दीर्घकालीन दुखाइ निर्मूल पार्न सकिन्छ

शरीरका हड्डी वा जोर्नी (नसा च्यापियो) दुख्यो भने हामी हड्डीको डाक्टरकहाँ जान्छौँ । त्यसैगरी, नसा दुखेमा नसासम्बन्धी डाक्टरकहाँ र पेटदुखाइमा त्यसैसम्बन्धी डाक्टरकहाँ जाने गर्छौं । पहिलो चरणमा जाने पनि सम्बन्धित रोगका डाक्टरकोमा नै हो । यस्ता समस्या भएका केही बिरामीको उपचार पूर्ण हुन्छ भने केहीको दुखाइ यथावत् रहन्छ ।

तीन हप्ताभन्दा बढी दुखिरहनेलाई क्रोनिक पेन भनिन्छ । लगातार रूपमा ५–६ हप्तासम्म पनि सन्चो भएन भने क्रोनिक पेनका रूपमा उपचार गर्नुपर्ने हुन्छ । यस विषयसम्बन्धी संसारमा पेन फिजिसियनहरू विकसित हुँदै गएका छन् । जसको घुँडा, जोर्नी ढाड दुखिरहने, इन्डोस्कोपी नर्मल भए पनि पेट दुखिरहने, अप्रेसन भइसकेको अवस्थामा पनि घाउ दुखिरहेने समस्या भएको छ, यस्ता दुखाइसम्बन्धी हेर्ने डाक्टर अन्य विकसित देशहरूमा धेरै उपलब्ध छन् र प्रविधि पनि राम्रो छ ।

नेपालमा दुखाइसम्बन्धी उपचार गर्ने प्रविधि (अल्ट्रासाउन्ड)को प्रयोग बिस्तारै सुरु हुँदै गएको छ । यो उपचारपद्धति सिभिलमा सुरु भएको छ ।
हरेक बिरामीलाई अप्रेसन चाहिँदैन । सुईको माध्यमबाट बिरामीको दुखाइको उपचार गर्न सकिन्छ । उपचार गर्दा ५० प्रतिशत नै दुखाइ कम भयो भने पनि अप्रेसन गर्ने पैसा बच्न जान्छ । अप्रेसनका लागि धेरै पैसा लाग्छ र रिस्क हुने उमेर धेरै भएका र मधुमेह, उच्च रक्तचाप, थायराइड भएका बिरामीलाई घाउ पाक्नेदेखि अप्रेसन गर्दा मुटुको चालमा वा अप्रेसनमै समस्या आउन सक्छ । त्यसकारण यो उपचारपद्धतिमा पैसाको पनि बचत, अस्पतालमा भार पनि कम हुने हुन्छ । साथै, मुटु, मिर्गौलालगायत अन्य रिक्स पनि कम हुन्छ ।

सामान्य रूपमा हेर्दा सानो कुरा लागे पनि यसले ठूलो प्रभाव पारेको हुन्छ । उदाहरणका लागि कुनै मानिसलाई घुँडा, ढाड दुख्ने समस्या छ, अप्रेसन गर्नुपर्ने अवस्था आयो । तर, सुई लाएरै दुखाइ निको पार्न सकिन्छ भन्ने अवधारणा बिरामीलाई बुझाउन सकेमा अप्रेसन गर्दाको रकम तथा जोखिम पनि कम हुन जान्छ ।

अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसिया एन्ड पेन मेडिसिनको विकसित देशमा पनि फर्मल कोर्स हुँदैन । यो सिक्ने भनेको ट्रेनिङमार्फत नै हो । ४ वर्षदेखि अमेरिकालगायत विभिन्न देशमा ट्रेनिङ लिँदै आएको छु । पछिल्लो ३ वर्षमा हामीले यससम्बन्धी १० वटा एकदिने कार्यगोष्ठी सफलतापूर्वक नेपालमा सम्पन्न गर्यौँ र चाँडै नै एक वर्षको फेलोसिप सुरु गर्ने योजना बनाएका छौँ ।

अल्ट्रासाउन्ड रेडिएसन हजार्ड नभएको दुखिरहेको नसासमेत पत्ता लगाउन सकिने भएकाले यस उपचारपद्धतिमा एक्युरेसी रेट ८० देखि ९० प्रतिशत छ । कोलोर डपलर नामक प्रविधिबाट रगतका नलीहरु पत्ता लगाउन सकिन्छ, जसले गर्दा दबाइ रगतमा जाँदैन र त्यसले कम्प्लिकेसन्सबाट पनि बचाउन सहयोग गर्छ । यदि दबाइ रगतमा गयो भने समस्या आउन सक्छ, जुन अल्ट्रासाउन्डमार्फत न्यूनीकरण गर्न सकिन्छ ।

नेपालभरका अस्पतालमा हातहरू लठ्याउने, भुँडी लठ्याउने, अप्रेसनपछि नदुख्ने तारहरू हाल्नका लागि अल्ट्रासाउन्डको माध्यमबाट गरिरहेका छौँ । अल्ट्रासाउन्डको माध्यमबाट उपचार गर्दा बिरामीलाई धेरै सहज हुन गएको छ ।

त्यसैगरी, अल्ट्रासाउन्डको प्रयोग गरेर क्यान्सरसम्बन्धी दुखाइलाई सुईको माध्यमबाट उपचार गर्न सकिन्छ । तर, धेरै बिरामी सुई भने पछि त्रस्त हुने गरेका छन् । अन्य विकल्प नभएपछि पहिलो चरणमा औषधि नै सेवन गराउने हो भने दोस्रो चरणमा सुईमार्फत उपचार गरिन्छ । क्यान्सररोग भएकामा दुखाइमा केस हेरेर कम गर्नदेखि सम्पूर्ण रुपमा दुखाइ निको पार्न सकिन्छ ।

क्यान्सरका लागि धेरै औषधि सेवन गर्दै जाँदा साइडइफेक्टमा दुखाइ देखिन थाल्छ । त्यसैगरी, श्वास–प्रश्वासमा समस्या देखिन थाल्छ । यस्तो अवस्थामा डाक्टरले सुईमार्फत उपचार गराएर, औषधिहरूको मात्रा कम गराएर साइडइफेक्ट न्यून गरेर दुखाइलाई कम गर्न सक्छ ।

घुँडा, क्यान्सर तथा ढाडदुखाइ भएका मानिसले धेरैजसो ओपिडीमा सेवा लिने गरेका छन्, बिरामीलाई केही विकल्प थाहा छैन । अल्ट्रासाउन्डमार्फत भिडियो एक्स–रे हेरेर नसाहरू मार्ने काम गरिन्छ । भिडियो एक्स–रे रोग पत्ता लगाउनका लागि हेर्ने गरिन्थो । तर, त्यही प्रविधिको प्रयोग नसा मार्नका लागि गरेका छौँ । अप्रेसनअघि र पछि बिरामीलाई नदुख्ने बनाउँछौँ । औषधिमार्फत, तार हालेर, सुईहरू हालेर नदुख्ने बनाइन्छ । यही प्रविधिमार्फत नै दीर्घकालीन दुखाइको समाधान गर्न लागेका छौँ । नयाँ प्रविधिका रूपमा कोल्ड आरएफ मेसिन ल्याएका छौँ । नेपालमा पहिलोपटक सिभिल अस्पतालमा आएको छ ।

अल्ट्रासाउन्डको प्रयोग गरेर क्यान्सरसम्बन्धी दुखाइलाई सुईको माध्यमबाट उपचार गर्न सकिन्छ । तर, धेरै बिरामी सुई भने पछि त्रस्त हुने गरेका छन् । अन्य विकल्प नभएपछि पहिलो चरणमा औषधि नै सेवन गराउने हो भने दोस्रो चरणमा सुईमार्फत उपचार गरिन्छ । क्यान्सररोग भएकामा दुखाइमा केस हेरेर कम गर्नदेखि सम्पूर्ण रुपमा दुखाइ निको पार्न सकिन्छ ।

सामान्य रूपमा हेर्दा सानो कुरा लागे पनि यसले ठूलो प्रभाव पारेको हुन्छ । उदाहरणका लागि कुनै मानिसलाई घुँडा, ढाड दुख्ने समस्या छ, अप्रेसन गर्नुपर्ने अवस्था आयो । तर, सुई लाएरै दुखाइ निको पार्न सकिन्छ भन्ने अवधारणा बिरामीलाई बुझाउन सकेमा अप्रेसन गर्दाको रकम तथा जोखिम पनि कम हुन जान्छ । अप्रेसन गरेपछि दुख्दैन भन्ने कुनै ग्यारेन्टी छैन । अप्रेसन गर्दा धेरै समस्या झल्नुपर्ने हुन्छ । दीर्घकालीन दुख्ने बिरामी धेरै भएको हुँदा सिटामोल, ब्रुफिन खाएर बस्छन् । सिटामोल, ब्रुफिन, पेनकिलर लामो समयसम्म सेवन गर्दा मिर्गौलालाई असर गर्ने गर्छ ।

अल्ट्रासाउन्डमार्फत उपचार गर्दा दुखाइ कम हुन्छ । दुखाइ खपेर बसेको मानिसले काममा जति योगदान गर्नुपर्ने हो, त्यति गर्न सक्दैनन् । लामो समयसम्म दुखिरहँदा शरीरमा तोड पर्न जान्छ । शरीरको भाग दुखिरहँदा डिप्रेसनमा जाने सम्भावना हुन्छ । अल्ट्रासाउन्डको प्रयोग गर्दा रगतका नसाहरू देखिने गर्छन् । कुनै वेला औषधि हाल्दा रगतमा जान सक्ने सम्भावना रहेको हुन्छ, जसलाई हटाउन सकिन्छ । ढाड दुख्ने समस्या कहिलेकाहीँ मासु खुम्चिएर स्पाज्म पनि हुन्छ । यस्तो अवस्थामा अल्ट्रासाउन्डमार्फतबाट हेरर मासुहरू खुम्चिएको भागमा सुईको माध्यमबाट ठिक पार्न सकिन्छ । यो ढाडमा मात्र नभएर शरीरका कुनै पनि भागमा हुन सक्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै