धन्वन्तरी जयन्ती

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन्। आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो।