धवलागिरि आयुर्वेदिक औषधालय

गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयमध्ये बागलुङमा रहेको धवलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ। औषधालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा औषधालय प्रथम भएको हो। औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई...