सको उत्पादन भएको छ । नर्सको महत्व बढ्दै गएको पनि सबैलाई महसुुस भएको छ । नेपालमा नर्सको धेरै महत्व छ । तर, सरकारले हालसम्म पनि नर्सलाई रोजगारी दिन सकेको छैन ।

अस्पतालले बिरामीलाई सेवा दिँदा विश्व स्वास्थ्य सगंठनको मापदण्डअनुसार नै सेवा दिनुपर्छ भनिन्छ । अप्रेसन थिएटर, आइसियू, जनरल वार्डमा भएका बिरामीलाई सेवा गर्ने प्रमुख दायित्व नर्सको नै हुन्छ । तर, नेपालको ठूलो र पुरानो अस्पताल वीरमा समेत मापदण्डअनुसार नर्सिङ जनशक्ति उपलब्ध गराउन सकेको अवस्था छैन ।
पैसालाई महत्व दिएको भए म अहिले विदेशमा हुन्थेँ होला । स्वदेशमै बसेर बिरामीलाई सेवा दिने हेतुले काम गरिरहेकी छु ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सको पारिश्रमिक मासिक जम्मा ५ हजार, श्रमशोषण रोक्न नर्सिङ संघको पहल

नेपाल नर्सिङ संघमा १३ हजारको हाराहारीमा नर्स आबद्ध छन् । देशका अधिकांश स्वास्थ्यसंस्थाले ज्यादै न्यून पारिश्रमिकमा र कतिपयले त भोलेन्टेयरका रूपमा नर्सलाई काममा लागाइरहेका छन् । ठूलो धनराशि, समय र मिहिनेत खर्चिएर प्राविधिक जनशक्तिका रूपमा आफूलाई विकास गराएका नर्सले अत्यन्त न्यून पारिश्रमिकमा श्रम र सीपलाई बेच्न बाध्य भइरहँदा बिहीबार नेपाल नर्सिङ संघले नर्समाथिको श्रमशोषणको विरोध जनाउँदै योग्यताअनुसारको रोजगारी र श्रमअनुसारको पारिश्रमिक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

देशका ठूला सरकारी अस्पतालमा कार्यरत नर्सले समेत न्यूनतम तलब नपाएको र श्रमशोषणमा परेको भन्दै संघमा परेको उजुरीका आधारमा संघले आवश्यक निरीक्षणपछि सरोकारवाला पक्षको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको संघकी अध्यक्ष तारा पोखरेलले जानकारी दिइन् ।

पोखरा क्षेत्रीय अस्पताल ५ सय बेडको छ, जहाँ न्यूनतम ५ सय जना नै नर्सको आवश्यकता हुन्छ । तर, १ सय नर्सले काम चलाइरहेको अवस्था छ,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा बिरामीले कसरी राम्रो सेवा पाउँनछन् भनेर अपेक्षा गर्न सकिन्छ ?’

‘चितवनको एक मेडिकल कलेजसहित अन्य स्वास्थ्यसंस्थाले नर्सलाई मासिक ५ हजारमा काम गराइरहेको हामीलाई रिपोर्ट आएको छ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘सरकारले पारिश्रमिकको मापदण्ड निर्धारण गरेको छ, तर त्यसको कार्यान्वयन स्वास्थ्यसंस्थाले गरेका छैनन् ।’ सरकारी मापदण्डको पालना नहुँदा नै अधिकांश नर्स श्रमशोषणमा परिरहेकाले प्रभावकारी नियमन आवश्यक भएको उनले बताइन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पेसा र २४सै घण्टा बिरामीको सेवामा खटिने नर्सिङ जनशक्तिको श्रमशोषण गर्ने कार्य निन्दनीय भएको जनाउँदै संघले त्यसप्रति खेद प्रकट गरेको छ ।

श्रम ऐन २०७४ लागू भएको अवस्थामा ननस्किल्ड नर्सलाई प्रतिमहिना ९ हजार र दक्षलाई १३ हजार रूपैयाँभन्दा माथि दिनुपर्ने कानुनी व्यवस्था छ । तर, नर्सहरूको अधिकांश उजुरीमा न्यून पारिश्रमिक तथा श्रमशोषणकै गुनासो आइरहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । ‘नर्सको समस्या समाधानका लागि सरकारले कानुनको यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ,’ अध्यक्ष पोखरेल भन्छिन्, ‘अन्यथा संघ संघर्षमा उत्रिन बाध्य हुनेछ ।’

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका आधारमा हाल देशमा करिब ८५ हजार नर्सिङ जनशक्ति उपलब्ध छ । यसमध्ये करिब १२ हजार नर्स सरकारी सेवामा छन् भने १३ हजारले निजी स्वास्थ्यसंस्थामा रोजगारीको अवसर पाएका छन् । करिब १० हजार नर्सिङ जनशक्ति रोजगारीका लागि बिदेसिएको अनुमान छ ।

पोखरेलका अनुसार सरकारी अस्पतालहरूमै आवश्यक संख्याको ज्यादै न्यून नर्सिङ जनशक्ति राखेर बिरामीको स्वास्थ्यमा खेलबाड गरिएको छ । ‘पोखरा क्षेत्रीय अस्पताल ५ सय बेडको छ, जहाँ न्यूनतम ५ सय जना नै नर्सको आवश्यकता हुन्छ । तर, १ सय नर्सले काम चलाइरहेको अवस्था छ,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा बिरामीले कसरी राम्रो सेवा पाउँनछन् भनेर अपेक्षा गर्न सकिन्छ ?’

सरकारीस्तरका अस्पतालले नै बिरामीको स्वास्थ्यसित खेलबाड गरिरहेका छन् । आइसियूमा एक बिरामीका लागि एक नर्स हुनुपर्ने प्रावधान छ । त्यसैगरी, सुत्केरी वार्डमा पनि एक बिरामीबराबर एक नर्सको आवश्यकता पर्छ । त्यस्तै, आकस्मिकक्षमा २ बिरामीबराबर एक नर्स र जनरल वार्डमा ६ बिरामीबराबर एक नर्स हुनुपर्ने मापदण्ड छ । तर, १ नर्सले १० जनाभन्दा बढी बिरामीको हेरचाह अवस्था छ । पोखरेल प्रश्न गर्छिन्, ‘आइसियूमा १० जना बिरामीलाई एक नर्सले हेरचाह गर्नुपरेपछि बिरामीले कसरी स्तरीय सेवा पाउन सक्छन् ?’

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका आधारमा हाल देशमा करिब ८५ हजार नर्सिङ जनशक्ति उपलब्ध छ । यसमध्ये करिब १२ हजार नर्स सरकारी सेवामा छन् भने १३ हजारले निजी स्वास्थ्यसंस्थामा रोजगारीको अवसर पाएका छन् । करिब १० हजार नर्सिङ जनशक्ति रोजगारीका लागि बिदेसिएको अनुमान छ । ४० देखि ५० हजारको हाराहारीमा नर्सिङ जनशक्ति बेरोजगार रहेको वा अति नै न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य रहेको अनुमान गरिएको छ । नेपालमा प्रतिवर्ष करिब ५ हजार नर्सिङ जनशक्ति थपिने गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बढ्दो नर्सिङ बेरोजगारीले झस्काइरहन्छ

नेपालगन्ज नर्सिङ क्याम्पसबाट नर्सिङ अध्ययन सकेपश्चात् मैले केही समय कैलालीको टीकापुर अस्पतालको प्रसूति वार्डमै काम गरेँ । त्रिवि शिक्षण अस्पतालको प्रसूति वार्डमा काम थालेको भने साढे दुई वर्ष भएको छ । पहिलोपटकको आवेदनमै नाम निकाल्न सफल भएँ । नर्सिङ पेसाको सुरुवातदेखि नै म प्रसूति विभागमै कार्यरत छु ।

विभिन्न रोग तथा त्यसका लक्षणबारे जान्ने उत्सुकता ममा सानै उमेरदेखि थियो । त्यही उत्सुकता नै मेरो नर्सिङ अध्ययनको आधार बन्न पुग्यो । सानैदेखिको मेरो रुचि र लगाबमा पारिवारिक साथ, सहयोग र प्रेरणा थपिएपछि म नर्स बनेँ । मानिसका शरीरका विभिन्न अंग तथा त्यसमा लाग्ने रोगबारे जानकारी राख्ने मेरो बच्चैदेखिको स्वभाव र चाहनाले नै मलाई नर्सिङ पेसामा पुर्यायो । मैले त्यसैअनुसार आफूलाई विकास गर्दै पनि लगेँ ।

नर्सिङ अध्ययनको सुरु गर्दा मलाई यस क्षेत्रमा व्याप्त बेरोजगारीबारे खासै ज्ञान थिएन । अध्ययन थालेपछि भने यस क्षेत्रमा व्याप्त बेरोजारीबारे बिस्तारै थाहा पाउँदै गएँ । त्यसपश्चात् मलाई दुःख गरेर पढेर पनि कतै रोजगारी नपाइने पो हो कि भन्ने लागेको थियो । कतिपय सिनियर दिदीहरू काम नपाएर भौँतारिरहेको देख्दा मलाई नमज्जा लाग्ने गथ्र्याे । मेरो पनि अध्ययनमा गरेको श्रम, समय र पैसाको लगानी बेकार जाने पो हो कि भन्ने डरले वेला–वेला सताउने गथ्र्याे ।

नर्सिङ क्षेत्रमा बेरोजगारी समस्या दिनहुँ विकराल बन्दै गएको देखेर मलाई ज्यादै नराम्रो लाग्छ । समय र श्रमका अतिरिक्त अध्ययनका लागि कतिपयले त लोन लिएका हुन्छन् । त्यसअनुसारको प्रतिफल पाउन नसक्दा कतिपयमा डिप्रेसनको समस्या नै पनि आउने गरेको छ । निजी अस्पतालले कति महिना, कति वर्षसम्म त नर्सलाई भोलेन्टेयरका रूपमै काम लगाइरहेका हुन्छन् । यद्यपि, कुनै–कुनै निजी अस्पतालले भने राम्रै तलब दिने गरेका पनि छन् ।

त्रिवि शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले पनि होला, तलब तथा सेवा–सुविधा पनि अन्य अस्पतालमा भन्दा राम्रै छ । निजी अस्पतालको तुलनामा त्रिवि शिक्षण अस्पतालमा नर्सको तलब तथा अन्य सेवा–सुविधा राम्रो मान्नुपर्छ । यद्यपि, काम, वर्तमान परिवेश र आवश्यकताअनुसार विद्यमान सुविधा पर्याप्त भने होइन । स्टाफ नर्सका लागि त्रिवि शिक्षण अस्पतालमा तलब सुविधा समान छ ।

कतिपय अवस्थामा बिरामीको चाप अत्यधिक हुने भएकाले बेडले नधानेर ट्रलीहरू पनि राख्नुपर्ने अवस्था आउने गर्छ । त्यसैले पनि प्रसूति वार्डका नर्स र बिरामीको अनुपात मिलाउन नसकिएको होला । धेरैजसो समयमा ४० जना बिरामीलाई जम्मा २–३ जना नर्सले हेरचाह गर्नुपर्ने हुन्छ ।

एउटै कोर्स र लगानीमा पढे पनि भोलेन्टेयर नर्सको कामको उचित मूल्यांकन नभएको देख्दा मलाई नमज्जा लाग्छ । अध्ययन सकेर पढाइखर्चको व्यवस्थापन गर्छु भन्ने मनसाय धेरैको हुन्छ, त्यस्ता अवस्थाका नर्सलाई ज्यादै गाह्रो हुन्छ । अध्ययन गरेपछि त्यसले प्रतिफल पनि त दिनुपर्यो, सहज जीविकोपार्जन हुनुपर्यो नि ! नेपालका कतिपय नाम चलेका महँगा अस्पतालले समेत नर्सलाई भोलेन्टेयर गराएको देख्दा ज्यादै नै दुःख लाग्छ ।

अन्य वार्डमा नर्स–बिरामी अनुपात सन्तुलनमा राख्न सकिने भए पनि प्रसूति वार्डमा भने त्यो गर्न केही गाह्रो हुन्छ । बिरामीसंख्या प्रसूति वार्डमा असन्तुलित हुने गर्छ । त्रिवि अस्पतालको प्रसूति विभागमा जम्मा ३३ वटा मात्र बेड छन्, तर बिरामीसंख्या ३३ मात्र हुन्छ भन्ने हुन्न । कतिपय अवस्थामा बिरामीको चाप अत्यधिक हुने भएकाले बेडले नधानेर ट्रलीहरू पनि राख्नुपर्ने अवस्था आउने गर्छ । त्यसैले पनि प्रसूति वार्डका नर्स र बिरामीको अनुपात मिलाउन नसकिएको होला । धेरैजसो समयमा ४० जना बिरामीलाई जम्मा २–३ जना नर्सले हेरचाह गर्नुपर्ने हुन्छ ।

बिरामीको चाप अत्यधिक हुँदा नर्सहरूले धेरै काम गर्नुपर्ने हुन्छ । बिरामीका आफन्त तथा नर्सबीचको कुराकानीका क्रममा कहिलेकाहीँ मिस कम्युनिकेसन भएका वेला नर्सहरू झर्किने गर्छन् । बिरामीका आफन्तले कुरा नबुझेर झर्किदिँदा नर्स पनि कहिलेकाहीँ झर्किन पुग्छन् । बेडको कारणले बिरामीका आफन्त र नर्सबीच त्यस्ता समस्या वेला–वेलामा त्रिवि अस्पतालमा पनि आउने गर्छन् । तर, त्यसले ठूलै रूप लिने गरेको भने छैन । बेड नपाएर ट्रलीमा बस्नुपर्दा पनि नर्ससँग बिरामीका आफन्तको सामान्य भनाभन हुने गरेको छ । तर, सबैले हाम्रो बाध्यतालाई पनि बुझिदिने र हामीले पनि इमानदारीका साथ विनाभेदभाव सेवाप्रवाहमा ध्यान पुर्याउने हो भने त्यस्ता समस्या हटेर जान्छन् भन्ने लाग्छ ।

थापा त्रिवि शिक्षण अस्पताल, प्रसूति विभागकार्यरत छिन्

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आइसियूमा बालबालिकाको हेरचाह कति चुनौतीपूर्ण ?

स्वास्थ्यमा विभिन्न प्रकारका भाइटल साइन देखिएको अवस्थामा बिरामीलाई आइसियूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । बिरामीले आफ्नो शरीरलाई नै सन्तुलनमा राख्न नसकेको अवस्थामा उसलाई आइसियूको आवश्यकता पर्ने गर्छ । बिरामीलाई श्वास फेर्न गाह्रो भइरहेको अवस्था, कृत्रिम प्रकारको अक्सिजन निरन्तर चाहिने अवस्था, श्वास–प्रश्वासको अवस्था ठिक भए पनि मुटुको धड्कन कम वा अनियमित भएको अवस्था, अवथा निरन्तर मोनिटरिङ चाहिने अवस्थाका बिरामीलाई आइसियूमा राख्ने गरिन्छ । बिरामीको जीवन नै जोखिममा रहेको अवस्थामा पनि आइसियूमा राख्ने गरिन्छ ।

आइसियूमा राखिएका बिरामीको २४सै घण्टा मुटुको धड्कन के–कस्तो अवस्थामा छ, अवलोकन गरिरहनुपर्ने हुन्छ । आइसियूभित्र गरिने हेरचाहअन्तर्गत भाइटल साइनमा विशेषगरी रक्तचापको अवस्था, मुटुको धड्कन, श्वास–प्रश्वासको अवस्था अर्थात् बिरामीलाई अक्सिजनको मात्रा पुगिरहेको छ या छैन भनी अवलोकन गरिरहनुपर्ने हुन्छ ।

सामान्य वार्डमा बालबालिकाको हेरचाह गर्दा नर्सले उनीहरूको अभिभावकलाई हेरचाहका लागि निर्देशन दिने गर्छन् भने आइसियूमा त्यस्तो हुँदैन । आइसियूमा राखिएका बालबालिकाको हेरचाहमा उनीहरूका अभिभावकभन्दा पनि नर्स आफैँ बढी खट्नुपर्ने हुन्छ । २४सै घण्टा रेखदेख गर्नुपर्ने केस आउने भएकाले आइसियूमा, त्यसमा पनि बालबालिकाको हेरचाह गर्नु ज्यादै गाह्रो काम हो ।
मापदण्डमा आइसियूमा बिरामीको हेरचाहका लागि बिरामीबराबर एकजना नर्स हुनुपर्छ । तर, मापदण्डमा उल्लेख भएअनुसार नर्सिङ जनशक्ति उपलब्ध नहुँदा बिरामीको हेरचाह र उपचारको गुणस्तरमा समेत कमी आउने गरेको छ ।

आवश्यक मात्रामा जनशक्ति उपलब्ध हुन नसक्दा नर्स आफैँ पनि धेरै थाकेका हुन्छन् । थकित जनशक्तिले काम गदा त्यसबाट प्राप्त हुने गुणस्तरमा प्रश्न उठ्नु स्वाभाविक हुन जान्छ । अर्काेतर्फ कतिपय गर्नुपर्ने कामसमेत पूरा गर्न भ्याइरहेको हुँदैन ।

एक नर्सले एकजना मात्र बिरामीको केयर गर्नु र चारजनासम्म बिरामीको हेरचाह गर्नु पर्दा पक्कै पनि गुणस्तरमा कमी आउँछ नै । सामान्यतया एउटा नर्सको ड्युटीआवर भनेको ६ घण्टाको हुन्छ । त्यो ड्युटीअवधिभर एक नर्सले कति काम भ्याउन सम्भव छ भने कुरा महत्वपूर्ण हो । ड्युटीअवधिमा कुनै पनि नर्सले प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ । कतिपय काम ड्युटीअवधिमा नभ्याएमा त्यसलाई छोड्नुपर्ने हुन्छ । जस्तै, बिरामी बच्चालाई औषधि दिने कुरा पहिलो प्राथमिकतामा पर्छ । प्राथमिकताका आधारमा गर्नुपर्ने भएकाले मुख्य–मुख्य कुरालाई मात्र प्राथमिकता दिँदा कतिपय काम छुटिरहेका हुन्छन् । त्यसले गुणस्तरमा अवश्य पनि असर पारिरहेको हुन्छ ।

आवश्यक मात्रामा जनशक्ति उपलब्ध हुन नसक्दा नर्स आफैँ पनि धेरै थाकेका हुन्छन् । थकित जनशक्तिले काम गदा त्यसबाट प्राप्त हुने गुणस्तरमा प्रश्न उठ्नु स्वाभाविक हुन जान्छ । अर्काेतर्फ कतिपय गर्नुपर्ने कामसमेत पूरा गर्न भ्याइरहेको हुँदैन ।

ठूलो मान्छेको भन्दा बालबालिकाको आइसियू केयर गाह्रो हुन्छ । उदाहरणका लागि ठूलो मान्छेको कुनै काटेको अंगबाट बढी नै रगत बगिरहेको भए पनि त्यति धेरै डराउनुपर्ने अवस्था रहँदैन । २० एमएल रगत बग्दैमा पनि ठूलो मान्छे मरिहाल्दैन । तर, बालबालिकाको शरीरबाट २० एमएल रगत बगेमा बच्चा लगभग मृत्युको मुखमै पुग्छ । यस्ता अरु धेरै विषय छन्, जसमा बालबालिकाको केयर ठूलो मान्छेको भन्दा बढी नै जोखिमपूर्ण हुन्छ ।

नर्सिङ क्षेत्रमा करिब १७–१८ वर्षको कार्यानुभव तथा लामो समयको आइसियू अनुभवका आधारमा म हे भन्न सक्छु भने आइसियूमा, त्यसमा पनि बालबालिकाको केयर ज्यादै गाह्रो काम हो । आइसियूमा पूर्णतः नर्सको भरोसा र विश्वासमा अभिभावकले बालबालिकाको उपचारका लागि छोड्ने गर्छन् ।

बच्चाको शरीर सानो हुने तथा शरीरका कतिपय अंगको विकास राम्रो भइनसकेको हुनाले उनीहरूको केयर बढी नै जोखिमपूर्ण हुन्छ । ठूलोे मान्छेको केयरमा केही सामान्य गल्ती भएमा पनि उसको शरीरले पछि गएर पचाउन सक्छ भने बालबालिकाको शरीरले त्यो सक्दैन । बालबालिकाको शरीरमा थोरै गडबडी हुँदा पनि त्यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ । सानो गल्तीका कारण बालबालिकाको शरीरको कुनै पनि पार्ट ड्यामेज हुन सक्ने सम्भावनासमेत रहन्छ ।

नर्सिङ क्षेत्रमा करिब १७–१८ वर्षको कार्यानुभव तथा लामो समयको आइसियू अनुभवका आधारमा म हे भन्न सक्छु भने आइसियूमा, त्यसमा पनि बालबालिकाको केयर ज्यादै गाह्रो काम हो । आइसियूमा पूर्णतः नर्सको भरोसा र विश्वासमा अभिभावकले बालबालिकाको उपचारका लागि छोड्ने गर्छन् । त्यसैले अन्य वार्डमा भन्दा आइसियूमा काम गर्ने नर्सको जिम्मेवारी केही बढी नै हुन्छ । बिरामीलाई गरिने केयर नै फरक र बढी हुने भएकाले जनरल वार्डका भन्दा आइसियूका नर्सको काम नै बढी हुन्छ ।

(कान्ति बाल अस्पतालकी आइसियू नर्स कट्टेलसँग हेल्थपोस्टकी लक्ष्मी चौलागाईंले गरेकाे कुराकानीमा आधारित )

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सलाई ‘बेसिक लाइफ सपोर्ट’ तालिम

 

नर्सहरुका लागि जोखिममा परेकाहरुको तत्काल जीवन रक्षाका लागि अत्यवश्यकीय सीपसम्बन्धी तालिम आयोजना गरिएको छ ।
नेपाल नर्सिङ संघ र इनलाइट स्किलको संयुक्त आयोजनामा दुई दिने बेसिक लाइफ सपोट (बिएलसी) र साइकोलोजिकल फस्ट एड तालिम सम्पन्न भएको हो ।
इनलाइट स्किलको व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रम संघको हलमा बुधबार र विहीबार दुई दिनसम्म चलेको थियो । सहभागीलाई डा. पवनकुमार हमाल र डा. नवीन पोखरेलले प्रशिक्षण दिएको आयोजकले जानकारी दिएका छन् ।
तालिम अचानका आइपर्ने जीवन जोखिम्पूर्ण अवस्थाको निराकरणको विषयमा केन्द्रीत थियो । कार्यक्रममा बोल्दै नर्सिङ संघकी केन्द्रीय अध्यक्ष तारा पोख्रेलले यस प्रकारको अभिमुखिकरण तालिमले नर्सहरुको आत्मविश्वास बढाउने र सीप निखार्ने बताइन् ।

उनले यस्तो महत्वपूर्ण तालिम आगामी दिनमा पनि विस्तारगर्दै नर्सहरुको क्षमता विकासलाई लागि अनिवार्य गर्नुपर्ने बताइन् ।
इनलाइट स्किल तीन युवा उद्यमी महिलहरु मेनुका खड्का, सृजना सापकोटा र प्रज्ञा मल्लको नेतृत्व संचालित विशिष्ट स्वास्थ्य तालिम केन्द्र हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आधा लाख नर्स बेरोजगार, तर प्रमुख सरकारी अस्पतालमै नर्सिङ जनशक्ति अभाव

देशको राजधानी काठमाडौं उपत्यकाकै विभिन्न सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको अवस्थालाई अध्ययन गर्दा अधिकांश अस्पतालमा नर्सिङ जनशक्ति न्यून रहेको पाइएको छ । उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा मापदण्डअनुरूप नर्सिङ जनशक्ति उपलब्ध छैन । यसरी देशका प्रमुख अस्पतालहरूमै आवश्यकताअनुसारको जनशक्ति व्यवस्था नगरिँदा एकातिर स्वास्थ्यसेवाको गुणस्तर कमजोर बनिरहेको छ भने अकातर्फ ठूलो संख्यामा उत्पादित जनशक्ति बेरोजगार बनिरहेको छ ।

यसले देशको ठूलो गलानीमा उत्पादित जनशक्तिको विदेश पलायनमा समेत सहयोग पुर्याइरहेको छ, जुन देशका लागि घातक सिद्ध हुने निश्चित छ ।

‘सरकारी मापदण्डअनुसार अस्पतालमा नर्सिङ जनशक्तिको परिपूर्ति भएको छैन,’ उनी भन्छिन्, ‘जनरल बेडमा १ नर्सले ४ देखि ६ बिरामी हेर्नुपर्ने सरकारी मापदण्ड छ । तर, वीरमा १ नर्सले २५ जनासम्म बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ ।’

देशकै पुरानो तथा केन्द्रीय अस्पताल वीरमा समेत नर्सिङ जनशक्ति अपुग देखिएको छ । वीर अस्पताल हाल ३ सय ८० बेडमा सञ्चालनमा छ । हाल वीरमा २ सय ७५ नर्सिङ स्टाफ कार्यरत छन् । जसमा विभिन्न तहका नर्सिङ कर्मचारी समावेश छन् । जुन बिरामीको चापअनुसार अपर्याप्त भएको वीर अस्पतालकी नर्सिङ निर्देशक प्रा. गोमादेवी निरौला श्रेष्ठ बताउँछिन् । ‘सरकारी मापदण्डअनुसार अस्पतालमा नर्सिङ जनशक्तिको परिपूर्ति भएको छैन,’ उनी भन्छिन्, ‘जनरल बेडमा १ नर्सले ४ देखि ६ बिरामी हेर्नुपर्ने सरकारी मापदण्ड छ । तर, वीरमा १ नर्सले २५ जनासम्म बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ ।’ नर्स र बिरामीको अनुपात पटक्कै नमिलेको निरौला बताउँछिन् । उनका अनुसार बिरामीको चापअनुसार वीरमा करिब ६ सयजना नर्सिङ स्टाफको आवश्यकता छ ।

सय बेडको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा हाल विभिन्न पदमा गरी जम्मा ४९ जना नर्सको दरबन्दी छ । पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवाको प्रकार र प्रकृतिमा विस्तार हुँँदै जाँदा कार्यरत नर्सिङ जनशक्ति ज्यादै अपुग भएको अस्पतालका प्रशासन अधिकृत रूपनारायण खतिवडा बताउँछन् । चिसोयाममा अस्पतालमा बिरामीको चाप कमै हुने भएकाले नर्सिङ जनशक्ति त्यति अपुग भएजस्तो महसुस नभए पनि गर्मी समयमा भने उपलब्ध जनशक्ति अपर्याप्त हुने अस्पतालकी नर्सिङ मेट्रोन कल्पलता सुब्बा बताउँछिन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालमा अझै ६० जना नर्सको दरबन्दी अपुग छ ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अस्पतालले पछिल्लो समय नयाँ प्रकृतिका विभिन्न सेवाविस्तार गर्दै आएसँगै अस्पतालमा कार्यरत नर्सिङ जनशक्ति ज्यादै न्यून भएको छ । उक्त संख्या बढाउन अस्पतालले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव लगिसकेको उनी बताउँछन् ।

हेर्नुस् याे पनि

४० हजार नर्स बेरोजगार

थापाथलीस्थित परोपकार प्रसूतिगृहमा हाल विभिन्न पदमा गरी २ सयजना नर्स कार्यरत छन् । यहाँ भने नर्सिङ जनशक्ति आवश्यकताअनुरूप नै भएको अस्पतालले जनाएको छ । प्रसूतिगृहमा कुल नर्सिङ दरबन्दीको १० प्रतिशत मात्र नेपाल सरकारतर्फको रहने व्यवस्था छ । बाँकी ९० प्रतिशत नर्सको नियुक्ति अस्पतालकै समितिले गर्न पाउने प्रावधान छ । अस्पतालमा नर्सिङ जनशक्ति अपुग नभएको निर्देशक जागेश्वर गौतम बताउँछन् । उपत्यकाका अन्य सरकारी अस्पतालमा कर्मचारीको अधिकांश दरबन्दी स्वास्थ्य मन्त्रालयतर्फको पाइन्छ । तर, प्रसूतिगृहले आवश्यक दरबन्दी अस्पतालकै समितिबाट पूर्ति गर्ने भएकाले अस्पतालमा नर्सिङलगायत कुनै पनि पदमा जनशक्ति अभावको समस्या नरहेको निर्देशक गौतमको भनाइ छ ।

करिब ६ सय बेडमार्फत सेवा दिइरहेको पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा समेत नर्सिङ जनशक्ति पर्याप्त छैन । प्रतिष्ठानमा हाल ४ सय ५० नर्स कार्यरत छन् । उक्त संख्या सरकारी मापदण्डअनुसार निकै कम रहेको प्रतिष्ठानकी नर्सिङ निर्देशक वैदेही वैद्य बताउँछिन् ।

त्यसैगरी, सरकारीस्तरमा एक मात्र बालअस्पतालका रूपमा रहेको कान्तिमा पनि नर्सिङ जनशक्ति अपुग देखिएको छ । ३ सय ६५ बेडक्षमताको यो विशिष्टीकृत अस्पताल जनशक्ति अभावकै कारण ३ सय ८ बेडमा सञ्चालनरत छ । अस्पतालमा नेपाल सरकारतर्फ विभिन्न तहका गरी जम्मा ८४ वटा नर्सिङ दरबन्दी भने अस्पताल विकास समितिले ५६ जना नर्सिङ जनशक्तिको व्यवस्थापन गरेको छ । सरकारी र अस्पतालको निजीस्रोतबाट गरी जम्मा १ सय ४० जना नर्सिङ स्टाफ कार्यरत छन् ।

बिरामीको चाप बढ्दै गएको तर त्यसअनुरूपको सेवाका लागि मापदण्डअनुसार नर्सिङ जनशक्ति नहुनाले अस्पतालले प्रदान गर्ने सेवामै वेलाबखत प्रश्न उठ्ने गरेको अस्पतालकी प्रमुख नर्सिङ निर्देशक निवारण जोशी बताउँछिन् । उनका अनुसार कार्यरत जनशक्तिले न्यूनतम सेवा दिन पनि कठिन छ ।

करिब ६ सय बेडमार्फत सेवा दिइरहेको पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा समेत नर्सिङ जनशक्ति पर्याप्त छैन । प्रतिष्ठानमा हाल ४ सय ५० नर्स कार्यरत छन् । उक्त संख्या सरकारी मापदण्डअनुसार निकै कम रहेको प्रतिष्ठानकी नर्सिङ निर्देशक वैदेही वैद्य बताउँछिन् । प्रभावकारी नर्सिङ सेवाप्रवाह गर्न अस्पतालमा कार्यरत नर्सको संख्यालाई बढाएर १ हजारभन्दा माथि पुर्याउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हाल ६ सय १६ बेडमा सञ्चालन भइरहेको छ । अस्पतालमा विभिन्न पदका गरी हाल ५ सय ५० नर्स कार्यरत छन् । यद्यपि, अस्पतालमा नर्सिङ दरबन्दी जम्मा ३ सय ५० छ । बाकीँ २ सय नर्स करारमा कार्यरत रहेको अस्पतालकी नर्सिङ निर्देशक कविता सापकोटा बताउँछिन् । ‘बिरामीको चापअनुसार नर्सिङ स्टाफको संख्या एकदमै अपर्याप्त छ । सरकारी मापदण्डअनुसार नर्स–बिरामी अनुपात मिलाउन ठूलो संख्यामा नर्स थप्नुपर्ने अवस्था छ,’ उनका अनुसार वार्डहरूमा भने सरकारी मापदण्डअनुसार नर्सिङ स्टाफ राख्ने तयारी अस्पतालले गरे पनि अहिलेसम्म राख्न नसकेको छैन । आइसियू वार्डमा बिरामीको हेरचाहका लागि १ बिरामीबराबर १ नर्स र पोस्टअपरेटिभ वार्डको हकमा ३ बिरामीबराबर १ नर्स हुनुपर्ने सरकारी मापदण्डअनुसार त्रिवि शिक्षण अस्पतालमा करिब ७ सय ९३ नर्सिङ स्टाफ हुनुपर्ने निर्देशक सापकोटा बताउँछिन् ।

गुणस्तरीय स्वास्थ्यसेवाबाट नागरिक वञ्चित त भएका छन् नै, ठूलो संख्यामा सीपयुक्त प्राविधिक नर्सिङ जनशक्ति बेरोजगार बन्ने अवस्थाले विकराल रूप लिँदै छ । जनस्वास्थ्यजस्तो संवेदनशील र पहिलो प्राथमिकताको विषयमा आफैँले सञ्चालन गरेको अस्पतालमा आफैँले बनाएको मापदण्डअनुसारको जनशक्ति उपलब्ध नगराउनुले सरकारको स्वास्थ्यक्षेत्रप्रतिको उदासीनतालाई उजागर गर्छ ।

देशकै स्वास्थ्योपचारको केन्द्रका रूपमा रहेका राजधानी उपत्यकाका प्रमुख सरकारी अस्पतालहरूमा उपलब्ध नर्सिङ जनशक्तिको अध्ययन गर्दा मापदण्डअनुरूपको नर्सिङ जनशक्ति अभावले स्वास्थ्यसेवाको गुणस्तर कायम हुन नसक्नु अहम् भूमिका खेलिरहेको सहजै आकलन गर्न सकिन्छ । यसका कारण गुणस्तरीय स्वास्थ्यसेवाबाट नागरिक वञ्चित त भएका छन् नै, ठूलो संख्यामा सीपयुक्त प्राविधिक नर्सिङ जनशक्ति बेरोजगार बन्ने अवस्थाले विकराल रूप लिँदै छ । जनस्वास्थ्यजस्तो संवेदनशील र पहिलो प्राथमिकताको विषयमा आफैँले सञ्चालन गरेको अस्पतालमा आफैँले बनाएको मापदण्डअनुसारको जनशक्ति उपलब्ध नगराउनुले सरकारको स्वास्थ्यक्षेत्रप्रतिको उदासीनतालाई उजागर गर्छ ।

बजारमा झन्डै आधा लाखको संख्यामा सीपयुक्त नर्सिङ जनशक्ति रोजगारीको खोजीमा भौँतारिरहेको अवस्थामा सरकारले अत्यावश्यक सेवामा समेत उपलब्ध जनशक्तिलाई अवसर नदिनु विडम्बनापूर्ण छ । यसबाट नागरिकको संविधानप्रदत्त रोजगारीको हक हनन भइरहेको छ र आफ्ना नागरिकको मौलिक हकको हननका लागि राज्य स्वयम् नै उद्यत रहेको स्पष्ट छ । स्मरण रहोस्, बेरोजगारीको मारमा पिल्सिएर पलायनका लागि बाध्य आधा लाख नर्सिङ जनशक्तिको उत्पादन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राज्यले नै गरेको हो । उनीहरूमध्ये कतिपयको उत्पादनमा राज्य स्वयम्को लगानी परेको छ भने सबै जनशक्ति राज्यको स्वीकृतिमै तयार भएको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सिनियरले मिठो बोले जुनियर नर्सले पनि सिक्ने हो

नर्सको सेवाबाट सन्तुष्ट हुनेको संख्या धेरै छ । तर, कतिपयको सोचाइ नर्सहरू संवेदनशील हुँदैनन् भन्ने पनि छ, जुन सत्य होइन । यदि अस्पतालमा कुनै बिरामीको मृत्यु भएमा त्यो घटनाले नर्सलाई घर पुगिसकेपछि पनि सुत्न दिँदैन । युवा तथा बालक बिरामीको मृत्यु भएका त झन् रुनै आउँछ । कसैले घरको कमाउने सदस्य नै गुमाएको घटनाले कसलाई पो विह्वल नबनाउला र ! नर्सको प्रयास सधैँ बिरामीले राम्रो सेवा पाऊन् भन्ने नै हुन्छ । हामीले बिरामीलाई बचाउन र राम्रो स्वास्थ्य दिन यथाशक्य प्रयास गरिरहेकै हुन्छौँ ।

कतिपय बिरामीका आफन्तलाई मेरो बिरामीलाई डाक्टर तथा नर्सले नहेरेकै कारण मृत्यु भएको हो कि भन्ने लाग्न सक्छ । तर, त्यस्तो हुँदैन । बिरामीको हेरचाह गर्नु नर्सको ड्युटी मात्र होइन, धर्म हो । विशेषगरी आइसियूमा रहेका बिरामी, जहाँ बिरामीका कुरुवालाई बस्न दिने व्यवस्था छैन, त्यस्तो अवस्थामा बिरामीका आफन्तबाट नर्सले हेरचाह राम्रोसँग नगरेको गुनासा आउने गरेका छन् । तर, यो बुझाइको कमी मात्र हो । बिरामीको हेरचाहका लागि एक नर्सले आफूले सकेजति प्रयास गरेकै हुन्छ ।

नर्स पनि मान्छे हो । उनीहरूमा मानवीय संवेग हुन्छ भन्ने कुराको मनन बिरामीका कुरुवाले नगरेको पाइन्छ । बिरामी तथा उनीहरूका कुरुवाको हेराइ नर्सप्रति सम्मानजनक नहुँदा कतिपय अवस्थामा दुईबीच सामान्य भनाभनको अवस्था रहने गर्छ ।

आइसियूलगायत अन्य युनिटमा काम गर्ने नर्सले पनि पूर्ण मिहिनेतसाथ काम गरिरहेका हुन्छन् । बिरामीका कुरुवालाई नर्सका कतिपय व्यक्तिगत गतिविधिले पनि कतिपय अवस्थामा छोइरहेको हुन्छ । नर्सहरू व्यक्तिगत कारणले हाँस्दा पनि त्यसले बिरामीका आफन्तलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । बिरामी तथा आफू पीडामा भएका कारण नर्सले हाँसेको, खाएका कारणले पनि रिस उठ्ने गरेको पाइन्छ ।

नर्स पनि मान्छे हो । उनीहरूमा मानवीय संवेग हुन्छ भन्ने कुराको मनन बिरामीका कुरुवाले नगरेको पाइन्छ । बिरामी तथा उनीहरूका कुरुवाको हेराइ नर्सप्रति सम्मानजनक नहुँदा कतिपय अवस्थामा दुईबीच सामान्य भनाभनको अवस्था रहने गर्छ । बिरामी तथा उनीहरूका कुरुवाले नर्सको काममा विश्वास नगर्दा पनि भनाभनको अवस्था निम्तिने गरेको छ ।

कुरुवा तथा आफन्त र कतिपय अवस्थामा बिरामी स्वयम्ले पनि अस्पतलका सामान्य नियममा नबसिदिँदा र उपचारको काममै बाधा सिर्जना हुने गरी वा अस्पतालको वातावरण खलबल्याउने गरी गतिविधि गरिदिँदा सानातिना कुरामा पनि विवाद सिर्जना हुने गरेका छन् । उदाहरणका लागि बिरामीका आफन्त जतिवेला पनि बिरामीलाई भेट्न चाहन्छन् । त्यसमा नर्सले नियमानुसार नियन्त्रण गर्न खोज्दा पनि नर्स तथा बिरामीबीचको सम्बन्ध कतिपय अवस्थामा नराम्रो हुन पुग्छ । जथाभावी र जतिवेला पनि बिरामीलाई भेट्न खोज्दा बिरामीलाई नै विभिन्न प्रकारका संक्रमण हुने खतराका कारण नर्सले धेरै घुइँचो बनाउन चाहँदैनन् र मिल्दैन पनि ।

नर्सहरूलाई पनि अस्पताल प्रशासन तथा उनीहरूका सिनियरको दबाब हुन्छ भन्ने बुझ्नु जरुरी छ । घरी–घरी आउने कुरुवालाई नर्सले पटक–पटक सम्झाइरहन सक्दैनन् । बिहानको राउन्डमा आउने नर्स तथा डाक्टरले बिरामीको विशेष कुरुवालाई सूचना दिने भए पनि पछाडि आएका कुरुवालाई जानकारी नदिएको पनि हुन सक्छ । जतिपटक नयाँ कुरुवा आउँछन्, उनीहरूलाई सूचना दिनैपर्छ भन्ने भावना बिरामी कुरुवाको हुने कारण पनि नर्स तथा बिरामीबीच मनमुटावको स्थिति आउने गरेको हो ।

नर्सले गर्ने बिरामीको हेरचाह सबैखाले बिरामीका लागि उस्तै–उस्तै नै हुन् । तर, मुटुको समस्या ज्यादै संवेदनशील भएका कारण मुटुरोगीको हेरचाह गर्नु ज्यादै गाह्रो कुरा हो । उनीहरूका लागि विशेष प्रकारको हेरचाह आवश्यक हुन्छ ।
सिनियर नर्सको व्यवहार नै जुनियरका लागि सिकाइ हो । त्यसकारण विशेषगरी सिनियर नर्सलाई म भन्न चाहन्छु– बिरामीसँग मिठो बोल्ने बानी बसालौँ । त्यसैगरी, सेवाग्राहीमा पनि नर्सिङ पेसालाई सम्मानजनक रूपमा हेरिदिन आग्रह गर्छु ।

धेरै समयसम्म कुनै पनि बिरामी अस्पताल भर्ना भएर बस्दा नर्सले उसलाई खाना खुवाइदिने, कपाल कोरिदिने, ब्रस गराइदिनेलगायत सबै काम गर्नुपर्ने हुन्छ । तर, कुनै वेला भएको एउटा सानो गल्तीलाई इस्यु बनाएर जब बिरामीले ‘नर्स यस्ता हुन्छन्’ भन्छन्, त्यतिवेला ज्यादै नमज्जा लाग्छ ।

धेरै समयसम्म कुनै पनि बिरामी अस्पताल भर्ना भएर बस्दा नर्सले उसलाई खाना खुवाइदिने, कपाल कोरिदिने, ब्रस गराइदिनेलगायत सबै काम गर्नुपर्ने हुन्छ । तर, कुनै वेला भएको एउटा सानो गल्तीलाई इस्यु बनाएर जब बिरामीले ‘नर्स यस्ता हुन्छन्’ भन्छन्, त्यतिवेला ज्यादै नमज्जा लाग्छ । महिनौँ गरिएको हेरचाहलाई एकैछिनमा बिरामीले बिर्सिदिन्छ ।

हालसम्म नर्सिङ पेसाको मेरो करिब तीन दशकको अनुभवमा त्यति अप्रिय घटना भएको मलाई याद छैन । मैले भारतबाट नर्सिङ अध्ययन सम्पन्न गरेकी हुँ । मेरो जन्म नै उतै भए पनि विवाह भने नेपालमा भएका कारण मेरो कर्मथलो नेपाल बन्न पुग्यो । सुरुका एक–दुई वर्ष विभिन्न प्रोजेक्टमा काम गरेपश्चात् म वि.सं. ०५६ देखि नै गंगालाल अस्पतालमा कार्यरत छु ।
नर्सिङ पेसालाई सबैले सम्मानजनक रूपमा हेर्ने दिन नेपालमा छिट्टै आओस् भन्ने मेरो चाहना छ । जसरी सेवाग्राहीले नर्सले विनम्रतापूर्वक बोलून् भन्ने चाहना राखेका हुन्छन्, नर्सले पनि त्यस्तै चाहना सेवाग्राहीसँग राखेका हुन्छन् । सेवाग्राहीले नर्सका वेदना र बाध्यतालाई पनि बुझून् भन्ने चाहना हाम्रो हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रुचि फरेस्ट्रीमा थियो, बुबाका लागि नर्सिङ पढिदिएँ, तर सन्तुष्ट छु

नर्सिङ पढ्न सुरु गर्दा मलाई यो पेसा र यसको क्षेत्राधिकारबारे खासै ज्ञान थिएन । विद्यालयकी सिनियर दिदीले पढेको देखेर मलाई पनि नर्सिङ पढ्ने इच्छा जाग्यो । मेरा बुबा मेडिकल क्षेत्रमै आबद्ध भएका कारण उहाँबाट पनि नर्सिङ पढ्ने प्रेरणा प्राप्त भयो । आफूले बुझेरभन्दा पनि मैले बुबाको इच्छाअनुसार नर्सिङ अध्ययन थालेकी थिएँ । मेरो रोजाइको विषय भने फरेस्ट्री थियो । सुरु–सुरुमा नर्सिङप्रति रुचि नजागुन्जेल त इच्छाविपरीतको विषय पढ्नुपर्दा रोएकी पनि थिएँ । आफ्नो रुचिको विषय पढ्न नपाउँदा आरुको लागि पढिदिनुपरेझैँ लाग्थ्यो । त्यसैले क्षमतामा अरुभन्दा कमजोर विद्यार्थी नभएर पनि मेरो परीक्षामा साथीहरूको भन्दा कम नम्बर आउँथ्यो । पढ्दै जाँदा बिस्तारै विषय बुझ्दै गइयो, रुचि पनि पलाउँदै गयो । नर्स बनेपछि पनि त अरु रुचिका विषय पढ्न सकिन्छ नि भन्ने सोच आउन थालेपछि म मन लगाएर पढ्न थालेँ ।
विसं २०४८ मा सुरु भएको मेरो पढाइ ०५२ मा सम्पन्न भयो । पढाइ सकेलगत्तै मैले कुपन्डोलमा रहेको एक नर्सिङहोममा काम सुरु गरेँ । त्यसपश्चात् प्रसूतिगृहमा काम गरेँ । प्रसूतिगृहमा गर्दागर्दै वीर अस्पताल विकास समितिले स्थायी नर्सका लागि विज्ञापन माग ग¥यो । त्यसमा आवेदन दिएर परीक्षा पास गरेपछि म वीरमा काम गर्न थालेँ । त्यसपश्चात् सगरमाथा अञ्चल अस्पतालमा एक वर्ष काम गरेपछि म ०६४ देखि कान्ति बाल अस्पतालमा कार्यरत छु । एक दशक निजी क्षेत्रमा काम गरेपछि ०६३ मा मात्र म सरकारी सेवामा प्रवेश गरेकी हुँ ।

नर्सका रूपमा बालबालिकाको स्याहार अन्य क्षेत्रमा गरिने स्याहार तथा हेरचाहभन्दा फरक हुन्छ । तुलनात्मक रूपमा यो एकदमै गाह्रो विषय पनि हो । बिरामी बच्चाले आफूमा भएको समस्या बताउन नसक्ने भएकाले उपचारमा संलग्न व्यक्तिले उसको अनुहारको भावअनुसार उपचार तथा स्याहार गर्नुपर्ने हुन्छ, जुन अत्यन्त कठिन काम हो । अभिभावकको कुरा सुनेर तथा आफूले बच्चालाई प्रत्यक्ष रूपमा हेरेर उपचार गर्नुपर्ने हुन्छ ।

ठूला बिरामी तथा बालबच्चाको हेरचाह एकदमै फरक विषय हुन् । मसँग यी दुवै क्षेत्रमा काम गरेको अनुभव छ । बिरामी शिशु तथा बालबालिकाको हेरचार ठूला बिरामीको तुलनामा अप्ठ्यारो हुन्छ । बच्चाको उपचारमा संलग्न हुँदा पनि अभिभावकसँग नै डिल गर्नुपर्ने हुन्छ । अभिभावकको बुझाइको स्तरअनुसार उनीहरूलाई बुझाउनुपर्ने हुन्छ । उनीहरू रिसाए भन्दैमा हामीले रिसाउन मिल्दैन । उनीहरूको रिसलाई कतिपय अवस्थामा नर्सहरूले बेवास्ता गर्नुपर्ने हुन्छ । बोल्न सक्ने बच्चा छ भने उनीहरूलाई फकाएर बोल्ने गर्छौं भने बोल्न नसक्ने बच्चाको हकमा उनीहरूको अभिभावकसँग डिल गर्नुको विकल्प रहँदैन ।

हाल धेरैले विदेश जानकै लागि नर्सिङ पढ्ने गरेको पनि मैले पाएकी छु । नेपालमा नर्सिङमा जागिर नै पाइहाले पनि प्रमोसन समयमा नहुनु, जागिरबाट जीवन धान्न पुग्ने कमाइ नहुनुजस्ता कुराले पनि नेपालमा यस पेसाप्रति वितृष्णा जाग्दै आएको पाइएको छ । कतिपयले त नेपालमा भोलेन्टियरसमेत नपाउने अवस्था छ । यसले क्षमता अभिवृद्धिमा समेत बाधा पुगेको छ ।

नर्सका रूपमा बालबालिकाको स्याहार अन्य क्षेत्रमा गरिने स्याहार तथा हेरचाहभन्दा फरक हुन्छ । तुलनात्मक रूपमा यो एकदमै गाह्रो विषय पनि हो । बिरामी बच्चाले आफूमा भएको समस्या बताउन नसक्ने भएकाले उपचारमा संलग्न व्यक्तिले उसको अनुहारको भावअनुसार उपचार तथा स्याहार गर्नुपर्ने हुन्छ, जुन अत्यन्त कठिन काम हो । अभिभावकको कुरा सुनेर तथा आफूले बच्चालाई प्रत्यक्ष रूपमा हेरेर उपचार गर्नुपर्ने हुन्छ । ठूला बिरामीको उपचारका क्रममा उनीहरूसँग मात्र डिल गरे पुग्छ भने बच्चाको स्याहारमा उनीहरूका अभिभावकसहित धेरैजनासँग डिल गर्नुपर्ने हुन्छ ।
बिरामीको हेरचाहको दृष्टिकोणले बच्चा तथा ठूला मान्छेको हेरचाह उस्तै–उस्तै लागे पनि बच्चाको हेरचाहमा अलि बढी नै फोकस गर्नुपर्ने हुन्छ । ठूला व्यक्तिहरू आफ्नो हेरचाह आफैँ गर्न सक्छन् भने बच्चाको हेरचाहमा नर्स आफैँ खटिनुपर्ने हुन्छ । बच्चालाई खु्वाउनेदेखि हरेक कुरामा नर्सले नै ख्याल राख्नुपर्ने हुन्छ । बच्चाको उमेरअनुसार, रोगको प्रकृतिअनुसार तथा विभिन्न कोणबाट उनीहरूको हेरचाह गर्नुपर्ने हुन्छ । आफ्नो पेसाप्रति मलाई कहिल्यै पछुतो अनुभव भएको छैन ।
हाल धेरैले विदेश जानकै लागि नर्सिङ पढ्ने गरेको पनि मैले पाएकी छु । नेपालमा नर्सिङमा जागिर नै पाइहाले पनि प्रमोसन समयमा नहुनु, जागिरबाट जीवन धान्न पुग्ने कमाइ नहुनुजस्ता कुराले पनि नेपालमा यस पेसाप्रति वितृष्णा जाग्दै आएको पाइएको छ । कतिपयले त नेपालमा भोलेन्टियरसमेत नपाउने अवस्था छ । यसले क्षमता अभिवृद्धिमा समेत बाधा पुगेको छ । यदि नेपालमै यस पेसाप्रति गर्व गर्ने ठाउँ बनाउन सकेमा तथा अवसर दिन सकेको खण्डमा नेपालमै बसेर पनि यस पेसाप्रति गर्व गर्ने समय आउन सक्थ्यो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एचआइभी संक्रमितसँग नर्ससमेत डराउँथे

म सुनसरी जिल्लाको इटहरीमा जन्मे–हुर्केको मान्छे । मेरो परिवारमा कोही पनि नर्स थिएन, तर फुपूका दुई छोरी भने नर्स हुनुहुन्थ्यो । उहाँहरूले लगाएको नर्सको ड्रेस देखेर मेरो मनै लोभिन्थ्यो । नर्स बनेमा परिवारमै पनि कोही बिरामी परेमा आफैँले हेरचाह गर्न सकिँदोरहेछ भन्ने ज्ञान मभित्र आइसकेको थियो ।

मैले विराटनगर नर्सिङ क्याम्पसबाट वि.सं. २०४३ मा ३ वर्षे कोर्स पूरा गरेँ । त्यसपश्चात् ०४४ मा पूर्वाञ्चलबाटै लोकसेवा आयोग लडेर कोसी जनरल अस्पतालमा जागिर सुरु गरेँ । १० वर्ष त्यहाँ जागिर गरेपश्चात् म वीर अस्पतालमा सरुवा भएँ । वीरमा २० वर्ष कामगरेपछि नवौँ तहमा प्रमोसन भएँ । बढुवापछि त्यहाँ दरबन्दी नभएपछि स्वास्थ्य मन्त्रालयअन्तर्गतको दरबन्दीमा प्रसूतिगृहमा पोस्टिङ भयो । करिब ३ महिना त्यहाँ काम गरेपछि स्वास्थ्यका कारण मेरा लागि प्रसूतिगृह अनूकुल कार्यस्थल बनेन ।

तीन–चार तला चढेर राउन्ड हिँड्नुपर्ने भएकाले मलाई ज्यादै गाह्रो भयो । म त्यहाँ असिस्टेन्ट मेट्रोनका रूपमा कार्यरत थिएँ । काममा प्रेसन नै हुन्थ्यो । स्वास्थ्यका कारण काममा समस्या भएकाले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्रालय आएँ । करिब १ वर्ष त्यहाँ काम गरेपश्चात् शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मेट्रोनका रूपमा काम गर्न थालेँ । बिरामीको चापका हिसाबले यो अस्पतालमा निकै कम छ ।
नर्सका रूपमा काम गर्न मैले विवाहअघि पनि परिवारबाट सहयोग पाएकी थिएँ र विवाहपश्चात् पनि श्रीमान्ले मप्रति सधैँ नै सकारात्मक भूमिका निर्वाह गर्नुभयो । त्यसैले पनि होला, आजसम्म मैले कुनै पनि दिन आफ्नो पेसाप्रति पछुतो अनुभव गर्नुपरेको छैन । पिसिएल नर्सिङको पढाइ पूरा विवाह गरेँ । बिएन भने विवाहपश्चात् गरेकी हुँ ।

विभिन्न समयमा गरी मैले धेरै अस्पतालमा कामको अनुभव लिएकी छु । मैले काम गरेका अस्पतालहरूमा बिरामीको चाप अत्यधिक थियो । विराटनगर अस्पतालमा पनि बिरामीको चाप अत्यधिक थियो । वीर र प्रसूतिगृहको अवस्थामा उस्तै थियो । यहाँ आएपश्चात् भने मलाई एकदमै हलुका अनुभव महसुस भएको छ ।

अस्पतालमा ४० बेडको वार्ड छ । एउटा सत्रमा ५ जनासम्म नर्स ड्युटीमा हुन्छन् । बिरामीको संख्या ५ देखि ६ हुन्छ । अत्यधिक भएका वेला १० जनासम्म बिरामी हुन्छन् । म मेट्रोन भएर आएदेखि १० जनाभन्दा बिरामी आएको अनुभव छैन ।

अस्पतालमा ४० बेडको वार्ड छ । एउटा सत्रमा ५ जनासम्म नर्स ड्युटीमा हुन्छन् । बिरामीको संख्या ५ देखि ६ हुन्छ । अत्यधिक भएका वेला १० जनासम्म बिरामी हुन्छन् । म मेट्रोन भएर आएदेखि १० जनाभन्दा बिरामी आएको अनुभव छैन ।

मंसिरसम्म बिरामीको चाप हुने भए पनि चिसोयामको सुरुवातसँगै अस्पतालमा बिरामीको संख्या कम हुँदै जान्छ । आइसियू धेरैजसो समय खाली नै रहन्छ । अस्पतालमा रेबिजलगायतको भ्याक्सिन लगाइने भएकाले ओपिडी भने केही व्यस्त हुन्छ । इनडोर कमै मात्र चल्छ । क्याबिनमा १२ बटा बेड रहेकोमा धेरै खाली नै छन् । आइसियू त खाली नै छ ।

सरुवारोगी र अन्य रोगीको नर्सिङ हेरचाहमा मलाई खासै फरक भने लागेन । पहिले–पहिले शुक्रराज अस्पतालमा एचआइभी संक्रमित बिरामी बढी हुने गर्थे । त्यतिवेला एचआइभीका बिरामीलाई छुनुहुँदैन भन्ने धारणा जनमानसमा व्याप्त थियो । त्यतिवेला कतिपय नर्ससमेत एचआइभी संक्रमित बिरामीलाई राम्रोसँग हेरचाह गर्न डराउँथे । तर, अहिले धारणामा परिवर्तन आएको छ । त्यसैले अहिले बिरामीको हेरचाहमा खासै फरक छैन । जनमानसमा पनि एचआइभी सँगै बस्दैमा वा खाँदैमा सर्दैन भन्ने धारणाको विकास भइसकेको छ । पहिले–पहिले एचआइभीका बिरामीलाई शुक्रराज अस्पतालमा समेत विभेद गरिएका गुनासा बाहिरिन्थे । तर, मेट्रोनका रूपमा मेरो यहाँको अनुभवमा ती कुराहरू गलत रहेछन् भन्ने लाग्छ ।

एउटा ज्यामीले पनि दैनिक सरदर हजार रूपैयाँ आम्दानी गर्ने जमानामा नर्सलाई जम्मा ४ हजारमा महिनादिनसम्म काम लगाउने अस्पतालहरू पनि छन् ।

नर्सिङ सेवामुखी पेसा हो । पुरुष बिरामीको हेरचाहका लागि पुरुष नै नर्स उपयुक्त हुन्छ भन्ने धारणाअनुसार पुरुषले पनि नर्सिङ विषय अध्ययन गर्न पाउने नियम नेपालमा आएको छ । यो एकदमै राम्रो अवधारणा हो । नेपाल सरकारले यसै वर्षबाट १५ प्रतिशत पुरुष नर्स राख्ने नियम ल्याएको छ, जुन स्वागतयोग्य छ । पुरुष नर्सले समेत अस्पतालमा काम गर्न थालेपश्चात् नर्सिङ क्षेत्रमा अझ सुधार होला भन्ने मेरो बुझाइ छ । त्यसपश्चात् नर्सको पारिश्रमिकमा पनि केही सुधार होलाजस्तो लाग्छ ।

एउटा ज्यामीले पनि दैनिक सरदर हजार रूपैयाँ आम्दानी गर्ने जमानामा नर्सलाई जम्मा ४ हजारमा महिनादिनसम्म काम लगाउने अस्पतालहरू पनि छन् । अब भने भोलेन्टेयरका रूपमा नर्सलाई काम लगाउन नपाइने नियम आइसकेको छ । यसले नर्सिङ क्षेत्रमा रहेको विकृति हटाउन मद्दत गर्छ जस्तो लाग्छ ।

(हेल्थपोस्टकी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अहिलेका नर्समा संवेदनशीलताको कमी देख्छु


नर्सिङ पेसा कहिलेदेखि सुरु गर्नुभयो ?
नर्सिङको कुरा गर्दा मैले वि.सं. २०३८ मा अध्ययन सुरु गरेँ । ०४१ मा अध्ययन पूरा गरेलगत्तै त्रिवि शिक्षण अस्पतालमा स्टाफनर्सका रूपमा काम सुरु गरेँ । अनमी खारेज भएर स्टाफनर्सको अध्ययन सुरु हुनेक्रममा विराटनगरबाट नर्सिङ विषय अध्ययन गर्ने पहिलो ब्याज हो मेरो ।
वीर अस्पतालमा काम गरेको भने झन्डै ५ वर्ष भयो । त्यअघि म त्रिवि शिक्षण अस्पतालमा नर्सिङ अफिसरका रूपमा काम गर्थें । लोकसेवा वीर आएपश्चात् करिब १७ महिना मैले यसअघि पनि वीर अस्पतालमा काम गरेकी थिएँ । वीरमा नर्सिङ निर्देशकका रूपमा गरेको चाहिँ आगामी फागुनमा ५ वर्ष पुग्छ ।

नेपालका राम्रा नर्सिङ कलेजमा १० हप्ता पढेपश्चात् विद्यार्थीलाई ल्याबमा लगेर प्रयोगात्मक अभ्यास गराउने गरिन्छ । त्यसपश्चात् अस्पताल वा क्लिनिकलमा अभ्यास गराइन्छ । विदेशमा पढेर आएकाको कुरा गर्नुपर्दा उनीहरूले बिरामीसँग काम गर्र्नै पाउँदारहेनछन् । बिरामीसँग सिक्नै नपाएपछि वास्तविक ज्ञान त उसले हासिल नै गर्न पाएको हुँदैन । त्यसकारण उनीहरूमा सीप तथा दक्षता एकदमै कम हुने गर्छ । त्यस्तो जनशक्तिलाई काममा लगाएर बिरामी तलमाथि हुँदा त्यसको जिम्मेवार को बन्ने ? मलाई छनोट प्रक्रियामा राखिन्छ भने बाहिरबाट नर्सिङ पढेर आएकालाई म छनोट नै गर्दिनँ ।

नेपाली नर्सिङ क्षेत्रमा के–कस्ता चुनौती देख्नुभएको छ ?
नेपालमा नर्सिङ क्षेत्रका चुनौतीको कुरा गर्नुपर्दा पहिले त नर्सिङ उत्पादनकै कुरा गर्नुपर्ने हुन्छ । नेपालमा स्टाफनर्स पढाउने कलेज मात्रै १ सय १७ वटा छन् । कतिपय कलेजबाट उत्पादित दक्ष मानिने नर्सिङ जनशक्तिको गुणस्तर नै राम्रो छैन । त्यसमा गुणस्तर कायम गराउनमा हाम्रो चुनौती छ । बाहिरबाट पढेर नेपाल आएका समेत गरी वार्षिक करिब ७–८ हजार नर्स उत्पादन हुने गर्छन् । जसमा बिएसी नर्सिङ, अनमीलगायत सम्पूर्ण समावेश छन् । यसरी उत्पादित जनशक्तिमा सही रूपमा सीप र ज्ञान हासिल हुन सकेको छैन । नेपालमा भन्दा पनि भारतमा पढेर आएकाहरूको सीपपक्ष ज्यादै कमजोर छ । उनीहरूसँग ज्ञान नभएको होइन, तर प्रयोगात्मक अभ्यास भने ज्यादै न्यून छ ।
नेपालका राम्रा नर्सिङ कलेजमा १० हप्ता पढेपश्चात् विद्यार्थीलाई ल्याबमा लगेर प्रयोगात्मक अभ्यास गराउने गरिन्छ । त्यसपश्चात् अस्पताल वा क्लिनिकलमा अभ्यास गराइन्छ । विदेशमा पढेर आएकाको कुरा गर्नुपर्दा उनीहरूले बिरामीसँग काम गर्र्नै पाउँदारहेनछन् । बिरामीसँग सिक्नै नपाएपछि वास्तविक ज्ञान त उसले हासिल नै गर्न पाएको हुँदैन । त्यसकारण उनीहरूमा सीप तथा दक्षता एकदमै कम हुने गर्छ । त्यस्तो जनशक्तिलाई काममा लगाएर बिरामी तलमाथि हुँदा त्यसको जिम्मेवार को बन्ने ? मलाई छनोट प्रक्रियामा राखिन्छ भने बाहिरबाट नर्सिङ पढेर आएकालाई म छनोट नै गर्दिनँ ।
प्रयोगात्मक ज्ञान नपाएकै कारण उनीहरू ‘अन द जब ट्रेनिङ’का लागि पैसा तिरेर पनि आउने गर्छन् । वीर अस्पतालमा त्यस्तो टे«ेनिङका लागि आउनेहरूलाई हामीले हाम्रो स्टाफको निगरानीमा राखेर सिकाउने गरेका छौँ । तर, सबैले भने यस्तो अवसर पाउँदैनन् । जनतालाई कसरी गुणस्तरीय सेवा दिने भन्ने विषय नै नेपाली नर्सिङ क्षेत्रको प्रमुख चुनौती बनेको छ ।

गुणस्तर कायम गर्न नसक्नुका कारण के–के होलान् ?
यसका धेरै छन् । त्यसमध्ये बाहिर अध्ययन गरेर आउनेहरूको सीपमै प्रश्न उठ्ने गरेको छ ।
सरकारी नीतिमा सय बेडमा सञ्चालित अस्पतालका लागि नर्सिङ अध्यापन अनुमति दिने प्रावधान छ । नीति बन्नुअघि अर्काे अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि लैजान पाउने व्यवस्था पनि थियो, जसलाई नेपाल सरकारले अहिलेसम्म पनि नियन्त्रण गर्न सकेको छैन ।
विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि जुन अस्पताल तोकिएको हुन्छ, त्यहाँ बिरामी नै हुँदैनन् । बिरामी नै नभएको ठाउँमा विद्यार्थीले कसरी प्रयोगात्मक अभ्यास गर्ने ? कतिपय सय बेडका अस्पतालमा ६–७ जना मात्रै बिरामी भएको पनि हामीले देखेका छौँ । त्यसैले सीप आर्जनमै समस्या छ ।
वीर अस्पतालले भने आफ्नै देशमा उत्पादित नर्सिङ जनशक्ति हुन् भनी पालो मिलाएर उनीहरूलाई सिकाउने गरेको छ । वीरमा पनि १० वटासम्म कलेजका विद्यार्थी प्रयोगात्मक परीक्षाका लागि आउने गरेका छन् ।

सरकारले आवश्यक नर्ससंख्या, नर्स र जनसंख्या तथा बिरामी अनुपातलगायत विषयमा योजना नै बनाउने गरेको छैन ।

नर्सिङमा उत्पादनअनुसार खपत हुन नसकी बेरोजगारी व्याप्त हुनुको कारण के होला ?
उत्पादनअनुसार नर्सिङ जनशक्ति खपत नहुनुको पहिलो कारण भनेको नर्स तथा बिरामीको अनुपात नमिल्नु नै हो । वीरमा अहिलेको अवस्थामा अनुमानित करिब ६ सय नर्सिङ स्टाफको आवश्यकता छ । त्यसमा हाल २ सय ७० जना मात्र कार्यरत छन् । एकजना नर्सले ४ देखि ६ बिरामी हेर्नुपर्ने सरकारी मापदण्ड छ । तर, व्यवहारमा १ नर्सले २५ जनासम्म बिरामी पनि हेर्नुपर्ने बाध्यता हामीकहाँ छ ।
अर्को कारण, योजनाबद्ध रूपमा उत्पादन नहुनुले पनि उत्पादन र खपतको अनुपात नमिलेको हो । नर्सिङ पढाउने कलेजहरू गरिखाने भाँडोजस्ता भएका छन् । सरकारले आवश्यक नर्ससंख्या, नर्स र जनसंख्या तथा बिरामी अनुपातलगायत विषयमा योजना नै बनाउने गरेको छैन ।
अर्को कुरा, थोरै पूर्वाधार पुर्याउन खोज्दैमा कलेज सञ्चालनको अनुमति दिनुले पनि जथाभावी रूपमा उत्पादित नर्सिङ जनशक्ति खपत हुन नसकेको हो ।
कलेजको सम्बन्धन दिने कुरामा पहिले र अहिलेको मापदण्ड फरक छ । पहिले ५० बेडको अस्पताललाईसमेत ४० जनासम्म पढाउन अनुमति दिइएको थियो । तर, अहिले सय बेडमा मात्रै ४० जना पढाउने भन्ने मापदण्ड छ । सरकारले पहिलेका कलेजको कोटा घटाएर २० मा ल्याउन सकेको छैन र उनीहरूलाई रोक्न पनि सकेको छैन । नयाँ नियम लागू हुँदा मापदण्ड नै पूरा नभएजस्तो देखिएको छ ।
अहिले भने नयाँ कलेजलाई सम्बन्धनको प्रक्रियाले खासै गति लिएको छैन । म कतिपय अस्पतालको अवलोकनमा जाँदा त्यहाँ बिरामीसंख्या नै नपुग्नुचाहिँ प्रमुख समस्याका रूपमा देखिएको छ ।
बेरोजगारी बढ्नुको मुख्य कारण भनेको उत्पादनअनुसार नर्सिङ जनशक्ति खपत हुन नसक्नु नै हो । त्यसको समाधानका लागि उत्पादनमै कमी ल्याउनुपर्ने हुन्छ । नेपाल सरकारले आगामी दिनमा कलेज सम्बन्धनको अनुमति दिँदा आफ्नै अस्पताल भएकालाई प्राथमिकता दिने नीति ल्याउनु आवश्यक छ ।
गुणस्तर तथा मापदण्ड नपुग्ने कलेजहरू भने क्रमशः बन्द हुँदै जान्छन् । मापदण्ड र गुणस्तर पुर्याउन नसकेको खण्डमा पहिले नै सम्बन्धन दिएका कलेजहरूको सिट घट्न सक्ने सम्भावना छ ।

पहिले र अहिलेको नर्सिङ पेसा र जनशक्तिमा के फरक पाउनुहुन्छ ?
प्रविधिको क्षेत्रमा भएको परिवर्तनका कारण पहिलेभन्दा अहिले नर्सलाई काम गर्न सजिलो र गाह्रो दुवै छ । एकातिर धेरै समय लाग्ने काम प्रविधिको प्रयोगले छिटो र सस्तोमा पूरा गर्न सकिने बनाइदिएको छ भने अर्काेतिर नयाँ प्रविधिसँगको अपर्याप्त ज्ञानका कारण त्यसले काममा केही असहज स्थिति पनि बनाएको छ ।
मैलै अर्काे भन्नैपर्ने कुरा भनेको अहिलेका नर्समा अलिकति संवेदनशीलताको अभाव भएको हो कि भन्ने मलाई लाग्छ । मेरो आफ्नै बच्चाको कुरा गर्नुपर्दा पनि त्यो उमेरमा हामीमा भएको संवेदनशीलतासित तुलना गर्ने हो भने अहिलेका बच्चामा संवेदनशीलताको कमी छ ।
नर्सिङ अध्ययनरत रहँदा पनि हाम्रो समयको अनुशासन छुट्टै प्रकारको थियो । त्यतिवेलाको नर्सिङ वास्तवमै केयरिङ थियो । अहिलेचाहिँ केयरिङमा ह्रास हुन लागेको हो कि भन्ने मलाई लाग्छ ।

आगामी दिनमा नर्सलाई भोलेन्टेयरका रूपमा राख्न पाइँदैन भन्ने पनि छ नि ?
भोलेन्टेयरका रूपमा कार्यरत नर्सहरूले नर्सिङ संघमा निजी अस्पतालले श्रमशोषण गरेको जनाउँदै निवेदन दिएका थिए । त्यसमा नर्सिङ संघले आगामी दिनमा नर्सलाई भोलेन्टेयरका रूपमा राख्न पाइँदैन भनी पहल गरेको थियो ।

एउटा नर्सको कहिल्यै बिरामीसँग गुनासो हुँदैन । गुनासो हुने भनेको बिरामीको नातेदार तथा आफन्तसँग मात्रै हो । उहाँहरूबाट भन्नासाथ नर्सहरू बिरामीको केयरमा पुगेनन् भन्ने गुनासो धेरै आउने गरेको छ । एकजना नर्सले २५ जनासम्म बिरामीको केयर गर्नुपर्ने अवस्थामा त्यो कसरी सम्भव हुन सक्छ ?

तर, वीरमा भोलेन्टेयरका रूपमा राखिदिनुपर्यो भन्दै धेरै पिसिएल नर्सिङ गरेकाहरू आउने गर्छन् । एक वर्ष काम नगरी बिएन गर्न नपाइने नियम भएकाले यसरी भोलेन्टेयरका लागि अनुरोध गर्न आउने गरेका हुन् । भोलेन्टेयरका रूपमा काम नगरेमा उनीहरूले सिक्ने कहाँबाट ? निश्चित समूहको विरोधका कारण नै वीरमा एकजना पनि नर्स भोलेन्टेयरका रूपमा कार्यरत छैन । वीरमा भोलेन्टेयर नर्स नराखेको करिब ४ वर्ष भइसक्यो ।

नर्स र बिरामीबीचको सम्बन्ध कस्तो छ र हुनुपर्छ ?
नर्स र बिरामीबीचको सम्बन्धको कुरा गर्दा प्रायः राम्रै देखिन्छ । तर, बिरामीका आफन्त तथा नातेदारसँग भने यदाकदा झर्काेफर्काे हुने गर्छ ।
मैले पनि स्टाफनर्सका रूपमा १० वर्ष काम गरेँ । एउटा नर्सको कहिल्यै बिरामीसँग गुनासो हुँदैन । गुनासो हुने भनेको बिरामीको नातेदार तथा आफन्तसँग मात्रै हो । उहाँहरूबाट भन्नासाथ नर्सहरू बिरामीको केयरमा पुगेनन् भन्ने गुनासो धेरै आउने गरेको छ । एकजना नर्सले २५ जनासम्म बिरामीको केयर गर्नुपर्ने अवस्थामा त्यो कसरी सम्भव हुन सक्छ ? बिरामीसँग सुमधुर सम्बन्ध राखेर नै हामीले बिरामीको केयर गरिराखेका हुन्छौँ ।

नर्सिङ बेरोजगारी तथा बिदेसिनेक्रम न्यूनीकरणका लागि सरकारले के–कस्ता काम गर्नुपर्ला ?
पहिलो कुरा त नेपाल सरकारले नर्सिङ जनशक्ति आवश्यक रहेका सम्पूर्ण संस्थामा दरबन्दी राख्नुपर्ने हुन्छ । अहिले विद्यालय नर्सको अवधारणा पनि ल्याइएको छ, त्यसलाई लागू गर्न सकेको खण्डमा पनि नर्सिङ बेरोजगारी केही मात्रामा कम गर्न सकिन्छ । त्यस्तै, कलकारखानामा पनि नर्सिङ केयरको आवश्यकता हुने गर्छ ।
नर्सिङ केयर चाहिने सम्पूर्ण ठाउँहरूमा नर्स राख्ने हो भने नर्सिङ बेरोजगारी तथा नर्स पलायनको स्थितिलाई रोक्न सकिन्छ । यसका साथै पढाइको गुणस्तर कायम गर्नु उत्तिकै आवश्यक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिरामीहरू ढुंगाले हान्न आउँछन्, एक्ली नर्स देखे भने झन् हेप्छन्

म ७ वर्षदेखि मानसिकरोग अस्पताल पाटनमा कार्यरत छु । अन्य अस्पतालमा भन्दा मानसिकरोग अस्पतालमा काम गर्न गाह्रो छ । यहाँको वातावरण अन्यत्रको भन्दा नितान्त फरक छ । करिब १३ वर्ष प्रसूतिगृहमा समेत काम गरिसकेकाले मैले मानसिक र अन्य अस्पताल दुवैको नर्सिङ अनुभव सँगाल्ने मौका पाएकी छु । प्रसूतिरोगका बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह नितान्त फरक विषय हो ।

मानसिक अस्पतालमा महिला तथा पुरुष दुवै बिरामीको हेरचाह गर्नुपर्ने हुन्छ । त्यसमा पनि रोगीको प्रकारअनुसार उनीहरूको स्याहार तथा हेरचाह गर्नुपर्ने हुन्छ । हुन त अन्य अस्पतालमा पनि रोगको प्रकृतिअनुसार बिरामीको हेरचाह फरक तरिकाबाट गर्नुपर्ने हुन्छ । तर, अन्य रोगका बिरामी र मानसिकरोगका बिरामीको हेरचाहमा केही समानता भए पनि धेरै नै असमानता पाइन्छ । हाइजिन तथा डाइटका कुरामा मानसिकरोगका बिरामीलाई अन्य बिरामीलाई भन्दा बढी नै ख्याल गर्नुपर्ने हुन्छ ।
अन्य रोगका बिरामीलाई डाइट तथा हाइजिनका कुरामा आफैँ पनि ज्ञान हुन्छ भने मानसिकरोगका बिरामीका हकमा नर्सले नै ध्यान दिनुपर्ने हुन्छ । उनीहरूमा सही–गलत छुट्याउने क्षमता नहुने कारणले गर्दा नर्सले नै त्यसको पूर्ण रूपमा जिम्मेवारी लिनुपर्ने हुन्छ ।

अन्य बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह जटिल छ । नर्सले सफा गरेर राखेको बेड बिरामीले क्षणभरमै यत्रतत्र बनाइदिन्छन् । अन्य बिरामीले नर्स तथा अस्पताल प्रशासनको अनुरोधलाई मान्छन् भने मानसिकरोगका बिरामीले मान्दैनन् ।

कतिपय मानसिक बिरामीलाई त दिसा–पिसाब कहाँ गर्नुपर्छ भन्ने ज्ञान पनि नहुने भएकाले त्यस्ता कुरामा समेत नर्सले सम्झाउनुपर्ने हुन्छ । त्यसैले अन्य बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह जटिल छ । नर्सले सफा गरेर राखेको बेड बिरामीले क्षणभरमै यत्रतत्र बनाइदिन्छन् । अन्य बिरामीले नर्स तथा अस्पताल प्रशासनको अनुरोधलाई मान्छन् भने मानसिकरोगका बिरामीले मान्दैनन् । कतिपय बिरामीले सरसफाइ तथा हेरचाहका लागि अनुरोध गर्दा नर्सलाई कुट्न आएको अनुभवसमेत मसँग छ । अन्य बिरामीलाई औषधि सजिलै खुवाउन सकिन्छ, तर मानसिकरोगका बिरामीले मुखको मुनिको भागमा औषधि लुकाएर राख्ने र आँखा छलेर फाल्ने गरेको पनि पाइन्छ ।
सुरुवाती दिनहरूमा त बेकार मानसिक अस्पतालमा नर्सका रूपमा काम सुरु गरेछु भन्ने लाग्थ्यो । सुरु–सुरुमा त काम गर्दा कता–कता डर लागेर आउँथ्यो । प्रसूतिगृहमा काम गरिरहेको मान्छे, मानसिक अस्पतालमा आउँदा न बिरामीले पिट्ने नै पो हुन् कि भनेर कति दिन त बिरामीको नजिक जान पनि डराएँ । कतिपय बिरामीले त पिट्न पनि आए । कोही–कोही त ‘मलाई मार्न औषधि दिएको होइन ?’ भन्दै ढुंगाले हान्न आउँथे । काम गर्दै जाँदा बिस्तारै यस्ता कुराको सामना गर्ने क्षमताको विकास स्वतः हुँदोरहेछ । मलाई बिस्तारै यस्ता बिरामीलाई सम्झाउनुपर्ने रहेछ भन्ने कुराको ज्ञान हुन थाल्यो ।

कतिपय अवस्थामा बिरामीको हेरचाह गर्न जाँदा अन्य साथीहरू समेत लिएर जानुपर्ने अवस्थासमेत आउने गरेको छ । प्रायः बिरामीले उपचारका क्रममा एक्लो नर्स देखे भने बढी हेप्छन् । त्यसैले जटिल केसका बिरामीकहाँ जाँदा हामी सामूहिक रूपमा जाने गरेका छौँ । कतिपय बिरामीले एक्लै उपचारमा भएको नर्सलाई छलेर मुखबाट औषधि फालेर पानी मात्र निल्ने पनि गर्छन् । त्यसैले औषधि खाए–नखाएको पनि दुई–तीनजनाले हेर्नुपर्ने हुन्छ । अन्य बिरामीलाई भन्दा मानसिकरोगका बिरामीका लागि बढी नै समय दिनुपर्ने हुन्छ ।

नर्सको धर्म नै सेवा भएकाले मलाई कुनै पनि वेला आफ्नो पेसाप्रति पछुतो भने लागेको छैन । सुरुमा एकदमै आक्रोशित रूपमा आएका मानसिकरोगीहरू पनि पूर्ण रूपमा निको भएर ‘म घर जान्छु है’ भनेको सुन्दा मलाई औधी खुसी लाग्ने गर्छ ।

नर्सको धर्म नै सेवा भएकाले मलाई कुनै पनि वेला आफ्नो पेसाप्रति पछुतो भने लागेको छैन । सुरुमा एकदमै आक्रोशित रूपमा आएका मानसिकरोगीहरू पनि पूर्ण रूपमा निको भएर ‘म घर जान्छु है’ भनेको सुन्दा मलाई औधी खुसी लाग्ने गर्छ । त्यो क्षण मलाई आफ्नो पेसाप्रति गर्व लाग्छ । कतिपय बिरामी त निको भएर घर फर्केपछि पनि वेलावेलामा भेट्न आउने गर्छन् । बिरामी अवस्थामा हामीप्रति गरेका नराम्रा व्यवहारबारे कतिपयले पछि आएर माफीसमेत माग्ने गरेका छन् ।
मानसिक रूपमा सन्तुलन गुमाएका बिरामी निको भएर घर जाँदा उपचारमा संलग्न सम्पूर्ण टिमलाई नै पक्कै खुसी लाग्छ । यहाँबाट पूर्ण रूपमा ठिक भएर गएका बिरामी परिवार तथा समाजसँग घुलमिल नभएको अवस्था पनि कहिलेकाहीँ आउने गरेको छ ।

प्रस्तुति: लक्ष्मी चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्यान्सर अस्पतालमा नर्सिङ पढाइ सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्नातक तहमा अंकोलोजी विषयमा नर्सिङ पढाइ सुरु भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलोपटक क्यान्सर विषयमा नर्सिङ पढाइ सुरु भएको हो । बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले नर्सिङ कलेजको उद्घाटन गरे ।

उद्घाटनपछि बिहीबार नै विद्यार्थीलाई पढाइसम्बन्धी अभिमुखीकरण गराइएको थियो । पोखरा विश्वविद्यालय र क्यान्सर अस्पतालको संयुक्त आंगिक कलेजका रूपमा नर्सिङ पढाइ सुरु भएको क्यान्सर अस्पतालका शिक्षा विभाग प्रमुख डा. शिवजी पौडेलले जानकारी दिए ।

क्यान्सर विषयका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नर्सिङ अंकोलोजी पढाइ सुरु गरिएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले बताए । उनका अनुसार आइतबारदेखि नियमित पढाइ हुनेछ । ३ वर्षे कोर्सअन्तर्गत ६ महिना क्यान्सरसम्बन्धी अध्ययन गराइनेछ । पोखरा विश्वविद्यालयले पहिलो वर्ष २० विद्यार्थीका लागि सम्बन्धन दिएको छ । अहिलेसम्म १९ विद्यार्थी भर्ना भएका छन् । आचार्यका अनुसार ३ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । एकजनाको कोटा अझै खाली छ ।
विद्यार्थीलाई भरतपुर अस्पतालमा प्रसूति र बच्चाको उपचार र चितवन मेडिकल कलेजमा मानसिक रोगबारे प्रयोगात्मक अभ्यास गराइनेछ । ३ वर्षे पढाइका लागि विद्यार्थीले ६ लाख रूपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्सिङ पेसा रोजेकोमा पछुतो छैन


मेरो जन्म मनाङको जानकीमा भएको हो । मनाङबाटै एसएलसीसम्मको अध्ययन पूरा गरेपश्चात् उच्च शिक्षाका लागि काठमाडौं आएँ । मनाङ विकट तथा पिछडिएको जिल्ला भएकाले स्कुल तहको अध्ययनपछि त्यहाँका प्रायः युवा विदेश जाने गर्छन् । तसर्थ, मनाङमा उच्च शिक्षा आर्जन गरेका व्यक्ति विरलै भेटिने, मलाई नर्सिङ विषय अध्ययनका लागि प्रेरणा दिने खासै कोही थिएनन् । डाक्टर, नर्सहरूले देशका विभिन्न विकट ठाउँमा समेत गएर सेवा दिएको सुनेकाले नै नर्सिङ विषय अध्ययनमा रुचि जाग्यो । मनाङको दुर्गम भूगोल, त्यहाँका जनताको नाजुक चेतनास्तर, शिक्षा र स्वास्थ्यमाथिको नगण्य पहुँच, कमजोर आर्थिक अवस्था, यिनै विषय नै नर्सिङ अध्ययनका लागि मेरा प्रेरणाका स्रोत बने ।
नर्सिङ पढेपछि गाउँमै गएर आर्थिक रूपले पिछडिएका मानिसको सेवा गर्छु भन्ने लागेको थियो । म दुर्गम क्षेत्रमा जन्मेकी, बढेकी, पढेकी भएर होला, नर्सिङका पनि विभिन्न स्तर वा तह हुन्छन् भन्ने कत्ति पनि ज्ञान भएन मलाई त्यतिवेला । त्यसैले २ वर्षे नर्सिङ कोर्ष (एनएम) गरेँ, जुन प्लस टुसरह हो । मैले सिटिइभिटीअन्तर्गतको उक्त कोर्ष बनेपामा बसेर अध्ययन गरेकी हुँ ।
त्यतिवेला उक्त विषय अध्ययनका लागि दुर्गम क्षेत्रका मानिसका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था भए पनि मलाई त्यसबारे कुनै जानकारी नभएकाले भने छात्रवृत्तिमा पढ्न पाइनँ । हाम्रो ‘वोजिटी’ अर्थात् ‘अन द जब टे«निङ’ भन्ने हुन्छ, जसमा ३ महिनाको तालिम हुन्छ । त्यसकै लागि म काठमाडौं मोडल अस्पतालमा आएको थिएँ । तालिमका क्रममा मैले अस्पतालमा बिरामीलाई गरेको हेरचाहबाट सिनियर म्यामहरू सन्तुष्ट हुनुभयो र मलाई यहीँ नै रोजगारी दिनुभयो । मैले सन् २००९ देखि मोडल अस्पतालमा काम गर्न सुरु गरेँ ।
मैले नर्सिङको पढाइ ०६३ देखि सुरु गरेकी थिएँ । अध्ययन सकिएलगत्तै मोडल अस्पतालमा काम सुरु गरेपछि मेरो गाउँमा गएर दुःखी–गरिबको सेवा गर्ने सपना अधुरै रह्यो । अहिले पनि वेलाबखल गाउँमा रहनुहुने मेरा आफन्तले तिमीले गाउँमा आएर दुःखी–गरिबको सेवा गर्नुपर्छ भनेर घचघच्याइरहनुभएको छ । सबै परिवार काठमाडौंमै बस्ने भएकाले पनि मलाई गाउँ जाने उपयुक्त वातारण मिलेको छैन ।

नर्सिङ पढेपछि गाउँमै गएर आर्थिक रूपले पिछडिएका मानिसको सेवा गर्छु भन्ने लागेको थियो । म दुर्गम क्षेत्रमा जन्मेकी, बढेकी, पढेकी भएर होला, नर्सिङका पनि विभिन्न स्तर वा तह हुन्छन् भन्ने कत्ति पनि ज्ञान भएन मलाई त्यतिवेला । त्यसैले २ वर्षे नर्सिङ कोर्ष (एनएम) गरेँ, जुन प्लस टुसरह हो । मैले सिटिइभिटीअन्तर्गतको उक्त कोर्ष बनेपामा बसेर अध्ययन गरेकी हुँ ।

बिरामीलाई उपयुक्त तरिकाले हेरचाह गर्न सक्नु तथा उनीहरूलाई बुझाउन सक्नुमा नै नर्सिङ पेसाको सफलता जोडिएको छ । आफूले गरेको हेरचाहबाट बिरामी खुसी तथा सन्तुष्ट भएमा मलाई मात्र नभई सम्पूर्ण नर्सलाई औधी नै खुसी लाग्छ । सानैदेखि भित्री मनले अठोट गरेर नर्सिङ पढेकाले होला, २४ घण्टै ड्युटीमा रहँदा पनि मलाई कुनै पनि समय नर्सिङ पढेकोमा पछुतो भने लागेन । जुनसुकै क्षेत्रमा काम गरे पनि सफल बन्नका लागि मानिसले संघर्ष त गर्नैपर्छ ।
कुनैवेला परिवारलाई समय दिन पाइनँ भन्ने लागे पनि पेसाप्रति पछुतो भने कहिल्यै लागेको छैन । नर्स बनेकोमा म पूर्ण रूपमा सन्तुष्ट छु । मैले पेसागत रूपमा परिवारबाट पूर्ण समर्थन पाएकी छु । मेरा श्रीमान् तथा परिवारले मलाई थप अध्ययनका लागि प्रेरणासमेत दिइरहनुभएको छ । मैले जतिसक्दो छिटो माथिल्लो अध्ययनमा लाग्ने सोच बनाएकी छु । बच्चा सानो भएका कारण अध्ययन अगाडि बढाउन पाएकी थिइनँ ।
जीवनमा धेरै संघर्ष गरेकी छु । घरमा बच्चा रोइरहेको हुन्छ, उता अस्पतालमा ड्युटी आवर सुरु भइसकेको हुन्छ । त्यतिवेला मन धेरै नै आत्तिन्छ । बच्चाको राम्रो हेरचाह गर्न नपाउँदा मनमा एकदमै फ्रस्टेसन आउँछ । विवाह नगर्दा तथा गरेपछि पनि बच्चा नहुँदासम्म पेसाप्रति कहिल्यै पछुतो भएन । तर, बच्चा भएपश्चात् पेसाकै कारण बच्चाको हेरचाह राम्रोसँग गर्न नपाउँदा भने अलिकति खल्लो अनुभव हुँदोरहेछ ।

(लामा काठमाडौं मोडल अस्पतालमा नर्सका रूपमा कार्यरत छिन्)

प्रस्तुति : लक्ष्मी चौलागाईं

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तिहारमा छुट्टी नपाउँदा धेरैपटक रोएकी छु

म त्रिवि शिक्षण अस्पतालको प्रसूति विभाग प्रमुख भएकाले यस विभागको जिम्मेवारी मेरै काँधमा छ । दसैँमा बिदा लिनेले तिहारमा नलिने गरी हामीले बिदा मिलाएका छौँ । जातीय विविधताअनुसार ड्युटी समय मिलाइएको छ । उदाहरणका लागि नेवार समुदायमा विशेषगरी साँझको समयमा पूजाआजा गरिने भएकाले त्यस समुदायका स्टाफलाई साँझको समयमा ड्युडी पारिएको छैन । तर, सबैलाई तिहारमा छुट्टी दिन भने सकिने कुरा भएन ।

गत वर्षको तिहारमा बिदा बसेकालाई बिदा दिन मैले सिफारिस गरेको छैन । दसैँ बिदा मिलाउँदा यसवर्ष विवाह भएका नर्सलाई प्राथमिकतामा राखी बिदा मिलाइदिएकी थिएँ । काठमाडौंमै तिहार मनाउनेहरू सबैले तालिकाअनुसार तिहार मनाउन पाऊन् भनेर त्यहीअनुसारको ड्युटी तालिका बनाइदिएकी छु । लक्ष्मीपूजाका लागि घरमा अरु नभएकाहरूका लागि पूजा गर्न मिल्ने गरी ड्युटी तालिका मिलाइदिएकी छु । उनीहरूका लागि साँझको साटो बिहानको ड्युटी पारिदिएकी छु ।

गत वर्षको तिहारमा बिदा बसेकालाई बिदा दिन मैले सिफारिस गरेको छैन । दसैँ बिदा मिलाउँदा यसवर्ष विवाह भएका नर्सलाई प्राथमिकतामा राखी बिदा मिलाइदिएकी थिएँ । काठमाडौंमै तिहार मनाउनेहरू सबैले तालिकाअनुसार तिहार मनाउन पाऊन् भनेर त्यहीअनुसारको ड्युटी तालिका बनाइदिएकी छु । लक्ष्मीपूजाका लागि घरमा अरु नभएकाहरूका लागि पूजा गर्न मिल्ने गरी ड्युटी तालिका मिलाइदिएकी छु । उनीहरूका लागि साँझको साटो बिहानको ड्युटी पारिदिएकी छु ।

मेरो आफ्नो कुरा गर्नुपर्दा तिहारको भाइटीकाको एक दिन मात्रै बिदामा बस्ने भएकी छु । सबैलाई आ–आफ्नो ड्युटी समयको ख्याल गरी परिवारसँग तिहार मनाएर चाडपर्वको आनन्द लिनुहोला भन्न चाहन्छु ।
विगतमा म जब जुनियर नर्सका रूपमा कार्यरत थिएँ, त्यतिवेला मैले कुनै वर्ष पनि न दसैँ मनाएँ, न त तिहार नै । मैले नर्सिङ पेसा आँगालेको सुरुवाती समयमा नर्सको संख्या ज्यादै कम थियो । त्यसैले त्यतिवेला नर्सका रूपमा काम गर्नु अहिलेजति सहज थिएन । मेरो घर उपत्यकाबाहिर भए पनि त्यतिवेला छुट्टी पाइएन । दसैँ–तिहारमा छुट्टी नपाएर म कतिपटक त रोएकी पनि छु । अन्य समयभन्दा चाडपर्वको समयमा परिवारको धेरै याद आउने रहेछ । खासमा म त्यतिवेला परिवार सम्झेरै रुन्थेँ ।

बिहान आउनेले ड्युटी सकेर भाइटीका लगाउने गर्छन् भने साँझको ड्युटीमा आउनेले भाइटीका सकेर ड्युटी गर्छन् ।

मैले यहाँ प्रसूति विभाग प्रमुख तथा नर्सिङ सुपरभाइजरका रूपमा काम गरेको ९ वर्ष भएको छ । यसपटकको तिहारमा प्रसूति विभागमा कार्यरत नर्समध्ये एकजनालाई मात्रै छुट्टी दिने निर्णय भएको छ । यस वार्डमा जम्मा १३ जना नर्स कार्यरत छन् । अन्य समयमा ३ सिफ्ट गरेर चलाइने यस वार्डमा दसैँ–तिहारमा ४ सिफ्ट गरेर चलाउने गरिन्छ । तिहारमा एकजनाबाहेक अरुले बिदा पाएको छैन । ड्युटी समयअनुसार तिहार मनाउनका लागि यस वार्डमा कार्यरत सबै नर्स तयार छन् । बिहान आउनेले ड्युटी सकेर भाइटीका लगाउने गर्छन् भने साँझको ड्युटीमा आउनेले भाइटीका सकेर ड्युटी गर्छन् ।

तिहारमा आफन्त बोलाएर, तास खेलेर, सेलरोटी पकाएर, मिठाइ बनाएर रमाइलो गर्ने योजना बनाएकी छु ।

म आफैँले भने तिहारमा आफन्त बोलाएर, तास खेलेर, सेलरोटी पकाएर, मिठाइ बनाएर रमाइलो गर्ने योजना बनाएकी छु । सामान्यतया आवश्यकताभन्दा बढी मात्रामा सेलरोटी खानु कसैलाई पनि राम्रो चाहिँ होइन । त्यसमा पनि विशेषप्रकारका रोग भएकाले चिल्लोपदार्थ खानुअघि एकदमै सचेत हुनु आवश्यक छ ।

प्रसूति विभाग प्रमुख, त्रिवि शिक्षण अस्पताल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सिनियरको हेपाइले दुईपटक त राजीनामै दिएँ

वि.सं. २०३८ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक भइसकेको रहेछ । म लुगा धोइरहेका वेला केही साथीहरूले एसएलसीको नतिजा आएको र म दोस्रो श्रेणीमा उत्तीर्ण भएको बताएपछि खुसीले गद्गद् भएँ । त्यतिवेला मेरो घर काठमाडौंको लगनमा थियो । ४ दाजुभाइ, ३ दिदीबहिनी र आमाबुबा गरी ९ जनाको मध्यमवर्गीय परिवार हो मेरो ।

एसएलसी पास गरेर पनि कहाँ गएर कलेज पढ्ने, कसरी भर्ना गर्ने भन्ने मलाई केही ज्ञान थिएन । एसएलसीपछि म १ वर्ष विनापढाइ बसेँ । त्यसबीचमा मेरा बहिनीलाई किन नपढाएको भनी प्रश्न गर्नेहरू धेरै भएपछि दाजुले मलाई वाणिज्यशास्त्र अध्ययनका लागि भर्ना गरिदिनुभयो ।

नर्सको प्रमोसन त्रिवि अस्पतालमा निकै गाह्रो छ । २० वर्षको लामो कार्यानुभवपछि ०६६ मा बल्ल मेरो प्रमोसन भयो । त्यतिवेला सिस्टरमा बढुवा भएको, अहिले पनि सिस्टर नै छु ।

वाणिज्यशास्त्रमा आइएसरहको पढाइ सकेपछि म बिबिएस अध्ययनका लागि भर्ना भएँ । बिबिएसमा अंग्रेजी विषयमा ब्याक लाग्यो । त्यसपश्चात् मैले जागिरको खोजीमा लाग्ने निधो गरेँ । जागिरका लागि विभिन्न ठाउँ चहारेँ । त्यतिवेला शर्मिला मल्लले गाएको ‘जागिर खोज्दाखोज्दा…’ बोलको गीत मेरो जीवनमा मेल खायो । प्रयासको सिलसिलामा कतिपय ठाउँमा मेरो लिखितमा नाम निस्कियो पनि । कतिपयमा अन्तर्वार्तामा पनि बोलाइएँ, तर जागिर भने खाइनँ ।

नर्सिङ पढ्नुअघि मलाई यो विषयप्रति खासै चासो थिएन । मलाई बिरामीको हेरचाहमा खासै मन नभएकाले नसिङ त्यति रुचिको विषय थिएन । तर, मेरी दिदी नर्स भएकाले मलाई पनि आमाले नर्सिङ पढ्न प्रेरित गर्नुभयो ।
म धेरै सोझी, खासै बाहिरी वातावरणमा घुलमिल हुने खालकी थिइनँ । बाहिर जानुपर्दा सधैँ साथीसँग मात्रै जाने मलाई आमाले एक्लै गएर नर्सिङ कलेज बुझेर भर्ना गर्न प्रेरणा दिनुभयो । आमा धेरै बिरामी भइरहने भएकाले पनि दिदीले नर्सिङ विषय रोज्नुभएको थियो ।

मेरा सानोमामा महाराजगन्ज नर्सिङ कलेजमा सवारीचालक हुनुहुन्थ्यो । ०४३ मा मैले नर्सिङ अध्ययनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा आवेदन दिएँ । मेरो नाम निस्कियो । अध्ययन सुरु गरेँ । पढ्दै जाँदा यसप्रतिको मोह बढ्दै गयो ।

वेला–वेलामा सिनियरको अनावश्यक हेपाइ सहनुपर्दा पेसा नै छोडौँजस्तो भावना पनि मनमा नआएको भने होइन । मैले दुईपटकसम्म जागिरबाट राजीनामा पनि दिइसकेको थिएँ । बच्चाको हेरचाहका लागि २ दिनको बिदा माग गरी मेट्रोन म्यामसँग गर्दा नदिएपछि मैले राजीनामा दिएकी थिएँ ।

०४६ मा मेरो नर्सिङ पढाइ सकियो । रिजल्ट हुन बाँकी नै थियो । हामी केही साथी घुमघामका लागि त्रिवि अस्पताल आएका थियौँ । त्यतिवेला मैलै जमुना संग्रौला म्यामलाई जागिर मिलाइदिन अनुरोध गरेँ । उहाँले भोलेन्टेयर गर्न आउन भन्नुभयो । भोलेन्टेयरका लागि दिएको आवेदनमा मेरो पहिलो नम्बरमै नाम निस्कियो । त्यसपश्चात् ०४६ माघ १ देखि चैत १ सम्म मैले भोलेन्टेयर गरेँ । त्यतिवेला जनआन्दोलन चलिरहेको थियो । त्यसपश्चात् २४ चैतबाट मैले दैनिक ज्यालामा काम सुरु गरेँ । मासिक तलब १ हजार ६ सय हुन्थ्यो । ०४७ पुससम्म दैनिक ज्यालामै काम गरेँ । तलब बढेर २ हजार २ सयसम्म पुग्यो । त्यसपछि ५ फागुन ०५३ सम्म करार सम्झौतामा काम गरेँ । त्यसदेखि यता स्थायी कर्मचारीका रूपमा कार्यरत छु ।

नर्सको प्रमोसन त्रिवि अस्पतालमा निकै गाह्रो छ । २० वर्षको लामो कार्यानुभवपछि ०६६ मा बल्ल मेरो प्रमोसन भयो । त्यतिवेला सिस्टरमा बढुवा भएको, अहिले पनि सिस्टर नै छु । अहिले प्रसूति विभागको इन्चार्जका रूपमा कार्यरत छुँ ।

२ दिन बिदा बसेका कारण ३ महिनासम्म तलब रोकिँदा मलाई धेरै दुःख लागेको थियो ।

पहिले–पहिले त मलाई नर्सिङ पेसा अँगालेकोमा पछुतो पनि लाग्थ्यो । तर, अहिले नर्स बनेर राम्रै गरेँ भन्ने लाग्छ । वेला–वेलामा सिनियरको अनावश्यक हेपाइ सहनुपर्दा पेसा नै छोडौँजस्तो भावना पनि मनमा नआएको भने होइन । मैले दुईपटकसम्म जागिरबाट राजीनामा पनि दिइसकेको थिएँ । बच्चाको हेरचाहका लागि २ दिनको बिदा माग गरी मेट्रोन म्यामसँग गर्दा नदिएपछि मैले राजीनामा दिएकी थिएँ । त्यतिवेला कृष्णा प्रजापति तथा प्राणेश्वरी म्यामले जागिर नछोड भन्दै राजीनामापत्र च्यातेर मेरो गोजीमा राखिदिनुभयो । त्यो २ दिन बिदा बसेका कारण ३ महिनासम्म तलब रोकिँदा मलाई धेरै दुःख लागेको थियो । यो ०५७ तिरको कुरा हो । कृष्णा प्रजापति म्यामले मेरो जागिर जोगाइदिनुभएको हो त्यतिवेला । अहिले आजको आजै राजीनामा स्वीकृत हुने व्यवस्था छ । उहाँहरूले त्यतिवेला जागिर नजोगाइदिएको भए म अहिले यहाँ हुँदैनथेँ ।

मेरो कामप्रति मेरो परिवार सधैँ खुसी नै हुनुहुन्छ । मलाई विवाहपश्चात् पनि नर्सिङ पेसामा आबद्ध हुन सधैँ घरपरिवारको साथ र सहयोग प्राप्त भइ नै रह्यो । छोराछोरीले साथीजस्तो र सासूआमाले छोरीजस्तो व्यवहार गरेको भएर नै म आज आफ्नो पेसामा सफल छु । श्रीमान्ले सधैँ सहयोगी भूमिका निर्वाह गर्नुभएको छ । नर्स बनेकोमा कहिल्यै पछुतो मानेको छैन । म बिरामीसँग सधैँ मित्रवत् व्यवहार गर्छु । बिरामीबाट मप्रति कहिल्यै गुनासो आएको छैन । नयाँ–नयाँ नर्सको व्यवहार भने पुरानाको जस्तो छैन । उनीहरूले बिरामीप्रति गर्ने व्यवहार अलि भिन्न भएको पाउँछु । तर, हाम्रोमा काम गर्ने नर्सको व्यवहार भने त्यस्तो पाइएको छैन । उनीहरूले सिनियरलाई सम्मान गरेको पाउँछु । कतिपय निजी अस्पतालमा भने नर्सले बिरामीप्रति गर्ने व्यवहार असामान्य छ भन्ने समेत सुनिन्छ । तर, त्रिवि अस्पतालमा त्यस्तो छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै