नरदेवी आयुर्वेद चिकित्सालय

नरदेवी आयुर्वेद चिकित्सालयले आकस्मिक उपचारसेवा सुरु गर्ने भएको छ । मूलतः आयुर्वेदिक उपचारपद्धतिअन्तर्गत रही रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार एलोपेथिकतर्फको समेत सेवा उपलब्ध गराउने गरी छिट्टै आकस्मिक सेवा सुरु गर्न लागिएको चिकित्सालयले जनाएको छ । आकस्मिक कक्षमा आयुर्वेदिक र एलोपेथिक दुवै चिकित्सकले मिलेर सेवा दिने अस्पतालले जनाएको छ ।...